मानिसहरुको जिन्दगी

मानिसहरुको जिन्दगी देखेर म आफै अचम्म पर्छु । नराम्रो कुरा सोच्दिन भन्दा भन्दै नराम्रो सोच आउँदो रहेछ । नराम्रो सोचाइबाट दूर जान्छु भन्दा पनि कहिले काँही नराम्रो सोच आउँदो रहेछ । सानो कुराहरुले पनि तनाव दिन्छ र व्यक्त गर्न नपाउँदा झन् पीडा हुन्छ र सुन्ने व्यक्ति हुनु धेरै जरुरत पर्छ । सानो कुराले पनि असर बारेको हुन्छ । सोच्दिन भन्दा पनि नहुने । 

...................................................................................................................................................................

मानिसहरुको जिन्दगीमा के हुन्छ केही थाहा हुँदैन । पाँच मिनेट अगाडि केही नभएको मानिसलाई पाँच  मिनेटपछि के हुन्छ, केही थाहा हुँदैन । 

‘लगे रहो मुन्ना भाई’ मा संजय दत्तले ज्योषिलाई सोध्छन्,“तपाईलाई थाहा छ अब तपाईलाई के हुन्छ ?”

“अहँ ।”

“तपाई अब मन्दै हुनु हुन्छ ।”

“अँ ?”

“हो । जो मानिसलाई अहिले के हुन्छ थाहा छैन उसलाई अरु भविष्यको बारे कसरी थाहा हुन्छ ?”

यो कुरा मलाई राम्रो लागेको थियो । हात हेर्ने, चिना हेर्ने भन्छन् तर मलाई १००% विश्वास लाग्दैन । भविष्यको बारे कसरी थाहा हुन्छ ? हेर्ने मानिसलाई आफ्नो भविष्यको बारे केही थाहा हुँदैन अरुको भविष्य बारे कसरी थाहा हुन्छ ? दुई सेकेन्डमा के हुन्छ थाहा हुँदैन । भविष्यको बारे कसरी थाहा हुन्छ ? 

Comments

Popular Posts