प्रेम र सम्बन्ध

 बेलुकाको समय थियो । अमेरिकाको ८ः३० बजेको थियो । म लगायत अरु मानिसहरु विमानमा चढ्दै थिए । म आफ्नो सिट नम्बर हेदैै थिए । मेरो सिट नम्बर ४१० थियो । मेरो सिट त कुनामा परेको रहेछ र म खुशी भए किनकि मलाई विन्डो सिट मन पर्छ । म ढङ्ग पर्दै बसे । विन्डोबाट म बाहिर हेर्दै थिए र त्यही क्रममा एक युवती  मेरो छेऊमा भएको सिटमा आएर बसिन् । मेरो आँखा उनीकोमा पयो । कपाल कालो र लामो रहेछ । अग्ली पनि थिइन् । गहूँ गोरो र जिऊ डाल मिलेको । निलो टि—सर्ट र कालो पाइन्ट लगाएकी थिइन् । आफ्नो झोला माथि राखिन् र आफ्नो सिटमा बसिन् । सिटमा बसिसकेपछि सिट बेल्ट लगाइन् । म चाँहि उनीलाई निहालेर हेरिरहेको थिए । केही समयपछि एयर होस्टेस आइन् । उनी बोल्दै थिइन् । बेल्ट कसरी लगाउने, आपतकालिन आएमा के गर्ने आदि बारे जानकारी थिइन् । अनि मैले सिट बेल्ट लगाए । केही बेरपछि टेक अपको जानकारी गराइन् । जब प्लेनले टेक अप गयो, मैले बाहिर हेरे । टेक अप गर्ने बेलामा म प्राय बाहिर हेर्ने गर्छु । हेर्न रमाइलो लाग्छ । मन आनन्द भएको थियो । ६ महिनाको अमेरिका बसोबासपछि म नेपाल फर्केर्दै थिए । नेपाल जाने भन्ने बित्तिकै मन अति आनन्द हुँदो रहेछ । कति बेला पुगिन्छ भन्ने हुँदो रहेछ । 

टेक अप गरेको केही समयपछि मेरो छेऊमा बसेकी युवतीले मलाई देखिन् र मुस्कुराइन् । मैले पनि मुस्कुराइन् । मैले पनि मुस्कान फर्कोए । केही क्षण्पछि उनीले मलाई फेरि हेरिन् र भनिन्,“हाई ।”

“हाई ।” मैले भने । 

“तपाई अमित दाहाल होइन ?”

“हो ।”

“तपाई लेखक होइन ?”

“हो ।”

“तपाईको उपन्यासहरु मैले पढेको छु र त्यस मध्ये मलाई मन परेको जवाफको खोजी हो ।”

“धन्यवाद ।” म मुस्कुराए । 

“तपाई धेरै राम्रो लेख्नु हुन्छ ।”

“धन्यवाद ।”

प्रायः म त्यति दोहोरो संवाद गर्न नरुचाउने व्यक्तिमा पर्छु । त्यसैले मलाई अनौठो मान्छन् । मौनता छाएको थियो । केही समयपछि मौनता तोड्दै उनीले भनिन्“मेरो नाम सोफिया शाक्य हो ।”

म मुस्कुराए मात्र । मलाई बोल्न त्यति मन लागेन र म पत्रिका पढ्न थाले । खासै केही थिएन पढ्नको लागि । सोफियाले मलाई निहालेर हेर्दै थिइन् । अनि भनिन्,“१६ घण्टापछि हाम्रो अबू दाबीमा ट्रान्जिट छ । नेपाल नपुगेसम्म म तपाईलाई एउटा कथा सुनाउछु ।”

मलाई धेरै व्यक्तिहरुले कथाहरु ईमेल गरेर पठाउनु हुन्छ । छाप्न पनि आग्रह गर्नु हुन्छ । यो पहिलो चोटि थिएन । अनि मैले सोफियालाई हेरे र भने,“मलाई धेरैले कथाहरु पठाउछन् र सुनाउछन् । छाप्न पनि आग्रह गर्न छन् । प्राय ः सबैको रोमान्टिक हुन्छन् र तपाईको पनि प्रेम कहानी होला र छाप्न आग्रह गर्नु हुन्छ होला ।”

सोफिया गम्भीर भइन् र भनिन्“सबैको कहानी उस्तै हुँदैन । पीडा धेरै हुन्छन् जुन व्यक्त गाह्रो हुन्छ । तपाईले जसलाई आफ्नो सोच्नु हुन्छ र उसैले नराम्रो पीडा दिन्छ, त्यो पीडा धेरै वर्षसम्म रहिरहन्छ । नदेखिने घाउ हुन्छन् जसलाई औषधीले काम गर्दैन न त डाक्टरको कुराले न त अरुकोले नै । जिन्दगी बाँच्नुभन्दा पनि बाँच्न सकिदैन । एउटा पीडाले जिन्दगी बर्बाद र नराम्रो पार्छ । सम्बन्ध पनि बिगा्रन्छ ।”

उनी भावुक भएकी थिइन् । उनीको कुरा र शब्दले मन छुयो । म के भन्नु भयो । फेरि वास्तवमा भन्ने हो भने नेपाल फर्केन निकै समय छ । सोचे कथा सुनिदिऊ । अनि मौनता तोड्दै भने, “हुन्छ । म कथा सुन्छु तर छाप्न चाँहि छाप्दिन नि ।”

“सबै कथाहरु छापिनु पर्छ भन्ने पनि छैन । कुनै कथाहरु नछापिनु नै राम्रो हुन्छ ।”

उनी भावुक भएकी थिइन् । उनीको आँखा रसाएका थिए । तयसले साथ साथै उनीका शब्दहरुले मेरो मन छोएको थियो । उनीले भनेका कुरा पनि ठीक हो । सबै कथाहरु कहाँ छापिन्छ र । छापिएको भए ती कथाहरुको महत्त्व हुँदैन । छापिए त्यो कथाको महत्व कम हुन्थ्यो । मनले उनीको कथा सुन भयो र दिमागले पनि सुन भयो । 

अनि मैले मौनता तोड्दै भने,“तपाईका शब्दहरु मेरो मन छो¥यो । मलाई लाग्छ कि तपाई धेरै पीडामा हुनुहुन्छ जुन तपाईले कसैलाई व्यक्त गर्न सक्नु भएको छैन । म तपाईको कथा सुन्न तयार छु । राम्रो लागे छाप्ने पनि छु ।”

“छाप्नु र नछाप्नु तपाईको इच्छा हो । कथा तपाईलाई राम्रो लाग्नु र नलाग्नु तपाईको इच्छा हो । कथामा धेरै पीडा छ । त्यसको साथ साथै सम्बन्धको बारेमा छ जुन सम्बन्धले धेरै सम्बन्धहरु बिग्रेको थियो र एक सम्बन्धले कसरी पिडा दिन्छ भन्ने हो र कुन मोडमा आउँछ भन्ने हो ।”

“कथा कसको बारेमा हो ?”

“मेरो ।”

“हँ?”

“मेरो कथा हो । सुन्नु हुन्छ ?”

मैले हुन्छ भनि टाउको हल्लाए । 

“तिमी किन सम्बन्धदेखि भागिरहेकी छौ, सोफिया ? तिमीलाई हेर्न भनि राम्रा परिवारबाट आएका थिए तर तिमी भागिरहन्छौ ? तिमीलाई कोही मन परेको छ भने हामीलाई भने हुन्छ । हामीसँग कुरा नलुकाउ ।” आमाले भन्नु भयो । 

आमा र म मेरो कोठामा थियौ । मेरो कोठा रङ्गगीन थियो । एक छेऊमा सुन्तला रङ्ग थियो, एक छेऊमा गुलामी रङ्गको थियो र अर्को छेऊमा बैजनी रङ्ग थियो । मेरो कोठा रङ्गगीन थियो नै र त्यसको साथ साथै मैले आफ्नो कोठा सजाएको थिए । भित्ताहरुमा तस्बिररुको साथ साथै अरु कुराहरुले भरिएको थियो । 

म खाटमा बसेर आई एम मलाला पढ्दै थिए । किताब आफ्नो छेऊमा राखे र आमालाई भने“मैले तपाई र बुवालाई भनिसकेकी छु कि म अहिले विवाह किन गर्दिन भनेर । तपाईहरुलाई विवाह गर्न नमान्नुको कारण थाहा छँदै छ नि । फेरि त्यहि कुरा किन दो¥याउनु हुन्छ ?” म रिसाउँदै भने । हर रोज यही विषयमा कुरा गर्नु हुन्छ र यही कुरामा झगडा हुने गरेको छ ।

“तिमीले विवाह गरेपछि जागिर गर्दा भइहाल्छ नि । पहिलाको जस्तो जमाना छैन ।”

“म पनि त्यही भन्दै छु कि पहिला जस्तो जमाना छैन । मैले मास्टर डिग्री सकेको छु र म केही गर्न चाहन्छु । म अहिले २५ वर्षको त भए । विवाह त ३० वर्षपछि गर्दा नि भयो या नगर्दा पनि भयो ।”

“आजकालका केटाकेटीहरु कस्तो कुरा नबुझ्ने ? हाम्रो खुशी चाँहि केही होइन ? तिमीहरुको नै जित हुनु पर्ने ।”

“तपाईहरुले हाम्रो कुरा नबुझ्ने ? जर्बरजस्ती विवाह गरिदिनुभयो भने के हुन्छ ? तपाईहरुको कारणले दिदीको डिभोस् भयो । तपाईहरुको खुशीको लागि विवाह गर्नुभयो तर के भयो भिनाजुको कारणले नराम्रो भयो । कहिले काही हामीले भनेको पनि सुन्नुहोस् ।”

आमा दिदीको कुरा गरेपछि मौन नै हुनु भयो । दिदीको विवाह दुई वर्ष अगाडि भएको थियो तर घरेलु हिसांको कारणले छुट्टीनु भयो । बुवा आमालाई समाजको डर थियो । छुट्टिएपछि दिदी हामीसँग बस्नु हुन्न । छुट्टै बस्नु हुन्छ । राम्रो जागिर छ । कहिले काही मसँग भेट हुन्छ । त्यो पनि बाहिर । घरमा त्यति आउनु हुन्न । बुवा आमाको इज्जतको लागि भए पनि आउनु हुन्न । 

आमा र म मौन नै थियौ । आमा केही भन्न खोज्दै हुनुथ्यो तर सक्नु भएन र केही नभनिकन मेरो कोठाबाट निस्किनु भयो । मेरो चाँहि मुड बिग्रियो । मलाई पढ्न मन भएन । अनि बाहिर निस्किए । बाहिर त निस्किए तर मनमा कुराहरु खेल्न थाले । विवाह गर्नु र नगर्नु आफ्नो व्यक्तिगत खोजाइ हो । यदी म अविवाहित खुशी हुन्छु भने, मलाई विवाहको लागि किन कर गर्ने ? विवाह गर्नु आवश्यक देख्दिन । जरुरत पनि छैन । सबै जना विवाहित जिन्दगीमा खुशी छन् जस्तो पनि लाग्दैन । मनमा कुरा खेलाउदा खेलाउदै म आफ्नो घरबाट शंकर पार्कभन्दा धेरै अगाडि पुगे छु । तनावको कारण म कहाँ पुगे आफूलाई थाहा भएन ।   

बिहानको ११ बजिसकेको थियो । खाना खाइसकेको थिए र म आफ्नो ईमेल चेक गर्दै थिए । मलाई आजकाल ईमेल चेक गर्न पनि मन लाग्दैन । जति ठाउँमा जागिरको आवेदन हाले पनि जवाफ केही आउँदैन थियो । दिक्क लागेर आउँछ । ईमेल हेरिसकेपछि म फेसबुकतिर लागे । फेसबुकमा प्राय अफिसहरुको हुने गथ्यो र मलाई ईष्र्या हुन्थ्यो । सबै साथीहरु जागिर थियो तर मेरो चाँहि छैन । घरको घर नै । घरमा बस्दा पनि दिक्क लाग्ने । घर नै मन पर्न छोडेको थियो । घरमा भन्दा पनि आमाको कुरा सुन्न मन लाग्न छोडेको थियो । हर पल विवाह बाहेक केही कुरा गर्नु हुन्न । कहि कतै जाऊ साथीहरु सबै व्यस्त । कोही जागिरको व्यस्त त कोही घरजममा व्यस्त । आफ्नो जिन्दगी देखेर दिक्क लाग्ने । 

दुई हप्तापछिको कुरा हो । म, बुवा र आमा खाना खाँदै थियौ । साँझको ७ः४५ बजेको थियो । हामी प्राय ः ढिलै खाना खान्छौ । म आफ्नै सूरमा खाँदै थिए । त्यही क्रममा बुवा र आमा एक अर्कोलाई हेर्दै हुनु हुन्थ्यो । ईशाराबाट कुरा गर्दै हुनुहुन्थ्यो । ईशाराबाट कुरा गर्दै हुनुहुन्थ्यो र केही समयपछि बुवाले भन्नुभयो,“तिम्रो जागिरको कुरा के हुँदै छ ?”

“आवेदन हालेको छु र हेरौ के हुन्छ ।”

“हेर सोफिया । तिमीलाई थाहा छँदै छ कि मेरो चिन जानको कोही छैन । मैले जिवरभर मिहिनेत गरे । जागिर पाउन सो्रत चाहिन्छ । धेरै वर्ष पनि लाग्छ जागिर पाउन ।”

म कुरा सुन्दै थिए । मैले कुरा बुझिसकेको थिए कि बुवाले कुरा धुमाएर विवाहको कुरा गर्न खोज्दै हुनुन्थ्यो र मैले भने,“बुवा, तपाईलाई जे भन्नु छ सिधा भन्नुहोस् ।”

बुवाले मलाई हेर्नु भयो र भन्नुभयो,“हामी चाहन्छौ कि तिम्रो विवाह होस् ।”

मलाई रिस उठ्यो र भने, “मलाई हरपल विवाहको कुरा गरेर किन यातना दिनु हुन्छ ? मलाई किन सुखले बस्न दिनु हुन्न ? म एक्लै खुशी छु । यदी म तपाईलाई धेर भएको भए, म यो घर छोडेर जान्छु ।”

बुवा केही भन्न खोज्दै हुनुथ्यो तर म उठे र रिसाउदै आफ्नो कोठामा गए । मेरो दिमागमा धेरै प्रश्नहरु थिए जसको जवाफहरु मसँग थिएन । त्यही क्रममा फेसबुक चलाउन थाले र मैले मेरो मिल्ने साथी पवित्रलाई अनलाइन देखे । अनि मैले म्यासेज पठाए । 

“हेलो ।”

“हेलो । के छ तिम्रो खबर ?” उनीले तुरुन्तै म्यासेज पठाइन् ।

“मेरो मुड ठीक छैन ।”

“के भयो तिमीलाई ?”

मैले सबै कुराहरु उनीलाई व्यक्त गरे । मन शान्त भएको थियो । उनीले मलाई हौसला दिँदै भनिन्,“तिमी नआत्तिकन बस । समयले सब ठीक गर्छ र तिमीले छिट्टै जागिर पाउने छौ । तिमी टेन्सन नलिइकन बस ।”

मैले हुन्छ भनि म्यासेज पठाए । अनि केही बेर कुरा गरौ । पवित्रसँग कुरा गर्दा मन हल्का भएको थियो । केही बेरपछि फेसबुक बन्द गरे र मेरो जप डट कम हेर्न थाले । जप हेर्ने क्रममा मेरो आँखा एउटा संस्थामा पुग्यो । अनि खोले । नाम नसुनेको तर पोष्ट चाँहि मैले पढेको सम्बन्धित थियो । मैले हतार गर्दै आवेदन हाले । हालेपछि संस्थाको बारे खोजि निति गर्न थाले । हेर्दा त सानो संस्था थियो । संस्था सानो भए तापनि मलाई जागिरको आवश्यक थियो ।  

मैले नभन्दै जागिर पाए । एक महिना भइसकेको थियो । म जागिर पाएकोमा धेरै खुशी थिए । तलब थोर भए पनि म खुशी थिए । महिनाको रु. १०,००० थियो । मलाई जे होस् आफूलाई खर्च गर्न पुगेको थियो । तलबभन्दा पनि मेरो केही छ भन्ने थियो । मेरो पनि जागिर छ भन्ने थियो । मेरो पनि राम्रा दिन आए भन्ने भयो । जागिर पाएपछि धेरै व्यस्त हुँदो रहेछ । आफ्ने लागि समय नै जस्तो हुँदो  रहेछ । शनिबार र आइतबार छुट्टी भए तापनि समय नभए जस्तो हुँदो रहेछ । दुई दिन छुट्टी हुँदा यता उता गर्दै दिन जाने । 

जागिर पाएको ६ महिनापछिको कुरा हो । छुट्टीको दिन थियो र म टि.भी हेर्दै थिए । त्यही क्रममा आमा छेऊमा आउनु भयो । आमा प्रायः काम पर्दा मात्र मेरो छेऊमा आउनु हुन्थ्यो । मैले थाहा पाइसकेको थिए कि आमा किन मेरो छेऊमा आउनु भयो भनेर तर मैले आमाले केही नभनूजेल मौन नै बसे । मेरो ध्यान टि.भीतिर थियो । आमालाई के भनू भएको थियो र मतिर नै ध्यान थियो । केही बेरपछि आमाले भन्नुभयो, “छोरी ।”

“हजुर ।” मेरो ध्यान अझै टि.भीतिर थियो । 

“तिमीले जागिर पनि पाइहाल्यौ । अब विवाहको लागि त माग्छौ त होला नि ।”

मैले टि.भी अफ गरे र आमातिर हेरे । आमाले पनि मलाई हेर्नुभयो र मैले आमालाई भने,“तपाईहरुलाई कस्तो हतार ? मैले जागिर गरेको एक वर्ष नभइकन किन हतार गर्नुभएको हो ? मलाई अहिले विवाह गर्नु नै छैन ।”

“आमा भएपछि थाहा पाउछौ ?” अनि आमा रिसाउदै कोठाबाट निस्किनु भयो ।

यो हर रोज हुन्थ्यो र म कानमा तेल हालेर बस्थे । वाक्क भएको थिए र अन्त्यमा आएर मैले हार खाए र मैल हुन्छ भने विवाहको लागि । आमाको साथ साथै धेरै खुशी हुनुभएको थियो । 

शनिबारको दिन थियो । आमाले आज मेरो छुट्टी भनेर केटा र केटाको परिवार दिउँसोको दुई बजे आउँदै हुनु हुन्थ्यो । मैले त्यति खोजि नीति गरिन न त वास्ता नै । आमा र बुवाको लागि मात्र हुन्छ भनेको थिए । फोटो पनि हेरेको थिइन । म तयार हुँदै थिए तर मनमा न उत्साह थियो न त उंमग थियो । 

घडीको सुइराले २ः०० बजेको सङ्केत देखायो । त्यही क्रममा ढोकाको घण्टी बज्यो । मैले सामान्य रुपमा लिएको थिए । म आफ्नो कोठामा थिए । बुवा आमा बोलेको सुने तर के बोलेको बुझिन र मलाई थाहा भएन । 

केही समयपछि, आमा मेरो कोठामा आउनुभयो र नजिक आएर भन्नुभयो,“तिमी आऊ । तिमीलाई हेर्न भनि बोलाएका छन् ।” आमाले भन्नुभयो । मैले आमाको भाव पढ्दै थिए । उहाँले आएका लागि स्वीकारी सक्नुभयो । मलाई नभने पनि उहाँको आँखाको भाव बुझिसकेको थिए । मलाई भन्न र प्रश्न गर्ने इच्छा जागेन । मलाई विवाह गर्नु थिएन र म अस्वीकार गर्ने मुडमा थिए । अनि म आमासँग बैठक कोठामा गए । 

सबै जनासँग मेरो परिचय भयो र अन्तिममा केटासँग परिचय गराउनुभयो । उसको नाम हिमासु क्षेष्ठ थियो । उनले एमबिए गरेका रहेछन् र नेपाल राष्ट्र बैकमा काम गर्न थालेको एक वर्ष भएको रहछ । सुट लगाए आएका थिए । उनको हाइट राम्रो थियो । उनी अग्ला देखिन्थे । गँहू गोरा थिए । कपाल मिलाएका थिए र रङ्ग लगाएको देखिन्थ्यो । गम्भीर सोभावको देखिने । 

मैले उनलाई देखेर देखाओटि मुस्कुराट दिए र उनले पनि । बुवा र आमाहरु बोल्दै हुनु हुन्थ्यो । हामी दुई जना मौन थियौ । केटा हेर्दा ठीकै थिए । त्यही क्रममा, मेरो आमाले भन्नुभयो,“केटा र केटीलाई एक्लै कुरा दिने हो कि ?”

सबै जना सहमत हुनु भयो । अनि हामी बाहिर निस्कियौ । आँगन फूलै फूले भरिएको थियो । कुर्सीहरु बाहिर नै थिए । अनि हामी कुर्सीहरुमा बस्यौ ।हामी मौन नै थियौ र यता र उता हेर्दै थियौ । 

केही बेरपछि मौनता तोड्दै हिमासुले भने,“तपाई विवाहको बारेमा के सोच्नु हुन्छ ?”

“खासमा मलाई विवाह गर्नु नै छैन । म आफ्नो करियरमा फोक्स गर्नुछ । केही समय चाहन्छु । त्यसभन्दा पनि हामी एक अर्कोलाई चिन्दैनौ । चिन्नको लागि समय चाहिन्छ । एउटा भेटले कसरी निर्णय गर्ने ?”

“हो, मैले पनि त्यही सोचेको । हामी केही समय भेट्यौ न । त्यसपछि निर्णय गरौ न ।”

“हुन्छ ।” म खुशी भए । अनि केही कुरा नगरिकन हामी भित्र ग¥यौ । भित्र गएपछि हिमासुको आमाले भन्नुभयो,“तिमीहरुले के निर्णय गरौ त ?”

हामीले हाम्रो कुरा सुनायौ । सजिलै स्वीकार्नु भएको थियो । हुन त मलाई नाँइ भन्नु थियो । हिमासुसँग एकछिन कुरा गर्दा नराम्रो आभास आएको थियो । त्यसैले नाइँ भन्नु थियो तर सोचे कि पहिलो भेटमा कोही व्यक्तिको बारेमा थाहा हुँदैन । अनि मौन रहन सोचे ।

शुक्रबारको दिन थियो । दिउँसोको ३ः३० बजेको थियो । म आफ्नो काममा व्यस्त थिए । त्यही क्रममा, मेरो मोबाइलमा म्यासेजको आवाज आयो । मैले त्यति याद गरिन । म निकै व्यस्त भएकाले मेरो ध्यान मोबाइलतिर गएन । एक घण्टापछि मैले म्यासेज हेरे । हिमासुको म्यासेज रहेछ ।  म्यासेज खोलेर हेरे ।

“आज ६ः३० बजे, नक्सालको भाटभेटनीमा भेट्न मिल्छ ?”

मैले हुन्छ भनि म्यासेज पठाए । काम गर्दा गर्दै ५ः३० बजिसकेको थियो । काम सकेर अफिसबाट निस्के । म ढिलो पुगेको थिए । गेट भित्र छिरेपछि देखि हाले । उनले पनि मलाई देखे । उनी मेरो नजिक आए । नजिक आएर भने,“हाई । के छ खबर ?”

“हाई , मेरो ठीक छ । तपाईको ?”

“मेरो पनि ठीक छ । यही नजिकै बस्यौ न ।”

“हुन्छ ।”

अनि हामी नजिकैको क्याफेमा बस्यौ । हामी गएको केही समयपछि वेटर हाम्रो अर्डर लिन भनि हामी बसेको ठाउँमा आए र भने,“तपाईहरु के लिनु हुन्छ ?” हामीलाई मेनु दिए । 

“हामी केही समयपछि तपाईलाई बोलाउछौ नि ।”

उनले हुन्छ भने र गए । उनले भने,“तपाई के लिनु हुन्छ ?” उनले मेनु मेरो अगाडि राखे । मैले मःम र एक कप कफी अर्डर गरे र उनले पनि मःम र कफी अर्डर गरे । अर्डर गरेपछि उनले भने,“अरु के हुँदै छ ?”

“अफिस जाऊ र घर फर्के । त्यही नै हो । तपाईको सुनाउनु होस् ।”

“मेरो पनि त्यस्तै छ ।” अनि केही पलको लागि मौन भयौ । केही क्षणपछि मौनता तोड्दै हिमासुले भने,“तपाईलाई केही सोध्नु थियो ?” 

“हुन्छ ।”

“तपाई हेर्दा राम्रो मान्छे हुनु हुन्छ । तपाईलाई कसैले प्रेम प्रस्ताव राखेनन् ?”

“हँ ?” म के भनू भयो । उनले मलाई हेरिरहे र केही क्षणपछि मैले भने,“अहँ । अहिलेसम्म आएको छैन ।”

त्यसपछि हामीले अर्डर गरेको कफी आयो । कफी आइसकेपछि उनले भने,“हाम्रो विवाह हुन्छ नि हँुदैन त्यो मलाई थाहा छैन् तर के म तपाईको साथी हुन सक्छु ?”

म मौन ने रहे । हुन त साथी हुन आपत्ति थिएन तर यति छिट्टै ? केही क्षणपछि मैले भने,“हुन्छ ।” मैले हुन्छ भनेपछि उनी मुस्कुराए । केही समयपछि मःम पनि आयो । मःम खाँदै गर्न गफ थाल्यौ । त्यही क्रममा उनले भने,“म कमै बोल्छु र मैले साथी पनि त्यति बनाएको छैन र त्यसैले मेरा साथीहरु कमै छन् । मलाई भीडभाड व्यक्ति मन पर्दैन । म एकात प्रेमी मान्छे हूँ तर मलाई लाग्छ तपाई र मेरो कुराहरु र सोचाइ मिल्छ ।”

“तपाईलाइए त्यस्तो लागे तापनि म पहिलो भेटमा केही निर्णय गर्न र भन्न सक्दिन । पछि भेट्दै गएपछि थाहा हुन्छ कि हाम्रो सोचाइ मिल्छ कि मिल्दैन भनेर ।”

हिमासु मुस्कुराए मात्र । अनि खाइसकेपछि उनले मलाई घर पु¥याइदिए । घरको गेटसम्म उनी आए र मैले बाई भने र भित्र छिरे । आमाले कोठाको झ्यालबाट हेर्दै हुनुन्थ्यो । अनि हतारिदै कोठा खोल्नु भयो । म सिदै आफ्नो कोठामा गए र आमा मेरो पछि लाग्नू भयो । 

“हिमासुले किन बोलाएका ?” आमाले मुस्कुराउदै भन्नु भयो । मेरी आमालाई कस्तो हतार भएको थियो ।

“भेट्न ।” मैले भने । 

“अनि ?”

“समय चाहिन्छ रे ।”

“कस्तो जमाना आएको । पहिला हामीले बुवा आमाले भन्ने बित्तिकै विवाह गरौ तर अहिले छोरा छोरीले भनेको मान्दैनन् ।” आमाले रिसाउदै भन्नु भयो । 

“आमा पनि । मलाई रिस नउठाउनु होस् । म लुगा फेरेर सुत्छु ।” अनि आमा कोठाबाट निस्किनु भयो । अनि म लुगा फेरेर खाटमा पल्टिए । आमाको कुरा चिन्तन् गर्न थाले । पहिलाको समय र अहिलेको समय कति फरक छ । पहिला विश्वास थियो तर अहिले छैन । अहिले सायद सबै जना अवसर पाएर होला त्यति विश्वास छैन । मानिसहरुको भाग दोडको कारणले गर्दा समय छैन एक अर्कोसँग । सबैसँग समय हुन्छ तर आफ्नो परिवारको लागि हुँदैन ।

इन्द्रेनी क्याफे, नयाँ बानेश्वरमा हामी दुवै जना थियौ । शनिबारको दिन थियो । समय १ः३० बजेको थियो । हामी कफी पिउँदै थियौ । त्यही क्रममा हिमासुले भने,“हामीले एक अर्कोलाई चिनको ६ महिना भएको छ । तिम्रो विचारमा हामीले अब विवाह गर्ने कि वा नगर्ने ?”

मैले कप टेबुलमा राखे र भने,“तिम्रो विचारमा के लाग्छ ?”

उनले भने,“तिमीलाई हतार छैन भने, म कुर्न तयार छु ।”

म मुस्कुराए र भने,“एक महिनापछि मेरो जन्मदिन छ । त्यस दिन औठी साट्टा साट्ट गर्ने विचारमा छु ।”

उनी खुशी हुँदै हुन्छ भने । अनि फेरि हामी कफी पिउन थाल्यौ । कफी पिएपछि उनीले फेरि भने,“तिमीलाई म कस्तो लाग्छ ?”

म मुस्कुराए र भने,“मलाई त तिमी मन पर्दैन । तिमीसँग त टाइम पास मात्र गरेको ?”

“अनि किन विवाह गर्छु भनेको त ?” हिमासु रिसाउदै भने । 

“यदी मन नपरेको भए मेरो जन्मदिनमा औठी साट्टा साट्ट गरौ भन्थे त ? तिमी पनि अचम्मको कुरा गछौ ?”

अनि हिमासु मुस्कुराए । केही बेर गफ गरौ । खासमा मलाई हिमासु मन पर्दै आएका थिए । उनले मलाई ख्याल राखेका थिए र त्यसको साथ साथै हिमासु मेरा मिल्ने साथी भएका थिए । भनिन्छ नि राम्रो साथी असल पति हुन्छन् । हिमासु पनि त्यस्तै व्यक्ति थिए । धेरै कुराहरु बुझ्ने र मलाई पनि बुझ्थे । मलाई समय दिन्थे । उसमा खोट देखाउने ठाउँ थिएन । म धेरै खुशी थिए । सुरुमा सोचे कि कस्ता होलान् र सुरुमा नकरात्मक अनुभव थियो तर पनि रामश लाग्न थालेको थियो ।

इन्द्रेनी क्याफेमा खाजा खाएर हामी घुम्न गयौ । धेरै दिनपछि त्यसरी मन खुलेर रमाएको थिए । यी ६ महिनाहरुमा उनले मलाई धेरै खुशी दिएका थिए । हामी इन्द्रेनीबाट स्वप्र बगैंचा गएका थियौ र केही समय बिताएपछि हामी घर फर्कियौ । 

म खुशी भएको देखेर आमा मेरो नजिक आएर भन्नुभयो,“तिमीलाई के भयो ? तिमी किन आज यति धेरै खुशी भएकी ।”

“म हिमासुसँग विवाह गर्न चाहन्छु । मेरो जन्मदिनमा औठी साट्टा साट्ट गर्ने योजनामा छु ।”

आमा खुशी हुँदै भन्नुभयो,“आज म धेरै खुशी छु । तिमीले हिमासुलाई भनिसक्यौ त ?”

“मैले भनिसके ।”

आमा झन् खुशी हुनुभयो र आफ्नो कोठामा जानुभयो । म चाँहि एक छिन टि.भी हेर्न थाले । 

हाम्रो भेट इन्द्रेनी क्याफेमा भइसकेपछिको कुरा हो । हामी हिमासुको घरमा थियौ । दिउँसोको समय थियो । पण्डितजी पनि हुनुहुन्थ्यो । हामी बैठक कोठामा थियौ । त्यही क्रममा, हिमासुको बुवाले भन्नुभयो,“पण्डितजी, विवाहको साइत कुन महिनामा हुने भयो त ?”

पण्डितजीले हामी दुवै जनाको चिना हेर्नुभयो । हेरिसकेपछि भन्नुभयो,“औठी साट्टा साट्ट मंसिर २२, २०७५ गते गर्नुहोस् । औठी साट्टा साट्टको साईत दिउँसोको १२ः३० बजेको छ । विवाहको साईत चाँहि माघ ११ गते, बिहानको १०ः०० बजे छ ।”

सबै जना खुशी हुनुभएको थियो । विशेष गरी मेरी आमा धेरै खुशी हुनुभएको थियो । सबै जना खुशी भए तापनि पण्डितजी खुशी थिएनन् । चिनामा हाम्रो विवाह लामो समयसम्म नहुने देखाएको थियो । ६ महिनापछि नराम्रो मोड लिने वाला थियो । यो कुरा पण्डितजीले किन भनेनन् ? सायद भनेको भए जिन्दगीमा अर्को मोड लिने थियो । उनी मौन थिए र बेग्लै भाव थियो । मैले निहालेर हेरेको थिए र मैले भने,“पण्डितजी, तपाई किन मौन हुनुभएको र अचम्म हुनुभएको ? केही थियो चिनमा ?”

“होइन । त्यस्तो केही होइन । म आफ्नै व्यक्तिगत कुरा सम्झि रहेको छु ।” अनि फेरि मौन भए । केही समय बसेर पण्डितजी बिदा मागि निस्किए । पण्डितजी गएपछि हामी विवाहको बारेमा छलफल गर्न थाल्यौ । मलाई भिन्नै अनुभव भयो । सबै कुरा नयाँ र कस्तो हुने होला भन्ने भयो । बुवा आमाहरु विवाहको कुरा गर्दै हुनुथ्यो भने हामी दुई जना एक अर्कोलाई हेरेर मुस्कुरायौ । मलाई लागिरहेको थियो कि म हिमासुलाई निकै वर्ष अगाडिदेखि चिन्छु । म धेरै खुशी थिए किनकि मेरो जन्मदिन अर्थात मंसिर २२ मा औठी साट्टा साट्टको लागि जुरेको थियो । मेरो योजना तयही नै थियो । मलाई डर थियो कि साईत यो दिन निस्किदैन तर पण्डितजीले राम्रो साईत भनेपछि म धेरै खुशी भएको थिए । 

अन्त्य, ममंसिर २२, २०७५ आयो । मेरो जन्मदिन थियो । जन्मदिनभन्दा पनि आज मेरो विशेष दिन थियो । हामी सबै जना छिट्टै उठेका थियौ । फ्रेस भएर म ब्यूटी पार्लर गए भने बुवा आमा होटेल शंकर जानुभयो । मलाई ब्यूटी पार्लरमा धेरै समय लागेको थियो । म पार्लरबाट सिधै होटेल शंकर पुगे । होटेल पुग्दा १२ः२० भइसकेको थियो । परिवार सबै जना आइसक्नु भएको थियो । हामीले धेरै जनालाई नबोलाउने निर्णय गरेका थियौ । मैले मेरो मिल्ने साथी पवित्रलाई बोलाएको थिए । 

म र हिमासु कुर्सीमा बसेका थियौ । पण्डितजीले मन्त्र पढे र हामीले औठी साट्टा साट्ट गरौ । आफन्तहरु र आएका पाहुनाहरु सबै जनाले तालि बजाउनु भयो । केही क्षणपछि आफन्तहरुले टिका लगाएर आर्शीवाद दिँदै हुनुथ्यो । केही समयपछि पवित्र मेरो नजिक आइन् र भनिन्,“बधाई छ तिमीलाई । म तिम्रो लागि धेरै खुशी छु । हिमासु त हिरो जस्ता देखिन्छन् त ।” अनि पवित्र हाँसिन् र म पनि । 

“बधाई छ तिमीलाई ।” समिराले भनिन् । 

“म अचम्म परे ।” अनुजाले भनिन् । 

“किन नि ?” समिराले भनिन् । 

“मलाई लागेको थियो कि सोफियाले कहिले विवाह गर्दिनन् । किताबको किरा थिइन् । त्यसको साथ साथै त्यति धुम्ने बानी छैन । एकल काँटे लाग्थ्यो तर अहिले विवाह हुँदै छ भन्दा अचम्म र छक्क परे ।”

हामी सबै जना हाँस्यौ । पवित्र, अनुजा, समिरा र म ११ र १२ सँगै पढेका हौ । म चाँहि पवित्रसँग धेरै मिल्थे । अरुले भन्दा पवित्रले मलाई बुम्झिन् । पवित्रसँग प्रायः मेरो भेट भइरहन्थ्यो भने अनुजा र समिरासँग कम भेट हुन्थ्यो । अहिले त भेट हुन छोडेको थियो । अहिले मेरो विवाहको कारणले भेट भएको थियो । हामी चारै जनाको गफ हुन थाल्यो र हामी विगतमा पुग्यौ । विगतमा पुग्दा कति रमाइला दिन थिए जस्तो लाग्छ । फर्केर जान मन लाग्यो । हामी यस दिन धेरै हाँसेका थियौ । म धेरै दिनपछि यसरी मन खुलेर हाँसेको थिए । गफ गर्दा गर्दै ३ घण्टा बिते छ । समयको पत्तो नै भएन । त्यही क्रममा समिराले भनिन्, “तिम्रो प्रेम कहानी हामीलाई सुनाउन र हुने वाला पतिको तस्बिर देखाउन ।”

सबै जनाले तस्बिर हेर्ने रहर गर्दै थिए र त्यसको साथ साथै मेरो कथा सुन्न आतुर थिए । पवित्रलाई त मैले सबै भनिसकेको थिए । 

मैले आफ्नो कहानी व्यक्त गरे । सबै जना ध्यान दिएर सुन्दै थिए । विशेष गरी समिराले ध्यान दिएर पुन्दै थिइन् । समिराको सोभावको बारे सबैलाई थाहा थियो । उनीलाई अरुको प्रेम कहानी बारे धेरै चासो दिन्थिन् । मेरो कहानी सुनेपछि समिराले भनिन्,“अनि फोटो हेरौ न त ।”

अनि मैले आफ्नो मोबाइल झोलाबाट निकाले । मोबाइल अनलक गरे । अनि ग्यालरीमा गए र हामी दुई र देखाए । फोटो हेरिसकेपछि समिराले भनिन्,“आह ! कति राम्रा रहेछन् । फिल्मको हिरो जस्तो । तिमीहरुको जोडी सुहाउने ।”

म मुस्कुराए मात्र । समिराको साथ साथै अनुजाले हिमासुले हिमासुको तािरफ गरिन् । फोटो हेरिसकेपछि समिराले मेरो मोबाइल फिर्ता गरिन् । त्यही क्रममा हिमासुको फोन आयो र मैले तुरुन्तै फोन उठाए र भने,“हेलो ।”

“हेलो । तिमी कहाँ छौ ?”

“म नक्सालको ए—वान क्याफेमा छु ।”

“म तिमीलाई किन आउँछु । अनि हामी एकछिन भेट्यौ न ।”

“हुन्छ ।” अनि मैले फोन राखे । 

राख्ने बित्तिकै समिराले भनिन्,“को हो ? हुनेवाला भिनाजु ?” उनी मुस्कुराइन् ।

केही क्षणपछि हिमासु मलाई लिन आए र मैले साथीहरुसँग परिचय गराए । परिचय गराएपछि हामी दुवै जना निस्कियौ र नक्सालको हिमालय जावामा पुग्यौ । हामी कुनामा बसेका थियौ । हिमासुले कफी अर्डर गरे र म चाँहि मेरो ध्यान पछाडि भएको किताबमा गयो । मेरो ध्यान किताबमा गएको थाहा पाएपछि हिमासुले भने,“विवाह गरेपछि तिमीले मलाई बिर्सिछौ होला ।”

“किन नि ?”

“तिम्रो ध्यान प्रायः किताबमै हुन्छ । मलाई कहिले काँही लाग्छ कि तिमीले मलाई विवाह गर्नुको सट्टा किताबहरुसँग गरेको भए हुन्थ्यो ।”

अनि हामी जना मुस्कुरायौ । मेरो हातमा भएको किताब टेबुलको छेऊमा राखे । त्यही क्रममा हिमासुले भने,“अनि विवाहको तयारी कस्तो चल्दै छ त ?”

“हुँदै छ । अनि तिम्रो ?”

“हुँदै छ । तिमी खुशी छौ नि ?”

“अहँ । खुशी छैन म त । मैले मेरा बुवा आमाको लागि विवाह गर्दै छु । बुवा आमा खुशी हुनु हुन्छ ।” म मुस्कुराए तर उनले म मुस्कुराएको याद गरेनन् । उनी निराश भए । म उनलाई हेरिरहेको थिए । मौनता तोड्दै मैले भने,“अनि तिमी खुशी छौ त ?”

“अहँ । खुशी छैन म त । मैले पनि मेरा बुवा आमाको लागि विवाह गर्दै छु । बुवा आमा खुशी हुनु हुन्छ ।” हिमासु निराश भएका थिए । उनी निराश भएको हेर्न धेरै समयसम्म सकिन र मैले भने,“तिमीसँग म जोक पो गरेको । तिमी हरपल एउटै प्रश्न गरिरहन्छौ । त्यसैले मैले तिम्रो खुट्टा तानेको । अबदेखि यो प्रश्न तिमी नदो¥याउ । तिमीले मलाई यो प्रश्न गर्दा म प्रति शङ्का गरेको जस्तो लाग्छ । यदी म खुशी नभएको भए, तिमीसँग विवाहको लागि तयार हुने थिइन । तिमी मान्छे राम्रो छौ । त्यसैले म तयार भएको ।”

हिमासु मुस्कुराए र भने,“हुन्छ । अबदेखि म यो प्रश्न गर्दिन तर कहिले काँही लाग्छ कि तिमी खुशी छैनौ । मनमा त्यही ख्याल आउँछ । मन अशान्त हुन्छ । ममा केही कमी छ भन्ने आभास आउँछ ।”

“मलाई थाहा छैन किन तिमीलाई यस्तो आभास आउँछ तर म खुशी छ ।”

अनि हामीले अर्डर गरेको कफी आयो । कफी पिउँदै गफ गर्न थाल्यौ । त्यही क्रममा पानी ठूलो प¥यो । हामीसँग न त रेनकोट थियो न त छाता नै थियो । मलाई पानी परेको मन पर्छ । त्यही क्रममा हिमासुले भने,“ओहो ! पानी ?” उनको मुख बिग्रियो । म उसलाई हेरिरहेको थिए । 

“तिमीलाई पानी परेको पर्दैन र ? मलाई पानी परेको कस्तो मन पर्छ र माटोको वास्ना पनि ।”

“मलाई पानी परेको मन पर्दैन ।”

अनि हामी मौन भयौ । मलाई पानी परेको हेरिरहेको थिए भने हिमासुलाई पानी रोकियोस् जस्तो भएको थियो । 

विवाहको लागि एक महिना बाँकी थियो । तयारी हुँदै थियो । आमा खुशी हुनुथ्यो र त्यसको साथ साथै भावुक हुनु भएको थियो । जति जति विवाहको मिति नजिकिदै थियो, त्यति मन धड्किन थालेको थियो । नर्भसको साथ साथै डर पनि लागेको थियो । विवाह गरेपछि जिन्दगीम कस्तो होला ? नयाँ घर, नयाँ संसार र सबै कुरा नयाँ । के गर्ने, कसो गर्ने होला ? दिमागमा धेरै प्रश्नहरु थिए । मलाई अचम्म लागिरहेको थियो । विवाह गरेपछि ज्वाँइ चाँहि किन बेलुकीको घरमा अनमाउदैनन् ? दिमागमा यो प्रश्न आइरहन्छ । अजिब पनि लाग्छ । हाम्रो समाज कस्तो अचम्मको संस्कार छ । परिवर्तन कहिले हुन्छ जस्तो लाग्छ । 

विवाहको तयारीमा साथ साथै अफिसको काम धेरै थियो । धेरै थाकिदो रहेछ । थाक्नुको साथ साथै मलाई अफिसको साथीहरुले मलाई पार्टीको लागि कर गरिरहेका थिए । अन्तमा मैले शुक्रबारको दिन पार्टी दिने निर्णय गरे । सबै साथीहरु खुशी थिए । यो अफिसमा काम गर्दा मज्जा आाएको छ । तलब थोरै भए पनि काम गर्ने वातावरण थियो । साथीहरु पनि राम्रा र सहयोगी थिए । त्यसभन्दा पनि छुट्टी चाहिएको बेला सजिलै दिनु हुन्थ्यो । त्यसैमा म खुशी थिए । 

एक हप्तापछिको कुरा हो । शुक्रबारको दिन थियो । साँझको ६ः०० बजे, हायर ग्राउंड, ललितपुर, सबै जना थियौ अर्थात् बाह्र जना थियौ । सबै जना गफ गर्दै थियौ । त्यही क्रममा वेर्टरले मेनु लिएर हाम्रो टेबुलमा आए र केही बेरपछि आउन आग्रह गरौ । वेर्टर गइसकेपछि सुशिलाले भनिन्,“आज सोफियाको धेरै पैसा खर्च गर्नुपर्छ ।” सुशीला सँगै सबै जना हाँस्न थाल्यौ । 

सुशिला महिला हिसां विभागमा काम गर्छिन् । यो संस्थामा काम गर्न थालेको दुई वर्ष भएको छ । यो नै उनीको पहिलो जागिर हो । उनी कमै बोल्छिन् तर बोलेपछि सिधै मनमा पर्छ । काम राम्रो गर्ने, मनदेखि गर्ने र यो अफिस आएदेखि सुशिला मेरो मिल्ने साथी भएकी हुन् । 

त्यही क्रममा, मैले भने,“मेरो तर्फबाट तिमीहरुलाई के के खान ममन छ, खायौ तर पैसा तिर्ने बेलामा म निस्कि छु र पैसा को तिर्छ, तिर ।” अनि म हाँसे र सबै जना हाँसे । 

केही क्षणपछि, निकिले भनिन्,“हाँस्ने मात्र हो कि खाने पनि ? मलाई सारै भोक लाग्यो । अर्डर गरौ न ।”

“निकिलाई जति कसैलाई भोक लाग्दैन । हन्द कालिन ।” डिनेशले मुस्कुराउदै भने ।

निकि र डिनेश दुवै जना फाइनासमा काम गर्छन् । दुवै जना काम गर्न थालेको डाढे दुई वर्ष भएको थियो । निकिलाई धेरै खानु पर्छ । धेरै भोक लाग्ने । डिनेशलाई धेरै काम गर्नु पर्ने । छुट्टीको दिन पनि काम गर्छन् । पैसाको जरुरतभन्दा पनि केही गर्नु पर्छ भन्ने हो भने निकि आफ्नो काम राम्रोसँग गर्ने र त्यसको साथ साथै रमाइलो गर्नु पर्ने । 

केही क्षणपछि हामीले वेर्टरलाई बौलायौ । अनि अर्डर गरौ । अर्डर गरेपछि गफ गर्न थाल्यौ । गफ गर्ने क्रममा, नम्रताले भनिन्,“अनि तिम्रो विवाहको कुरा सुनाउन ।” सबै जना सहमत भए र सुन्न आतुर भए । 

नम्रता मूल्याङ्गन तथा अनुगमन विभागमा काम गर्छिन् । उनीले यो अफिसमा काम गर्न थालेको ६ महिना भएको छ । यो अफिसमा काम गर्नु अगाडि काम गरेकी थिइन् । काम गर्न अल्छी । गसिफ गर्न धेरै रुचाउने । नम्रता र आरतीको धेरै कुराहरु मिल्छ । आरती रिसेप्शनिस्ट हुन् । यस अफिसमा काम गर्न थालेको ३ वर्ष भएको छ । आरती र नम्रता दुवै जना अरुको कुरा काट्ने गर्छन् र धेरै गसिफ गर्नु पर्ने । अफिसमा कसैले मन पराउदैनन् । नम्रता अल्छीको साथ साथै सो—अफ गर्नु पर्ने ।  घमण्ड धेरै भएको त्यो पनि पैसाको घमण्ड भएको । 

अनि मैले आफ्नो कहानी सुनाए । सबै जना सुनिरहेका थिए । मेरो कहानी सुनेपछि मेरिनाले भनिन्,“वाह ! पूरै हिन्दी फिल्म जस्तै ।” मेरिना आइसिडि विभागमा काम गर्छिन् । अफिसको सबैभन्दा राम्ररी कर्मचारी हुन् । सबै केटाहरुले प्रेम प्रस्ताव राखिसकेका थिए । अफिसकाले मात्र होइन, धेरै व्यक्तिहरुले प्रेम प्रस्ताव राखेका थिए तर उनीलाई यस्तो कुराको वास्तै थिएन । उनलाई आफ्नो रुपको घमण्ड थिएन । धनी बुवा आमाको छोरी भए तापनि पैसाको घमण्ड थिएन । केही गर्ने इच्छा थियो । अमेरिका जान खोजेकी थिइन् तर भिसा रिजेक्ट भएको थियो । एक चोटि होइन तीन चोटि रिजेक्ट भएको थियो । अफिसमा धेरै मिल्ने भनेको नै मेरिना र सुशिला हुन् । म अफिसमा आएदेखि हामी तीन जना मिल्थ्यौ । बाहिर पनि धुम्न जान्थ्यौ । धेरै रमाइलो गथ्यौ । 

त्यसको साथ साथै हामीले अर्डर गरेको खानाहरु आयो । खाना आउने बित्तिकै निकि खान थालिन् । उनीले खान थालेको देखेर हामी सबै जना हाँस्न थाल्यौ तर हामीले हाँसेको लागि बेवास्ता गरेर खान थालिन् ।

१०

अन्त्य माघ ११ गते आयो ।  सबै जना तयार हुँदै थिए र म पनि तयार हुँदै थिए । हुन त मलाई रातो लुगा त्यति मन नपर्ने व्यक्तिमा पर्छु तर आज लगाउनु पर्ने । म तयार हुँदै थिए र त्यति क्रममा आमा मेरो कोठामा आउनु भयो । उहाँ भावुक हुनुभएको थियो । मेरो नजिक आएर भन्नुभयो,“आज तिम्रो विवाह । अब तिमी गएपछि यो घर सुनसान हुने भयो ।”

“त्यसो भए मेरो विवाह नगरि दिनुहोस् न त । समय बाँकी नै छ ।”

“यस्तो बेलामा पनि कति जिस्किनुपर्छ यसलाई ।”

“नभए घर ज्वाँइ बनाउ हिमासुलाई ।”

“हरे । म तिमीलाई के भनू ?”

“आफूले नै बनेको होइन म गएपछि घर सुनसान हुन्छ भनेर ।” मैले भने । आमा मौन हुनुभयो र त्यसको साथ साथै भावुक हुनुभयो । उहाँको आँखा रसाएको थियो । त्यही क्रममा बुवा आउनुभयो र भन्नुभयो,“अझै तयार भएका छैनौ ? १० बज्न १० मिनेट बाँकी छ । छिटो गर ।”

अनि हामी हतारिदै तयार हुन थाल्यौ । हामी ढिला भइसकेका थियौ । हामी घरबाट निस्कदा १०ः३० भइसकेको थियो । हामी चाबहिलबाट नयाँ बानेश्वर पुग्नु थियो । अनमोल पार्टी पालेसमा ४५ मिनेटमा पुग्यौ । हिमासुको परिवार अघि आइसक्नु भएको थियो । 

११ः३० बजे हाम्रो विवाह सुरु भयो । उनीलाई दुल्हाको भेषमा राम्रो देखिएको थियो । हाम्रो विवाह लगभग ६ घण्टा लामो भएको थियो । मैले हिमासुलाई लामो प्रक्रियामा नजाऊ भनेको थिए तर उनले मानेनन् । म चाहन्थे कि हाम्रो विवाह छोटो होस् तर भएन । मानिसहरु लामो विवाह किन गर्छन् जस्तो लाग्यो । ५ः३० बजे विवाह सम्पन्न भयो । अनि मामाले मलाई बोकेर गाडीम लग्नु भयो । 

आमा रुन थाल्नुभयो ।  म धेरै भावुक भए र मेरा आँखाहरु रसाए । आमा र म एक अर्कोलाई हग गरौ र रुन थाल्यौ । केही क्षणपछि म गाडी चढे । गाडीमा चढेपछि पछाडिबाट सबैलाई हेरे । खास गरि आमालाई । आमा धेरै भावुक हुनुभएको थियो र बुवा पनि । बुवा भावुक हुनुभएको थियो तर उहाँले देखाउन सक्नुभएन । 

नयाँ बानेश्वरबाट हामी ललितपुर पुग्यौ । हिमासुको घर ललितपुरमा थियो । म विवाह हुनु अगाडि उसको घर गएको थिइन । घर कुनामा थियो र त्यसको साथ साथै धेरै सुनसान थियो । एकै चोटिमा घरको ठेगाना भेटाउन गाह्रो थियो । थोरै मात्र घरहरु थियो र छेऊमा छाऊमा खेत नै खेत थियो । अनि हामी भित्र छि¥यौ । साँझ परि सकेको थियो । हिमासुको आफन्त र भित्रहरुले हामीलाई बधाई दिनुको साथ साथै टिका टालो गरे । हेर्दा हिमासुको परिवार, आफन्त र साथीहरु कम थिए । 

११

बिहानको ८ः०० बजेको थियो । म ढिलै उठेको थिए । हिमासु कोठामा थिएनन् । सबै कोठा हेरे तर कतै देखिन । पछि किचेन छिरे र हिमासु किचेनमा रहेछन् । हिमासु बिहानको नास्ता बनाउदै थिए र मलाई देखे र भने,“तिमी उठ्यौ ?”

“अँ । तिमी कति छिटो उठेको ?”

“अँ ।”

“बुवा र आमा खई त ? म देख्दि न त ।”

“उहाँहरु बिहान गाउँ जानु भयो । मैले स्टेशनसम्म पु¥याएर आए ।”

“आज नै किन जानु भएको ? यतै बसेको भए हुन्थ्यो नि । मलाई उठाएको भए हुन्थ्यो नि ।”

“बस्नु भनेको थिए तर मान्नु भएन । तिमीलाई किन उठाउनु भनेर नउठाएको । हुन त म नास्ता गरेर अफिस जानु पर्ने भयो । काम प¥यो ।”

“आज मसँगै बसेको भए हुन्थ्यो ।” मैले अनुहार बिगारे । 

“बिहान नै फोन आयो । जानु पर्ने भयो ।”

म मौन नै भए । उनले पाउरेटी र अण्डा खाएर निस्के । हिमासु हतारमा थिए । राम्ररी बोल्न पाइन । मैले चाँहि एक हप्ताको छुट्टी लिए । म अनि चिया पकाउन थाले । अनि चिया पिउदै कोठाहरु हेर्न थाले । बैठक कोठा, किचेन र खाने ठाउँ एउटै तल्लामा थियो भने माथिको तल्लामा बेडरुमहरु थिए । दुईवटा बेडहरु थिए र एउटा कोठा पनि थियो । त्यो कोठा बन्द थियो । मलाई जान्न मन लाग्यो कि त्यो कोठामा के छ भनेर । धेरै चोटि खोल्न प्रयास गरे तर सकिन । साँचो खोजे तर भटिन । नभेटपछि अर्कोतिर हेर्न थाले । कोठाहरु त्यति सजाएको थिएन । फोटोहरु भित्तामा थिएनन् । भित्ताहरु खालि थियो । हल्का हरियो र सेतो रङ्ग बाहेक अरु रङ्ग भित्ताहरुमा थिएनन् । अज्जिब लागेको थियो । कोठाहरु हेरिसकेपछि म किचेनमा गए र खाना पकाउन थाले । खाना पकाएर म एकछिन टि.भी हेर्न थाले । केही समय टि.भी हेरेर म बाहिर निस्के । घरहरु थोरै थिए । अरुको घरहरुमा बगैचा हुन्थ्यो तर यो घरमा चाँहि केही थिएन । केही गर्ने छैन जस्तो भयो यो घरमा ।  

साँझ ६ः३० बजेको थियो । ढोकाको घण्टी बज्यो र ढोका खोले । हिमासु आएका थिए । उनी मुस्कुराए र म पनि । अनि भित्र छिरे । फ्रेस भएर आए र मैले चिया बनाए । केही क्षणपछि उनी किचेनमा आए । अनि मैले चिया दिए । चिया पिउँदै हिमासुले भने,“आजको दिन तिम्रो कस्तो गयो ?” 

“ठीकै ।” चिया पिउँदै भने । मैले उनलाई हेरे । मौनता तोड्दै मैले भने,“तिमीलाई एउटा कुरा भन्नु थियो ।”

“भन न ।”

“यो घर कस्तो सुनसान छ । त्यसको साथ साथै भित्ताहरुमा फोटोहरु वा चित्रहरु छैनन् । खाली छ । छिमेकी पनि छैनन् । कसरी बसेका छौ तिमी ?”

हिमासु मुस्कुराए र भने,“जिन्दगीमा धेरै चिजले तनाव दिन्छ । मेरो जिन्दगीमा धेरै तनाव थियो र समय आएपछि म तिमी जरुर भन्ने छु । तनावको कारणले नै म रमाउन सकेको छैन । भित्तामा फोटाहरु राखेको थिए र मलाई यादले सतायो । अतितको पानाहरुले फेरि रुवाउन थाल्यो । त्यसैले तस्बिरहरु मैले हटाइदिए । बंगैचाको कुरा गर्ने हो भने, मलाई कसैको याद आउँछ । अनि मनममा चिसो पर्छ । अनि म एकान्त प्रेमी भए । आफ्नो पिडाहरु मनमै राखे । आफ्नो मनको कुरा व्यक्त गर्न जरुरत सोचिन ।”

हिमासु मौन भए र म पनि । उनी बाहिर हेर्दै थिए र म उनलाई । उनी भावुक भएका थिए । अनि मौनता तोड्दै भने,“कसको याद आउँछ ?”

“मैले एक जनालाई धेरै मन पराउथे र उनील पनि । उनीलाई बंगैचा मन पथ्यो । त्यसैले मैले आफ्नो घरमा बंगैचा सजाएको थिए । पछि के भयो कुन्नि मलाई छोडेर गइन् । म उनीलाई धेरै माया गर्थे । हाम्रो विवाह पनि तय भएको थियो तर उनी विवाहको मण्डपमा उनी आइनन् । त्यसपछि हाम्रो भेट भएको छैन । भेट्न मन थियो र सोध्न मन थियो कि किन मलाई छोडेर गइन् ।” उनले मलाई हेरेर भने । हिमासु भावुक भएका थिए । 

“अहिलेसम्म रिसाएका छौ ?”

“रिस त्यसबेला उठेको थियो तर अहिले छैन । अहिले सोध्न मात्र मन छ ।”

“अनि तस्बिरसँग तिम्रो के याद जोडिएको छ ?”

उनी भावुक हुँदै भने,“त्यो समय आएपछि अवश्य भन्ने छु ।”

अनि हामी दुवै जना मौन भयौ र म चाँहि हिमासुलाई हेरिरहे । हिमासु सूर्य अस्ताएको हेरिरहेका थिए । उनलाई हेर्दा लाग्छ कि उनलाई धेरै पिडाहरु छन् ।  

१२

एक हप्तापछि म अफिस गएको थिए । म अफिस पुग्ने बित्तिकै निकि मेरो नजिक आइन् र भनिन्,“बधाई छ तिमीलाई । यो एक हप्ता कस्तो रह्यो ?” हामी मुस्कुरायौ । म के भन्ने भयो र म मुस्कुराए । 

फेरि उनीले भनिन्,“किन मुस्कुराएको मात्र ?” अनि हामी दुवै जना मिटिङ्ग रुममा गयौ । मिटिङ्ग रुममा सबै जना थियौ । त्यही क्रममा, नम्रताले भनिन्,“हामीलाई फेरि पार्टी चाहिन्छ ।”

“फेरि किन ?” मैले भने ।

“हामी तिम्रो श्रीमान्सँग फेरि भेट्ने । छुट्टै गर्न रमाइलो । पहिला विवाह हुनु अगाडिको पार्टी थियो र अब विवाह पछिको हो ।” निकिले भनिन् । 

मलाई बोल्ने मौका दिएनन् । सबै जना पार्टीको कुरा गरे । केही क्षणपछि मैले भने,“हुछ । म पार्टी दिन्छु तर अर्को हप्ता मात्र ।”

सबै जना सहमत भए । अनि सबै जना आफ्नो काममा व्यस्त भए । काम गर्दा गर्दै ५ः०० बज्यो । धेरै कामहरु थियो । अनि म काम सकेर घरको लागि निस्के । एक घण्टामा घर पुगे । हिमासु घर पुगिसकेका थिए । ढोका खोले र मुस्कुराए । 

म फेस भएर किचेनमा गए । हिमासु किचेनमा खाना बनाउदै थिए । मिठो वास्ना आएको थियो । उनले मासु पकाएका रहेछन् । प्रायः बेलुकाको खाना पकाउथे त्यो पनि मिठो ।  

“कस्तो मिठो वास्ना । हेर्दै मिठो जस्तो छ ।”

हिमासु मुस्कुराए र भने,“चास्ने हो ?” हामी दुवै जना हाँस्यौ । केही क्षणपछि हामी खान थाल्यौ । खाने क्रममा मैले भने,“तिम्रो अर्को हप्ता फुर्सद हुन्छ ?”

“हुन्छ तर किन ?”

“मेरो अफिसको साथीहरुले पार्टीको कुरा गर्दै थिए । त्यसैले सोधेको ।”

“हुन्छ । तिमी ठाउँ र समय भन, हामी पार्टी दिऊ न त ।”

म खुशी भए र हामी खादै गफ गर्न थाल्यौ । 

१३

रोड हाउस क्याफे 

नक्साल 

शनिबार 

साँझको ५ः३० बजे 

सबै जना समयमै आएका थिए । अर्डर गरिसकेपछि, आरतीले भनिन्,“तिमी दुई जनाको जोडी राम्रो देखिएको छ ।”

हामी दुवै जना मुस्कुरायौ र धन्यवाद भ¥यौ । सबै जनाले सहमति जनाए । सबै जनाले हाम्रो जोडिको तारिफ गरेका थिए । मेरो तारिफभन्दा पनि हिमासुको तािरफ गरेका थिए । विशेष गरि उनको आवाजको तारिफ गरेका थिए । साँच्चिभन्दा उनको आवाज साह«ै राम्रो लाग्छ । रेडियोमा काम गरेको भए धेरै मानिसहरु फिडा हुन्थे । धेरैले प्रेम प्रस्ताव राख्थे । 

त्यही क्रममा, हिमासुले भने,“प्राय ः सबै जनाले मेरो आवाज मन पराउछन् र मलाई रेडियोमा काम गर्ने सोच्छन् तर आफूलाई आफ्नो आवाज आफैलाई मन पर्दैन ।”

“आफ्नो आवाज आफैलाई कसरी मन पर्छ त ?” सुशीलाले भनिन् । सबै जना हाँसे । अनि हामी गफ गर्न थाल्यौ । हामी क्याफेमा १० बजेसम्म बस्यौ । हामी दुई जना बाहेक सबै जनालाई लागिसकेको थियो । विशेष गरी निकिलाई । धेरै खानु र पिउनु पर्ने । उसलाई सम्माल्न गाहो भएको थियो । खान र पिउनु परेपछि दायाँ र बायाँ केही थाहा हुँदैन । 

हामी ११ बजे घर पुग्यौ । घर पुगेपछि हिमासुले भने,“आज धेरै दिनपछि रमाइलो गरे ।”

म मुस्कुराए र भने,“हो । तिमी धेरै रमाइलो गरेका थियौ । तिमी मुस्कुराएको राम्रो देखिन्छ ।”

हिमासु मुस्कुराए र भने,“हो र भनेको ?”

“हो ।” मैले भने । अनि हामी दुवै जना मुस्कुरायौ । 

१४

हामीले विवाह गरेको ६ महिना भइसकेको थियो । हाम्रो जिन्दगी राम्रोसँग चलिरहेको थियो । खुशी थियौ । छुट्टीको दिन थियो । बिहानको खाना खाँदै थियौ । त्यही क्रममा हिमासुले भने,“तिमीलाई एउटा कुरा गर्नु थियो ।”

“भन न ।”

“म चाहन्छु कि तिमी जागिर छोड ।”

“हँ ? तिमी यो भन्दै छौ ? म किन जागिर छोड्नु ?”

“म छँदै छु त कमाउने । म तिमीलाई हेरिहाल्छु नि । म तिम्रो लोग्ने भएको के काम त ?”

“मलाई पनि केही गर्न मन छ । तिमीले कमाउछौ तर मेरो रहर पनि छ केही गर्न तर यो कुरा किन अहिले आएर भनेको ?”

“मेरो खुशी । म अहिले भनू कि पहिले तर म चाहन्छु कि तिमी जागिर छोडेर घर सम्माल । मलाई सम्माल ।”

“आज तिमीलाई के भयो ? यो घर सम्माल्न दुई जना मिलेर गरौ भने हुन्छ । अहिलेसम्म हामी दुई जना मिलेर गरेकै छौ त ।”

“बस । मैले भनिसके त जागिर छोड भनेर । म अरु कुरा जान्दिन ।”

हिमासु रिसाएर खाना नसकि बाहिर निस्के । अचम्म परेको थिए उनको व्यवहार देखेर । आजसम्म उनले कहिले यस्तो व्यवहार देखाएका थिएनन् । मैले केही बोल्न पाइन । म उनलाई कुरेर बसेको थिए । कुर्दा कुर्दै बेलुका भइसकेको थियो । हिमासु रिसाएर अहिलेसम्म आएका थिएनन् । धेरै चोटि फोन गरे तर उठाएनन् । पछि गर्दा फोन नै अफ थियो । यस्तो सानो कुरामा किन रिसाएका ? मलाई चिन्ता हुन थाल्यो । के गर्ने र कसो गर्ने भयो । कुर्दा कुर्दै १०ः३० बज्यो र म निदाए छु । निदाएको तीन घण्टापछि ढोकाको घण्टी बज्यो त्यो पनि ठूलो आवाजमा । घण्टीको आवाजले म निद्राबाट उठे र ढोका खोल्न गए । सधै मुस्कुराउने मान्छे तर आज रिसाउँदै भित्र छिरे । उनले पिएर आएका थिए । उनी सिधै आफ्नो कोठामा गए र सुते । म उनको छेऊमा गए र भने,“आज तिमीलाई के भयो ? तिमी किन रिसाएको ?”

हिमासु मौन नै थिए । मलाई हेर्नै जरुरत नै सोचेनन् र सुतेका थिए । उनी मौन भएको देखेर म पनि मौन भए । यो क्रम दुई महिनासम्म रहिरह्यो । हिमासुसँग बोल्न खोज्थे तर उनी नै बोल्न रुचाएका थिएनन् । 

१५

हिमासु धेरै दिनदेखि घर छिटो जान थालेका थिए । उनलाई म प्रति शङ्का गर्न थालेका थिए । कोठामा खोज तलाश गर्न थालेका थिए । सुरुमा उनले लुगा राख्ने ठाउँमा हेरे तर केही भेटेनन् । लुगा राख्नेमा नभेटेपछि यता उता हेनै थाले । पछि खाटको मुनि हेरे । खाट मुनि सूट केश थियो । त्यो मेरो सूट केश निकाले र खोले । मैले डायरीहरु लुकाएर राखेको थिए । म प्राय ः डायरी लेख्थे तर विवाह गरेपछि मैले डायरीहरु लेख्न छोडेको थिए । कहिले काँही हिमासु नभएको बेला पहिलाको अतितको पल हेर्ने गर्थे । डायरीहरु पढ्न थाले । उनको डायरी पढ्ने क्रममा मैले ढोका खोले र भित्र छिरे । भित्र छिर्दा उनी सोफामा पत्रिका पढ्दै थिए । उनलाई देखेर म अचम्म परे । कहिले काँही मात्र छिटो आउने गर्थे । आज उनलाई घरमा देख्दा अचम्म परे । उनलाई दखेर मैले भने,“तिमी घर कति बजे आइपुग्यौ ? आज त तिमी मभन्दा छिटो आए छौ त ?”

हिमासु सोफाबाट उठे र भने, “के म छिटो घर आउनु हुँदैन र ?” उनले मलाई रिसाउदै हेरे । अनि आफ्नो कोठामा गए । म मौन नै थिए । 

यस पश्चात् हिमासु हररोज घर छिटो आउथे । मलाई केही थाहा हुँदैन थियो र केही सोध्यो भने रिसाउथे । उनले मेरो डायरीहरु पढिसकेका थिए । त्यसको साथ साथै मैले नथाहा पाउने गरि मेरो पिछा गरेका थिए र फोटो खिचेका थिए । म कहाँ जान्छु र म के गर्छु सबै निहालेका थिए । 

बिस्तारै उनको बानीमा परिवर्तन आएको थियो । सानो कुरामा पनि रिसाउन थालेका थिए । म बाहिर गए रिसाउथे र गाली गर्थे । बोल्ने मौका दिँदैन थिए । आफ्नो कुरा मात्र राख्थे । आफ्नो कुरा सही ठाग्थे । तैपनि उनलाई बुझ्ने मौका खोजेको थिए । 

दुई हप्तापछिको कुरा हो । म अफिसबाट ढिलो घर फर्के । घर फर्केला ढिलो भइसकेको थियो । बेलुकाको ८ बजेको थियो । मैले हिमासुलाई म्यासेज पठाएको थिए कि म घर ढिलो आउँछु भनेर तर उनले केही जवाफ पठाएनन् । 

मैले घण्टी बजाए । उनले ढोका खोले । हिमासु रिसाएका थिए । म केही नभनिकन कोठामा गए । हिमासु मेरो पछि पछि लागे । हामीले एक अर्कोलाई हेरौ । मलाई के भन्नू जस्तो भएको थियो । उनको अनुहार हेर्दै डर लाग्ने ।

मौनता तोड्दै हिमासुले भने,“तिमी किन ढिला आएको ?” उनले रिसाउदै भने ।  

“मैले म्यासेज पठाएको थिए त ।”

“तिम्रो कोसँग अफेयर छ ? कसलाई भेटेर आएको ?”

“म अफिसमै थिए ।”

उनले बेल्ट निकाले र मलाई नराम्रोसँग पिटे । रोक्न खोजे तर सकिन । धेरै पिटाई खाएको थिए । म उठ्न सकेको थिइन । यो धेरै दिनसम्म चलिरह्यो । उनकै खुशीको लागि जागिर छोडे । मैले आफ्नो पिडा बुवा र आमालाई व्यक्त गर्न जरुरी सोचिन । उहाँहरुलाई आफ्नो समस्याहरु किन भन्ने जस्तो भयो । सोचे कि यो सम्बन्धलाई एक मौका दिऊ । सायद म उसलाई आफूभन्दा धेरै माया गर्थे । त्यसैले मैले उनलाई मौका दिने निर्णय गरे ।  

१६

दुई हप्तापछिको कुरा हो । हामी दुई जना सोफामा बसेका थियौ । हिमासु चिया पिउँदै त्रिकेट हेर्दै थिए भने म चाँहि हिमासुलाई हेरिरहेको थिए । हिमासुसँग बोल्नु कि नबोल्नु भएको थियो । अन्त्यमा, हिम्मत जुटाएर मैले भने,“हिमासु, तिमीसँग कुरा गर्नु थियो ।” म नर्भस हुँदै भने । 

“भन न ।”

“तिमीलाई के भयो ? तिमीमा किन यस्तो परिवर्तन आयो ? के भएर तिमी यस्तो भएको ?”

हिमासु रिसाउदै सोफाबाट उठे । अनि कोठामा गए । मलाई नराम्रो लाग्यो । अनि म पनि उनको पछि लागे । त्यही क्रममा, हिमासुले मेरो अगाडि मेरै डायरी देखाए । 

“तिमीले यो डायरीहरु कसरी भेटायौ ?”

“सूट केश ।” 

म मौन रहे र म उनलाई हेर्न सकेको थिइन । उनले मलाई हेरिरहेका थिए । मौनता तोड्दै उनले भने, “तिमीले पहिला आदित्य भन्ने व्यक्तिलाई मन पराउदा रहेछौ र यस बारे किन ममलाई भनेनौ । तिमीले अहिलेसम्म आदित्यलाई मन पराउछौ र लुकी लुकी भेट्न जान्थ्यौ । यदी तिमीले कसैलाई मन पराउछौ भने किन मसँग विवाह गरेको ?”

“तिमीले भनेको कुरा ठीक हो तर पूरै होइन । म आदित्यलाई मन पराउथे र त्यो एक तर्फी माया थियो । अहिले त तिमी छौ मेरो जिन्दगीमा । मैले किन उसलाई भेट्नु प¥यो जब कि म तिमीलाई माया गर्छु ।” म भावुक हुँदै भने ।

हिमासु सिाउदै भने,“तिमी अझै झूट बोल्दै छौ । तिमी आदित्यलाई फोन गछौ । हेर, म तिम्रो बुढा हूँ  । मसँग झूट नबोल ।” हिमासु मेरो नजिक आएर भने ।

“तिमी अझै उसलाई माया गछौ कि गर्दैनौ ?”

“तिमी मेरो कुरा त सुन ।”

“गछौ कि गर्दैनौ ?”

“गर्दिन ।”

“तिमी अझै झूट बोल्दै छौ । तिमी अझै आदित्यलाई माया गछौ । तिम्रो आँखामा मेरो सट्टा आदित्यको लागि माया गछौ ।”

उनले हात उठाए । म भाग्न खोजे तर सकिन । उनले मलाई ताने । मैले भने,“मलाई छोड ।”

हिमासुले रोक्नेको नाम लिएका थिएनन् । मलाई त्यसको हालत देखेर खुशी भएका थिए । उनले मलाई जर्बरजस्ती गरेका थिए । मेरा आँखाहरुबाट आँसु झरेका थिए । 

यस घटनापछि, उनले मेरो मोबाइल उनले लगे । मलाई उनले घरमा बन्द गरेका थिए । हर पल उनले घरमा बन्द गरेका थिए । हर पल उनले मलाई जर्बरजस्ती गर्थे । म यी सब सहेर बस्थे किनकि म उनलाई धेरै माया गर्थे । 

१७

म आफ्नो परिवारलाई भन्न खोजे तर भन्न खोजे । म के भन्नू आफ्नो परिवारलाई । पहिला पनि दिदीको डिभोस भएको थियो र अहिले मेरो वैवाहिक जिवन राम्रो छैन । यदि मेरो वैवाहिक जिवन बारे व्यक्त गरेमा, मेरो परिवारलाई नराम्रो हुने छ । त्यसको साथ साथै पवित्रलाई भन्न मन थियो तर सकिन । मेरो समस्या अरुलाई किन भन्ने जस्तो लाग्यो । 

म आफ्नो संसारमा हराएको थिए, त्यही क्रममा मलाई गाह«ो भयो र म बाथरुमा गए । मलाई उल्टी भयो । यो धेरै दिनसम्म चलिरह्यो र मैले थाहा पाए कि मलाई किन उल्टी भयो भनेर । म खुशी भए किनकि हाम्रो सम्बन्ध सुधार हुने छ । सोचे कि म अर्को हप्ता भन्ने छु किनकि अर्को हप्ता उनको जन्मदिन पर्छ ।

अर्को हप्ता.......

        म खुशी भएको थिए । आज हिमासुको जन्मदिन म उनको लागि खाना बनाउदै थिए । सोचे कि आज हाम्रो सम्बन्ध सुर्धिन्छ । म उनलाई कुरेर बसेको थियो । साँझको ७ः३० बजेको थियो । मेरो आँखा घडीमा नै थियो । त्यही क्रममा, घण्टी बज्यो । म खुशी हुँदै ढोका खोल्न गए । मलाई नहेरिकन भित्र छिरे । टेबुलमा केक देखेर अचम्म परेका थिए र भने, “यो सब के हो ?”

“आज तिम्रो जन्मदिन ।”

“ओ, त्यसो भए, मेरो उपहार खोई ?”

म मुस्कुराए र भने,“तिमी बुवा हुने वाला छौ ?”

“के ?” हिमासु अचम्म परे । उनको भाव देखेर म पनि छक्क परे । 

“मलाई बुवा हुनु छैन । मलाई बच्चा चाहिएको छैन ।” हिमासुले मलाई थप्पड हाने र मेरो कपाल ताने र मैले भने, “यो तिमी के गर्दै छौ ?”

“तिमीले मेरो चिन्त दुखाएकी छौ ।” उनले मलाई हेरिरहेका थिए र मैले पनि । वातावरण तोड्दै हिमासुले भने,“मेरो आमा तिमी जस्तै धोके बाज थिइन् । मेरो बुवालाई धोका दिइन् । मेरी आमाको अफेयर चलिरहेको थियो ; त्यो पनि आफ्नो हाकिमसँग । हरपल सोध्दा झूट बोल्नु हुन्थ्यो । मेरो बुवाले आमाको कुरामा कहिले विश्वास गर्नु भएन । हररोज झगडा हुन्थ्यो । म त्यो देखेर रुन्थे र बुवाले आमालाई बेल्टले हिरकाउनु हुन्थ्यो । म त्यो देखेर रुन्थे र बुवा आमालाई झगडा नगर्न आग्रह गर्थे र मेरो कुरा सुन्नु हुन्न थियो । अन्त्यमा आमाले हामीलाई छोडेर जानुभयो र अर्कोसँग विवाह गर्नुभयो । बुवा आमाले मलाई कहिले माया गर्नु भएन । म बुवासँग तापनि उहाँले कहिले माया गर्नु भएन न त आमाले मलाई भेट्न आउनु भयो ।  

त्यसैले मलाई बच्चा चाहिएको छैन । तिमी मेरी आमा जस्तै हुन्छौ । मेरो बच्चाालाई कहिले माया गर्दैनौ । तिमीले मेरो बच्चालाई कहिले माया गर्दैनौ । तिमीले मेरो बच्चालाई छोडेर जान्छौ । तिमी अर्कोसँग विवाह गछौ ।”

म अचम्म पर्दै भने,“अनि विवाहमा आउनु भएको को हो ?”

“उहाँहरु त नाटक गर्ने मान्छेहरु हुन् ।” हिमासु मुस्कुराए । 

केही क्षणपछि उनी रिसाएर उठे र बेल्ट निकाले । अनि नराम्रोसँग पिट्न थाले । आफूलाई बचाउन कोसिस गरे तर सकेको थिइन तर बिस्तारै म किचेनमा छिरे । अनि उठे । किचेनमा हिमासु आए । मैले यता उता हेर्दै थिए । मैले चक्कु लुकाए । मैले उनलाई हिरकाउनु अगाडि नै उनले मलाई भुँइमा लडाइ दिए । चक्कु सोफाको छेऊमा पुग्यो । नजिक आएर मलाई पिड्न थाले । रगत आउन थाले । जसो तसो म सोफामा गए र चक्कु समाते । बिस्तारै म उठे र म उनको नजिक गए । नजिक गए तर उनले मलाई सिसाले हिरकाए र म भुँइमा लडे र बेहोस भए । उनी मेरो नजिक आए र मुस्कुराए । म पूरै त बेहोस भएको थिइन तर दमिलो देखिरहेको गिए । मैले चक्कु समाते । अनि मैले चक्कुले उनको पेटमा हाने । जब हिमासु भुईमा लडे र म बाहिर निस्के । 

१८

पाँच घण्टापछि म होशमा आए । जब मैले आँखा खोले, मैले यता उता हेरे । म अस्पतालमा थिए । मैले नर्सलाई देखे र मैले नर्सलाई बोलाए ।

“नर्स, म यहाँ कसरी आए ?”

“तपाई एक्लै आउनुभएको हो । तपाई गम्भीर अवस्थामा हुनु हुन्थ्यो । तपाईको रगत पाउन धेरै गाह्रोभएको थियो तर हाम्रो रगत बैकमा रगतमा तपाईको रगत मिल्ने भएकाले तपाई बाच्नु भयो तर हामीले तपाईको बच्चलाई बचाउन सकेनौ ।”

मेरा आँखाहरु रसाए र मैले भने, “नर्स, तपाईसँग मोबाइल भए, मलाई एक छिनको लागि दिनुहोस् न ।”

“हुन्छ ।” अनि नर्सले मलाई मोबाइल दिइन् र मैले पवित्रलाई फोन गरे तर उठेन । धेरै चोटि प्रयास गरे तर उठेन । अनि मैले म्यासेज पठाए । 

“म सोफिया । म अहिले मेडिकेयर अस्पतालमा छु । प्लिज मलाई भेट्न आऊ । मेरो बेड नम्बर ३०६ हो ।”

भोलिपल्ट पवित्र आइन् । बिहानको ८ः३० तिर आइन् । मेरो नजिक आइन् । म निदाएको थिए । केही बेरपछि मलाई उनको उठाइन् । जब मैले उनीलाई देखे, मैले उनीलाई हग गरे र रुन थाले । 

“तिमीलाई के भयो र किन रोएको ?” पवित्रले भनिन् ।

मैले पवित्रलाई सबै कुरा व्यक्त गरे । पवित्र अचम्म परिन् । मेरो कुरा सुनेपछि, उनीले भनिन्,“अनि बुवा आमालाई भ¥यौ त ?”

“म उहाँहरुलाई भन्दिन । उहाँहरुलाई पिडा दिन चाहन्न । म यहाँबाट दूर जान चाहन्छु ।”

“पुलिसलाई रिपोट गरौ ।”

“पर्दैन ।”

“किन नि ? गर । हिमासुले तिमीलाई धेरै पीडा दिएका छन् ।”

“अब उनलाई आफ्नो जिन्दगीबाट दूर राख्न चाहन्छु । उनले आफ्नो गल्तिको सजाय पाउने छन् ।”

“यदी रिपोट गरेनौ भने, हिमासु फरार हुन्छन् ।”

“हिमासुलाई छोडि देऊ । म दूर जान चाहन्छु ।”

“हुन्छ । पहिला तिमी ठिक त हौ ।” अनि हामी मौन भए । 

पवित्रले मेरो लागि भनि अफिसबाट कहिले छुट्टी लिन्थिन् भने कहिले आधा छुट्टी लिन्थिन् । मेरा लागि उनले धेरै तकलिफ लिँदै थिइन् ।

१९

अस्पतालको बसाई दुई हप्तासम्म थियो । दुई हप्तापछि म डिस्चार्य हुँदै थिए । पवित्रले अस्पतालको काम सकेर मेरो नजिक आइन् । उनी नजिक आएपछि मैले भने, “तिमीले मेरो कारण धेरै दुःख पा¥यौ । अब त डिस्चार्य भएपछि तिमीले दुःख पाउने छैनौ ।”

“आफ्नो साथीको लागि यति पनि नगर्नु ? तिमीले पनि मेरा लागि धेरै गएकी छौ ? अब तिमी कहाँ जान्छौ ?”

“मलाई नै थाहा छैन ।”

“मसँग बस ।”

“म न त आफ्नो घर न त म तिम्रो घरमा बस्न सक्छु । म दूर जान चाहन्छु ।” म भावुक भएको थिए । पवित्रले मलाई निहालेर हेर्दै थिइन् । अनि केही क्षणपछि उनीले भनिन्, “तिमी पोखरा जाऊ । मैले चिनेको एक जना चिनेको दाइ हुनु हुन्छ जसको एनजियो छ । म कुरा गरिदिन्छु । तिमी निको भएर पोखरा जाऊ ।”

मैले हुन्छ भने र मलाई डिस्चार्य गरियो । म उनीको घर गए । उनीको कारणले मैले नयाँ जिन्दगी पाए जस्तो लाग्छ । पवित्रले मेरो व्यवस्था गरेकी थिइन् । म धेरै भाग्यमानी छु जस्तो लाग्छ किनकि मैले पवित्र जस्तो साथी पाए । म आफ्नो परिवारसँग भेट्न चाहन्न थिए । लाग्छ कि मेरो जिन्दगी मेरो बुवा आमाले बिग्रादिनु भएको । पहिला दिदीको जिन्दगी बिग्रादिनु भयो र अहिले मेरो । मेरो आँखा आँसुले भरि¥यो । अनौठो लाग्यो आफ्नो जिन्दगी देखेर । 

२०

एक हप्तापछिको कुरा हो । म दुई दिनको लागि मात्र पवित्रकोमा बस्छु जस्तो लागेको थियो तर मलाई निको हुन एक हप्ता लाग्यो र म पोखरा जान तयार भए । उनीले छुट्टी लिएकी थिइन् । मेरो लागि भनि केही लुगाहरु किनेकी थिइन् । जब म तयार हुँदै थिए, उनी भावुक भएकी थिइन् । मलाई हेर्दै थिइन् । केही क्षणपछि उनीले भनिन्,“एक पल्ट आफ्नो बुवा आमालाई भेटेर जाऊ ।”

म लुगा तयार पार्दै थिए र उनीको कुरा सुनेर म उनीलाई हेरे । उनीले पनि मलाई हेरिन् । केही क्षणको लागि वातावरणमा शून्यता छा¥यो । मलाई निहालेर हेर्दै थिए । म बुवा र आमासँग भेट्न चाहन्न थिए । मौनता तोड्दै पवित्रले भनिन्,“किन मौन भएकी ? केही त बोल । एक पल्ट आफ्नो आमा बुवासँग त बोल्न र भेट्न जाऊ । कति जेल नभेटिकन बस्छौ ? कति रिसाउछौ ?”

“मलाई भेट्न मन छैन र मलाई भेट्न कर नगर । समय र भाग्यले हामीलाई भेटाए छ भने, म भेट्छु तर अहिलेको लागि म भेट्न चाहन्न र आफ्नो पीडा व्यक्त गर्न चाहन्न पनि । अहिले भेटे भने, हामी बिच भगडा हुन सम्भावना छ । त्यसैले यो समयलाई छोड्दौ । अहिले यस विषयमा कुरा नगरेकै नराम्रो ।”

अनि पवित्र मौन भनिन् र म लुगा मिलाउन थाले । अनि १५ मिनेटपछि म र उनी एयरपोर्टको लागि निस्कियौ । एयरपोर्ट पुगेपछि, उनीले भनिन्,“राम्ररी जाऊ । पुगेपछि मलाई फोन गर्नु । केही समस्या परेमा मलाई फोन गर्नु ।”

हामीले भावुक हुँदै हग गरौ । म भित्र छिरे । भित्र छिरेपछि पछाडि फर्किए र पवित्रलाई बाई गरे । अनि उनी गइन् । 

एक घण्टापछि बोर्डिंगको लागि बोलाइयो र म लाइनमा बसे । मेरो अगाडि धेरै मानिसहरु थिए । मलाई कति बिस्तारै काम गरेको जस्तो लाग्यो । १५ मिनेटपछि मेरो पालो आयो । मैले टिकट देखाए र उताबाट छाप लगाइन् । अनि म मुस्कुराए जस्तो गरे र प्लेनमा छिर्ने प्रक्रियामा थिए । प्लेनमा छिरेपछि म आफ्नो सिट नम्बर हेरे । मेरो सिट नम्बर २०१ थियो जुन बिचमा थियो । म आफ्नो झोला माथि राखे र सिटमा बसे र सिट बेल्ट बादे । मेरो मनमा धेरै कुराहरु खेल्न थालेका थिए । म आफ्नो  पिडाबाट भाग्दै थिए । म हिमासुसँग र आफ्नो बुवा आमाबाट दूर जाँदै थिए । पोखरा गएपछि मेरो जिन्दगीले के मोड लिन्छ आफूलाई नै थाहा छैन । मनमा कुरा खेलाउदा खेलाउदै एयर होस्टेसले के भनिन् मलाई थाहा पाइन न त प्लेनले टेक अफ गरेको । 

२१

एक घण्टा पन्ध्र मिनेट म काठमाडौबाट पोखरा पुगे । एयरपोर्टको काम सकेर एयरपोर्टबाट निस्के । निस्केपछि म ट्याक्सी चढे र म एबिसी एनजियोमा पुगे । पैसा तिरेर म भित्र छिरे । रिसप्शनिष्टको नजिक गए र भने,“म सोफिया हूँ । म धर्मेन्द्र सरलाई भेट्न सक्छु ? उहाँले मलाई बोलाउनु भएको थियो ।”

“एकछिन बस्नुहोस् । म उहाँलाई फोन गरेर खबर गर्छु ।” अनि उनीले सोफातिर देखाइन् । म सोफामा बसे । उनीले फोन गरेर खबर गरिन् । केही क्षणपछि एक व्यक्ति आए । उनले सुट लगाएका थिए । अलिकति दाह्री थियो । कालो चस्मा लगाएका थिए । अनुहार गहूँ गोरो थियो । रिसेप्शनिष्टले मतिर देखाइन् र उनी मेरो नजिक आए र सोफामा बसे । मलाई हेरेर भने,“तापई सोफिया ?”

“हजुर ।”

“म धर्मेन्द« ।”

अनि मैले नमस्ते गरे । उनले मलाई हेरेर मुस्कुराए र भने,“मैले पवित्रसँग कुरा गरेको थिए । तपाई यो एनजियोमा के गर्न सक्नु हुन्छ ?”

“जे काम दिए पनि गर्न तयार छु ।”

“कार्यक्रम सहायताको लागि पोष्ट खालि छ । गर्नु हुन्छ ?”

मैले सजिलै हुन्छ भने । उनले मेरो सुटकेश देखे र भने,“तपाई एयरपोर्टबाट सिधै यहाँ आउनु भएको हो ?”

“हो ।”

“अनि कहाँ बस्नु हुन्छ त ?”

“मलाई नै थाहा छैन । भाग्यले कहाँ पु¥याउ छ म त्यही पुग्छु ।”

“मेरो घरको नजिक एउटा कोठा खालि छ । त्यहाँ बस्नु हुन्छ ?”

“हुन्छ । अनि काम कहिले सुरु गर्नु ?”

“भोलिदेखि गर्नुहोस् न । आज तपाई आराम गर्नुहोस् ।”

मैले हुन्छ भने । उनले मलाई कोठा देखाए । कोठा अफिस नजिकै थियो । उनले साँचो मलाई दिए । सांचो दिँदा मैले भने,“यो कोठा ?”

“मेरै हो । एक वर्षदेखि खालि थियो । तपाईको व्यवस्था नहुजेल यही बस्नुहोस् ।” यति भनेर धर्मेन्द्र आफ्नो बाटो लागे । ढोका खोले । भित्र छिर्दा एउटा कोठा, किचेन र बाथरुम थियो । सबै सानो नै थियो । सानो हुनुको साथ साथै फोहोर थियो । आफ्नो सामान एक कुनामा राखे र सफा गर्न थाले । दुई घण्टा लाग्यो र समय हेरे । ५ः३० बजेको थियो । कोठा सफा गरेर नुहाउन थाले र केही समय पछि म बाहिर निस्के । तरकारीहरु किनेर लिएर आए र पकाउन थाले । 

२२

मैले काम गरेको तीन महिना भइसकेको थियो । मैले काम गरेको सबै जनालाई मन परेको थियो । मेरो तलब रु. १५,०० भए तपानि म बिस्तारै खुशी हुन थालेको थिए । मलाई यहाँ राम्रो सुविधा थियो । मेरो पैसा राम्रोसँग वचत भएको थियो तर म आफ्नो अतित बिर्सेन सकेको थिइन । म कसैसँग मागा गर्न सक्दिन थिए । माया प्रति मेरो विश्वास हराएको थियो । त्यसको साथ साथै त्यस संस्थामा काम गन थालेदेखि म कोहीसँग त्यति बोल्न कम भएको थियो । आफ्नो कामसँग मात्र मतलब गर्थे । एनजीओको स्टार्फसँग नभए तापनि मेरो कुरा पवित्रसँग चाँहि भइरहथ्यो । 

एक हप्तापछिको कुरा हो । साँझको ६ः३० बजेको थियो । म आफ्नो काम सकेर कोठातिर जाँदै थिए र त्यही क्रममा धर्मेन्द्र र मेरो नजिक आउनुभयो र भन्नुयो,“तपाईको भोलि छुट्टी छ । मैले तपाईलाई यहाँ आएदेखि धुमेको देखेको छैन । यदी तपााई अप्ठ्यारो लाग्दैन भने, म तपाईलाई भोलि धुमाउन लग्छु ।”

मलाई अप्ठ्यारो लागेको थियो । मलाई निहालेर हेर्दै थिए र भने,“तपाईलाई अप्ठ्यारो लागेको छ भने नाँइ भन्दा हुन्छ । म माइट गर्दिन ।”

“होइन । त्यस्तो केही होइन ।”

“त्यसो भए मसँग जानु हुन्छ त ?”

“हुन्छ ।”

“भोलि म तपाईलाई साँझ ५ः०० बजे लिन आउँछु ।”

मैले हुन्छ भने । धर्मेन्द« मुस्कुराए र निस्किने क्रममा थिए र मैले भने,“सुनु होस् त ।”

“हजुर ।”

“मैले कोठा नै पाएको छैन । नपाउजेल तपाईको कोठामा भन्दा हुन्छ नि ? यदी पाएन भने, म भाडा पनि तिर्न तयार छु ।”

“त्यस्तो अप्ठरयारो मान्नु पर्दैन । बस्दा हुन्छ । त्यो कोठा त्यति प्रयोगमा थिएन । भाडाको कुरा पछि गरौला न ।” यति भनेरधर्मेन्द्र निस्के । 

म रात भर यस विषयमा सोचे । मलाई नै किन ? अरु पनि छन् । मलाई नै किन लग्नु प¥यो धुमाउन ? यदी तल माथि केही भयो भने ? हिमासु जस्तै भयो भने ? मैले किन हुछ भने ?सम्झेर  पछुताए । सोच्दा सोच्दै कति बेला निदाए छु मलाई नै थाहा छैन ।

२३

भोलिपल्ट......

             म आफ्नो काम सकेर उनलाई कुरेर बसेको थिए । मन ढुकढुक भएको थियो । मन बेग्लै भएको थियो । हेर्दा हेर्दै ५ः१५ बज्यो । मेरो घरको ढोकाको घण्टी बज्यो । म ढोका खोल्न गए । धर्मेन्द्र सर हुनुथ्यो । सरले मलाई देखेर मुस्कुराए र म पनि । अनि हामी निस्कियौ । उनले मलाई केही ठाँउहरु धुमाए । एक घण्टा धुमेर उनले एक क्याफेमा लगे । हामी अगाडि टेबुलमा बस्यौ किनकि त्यही खाली थियो । क्याफे निकै भीड थियो । त्यही क्रममा, धर्मेन्द« सरले मलाई टेबुलमा भएको मेनु मेरो अगाडि सारे र भने,“तपाई के लिनु हुन्छ ?”

“सेतो कफी र भेज मःम ।” मैले मेनु नहेरिकन भने । 

“तपाई मासु खानु हुन्न ?”

“मैले छोडेको भेरै वर्ष भयो ?”

“ए ।”

उनले वेटरलाई बोलाए र हाम्रो अर्डर दिए । हामी मौन भएको थियौ । मलाई अप्ठ्यारो लागेको थियो र यता उता हेर्दै थिए ।  त्यही क्रममा, उनले भने,“तपाईलाई केही भन्नु थियो ।” धर्मेन्द« सरले  नर्भस हुँदै भन्नुभयो । 

“हुन्छ ।”

“तपाईको जिन्दगीमा जे भयो त्यो सब बिर्सि दिनु । अब आफ्नो भविष्य बारे सोच्नुहोस् । मुस्कुराउनु होस् । अतितको पिडा सम्झिनु भयो भने, अगाडि बढ्नु हुन्न । पछाडिको पछाडि रहनु हुन्छ । आफ्नो भविष्य राम्रो बनाउनु होस् ।”

“तपाईलाइ मेरो अतितका बारेमा कसरी थाहा पाउनु भयो ?”

“कसरी थाहा पाउनु भयो भन्ने कुरा महत्व होइन । तपाई आफ्नो जिन्दगी कसरी बिताउने सोच्नुहोस् । तपाई यहाँ आएको धेरै महिना भइसकेको छ । तपाई यहाँ आफ्नो अतित सम्झि रहन आउनु त भएको होइन नि ।”

मलाई थाहा छ कि मेरो अतितको बारे कसले भ¥यो भनेर । पवित्र र धर्मेन्द्र धेरै मिल्ने साथी हुन् । सबै कुरा सेयर गर्छन् । मलाई एक पलको लागि रिस उठ्यो तर देखाउन जरुरत देखिन । मौन नै रहे । उनले मलाई निहालेर हेरिरहेका थिए र उनी पनि मौन नै रहेका थिए । 

केही क्षणपछि हामीले अर्डर गरेको खानेकुराहरु आयो र कफी पनि । केही नबोलिकन खायौ र खाइसकर बिल धर्मेन्द«ले तिरेर हामी निस्कियौ । केही क्षणपछि उनले भने,“हामी साथी बन्न सक्छौ ?”

उनले साथी भन्दा हिमासुको याद दिलायो । म भावुक भए र मौनता तोड्दै उनले भने,“यदी हुन मन छैन भने नाँइ भन्दा हुन्छ ।”

“यो समयलाई छोडि दिनुहोस् ।”

उनले मुस्कुराए मात्र । हामी गफ नगरि आ—आफ्नो घर पुग्यौ । 

२४

समय बित्दै गयो र मेरो काम सबैलाई मन पर्दै गयो र मलाई बढुवा गइ¥यो । म कार्यक्रम सहायकबाट मेनेजर भए । म खुशी भएको थिए । मेरो काम कम हुँदै गएको थियो । कामको साथ साथै धर्मेन्द्रले मलाई धुमाउन लगिरहन्थे । उनले मलाई मेरो अतित बिर्साउन कोसिस गर्दै थिए र बिस्तारै उनी मेरो मिल्ने साथी भएका थिए । म बिस्तारै उनीसँग सहज हुन थालेको थिए । म उनलाई हरेक कुरा सेयर गर्थे । 

बिस्तारै म रमाउन थाले । उनको साथमा रमाउन थाले । मैले उनलाई मन पराउन थालेको थिए । उनको सपना देख्न थाले तर कहिले काँही डर लाग्थ्यो कि मैले आफ्नो प्रेम गुमाए भने ? सोच्दा पनि डर लाग्यो । त्यसैले आफ्नो भावना व्यक्त गरिन । 

केही महिनापछिको कुरा हो । दिउँसोको ३ः३० बजेको थियो । म रिपोर्ट बनाउदै थिए र त्यही क्रममा धर्मेन्द्र मेरो नजिक आए र भने,“हेलो ।”

“भोलि ५ः३० बजे , हामी सधै भेट्ने क्याफेमा भेट्यौ न । म तिमीलाई कुरि बस्छु ।” यति भनेर उनी निस्के । मैले सोचे कि सधै झै धुम्ने होला त। अर्को थियो । मैले नसोचेको भयो त भन्दिन तर यति छिट्टै भन्ने भयो । 

भोलिपल्टको कुरा हो । म क्याफेमाा पुगे र सधै बस्ने टेबुलमा गए । मैले यता उता हेरे तर धर्मेन्द्रलाई देखिन । त्यही क्रममा, मेरो आँखा टेबुलमा पुग्यो । टेबुलमा कार्ड थियो र फूलहरु थियो । मैले कार्ड हेर्न थाले । कार्डमा ‘आई लभ यू ’ लेखिएको थियो । म मुस्कुराए । कार्ड बन्द गरे र मैले धर्मेन्द«लाई टेबुलको छेऊमा देखे । भुकेका थिए र मलाई हेरेर भने,“म तिमीलाई मन पराउछु । म आउने जिन्दगी तिमीसँग बिताउन चाहन्छु । म तिमीसँग विवाह गर्न चाहन्छु ।” 

म मौन भएको थिए । उनले मलाई हेरिरहेका थिए । म मौन भएको देखेर उनले भने,“के भयो ? तिमीलाई नो भन्नु छ भने भन तर मौन नबस ।” अनि धर्मेन्द्र उठे र म कुर्सीबाट । म मुस्कुराए र उनलाई हग गरे । मैले उनको प्रेम प्रस्तावलाई स्वीकारेको थिए र धर्मेन्द्र धेरै खुशी देखिन्थे । यस दिन हामी धेरै खुशी भएका थियौ र धेरै धुमेका थियौ । यस दिन पछि हामी प्रायः सधै हुन्थ्यौ । हाम्रो सम्बन्ध बारे सबैलाइृ थाहा पाएका थिए । हामीलाई जिस्काउन थालेका थिए । धर्मेन्द्रको कारण म अफिसको स्टाफसँग खुलेर कुरा गर्न थालेको थिए । त्यसको साथ साथे धर्मेन्द्रले बुवा र आमासँग विवाहको कुरा गर्ने भनेका थिए जसको कारण म धेरै खुशी भएको थिए । 

२५

धर्मेन्द«, बुवा र आमा बैठक कोठामा हुनु हुन्थ्यो । तीनै जना मौन हुनु हुन्थ्यो । धर्मेन्द्रले बुवा र आमा हेर्दै थिए । वातावरणको मौनता तोड्दै धर्मेन्द्रले भने,“तपाईहरुलाई मैले केही भन्नु थियो ।”

“भन न ।” आमाले धर्मेन्द्रलाई नहेरिकन भन्नुभयो । बुवा र आमाको ध्यान टि.भीतिर थियो भने धर्मेन्द्र नर्भस भएका थिए । केही क्षणपछि, धर्मेन्द्रले बुवा र आमालाई हेर्दै भने,“तपाईहरुलाई जरुरी कुर भन्नु थियो । टि.भी अफ गर्न सक्नु हुन्छ ?”

“के कुरा हो ?” आमाले भन्नुभयो । अझै पनि टि.भीतिर ध्यान थियो । 

“मेरो विवाहको कुरा गर्नु थियो ।” विवाहको कुरा गर्ने बित्तिकै आमाले टि.भी अफ गर्नुभयो । 

“यो तिमी के भन्दै छौ ?” आमा अचम्म पर्दै भन्नुभयो । धर्मेन्द्रले विवाहको लागि मानि रहेका थिएनन् । एक्कासि विवाहको कुरा गर्दा अचम्म पर्नु भयो । 

“अनि को हो त केटी ?”

धर्मेन्द्रले सबै कुरा व्यक्त गरे । सबै कुरा सुनेपछि आमा रिसाउँदै भन्नुभयो,“म तिमीलाई सोफियासँग विवाह गर्न दिन्न ।”

“म जसरी भए पनि सोफियासँग विवाह गर्छु ।”धर्मेन्द्र सोफाबाट उठ्छन् । 

बुवा र आमाले धर्मेन्द्रलाई सम्झाउने कोसिस गर्दै हुनुथ्यो भने धर्मेन्द्रले बुवा र आमालाई सम्झाउने कोसिस गर्दै थिए । अन्त्यमा, आमाले भन्नुभयो, “किन आफ्नो जिन्दगी बर्बाद गर्दै छौ ? यदी तिमीहरुको विवाह भयो भने र त्यही क्रममा, सोफियाको पति आयो भने ? तिमीलाई केही भयो भने ? समाजले हामीलाई के भन्न छ ?”

“तपाईलाई आफ्नो छोराको भन्दा समाजको पिर छ । तपाईलाई छोराको माया लाग्दैन ?”

वातावरणमा मौनता छाएको थियो । बुवा केही बोल्नु भएको थिएन । आमाले धर्मेन्द्रलाई हेर्नुभयो । त्यही क्रममा, धर्मेन्द्रले भने, “एक पल्ट सोफियालाई भेटेर मात्र निर्णय गर्नु होस् ।”

“म कसैलाई भेट्न जरुरी सोच्दिन । मेरो निर्णय अन्तिम हो ।” आमा जिद्दी नै हुनुथ्यो । उहाँले एक चोटि भनेपछि सक्किगो । 

यो क्रम धेरै दिनसम्म चलिरह्यो । आमा र धर्मेन्द्रको छलफल चलिरह्यो । एक त जात मिल्दैन र अर्को मेरो डिभोस भएको थिएन । हिमासु कहाँ छन् र के गर्दै छन् मलाई थाहा छैन । मैले हिमासुलाई भेटे जरुरी सोचेको थिइन । मलाई थाहा थिएन कि हाम्रो जिन्दगीमा परिवर्तन आउँछ छ भनेर । मेरो जिन्दगीमा फेरि अँध्यारो छाउँदै थियो । 

२६

“मैले कति चोटि भए कि मलाई केही भएको छैन । यदी मलाई बोल्न मन छैन भने, किन पछि लागेको ? मलाई तिमीसँग बस्न मन छैन न त माया गर्नु छ । हाम्रो सम्बन्धलाई अगाडि बढाउन मन छैन । म तिमीलाई माया गर्दिन ।” धर्मेन्द्र रिसाउदै भने र मलाई केही भन्ने मौका नदिइ अफिसबाट निस्के । म भावुक भए । आँसुले भरिएका थिए । रातभर सुत्न सकिन । पहिला हिमासुबाट पीडित थिए र अहिले धर्मेन्द्रले मलाई अस्वीकारेका थिए । किन अस्वीकारेका थिए मलाई नै थाहा भएन । धेरै चोटि सोध्दा जवाफ दिएनन् । त्यस पश्चात हामी दुई बीच कुरा हुन छोडेको थियो । म उनीसँग बोल्न धेरै प्रयास गरे तर सकिन । उनको मौनताले म हर रोज मरिरहेको थिए । अन्त्यमा मैले हार खाए र पोखराबाट दूर जाने निर्णय गरे । पोखराबाट मात्र होइन, नेपालबाट नै दूर जान चाहन्थे । त्यसैले अमेरिका जाने निर्णय गरे र सबै तयार गरे र अपलाइ गरे । छात्रवृतिको लागि युकनमा अपलाई गरे र नभन्दै छात्रवृति पाए । अन्तिम दिनमा पनि उनलाई भेट्न मन थियो तर सकिन । राजीनाम थिए । राजीनाम दिने दिन उनलाई भेटेको थिए र उनले मलाई केही प्रश्नहरु गएनन् । मलाई हेर्दा हेर्न पनि हेरेनन् । मन अशान्त भयो र मन पनि चिसो प¥यो । पवित्रलाई पनि केही भन्न जरुरी सोचिन र अमेरिका जाने तयारी गरे । मलाई निकै पिडा भएको थियो । म उनलाई धेरै माया गर्थे । 

२७

भिसा लागेको एक हप्तापछि म एयरपोर्टमा थिए । बेलुकाको ८ः०० बजेको थियो । फाइन्ट ९ः०० बजेको थियो । एयरपोर्टको सबै काम सकेर म बसेको थिए । मनमा धेरै कुराहरु चलिरहेको थियो । म यता उता हेर्दै थिए । त्यही क्रममा, बोडिङ्गको लागि बोलाइयो र म प्लेनममा चढे । केही समयपछि म आफ्नो सिटमा थिए तर मेरो दिमागमा धर्मेन्द्रतिर मात्र थियो । मेरो दिमागमा धेरै प्रश्नहरु थिए । धर्मेन्द्रले किन दिल तोडे ? के कुरामा चिन्त बुझेन ? धेरै चोटि प्रश्न गर्दा पनि जवाफ दिएनन् । कुराहरु खेल्दा खेल्दै म अमेरिका पुगे र एयरपोेर्टको काम सकेर मैले ट्याक्सीलाई बोलाए । अनि कनेक्टिकट विश्वविद्यालय पुगे । म सुरुका दिनहरुमा होस्देल बसे र पछि अपार्टमेन्टमा सरे । 

अमेरिकाको लाइफ त्यति सजिलो थिएन । नेपालको जस्तो थिएन । एक प्रकारले नयाँ अनुभव र सिक्नको लागि धेरै थियो । सुरुमा त सबै मानिसहरु रोबन्ट जस्तो लाग्थ्यो तर पनि बानी प¥यो । समयको कर्दर थियो । कहिलेकाँही लाग्थ्यो कि हाम्रो देशले विकास कहिले हुन्छ ? सोचेको थिए कि म केही वर्ष मात्र अमेरिका बस्छु तर सोचेको जस्तो हुँदैन रहेछ । म धेरै वर्ष बसे । म अमेरिका आएपछि मैले फेसबुक बन्द गरेको थिए । अमेरिका आएपछि मात्र मैले पवित्रसँग कुरा गरे त्यो पनि भाईबरमा । उनी अचम्म परेकी थिइन् र दुखी पनि । म अमेरिका आएको दुई वर्षपछि मात्र पवित्रसँग कुरा भएको हो । 

.................................................................................................................................................................

सोफियाको कथाले मलाई भावुक बनाएको थियो । त्यसको साथ साथै मलाई उनीको कथा छाप्ने मन लाग्यो । हामी दुवै जना मौन भयौ । सोफिया भावुक भएकी थिइन् । म उनीलाई निहालेर हेरिरहेको थिए । त्यही क्रममा, हाम्रो ट्राजिट आयो । अबु दुबईमा हाम्रो पाँच घण्टाको ट्राजिट थियो । काम सकेर हामी बस्ने ठाउँमा बस्यौ । अनि मैले भने,“नेपाल गएपछि तपाई के गर्नु हुन्छ ?”

“सुरुमा त म बुवा र आमालाई भेट्छु र पवित्रलाई पनि भेट्छु ।”

“अनि धर्मेन्द्रलाई ?”

सोफिया मौन नै रहिन् । केही भन्न सकिनन् । मौनता तोड्दै मैले भने,“अमेरिका गएपछि धर्मेन्द्रसँग कुरा भएको थियो कि थिएन ?”

“भएन तर पवित्रले पछि सबै कुरा व्यक्त गरिन् ।”

“कस्तो कुरा ?” मलाई जान्न मन लाग्यो । 

“मसँग कुरा भएपछि पवित्रले धर्मेन्द्रलाई धेरै चोटि सोधिन् । पछि मात्र भने । आमाको दबावले मलाई छोडेका रहेछन् । आमालाई म मन परेको थिएन । पछि आमाको रोजाइको केटीसँग विवाह गरे छन् ।”

वातावरणमा मौनता छाएको थियो । उनी भावुक भएकी थिइन् । मसँग बोल्ने शब्द थिएन । मलाई हिमासुसँग र धर्मेन्द्रसँग भेट्न मन लाग्यो । 

मौनता तोड्दै उनीले भनिन्,“अनि तपाई चाँहि के गर्नु हुन्छ ?”

“नयाँ उपन्यास लेख्न थाल्छु ।”

“के सम्बन्धि लेख्नु हुन्छ ?” कफी पिउँदै भनिन् । 

“सोच्दै छु कि यसपटक बेग्लै लेखू ।”

“बेग्लै भन्नाले ?”

“सन्पेस लेख्न मन छ ।”

सोफिया मुस्कुराइन् र भनिन्,“हाम्रो जिन्दगी नै सन्पेस नै छ । कति बेला के हुन्छ थाहा नै हुँदैन । हाम्रो जिन्दगी नै अचम्मको छ । आज के हुन्छ थाहा छैन न त भोलि नै ।”

“हो ।” मैले भने । उनीको कुरा सुनेर म अचम्म त थिएन तर उनीको भाव बेग्लै थियो । म मौन भए र उनी किताब निकालेर पढ्न थालिन् र म चाँहि नेटबुक निकालेर लेख्न थाले । त्यसपछि हामी मौन नै रह्यो । आ—आफ्नो काम गर्दै थियो । पाँच घण्टा कसरी बित्यो त्यो नै थाहा भएन । पाँच घण्टापछि बोडिङ्गको लागि बोलाइयो र हामी प्लेनमा चढ्यौ । प्लेनमा चढेपछि हामसँग बोल्ने केही थिएन । म केही बेरमै सुतिहाले । उनी चाँहि पढ्दै थिइन् । केही घण्टापछि हामी नेपाल एयरपोर्टमा लाड गरौ । मलाई सोफियाले उठाइन् । अनि आफ्नो झोला निकाले । एयरपोर्टको काम सकेर बाहिर निस्कियौ । निस्किएपछि मैले सोफिलाई भने,“हामी भेट्न सक्छौ ?”

“हुन्छ तर म दुई महिनापछि म अमेरिका फर्किन्छु ।”

मैले आफ्नो फोन नम्बर दिए । उनीले धन्यवाद भनिन् र मैले फेरि भने,“तपाईले आफ्नो फेसबुक त खोल्नु भएको छ ?”

“खोलेको छैन । म गए ल । बाई ।”

“बाई ।” म उनी गएको हेरिरहे । मानिसहरुको जिन्दगीमा विभिन्न पात्रहरु भेटिन्छन् र कथाहरु पनि कथाहरु सबै कहाँ राम्रा हुन्छन् र तर मलाई सोफियाको कहानी राम्रो लागेको थियो । प्रेम कहाँ पाइन्छ र ! सम्बन्ध राम्रो हुन्छ भन्ने पनि छैन । मलाई एक पटक हिमासु र धर्मेन्द्रसँग भेट्न मन लाग्यो । उनीहरु के गर्दे होलान् । 


Comments

Popular Posts