जिन्दगी कहिले काँही अजिब लाग्छ

जिन्दगी कहिले काँही अजिब लाग्छ । अतितमा हुँदा रमाउन जाँदैनौ र जब समय बित्दै जान्छ तब महशुस हुन्छ तर ढिलो भइसकेको हुन्छ । कहिले काँही अतितले मुस्कान दिन्छ त कहिले आँसु । 

मलाई कहिले काँही अतित सम्झेर रुन मन लाग्छ त कहिले रुन मन लाग्छ । कहिले काँही अतित फर्केर आइदिए हुन्थ्यो जस्तो लाग्छ । कति रमाइलो गरेको थिए । कति धुम्थे । काठमाडौको केही ठाउँहरु धेरै चोटि जान मन गर्थे । न्यू रोड, बसन्तपूर, थापाथली र पुतलीसडक । यी ठाउँहरु मेरा प्रिय थिए । अहिले गए भने रुन मन लाग्छ । आफ्ना साथीहरु, दिदीहरुसँग जाने ठाउँहरु थिए । धेरै रमाइलो र धेरै हराउने ठाउँ थियो । अहिले गए भने आफ्ना साथीहरुको याद आउँछ । 

अहिले पनि जान्छु तर पहिला जस्तो रमाइलो लाग्दैन । केही छैन जस्तो लाग्छ छ । म र मेरो एक्लो मन । सिर्फ एक्लोपन ।   


Comments

Popular Posts