बोरिंग लाइफ
मैले ‘वल्र्ड फेमस लभर’ फिल्म हेर्दै थिए । यो फिल्म हेर्द मलाई आफ्नै कहानी हेर्दा मेरै जस्तो लाग्यो । नायक विजय देवरकोंडाको भूमिका हेर्दा मेरै हो जस्तो लाग्यो । उनलाई लेखक हुनु थियो । जागिर छोड्छन् । डेढ वर्षसम्म केही लेख्दैनन् । पछि गर्लफ्रेण्डले छोडेर जान्छिन् । डेढ वर्ष एकै तालिका हुन्छ त्यो पछि बोरिंग ।
हुन त मैले लेखक बन्न जागिर छोडेको होइन । मेरो दुई वर्षको परियोजना सक्किएको थियो । हुन त मलाई लेखक हुने रहर थिएन । लेख्न मन थियो र अहिले पछि छ । केही न केही लेखिरहन्छु । सन् २०१९ को कुरा हो । मैले एक कथा लेखे । सुरुमा ८ महिनासम्म लेखे । लेखिसकेपछि पढे । सुरुमा राम्रो लाग्यो तर दोस्रो पटक पढ्दा हिन्दी फिल्म जस्तो लाग्यो । त्यो पनि फ्लप फिल्म जस्तो । पछि आफूलाई चिन्त बुझेन । अनि लामो कथा लेख्न प्रयास धेरै महिनासम्म गरिन । अनि मेरो तालिका उस्तै छ । बोरिंग त भन्दिन तर एकल काँटे भएको छ । कहिले काँही अलमल हुन्छु के गर्ने भनेर । आफ्नो जिन्दगी कुन मोडमा जाँदै छ आफूलाइृ नै थाहा छैन । भविष्य शून्य लाग्छ । जागिर छैन र राम्रो पनि लेख्दिन । भन्न त मानिसहरुले म राम्रो लेख्छु भन्छन् तर आफूले लेखेको हेर्दा त्यति राम्रो लाग्न छोडेको छ । कहिले काँही लाग्छ आफ्नो जिन्दगी कुन मोडमा गएको छ, थाहा छैन ।
कहिले काँही लेख्दा लेख्दै कथा अर्को मोडमा जान्छ र आफूलाई चिन्त बुझ्दैन । के लेख्न खोजेको हुन्छु र के हुन्छ, आफूलाई नै थाहा हुँदैन । धेरै चोटि एउटै कथालाई सम्पादन गर्छु तर पनि चिन्त बुझ्दैन ।
Comments
Post a Comment