लेखक, युवती र कहानी

बेलुकाको समय थियो । अमेरिकाको ८ः३० बजेको थियो । म लगायत अरु मानिसहरु विमानमा चढ्दै थिए । म आफ्नो सिट नम्बर हेदैै थिए । मेरो सिट नम्बर ४१० थियो । मेरो सिट त कुनामा परेको रहेछ र म खुशी भए किनकि मलाई विन्डो सिट मन पर्छ । म ढङ्ग पर्दै बसे । विन्डोबाट म बाहिर हेर्दै थिए र त्यही क्रममा एक युवती  मेरो छेऊमा भएको सिटमा आएर बसिन् । मेरो आँखा उनीकोमा प¥यो । कपाल कालो र लामो रहेछ । अग्ली पनि थिइन् । गहूँ गोरो र जिऊ डाल मिलेको । निलो टि—सर्ट र कालो पाइन्ट लगाएकी थिइन् । आफ्नो झोला माथि राखिन् र आफ्नो सिटमा बसिन् । सिटमा बसिसकेपछि सिट बेल्ट लगाइन् । म चाँहि उनीलाई निहालेर हेरिरहेको थिए । केही समयपछि एयर होस्टेस आइन् । उनी बोल्दै थिइन् । बेल्ट कसरी लगाउने, आपतकालिन आएमा के गर्ने आदि बारे जानकारी थिइन् । अनि मैले सिट बेल्ट लगाए । केही बेरपछि टेक अपको जानकारी गराइन् । जब प्लेनले टेक अप गयो, मैले बाहिर हेरे । टेक अप गर्ने बेलामा म प्राय बाहिर हेर्ने गर्छु । हेर्न रमाइलो लाग्छ । मन आनन्द भएको थियो । ६ महिनाको अमेरिका बसोबासपछि म नेपाल फर्केर्दै थिए । नेपाल जाने भन्ने बित्तिकै मन अति आनन्द हुँदो रहेछ । कति बेला पुगिन्छ भन्ने हुँदो रहेछ । 

टेक अप गरेको केही समयपछि मेरो छेऊमा बसेकी युवतीले मलाई देखिन् र मुस्कुराइन् । मैले पनि मुस्कुराइन् । मैले पनि मुस्कान फर्कोए । केही क्षण्पछि उनीले मलाई फेरि हेरिन् र भनिन्,“हाई ।”

“हाई ।” मैले भने । 

“तपाई अमित दाहाल होइन ?”

“हो ।”

“तपाई लेखक होइन ?”

“हो ।”

“तपाईको उपन्यासहरु मैले पढेको छु र त्यस मध्ये मलाई मन परेको जवाफको खोजी हो ।”

“धन्यवाद ।” म मुस्कुराए । 

“तपाई धेरै राम्रो लेख्नु हुन्छ ।”

“धन्यवाद ।”

प्रायः म त्यति दोहोरो संवाद गर्न नरुचाउने व्यक्तिमा पर्छु । त्यसैले मलाई अनौठो मान्छन् । मौनता छाएको थियो । केही समयपछि मौनता तोड्दै उनीले भनिन्“मेरो नाम सोफिया शाक्य हो ।”

म मुस्कुराए मात्र । मलाई बोल्न त्यति मन लागेन र म पत्रिका पढ्न थाले । खासै केही थिएन पढ्नको लागि । सोफियाले मलाई निहालेर हेर्दै थिइन् । अनि भनिन्,“१६ घण्टापछि हाम्रो अबू दाबीमा ट्रान्जिट छ । नेपाल नपुगेसम्म म तपाईलाई एउटा कथा सुनाउछु ।”

मलाई धेरै व्यक्तिहरुले कथाहरु ईमेल गरेर पठाउनु हुन्छ । छाप्न पनि आग्रह गर्नु हुन्छ । यो पहिलो चोटि थिएन । अनि मैले सोफियालाई हेरे र भने,“मलाई धेरैले कथाहरु पठाउछन् र सुनाउछन् । छाप्न पनि आग्रह गर्न छन् । प्राय ः सबैको रोमान्टिक हुन्छन् र तपाईको पनि प्रेम कहानी होला र छाप्न आग्रह गर्नु हुन्छ होला ।”

सोफिया गम्भीर भइन् र भनिन्“सबैको कहानी उस्तै हुँदैन । पीडा धेरै हुन्छन् जुन व्यक्त गाह्रो हुन्छ । तपाईले जसलाई आफ्नो सोच्नु हुन्छ र उसैले नराम्रो पीडा दिन्छ, त्यो पीडा धेरै वर्षसम्म रहिरहन्छ । नदेखिने घाउ हुन्छन् जसलाई औषधीले काम गर्दैन न त डाक्टरको कुराले न त अरुकोले नै । जिन्दगी बाँच्नुभन्दा पनि बाँच्न सकिदैन । एउटा पीडाले जिन्दगी बर्बाद र नराम्रो पार्छ । सम्बन्ध पनि बिगा्रन्छ ।”

उनी भावुक भएकी थिइन् । उनीको कुरा र शब्दले मन छु¥यो । म के भन्नु भयो । फेरि वास्तवमा भन्ने हो भने नेपाल फर्केन निकै समय छ । सोचे कथा सुनिदिऊ । अनि मौनता तोड्दै भने, “हुन्छ । म कथा सुन्छु तर छाप्न चाँहि छाप्दिन नि ।”

“सबै कथाहरु छापिनु पर्छ भन्ने पनि छैन । कुनै कथाहरु नछापिनु नै राम्रो हुन्छ ।”

उनी भावुक भएकी थिइन् । उनीको आँखा रसाएका थिए । तयसले साथ साथै उनीका शब्दहरुले मेरो मन छोएको थियो । उनीले भनेका कुरा पनि ठीक हो । सबै कथाहरु कहाँ छापिन्छ र । छापिएको भए ती कथाहरुको महत्त्व हुँदैन । छापिए त्यो कथाको महत्व कम हुन्थ्यो । मनले उनीको कथा सुन भयो र दिमागले पनि सुन भयो । 

अनि मैले मौनता तोड्दै भने,“तपाईका शब्दहरु मेरो मन छो¥यो । मलाई लाग्छ कि तपाई धेरै पीडामा हुनुहुन्छ जुन तपाईले कसैलाई व्यक्त गर्न सक्नु भएको छैन । म तपाईको कथा सुन्न तयार छु । राम्रो लागे छाप्ने पनि छु ।”

“छाप्नु र नछाप्नु तपाईको इच्छा हो । कथा तपाईलाई राम्रो लाग्नु र नलाग्नु तपाईको इच्छा हो । कथामा धेरै पीडा छ । त्यसको साथ साथै सम्बन्धको बारेमा छ जुन सम्बन्धले धेरै सम्बन्धहरु बिग्रेको थियो र एक सम्बन्धले कसरी पिडा दिन्छ भन्ने हो र कुन मोडमा आउँछ भन्ने हो ।”

“कथा कसको बारेमा हो ?”

“मेरो ।”

“हँ?”

“मेरो कथा हो । सुन्नु हुन्छ ?”

मैले हुन्छ भनि टाउको हल्लाए । 

“तिमी किन सम्बन्धदेखि भागिरहेकी छौ, सोफिया ? तिमीलाई हेर्न भनि राम्रा परिवारबाट आएका थिए तर तिमी भागिरहन्छौ ? तिमीलाई कोही मन परेको छ भने हामीलाई भने हुन्छ । हामीसँग कुरा नलुकाउ ।” आमाले भन्नु भयो । 

आमा र म मेरो कोठामा थियौ । मेरो कोठा रङ्गगीन थियो । एक छेऊमा सुन्तला रङ्ग थियो, एक छेऊमा गुलामी रङ्गको थियो र अर्को छेऊमा बैजनी रङ्ग थियो । मेरो कोठा रङ्गगीन थियो नै र त्यसको साथ साथै मैले आफ्नो कोठा सजाएको थिए । भित्ताहरुमा तस्बिररुको साथ साथै अरु कुराहरुले भरिएको थियो । 

म खाटमा बसेर आई एम मलाला पढ्दै थिए । किताब आफ्नो छेऊमा राखे र आमालाई भने“मैले तपाई र बुवालाई भनिसकेकी छु कि म अहिले विवाह किन गर्दिन भनेर । तपाईहरुलाई विवाह गर्न नमान्नुको कारण थाहा छँदै छ नि । फेरि त्यहि कुरा किन दो¥याउनु हुन्छ ?” म रिसाउँदै भने । हर रोज यही विषयमा कुरा गर्नु हुन्छ र यही कुरामा झगडा हुने गरेको छ ।

“तिमीले विवाह गरेपछि जागिर गर्दा भइहाल्छ नि । पहिलाको जस्तो जमाना छैन ।”

“म पनि त्यही भन्दै छु कि पहिला जस्तो जमाना छैन । मैले मास्टर डिग्री सकेको छु र म केही गर्न चाहन्छु । म अहिले २५ वर्षको त भए । विवाह त ३० वर्षपछि गर्दा नि भयो या नगर्दा पनि भयो ।”

“आजकालका केटाकेटीहरु कस्तो कुरा नबुझ्ने ? हाम्रो खुशी चाँहि केही होइन ? तिमीहरुको नै जित हुनु पर्ने ।”

“तपाईहरुले हाम्रो कुरा नबुझ्ने ? जर्बरजस्ती विवाह गरिदिनुभयो भने के हुन्छ ? तपाईहरुको कारणले दिदीको डिभोस् भयो । तपाईहरुको खुशीको लागि विवाह गर्नुभयो तर के भयो भिनाजुको कारणले नराम्रो भयो । कहिले काही हामीले भनेको पनि सुन्नुहोस् ।”

आमा दिदीको कुरा गरेपछि मौन नै हुनु भयो । दिदीको विवाह दुई वर्ष अगाडि भएको थियो तर घरेलु हिसांको कारणले छुट्टीनु भयो । बुवा आमालाई समाजको डर थियो । छुट्टिएपछि दिदी हामीसँग बस्नु हुन्न । छुट्टै बस्नु हुन्छ । राम्रो जागिर छ । कहिले काही मसँग भेट हुन्छ । त्यो पनि बाहिर । घरमा त्यति आउनु हुन्न । बुवा आमाको इज्जतको लागि भए पनि आउनु हुन्न । 

आमा र म मौन नै थियौ । आमा केही भन्न खोज्दै हुनुथ्यो तर सक्नु भएन र केही नभनिकन मेरो कोठाबाट निस्किनु भयो । मेरो चाँहि मुड बिग्रियो । मलाई पढ्न मन भएन । अनि बाहिर निस्किए । बाहिर त निस्किए तर मनमा कुराहरु खेल्न थाले । विवाह गर्नु र नगर्नु आफ्नो व्यक्तिगत खोजाइ हो । यदी म अविवाहित खुशी हुन्छु भने, मलाई विवाहको लागि किन कर गर्ने ? विवाह गर्नु आवश्यक देख्दिन । जरुरत पनि छैन । सबै जना विवाहित जिन्दगीमा खुशी छन् जस्तो पनि लाग्दैन । मनमा कुरा खेलाउदा खेलाउदै म आफ्नो घरबाट शंकर पार्कभन्दा धेरै अगाडि पुगे छु । तनाव भएको थियो ।   

बिहानको ११ बजिसकेको थियो । खाना खाइसकेको थिए र म आफ्नो ईमेल चेक गर्दै थिए । मलाई आजकाल ईमेल चेक गर्न पनि मन लाग्दैन । जति ठाउँमा जागिरको आवेदन हाले पनि जवाफ केही आउँदैन थियो । दिक्क लागेर आउँछ । ईमेल हेरिसकेपछि म फेसबुकतिर लागे । फेसबुकमा प्राय अफिसहरुको हुने गथ्यो र मलाई ईष्र्या हुन्थ्यो । सबै साथीहरु जागिर थियो तर मेरो चाँहि छैन । घरको घर नै । घरमा बस्दा पनि दिक्क लाग्ने । घर नै मन पर्न छोडेको थियो । घरमा भन्दा पनि आमाको कुरा सुन्न मन लाग्न छोडेको थियो । हर पल विवाह बाहेक केही कुरा गर्नु हुन्न । कहि कतै जाऊ साथीहरु सबै व्यस्त । कोही जागिरको व्यस्त त कोही घरजममा व्यस्त । आफ्नो जिन्दगी देखेर दिक्क लाग्ने । 

दुई हप्तापछिको कुरा हो । म, बुवा र आमा खाना खाँदै थियौ । साँझको ७ः४५ बजेको थियो । हामी प्राय ः ढिलै खाना खान्छौ । म आफ्नै सूरमा खाँदै थिए । त्यही क्रममा बुवा र आमा एक अर्कोलाई हेर्दै हुनु हुन्थ्यो । ईशाराबाट कुरा गर्दै हुनुहुन्थ्यो । ईशाराबाट कुरा गर्दै हुनुहुन्थ्यो र केही समयपछि बुवाले भन्नुभयो,“तिम्रो जागिरको कुरा के हुँदै छ ?”

“आवेदन हालेको छु र हेरौ के हुन्छ ।”

“हेर सोफिया । तिमीलाई थाहा छँदै छ कि मेरो चिन जानको कोही छैन । मैले जिवरभर मिहिनेत गरे । जागिर पाउन सो्रत चाहिन्छ । धेरै वर्ष पनि लाग्छ जागिर पाउन ।”

म कुरा सुन्दै थिए । मैले कुरा बुझिसकेको थिए कि बुवाले कुरा धुमाएर विवाहको कुरा गर्न खोज्दै हुनुन्थ्यो र मैले भने,“बुवा, तपाईलाई जे भन्नु छ सिधा भन्नुहोस् ।”

बुवाले मलाई हेर्नु भयो र भन्नुभयो,“हामी चाहन्छौ कि तिम्रो विवाह होस् ।”

मलाई रिस उठ्यो र भने, “मलाई हरपल विवाहको कुरा गरेर किन यातना दिनु हुन्छ ? मलाई किन सुखले बस्न दिनु हुन्न ? म एक्लै खुशी छु । यदी म तपाईलाई धेर भएको भए, म यो घर छोडेर जान्छु ।”

बुवा केही भन्न खोज्दै हुनुथ्यो तर म उठे र रिसाउदै आफ्नो कोठामा गए । मेरो दिमागमा धेरै प्रश्नहरु थिए जसको जवाफहरु मसँग थिएन । त्यही क्रममा फेसबुक चलाउन थाले र मैले मेरो मिल्ने साथी पवित्रलाई अनलाइन देखे । अनि मैले म्यासेज पठाए । 

“हेलो ।”

“हेलो । के छ तिम्रो खबर ?” उनीले तुरुन्तै म्यासेज पठाइन् ।

“मेरो मुड ठीक छैन ।”

“के भयो तिमीलाई ?”

मैले सबै कुराहरु उनीलाई व्यक्त गरे । मन शान्त भएको थियो । उनीले मलाई हौसला दिँदै भनिन्,“तिमी नआत्तिकन बस । समयले सब ठीक गर्छ र तिमीले छिट्टै जागिर पाउने छौ । तिमी टेन्सन नलिइकन बस ।”

मैले हुन्छ भनि म्यासेज पठाए । अनि केही बेर कुरा गरौ । पवित्रसँग कुरा गर्दा मन हल्का भएको थियो । केही बेरपछि फेसबुक बन्द गरे र मेरो जप डट कम हेर्न थाले । जप हेर्ने क्रममा मेरो आँखा एउटा संस्थामा पुग्यो । अनि खोले । नाम नसुनेको तर पोष्ट चाँहि मैले पढेको सम्बन्धित थियो । मैले हतार गर्दै आवेदन हाले । हाmेपछि संस्थाको बारे खोजि निति गर्न थाले । हेर्दा त सानो संस्था थियो । संस्था सानो भए तापनि मलाई जागिरको आवश्यक थियो ।  

मैले नभन्दै जागिर पाए । एक महिना भइसकेको थियो । म जागिर पाएकोमा धेरै खुशी थिए । तलब थोर भए पनि म खुशी थिए । महिनाको रु. १०,००० थियो । मलाई जे होस् आफूलाई खर्च गर्न पुगेको थियो । तलबभन्दा पनि मेरो केही छ भन्ने थियो । मेरो पनि जागिर छ भन्ने थियो । मेरो पनि राम्रा दिन आए भन्ने भयो । जागिर पाएपछि धेरै व्यस्त हुँदो रहेछ । आफ्ने लागि समय नै जस्तो हुँदो  रहेछ । शनिबार र आइतबार छुट्टी भए तापनि समय नभए जस्तो हुँदो रहेछ । दुर्ए दिन छुट्टी हुँदा यता उता गर्दै दिन जाने । 

जागिर पाएको ६ महिनापछिको कुरा हो । छुट्टीको दिन थियो र म टि.भी हेर्दै थिए । त्यही क्रममा आमा छेऊमा आउनु भयो । आमा प्रायः काम पर्दा मात्र मेरो छेऊमा आउनु हुन्थ्यो । मैले थाहा पाइसकेको थिए कि आमा किन मेरो छेऊमा आउनु भयो भनेर तर मैले आमाले केही नभनूजेल मौन नै बसे । मेरो ध्यान टि.भीतिर थियो । आमालाई के भनू भएको थियो र मतिर नै ध्यान थियो । केही बेरपछि आमाले भन्नुभयो, “छोरी ।”

“हजुर ।” मेरो ध्यान अझै टि.भीतिर थियो । 

“तिमीले जागिर पनि पाइहाल्यौ । अब विवाहको लागि त माग्छौ त होला नि ।”

मैले टि.भी अफ गरे र आमातिर हेरे। आमाले पनि मलाई हेर्नुभयो र मैले आमालाई भने,“तपाईहरुलाई कस्तो हतार ? मैले जागिर गरेको एक वर्ष नभइकन किन हतार गर्नुभएको हो ? मलाई अहिले विवाह गर्नु नै छैन ।”

“आमा भएपछि थाहा पाउछौ ?” अनि आमा बिसाउदै कोठाबाट निस्किनु भयो ।

यो हर रोज हुन्थ्यो र म कानमा तेल हालेर बस्थे । वाक्क भएको थिए र अन्त्यमा आएर मैले हार खाए र मैल हुन्छ भने विवाहको लागि । आमाको साथ साथै धेरै खुशी हुनुभएको थियो । 

शनिबारको दिन थियो । आमाले आज मेरो छुट्टी भनेर केटा र केटाको परिवार दिउँसोको दुई बजे आउँदै हुनु हुन्थ्यो । मैले त्यति खोजि नीति गरिन न त वास्ता नै । आमा र बुवाको लागि मात्र हुन्छ भनेको थिए । फोटो पनि हेरेको थिइन । म तयार हुँदै थिए तर मनमा न उत्साह थियो न त उंमग थियो । 

घडीको सुइराले २ः०० बजेको सङ्केत देखायो । त्यही क्रममा ढोकाको घण्टी बज्यो । मैले सामान्य रुपमा लिएको थिए । म आफ्नो कोठामा थिए । बुवा आमा बोलेको सुने तर के बोलेको बुझिन र मलाई थाहा भएन । 

केही समयपछि, आमा मेरो कोठामा आउनुभयो र नजिक आएर भन्नुभयो,“तिमी आऊ । तिमीलाई हेर्न भनि बोलाएका छन् ।” आमाले भन्नुभयो । मैले आमाको भाव पढ्दै थिए । उहाँले आएका लागि स्वीकारी सक्नुभयो । मलाई नभने पनि उहाँको आँखाको भाव बुझिसकेको थिए । मलाई भन्न र प्रश्न गर्ने इच्छा जागेन । मलाई विवाह गर्नु थिएन र म अस्वीकार गर्ने मुडमा थिए । अनि म आमासँग बैठक कोठामा गए । 

सबै जनासँग मेरो परिचय भयो र अन्तिममा केटासँग परिचय गराउनुभयो । उसको नाम हिमासु क्षेष्ठ थियो । उनले एमबिए गरेका रहेछन् र नेपाल राष्ट्र बैकमा काम गर्न थालेको एक वर्ष भएको रहछ । सुट लगाए आएका थिए । उनको हाइट राम्रो थियो । उनी अग्ला देखिन्थे । गँहू गोरा थिए । कपाल मिलाएका थिए र रङ्ग लगाएको देखिन्थ्यो । गम्भीर सोभावको देखिने । 

मैले उनलाई देखेर देखाओटि मुस्कुराट दिए र उनले पनि । बुवा र आमाहरु बोल्दै हुनु हुन्थ्यो । हामी दुई जना मौन थियौ । केटा हेर्दा ठीकै थिए । त्यही क्रममा, मेरो आमाले भन्नुभयो,“केटा र केटीलाई एक्लै कुरा दिने हो कि ?”

सबै जना सहमत हुनु भयो । अनि हामी बाहिर निस्कियौ । आँगन फूलै फूले भरिएको थियो । कुर्सीहरु बाहिर नै थिए । अनि हामी कुर्सीहरुमा बस्यौ ।हामी मौन नै थियौ र यता र उता हेर्दै थियौ । 

केही बेरपछि मौनता तोड्दै हिमासुले भने,“तपाई विवाहको बारेमा के सोच्नु हुन्छ ?”

“खासमा मलाई विवाह गर्नु नै छैन । म आफ्नो करियरमा फोक्स गर्नुछ । केही समय चाहन्छु । त्यसभन्दा पनि हामी एक अर्कोलाई चिन्दैनौ । चिन्नको लागि समय चाहिन्छ । एउटा भेटले कसरी निर्णय गर्ने ?”

“हो, मैले पनि त्यही सोचेको । हामी केही समय भेट्यौ न । त्यसपछि निर्णय गरौ न ।”

“हुन्छ ।” म खुशी भए । अनि केही कुरा नगरिकन हामी भित्र ग¥यौ । भित्र गएपछि हिमासुको आमाले भन्नुभयो,“तिमीहरुले के निर्णय गरौ त ?”

हामीले हाम्रो कुरा सुनायौ । सजिलै स्वीकार्नु भएको थियो । हुन त मलाई नाँइ भन्नु थियो । हिमासुसँग एकछिन कुरा गर्दा नराम्रो आभास आएको थियो । त्यसैले नाइँ भन्नु थियो तर सोचे कि पहिलो भेटमा कोही व्यक्तिको बारेमा थाहा हुँदैन । अनि मौन रहन सोचे ।

शुक्रबारको दिन थियो । दिउँसोको ३ः३० बजेको थियो । म आफ्नो काममा व्यस्त थिए । त्यही क्रममा, मेरो मोबाइलमा म्यासेजको आवाज आयो । मैले त्यति याद गरिन । म निकै व्यस्त भएकाले मेरो ध्यान मोबाइलतिर गएन । एक घण्टापछि मैले म्यासेज हेरे । हिमासुको म्यासेज रहेछ ।  म्यासेज खोलेर हेरे ।

“आज ६ः३० बजे, नक्सालको भाटभेटनीमा भेट्न मिल्छ ?”

मैले हुन्छ भनि म्यासेज पठाए । काम गर्दा गर्दै ५ः३० बजिसकेको थियो । काम सकेर अफिसबाट निस्के । म ढिलो पुगेको थिए । गेट भित्र छिरेपछि देखि हाले । उनले पनि मलाई देखे । उनी मेरो नजिक आए । नजिक आएर भने,“हाई । के छ खबर ?”

“हाई , मेरो ठीक छ । तपाईको ?”

“मेरो पनि ठीक छ । यही नजिकै बस्यौ न ।”

“हुन्छ ।”

अनि हामी नजिकैको क्याफेमा बस्यौ । हामी गएको केही समयपछि वेटर हाम्रो अर्डर लिन भनि हामी बसेको ठाउँमा आए र भने,“तपाईहरु के लिनु हुन्छ ?” हामीलाई मेनु दिए । 

“हामी केही समयपछि तपाईलाई बोलाउछौ नि ।”

उनले हुन्छ भने र गए । उनले भने,“तपाई के लिनु हुन्छ ?” उनले मेनु मेरो अगाडि राखे । मैले मःम र एक कप कफी अर्डर गरे र उनले पनि मःम र कफी अर्डर गरे । अर्डर गरेपछि उनले भने,“अरु के हुँदै छ ?”

“अफिस जाऊ र घर फर्के । त्यही नै हो । तपाईको सुनाउनु होस् ।”

“मेरो पनि त्यस्तै छ ।” अनि केही पलको लागि मौन भयौ । केही क्षणपछि मौनता तोड्दै हिमासुले भने,“तपाईलाई केही सोध्नु थियो ?” 

“हुन्छ ।”

“तपाई हेर्दा राम्रो मान्छे हुनु हुन्छ । तपाईलाई कसैले प्रेम प्रस्ताव राखेनन् ?”

“हँ ?” म के भनू भयो । उनले मलाई हेरिरहे र केही क्षणपछि मैले भने,“अहँ । अहिलेसम्म आएको छैन ।”

त्यसपछि हामीले अर्डर गरेको कफी आयो । कफी आइसकेपछि उनले भने,“हाम्रो विवाह हुन्छ नि हँुदैन त्यो मलाई थाहा छैन् तर के म तपाईको साथी हुन सक्छु ?”

म मौन ने रहे । हुन त साथी हुन आपत्ति थिएन तर यति छिट्टै ? केही क्षणपछि मैले भने,“हुन्छ ।” मैले हुन्छ भनेपछि उनी मुस्कुराए । केही समयपछि मःम पनि आयो । मःम खाँदै गर्न गफ थाल्यौ । त्यही क्रममा उनले भने,“म कमै बोल्छु र मैले साथी पनि त्यति बनाएको छैन र त्यसैले मेरा साथीहरु कमै छन् । मलाई भीडभाड व्यक्ति मन पर्दैन । म एकात प्रेमी मान्छे हूँ तर मलाई लाग्छ तपाई र मेरो कुराहरु र सोचाइ मिल्छ ।”

“तपाईलाइए त्यस्तो लागे तापनि म पहिलो भेटमा केही निर्णय गर्न र भन्न सक्दिन । पछि भेट्दै गएपछि थाहा हुन्छ कि हाम्रो सोचाइ मिल्छ कि मिल्दैन भनेर ।”

हिमासु मुस्कुराए मात्र । अनि खाइसकेपछि उनले मलाई घर पु¥याइदिए । घरको गेटसम्म उनी आए र मैले बाई भने र भित्र छिरे । आमाले कोठाको झ्यालबाट हेर्दै हुनुन्थ्यो । अनि हतारिदै कोठा खोल्नु भयो । म सिदै आफ्नो कोठामा गए र आमा मेरो पछि लाग्नू भयो । 

“हिमासुले किन बोलाएका ?” आमाले मुस्कुराउदै भन्नु भयो । मेरी आमालाई कस्तो हतार भएको थियो ।

“भेट्न ।” मैले भने । 

“अनि ?”

“समय चाहिन्छ रे ।”

“कस्तो जमाना आएको । पहिला हामीले बुवा आमाले भन्ने बित्तिकै विवाह गरौ तर अहिले छोरा छोरीले भनेको मान्दैनन् ।” आमाले रिसाउदै भन्नु भयो । 

“आमा पनि । मलाई रिस नउठाउनु होस् । म लुगा फेरेर सुत्छु ।” अनि आमा कोठाबाट निस्किनु भयो । अनि म लुगा फेरेर खाटमा पल्टिए । आमाको कुरा चिन्तन् गर्न थाले । पहिलाके समय र अहिलेको समय कति फरक छ । पहिला विश्वास थियो तर अहिले छैन । अहिले सायद सबै जना अवसर पाएर होला त्यति विश्वास छैन । मानिसहरुको भाग दोडको कारणले गर्दा समय छैन एक अर्कोसँग । सबैसँग समय हुन्छ तर आफ्नो परिवारका.े लागि हुँदैन ।

इन्द्रेनी क्याफे, नयाँ बानेश्वरमा हामी दुवै जना थियौ । शनिबारको दिन थियो । समय १ः३० बजेको थियो । हामी कफी पिउँदै थियौ । त्यही क्रममा हिमासुले भने,“हामीले एक अर्कोलाई चिनको ६ महिना भएको छ । तिम्रो विचारमा हामीले अब विवाह गर्ने कि वा नगर्ने ?”

मैले कप टेबुलमा राखे र भने,“तिम्रो विचारमा के लाग्छ ?”

उनले भने,“तिमीलाई हतार छैन भने, म कुर्न तयार छु ।”

म मुस्कुराए र भने,“एक महिनापछि मेरो जन्मदिन छ । त्यस दिन औठी साट्टा साट्ट गर्ने विचारमा छु ।”

उनी खुशी हुँदै हुन्छ भने । अनि फेरि हामी कफी पिउन थाल्यौ । कफी पिएपछि उनीले फेरि भने,“तिमीलाई म कस्तो लाग्छ ?”

म मुस्कुराए र भने,“मलाई त तिमी मन पर्दैन । तिमीसँग त टाइम पास मात्र गरेको ?”

“अनि किन विवाह गर्छु भनेको त ?” हिमासु रिसाउदै भने । 

“यदी मन नपरेको भए मेरो जन्मदिनमा औठी साट्टा साट्ट गरौ भन्थे त ? तिमी पनि अचम्मको कुरा गछौ ?”

अनि हिमासु मुस्कुराए । केही बेर गफ गरौ । खासमा मलाई हिमासु मन पर्दै आएका थिए । उनले मलाई ख्याल राखेका थिए र त्यसको साथ साथै हिमासु मेरा मिल्ने साथी भएका थिए । भनिन्छ नि राम्रो साथी असल पति हुन्छन् । हिमासु पनि त्यस्तै व्यक्ति थिए । धेरै कुराहरु बुझ्ने र मलाई पनि बुझ्थे । मलाई समय दिन्थे । उसमा खोट देखाउने ठाउँ थिएन । म धेरै खुशी थिए । सुरुमा सोचे कि कस्ता होलान् र सुरुमा नकरात्मक अनुभव थियो तर पनि रामश लाग्न थालेको थियो ।

इन्द्रेनी क्याफेमा खाजा खाएर हामी घुम्न गयौ । धेरै दिनपछि त्यसरी मन खुलेर रमाएको थिए । यी ६ महिनाहरुमा उनले मलाई धेरै खुशी दिएका थिए । हामी इन्द्रेनीबाट स्वप्र बगैंचा गएका थियौ र केही समय बिताएपछि हामी घर फर्कियौ । 

म खुशी भएको देखेर आमा मेरो नजिक आएर भन्नुभयो,“तिमीलाई के भयो ? तिमी किन आज यति धेरै खुशी भएकी ।”

“म हिमासुसँग विवाह गर्न चाहन्छु । मेरो जन्मदिनमा औठी साट्टा साट्ट गर्ने योजनामा छु ।”

आमा खुशी हुँदै भन्नुभयो,“आज म धेरै खुशी छु । तिमीले हिमासुलाई भनिसक्यौ त ?”

“मैले भनिसके ।”

आमा झन् खुशी हुनुभयो र आफ्नो कोठामा जानुभयो । म चाँहि एक छिन टि.भी हेर्न थाले । 

हाम्रो भेट इन्द्रेनी क्याफेमा भइसकेपछिको कुरा हो । हामी हिमासुको घरमा थियौ । दिउँसोको समय थियो । पण्डितजी पनि हुनुहुन्थ्यो । हामी बैठक कोठामा थियौ । त्यही क्रममा, हिमासुको बुवाले भन्नुभयो,“पण्डितजी, विवाहको साइत कुन महिनामा हुने भयो त ?”

पण्डितजीले हामी दुवै जनाको चिना हेर्नुभयो । हेरिसकेपछि भन्नुभयो,“औठी साट्टा साट्ट मंसिर २२, २०७५ गते गर्नुहोस् । औठी साट्टा साट्टको साईत दिउँसोको १२ः३० बजेको छ । विवाहको साईत चाँहि माघ ११ गते, बिहानको १०ः०० बजे छ ।”

सबै जना खुशी हुनुभएको थियो । विशेष गरी मेरी आमा धेरै खुशी हुनुभएको थियो । सबै जना खुशी भए तापनि पण्डितजी खुशी थिएनन् । चिनामा हाम्रो विवाह लामो समयसम्म नहुने देखाएको थियो । ६ महिनापछि नराम्रो मोड लिने वाला थियो । यो कुरा पण्डितजीले किन भनेनन् ? सायद भनेको भए जिन्दगीमा अर्को मोड लिने थियो । उनी मौन थिए र बेग्लै भाव थियो । मैले निहालेर हेरेको थिए र मैले भने,“पण्डितजी, तपाई किन मौन हुनुभएको र अचम्म हुनुभएको ? केही थियो चिनमा ?”

“होइन । त्यस्तो केही होइन । म आफ्नै व्यक्तिगत कुरा सम्झि रहेको छु ।” अनि फेरि मौन भए । केही समय बसेर पण्डितजी बिदा मागि निस्किए । पण्डितजी गएपछि हामी विवाहकाृ बारेमा छलफल गर्न थाल्यौ । मलाई भिन्नै अनुभव भयो । सबै कुरा नयाँ र कस्तो हुने होला भन्ने भयो । बुवा आमाहरु विवाहको कुरा गर्दै हुनुथ्यो भने हामी दुई जना एक अर्कोलाई हेरेर मुस्कुरायौ । मलाई लागिरहेको थियो कि म हिमासुलाई निकै वर्ष अगाडिदेखि चिन्छु । म धेरै खुशी थिए किनकि मेरो जन्मदिन अर्थात मंसिर २२ मा औठी साट्टा साट्टको लागि जुरेको थियो । मेरो योजना तयही नै थियो । मलाई डर थियो कि साईत यो दिन निस्किदैन तर पण्डितजीले राम्रो साईत भनेपछि म धेरै खुशी भएको थिए । 

......................................................................................................................................................................

मंसिर २२, २०७५ मेरो जन्मदिन थियो । हामी सबै जना छिट्टै उठेका थियौ । फ्रेस भएर म ब्यूटी पार्लर गए भने बुवा आमा होटेल शंकर जानुभयो । मलाई ब्यूटी पार्लरमा धेरै समय लागेको थियो । म पार्लरबाट सिधै होटेल शंकर पुगे । होटेल पुग्दा १२ः२० भइसकेको थियो । परिवार सबै जना आइसक्नु भएको थियो । हामीले धेरै जनालाई नबोलाउने निर्णय गरेका थियौ । मैले मेरो मिल्ने साथी पवित्रलाई बोलाएको थिए । 

म र हिमासु कुर्सीमा बसेका थियौ । पण्डितजीले मन्त्र पढे र हामीले औठी साट्टा साट्ट गरौ । आफन्तहरु र आएका पाहुनाहरु सबै जनाले तालि बजाउनु भयो । केही क्षणपछि आफन्तहरुले टिका लगाएर आर्शीवाद दिँदै हुनुथ्यो । केही समयपछि पवित्र मेरो नजिक आइन् र भनिन्,“बधाई छ तिमीलाई । म तिम्रो लागि धेरै खुशी छु । हिमासु त हिरो जस्ता देखिन्छन् त ।” अनि पवित्र हाँसिन् र म पनि । 

“बधाई छ तिमीलाई ।” समिराले भनिन् । 

“म अचम्म परे ।” अनुजाले भनिन् । 

“किन नि ?” समिराले भनिन् । 

“मलाई लागेको थियो कि सोफियाले कहिले विवाह गर्दिनन् । किताबको किरा थिइन् । त्यसको साथ साथै त्यति धुम्ने बानी छैन । एकल काँटे लाग्थ्यो तर अहिले विवाह हुँदै छ भन्दा अचम्म र छक्क परे ।”

हामी सबै जना हाँस्यौ । पवित्र, अनुजा, समिरा र म ११ र १२ सँगै पढेका हौ । म चाँहि पवित्रसँग धेरै मिल्थे । अरुले भन्दा पवित्रले मलाई बुम्झिन् । पवित्रसँग प्रायः मेरो भेट भइरहन्थ्यो भने अनुजा र समिरासँग कम भेट हुन्थ्यो । अहिले त भेट हुन छोडेको थियो । अहिले मेरो विवाहको कारणले भेट भएको थियो । हामी चारै जनाको गफ हुन थाल्यो र हामी विगतमा पुग्यौ । विगतमा पुग्दा कति रमाइला दिन थिए जस्तो लाग्छ । फर्केर जान मन लाग्यो । हामी यस दिन धेरै हाँसेका थियौ । म धेरै दिनपछि यसरी मन खुलेर हाँसेको थिए । गफ गर्दा गर्दै ३ घण्टा बिते छ । समयको पत्तो नै भएन । त्यही क्रममा समिराले भनिन्, “तिम्रो प्रेम कहानी हामीलाई सुनाउन र हुने वाला पतिको तस्बिर देखाउन ।”

सबै जनाले तस्बिर हेर्ने रहर गर्दै थिए र त्यसको साथ साथै मेरो कथा सुन्न आतुर थिए । पवित्रलाई त मैले सबै भनिसकेको थिए । 

मैले आफ्नो कहानी व्यक्त गरे । सबै जना ध्यान दिएर सुन्दै थिए । विशेष गरी समिराले ध्यान दिएर पुन्दै थिइन् । समिराको सोभावको बारे सबैलाई थाहा थियो । उनीलाई अरुको प्रेम कहानी बारे धेरै चासो दिन्थिन् । मेरो कहानी सुनेपछि समिराले भनिन्,“अनि फोटो हेरौ न त ।”

अनि मैले आफ्नो मोबाइल झोलाबाट निकाले । मोबाइल अनलक गरे । अनि ग्यालरीमा गए र हामी दुई र देखाए । फोटो हेरिसकेपछि समिराले भनिन्,“आह ! कति राम्रा रहेछन् । फिल्मको हिरो जस्तो । तिमीहरुको जोडी सुहाउने ।”

म मुस्कुराए मात्र । समिराको साथ साथै अनुजाले हिमासुले हिमासुको तािरफ गरिन् । फोटो हेरिसकेपछि समिराले मेरो मोबाइल फिर्ता गरिन् । त्यही क्रममा हिमासुको फोन आयो र मैले तुरुन्तै फोन उठाए र भने,“हेलो ।”

“हेलो । तिमी कहाँ छौ ?”

“म नक्सालको ए—वान क्याफेमा छु ।”

“म तिमीलाई किन आउँछु । अनि हामी एकछिन भेट्यौ न ।”

“हुन्छ ।” अनि मैले फोन राखे । 

राख्ने बित्तिकै समिराले भनिन्,“को हो ? हुनेवाला भिनाजु ?” उनी मुस्कुराइन् ।

केही क्षणपछि हिमासु मलाई लिन आए र मैले साथीहरुसँग परिचय गराए । परिचय गराएपछि हामी दुवै जना निस्कियौ । 

......................................................................................................................................................................

हिमासु र म नक्सालबाट ठमेलको हिमालय जावामा गयौ । हामी कुनामा बसेका थियौ । हिमासुले कफी अर्डर गरे र म चाँहि मेरो ध्यान पछाडि भएको किताबमा गयो । मेरो ध्यान किताबमा गएको थाहा पाएपछि हिमासुले भने,“विवाह गरेपछि तिमीले मलाई बिर्सिछौ होला ।”

“किन नि ?”

“तिम्रो ध्यान प्रायः किताबमै हुन्छ । मलाई कहिले काँही लाग्छ कि तिमीले मलाई विवाह गर्नुको सट्टा किताबहरुसँग गरेको भए हुन्थ्यो ।”

अनि हामी जना मुस्कुरायौ । मेरो हातमा भएको किताब टेबुलको छेऊमा राखे । त्यही क्रममा हिमासुले भने,“अनि विवाहको तयारी कस्तो चल्दै छ त ?”

“हुँदै छ । अनि तिम्रो ?”

“हुँदै छ । तिमी खुशी छौ नि ?”

“अहँ । खुशी छैन म त । मैले मेरा बुवा आमाको लागि विवाह गर्दै छु । बुवा आमा खुशी हुनु हुन्छ ।” म मुस्कुराए तर उनले म मुस्कुराएको याद गरेनन् । उनी निराश भए । म उनलाई हेरिरहेको थिए । मौनता तोड्दै मैले भने,“अनि तिमी खुशी छौ त ?”

“अहँ । खुशी छैन म त । मैले पनि मेरा बुवा आमाको लागि विवाह गर्दै छु । बुवा आमा खुशी हुनु हुन्छ ।” हिमासु निराश भएका थिए । उनी निराश भएको हेर्न धेरै समयसम्म सकिन र मैले भने,“तिमीसँग म जोक पो गरेको । तिमी हरपल एउटै प्रश्न गरिरहन्छौ । त्यसैले मैले तिम्रो खुट्टा तानेको । अबदेखि यो प्रश्न तिमी नदो¥याउ । तिमीले मलाई यो प्रश्न गर्दा म प्रति शङ्का गरेको जस्तो लाग्छ । यदी म खुशी नभएको भए, तिमीसँग विवाहको लागि तयार हुने थिइन । तिमी मान्छे राम्रो छौ । त्यसैले म तयार भएको ।”

हिमासु मुस्कुराए र भने,“हुन्छ । अबदेखि म यो प्रश्न गर्दिन तर कहिले काँही लाग्छ कि तिमी खुशी छैनौ । मनमा त्यही ख्याल आउँछ । मन अशान्त हुन्छ । ममा केही कमी छ भन्ने आभास आउँछ ।”

“मलाई थाहा छैन किन तिमीलाई यस्तो आभास आउँछ तर म खुशी छ ।”

अनि हामीले अर्डर गरेको कफी आयो । कफी पिउँदै गफ गर्न थाल्यौ । त्यही क्रममा पानी ठूलो प¥यो । हामीसँग न त रेनकोट थियो न त छाता नै थियो । मलाई पानी परेको मन पर्छ । त्यही क्रममा हिमासुले भने,“ओहो ! पानी ?” उनको मुख बिग्रियो । म उसलाई हेरिरहेको थिए । 

“तिमीलाई पानी परेको पर्दैन र ? मलाई पानी परेको कस्तो मन पर्छ र माटोको वास्ना पनि ।”

“मलाई पानी परेको मन पर्दैन ।”

अनि हामी मौन भयौ । मलाई पानी परेको हेरिरहेको थिए भने हिमासुलाई पानी रोकियोस् जस्तो भएको थियो । 

विवाहको लागि एक महिना बाँकी थियो । तयारी हुँदै थियो । आमा खुशी हुनुथ्यो र त्यसको साथ साथै भावुक हुनु भएको थियो । जति जति विवाहको मिति नजिकिदै थियो, त्यति मन धड्किन थालेको थियो । नर्भसको साथ साथै डर पनि लागेको थियो । विवाह गरेपछि जिन्दगीम कस्तो होला ? नयाँ घर, नयाँ संसार र सबै कुरा नयाँ । के गर्ने, कसो गर्ने होला ? दिमागमा धेरै प्रश्नहरु थिए । मलाई अचम्म लागिरहेको थियो । विवाह गरेपछि ज्वाँइ चाँहि किन बेलुकीको घरमा अनमाउदैनन् ? दिमागमा यो प्रश्न आइरहन्छ । अजिब पनि लाग्छ । हाम्रो समाज कस्तो अचम्मको संस्कार छ । परिवर्तन कहिले हुन्छ जस्तो लाग्छ । 

विवाहको तयारीमा साथ साथै अफिसको काम धेरै थियो । धेरै थाकिदो रहेछ । थाक्नुको साथ साथै मलाई अफिसको साथीहरुले मलाई पार्टीको लागि कर गरिरहेका थिए । अन्तमा मैले शुक्रबारको दिन पार्टी दिने निर्णय गरे । सबै साथीहरु खुशी थिए । यो अफिसमा काम गर्दा मज्जा आाएको छ । तलब थोरै भए पनि काम गर्ने वातावरण थियो । साथीहरु पनि राम्रा र सहयोगी थिए । त्यसभन्दा पनि छुट्टी चाहिएको बेला सजिलै दिनु हुन्थ्यो । त्यसैमा म खुशी थिए । 

एक हप्तापछिको कुरा हो । शुक्रबारको दिन थियो । साँझको ६ः०० बजे, हायर ग्राउंड, ललितपुर, सबै जना थियौ अर्थात् बाह« जना थियौ । सबै जना गफ गर्दै थियौ । त्यही क्रममा वेर्टरले मेनु लिएर हाम्रो टेबुलमा आए र केही बेरपछि आउन आग्रह गरौ । वेर्टर गइसकेपछि सुशिलाले भनिन्,“आज सोफियाको धेरै पैसा खर्च गर्नुपर्छ ।” सुशीला सँगै सबै जना हाँस्न थाल्यौ । 

सुशिला महिला हिसां विभागमा काम गर्छिन् । यो संस्थामा काम गर्न थालेको दुई वर्ष भएको छ । यो नै उनीको पहिलो जागिर हो । उनी कमै बोल्छिन् तर बोलेपछि सिधै मनमा पर्छ । काम राम्रो गर्ने, मनदेखि गर्ने र यो अफिस आएदेखि सुशिला मेरो मिल्ने साथी भएकी हुन् । 

त्यही क्रममा, मैले भने,“मेरो तर्पmबाट तिमीहरुलाई के के खान ममन छ, खायौ तर पैसा तिर्ने बेलामा म निस्कि छु र पैसा को तिर्छ, तिर ।” अनि म हाँसे र सबै जना हाँसे । 

केही क्षणपछि, निकिले भनिन्,“हाँस्ने मात्र हो कि खाने पनि ? मलाई सारै भोक लाग्यो । अर्डर गरौ न ।”

“निकिलाई जति कसैलाई भोक लाग्दैन । हन्द कालिन ।” डिनेशले मुस्कुराउदै भने ।

निकि र डिनेश दुवै जना फाइनासमा काम गर्छन् । दुवै जना काम गर्न थालेको डाढे दुई वर्ष भएको थियो । निकिलाई धेरै खानु पर्छ । धेरै भोक लाग्ने । डिनेशलाई धेरै काम गर्नु पर्ने । छुट्टीको दिन पनि काम गर्छन् । पैसाको जरुरतभन्दा पनि केही गर्नु पर्छ भन्ने हो भने निकि आफ्नो काम राम्रोसँग गर्ने र त्यसको साथ साथै रमाइलो गर्नु पर्ने । 

केही क्षणपछि हामीले वेर्टरलाई बौलायौ । अनि अर्डर गरौ । अर्डर गरेपछि गफ गर्न थाल्यौ । गफ गर्ने क्रममा, नम्रताले भनिन्,“अनि तिम्रो विवाहको कुरा सुनाउन ।” सबै जना सहमत भए र सुन्न आतुर भए । 

नम्रता मूल्याङ्गन तथा अनुगमन विभागमा काम गर्छिन् । उनीले यो अफिसमा काम गर्न थालेको ६ महिना भएको छ । यो अफिसमा काम गर्नु अगाडि काम गरेकी थिइन् । काम गर्न अल्छी । गसिफ गर्न धेरै रुचाउने । नम्रता र आरतीको धेरै कुराहरु मिल्छ । आरती रिसेप्शनिस्ट हुन् । यस अफिसमा काम गर्न थालेको ३ वर्ष भएको छ । आरती र नम्रता दुवै जना अरुको कुरा काट्ने गर्छन् र धेरै गसिफ गर्नु पर्ने । अफिसमा कसैले मन पराउदैनन् । नम्रता अल्छीको साथ साथै सो—अफ गर्नु पर्ने ।  घमण्ड धेरै भएको त्यो पनि पैसाको घमण्ड भएको । 

अनि मैले आफ्नो कहानी सुनाए । सबै जना सुनिरहेका थिए । मेरो कहानी सुनेपछि मेरिनाले भनिन्,“वाह ! पूरै हिन्दी फिल्म जस्तै ।” मेरिना आइसिडि विभागमा काम गर्छिन् । अफिसको सबैभन्दा राम्ररी कर्मचारी हुन् । सबै केटाहरुले प्रेम प्रस्ताव राखिसकेका थिए । अफिसकाले मात्र होइन, धेरै व्यक्तिहरुले प्रेम प्रस्ताव राखेका थिए तर उनीलाई यस्तो कुराको वास्तै थिएन । उनलाई आफ्नो रुपको घमण्ड थिएन । धनी बुवा आमाको छोरी भए तापनि पैसाको घमण्ड थिएन । केही गर्ने इच्छा थियो । अमेरिका जान खोजेकी थिइन् तर भिसा रिजेक्ट भएको थियो । एक चोटि होइन तीन चोटि रिजेक्ट भएको थियो । अफिसमा धेरै मिल्ने भनेको नै मेरिना र सुशिला हुन् । म अफिसमा आएदेखि हामी तीन जना मिल्थ्यौ । बाहिर पनि धुम्न जान्थ्यौ । धेरै रमाइलो गथ्यौ । 

त्यसको साथ साथै हामीले अर्डर गरेको खानाहरु आयो । खाना आउने बित्तिकै निकि खान थालिन् । उनीले खान थालेको देखेर हामी सबै जना हाँस्न थाल्यौ तर हामीले हाँसेको लागि बेवास्ता गरेर खान थालिन् ।

१०

अन्त्य माघ ११ गते आयो ।  सबै जना तयार हुँदै थिए र म पनि तयार हुँदै थिए । हुन त मलाई रातो लुगा त्यति मन नपर्ने व्यक्तिमा पर्छु तर आज लगाउनु पर्ने । म तयार हुँदै थिए र त्यति क्रममा आमा मेरो कोठामा आउनु भयो । उहाँ भावुक हुनुभएको थियो । मेरो नजिक आएर भन्नुभयो,“आज तिम्रो विवाह । अब तिमी गएपछि यो घर सुनसान हुने भयो ।”

“त्यसो भए मेरो विवाह नगरि दिनुहोस् न त । समय बाँकी नै छ ।”

“यस्तो बेलामा पनि कति जिस्किनुपर्छ यसलाई ।”

“नभए घर ज्वाँइ बनाउ हिमासुलाई ।”

“हरे । म तिमीलाई के भनू ?”

“आफूले नै बनेको होइन म गएपछि घर सुनसान हुन्छ भनेर ।” मैले भने । आमा मौन हुनुभयो र त्यसको साथ साथै भावुक हुनुभयो । उहाँको आँखा रसाएको थियो । त्यही क्रममा बुवा आउनुभयो र भन्नुभयो,“अझै तयार भएका छैनौ ? १० बज्न १० मिनेट बाँकी छ । छिटो गर ।”

अनि हामी हतारिदै तयार हुन थाल्यौ । हामी ढिला भइसकेका थियौ । हामी घरबाट निस्कदा १०ः३० भइसकेको थियो । हामी चाबहिलबाट नयाँ बानेश्वर पुग्नु थियो । अनमोल पार्टी पालेसमा ४५ मिनेटमा पुग्यौ । हिमासुको परिवार अघि आइसक्नु भएको थियो । 

११ः३० बजे हाम्रो विवाह सुरु भयो । उनीलाई दुल्हाको भेषमा राम्रो देखिएको थियो । हाम्रो विवाह लगभग ६ घण्टा लामो भएको थियो । मैले हिमासुलाई लामो प्रक्रियामा नजाऊ भनेको थिए तर उनले मानेनन् । म चाहन्थे कि हाम्रो विवाह छोटो होस् तर भएन । मानिसहरु लामो विवाह किन गर्छन् जस्तो लाग्यो । ५ः३० बजे विवाह सम्पन्न भयो । अनि मामाले मलाई बोकेर गाडीम लग्नु भयो । 

आमा रुन थाल्नुभयो ।  म धेरै भावुक भए र मेरा आँखाहरु रसाए । आमा र म एक अर्कोलाई हग गरौ र रुन थाल्यौ । केही क्षणपछि म गाडी चढे । गाडीमा चढेपछि पछाडिबाट सबैलाई हेरे । खास गरि आमालाई । आमा धेरै भावुक हुनुभएको थियो र बुवा पनि । बुवा भावुक हुनुभएको थियो तर उहाँले देखाउन सक्नुभएन । 

नयाँ बानेश्वरबाट हामी ललितपुर पुग्यौ । हिमासुको घर ललितपुरमा थियो । म विवाह हुनु अगाडि उसको घर गएको थिइन । घर कुनामा थियो र त्यसको साथ साथै धेरै सुनसान थियो । एकै चोटिमा घरको ठेगाना भेटाउन गाह्रो थियो । थोरै मात्र घरहरु थियो र छेऊमा छाऊमा खेत नै खेत थियो । अनि हामी भित्र छि¥यौ । साँझ परि सकेको थियो । हिमासुको आफन्त र भित्रहरुले हामीलाई बधाई दिनुको साथ साथै टिका टालो गरे । हेर्दा हिमासुको परिवार, आफन्त र साथीहरु कम थिए । 

११

बिहानको ८ः०० बजेको थियो । म ढिलै उठेको थिए । हिमासु कोठामा थिएनन् । सबै कोठा हेरे तर कतै देखिन । पछि किचेन छिरे र हिमासु किचेनमा रहेछन् । हिमासु बिहानको नास्ता बनाउदै थिए र मलाई देखे र भने,“तिमी उठ्यौ ?”

“अँ । तिमी कति छिटो उठेको ?”

“अँ ।”

“बुवा र आमा खई त ? म देख्दि न त ।”

“उहाँहरु बिहान गाउँ जानु भयो । मैले स्टेशनसम्म पु¥याएर आए ।”

“आज नै किन जानु भएको ? यतै बसेको भए हुन्थ्यो नि । मलाई उठाएको भए हुन्थ्यो नि ।”

“बस्नु भनेको थिए तर मान्नु भएन । तिमीलाई किन उठाउनु भनेर नउठाएको । हुन त म नास्ता गरेर अफिस जानु पर्ने भयो । काम प¥यो ।”

“आज मसँगै बसेको भए हुन्थ्यो ।” मैले अनुहार बिगारे । 

“बिहान नै फोन आयो । जानु पर्ने भयो ।”

म मौन नै भए । उनले पाउरेटी र अण्डा खाएर निस्के । हिमासु हतारमा थिए । राम्ररी बोल्न पाइन । मैले चाँहि एक हप्ताको छुट्टी लिए । म अनि चिया पकाउन थाले । अनि चिया पिउदै कोठाहरु हेर्न थाले । बैठक कोठा, किचेन र खाने ठाउँ एउटै तल्लामा थियो भने माथिको तल्लामा बेडरुमहरु थिए । दुईवटा बेडहरु थिए र एउटा कोठा पनि थियो । त्यो कोठा बन्द थियो । मलाई जान्न मन लाग्यो कि त्यो कोठामा के छ भनेर । धेरै चोटि खोल्न प्रयास गरे तर सकिन । साँचो खोजे तर भटिन । नभेटपछि अर्कोतिर हेर्न थाले । कोठाहरु त्यति सजाएको थिएन । फोटोहरु भित्तामा थिएनन् । भित्ताहरु खालि थियो । हल्का हरियो र सेतो रङ्ग बाहेक अरु रङ्ग भित्ताहरुमा थिएनन् । अज्जिब लागेको थियो । कोठाहरु हेरिसकेपछि म किचेनमा गए र खाना पकाउन थाले । खाना पकाएर म एकछिन टि.भी हेर्न थाले । केही समय टि.भी हेरेर म बाहिर निस्के । घरहरु थोरै थिए । अरुको घरहरुमा बगैचा हुन्थ्यो तर यो घरमा चाँहि केही थिएन । केही गर्ने छैन जस्तो भयो यो घरमा ।  

साँझ ६ः३० बजेको थियो । ढोकाको घण्टी बज्यो र ढोका खोले । हिमासु आएका थिए । उनी मुस्कुराए र म पनि । अनि भित्र छिरे । फ्रेस भएर आए र मैले चिया बनाए । केही क्षणपछि उनी किचेनमा आए । अनि मैले चिया दिए । चिया पिउँदै हिमासुले भने,“आजको दिन तिम्रो कस्तो गयो ?” 

“ठीकै ।” चिया पिउँदै भने । मैले उनलाई हेरे । मौनता तोड्दै मैले भने,“तिमीलाई एउटा कुरा भन्नु थियो ।”

“भन न ।”

“यो घर कस्तो सुनसान छ । त्यसको साथ साथै भित्ताहरुमा फोटोहरु वा चित्रहरु छैनन् । खाली छ । छिमेकी पनि छैनन् । कसरी बसेका छौ तिमी ?”

हिमासु मुस्कुराए र भने,“जिन्दगीमा धेरै चिजले तनाव दिन्छ । मेरो जिन्दगीमा धेरै तनाव थियो र समय आएपछि म तिमी जरुर भन्ने छु । तनावको कारणले नै म रमाउन सकेको छैन । भित्तामा फोटाहरु राखेको थिए र मलाई यादले सतायो । अतितको पानाहरुले फेरि रुवाउन थाल्यो । त्यसैले तस्बिरहरु मैले हटाइदिए । बंगैचाको कुरा गर्ने हो भने, मलाई कसैको याद आउँछ । अनि मनममा चिसो पर्छ । अनि म एकान्त प्रेमी भए । आफ्नो पिडाहरु मनमै राखे । आफ्नो मनको कुरा व्यक्त गर्न जरुरत सोचिन ।”

हिमासु मौन भए र म पनि । उनी बाहिर हेर्दै थिए र म उनलाई । उनी भावुक भएका थिए । अनि मौनता तोड्दै भने,“कसको याद आउँछ ?”

“मैले एक जनालाई धेरै मन पराउथे र उनील पनि । उनीलाई बंगैचा मन पथ्यो । त्यसैले मैले आफ्नो घरमा बंगैचा सजाएको थिए । पछि के भयो कुन्नि मलाई छोडेर गइन् । म उनीलाई धेरै माया गर्थे । हाम्रो विवाह पनि तय भएको थियो तर उनी विवाहको मण्डपमा उनी आइनन् । त्यसपछि हाम्रो भेट भएको छैन । भेट्न मन थियो र सोध्न मन थियो कि किन मलाई छोडेर गइन् ।” उनले मलाई हेरेर भने । हिमासु भावुक भएका थिए । 

“अहिलेसम्म रिसाएका छौ ?”

“रिस त्यसबेला उठेको थियो तर अहिले छैन । अहिले सोध्न मात्र मन छ ।”

“अनि तस्बिरसँग तिम्रो के याद जोडिएको छ ?”

उनी भावुक हुँदै भने,“त्यो समय आएपछि अवश्य भन्ने छु ।”

अनि हामी दुवै जना मौन भयौ र म चाँहि हिमासुलाई हेरिरहे । हिमासु सूर्य अस्ताएको हेरिरहेका थिए । उनलाई हेर्दा लाग्छ कि उनलाई धेरै पिडाहरु छन् ।  

१२

एक हप्तापछि म अफिस गएको थिए । म अफिस पुग्ने बित्तिकै निकि मेरो नजिक आइन् र भनिन्,“बधाई छ तिमीलाई । यो एक हप्ता कस्तो रह्यो ?” हामी मुस्कुरायौ । म के भन्ने भयो र म मुस्कुराए । 

फेरि उनीले भनिन्,“किन मुस्कुराएको मात्र ?” अनि हामी दुवै जना मिटिङ्ग रुममा गयौ । मिटिङ्ग रुममा सबै जना थियौ । त्यही क्रममा, नम्रताले भनिन्,“हामीलाई फेरि पार्टी चाहिन्छ ।”

“फेरि किन ?” मैले भने ।

“हामी तिम्रो श्रीमान्सँग फेरि भेट्ने । छुट्टै गर्न रमाइलो । पहिला विवाह हुनु अगाडिको पार्टी थियो र अब विवाह पछिको हो ।” निकिले भनिन् । 

मलाई बोल्ने मौका दिएनन् । सबै जना पार्टीको कुरा गरे । केही क्षणपछि मैले भने,“हुछ । म पार्टी दिन्छु तर अर्को हप्ता मात्र ।”

सबै जना सहमत भए । अनि सबै जना आफ्नो काममा व्यस्त भए । काम गर्दा गर्दै ५ः०० बज्यो । धेरै कामहरु थियो । अनि म काम सकेर घरको लागि निस्के । एक घण्टामा घर पुगे । हिमासु घर पुगिसकेका थिए । ढोका खोले र मुस्कुराए । 

म फेस भएर किचेनमा गए । हिमासु किचेनमा खाना बनाउदै थिए । मिठो वास्ना आएको थियो । उनले मासु पकाएका रहेछन् । प्रायः बेलुकाको खाना पकाउथे त्यो पनि मिठो ।  

“कस्तो मिठो वास्ना । हेर्दै मिठो जस्तो छ ।”

हिमासु मुस्कुराए र भने,“चास्ने हो ?” हामी दुवै जना हाँस्यौ । केही क्षणपछि हामी खान थाल्यौ । खाने क्रममा मैले भने,“तिम्रो अर्को हप्ता फुर्सद हुन्छ ?”

“हुन्छ तर किन ?”

“मेरो अफिसको साथीहरुले पार्टीको कुरा गर्दै थिए । त्यसैले सोधेको ।”

“हुन्छ । तिमी ठाउँ र समय भन, हामी पार्टी दिऊ न त ।”

म खुशी भए र हामी खादै गफ गर्न थाल्यौ । 

१३

रोड हाउस क्याफे 

नक्साल 

शनिबार 

साँझको ५ः३० बजे 

सबै जना समयमै आएका थिए । अर्डर गरिसकेपछि, आरतीले भनिन्,“तिमी दुई जनाको जोडी राम्रो देखिएको छ ।”

हामी दुवै जना मुस्कुरायौ र धन्यवाद भ¥यौ । सबै जनाले सहमति जनाए । सबै जनाले हाम्रो जोडिको तारिफ गरेका थिए । मेरो तारिफभन्दा पनि हिमासुको तािरफ गरेका थिए । विशेष गरि उनको आवाजको तारिफ गरेका थिए । साँच्चिभन्दा उनको आवाज राम्रो लाग्छ । रेडियोमा काम गरेको भए धेरै मानिसहरु फिडा हुन्थे । धेरैले प्रेम प्रस्ताव राख्थे । 

त्यही क्रममा, हिमासुले भने,“प्राय ः सबै जनाले मेरो आवाज मन पराउछन् र मलाई रेडियोमा काम गर्ने सोच्छन् तर आफूलाई आफ्नो आवाज आफैलाई मन पर्दैन ।”

“आफ्नो आवाज आफैलाई कसरी मन पर्छ त ?” सुशीलाले भनिन् । सबै जना हाँसे । अनि हामी गफ गर्न थाल्यौ । हामी क्याफेमा १० बजेसम्म बस्यौ । हामी दुई जना बाहेक सबै जनालाई लागिसकेको थियो । विशेष गरी निकिलाई । धेरै खानु र पिउनु पर्ने । उसलाई सम्माल्न गाहो भएको थियो । खान र पिउनु परेपछि दायाँ र बायाँ केही थाहा हुँदैन । 

हामी ११ बजे घर पुग्यौ । घर पुगेपछि हिमासुले भने,“आज धेरै दिनपछि रमाइलो गरे ।”

म मुस्कुराए र भने,“हो । तिमी धेरै रमाइलो गरेका थियौ । तिमी मुस्कुराएको राम्रो देखिन्छ ।”

हिमासु मुस्कुराए र भने,“हो र भनेको ?”

“हो ।” मैले भने । अनि हामी दुवै जना मुस्कुरायौ । 

१४

हामीले विवाह गरेको ६ महिना भइसकेको थियो । हाम्रो जिन्दगी राम्रोसँग चलिरहेको थियो । खुशी थियौ । छुट्टीको दिन थियो । बिहानको खाना खाँदै थियौ । त्यही क्रममा हिमासुले भने,“तिमीलाई एउटा कुरा गर्नु थियो ।”

“भन न ।”

“म चाहन्छु कि तिमी जागिर छोड ।”

“हँ ? तिमी यो भन्दै छौ ? म किन जागिर छोड्नु ?”

“म छँदै छु त कमाउने । म तिमीलाई हेरिहाल्छु नि । म तिम्रो लोग्ने भएको के काम त ?”

“मलाई पनि केही गर्न मन छ । तिमीले कमाउछौ तर मेरो रहर पनि छ केही गर्न तर यो कुरा किन अहिले आएर भनेको ?”

“मेरो खुशी । म अहिले भनू कि पहिले तर म चाहन्छु कि तिमी जागिर छोडेर घर सम्माल । मलाई सम्माल ।”

“आज तिमीलाई के भयो ? यो घर सम्माल्न दुई जना मिलेर गरौ भने हुन्छ । अहिलेसम्म हामी दुई जना मिलेर गरेकै छौ त ।”

“बस । मैले भनिसके त जागिर छोड भनेर । म अरु कुरा जान्दिन ।”

हिमासु रिसाएर खाना नसकि बाहिर निस्के । अचम्म परेको थिए उनको व्यवहार देखेर । आजसम्म उनले कहिले यस्तो व्यवहार देखाएका थिएनन् । मैले केही बोल्न पाइन । म उनलाई कुरेर बसेको थिए । कुर्दा कुर्दै बेलुका भइसकेको थियो । हिमासु रिसाएर अहिलेसम्म आएका थिएनन् । धेरै चोटि फोन गरे तर उठाएनन् । पछि गर्दा फोन नै अफ थियो । यस्तो सानो कुरामा किन रिसाएका ? मलाई चिन्ता हुन थाल्यो । के गर्ने र कसो गर्ने भयो । कुर्दा कुर्दै १०ः३० बज्यो र म निदाए छु । निदाएको तीन घण्टापछि ढोकाको घण्टी बज्यो त्यो पनि ठूलो आवाजमा । घण्टीको आवाजले म निन्द्राबाट उठे र ढोका खोल्न गए । सधै मुस्कुराउने मान्छे तर आज रिसाउँदै भित्र छिरे । उनले पिएर आएका थिए । उनी सिधै आफ्नो कोठामा गए र सुते । म उनको छेऊमा गए र भने,“आज तिमीलाई के भयो ? तिमी किन रिसाएको ?”

हिमासु मौन नै थिए । मलाई हेर्नै जरुरत नै सोचेनन् र सुतेका थिए । उनी मौन भएको देखेर म पनि मौन भए । यो क्रम दुई महिनासम्म रहिरह्यो । हिमासुसँग बोल्न खोज्थे तर उनी नै बोल्न रुचाएका थिएनन् । 

१५

हिमासु धेरै दिनदेखि घर छिटो जान थालेका थिए । उनलाई म प्रति शङ्का गर्न थालेका थिए । कोठामा खोज तलाश गर्न थालेका थिए । सुरुमा उनले लुगा राख्ने ठाउँमा हेरे तर केही भेटेनन् । लुगा राख्नेमा नभेटेपछि यता उता हेनै थाले । पछि खाटको मुनि हेरे । खाट मुनि सूट केश थियो । त्यो मेरो सूट केश निकाले र खोले । मैले डायरीहरु लुकाएर राखेको थिए । म प्राय ः डायरी लेख्थे तर विवाह गरेपछि मैले डायरीहरु लेख्न छोडेको थिए । कहिले काँही हिमासु नभएको बेला पहिलाको अतितको पल हेर्ने गर्थे । डायरीहरु पढ्न थाले । उनको डायरी पढ्ने क्रममा मैले ढोका खोले र भित्र छिरे । भित्र छिर्दा उनी सोफामा पत्रिका पढ्दै थिए । उनलाई देखेर म अचम्म परे । कहिले काँही मात्र छिटो आउने गर्थे । आज उनलाई घरमा देख्दा अचम्म परे । उनलाई दखेर मैले भने,“तिमी घर कति बजे आइपुग्यौ ? आज त तिमी मभन्दा छिटो आए छौ त ?”

हिमासु सोफाबाट उठे र भने, “के म छिटो घर आउनु हुँदैन र ?” उनले मलाई रिसाउदै हेरे । अनि आफ्नो कोठामा गए । म मौन नै थिए । 

यस पश्चात् हिमासु हररोज घर छिटो आउथे । मलाई केही थाहा हुँदैन थियो र केही सोध्यो भने रिसाउथे । उनले मेरो डायरीहरु पढिसकेका थिए । त्यसको साथ साथै मैले नथाहा पाउने गरि मेरो पिछा गरेका थिए र फोटो खिचेका थिए । म कहाँ जान्छु र म के गर्छु सबै निहालेका थिए । 

बिस्तारै उनको बानीमा परिवर्तन आएको थियो । सानो कुरामा पनि रिसाउन थालेका थिए । म बाहिर गए रिसाउथे र गाली गर्थे । बोल्ने मौका दिँदैन थिए । आफ्नो कुरा मात्र राख्थे । आफ्नो कुरा सही ठाग्थे । तैपनि उनलाई बुझ्ने मौका खोजेको थिए । 

दुई हप्तापछिको कुरा हो । म अफिसबाट ढिलो घर फर्के । घर फर्केला ढिलो भइसकेको थियो । बेलुकाको ८ बजेको थियो । मैले हिमासुलाई म्यासेज पठाएको थिए कि म घर ढिलो आउँछु भनेर तर उनले केही जवाफ पठाएनन् । 

मैले घण्टी बजाए । उनले ढोका खोले । हिमासु रिसाएका थिए । म केही नभनिकन कोठामा गए । हिमासु मेरो पछि पछि लागे । हामीले एक अर्कोलाई हेरौ । मलाई के भन्नू जस्तो भएको थियो । उनको अनुहार हेर्दै डर लाग्ने ।

मौनता तोड्दै हिमासुले भने,“तिमी किन ढिला आएको ?” उनले रिसाउदै भने ।  

“मैले म्यासेज पठाएको थिए त ।”

“तिम्रो कोसँग अफेयर छ ? कसलाई भेटेर आएको ?”

“म अफिसमै थिए ।”

उनले बेल्ट निकाले र मलाई नराम्रोसँग पिटे । रोक्न खोजे तर सकिन । धेरै पिटाई खाएको थिए । म उठ्न सकेको थिइन । यो धेरै दिनसम्म चलिरह्यो । उनकै खुशीको लागि जागिर छोडे । मैले आफ्नो पिडा बुवा र आमालाई व्यक्त गर्न जरुरी सोचिन । उहाँहरुलाई आफ्नो समस्याहरु किन भन्ने जस्तो भयो । सोचे कि यो सम्बन्धलाई एक मौका दिऊ । सायद म उसलाई आफूभन्दा धेरै माया गर्थे । त्यसैले मैले उनलाई मौका दिने निर्णय गरे ।  

१६

दुई हप्तापछिको कुरा हो । हामी दुई जना सोफामा बसेका थियौ । हिमासु चिया पिउँदै त्रिकेट हेर्दै थिए भने म चाँहि हिमासुलाई हेरिरहेको थिए । हिमासुसँग बोल्नु कि नबोल्नु भएको थियो । अन्त्यमा, हिम्मत जुटाएर मैले भने,“हिमासु, तिमीसँग कुरा गर्नु थियो ।” म नर्भस हुँदै भने । 

“भन न ।”

“तिमीलाई के भयो ? तिमीमा किन यस्तो परिवर्तन आयो ? के भएर तिमी यस्तो भएको ?”

हिमासु रिसाउदै सोफाबाट उठे । अनि कोठामा गए । मलाई नराम्रो लाग्यो । अनि म पनि उनको पछि लागे । त्यही क्रममा, हिमासुले मेरो अगाडि मेरै डायरी देखाए । 

“तिमीले यो डायरीहरु कसरी भेटायौ ?”

“सूट केश ।” 

म मौन रहे र म उनलाई हेर्न सकेको थिइन । उनले मलाई हेरिरहेका थिए । मौनता तोड्दै उनले भने, “तिमीले पहिला आदित्य भन्ने व्यक्तिलाई मन पराउदा रहेछौ र यस बारे किन ममलाई भनेनौ । तिमीले अहिलेसम्म आदित्यलाई मन पराउछौ र लुकी लुकी भेट्न जान्थ्यौ । यदी तिमीले कसैलाई मन पराउछौ भने किन मसँग विवाह गरेको ?”

“तिमीले भनेको कुरा ठीक हो तर पूरै होइन । म आदित्यलाई मन पराउथे र त्यो एक तर्फी माया थियो । अहिले त तिमी छौ मेरो जिन्दगीमा । मैले किन उसलाई भेट्नु प¥यो जब कि म तिमीलाई माया गर्छु ।” म भावुक हुँदै भने ।

हिमासु सिाउदै भने,“तिमी अझै झूट बोल्दै छौ । तिमी आदित्यलाई फोन गछौ । हेर, म तिम्रो बुढा हूँ  । मसँग झूट नबोल ।” हिमासु मेरो नजिक आएर भने ।

“तिमी अझै उसलाई माया गछौ कि गर्दैनौ ?”

“तिमी मेरो कुरा त सुन ।”

“गछौ कि गर्दैनौ ?”

“गर्दिन ।”

“तिमी अझै झूट बोल्दै छौ । तिमी अझै आदित्यलाई माया गछौ । तिम्रो आँखामा मेरो सट्टा आदित्यको लागि माया गछौ ।”

उनले हात उठाए । म भाग्न खोजे तर सकिन । उनले मलाई ताने । मैले भने,“मलाई छोड ।”

हिमासुले रोक्नेको नाम लिएका थिएनन् । मलाई त्यसको हालत देखेर खुशी भएका थिए । उनले मलाई जर्बरजस्ती गरेका थिए । मेरा आँखाहरुबाट आँसु झरेका थिए । 

यस घटनापछि, उनले मेरो मोबाइल उनले लगे । मलाई उनले घरमा बन्द गरेका थिए । हर पल उनले घरमा बन्द गरेका थिए । हर पल उनले मलाई जर्बरजस्ती गर्थे । म यी सब सहेर बस्थे किनकि म उनलाई धेरै माया गर्थे । 

१७

म आफ्नो परिवारलाई भन्न खोजे तर भन्न खोजे । म के भन्नू आफ्नो परिवारलाई । पहिला पनि दिदीको डिभोस भएको थियो र अहिले मेरो वैवाहिक जिवन राम्रो छैन । यदि मेरो वैवाहिक जिवन बारे व्यक्त गरेमा, मेरो परिवारलाई नराम्रो हुने छ । त्यसको साथ साथै पवित्रलाई भन्न मन थियो तर सकिन । मेरो समस्या अरुलाई किन भन्ने जस्तो लाग्यो । 

म आफ्नो संसारमा हराएको थिए, त्यही क्रममा मलाई गाह«ो भयो र म बाथरुमा गए । मलाई उल्टी भयो । यो धेरै दिनसम्म चलिरह्यो र मैले थाहा पाए कि मलाई किन उल्टी भयो भनेर । म खुशी भए किनकि हाम्रो सम्बन्ध सुधार हुने छ । सोचे कि म अर्को हप्ता भन्ने छु किनकि अर्को हप्ता उनको जन्मदिन पर्छ ।

अर्को हप्ता.......

        म खुशी भएको थिए । आज हिमासुको जन्मदिन म उनको लागि खाना बनाउदै थिए । सोचे कि आज हाम्रो सम्बन्ध सुर्धिन्छ । म उनलाई कुरेर बसेको थियो । साँझको ७ः३० बजेको थियो । मेरो आँखा घडीमा नै थियो । त्यही क्रममा, घण्टी बज्यो । म खुशी हुँदै ढोका खोल्न गए । मलाई नहेरिकन भित्र छिरे । टेबुलमा केक देखेर अचम्म परेका थिए र भने, “यो सब के हो ?”

“आज तिम्रो जन्मदिन ।”

“ओ, त्यसो भए, मेरो उपहार खोई ?”

म मुस्कुराए र भने,“तिमी बुवा हुने वाला छौ ?”

“के ?” हिमासु अचम्म परे । उनको भाव देखेर म पनि छक्क परे । 

“मलाई बुवा हुनु छैन । मलाई बच्चा चाहिएको छैन ।” हिमासुले मलाई थप्पड हाने र मेरो कपाल ताने र मैले भने, “यो तिमी के गर्दै छौ ?”

“तिमीले मेरो चिन्त दुखाएकी छौ ।” उनले मलाई हेरिरहेका थिए र मैले पनि । वातावरण तोड्दै हिमासुले भने,“मेरो आमा तिमी जस्तै धोके बाज थिइन् । मेरो बुवालाई धोका दिइन् । मेरी आमाको अफेयर चलिरहेको थियो ; त्यो पनि आफ्नो हाकिमसँग । हरपल सोध्दा झूट बोल्नु हुन्थ्यो । मेरो बुवाले आमाको कुरामा कहिले विश्वास गर्नु भएन । हररोज झगडा हुन्थ्यो । म त्यो देखेर रुन्थे र बुवाले आमालाई बेल्टले हिरकाउनु हुन्थ्यो । म त्यो देखेर रुन्थे र बुवा आमालाई झगडा नगर्न आग्रह गर्थे र मेरो कुरा सुन्नु हुन्न थियो । अन्त्यमा आमाले हामीलाई छोडेर जानुभयो र अर्कोसँग विवाह गर्नुभयो । बुवा आमाले मलाई कहिले माया गर्नु भएन । म बुवासँग तापनि उहाँले कहिले माया गर्नु भएन न त आमाले मलाई भेट्न आउनु भयो ।  

त्यसैले मलाई बच्चा चाहिएको छैन । तिमी मेरी आमा जस्तै हुन्छौ । मेरो बच्चाालाई कहिले माया गर्दैनौ । तिमीले मेरो बच्चालाई कहिले माया गर्दैनौ । तिमीले मेरो बच्चालाई छोडेर जान्छौ । तिमी अर्कोसँग विवाह गछौ ।”

म अचम्म पर्दै भने,“अनि विवाहमा आउनु भएको को हो ?”

“उहाँहरु त नाटक गर्ने मान्छेहरु हुन् ।” हिमासु मुस्कुराए । 

केही क्षणपछि उनी रिसाएर उठे र बेल्ट निकाले । अनि नराम्रोसँग पिट्न थाले । आफूलाई बचाउन कोसिस गरे तर सकेको थिइन तर बिस्तारै म किचेनमा छिरे । अनि उठे । किचेनमा हिमासु आए । मैले यता उता हेर्दै थिए । मैले चक्कु लुकाए । मैले उनलाई हिरकाउनु अगाडि नै उनले मलाई भुँइमा लडाइ दिए । चक्कु सोफाको छेऊमा पुग्यो । नजिक आएर मलाई पिड्न थाले । रगत आउन थाले । जसो तसो म सोफामा गए र चक्कु समाते । बिस्तारै म उठे र म उनको नजिक गए । नजिक गए तर उनले मलाई सिसाले हिरकाए र म भुँइमा लडे र बेहोस भए । उनी मेरो नजिक आए र मुस्कुराए । म पूरै त बेहोस भएको थिइन तर दमिलो देखिरहेको गिए । मैले चक्कु समाते । अनि मैले चक्कुले उनको पेटमा हाने । जब हिमासु भँुइमा लडे र म बाहिर निस्के । 

...................................................................................................................................................................

पाँच घण्टापछि म होशमा आए । जब मैले आँखा खोले, मैले यता उता हेरे । म अस्पतालमा थिए । मैले नर्सलाई देखे र मैले नर्सलाई बोलाए ।

“नर्स, म यहाँ कसरी आए ?”

“तपाई एक्लै आउनुभएको हो । तपाई गम्भीर अवस्थामा हुनु हुन्थ्यो । तपाईको रगत पाउन धेरै गाह्रो भएको थियो तर हाम्रो रगत बैकमा रगतमा तपाईको रगत मिल्ने भएकाले तपाई बाच्नु भयो तर हामीले तपाईको बच्चलाई बचाउन सकेनौ ।”

मेरा आँखाहरु रसाए र मैले भने, “नर्स, तपाईसँग मोबाइल भए, मलाई एक छिनको लागि दिनुहोस् न ।”

“हुन्छ ।” अनि नर्सले मलाई मोबाइल दिइन् र मैले पवित्रलाई फोन गरे तर उठेन । धेरै चोटि प्रयास गरे तर उठेन । अनि मैले म्यासेज पठाए । 

“म सोफिया । म अहिले मेडिकेयर अस्पतालमा छु । प्लिज मलाई भेट्न आऊ । मेरो बेड नम्बर ३०६ हो ।”

भोलिपल्ट पवित्र आइन् । बिहानको ८ः३० तिर आइन् । मेरो नजिक आइन् । म निदाएको थिए । केही बेरपछि मलाई उनको उठाइन् । जब मैले उनीलाई देखे, मैले उनीलाई हग गरे र रुन थाले । 

“तिमीलाई के भयो र किन रोएको ?” पवित्रले भनिन् ।

मैले पवित्रलाई सबै कुरा व्यक्त गरे । पवित्र अचम्म परिन् । मेरो कुरा सुनेपछि, उनीले भनिन्,“अनि बुवा आमालाई भ¥यौ त ?”

“म उहाँहरुलाई भन्दिन । उहाँहरुलाई पिडा दिन चाहन्न । म यहाँबाट दूर जान चाहन्छु ।”

“पुलिसलाई रिपोट गरौ ।”

“पर्दैन ।”

“किन नि ? गर । हिमासुले तिमीलाई धेरै पीडा दिएका छन् ।”

“अब उनलाई आफ्नो जिन्दगीबाट दूर राख्न चाहन्छु । उनले आफ्नो गल्तिको सजाय पाउने छन् ।”

“यदी रिपोट गरेनौ भने, हिमासु फरार हुन्छन् ।”

“हिमासुलाई छोडि देऊ । म दूर जान चाहन्छु ।”

“हुन्छ । पहिला तिमी ठिक त हौ ।” अनि हामी मौन भए । 

पवित्रले मेरो लागि भनि अफिसबाट कहिले छुट्टी लिन्थिन् भने कहिले आधा छुट्टी लिन्थिन् । मेरा लागि उनले धेरै तकलिफ लिँदै थिइन् ।

१८

अस्पतालको बसाई दुई हप्तासम्म थियो । दुई हप्तापछि म डिस्चार्य हुँदै थिए । पवित्रले अस्पतालको काम सकेर मेरो नजिक आइन् । उनी नजिक आएपछि मैले भने, “तिमीले मेरो कारण धेरै दुःख पा¥यौ । अब त डिस्चार्य भएपछि तिमीले दुःख पाउने छैनौ ।”

“आफ्नो साथीको लागि यति पनि नगर्नु ? तिमीले पनि मेरा लागि धेरै गएकी छौ ? अब तिमी कहाँ जान्छौ ?”

“मलाई नै थाहा छैन ।”

“मसँग बस ।”

“म न त आफ्नो घर न त म तिम्रो घरमा बस्न सक्छु । म दूर जान चाहन्छु ।” म भावुक भएको थिए । पवित्रले मलाई निहालेर हेर्दै थिइन् । अनि केही क्षणपछि उनीले भनिन्, “तिमी पोखरा जाऊ । मैले चिनेको एक जना चिनेको दाइ हुनु हुन्छ जसको एनजियो छ । म कुरा गरिदिन्छु । तिमी निको भएर पोखरा जाऊ ।”

मैले हुन्छ भने र मलाई डिस्चार्य गरियो । म उनीको घर गए । उनीको कारणले मैले नयाँ जिन्दगी पाए जस्तो लाग्छ । पवित्रले मेरो व्यवस्था गरेकी थिइन् । म धेरै भाग्यमानी छु जस्तो लाग्छ किनकि मैले पवित्र जस्तो साथी पाए । म आफ्नो परिवारसँग भेट्न चाहन्न थिए । लाग्छ कि मेरो जिन्दगी मेरो बुवा आमाले बिग्रादिनु भएको । पहिला दिदीको जिन्दगी बिग्रादिनु भयो र अहिले मेरो । मेरो आँखा आँसुले भरि¥यो । अनौठो लाग्यो आफ्नो जिन्दगी देखेर । 

१९

एक हप्तापछिको कुरा हो । म दुई दिनको लागि मात्र पवित्रकोमा बस्छु जस्तो लागेको थियो तर मलाई निको हुन एक हप्ता लाग्यो र म पोखरा जान तयार भए । उनीले छुट्टी लिएकी थिइन् । मेरो लागि भनि केही लुगाहरु किनेकी थिइन् । जब म तयार हुँदै थिए, उनी भावुक भएकी थिइन् । मलाई हेर्दै थिइन् । केही क्षणपछि उनीले भनिन्,“एक पल्ट आफ्नो बुवा आमालाई भेटेर जाऊ ।”

म लुगा तयार पार्दै थिए र उनीको कुरा सुनेर म उनीलाई हेरे । उनीले पनि मलाई हेरिन् । केही क्षणको लागि वातावरणमा शून्यता छा¥यो । मलाई निहालेर हेर्दै थिए । म बुवा र आमासँग भेट्न चाहन्न थिए । मौनता तोड्दै पवित्रले भनिन्,“किन मौन भएकी ? केही त बोल । एक पल्ट आफ्नो आमा बुवासँग त बोल्न र भेट्न जाऊ । कति जेल नभेटिकन बस्छौ ? कति रिसाउछौ ?”

“मलाई भेट्न मन छैन र मलाई भेट्न कर नगर । समय र भाग्यले हामीलाई भेटाए छ भने, म भेट्छु तर अहिलेको लागि म भेट्न चाहन्न र आफ्नो पीडा व्यक्त गर्न चाहन्न पनि । अहिले भेटे भने, हामी बिच भगडा हुन सम्भावना छ । त्यसैले यो समयलाई छोड्दौ । अहिले यस विषयमा कुरा नगरेकै नराम्रो ।”

अनि पवित्र मौन भनिन् र म लुगा मिलाउन थाले । अनि १५ मिनेटपछि म र उनी एयरपोर्टको लागि निस्कियौ । एयरपोर्ट पुगेपछि, उनीले भनिन्,“राम्ररी जाऊ । पुगेपछि मलाई फोन गर्नु । केही समस्या परेमा मलाई फोन गर्नु ।”

हामीले भावुक हुँदै हग गरौ । म भित्र छिरे । भित्र छिरेपछि पछाडि फर्किए र पवित्रलाई बाई गरे । अनि उनी गइन् । 

एक घण्टापछि बोर्डिंगको लागि बोलाइयो र म लाइनमा बसे । मेरो अगाडि धेरै मानिसहरु थिए । मलाई कति बिस्तारै काम गरेको जस्तो लाग्यो । १५ मिनेटपछि मेरो पालो आयो । मैले टिकट देखाए र उताबाट छाप लगाइन् । अनि म मुस्कुराए जस्तो गरे र प्लेनमा छिर्ने प्रक्रियामा थिए । प्लेनमा छिरेपछि म आफ्नो सिट नम्बर हेरे । मेरो सिट नम्बर २०१ थियो जुन बिचमा थियो । म आफ्नो झोला माथि राखे र सिटमा बसे र सिट बेल्ट बादे । मेरो मनमा धेरै कुराहरु खेल्न थालेका थिए । म आफ्नो  पिडाबाट भाग्दै थिए । म हिमासुसँग र आफ्नो बुवा आमाबाट दूर जाँदै थिए । पोखरा गएपछि मेरो जिन्दगीले के मोड लिन्छ आफूलाई नै थाहा छैन । मनमा कुरा खेलाउदा खेलाउदै एयर होस्टेसले के भनिन् मलाई थाहा पाइन न त प्लेनले टेक अफ गरेको । 

२०

एक घण्टा पन्ध्र मिनेट म काठमाडौबाट पोखरा पुगे । एयरपोर्टको काम सकेर एयरपोर्टबाट निस्के । निस्केपछि म ट्याक्सी चढे र म एबिसी एनजियोमा पुगे । पैसा तिरेर म भित्र छिरे । रिसप्शनिष्टको नजिक गए र भने,“म सोफिया हूँ । म धमेन्द्र क्षेष्ठ सरलाई भेट्न सक्छु ? उहाँले मलाई बोलाउनु भएको थियो ।”

“एकछिन बस्नुहोस् । म उहाँलाई फोन गरेर खबर गर्छु ।” अनि उनीले सोफातिर देखाइन् । म सोफामा बसे । उनीले फोन गरेर खबर गरिन् । केही क्षणपछि एक व्यक्ति आए । उनले सुट लगाएका थिए । अलिकति दाह्री थियो । कालो चस्मा लगाएका थिए । अनुहार गहूँ गोरो थियो । रिसेप्शनिष्टले मतिर देखाइन् र उनी मेरो नजिक आए र सोफामा बसे । मलाई हेरेर भने,“तापई सोफिया ?”

“हजुर ।”

“म धर्मेन्द« ।”

अनि मैले नमस्ते गरे । उनले मलाई हेरेर मुस्कुराए र भने,“मैले पवित्रसँग कुरा गरेको थिए । तपाई यो एनजियोमा के गर्न सक्नु हुन्छ ?”

“जे काम दिए पनि गर्न तयार छु ।”

“कार्यक्रम सहायताको लागि पोष्ट खालि छ । गर्नु हुन्छ ?”

मैले सजिलै हुन्छ भने । उनले मेरो सुटकेश देखे र भने,“तपाई एयरपोर्टबाट सिधै यहाँ आउनु भएको हो ?”

“हो ।”

“अनि कहाँ बस्नु हुन्छ त ?”

“मलाई नै थाहा छैन । भाग्यले कहाँ पु¥याउ छ म त्यही पुग्छु ।”

“मेरो घरको नजिक एउटा कोठा खालि छ । त्यहाँ बस्नु हुन्छ ?”

“हुन्छ । अनि काम कहिले सुरु गर्नु ?”

“भोलिदेखि गर्नुहोस् न । आज तपाई आराम गर्नुहोस् ।”

मैले हुन्छ भने । उनले मलाई कोठा देखाए । कोठा अफिस नजिकै थियो । उनले साँचो मलाई दिए । सांचो दिँदा मैले भने,“यो कोठा ?”

“मेरै हो । एक वर्षदेखि खालि थियो । तपाईको व्यवस्था नहुजेल यही बस्नुहोस् ।” यति भनेर धमेन्द्र आफ्नो बाटो लागे । ढोका खोले । भित्र छिर्दा एउटा कोठा, किचेन र बाथरुम थियो । सबै सानो नै थियो । सानो हुनुको साथ साथै फोहोर थियो । आफ्नो सामान एक कुनामा राखे र सफा गर्न थाले । दुई घण्टा लाग्यो र समय हेरे । ५ः३० बजेको थियो । कोठा सफा गरेर नुहाउन थाले र केही समय पछि म बाहिर निस्के । तरकारीहरु किनेर लिएर आए र पकाउन थाले । 

२१

मैले काम गरेको तीन महिना भइसकेको थियो । मैले काम गरेको सबै जनालाई मन परेको थियो । मेरो तलब रु. १५,०० भए तपानि म बिस्तारै खुशी हुन थालेको थिए । मलाई यहाँ राम्रो सुविधा थियो । मेरो पैसा राम्रोसँग वचत भएको थियो तर म आफ्नो अतित बिर्सेन सकेको थिइन । म कसैसँग मागा गर्न सक्दिन थिए । माया प्रति मेरो विश्वास हराएको थियो । त्यसको साथ साथै त्यस संस्थामा काम गन थालेदेखि म कोहीसँग त्यति बोल्न कम भएको थियो । आफ्नो कामसँग मात्र मतलब गर्थे । एनजीओको स्टार्फसँग नभए तापनि मेरो कुरा पवित्रसँग चाँहि भइरहथ्यो । 

एक हप्तापछिको कुरा हो । साँझको ६ः३० बजेको थियो । म आफ्नो काम सकेर कोठातिर जाँदै थिए र त्यही क्रममा धर्मेन्द« र मेरो नजिक आउनुभयो र भन्नुयो,“तपाईको भोलि छुट्टी छ । मैले तपाईलाई यहाँ आएदेखि धुमेको देखेको छैन । यदी तपााई अप्ठ्यारो लाग्दैन भने, म तपाईलाई भोलि धुमाउन लग्छु ।”

मलाई अप्ठ्यारो लागेको थियो । मलाई निहालेर हेर्दै थिए र भने,“तपाईलाई अप्ठ्यारो लागेको छ भने नाँइ भन्दा हुन्छ । म माइट गर्दिन ।”

“होइन । त्यस्तो केही होइन ।”

“त्यसो भए मसँग जानु हुन्छ त ?”

“हुन्छ ।”

“भोलि म तपाईलाई साँझ ५ः०० बजे लिन आउँछु ।”

मैले हुन्छ भने । धर्मेन्द« मुस्कुराए र निस्किने क्रममा थिए र मैले भने,“सुनु होस् त ।”

“हजुर ।”

“मैले कोठा नै पाएको छैन । नपाउजेल तपाईको कोठामा भन्दा हुन्छ नि ? यदी पाएन भने, म भाडा पनि तिर्न तयार छु ।”

“त्यस्तो अप्ठरयारो मान्नु पर्दैन । बस्दा हुन्छ । त्यो कोठा त्यति प्रयोगमा थिएन । भाडाको कुरा पछि गरौला न ।” यति भनेर धर्मेन्द« निस्के । 

म रात भर यस विषयमा सोचे । मलाई नै किन ? अरु पनि छन् । मलाई नै किन लग्नु प¥यो धुमाउन ? यदी तल माथि केही भयो भने ? हिमासु जस्तै भयो भने ? मैले किन हुछ भने ?सम्झेर  पछुताए । सोच्दा सोच्दै कति बेला निदाए छु मलाई नै थाहा छैन ।

२२

भोलिपल्ट......

             म आफ्नो काम सकेर उनलाई कुरेर बसेको थिए । मन ढुकढुक भएको थियो । मन बेग्लै भएको थियो । हेर्दा हेर्दै ५ः१५ बज्यो । मेरो घरको ढोकाको घण्टी बज्यो । म ढोका खोल्न गए । धमेन्द्र सर हुनुथ्यो । सरले मलाई देखेर मुस्कुराए र म पनि । अनि हामी निस्कियौ । उनले मलाई केही ठाँउहरु धुमाए । एक घण्टा धुमेर उनले एक क्याफेमा लगे । हामी अगाडि टेबुलमा बस्यौ किनकि त्यही खाली थियो । क्याफे निकै भीड थियो । त्यही क्रममा, धमेन्द्र सरले मलाई टेबुलमा भएको मेनु मेरो अगाडि सारे र भने,“तपाई के लिनु हुन्छ ?”

“सेतो कफी र भेज मःम ।” मैले मेनु नहेरिकन भने । 

“तपाई मासु खानु हुन्न ?”

“मैले छोडेको भेरै वर्ष भयो ?”

“ए ।”

उनले वेटरलाई बोलाए र हाम्रो अर्डर दिए । हामी मौन भएको थियौ । मलाई अप्ठ्यारो लागेको थियो र यता उता हेर्दै थिए ।  त्यही क्रममा, उनले भने,“तपाईलाई केही भन्नु थियो ।” धमेन्द्र सरले  नर्भस हुँदै भन्नुभयो । 

“हुन्छ ।”

“तपाईको जिन्दगीमा जे भयो त्यो सब बिर्सि दिनु । अब आफ्नो भविष्य बारे सोच्नुहोस् । मुस्कुराउनु होस् । अतितको पिडा सम्झिनुभयो भने, अगाडि बढ्नु हुन्न । पछाडिको पछाडि रहनु हुन्छ । आफ्नो भविष्य राम्रो बनाउनु होस् ।”

“तपाईलाइ मेरो अतितका बारेमा कसरी थाहा पाउनु भयो ?”

“कसरी थाहा पाउनु भयो भन्ने कुरा महत्व होइन । तपाई आफ्नो जिन्दगी कसरी बिताउने सोच्नुहोस् । तपाई यहाँ आएको धेरै महिना भइसकेको छ । तपाई यहाँ आफ्नो अतित सम्झि रहन आउनु त भएको होइन नि ।”

मलाई थाहा छ कि मेरो अतितको बारे कसले भ¥यो भनेर । पवित्र र धमेन्द्र धेरै मिल्ने साथी हुन् । सबै कुरा सेयर गर्छन् । मलाई एक पलको लागि रिस उठ्यो तर देखाउन जरुरत देखिन । मौन नै रहे । उनले मलाई निहालेर हेरिरहेका थिए र उनी पनि मौन नै रहेका थिए । 

केही क्षणपछि हामीले अर्डर गरेको खानेकुराहरु आयो र कफी पनि । केही नबोलिकन खायौ र खाइसकर बिल धमेन्द्रले तिरेर हामी निस्कियौ । केही क्षणपछि उनले भने,“हामी साथी बन्न सक्छौ ?”

उनले साथी भन्दा हिमासुको याद दिलायो । म भावुक भए र मौनता तोड्दै उनले भने,“यदी हुन मन छैन भने नाँइ भन्दा हुन्छ ।”

“यो समयलाई छोडि दिनुहोस् ।”

उनले मुस्कुराए मात्र । हामी गफ नगरि आ—आफ्नो घर पुग्यौ । समय बित्दै गयो र मेरो काम सबैलाई मन पर्दै गयो र मलाई बढुवा गइ¥यो । म कार्यक्रम सहायकबाट मेनेजर भए । म खुशी भएको थिए । मेरो काम कम हुँदै गएको थियो । कामको साथ साथै धमेन्द्रले मलाइृ धुमाउन लगिरहन्थे । उनले मलाई मेरो अतित बिर्साउन कोसिस गर्दै थिए र बिस्तारै उनी मेरो मिल्ने साथी भएका थिए । 

२३

शनिबारको दिन थियो । साँझको बेला थियो । हामी सधै जाने क्याफेमा थियौ । कफी अर्डर गरौ । कफी अर्डर गरेपछि मैले भने,“तपाई मलाई किन बोलाउनु भएको हो ?”

“मलाई बाहिर भेट्दा तपाई नभन भनेको होइन ।”

“के भन्नु त ?” म मुस्कुराए ।

“तिमी भन ।”

“हुन्छ । अनि मलाई किन बोलाएको ?”

“खासमा मैले केही भन्नु थियो ?”

“के भन्नु थियो ?”

“मैले तिमीलाई मन पराउन थालेको छु । म तिमीसँग विवाह गर्न चाहन्छु ।”

म अचम्म परेको थिइन किनकि कुनै न कुनै दिन उनले वा मैले आफ्नो मनको कुरा व्यक्त गर्नु पर्ने नै थियो । उनले मलाई हेर्दै थिए र मेरो जवाफ कुरेर बसेका थिए । मौनता तोड्दै मैले भने,“तिमीलाई मेरो अतितको बारेमा थाहा भए तापनि मलाई किन स्वीकारेका छौ ?”

उनी मुस्कुराए र भने,“बाँच्ने अधिकार सबैको छ । तिम्रो अतित फर्केर त आउँदैन । यदी अतित फर्केने भए, सबैको जिन्दगी कति राम्रो हुन्थ्यो र सुख हुन्थ्यो । तिमी आफ्नो अतित बिर्सि देऊ र आफ्नो आज र भोलिको बारे सोच । यदी तिमीलाई म मन पर्छ भने, हुन्छ भन । नभए हु्ँदैन भन ।”

मैले उनलाई हेरेर भने,“म पनि तिमीलाई मन पराउछु तर डर लाग्छ कि मेरो अतितले तिम्रो जिन्दगी बर्बाल नहोस् ।”

“तिमी नडराऊ । मेरो माया त्यति कमजोर छैन ।” उनले आफ्नो हात मेरो हातमा राखे । 

“विवाह गर्ने तर केही महिना समय दिन सक्छौ ?” 

“हुन्छ ।” कुनै प्रश्न नगरिकन हुन्छ भने र म खुशी भए । सोचे कि म माया अब कहिले गर्दिन तर धमेन्द्रसँग भेट भएपछि मैले फेरि माया प्रति विश्वास गर्न थाले । आफ्नो अतित बिर्सेन थालेको थिए । म धेरै खुशी भएको थिए किनकि धमेन्द्र पाएको थिए । त्यसको साथ साथै अफिसको स्टार्फ सबैलाई थाहा पाइसकेका थिए । सबैले मलाई भाग्यमानि सोच्थे तर हामी एक अर्कोलाई नै भाग्यमानि सोच्थ्यौ । हामी आफ्नो जिन्दगीमा धेरै खुशी थियौ ।  

केही महिनापछिको कुरा हो । उनले मलाई काम सकेपछि भेट्न अनुरोध गरे र मैले हुन्छ भने । एक घण्टापछि म र धमेन्द्र नजिकैको क्याफेमा भेट्यौ । अनि उनले भने,“तिमी मसँग विवाह गछौ ?”

मैले हुन्छ भने र मुस्कुराए । उनले खुशी हुँदै मलाई हग गरे र भने,“म बुवा आमालाई खबर गर्छु ।” हामी दुवै जना मुस्कुराए । 

२४

शनिबारको दिन थियो । दिउँसोको २ः०० बजेको थियो । म कफी पिउँदै थिए । त्यही क्रममा, मेरो फोनको घण्टी बज्यो । धमेन्द्रको फोन थियो । मैले उठाए र भने,“हेलो ।”

“हेलो । सुन त ।”

“भन न ।”

“मेरो बुवा आमा तिमीलाई भेट्न भोलि साँझ ६ बजे आउँदै हुनु हुन्छ ।”

“हो ? कहाँ भेट्ने त ?”

“हामी सधै भेट्ने क्याफेमा ।”

मैले हुन्छ भने । मभन्दा धर्मेन्द« धेरै खुशी देखिन्थे । मैले भन्दा पनि उनले मलाई धेरै माया गर्छन् ।

भोलिपल्टको कुरा हो । रातो कुर्ता लगाएको थिए । मेक अप त्यति गरेको थिइन । मलाई त्यति मेक अप गर्न मन पर्दैन थियो । अनि रेडि भएर क्याफेतिर पुगे । म समयभन्दा अगाडि नै पुगेको थिए । मैले समय हेरे र समय भएको थियो ५ः४५ । १५ मिनेट बाँकी नै थियो । १५ मिनेट मलाई ३ घण्टा जस्तो भएको थियो । म हर सेकेन्ड समय नै हेरिरहेको थिए । ६ः३० बजिसकेको थियो तर धर्मेन्द« र उनीको परिवार आएनन् । मैले फोन गरे तर फोन अफ थियो । मैले धेरै चोटि फोन प्रयास गरे तर फोन अफ नै थियो । मैले धेरै समयसम्म कुरेर बसे तर आएनन् र म क्याफेबाट ८ः०० बजे निस्के । 

घर पुगेपछि फेरि फोन प्रयास गरे तर फोन अफ थियो । रात भर सुत्न सकिन । उनकै बारेमा सोचिरहे । म्यासेज लेखेर पठाए तर जवाफ आएन । भोलि अफिस आउछन् र कुरा गर्ने निर्णय गरे । 

भोलिपल्ट अफिस त पुग तर धमेन्द्रलाई देखिन । नदेखेपछि फोन गरे तर फोन उठेन । अनि आफ्नो साथीहरुलाई सोधे तर उल्टै उनीहरुले मलाई सोधे । मेरो मनमा चिसो प¥यो । मेरा आँखाहरु आँसु भरियो । त्यसको साथ साथै मनमा धेरै प्रश्नहरु थिए जसको जवाफ सिर्फ धमेन्द्रले दिन सक्थे । मनमा नरामशे सोच आयो । कहि उनले मलाई धोका दिएका त होइनन् । अफिसका सबै साथीहरुले मलाई शङकाको नजरले हेरेका थिए जुन मैले सहन सकिन र म घर फर्किए र फृेरि उनलाई फोन प्रयास गरे तर अफ थियो । 

यो क्रम धेरै दिनसम्म चलिरह्यो । अफिसमा सबैले मलाई शङ्काको नजरले हेर्थे । मलाई काम गर्ने ईच्छा नै हराएको थियो । मेरो ध्यान सिर्फ धमेन्द्रतिर गएको थियो । मनमा डरले डेरा जमाएको थियो । त्यसको साथ साथै मेरो कुरा बुझ्ने कोहि छैन जस्तो भएको थियो । पवित्रलाई फोन गर्न मन थिए तापनि फोन गर्न सकिन । हर रात धमेन्द्रलाई सम्झेर रुन्थे । किन मलाई छोडेर गए । यदि केही समस्या भए मलाई भनेको भए हुन्थ्यो । 

२५

धमेन्द्र एनजीओ नआएको धेरै दिन भएको थियो । घरमा पनि थिएनन् । कहाँ गए होलान् ? धमेन्द्र हराएकाले मनमा शङ्का हुन थालेको थियो र मैले पवित्रलाई सम्झिए । मैले उनीलाई पवित्रलाई फोन गरे । 

“हेलो ।” मैले भने । 

“हेलो । के छ तिम्रो खबर ? धेरै दिनपछि फोन गरौ त ।”

अनि मैले पवित्रदाई सबै कुरा व्यक्त गरे र उनी अचम्म परिन् । मेरो कुरा सुनेपछि, पवित्रले भनिन्,“यत्रो भइसक्दा पनि तिमीले मलाई भन्न जरुरी सोचेनौ ।”

“मलाई के गर्ने भयो ?” म भावुक हुँदै भने ।

“म काठमाडौमा बुझ्छु । उनको घर काठमाडौमा बुझ्छु । अनि म तिमीलाई खबर गर्छु ।”

मैले हुन्छ भने र मैले फोन राखे । केही क्षणको लागि मन हलुका भएको थियो । पवित्रसँग कुरा गरेपछि मनमा आश पलाउन थालेको थियो । म ढुक्क भएको थिए । म उनीको फोनको प्रतिक्षा गर्न थाले । 

दुई दिनपछिको कुरा हो । पवित्र धमेन्द्रको घर पुगिन् । साँझको ६ः०० बजेको थियो । मूल ढोका खूल्लै थियो । पवित्र अचम्म परिन् । मूल ढोका कहिले बन्द हुँदैन थियो । भित्र छिरिन् र भित्रको ढोका पनि खुल्लन थियो । भित्र छिरिन् । बैठक कोठामा कोही थिएन । पवित्रले यता उता हेरिन् । कसैलाई पनि देखिनन् । नदेखेपछि पवित्रले धमेन्द्रलाई धेरै चोटि बोलाइन् तर जवाफ केही आएन । उनी धमेन्द्रको कोठामा गइन् । कोठा ढकढकाइन् । जवाफ आएन । पछि ढोका खोलिन् र ढोका खुल्लै रहेछ । भित्र छिरिन् र छक्क परिन् । धमेन्द्रको लास थियो । उनीको आँखाबाट आँसु झ¥यो । उनी खाटको नजिक गइन् । धेरै चोटि धमेन्द्र भनि बोलाइन् तर धमेन्द्र बोलेनन् । केही क्षणपछि उनीले फोन गरेर पुलिसलाई बोलाइन् । केही क्षणपछि पुलिसहरु आइपुग्छन् र इन्स्पेकट्र अनमोलको नजिक आउँछन् र पवित्रलाई भने,“तपाईले यो लास कति खेर देख्नु भएको हो ?”

“तपाईहरुलाई फोन गरेको आधा घण्टा अगाडि ।” उनीले भावुक हुँदै भनिन् ।

“तपाईले उनलाई कसरी चिन्नुभएको हो ?”

“उनको नाम धमेन्द्र हो । उनी मेरा बच्चादेखिका मिल्ने साथी हुन् ।”

“उहाँको बारेमा केही भन्न सक्नु हुन्छ ?”

उनीले सबै कुरा व्यक्त गरिन् । सबै कुरा सुनेपछि इन्स्पेकट्र अनमोलले भने,“सोफियालई फोन गरेर बोलानु होस् ।”

“हुन्छ ।” पवित्रले भनिन् र पवित्रले तुरुन्त मलाई फोन गरिन् । पवित्रकाके नम्बर देख्ने बित्तिकै मैले फोन उठाए । 

“हेलो ।” मैले भने । 

“सुन न । तिमी तुरुन्तै काठमाडौ आउनु प¥यो ।”

“किन ? के भयो ?” म आत्तिदै भने । 

उनीले आत्तिदै सबै कुरा व्यक्त गरिन् । सबै कुरा सुनिसकेपछि, म छक्क र अचम्म परे । अनि तुरुन्तैको टिकट काटेर जाने सोचमा थिए तर बेलुकाको टिकट  मिलेन । त्यसैले भोलिपल्टको पहिलो फाइन्टको टिकट मिलाए र पवित्रलाई खबर गरे । पवित्रले इन्स्पेकट्रलाई खबर गरिन् ।

२६

भोलिपल्टको बिहान ८ः०० बजेको थियो । म एयरपोर्टमा थिए । बोर्डिङ्को लागि बोलाइएको थियो र म प्लेनमा चढ्ने क्रममा थिए । म लाइनमा थिए । केही समयपछि म आफ्नो सिटमा थिए तर मेरो दिमागमा धमेन्द्रतिर मात्र थिए । उनी किन काठमाडौमा आए ? किन गायब भए ? कसले मारे धमेन्द्रलाई ? मेरो दिमागमा धेरै कुराहरु खेलिरहेको थियो । आँसुले भरिएको थियो । आँसु त थियो नै मन अशान्त थियो । मन खुशी नै थिएन । केही समयपछि म काठमाडौ पुगे । एयरपोर्टको काम सकेपछि ट्याक्सी चढेर सिधै पुलिस स्टेशन पुगे । 

इन्स्पेकट्र अनमोललाई भेटिन् र भनिन्,“नमस्ते । म सोफिया हूँ ।”

“तपाईसँग कुरा गर्नु छ ।”

“हजुर ।”

“हजुरले धमेन्द्रलाई कसरी चिन्नुभयो ?” इन्स्पेकट्र अनमोललाई सबै कुरा थाहा थियो । मलाई हेर्दै थिए । 

म नर्भस भएको थिए र केही क्षणपछि मैले भने,“मैले धर्मेन्द«लाई पवित्रबाट चिनेको हूँ ।”

“तपाई काठमाडौबाट पोखरा कसरी पुग्नु भयो ?”

यो प्रश्नको मलाई हिमासुको याद दिलायो । मैले हिमासुलाई बिर्सेन खोजेको थिए तर आज याद दिलायो । अनि मैले सबै कुराहरु व्यक्त गरे र हिमासुको बारेमा पनि भने र धमेन्द्रसँग कसरी भेटेबारे पनि व्यक्त गरे । आफ्नो कुराहरु व्यक्त गरेपछि मैले इन्स्पेकट्र अनमोललाई भने,“कसले मारेको हो धमेन्द्रलाई ?”

“हामी खोज तलाज गर्दै हौ । हामीले धमेन्द्रको बडी फोरेसिक लापमा पठाएका छौ र रिपोर्ट आएपछि मात्र हेर्न पाउनु हुन्छ ।”

“के म धमेन्द्रलाई हेर्न सक्छु ?”

“हुन्छ ।”

जब मैले हेरे र अनि म रुन थाले । म भावुक भए । 

२७

इन्स्पेकट्र अनमोल लापमा गए । अनि डाक्टर नितेशको नजिक गए र डाक्टरले भने, “धमेन्द्रले आत्महत्या गरेका हुन् । यो केस आत्महत्या हो ।”

“ह्वाट् ? हेर्दा मर्डर जस्तो देखिन्छ । कसरी आत्महत्याको केस भयो ?”

“उनको बडीमा केही भेटिएन । बडीमा अरुले मारेको केही प्रमाण छैन । रिपोर्टमा केही देखिएन ।”

“न लासमा प्रमाण छ न त घरमा । मर्नुको कारण के हो ?” इन्स्पेकट्र अनमोल अचम्म परे । अनि अनमोल धमेन्द्रको घर गए । प्रमाण खोज्न गएका थिए । सबै कोठा फेरि चेक गरे । केही भेटेनन् । उनलाई आशा थियो कि केही प्रमाण भेट्छन् भनेर तर निराश भए । जिन्दगीमा यस्तो किसिमको केस देखेका थिएनन् । त्यति छिट्टै हार मान्ने व्यक्ति थिएनन् । केसमा केही प्रगति नै भएको थिएन । तीन महिनाभन्दा धेर भइसकेको थियो तर केस जहाँको त्यति थियो र अन्यमा केस बन्द भयो । इन्स्पेकट्रलाई मनमनै यो मर्डर हो भन्ने थियो र उनले मप्रति शङ्का गरेका थिए । के आधारमा शङ्का गरेका थिए मलाई नै थाहा भएन । मप्रति उनको शङ्का भएपछि उनले मेरो बारेमा सोधि निति गरेका थिए । मेरो बारेमा त्यस्तो केही भेटेका थिएनन् । नराम्रो नभेटे तापनि उनले मेरो बारेमा सोधि निति बन्द गरेका थिएनन् । म चाँहि उदास थिए । हरपल धमेन्द्रको बारेमा सोचि रहे र उनको यादमा हराएको थिए । आफूलाई सम्हाल्न गाह्रो भएको थियो तर पवित्रले मलाई सम्हालेकी थिइन् । 

२८

इन्स्पेकट्र अनमोल ललितपूरमा पुग्छन् । एक घरमा घण्टी बज्छ । दिउँसोको १ः०० बजेको थियो । तीन घण्टी बजिसकेपछि एक जना आए र ढोका खोल्छन् । एक बुढा मान्छे थिए र ढोका खोल्ने बित्तिकै सोधे,“चपाईले कसलाई खोज्नुभएको ?”

इन्स्पेकट्रले चस्मा खोलेर भने,“तपाई यस व्यक्तिलाई चिन्नु हुन्छ ?” आफ्नो मोबाइलबाट हिमासुको तस्बिर देखाए । नजिक गएर हेरे र भने,“अहा, चिन्दिन न त । उहाँ को हो ?”

“हिमासु । यस ठाउँमा बस्नु हुन्छ भन्ने सुनेको थिए । भेट्ने काम थियो ।”

“मैले यो मान्छेलाई आजसम्म देखेको छैन । म यहाँ बसेको १५ वर्ष भयो ।”

“हस् । धन्यवाद ।”

इन्स्पेकट्रले यो ठाउँमा बस्ने सबै जनालाई सोध्छन् तर कसैले पनि चिन्छु भनेनन् । न त मलाई चिने न त हिमासुलाई । अन्त्यमा उनले मेरो बुवालाई भेट्ने निर्णण् गरे उ उनी मेरो घर पुगे ।

तीनै जना एक अर्कोलाई हेर्दै थिए । केही क्षणपछि इन्स्पेकट्र अनमोलले भने, “मलाई सोफिया बारे जान्नु थियो ।”

“के थियो ?”

“मलाई सोफिया, धमेन्द्र र हिमासुको बारेमा जान्नु छ ।”

“हामी धमेन्द्रलाई त चिन्दैनौ ।”

इन्स्पेकट्रले छक्क पर्दै भने,“तपाईलाई धमेन्द्रको बारे केहि थाहा छैन र ?”

“अहँ ।”

अनि धमेन्द्रको बारे सबै कुरा व्यक्त गरे । बुवा आमा छक्क पर्नु भ¥यो । आमा त भावुक हुनुभयो । 

“सोफियालाई खासमा विवाह गर्न मन थिएन । केही गर्न मन थियो । जागिर पाएपछि हामीले हिमासुसँग चिनाएका थियौ । पछि दुवै जनाको भेटघाट हुन थालेको थियो र पछि सोफिया विवाहको लागि मानेकी थिइन् । विवाहपछि हाम्रो भेट भएन । न त उनीले फोन गरिन् न त हामीले ।”

“तपाईले जान्न चाहनु भएन ?”

“हामीले सोच्यौ कि उनी खुशी छिन् ।”

“तपाईहरुले केही शङ्का गर्नु भएन ?”

“अहँ । अहिले हाम्रो छोरी कता छिन् त ?” 

“सोेफिया पवित्रको छिन् । अहिले कोहीसँग राम्रोसँग बोल्न सकेकी छैन् ।”

आमाको आँखामा आँसुले भरिएको थियो । अनमोलले बुवा आमा बिदा मागेर घरबाट निस्के । आमालाई मसँग भेट्न मन लागेको थियो तर मेरो फोन लागेको थिएन । धेरै प्रयास गर्नुभएको थियो तर भेट्न सक्नु भएन । आमा र बुवासँग भेट्न मन थियो तर सकेको थिइन ।  

केही दिनपछिको कुरा हो । म पवित्रको घरमै थिए । पवित्र खाटमा बसेर पढ्दै थिइन् र मैले उनीलाई हेर्दै भने, “पवित्र म यहाँ बस्न सक्दिन । मलाई अतितको यादले सताइरहने छ । म बस्न सकेको छैन । मलाई तिम्रा सहयोेग चाहिएको छ ।”

“कस्तो सहयोग ?” उनीले किताब खाटमा राख्दै भनिन् । 

“म अमेरिका जान चाहन्छु । मलाई आर्थिक रुपमा सहयोग गर्न सक्छौ ?”

“हुन्छ । म जति सहयोग गर्न सक्छु । म त्यति गर्छु ।” उनीले सजिलै हुन्छ भनिन् । 

मैले टोपल र जिमाट् पढेर जाँच दिए र राम्रो अंक ल्याएको थिए । मैले युकनमा अपलाई गरे र मैले मास्ट्र डिग्रीको लागि पूरै छात्रवृति पाए र भिसा पनि आयो । मेरो साथ साथै पवित्र धेरै खुशी थिइन् । दुई हप्तापछिको फाइन्ट थियो । मैले त्यति सपिङ्ग गरिन । मैले जरुरी काम सबै सके र इन्स्पेकट्र अनमोललाई भेटे । भेट्न जरुरी थियो । भेट भएपछि मैले केसको कुरा गरे र उनको केस बन्द भएको कुरा गरे र मेरो जरुरत छैन भन्ने व्यक्त गरे । उनले हिमासुलाई धेरै चोटि खोज्ने प्रयास गरे तर सकेनन् । 

२९

दुई हप्तापछिको कुरा हो । शुक्रबारको दिन थियो । बेलुकाको ७ः०० बजेको थियो । पवित्रले मलाई एयरपोर्टसम्म साथ आएकी थिइन् । मेरो फाइन्टको समय ९ः३० बजेको थियो । आधा घण्टा गफ गरेर पवित्रले भनिन्,“राम्ररी जानु र कहिले काँही फोन गर्नु । आफ्नो साथीलाई नबिर्सेनु ।”

“हुन्छ ।” अनि हग ग¥यौ । हामी दुवै जना भावुक भयौ । अनि बाई गरौ । उनी गएको हेरिरहे । म धेरै भावुक भएको थिए । मेरो नजिक उनी नै थिइन् । हरेक चिज उनीलाई सेयर गर्थे तर आज उनीबाट टाढा हुँदै छु ।

एयरपोर्टमा चेकिङ्ग हुँदै थियो । म चाँहि के गर्ने भएको थियो । समय बिस्तारै चलेको थियो जस्तो लाग्यो । एक मिनेट पनि एक घण्टा जस्तो लागेको थियो । मैले बिस्तारै आफ्नो झोलाबाट डायरी निकाले । म हररोज डायरी लेख्थे र यस बारे कसैलाई पनि थाहा थिएन । म लेख्न थाले । आफ्नो मनको बेथा पोख्न थाले म लेख्नेमा यति धेरै व्यस्त भए कि समयको ख्याल नै भएन । बोडिङ्गको लागि बोलाउदा मात्र घडी हेरे । नौ बजेको रहेछ । अनि म हतारिदे अगाडि गए । बोडिङ्गको काम सकेर प्लेन चढे र आफ्नो सिट हेरे र मेरो सिट बिचको रोमा थियो र म बसे । म निराशको साथ साथै खुशी थिए । निराश आफ्नो अतित बिर्सेन सकेको थिइन र खुशी हुनुको कारण म अमेरिका जाँदै थिए । सायद अमेरिका गएपछि म आफ्नो अतित बिर्सेन सक्छु भन्ने आशा छ । १७ घण्टाको यात्रापछि म अमेरिकाको एयरपोर्ट पुगे र एयरपोर्टको काम सकेर मैले ट्याक्सीलाई बोलाए । अनि कनेक्टिकट पुगे । त्यहाँ पवित्रले चिनेको साथी थिए र म साथीको गए । ठेगाना मसँग थियो । उनको पुग्न दुई घण्टा लाग्थ्यो । म दिउँसोको दुई बजे पुगेको थिए । उनको घर नम्बर ७२ सि थियो । मैले ट्याक्सीलाई पैसातिर उनको ढोका ढकढकाउ । उनले तुरुन्तै ढोका खोले र मलाई देखेर मुस्कुराएर भने,“तपाई सोफिया ?”

“हो ।”

“म अशोक । भित्र आउनु होस् ।”

म भित्र छिरे । उनले मलाई म बस्ने कोठा देखाए । मैले धन्यवाद भनेर कोठामा छिरे । हामी त्यति बोल्दैनौ थियौ । उनीसँग बसेको तीन महिनापछि उनले आफू बसेको अपार्टमेन्टको अगाडि अपाटेमेन्ट भेटे र म त्यहि सरे । 

३०

अमेरिका आएपछि लाइफ त्यति सजिलो थिएन । पढाइ पनि त्यति सजिलो थिएन । नेपालको जस्तो थिएन । प्राय ः अनलाईन थियो । नेपालको जस्तो थिएन । धेरै गृहकार्य हुन्थ्यो तर पनि रमाइलो लागेको थियो । धेरै नयाँ थियो र सिक्नको लागि धेरै थियो । सुरुमा त सबै मानिसहरु रोबन्ट जस्तो लाग्थ्यो तर पछि बानी भयो । समयको कर्दर थियो । त्यसको साथ साथै अशोक मेरा मिल्ने साथी भएका थिए । सोचेको थिए कि म केही वर्ष मात्र अमेरिका बस्छु तर सोचेको जस्तो हुँदैन रहेछ । म धेरै वर्ष बसे । म अमेरिका आएपछि मैले फेसबुक बन्द गरेको थिए । भाईबर चाँहि चलाउथे र पवित्रसँग कुरा गर्न धेरै कोसिस गरेको थिए तर उनी सम्पर्कमा आएकी थिइनन् । मैले भाईबरमा म्यासेज पठाउथे तर जवाफ कहिले आउँदैन थियो । ईमेल पठाउथे तर जवाफ आउँदैन थियो । जवाफ नआएपछि मैले उनको घरमा फोन गरे र थाहा पाए कि पवित्रको मृत्यु भएको रहेछ; त्यो पनि आत्महत्या । मैले विश्वास गर्न सकिन । उनी आत्महत्या गर्ने व्यक्तिमा पर्दिनन् र कसरी आत्महत्या गरिन् र त्यो पनि म अमेरिका आएको दिन । उनी खुशी हुने व्यक्तिमा पर्छिन् । यदी दुः ख भएको भए, मलाई जरुर भर्थिन् । उनलाई केही दुःख भएको भए, उनले समाधान गर्थिन् । उनी हार मान्ने व्यक्ति थिइनन् । म यस दिन धेरै रोएको थिए । आज आएर थाहा पाए कि उनले मेरो जवाफ किन नदिएको । अचम्म र भावुक भए । मेरो साथ कि यस्तो भएको हो ? पहिला हिमासुबाट पीडित थिए; पछि धमेन्द्रले मलाई छोडेर गए र अहिले पवित्रले । मैले आफूलाई सम्हाल्न धेरै गाह्रो भएको थियोे । बिर्सेन धेरै कोसिस गरे तर अतितले कहिले पिछा छोडेको थिएन । 

३१

समय बित्दै गयो पढाय सकेको थियो र म काम गर्न थालेको थिए । डिपार्टमेन्ट स्टोर र अस्पतालमा काम गर्थे । शनिबार र आइतबार पनि काम गर्थे । यहाँ  आएपछि सबै काम गर्नु पर्ने । सानो कामलाई सम्मान गर्छन् । मैले कुनै दिन पनि छुट्टी लिइन । यसै गरि एक वर्ष बित्यो । बिस्तारै मैले अस्पतालको छोडेर डिपार्टमेन्ट मै गर्न थाले । मेरो तलब बढेको थियो । 

मैले अस्पताल छोड्नुको कारण अशोकको राम्रो सुझाव थियो । उनले मेरो कथाहरु पढेका थिए । म कहिले काँँही कथाहरु पनि लेख्थे । अशोकले मलाई छोटो फिल्महरु बनाउन अनुरोध गरेका थिए । मलाई उनको कुरा चित्त बुझेको थियो । उनका साथीहरुले फिल्महरु बनाउथे र समावेश गराउने कुरा गरे र मैले बनाउने निर्णय गरे । मैले क्यामेरा चलाउन सिके र अरु कुराहरु पनि सिके । उनले अभिनय गर्ने कलाकार खोजेका थिए । मैले आफैले लेखेको पहिलो कथा ‘साथीसँगैको लागि ।’ सबै काम सक्दा दुई महिना लागेको थियो । सुटिङ्गको समय मैले धेरै कुराहरु सिकेको थिए । फिल्म कसरी बनाउने, अभिनय कसरी गराउने, निर्देशक कसरी गराउने, समय कति दिने आदि सबै कुराहरु थाहा पाए । अर्को फिल्म बनाउन धेरै सजिलो भएको थियो ।

फिल्म मैले युटटुबमा राखे । सुरुमा हेर्ने कम थिए तर एक महिनापछि हेर्ने व्यक्तिहरु धेरै भएको थियो । कथा सबैलाई मन पर्न थालेको थियो । त्यसको साथ साथै सुझाव र सल्लाहको कारण मैले अर्को बनाउन मन लागेको थियो । मैले त्यसपछि धेरै बनाए र फिल्महरुबाट कमाए । मैले दुई छोटो फिल्महरु बनाए । बिस्तारै आफ्नो अतित बिर्सेदै गए । 

......................................................................................................................................................................

सोफियाको कथाले मलाई भावुक भएको थिए । त्यसको साथ साथै मलाई उनीको कथा छाप्ने मन लाग्यो । हामी दुवै जना मौन भयौ । मलाई अशोकको बारे जान्न मन लाग्यो । अनि मैले भने,“अनि अशोकको बारेमा केही भन्नुहोस् न ।”

“उनीले अमेरिकी केटीसँग विवाह गरे । पहिलेदेखि सम्बन्धमा थिए । पछि विवाह गरे । मलाई पनि विवाहमा बोलाएका थिए । अहिले उनी खुशी छन् र आफ्नो परिवारसँग रमाइरहेका छन् । उनीको छोरी छ ।”

“ए । अनि अब तपाई अमेरिका फर्केनु हुन्छ कि हुन्न ?”

“फर्के छु । तीन महिना बसेर फर्के छु ।”

त्यही क्रममा, हाम्रो ट्राजिन्ट थियो । काम सकेर हामी बस्ने ठाउँमा बस्यौ । अनि उनले भने, “नेपालमा गएपछि के गर्नु हुन्छ ?”

”सुरुमा त बुवा र आमालाई भेट्छु र पवित्रको परिवारलाई भेट्छु ।”

“ए । खासमा मैले तपाईको फिल्महरु हेरेको रहेछु । राम्रो बनाउनु भएको छ ।”

“धन्यवाद । अनि तपाई चाँहि के गर्नु हुन्छ ?”

“नयाँ उपन्यासको लागि लेख्न थाल्छु ।”

“के सम्बन्धि हो ?” सोफियाले कफी पिउँदै भनिन् । 

“सोच्दै छु कि यसपटक बेग्लै लेखू ।”

“बेग्लै भन्नाले ?”

“सन्पेस लेख्न मन छ ।”

सोफियाको अनुहार नै बिग्रिसकेको थियो । उनी गम्भीर भइन् । म उनलाई निहालेर हेरे । उनी मौन थिइन् । उनी मौन भएको देखेर मैले सोफियालाई भने,“तपाई किन मौन हुनुभएको ?”

सोफिया मुस्कुराइन् र भनिन्,“हाम्रो जिन्दगी नै सन्पेस नै छ । कति बेला के हुन्छ थाहा नै हुँदैन । हाम्रो जिन्दगी नै अचम्मको छ । आज के हुन्छ थाहा छैन न त भोलि नै ।”

”हो ।” मैले भने । उनीको कुरा सुनेर म अचम्म त थिएन तर उनीको भाव बेग्लै थियो । म मौन भए र उनी किताब निकालेर पढ्न थालिन् र म चाँहि नेटबुक निकालेर लेख्न थाले । त्यसपछि हामी मौन नै रह्यो । आ—आफ्नो काम गर्दै थियो । पाँच घण्टा कसरी बित्यो त्यो नै थाहा भएन । पाँच घण्टापछि बोडिङ्गको लागि बोलाइयो र हामी प्लेनमा चढ्यौ । प्लेनमा चढेपछि हामसँग बोल्ने केही थिएन । म केही बेरमै सुतिहाले । उनी चाँहि पढ्दै थिइन् । केही घण्टापछि हामी नेपाल एयरपोर्टमा लाड गरौ । मलाई सोफियाले उठाइन् । अनि आफ्नो झोलामा निकाले । एयरपोर्टको काम सकेर बाहिर निस्कियौ । निस्किएपछि मैले सोफिलाई भने,“हामी भेट्न सक्छौ ?”

“हुन्छ ।”

मैले आफ्नो फोन नम्बर दिए । उनीले धन्यवाद भनिन् र मैले फेरि भने,“तपाईले आफ्नो फेसबुक त खोल्नु भएको छ ?”

“खोलेको छु ।”

“म तपाईलाई फेसबुकमा साथी बनाउछु नि ।”

“हुन्छ ।”

म खुशी भए र अनि हामी आफ्नो बाटो लाग्यौ । 

३२

हामी फेसबुकमा कुरा गर्न थालेको दुई महिना भइसकेको थियो । बिस्तारै बिस्तारै म उनी प्रति आर्कर्षित हुँदै गएको थिए । उनी अर्को ख्याले थिइन् तर पनि म आर्कर्षित भएको थिए । उनको कुराहरुमा भाव थियो र गहिराइ थियो । उनीसँग भेट्न मन लागेको थियो र आफ्नो मनको कुरा व्यक्त गर्न मन थियो र त्यसको साथ साथै एउटा कुरा देखाउनु थियो । त्यसैले मैले फेसबुकको म्यासेजर खोले । उनी अपलाइन थिइन् । अपलाइन भए पनि मैले म्यासेज पठाए । 

“के छ तपाईको खबर ? खासमा म तपाईसँग भेट्न चाहन्छु । तपाई शनिबारको दिन फुर्सद भए, भेटौन ।”

जब मैले म्यासेज पठाए, मेरो ध्यान म्यासेजतिर नै गएको थियो । म्यासेज कतिबेला हेर्छिन् र म्यासेज पठाउछिन् भन्ने भएको थियो । म छटपटाएको थिए । मयसेजर खोल्दै र बन्द गर्दै गरेको थिए । मेरो म्यासेजको बेलुकाको ८ः०० बजे आएको थियो । मैले बिहान पठाएको म्यासेज बेलुका पाए र म हतारिदै म्यासेज हेरे । 

“मेरो खबर ठीक छ । हजुरको ? मेरो फुर्सद छ तर १ः०० बजेतिर मात्र । कहाँ भेट्ने त ?”

“रोड हाउस क्याफे, बौद्ध ।”

“हुन्छ । अहिले म अपलाइन हुन्छु ल ।”

“हुन्छ ।” मलाई अझ कुरा गर्न मन थियो तर उनीसँग जिद्दी गर्न सकिन । शनिबार कुर्नु बाहेक अरु उपाय थिएन । शनिबार आउन दुई दिन बाँकी थियो । दुई दिन पनि मलाई दुई वर्ष जस्तो लाग्ने । के भन्ने र कसरी सुरु गर्ने भएको थियो । उनको जवाफ नाँइ भयो भने ? मेरो स्थिति के हुन्छ ? हुन्छ भनिन् भने, मेरो जिन्दगी राम्रो हुन्छ । 

३३

रोड हाउस क्याफे

बौद्ध

शनिबार

२ः०० बजे 

       हामी दुवै जना टाईममा आइपुगेका थियौ । सुरुमै उनीले मलाई हेरेर भनिन्,“तपाईले मलाई किन भेट्न खोज्नु भएको हो ?”

“पहिला केही अर्डर गरौ न र गफ गरौ न ।”

“हुन्छ ।”

मैले वेटरलाई बोलाए र सोफियालाई भने,“तपाई के लिनु हुन्छ ?”

“कफी र चिकेन मःम ।” सोफियाले भनिन् । 

“मलाई पनि त्यही गरिदिनु होस् न ।” मैले भने ।

वेटरले अर्डर लिएर जान्छन् । वेटर गएपछि सोफियाले भनिन्, “के भन्नु थियो ?”

सोफियाले कुरा बुझि हालिन् र भनिन्,“हेर्नु होस्, मलाई माया गर्नु छैन । तपाईलाई थाहा छ मेरो कहानी । माया प्रति मेरो विश्वास उडिसकेको छ । म अब माया लाउन सक्दिन ।” उनी गम्भीर हुनुको साथ साथै भावुक भएकी थिइन् । 

हामी एक अर्कोलाई हेरिरहेका थियौ र मैले मौनता तोड्दै भने, “एक पटक कोसिस त गर । अतितलाई बिर्सिदेऊ । आफ्नो भविष्य बारे त सोच । आफ्नो अतित सम्झेर आफ्नो भविष्य नबिग्रार । तपाईको भविष्य पनि छ । आफ्नो भविष्य बारे सोच्नु होस् ।”

“मैले आफ्नो भविष्य बारे सोचिसकेको छु तर त्यो भविष्यमा तपाई हुनु हुन्न । तपाई मेरो साथी मात्र हो र त्यो भन्दा अरु केही छैन । त्यसको अप्रेक्षा पनि नगर्नु होस् ।” यति भनेर सोफिया क्याफेबाट निस्किन् । म उनी गएको हेरिरहेको थिए । म मौन नै थिए र मेरो ईगोलाई चोट परेको थियो । म धेरै बेर त्यो क्याफेमा बसिरहे । यदी उनीले मेरो मायालाई स्वीकारेको भए, मैले लेखेको उपन्यास उनलाई देखाउथे जुन उनीको बारेमा थियो तर उनीले मेरो मायालाइर्ए स्वीकारिनन् । म निकै बेर त्यस क्पाफेमा बसेर निस्के । घर पुगे । केही गर्न मन लागेन । म सिधै खाटमा पल्टे । म हराएको थिए र हराउदा हराउदै मेरो ध्यान उपन्यासमा गयो । म खाटबाट उठे र झोलातिर गए र उपन्यास निकाले । म पढ्न थाले । मैले धेरै चोटि पढे । पढिसकेपछि मेरो दिमागमा धेरै प्रश्नहरु थिए । हिमासु कहाँ छन् ? मलाई अचम्म परेको थिए कि सोफियाले किन महिला हिंसा बारे उजुरी गरिनन् । त्यस घटनापछि हिमासुो बारे केही भनिनन् । के भयो त्यस पछि हिमासुलाई ? त्यसको साथ साथै धमेन्द्रलाई कसले मा¥यो ? पवित्रले भेटाएकी थिइन् धमेन्द्रसँग । पोखराको मान्छे काठमाडौमा कसरी भेटियो ? प्रमाणहरु किन भेटिएन । केही न केही प्रमाणहरु त भेटिनु पर्ने तर किन भेटिएन । केही न केही प्रमाणहरु त भेटिनु पर्ने तर किन भेटिएन ? मर्नु अगाडि लेखिो नोट त हुनुपर्ने, त्यो पनि  थिएन । मैले सोचे कि भोलि इन्स्पेकट्र अनमोललाई भेट्ने योजना गरे । टेबुलमा भएको पेपर लिए र के गर्ने र कसलाई भेट्ने लेखे । सुरुमा इन्स्पेकट्र अनमोललाई भेट्ने, त्यसपछि हिमासु, पवित्रको बुवा र आमालाई भेट्ने र अन्त्यमा सोफियाको बुवा र आमालाई भेट्ने । केही रहस्य जस्तो लाग्न थाल्यो । केही न केही छ । यो कहानीमा केही छ । मेरो शङ्का सोफियातिर गइरह्यो । रातभर निन्द्रा परेन । भोलि कहिले हुन्छ जस्तो लाग्यो ।  

३४

बिहानको ८ः०० बज्यो । म सुतिरहेको थिए । अल्छी गर्दै उठे । अनि टेबुलमा भएको मोबाइल हेरे । ८ः०० बजिसकेको रहेछ र म जुरुक्क उठे । हतारिदै कर्न फ्लेक्स कचौरामा हाले र दूध पनि । हतारिदै खाए । मलाई थाहा थियो कि पुलिस स्टेशन १० बजे खुल्ट र मसँग समय थियो तर पनि म हतारिदै थिए । खाएपछि लुगा लगाएर सुकेधारा पुगे । म ९ः०० बजे नै पुगे । बन्द थियो तर म कुरिरहेको थिए । मलाई धेरै कुराहरु जान्नु थियो । म घडी हेर्दै थिए । मलाई निकै हतार भएको थियो र घडी हेर्दा हेर्दै १० बज्यो । अनि म भित्र छिरे । यता उता हेरे । इन्स्पेकट्र अनमोलको नेम प्लेट हेरे तर देखिन । म सिधै गए । नेम प्लेटमा आदित्य थियो । म कुर्सीमा बसे र भने,“इन्स्पेकट्र अनमोललाई भेट्न आएको ।”

इन्स्पेकट्र आदित्यले आफूले हेर्दै गरेको फाइल बन्द गरे । मलाई अजिब तरिकाले हेरे र भने,“तपाई इन्स्पेकट्र अनमोललाई भेट्न आउनु भएको हो ?”

”हो ।”

“तपाईको परिचय ?”

“म अमित दाहाल, लेखक ।”

“तपाई इन्स्पेकट्र अनमोललाई किन भेट्न चाहनु हुन्छ ?”

मैले भने,“खासमा म अमेरिकामा थिए र त्यही क्रममा मेरो साथी धर्मेन्द«काके मृत्यु भएको थाहा पाए । त्यस समय म मअमेरिकाबाट नेपाल सकिन । त्यसैले आज समय मिलाएर आएको ।”

“धमेन्द्रको केस बन्द भइसकेको छ । त्यसको साथ साथै इन्स्पेकट्र अनमोलको मृत्यु एक महिना भइसकेको छ । त्यसैले उहाँको ठाउँमा म छु । मलाई पहिलाको केसको बारेमा केही थाहा छैन ।”

“उहाँ मृत्यु ? कसरी ?”

“रोड दूर्घटना ।”

म केही नबोलिकन त्यहाँबाट निस्के । मेरो दिमाग धुमिरह्यो । सबै मान्छेको आत्महत्या गरेको छन् तर किन ? यो केसमा के छ यस्तो ? म अचम्म परेको थिए । केही घण्टापछि, म ललितपूरको गाउँमा गए । मैले त्यस ठाउँमा बसेका व्यक्तिहरुलाई धमेन्द्रको बारे सोधे तर कसैले नदेखेको बताए । छिमेकीहरुलाई थाहा हुनुपर्ने तर छिमेकीहरुलाई कस्तो थाहा नभएको । सोफियाले धमेन्द्रले काम गर्ने अफिसको बारेमा केही भनेकी थिइनन् । फोटो पनि थिएन । फेसबुकमा केही भेट्छु कि भन्ने थियो तर केही मेसो पाइन । मैले धमेन्द्रको बारे जानकारी लिन दिन लाग्यो तर मेरो हातमा केही लागेको थिएन । 

३५

मैले पवित्रको ठेगाना उनीहरु पढेकाके कलेजबाट लिएको थिए र पवित्रको घरमा पुगे । उनी ललितपुरमा बस्थिन् । चिडियाखानाको छेऊमा बसेकी थिइन् । म १२ बजे पुगेको थिए । मलाई अप्ठ्यारो त लागेको थियो तर पनि मलाई सत्य बुझ्नु थियो । मेले घण्टी बजाए । केही क्षणपछि एक महिला आइन् । रातो कुर्ता लगाउनु भएको थियो । मैले नमस्ते गरे । उहाँले पनि नमस्ते फर्कोउनु भयो र भन्नुभयो, “तपाईलाई मैले चिनि न त ?”

“म पवित्रको साथी, अमित । मैले उहाँको मृत्युको बारे सुने तर आउन सकिन । अमेरिकामा थिए । अहिले नेपाल आएको बेला तपाईलाई भेट्न आएको छु ।”

“आउनु होस् ।”

अनि म भित्र छिरे । बाहिर हेर्दा सानो कोठा जस्तो लाग्ने र तर कोठाहरु ठूलोे नै थियो । उहाँले मलाई बैठक कोठामा लग्नु भयो । मलाई सोफामा बस्न अनुरोध गर्नुभयो र म बसे । हामी दुवै जना मौन भएका थियौ । केही क्षणपछि मौनता तोड्दै मैले भने, “पवित्र कसरी ?” शब्द पूरा गर्न सकिन । 

आमा मौन हुनुभयो । भावुक पनि हुनु भएको थियो । म उहाँलाई हेरिरहेको थिए । उहाँले मौनता तोड्दै भन्नुभयो,“केही वर्ष अगाडि पवित्रले आफ्नो मिल्ने साथी सोफियालाई छोड्न भनि एयरपोर्ट गएकी थिइन् । एयरपोर्टबाट फर्केर आउँदासम्म ठीक थिइन् । ११ः०० बजे सुतेकी थिइन् तर बिहान ९ः०० बज्दासम्म उनी उठिनन् । मैले धेरै बेरसम्म ढकढकाए तर पनि उाी उठिनन् र केही बोलिनन् पनि । आधा घण्टासम्म पनि ढोका खोलिन् । पछि बुवाले मान्छे बोलाएर ढोका फोढाउन लगाउनु भयो । भित्र छि¥यौ । अनि उनी भएको छेऊमा गयौ । उनीलाई धेरै बेर बोलायै तर बोलिनन् । पछि सास चेक गरौ तर सास चलेन । अस्पताल लाग्यौ र डाक्टरले उनी मृत्यु भएको घोषणा गरे । ५ घण्टा अगाडि नै मृत्यु भएको कुरा व्यक्त गरे तर जीऊमा केही भेटिएन । अचम्म परेका थियौ । केही चिन्ता थिएन न त केही रोग नै । पुलिसले पनि केही पत्ता लगाउन सकेनन् । हामी अचम्म परेका छौ अहिलेसम्म कि उनी किन र कसरी मरिन् भनेर । कोठामा पनि केही थिएन ।” आमा भावुक हुनु भयो । म उहाँलाई हेरिरहेको थिए । म मौन नै थिए । मलाई के भन्नु भएको थियो । म यता उता हेर्दै थिए । फोटोहरु थिए । फोटोहरु हेर्न थाले । धेरै जसो एक्लै भएको थियो । म फोटोहरु हेरेपछि आमालाई भने,“अब म जान्छु, आमा । केही सहयोग चाहिन्छ भने, मलाई खबर गर्नु होला ।” मैले आफ्नो नम्बर दिए । 

“चिया पिएर जानुहोस् न ।”

“पर्दैन । म एक ठाउँमा जानु छ ।”

“हुन्छ । कहिले काँही आउँदै गर्नुहोस् न बाबु ।”

“हुन्छ आमा ।”

अनि म त्यहाँबाट निस्के । दिमागमा प्रश्नहरु थिए । पवित्रलाई के भएको थियो, कसरी र कसले ? बुवा र आमालई कसरी थाहा भएन ? के राज छ ? दिमागमा धेरै सोचहरु आइरह्यो । उत्तरहरुको लागि गएको थिए तर उत्तर बिन भए । 

३६

म सोफियाको घर खोज्दै चावहिल पुगे । कुन घर हो थाहा थिएन । टोयोताको शोरुमतिर पुगे र पसलमा सोधे र एक जनाले घर देखाइ दिए । मैले उनलाई धन्यवादभने । म सोफियाको घर पुगे । घरमा साँच्चो लगाइएको थियो । म यता उता हेरे । कसैलाई पनि देखिन । कसलाई सोध्ने ? म हर रोज सोफियाको घर जान्थे तर कसैलाई भेटिन थिए । सोचे कि सोफिया त अमेरिका गइन् तर बुवा आमा त हुनु पर्ने ।

त्यसको साथ साथै म धमेन्द्रको जानकारी लिन खोजे तर सकरात्मक सोच आएन । उनीको पनि पवित्रको जस्तै गरि मृत्यु भएको थियो । म अचम्म परेको थिए । कसरी ? धमेन्द्रको बुवा र आमालाई भेट्न खोजे तर सोचे कि पवित्रको बुवा र आमालाई थाहा नभएको पनि हुन सक्छ । त्यसैले भेट्न चाहिन । त्यसको साथ साथै इन्स्पेकट्र अनमोलको मृत्यु पनि अचम्म थियो । पुलिस स्टेशन गए तर केही जवाफ दिएनन् । मलाई अचम्म लागेको थियो कि मैले किन यति चासो दिइरहेको छु त्यो पनि सोफियाको जिन्दगीमा । अतितमा भइसकेको कुरा किन खोजिरहेको छु ? उनीले मेरो माया अस्वीकार गरे पनि म किन उनीको पछि लागे । मलाई के भइरहेको छ ? म आफूलाई नै थाहा छैन । म हर रोज सुत्न सकेको थिइन । म सोफिया कै यादमा डुबेको थिए । 

३७

म न्यू रोडमा एक क्याफेमा थिए । शनिबारको दिन थियो । साँझको समय थियो । म अफ्नो पूराना साथीहरुसँग गफ गर्दै थियौ । स्कूलको जमघट थियो । हामी साथी भाइहरु १० वर्षपछि भेटेका थियौ । हामी १५ जना मात्र थियौ । धेरै जना आएका थिएनन् । विशेष गरी केटीहरु । हुन त प्राय ः केटीहरुको विवाह भइसकेको थियो । स्कूलका कुराहरु गर्न थालेका थियौ र म अतितमा पुग्न थाले । कति रमाइला थिए ती दिनहरु । अनि हामी सबै जना मुस्कुरायौ र मनदेखि नै हाँसेका थियौ र धेरै महिनाहरु पछि म आफै मनदेखि हाँसेको थिए । हामी त्यसको साथ साथै हामी प्रेमको कुरा गर्न थाल्यौ । स्कूलमा हुँदा कति जनालाई प्रेम प्रस्ताव राख्थ्यौ र धेरैको बेक्रअप भएको थियो । थोरैको मात्र प्रेम सफल भएको थियो । सबै जनालाई हेरे । सबै जना कहाँ पुगे । कति छिटो समय बित्यो ।  आफ्ना साथीहरुसँग गफ गर्दै क्रममा मैले सोफियालाई बाहिर गएको देखे । म अचम्म परेको थिए । अहिले उनी अमेरिकामा हुनु पर्ने । अनि मैले आफ्ना साथीहरुलाई एकछिन भनेर भनेर सोफियाको पछि लागे । उनी स्कूटरमा गइन् र मैले उनलाई बाईकमा पिछा गरे । उनी भित्रको बाटो गएकी थिइन् जुन मैले कहिले गएको थिइन । उनी एक घरमा गइन् । अँध्यारोको कारणले म कुन ठाउँमा आए मलाई नै थाहा छैन । सोफियाले एक घरो छेऊमा आफ्नो स्कूटर राखिन् । भित्र छिरिन् र म पनि भित्र छिरे । घर हेर्दा पूरानो थियो जहाँ कोही बसेका थिएनन् । उनी माथि जाँदै थिइन् तर बिचमा उनी हराइन् । म यता उता हेर्दै थिए । अनि म एक कोठामा गए जुन खाली थियो र अँध्यारो थियो । मैले आफ्नो पकेटबाट मोबाइल निकाले र बत्ति बाले र बालिसकेपछि यता उता हेरे । कोही थिएन । मैले सोफियालाई देखिन । एकै छिनमा कता हराइन् । केही क्षणपछि पछाडिबाट मलाई हिक्काइन् । एक चोटि होइन धेरै चोाटि । मलाई कसले हिकायो मैले थाहा पाइन । पछि होशमा आउँदा मलाई कुर्सीमा बादिएको थियो र मेरो आँखा छोपिएको थियो । मलाई नराम्रोसँग बाँधिएको थियो । मैले कोही छ भनि बोलाए तर कोही बोलेनन् । म कहाँ थिए मलाई नै थाहा थिएन । 

३८

६ महिनापछि

असार २२

दिउँसोको २ः०० बजे 

नेपाल प्रज्ञा भवन

मानिसहरुको भीड थियो । मानिसहरु आउने क्रम थियो । आज सोफियाको लागि विशेष दिन थियो । त्यसको साथ साथै खुशी देखिन्थिन् । उनी समयमै आएकी थिइन् र अगाडिको कुर्सीमा बसेकी थिइन् । सोफियाको साथमा चर्चित हस्तिहरुको पनि उपस्थित थिए । त्यही क्रममा, मेरिना अगाडि आइन् र भनिन्, “स्वागत छ, तपाईहरु सबै जनालाई स्वागत छ । आज विशेष छ । यो कार्यक्रम नै विशेष छ । आजको किताबको विमोचमा हामी स्वागत गछौ सोफियाजीलाई ।”

उपस्थित भएका दर्शकहरुले तालि बजाए र हस्तिहरुले पनि बजाए  । तालि बजिसकेपछि मेरिनाले फेरि भनिन्,“सोफियाजीले पहिलाका उपन्यासहरु भन्दा बेग्लै छ । पढ्दा रोमान्टिक जस्तो देखिन्छ तर पछि पढ्दै जाँदा झन् रमाइलो र राम्रो लाग्ने छ । त्यसको साथ साथै सोफियाजी धेरै समय लगाएर लेखेको उपन्यास हो । म धेरै बोल्न रुचाइन र त्यसैले म सोफियाजीलाई केही बोल्न अनुरोध गर्छ‘ ।”

सबै जनाले तालि बजाए र सोफियाजी माइकको अगाडि आइन् । अगाडि आएपछि उनीले भनिन्,“सबैलाई धन्यवाद दिन चाहन्छु । मैले बेग्लै लेख्न कोसिस गरेको छु । धेरै अनुसन्धान गरे र मलाई धेरै समय लागेको थियो । पहिलाको उपन्यासहरु रोमान्टिक थियो जुन सफल भएनन् । त्यसैले मलाई केही लेख्न प्रेरित ग¥यो । म धेरै बोल्न चाहिन किनकि म पाठकलाई छोड्न चाहन्छु कि मेरो उपन्यास पाठकहरुलाई कस्तो लाग्ने छ ।”

अनि किताबको विमोचन भयो । सोफिया धेरै खुशी थिइन् । विमोचन गरिसकेपछि हस्ताक्षर गर्ने कार्यक्रम थियो । फोटो खिच्ने काम पनि भयो । 

३९

सोफियाको उपन्यास ‘लेखक, युवती र कहानी’ निकै चर्चित भयो र उनी रातारात चर्चामा आइन् । त्यसको साथ साथै ‘लेखक, युवती र कहानी’ को चलचित्र पनि ब¥यो जुन उपन्यासभन्दा धेरै चल्यो । आफ्नो सफलता देखेर खुशी थिइन् । खुशी त थिइन् तर उनीको वास्तविकता कसैलाई पनि थाहा थिएन । आफूलाई सफल बनायन जे पनि गरिन् । 

हिमासुसँग त विवाह गरिन् तर पिडित हिमासु थिए । सोफियाको खुशीको लागि नै ललितपूरमा बसेका थिए । सोफियाले हिमासुलाई लुकाएकी थिइन् । त्यसैले कसैले हिमासुलाई नदेखेका हुन् । हररोज मानसिक यातना सोफियाले होइन हिमासुले सहेका थिए । हिमासुले उनीलाई कहिले हात लगाएनन् । धेरै माया गर्थे । हिमासुलाई धेरै पिटिन् र पछि उनीले हिमासुलाई नै मारिन् । हिमासुले सोफियालाई होइन, सोफियाले चै पिटेकी थिइन् । आईस्को चकुले मारेकी थिइन् । हिमासुको लाश जनावरहरुलाई खान दिइन् । पछि आफ्नो जिऊमा घाऊ बनाइन् र अस्पताल गईन् । पवित्रलाई फोन गरिन् र सबै झूटो कहानी सुनाइन् । पछि पोखरा गइन् । धमेन्द्रको सम्पत्तिमा आँखा परेको थियो । त्यसैले नाटक गर्न थालिन् । पछि धमेन्द्रले थाहा पाए र मारिदिन् र काठमाडौमा लगिन् । केही प्रमाण छोडिनन् । पवित्रलाई मार्नुको कारण उनीले शङ्का गर्न थालेकी थिइन् । पवित्र सोफियालाई पु¥याएपछि, फर्केकी थिइन् । पवित्र घर पुग्नु अगाडि नै सोफिया घर पुगिन् र आफ्नै साथीलाई मारिन् । सोफियाले ईन्टरनेटबाट हेरेर आईस्को चक्कुको बारेमा थाहा पाइन् र आईस् छिट्टै पगलिन्छ । त्यसैले केही नदेखेको हो । इन्स्पेकट्र अनमोललाई कसले मारे थाहा भएन । 

लेखक अमितलाई सबै झूटो कहानी बताएकी थिइन् । सोफियालाई थाहा थियो कि अमितले कहानीको पात्रहरुलाई खोज्ने छन् तर उनले केही भेट्ने छैन भन्ने थाहा थियो । पछि अमितलाई अपहरण गरेर उनले लेखेको उपन्यासमा थपेर छापेकी हुन् । उनीको पहिलो उपन्यास त्यति सफल भएको थिएन न त दोस्रो नै । उनीलाई केही गर्नु थियो । त्यसैले आफ्नो बनाउन आफ्नै जिन्दगीको बारे लेखिन्, जुन आधा झूटो थियो र आधा साँच्चो थियो । 


Comments

Popular Posts