कसम

कसम मैले तिम्रो तोडे
वाचा मैले तिम्रो तोडे
सपना तिम्रो मैले तोडे
विश्वासलाई पनि तोडे ।

हो, म तिम्रो गुनेगार हुँ
हो, म तिम्रो धोकेवाज हुँ
हो, म तिम्रो लायग छैन
तर, म तिमीलाई धेरै माया गर्छु ।

हो, म तिमीलाई धेरै माया गर्छु
संसारले गर्नेभन्दा धेरै गर्छु
यो संसारले मेरो माया बुझ्दैन
न त हाम्रा आफन्तले नै ।

हाम्रो मिलन यो जुनीमा
नभए पनि अर्काे जुनीमा हुनेछ
म अर्को जुनीमा तिम्रै मिल्ने जातको हुनेछु
यो जुनीमा म अर्काे जाकिोे भए ।

तिम्रै खुशी र मायाको लागि
म कसम तोडै छु
वाचा पनि तोडै छु
सपना तिम्रो मैले तोडै छु
विश्वास पनि तोडै छु

अर्काे जुनीमा तिम्रो कसम, वाचा
सपना र विश्वास तोड्नै छैन
किनकि साँचो माया
सधै जुनीको लागि हुन्छ
र, हामी माया गर्ने
व्यक्ति अर्काे जुनी र जन्म लिने गछौ ।

Comments

Popular Posts