माया

माया तिमीलाई धेरै गर्छु
आफूभन्दा धेरै गर्छु तिमीलाई 
झूटो कसम खादिन म 
झूटो आसवासन दिन चाहन ।


तिम्रो लागि आकाशको तारा ल्याउन सक्दिन 
तिम्रो लागि म आफ्नो ज्यान दिन सक्दिन 
तिम्रो लागि म सधै सुख दिन सक्दिन 
तिम्रो लागि सबै थोक गर्न सक्दिन । 

हो, माया तिमीलाई धेरै गर्छु 
तर आकाशको तारा म टिप्पन सकिदन 
तिम्रो लागि ज्यान दिए भने 
म तिमीलाई कसरी माया गर्नु 
यदी जिन्दगीमा सुख दिए भने 
दु ःखमा कसरी साथ दिने 
सबै थोक दिए भने 
माया कम हुँदै जान्छ 
त्यसैले म तिमीलाई 
झुटो कसम दिन चाहन
झुटो आसवासन दिन चाहन 
तिमीलाई साथ दिन चाहन्छु
तिमीलाई साँच्चो माया दिन चाहन्छु ।

Comments

Popular Posts