म दूर जाँदै छु

म तिम्रो माया लिएर दूर जाँदै छु
म तिम्रो याद लिएर दूर जाँदै छु
समयले मेरो साथ दिएको छैन
त्यसैले म दूर जाँदै छु
तिम्रो माया र याद लिएर जाँदै छु ।

समयले हाम्रो साथ नदिए तापनि
मेरो माया कहिले कमि हुने छैन
समयले मलाई तिम्रो नबनाए पनि
मेरो मुटुको धड्कनमा तिमी छौ

मायामा सधै माया पाउनु पर्छ भन्ने छैन
मायामा एक अर्कोको हुनुपर्छ भन्ने छैन
मायामा पाउनु पर्छ भन्ने छ
गुमाउनुमा पनि माया हुन्छ
गुमाउनुमा मायाको अर्थ लुकेको हुन्छ
मायामा कहिले कम हुँदैन ।

त्यसैले,
म तिम्रो माया लिएर दूर जाँदै छु
म तिम्रो याद लिएर दूर जाँदै छु
समयले मेरो साथ दिएको छैन
त्यसैले म दूर जाँदै छु
तिम्रो माया र याद लिएर जाँदै छु ।


Comments

Popular Posts