सम्झना

सम्झना तिम्रो मलाई नभएको होइन
याद तिम्रो मलाई नआएको होइन
माया मलाई तिम्रो नलाग्ने होइन
तर, तिमीलाई देखाउन  सक्दिन ।

फोन तिमीलाई मैले नगरे कै हो
सन्देश पनि तिमीलाई नपठाए कै हो
फोन गर्देमा, सन्देश पठाउदैमा माया हुँदैन
म तिमीलाई धेरै माया गर्छु
मेरो मुटुको धुड्धुडीमा तिमी नै छौ ।

मेरो आँखाको नानीमा तिमी छौ
मेरो मनमा तिमी नै छौ
मेरो हर सासले तिम्रो नाम लिन्छ
मेरो सपनीमा तिमीलाई देख्छु ।

तिमीलाई धेरै माया गर्छु
आफैलाई बिर्सेछु
तिम्रै यादमा हरपल डुबेको हुन्छु
तिम्रै तस्बिर आँखा र मुटुको धड्कनमा राखेको छु
तिमीलाई आफै बनाइसके ।

Comments

Popular Posts