नम्रता

पुस्तकः नम्रता
लेखकः कृष्ण अविरल
विधिः उपन्यास
प्रकाशकः मञ्जरी
प्रकाशन मितिः माघ, २०७३


कृष्ण अविरलद्धारा लिखित नम्रतामा पे्रमको बहुलस्वरुप र मौन विद«ोहलाई सशक्त रुपमा प्रस्तुत गरेको छ । त्यसको साथ साथै उपन्यासकी नायिकाले आफ्नो प्रेमका लागि समाजका नियम–कानुन र मुल्यमान्यताका सबै खाले लक्ष्मणरेखा पार गर्छिन् ।

यो कथा हो नम्रताको । उनी बुबा, आमा, एक भाइ र एक दाइसँग बस्छिन् । उनीको बुबा खडानन्द कडा स्वभावका हुन्छन् । उनी कक्षा ९ मा पढेछिन् । नम्रता कम बोल्ने स्वभावकी हुन्छिन् । कोही छेउमा आयो भने उनी डराउथिन् । नम्रता सधै स्कुल हिडेर जान्छिन् । यही क्रममा उनीको भेट एक युवकसँग हुन्छ । युवकको नाम गोविन्द हुन्छ । गोविन्दसँग उनीको आकर्षण बढ्दै जान्छ तर उनी बोल्न सकेकी थिइनन् ।

नम्रतालाई बाटो देख्ने बितिकै गोविन्द साइकलको घट्टी बजाउँदै आउँन्थे । उनी मुस्कुराउथिन् । कहिलेकाहि उनी स्कुल जान ढिला हुँदा गोविन्ले स्कुलसम्म छोडि दिन्थ्यो । तर एक दिन खडानन्दको कानमा यो कुरा पुग्छ । यो कुरा थाहा पाउँदा उनले गाली र यातना दिन्छन् तर नम्रता र गोविन्दलाई माया गर्न रोकेको हुँदैन । कहिले लुकिछिपि भेट्थे त कहिले पत्रबाट कुरा हुन्थ्यो । तर नम्रता र गोविन्दको प्रेम खडानन्दले थाहा पाउँथे र रोक्ने कोसिस गर्थे । कहिले नाकाबन्दी गर्थे  त कहिले कोहीसँग पठाउँथे तर पनि दुई लुकीछिपि भेट्थे ।

हरेक पल र क्षण उनीलाई यातना दिइरहन्थे । कहिले गाली गर्थे त कहिले हात उडाउथे । खडानन्दले धेरै सम्झाउन कोसिस गर्थिन् तर खडानन्द आफ्नो जिद्दी हुन्छ । उनको यातनाको कारण नम्रताको आनी बानी र मानसिक रुपमा परिवर्तन आउँछ तर पनि उनीले गोविन्दलाई बिर्सेन सकेकि थिइनन् ।

यो उपन्यास मलार्ई मन परेको मध्ये एक हो । सरल भाषा र गहकिलो विषयमा लेखिएको छ र यस उपन्यास बाबु आमाले गर्नु पर्ने कर्तव्यबारेमा छ । यातना, गाली र पिटेमा समस्याकने समाधान हँुदैन । झन् कामलाई वडबा दिन्छ । आफ्नो छोराछोरीलाई सम्झाउनु पर्छ । यातना दिएमा मानसिक रुपमा असर पर्न सक्छ । त्यति मात्र होइन यातना, गाली र पिटेमा बालबालिकाले आफ्नो अभिभावकलाई हेर्ने दृष्टिकोणमा फरक पर्छ । यो उपन्यासको मूल  भाव यही हो । यो उपन्यासमा अभिभावकले आफ्नो बालबालिकासँगको व्यवहार कस्तो हुनुपर्छ भन्नेमा छ ।

अन्तमा यो उपन्यास पढ्न उपयुक्क्त हुन्छ । हरेक अभिभावकले पढ्न जरुरी छ । यो एक पल्ट पढ्ने उपन्यास हो ।  

Comments

Popular Posts