मेरो भावना

आफूले माया गरेको व्यक्ति धेरै दिनहरुसम्म रिसाउदा मन अर्के हुँदो रहेछ । फकाउदा पनि नमान्दा धेरै गाह्रो हुँदो रहेछ । मन अशान्त हुन्छ । सबै बाटोहरु बन्द हुन्छ र अब के हुन्छ आफूलाई नै थाहा हुँदैन कि अब के गर्ने । धेरै दिनहरुसम्म निकै गाह्रो हुन्छ । उनकै बारेमा सोचिदो रहेछ । रिसाएको छ कि छैन, के सोचिरहेको छ र मुड कस्तो छ भन्ने चासो हुँदो रहेछ । यो माया भन्ने चिज यस्तै हुँदो रहेछ । बिर्सेन पनि गाह्रो हुँदो रहेछ । समय बित्दै गए पनि कहि न कहि उनकै याद आउँछ र मनमा कहि न कहि हुन्छ । जिन्दगीमा एक चोटि आइसकेको व्यक्तिहलाई सजिलै बिर्सेन गाह्रो हुन्छ । भावना बेग्लै भए पनि मनमा र दिमागमा आफूले माया गरेको व्यक्ति रहिरहन्छ । It’s not easy to forget the one whom we have loved. सायद त्यहि भएर होला फिल्महरु र गीतहरु मायामा भएको जिन्दगीमा सबैको भाग्यमा माया भन्ने लेखेको हुँदैन रहेछ । आफूले माया गरेको व्यक्ति नपाउदा धेरै पीडा हुन्छ । रुन मन लाग्छ । त्यसैले जिन्दगीमा केही व्यक्तिहरु खास हुन्छन् । 

Comments

Popular Posts