मानिसहरुको जिन्दगी

मानिसहरुको जिन्दगी आफूले सोचेको कहाँ हुन्छ र ! त्यसको साथ साथै, जिन्दगीमा के मोड आउँछ कसैलाई थाहा हुँदैन । सुख र दुःख मानिसहरुको जिन्दगीमा आइरहन्छ । दुःख  कसैलाई थोर र कसैलाई धेर तर दुःख भनेको दुःख नै हो । त्यसको साथ साथै, अरु व्यक्तिहरुलाई व्यक्तिलाई जश गर्न धेरै सजिलो छ तर उनीहरुको ठाउँमा हामी भएको भए के हुन्थ्यो  र के गर्थे ? भन्न सजिलो छ तर अरुलाई के थाहा हुन्छ र अरुको पीडा ! अरुले गरेको दुःख कहाँ देख्छन् र ? सुख मात्र देख्छन् । भन्न र गर्न धेरै फरक छ । 

..................................................................................................................................................................

मानिसहरुको सोचाइले पनि अरु मानिसहरुलाई असर धेरै पर्दो रहेछ । अरुको कुराको मतलब गर्दिन भनि सोचिरहेका हुन्छौ तर कहि कतै असर परिरहेको हुन्छ । जति सोच्दिन भनि बसेको हुन्छ त्यति नै सोच आउँदो रहेछ । अरुको कारणले आफ्नो मानसिकमा समस्या आउँदो रहेछ । 

त्यसको साथ साथै, एक व्यक्तिको कारणले मानिसको जिन्दगीमा धेरै फरक आउँदोे रहेछ । उनकै कराणले मुस्कुराउन मन लाग्छ । उनकै दुःखमा आँसु झार्न मन लाग्दो रहेछ । आफूले माया गरेको मान्छेसँग बोल्न मन लाग्दो रहेछ । एक दिन नबोल्दा र नदेख्दा मन छट्टपट्टीन थाल्दो रहेछ । 


Comments

Popular Posts