मेरो बदलिएको जिन्दगी
१
म राजिव शर्मा र म चाबहिलमा बस्छु । म घरको एक्लो सन्तान हूँ । त्यसैले म धेरै पुलपुलेको थिए । बुवा र आमाले मेरो ईच्छा सबै पु¥याइदिनु भएको थियो । सायद एउटा बच्चा भएर होला मेरो ईच्छा पूरा गरिदिनु भएको थियो । त्यसको साथ साथै, म बच्चैदेखि चकचके थिए र चकचके भए तापनि मेरो पढाइ राम्रो थियो । स्कूलमा म सधै प्रथम वा दोस्रो हुन्थे र स्कूलको गतिविधिहरुमा पनि भाग लिन्थे र मैले पुरस्कार पाउन्थे । मेरो बुवा सरकारी जागिरे र बैकममा काम गर्नु हुन्थ्यो । आमा चाँहि गृहिणी हुनु हुन्छ ।
म आनन्दले सुतिरहेको थिए । त्यही क्रममा, आमा मेरो कोठामा आउनु भयो र मैले ओडेको कम्बल निकालि दिनु भयो । अनि रिसाउदै भन्नुभयो,“आज एसएलसी परिक्षाको नतिजा आउने दिन । यसलाई केही कुराको मतलब छैन । बिहानको ९ः३० बजिसक्यो तर पनि यसलाई केही छैन । उठ् । नतिजा हेर्न उठ ।”
यति भनेर आमा मेरो कोठाबाट निस्कनु भयो । म चाँहि आनन्दले उठे । मलाई केही कुराको चिन्ता थिएन । अनि पसल गएर पत्रिका लिएर आए र आफ्नो नम्बर हेरे । म पास भएको रहेछु । अहिलेको जस्तो ईन्टरनेटमा हेर्ने सुविधा कम थियो । साइबर जानु पथ्यो । दुई हप्तापछि मार्क सिट आयो र मेरो ८३.३४ प्रतिशत आएको थियो । बुवा र आमालाई भने । उहाँहरु निकै खुशी हुनु भएको थियो । म घरको एक्लो छोरा भएकाले होला बुवा र आमालाई चाँहि म विज्ञान पढिदिए हुन्थ्यो जस्तो लागेको थियो तर मलाई विज्ञान पढ्न मन थिएन । मलाई डाक्टर बनाउने रहर थियो । वास्तवमा मलाई डाक्टर हुनु नै थिएन । प्रथम डिभिजन आएको थियो र मैले बुवा आमालाई म डाक्टर बन्दिन भने । मलाई धेरै चोटि विज्ञान पढ्न सम्झाउनुको साथ साथै अनुरोध पनि गर्नु भयो । म एउटै कुरामा अडिरहेको थिए र अन्तमा आएर मान्नु भयो । अनि मैले कमर्स पढ्ने कुरा भयो र मैले कलेज हेर्न थाले । धेरै कलेजहरुमा प्रवेश परिक्षा दिए र प्राय ः सबैमा नाम निस्किएको थियो र नाम निस्किएको कलेजहरुले मलाई बोलाएको थियो तर मैले ग्लोबल कलेज, नयाँ बानेश्वरमा पढ्ने निर्णय गरे ।
२
साउनको पहिलो हप्ता थियो । ६ः०० बजेको अर्लाम बज्यो । मैले बन्द गरे र १० मिनेटपछि मात्र उठे । कक्षा ६ः४५ मा सुरु हुने थियो । हतारिदै म बाथरुमा गए र केही क्षणपछि तयार भए । म अनि हतारिदै घरबाट निस्किए । आमा चाँहि चिया पिएर जा भन्दै हुुनु हुन्थ्यो तर हतारको सूरमा मैले केही सुनिन । म चाबहिलको बस स्टेशनमा गाडी कुरे र पाँच मिनेटपछि बानेश्वरको माईक्रो आयो र माइक्रोमा चढे । चढिसकेपछि मैले मोबाइल निकाले र कानमा इयरफोन लगाए र गीत सुन्न थाले । १५ मिनेटपछि माइक्रो बानेश्वरमा रोक्यो र मैले पैसा तिने र गाडीबाट निस्किए । एक छिन हिड्नु पथ्यो । म पाँच मिनेट ढिलो भइसकेको थिए । गेटमा थिए र पाले दाईलाई मैले हेर्दै भने, “यो कमर्सको कक्षा कता हो ?”
“तपाई नयाँ विद्यार्थी हो ?”
“हो ।”
पाले दाईले मलाई भवन देखाउदै भन्नुभयो,“पहिलो भवनको बिचको हो । ब्लक बि लेखेको छ ।”
“हुन्छ ।” अनि म कक्षामा गए ।
“मे आइ कमिन सर ?” मैले भने ।
सरले मलाई हेर्दै भन्नुभयो,“आउनुहोस् ।”
म यता र उता हेर्न थाले । दाँयाको पहिलो बेन्च मात्र खालि थियो । मलाई पहिलो बेन्चमा प्राय बस्न मन पर्दैन थियो र बसेको थिइन । पहिलो पटक बाध्यताले बस्दै थिए । बसिसकेपछि मेरो छेऊमा बसेको केटा मुस्कुराए र म पनि मुस्कुराए । उनको हाइट ठीकको थियो । न त उनी दुब्ला थिए न त मोटा । ठीकका थिए । अनुहार चाँहि मिलेको थियो र चस्मा लगाएका थिए । अनुहार हेर्दै पढ्ने ख्यालको थियो । म बसिसकेपछि सरले मलाई हेर्दै भन्नुभयो,“सबै जनाको पचिय सक्किएपछि तपाई कक्षामा आउनुभयो । हजुरको परिचय ?”
म उठे र म उठेको देखेर सरले भन्नुभयो,“बसेर परिचय दिँदा हुन्छ ।”
अनि म बसे र भने,“मेरो नाम राजिव शर्मा हो । म चाबहिलमा बस्छु । मैले एसएलसी पिनाकल स्कूलबाट दिएको हो ।”
सुरुको दिन परिचयबाट सुरु भयो । त्यसको साथ साथै मसँग बस्नेको नाम सुरज गिरी रहेछ र उनी कपनमा बस्दा रहेछन् । घरमा बुवा र आमाको साथ साथै, एक जना दिदी, भाइ र बहिनी थिए । दिदीले स्नातक डिग्री सक्न एक वर्ष बाँकी थियोे । भाइ र बहिनी स्कूलमै पढ्थे । सुरज हेर्दै ज्ञानी र बुझ्ने देखिन्थे र सोझो पनि देखिन्थे । त्यसको साथ साथै उनले स्कूलकै टपर रहेछन् । घरबाट विज्ञान पढ्न धेरै दबाव दिएका थिए तर उनलाई विज्ञान पढ्न मन थिएन । उनलाई कमर्समा रहर थियो । बुवा र आमालाई धेरै चोटि सम्झाए । बुवाले त राम्रो अंक ल्याएको छ किन पढ्नु प¥यो कमर्स पढ्नु ? मानिसहरुको विज्ञान पढ्न नपाउदा कस्तो छ भन्नु भएको थियो रे तर सुरजलाई मनदेखि अर्थमा रहर थियो । अन्त्यमा सुरजको खुशीको लागि हार मान्नु भएको थियो । उनको पनि मेरो अवस्था जस्तै भएको रहेछ ।
३
कलेज भर्ना भएको दुई हप्तापछिको कुरा हो । फाइनासनको कक्षा सुरु भइसकेको थियो । त्यही क्रममा, एउटा मिठो स्वरको आवाज आयो ।
“मे आई कमिन सर ?”
“आउनुहोस् ।”
म चाँहि पछाडि फर्केर हेरे । अनुहार लामो भएको, कपाल बाधेको, ठीकको जिउ र आँखाहरु ठूला र राम्रा । मलाई त आँखाहरु साह«ै मन परेको । उनी खाली ठाउँ हेरिरहेकी थिइन् र नभन्दै म बसेको पछाडिको बेन्च खाली नै थियो र त्यही बसिन् ।
त्यही क्रममा, सरले भन्नुभयो,“तपाईको परिचय ?”
“मेरो नाम सुरक्षा पोखरेल हो । मैले एसएलसी जनता विद्यालयबाट दिएकी हुँ । म चाबहिलमा बस्छु ।”
उनीले चाबहिलमा बस्छु भन्दा मेरो मनमा लडू पू¥यो । म दगं परेको थिए । हामी त छिमेकी रहेछौ ।
समय बित्दै गयो । कक्षामा सबै जनाको समूह बनिसकेको थियो । म र सुरज चाँहि धेरै मिल्ने साथी भनिसकेका थियौ । सुरक्षाको पनि समूह भइसकेको थियो । उनको समूहमा संगीता, सुम्मा र दुर्गा थिए । चार जनामध्ये संगीता चाँहि धेरै बोल्ने र सुरक्षालाई चाँहि कम बोल्नु पर्ने ।
एक दिनको कुरा हो । सुरजले मलाई लाइब्रेरी जाऊ भयो र म उनको पछि लागे । त्यही क्रममा, लाइब्रेरीमा मैले सुरक्षालाई देखे र सुरजलाई भने,“हामी त्यस टेबुलमा गएर बसू न ।” मैले सुरक्षा बसेको टेबुल देखाए । भन्न त उनले केही भनेनन् तर अचम्मको तरिकाले हेरिरहो थिए । हामी दुवै जना सुरक्षा भएको ठाउँमा गयौ र मैले भने,“हामी यहाँ बस्न सक्छौ ?”
“हुन्छ ।” संगीताले भनिन् ।
वातावरणमा मौनता छाएको थियो । मैले सुरक्षालाई हेरे र उनीले यता र उता हेरिन् । उनीलाई लाज लागेको थियो । त्यही क्रममा, मैले उनीलाई हेर्दै भने,“हाई, मेरो नाम राजिव हो । हामी एउटै कक्षामा पढ्छौ ।”
“हामीलाई थाहा छ ।” संगीताले भनिन् ।
किन संगीतालाई जान्ने भएर बोल्नु परेको होला । मलाई सुरक्षाको आवाज सुन्न मन थियो र मैले फेरि भने,“तपाई कता बस्नु हुन्छ ?”
“म चाँँहि नयाँ बानेश्वरमा बस्छु, सुरक्षा गोपी कृष्ण हलको नजिक बस्छिन् र सुस्मा चाँहि भक्तपुरमा बस्छिन् ।” संगीताले फेरि बोलिन् ।
मलाई रिस उठ्यो र मैले भने,“होइन हो, तपाईको साथीहरुलाई बोल्न आउँदैन । अघिदेखि तपाई मात्र बोल्दै हुनु हुन्छ ।”
सुरजले चाँहि मलाई छक्क परेर हेरिरहेका थिए र मेरो बारेमा केही न केही सोचिरहेका थिए । त्यही क्रममा, संगीताले भनिन्,“हो, तपाईले ठीक भन्नुभयो । मेरा यी दुई भित्रहरुलाई बोल्न आउँदैन र म उनीहरुको वकिल हूँ । जे सोध्नु छ, सोधे हुन्छ । यिनीहरुको बारेमा मलाई थाहा हुन्छ ।”
मैले र सुरक्षाले संगीतालाई हेरौ । सुरक्षाले अचम्म पाराले हेर्दै थिइन् । उनीलाई यो के भइसकेको जस्तो भएको थियो । मेरो नजर उनी प्रति गयो । खै किन हो मलाई उनीलाई हेरिरहू जस्तो लाग्छ । संगीताले मलाई याद गरिरहेकी थिइन् र भनिन्,“यो लाइब्रेरीमा सुरक्षा मात्र छैनन्, हामी पनि छौ ।”
संगीता आफ्नै कुरामा आफै हांसिन् भने हामी दुवै जना अप्ठ्यारो मा¥यौ । विशेष गरी सुरक्षालाई अप्ठ्यारो लागेको थियो र उनले यता र उता हेरिन् ।
त्यस पश्चात सुरज र म हररोज लाइब्रेरी जाथ्यौ । सुरज चाँहि पढ्न जान्थे भने म चाँहि सुरक्षालाई हेर्न जान्थे । हाम्रो हररोज लाइब्रेरीमा भेट हुन्थ्यो । हामी सबै जना मिल्ने साथी भएका थियौ तर सुरक्षा चाँहि कम बोल्थिन् । सबै भन्दा बढी संगीतालाई बोल्नु पर्ने ।
सुरक्षासँग बोल्दा हाईबाट सुरु हुन्थ्यो र त्यही संवाद हुँदैन थियो । मलाई केटीहरुसँग बोल्न त्यति गाह«ो लाग्दैन थियो । सुरक्षासँग बोल्न खोेज्छु तर उनी कम बोल्दिन् । धेरै चोटि बोल्ने प्रयास गरे तर उनी बोल्दा हो, हुन्छ र होइन बाहेक केही बोल्दिन थिइन् । कहिले काँही धेरै बोलिदियोस् जस्तो लाग्थ्यो ।
हाम्रो समूहमा संगीतालाई धेरै बोल्नु पर्ने र अरुलाई बोल्ने मौका नै दिन्न थिइन् । उनी वकिल भइन् भने के गर्थिन् जस्तो लाग्छ । उनी चाँहि बानेश्वरमै बस्थिन् । उनीको एक भाइ रहेछन् जो एसएली दिने क्रममा छन् । संगीतालाई खान र गफ गर्न पाएपछि केही चाहिदैन थियो । त्यसको साथ साथै, उनी फिल्मको बारे सबै थाहा हुन्छ ।
दुर्गा चाँहि मैतिदेवीमा बस्छिन् । उनीको एक दिदी छिन् । दिदीले विज्ञान पढ्दै छिन् । दुर्गाको एसएलीमा राम्रो अकं आएको थियो । विज्ञान पढ्न रुचि थिएन । उनीलाई अङ्ग्रेजी साहित्य पढ्न रुचि थियो तर बुवा र आमाले पढ्न दिनु भएन । भविष्य राम्रो छैन भनेर पढ्न नदिनु भएको रे ।
सुरक्षालाई कमर्स पढ्ने रहर । विज्ञान उनीले बुझ्दिन भन्दै थिइन् । स्कूलमा विज्ञानमा थोरै अकै आएको थियो । उनीलाई कोर्सको किताबहरु पढ्न अल्छी लाग्ने तर उनीलाई उपन्यास पढ्न निकै मन पर्ने । सुरज र दुर्गा चाँहि धेरै पढथे थिए । किताबका किराहरु थिए ।
४
भदौ महिना थियो । सुरज मेरो घर आएका थिए । कलेजबाट सिधै मेरो घर आएका थिए । हाम्रो प्रथम परिक्षा सुरु हुन दुई हप्ता बाँकी थियो । हामी खाना खाएर पढ्दै थियौ । त्यही क्रममा, सुरजले मलाई हेर्दै भने,“तँलाई केही सोध्नु थियो ।”
“भन्न ।”
“तँ सुरक्षालाई मन पराउछस् ?”
मेरो ध्यान किताबबाट सुरजतिर गयो र मैले सुरजलाई हेर्दै भने,“अहँ, म सुरक्षालाई मन पराउदिन । म उ उनीसँग टाइम पास गरिरहेको छु । तैले यस बेला यो प्रश्न किन गरेको ?”
सुरज गम्भीर हुँदै भने,“अनि सुरक्षाले तँलाई मन पराउछिन् त ?”
“मलाई थाहा छैन । उसैलाई गरेर सोध्नु पर्छ ।”
सुरजले मलाई केही भन्न खोज्दै थिए तर केले रोक्यो थाहा छैन । उनले केही त सोचिरहेका छन् तर मलाई सोध्न जरुरी सोचेनन् । अनि हामी दुवै जना पढ्नमा व्यस्त भयौ ।
खासमा भन्ने हो भने म सुरक्षा प्रति गम्भीर थिइन । मलाई राम्ररी मात्र लाग्थ्यो । माया, पिरती केही थिएन । सिर्फ उनीसँग टाइम पास गर्न खोजिरहेको थिए ।
....................................................................................................................................................................
हेर्दा हेर्दै प्रथम परिक्षा सुरु भयो । पहिलो परिक्षा अङ्ग्रेजी विषयको थियो । बिहानको १० बजे सुरु भयो । म बिहानको खान खाएर निस्के । केन्द« पशुपति बहुमुखी क्याम्पसमा थियो । म ९ः३० बजे तिर पुगे । सुरज र सुरक्षा अघि नै आएर पढ्दै थिए र म उनीहरुको नजिक गए । अनि नजिक गएर भने,“कति पढेका मेरा साथीहरुले ?”
“तँ जस्तो हावा हुनु भएन । यसलाई यस्तो बेलामा पनि जिस्किनु पर्छ ।” उनको ध्यान किताबतिर गयो भने मेरो ध्यान सुरक्षातिर थियो तर उनीको पनि ध्यान किताब मै थियो ।
केही समयपछि, सबै जना कक्षा कोठामा जाँदै थिए र उनीहरु गएको देखेर मैले समय हेरे । समय भएको थियो ९ः४५ । अनि हामी तीनै जना कक्षामा गयौ । हामी तीनै जनाको कक्षा छुटाछुटै कक्षामा थियौ । अनि १०ः०० बजे सरले पेपर बाड्नु भयो र मैले उत्तर लेख्न थाले । तीन घण्टापछि जाँच सकियो र सबै जना जाँच कस्तो भयो भनि सोध्न थाले । मेरो राम्रो भएको थियो । सुरज र सुरक्षाको पनि राम्रो भएको रहेछ ।
हेर्दा हेर्दै जाँच पनि सकियो । जाँचको अन्तिम दिन र सकिएपछि म सुरक्षालाई खोज्दै थिए र त्यही क्रममा, मैले उनीलाई देखे । उनी आफ्नो साथीहरुसँग गफ गर्दै थिइन् । म डराउदै उनीको नजिक गए र भने,“सुरक्षा, म तिमीसँग कुरा गर्न चाहन्छु ।”
उनीले अचम्म पर्दै मलाई हेरिन् र आफ्नो साथीहरुलाई हेरिन् । म उनको जवाफलाई कुरेर बसेको थिए । वातावरणको मौनता तोड्दै सुरक्षाले भनिन्,“भन न ।”
“मलाई तिमीसँग एक्लै कुरा गर्नु छ ।”
“म केही क्षणपछि आउँछु ।” सुरक्षाले आफ्नो साथीहरुलई हेर्दै भनिन् ।
“हुन्छ ।” उनीहरु गेट बाहिर सुरक्षालाई कुरेर बसे । उनीहरु गएपछि मैले सुरक्षालाई हेर्दै भने,“खासमा, तिमीलाई मैले के दिनु थियो ।”
“के कुरा ?” उनीले अचम्म तरिकाले हेरिन् ।
मैले झोलाबाट चिठ्ठी निकाले र उनलाई हेर्दै भने,“यो चिठ्ठी पढेर जवाफ दिनु ल ।”
“यो चिठ्ठीमा के छ ?”
“पढेर थाहा हुन्छ ।”
सुरक्षाले चिठ्ठी लिइन् र म चाँहि निस्किए । थाहा छैन उनीको जवाफ के आउँछ । मैले कति दिन कुर्नु पर्छ थाहा छैन किनकि एक महिना त दशै र तिहारको छुट्टी हुने थियो । सुरक्षा गाउँ जाने कुरा गर्दै थिइन् । मेरो चाँहि ईलाममा थियो । प्रायः मेरा साथीहरु दशैमा काठमाडौमा हुँदैन थिए र म प्राय ः एक्लै हुन्थे । त्यसको साथ साथै मेरो कुराहरु आफन्तसँग मिल्दैन थियो ।
५
हेर्दा हेर्दै एक महिनाको छुट्टी सकियो र कलेज पनि सुरु भयो । म हतारिदै कलेज समयमै पुगे । मेरा आँखाहरुले सुरक्षालाई खोजिरहेका थिए तर उनीलाई देखिन । मैले सुरजलाई पनि देखिन र उनी कलेज आएका थिएनन् । सुरज त दुई दिन पछि मात्र आएका थिए तर सुरक्षा आएकी थिइनन् । मेरो जवाफ के होला भन्ने भयोे र त्यति उनको जवाफ नाइँ भनिन् भने मेरो ईगोलाई हर्ट हुन्थ्यो । मलाई नाँइ सुन्ने चलन थिएन ।
दुई हप्तापछि मात्र सुरक्षा कलेज आएकी थिइन् । उनी मौन थिइन् र मलाई बेवास्ता गरिरहेकी थिइन् । उनीले बेवास्ता गरेको कारणले म उनीको नजिक गएको थिइन । यो निकै दिनसम्म चलिरहेको थियो । यो अति भयो भनेर एक दिन उनी घर फर्केने क्रममा मैले उनीको बाटो रोके र सोधे,“तिमीलाई के भयो र मलाई किन वेवास्त गरेको ?”
उनीले मलाई हेरिन् मात्र तर केही बोलिनन् । उनी गम्भीर देखिन्थिन् । केही नबोलिकन बाहिर निस्किन् । यो क्रम धेरै दिनसम्म चलिरह्यो । म सहन नसक्ने भएको थिए र मैले एक दिन सुरजलाई सबै कुराहरु व्यक्त गरे । उनले मेरा कुराहरु ध्यान दिएर सुनिरहेका थिए । उनले मेरो कुरा सुनिसकेपछि उनले भने,“तँ सुरक्षा प्रति गम्भीर छस् ?”
हामी दुवै जना मौन भयौ र एक अर्कोलाई हेर्न थाल्यौ । वातावरणको मौनता ताोड्दै सुरजले त्यही प्रश्न गरे,“तँ सुरक्षा प्रति गम्भीर छस् ?”
“छु । मेरो सहयोग गर्न ।” म भावुक हुँदै भने । खासमा सुरजले मेरो अर्को रुपमै देखेका थिएनन् । उनको सहयोगले म सुरक्षाको नजिक हुन मात्र खोजेको थिए । उनले मलाई निहालेर हेर्दै थिए र केही क्षण्पछि भने,“यति गम्भीर छस् भने म तँलाई सहयोग गर्छु ।”
सुरजले यति भन्दा म धेरै खुशी भएको थिए र उनलाई हग गरे । त्यसपछि उनले सुरक्षासँग कुरा गर्न गएका थिए । मैले उनलाई धेरै चोटि सोधे कि सुरक्षा किन मसँग नबोलेको भएर तर सुरजले मलाई केही भनेनन् । म धेरै छटपटीन थाले । के भइरहेको छ आफूलाई नै थाहा छैन ।
दुई हप्तापछिको कुरा हो । सुरज मेरो घरमा थिए । सुरज ध्यान दिएर पढ्दै थिए र त्यही क्रममा मैले उनलाई हेर्दै भने,“सुरज ।”
“हजुर ।” उनको ध्यान किताब मै थियो ।
“सुरक्षाले के भनिन् त ? अहिलेसम्म तैले भनेको छैन । के भयो त्यस्तो ?” मैले गम्भीर भए जस्तो गरेर सोधे । मेरो प्रश्न सुनेर उनले आफ्नो किताब बन्द गरे र मलाई गम्भीर भनेर हेरेको देखेर मैले भने,“के भयो ? मलाई छट्टपट्ट हुन थालिसक्यो । तँ केही भन्न ।”
“तँ सुरक्षालाई बिर्सि दे । तँ आफ्नो पढाईमा ध्यान दे । त्यसमै राम्रो हुने छ ।”
“यो तँ के भन्दै छस् ?” म गम्भीर हुँदै भने ।
“हो, म साँच्चो कुरा गर्दै छु । तँ उनीलाई बिर्सि दे । त्यसैमा दुवै जनालाई राम्रो हुने छ ।”
“जे भन्नु छ, राम्रोसँग भन्न ।”
“सुरक्षाले तँलाई मन पराउदिनन् र साथीको नजरले मात्र हेर्छिन् । त्यसको साथ साथै तैले दिएको चिठ्ठी उनीको परिवारले पढ्नु भए छ । बुवा र आमालाई धेरै चोटि त्यस्तो केही होइन भनि सम्झाए पछि बल्ल मान्नु भएको थियो र कलेज पठाउनु भएको रहेछ । तेरो कारणले सुरक्षाले के कस्तो सामना गर्नु प¥यो । तैले कहिले त्यस बारे सोचेको थिइस् ?” उनले गम्भीर हुँदै भने ।
म मौन नै थिए । मलाई मन मनै रिस उठेको थियो । मेरो प्रेम प्रस्तावलाई अस्वीकार गरिएको थियो । मलाई एक चोटि सुरक्षासँग कुरा गर्न मन थियो । मेरो दिमागमा धेरै प्रश्नहरु थिए र जवाफ चाहिएको थियो । सुरजले मलाई निहालेर हेरिरहेका थिए र मलाई हेर्दै भने,“तँलाई के भो ? किन तँ मौन छस् ?”
म केही भन्न सकेको थिइन । के भन्नु भयो र मैले सुरजलाई हेर्न सकेको थिइन तर उनले मलाई हेरिरहेका थिए । म गम्भीर भएको देखेर सुरज पनि गम्भीर भएका थिए ।
६
हेर्दा हेर्दै प्रथम परिक्षाको नतिजा आयो । सुरज प्रथम भएका थिए भने सुरक्षा दोस्रो र म चाँहि तेस्रो । सुरक्षा र मेरो कुरा भएको थियो । म उनीसँग बोल्न खोज्थे तर मेरो ईगो बीचमा आउन्थ्यो । त्यसैले म बोल्दिन थिए र मेरो रिस मरेको थिएन । त्यसको साथ साथै, मेरो चिन्त दुखेको थियो ।
समय बित्दै गयो र हामी बीच संवाद भएको थिएन । यो क्रम दुई हप्तासम्म चलिरह्यो र दुई हप्तापछिको कुरा हो । सुरज र म कलेजबाट निस्कने क्रमको कुरा हो । पछाडिबाट राजिव भनेर कसैले बोलायो । त्यो आवाज अरु कोही नभएर सुरक्षाको थियो । अनि हामी दुवै जना पछाडि फर्कियौ । सुरक्षा हाम्रो नजिक आईन् र भनिन्,“राजिव, म तिमीसँग कुरा गर्न चाहन्छु ।”
“भन न ।” खासमा मलाई बोल्न मन थिएन ।
“तिमीसँग कुरा गर्नु थियो ।” उनी गम्भीर हुँदै भनिन् भने सुरजले कुरा बुझे र उनी निस्किए । सुरज गएपछि मैले सुरक्षालाई हेर्दै भने,“भन न । त्यस्तो के काम प¥यो ?” म रिसाउदै भने ।
“आई एम सरी ।”
“केको लागि सरी ?”
“मैले तिम्रो मन दुखाए ।”
“अनि अहिले किन सरी भनेको ?”
“मलाई थाहा छ कि तिमी मसँग रिसाएका छौ तर के तिमी सत्य कुरा सुन्न चाहदैनौ ?”
“के कुरा ?” मैले रिसाउँदै भने ।
“खासमा म पनि तिमीलाई मन पराउछु ।”
“के ?” म अचम्ममा परे । सुरजले त अर्के भन्दैै थियो त ।
“हो ।” हामीले एक अर्कोलाई हे¥यौ ।
“अनि यो पहिले नै किन नभनेको ? सुरजले त अर्के भन्दै थियो त ।” म अचम्म परेको थिए ।
“मैले नै सुरजलाई नै भन्न लगाएको हो । सोचे कि कलेज खुलेपछि तिमीलाई जवाफ दिने छु तर आमाको हातमा तिमीले लेखेको प्रेम पत्र फेला पाउनु भयो र बुवालाई भन्नुभयो । बुवाले थाहा पाएर मलाई कराउनु भयो र चिठ्ठी च्यातेर पालिदिनुभयो । त्यसैले म डराएको थिए । मैले सुरुमै तिम्रो पे्रम स्वीकार्न सकिन । फेरि घरमा थाहा पाउनु भयो भने ? डर थियो । कलेज खुल्ने बित्तिकै तिमी मसँग बोल्न आयौ । तिमीसँग बोल्न सकिन । जति जति तिमी मसँग टाढिदै गयौ, तिमीसँग नजिकको आभास हुँदै गयो र झन् तिमीसँग माया बस्दै गयो । तिमीसँग टाढा हुन सकिन । त्यसको साथ साथै, टाढा बस्दा अनुभव भयो तिम्रो मायाको महशुस गरे तिम्रो मायालाई र तिम्रो मनको कुरा मनको कुरा बुझ्न थाले । महशुस गरे कि तिम्रो मायालाई अस्वीकार गर्दा तिम्रो मनमा के बित्यो भनेर । तिम्रो मन अज्जानमा दुखाए । आई एम सरी ।” सुरक्षाले भावुक हुँदै भनिन् ।
म खुशी हुँदै उनीलाई हग गरे । आफूलाई सम्हाल्न सकेको थिइन र केही नसोचिकन हग गरे । पछि मात्र सोचे कि अरुले पनि हेरिरहेका छन् र मैले हग गर्न छोडे । खुशी हुँदै घर जाने क्रममा सुरजले मलाई पछाडिबाट बोलाए र म पछाडि फर्किए । सुरज मेरो नजिक आएर भने,“सुरक्षाले तँलाई के भनिन् ?”
मैले सुरजलाई सबै कुरा व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि सुरजले भने,“सुरक्षा राम्रो केटी हो । उनको मन नदुखाउनु । सुरक्षाले तँलाई धेरै माया गर्छिन् । उनको मायाको फाइदा नउठाउनु । माया जस्तो पवित्र चिजको अपमान नगर्नु ।”
म उनको कुरा सुनि मात्र रहे । केही नबोलि हामी आ–आफ्नो घर गयौ । मलाई सुरजको कुराले केही असर गर्ने वाला थिएन । म सुरक्षा प्रति गम्भीर थिइन । यो कुरा कहि न कहि सुरजलाई थाह भयो होला ।
......................................................................................................................................................................
कक्षा ११ को अन्तिम परिक्षाको दिन । परिक्षा सकियो । हामी पाँच जना नजिकैको चिया पसलमा छि¥यौ । चिया र खाजा अर्डर गयौ । अर्डर गरिसकेपछि संगीताले भनिन्,“हाम्रो दुई हप्ताको छुट्टी छ । धुम्न जाऊ न हो साथीहरु ।”
“यो केटीलाई खान, धुम्न र फिल्म हेर्न बाहेक अरु केही आउँदनै ।” दुर्गाले भनिन् ।
“अनि भएको एउटा जिन्दगी छ, अनि धुम्न नपाउनु । मरेपछि खानु, धुम्नु र फिल्म हेर्नु ?”
अनि हामी सबै जना हाँस्यौ । सुरक्षा र म अर्कोलाई हेर्दै थियौ । सुरक्षा खुशी भएकी थिइन् किनकि हामी सँगै समय बिताउदै थियौ । वास्तवमा मलाई सुरक्षादेखि वाक्क भइसकेको थिए । छोड्न मन थियो र के वाहाना बनाऊ जस्तो भएको थियो । उनीसँग त म सिर्फ टाइम पास गरिरहेको थिए । अब बिस्तारै उनीलाई बेवास्ता गर्न थाल्ने छु ।
त्यही क्रममा, संगीताले भनिन्,“यो हप्ता के गर्ने योजना गरौ न ।”
“हामी त कही नजाने । तिमी एक्लै धुम्न जाऊ ।” मैले भने ।
अनि हामी सबै जना हाँस्न थाल्यौ । त्यही क्रममा, संगीताले जिस्काउदै भनिन्,“हजुरलाई त केही कुरामा ध्यान छैन सिर्फ एक जना बाहेक ।” अनि उनी मज्जाले हाँसिन् । त्यही क्रममा, दुर्गाले भनिन्, “हैन, यो केटी के भन्छे ?”
“खोइ ? हावा मान्छे ।” मैले भने । मलाई संगीता देखि रिस उठेर आयो । किन पाच्च बोल्नु परेको ? तर रिस देखाइन । त्यही क्रममा, दुर्गाले फेरि भनिन्,“संगीता, तिमीले कसलाई ईशारा गरेको ?”
“तिमीलाई केही थाहा छैन र ?” संगीताले अचम्म पाराले भनिन् ।
“अहँ । यी केटीहरुले के कुरा गर्छन् हो ?” सुरजले ध्यू थप्ने काम गरे । सुरक्षालाई मैले हेरे । कतै सुरक्षालाई मैले हेरे । कतै सुरक्षाले सबै कुरा व्यक्त गरिनन् । मैले उनि प्रति शंका गरे ।
त्यही क्रममा, संगीताले भनिन्,“सुरक्षा र राजीवले एक अर्कोलाई मन पराउछन् । यो कुरा कलेज भरि आगो पैलि सक्यो ।”
“यस्तो कुरा कसले पैलायो ?” मैले भने ।
“यस्तो कुरा कसलै भन्नु पर्छ र ?” संगीताले हाँस्दै भनिन् ।
म मौन नै भए । मौन हुनुको साथ साथै, मलाइ रिस उठेको थियो । त्यसको साथ साथै, सुरक्षालाई सोध्नु मन थियो । सुरक्षाले मलाई हेरिरहेकी मात्र थिइन् । त्यही क्रममा, हामीले अर्डर गरेको चिया र खाजा पनि आयो । हामी खानना थाल्यौ । संगीतालाई कस्तो हतार भइसकेको थियो खानलाई । त्यही क्रममा, संगीताले भनिन्,“भोलिको के छ योजना ?”
“कसैलाई के को धन्दा घर ज्वाइँलाई खानको धन्दा ।” सुरजले हाँस्दै भने । अनि दुर्गा र सुरक्षा पनि हाँसे । मलाई चाँहि हाँस्न मन लागेन । म मौन नै थिए । खाने क्रममा, भोलि फिल्म हेर्न उोजना बन्यो र दिउँसोको समय हेर्ने निर्णय भएको थियो । मलाई चाँहि फिल्म हलमा गएर फिल्म हेर्ने जाँगर त्यति चल्दैन । फिल्मको सट्टा धुम्न मन लाग्छ तर संगीताको कुराले मेरो मुड नै खराब गरिदिएको थियो । केही क्षणपछि हामी गफ गयौ र पैसा तिरेर हामी आफ्नो घरतिर लाग्यौ ।
छुट्टीको दिनहरु फिल्म हेरेर र धुमेर बित्यो । त्यसको साथ साथै, सुरक्षाले ममा आएको परिवर्तन याद गरेकी थिइन् तर भनेकी थिइनन् । कम बोल्न थालेको थिए । एक दिन अति भए पछि सुरक्षाले मलाई भनिन्,“तिमीलाई के भयो ? मसँग राम्ररी बोल्दैनौ । मबाट केही गल्ती भयो र ?”
अनि मैले उनलाई हेर्दै भने,“तिमीले हाम्रो सम्बन्धको बारेमा कसैलाई भनेकी थियौ ?”
सुरक्षा मौन थिइन् र यता र उता हेर्दै थिइन् । उनी नर्भस थिइन् । म चाँहि उनीलाई हेरिरहेको थिए र मौनता तोड्दै भने,“मेरो प्रश्नको जवाफ किन दिँदैनौ ?” म रिसाउँदै भने । मलाई रिस उठेको थियो ।
“आई यम सरी । मलाई संगीताले निकै चोटि सोधिन् र मैले बाध्य भएर हाम्रो सम्बन्धको बारेमा भने ।”
“अरु केही वाहाना बनाएको भए हुन्थ्यो नि ।” मैले रिसाउदै भने ।
“आई एम सरी ।” उनी भावुक हुँदै भनिन् । अनि म केही नबोलिकन त्यहाँबाट निस्किए । सुरक्षाले म गएको हेरिरहेकी थिइन् ।
७
छुट्टी सक्कियो र कक्षा १२ सुरु भयो । कक्षा १२ सुरु भए सँगै सुरक्षा र मेरो सम्बन्धमा उतार चढाव भइरहेको थियो । त्यसको साथ साथै, हाम्रो निकै झगडा हुन्थ्यो । म उनीसँग शारीरिक सम्बन्ध राख्न चाहन्थे तर उनी मान्दिन थिइन् । यही कुरामा हाम्रो झगडा हुन्थ्यो र म उनीसँग कति दिनसम्म बोल्दिन थिए । मौन व्रत बसेको हुन्थे र सुरक्षा मलाई निहालेर हेरिरहेकी थिइन् । म उनीलाई वास्ता गर्न छाडेको थिए ।
कक्षा १२ सुरु भएको दुई महिनापछिको कुरा हो । हामी लाइब्रेरीमा थियौ र त्यही क्रममा, एक साथी हाम्रो नजिक आए र भने,“हाम्रो कक्षा ११ को नतिजा आयो नि ।” अनि उनले हामीलाई पत्रिका देखाए । हामी सबै जना पास भएका रहेछौ । मार्क सिट चाँहि दुई हप्तापछि आउने कुरा भएको रहेछ । हामी खुशी भएका थियौ । त्यही क्रममा, संगीताले भनिन्,“आज पार्टी गरौ ।”
“हे भगवान् । यसलाई खान कै पिर छ ।” दुर्गाले भनिन् । अनि हामी सबै जना हाँस्यौ ।
केही क्षण लाइबे्ररीमा बसेर हामी सबै जना घर फर्केने क्रममा थियौ र त्यही क्रममा, सुरक्षाले राजीव भनि बोलाइन् । म रोकिए र पछाडि फर्किए । उनी मेरो नजिक आइन् । मलाई हेर्दै भनिन,“राजीव, तिमीलाई के भइरहेको छ ?”
“केही भएको छैन ।”
“मेरो मायामा के कमी भयो र ?”
“कमी छ । मायाले मात्र पुग्दैन ।”
“माया साँच्चो छ भने शारीरिक सम्बन्ध जरुरी छैन ।”
“जरुरी छ ।” म रिसाउदै भने । सुरक्षाले केही नभनिकन निस्किन् र मैले वास्ता गरिन । अनि हाम्रो सम्बन्ध अन्त्यमा आएर टु¥यो । यस विषयमा मैले सुरजलाई भनिन । समय बित्दै गयो र कक्षा १२ पनि सकियो ।
कक्षा १२ सक्किएको दुई हप्तापछिको कुरा हो । सुरज र मेरो भेट वसन्तपुरमा भएको थियो । एक रेष्टूरेण्डमा कफी पिउँदै थियौ । हामी मःमको प्रतिक्षामा थियौ । वातावरणको मौनता तोड्दै सुरजले भन,“तँलाई आजकाल के भएको छ ?”
“केही भएको छैन । तैले यो प्रश्न किन गरेको ?”
“तैले सुरक्षाको फोन उठाइनस् रे ।” सुरजले अप्ठ्यारो मान्दै सोेधे ।
मैले सुरजलाई हेर्दै भने,“हो, मैले सुरक्षालाई छोडिदिएको हो । सुरक्षाले मैले नमानेपछि मैले छोडिदिए । सुरक्षा मेरो लायक छैन ।”
“यो तँ के भन्दै छस् ? सुरक्षा तेरो लायक छैन रे ?”
“हो, मैले उनीसँग शारीरिक सम्बन्ध राख्न खोजेको थिए तर उनीले मानिनन् । धेरै दिनहरुसम्म मसँग बोलिनन् तर आजकाल बोल्न खोज्छिन् तर मलाई बोल्नु छैन तर न फोन उठाउनु जरुरी नै । मलाई उनीसँग कुनै सम्बन्ध राख्नु छैन । यसै उसै मैले कक्षा १२ सकेपछि उनीलाई छोड्ने योजनामा थिए ।”
सुरजले मेरो कुरा ध्यान दिएर सुन्दै थिए र मलाई हेर्दै भने,“तैले जे गरिस् ठीक गरिनस् । सुरक्षाले तँलई धेरै माय गर्छिन् तर तैले उनीको मन दुखाइस् । सुरक्षासँग माफी माग । उनीले मलाई दुई दिन अगाडि फोन गरेर रुँदै थिइन् । राजीवलाई सम्झाइदिनु भन्दै थिइन् । सुरक्षाले तँलाई साँच्चो माया गर्छिन् तर तँ के भाको ? त्यसरी अरुको भावनासँग नखेल्न । राम्रो होइन । साँच्चो माया जिन्दगीमा पाउन गाह्रो हुन्छ ।”
उनले मलाई सम्झाउँदै थिए भने म उनको कुरालाई ध्यान दिएर सुनेको थिइन । सुरजले थाहा पाइसकेका थिए कि मैले उनको कुरा ध्यान दिएर सुनेको छैन भनेर र मलाई हेर्दै फेरि भने,“तँ किन गम्भीर हुँदैनस् ? जिन्दगी र सम्बन्ध मज्जाक होइन ।”
“हेर, सुरज । जिन्दगी भएको एक बारको लागि हो । त्यसैले जिन्दगी रमाइलोसँग बिता । मेरा लागि सम्बन्ध पनि त्यस्तै हो । तँ पनि जिन्दगीमा रमाइलो गर । गम्भीर न हो । जिन्दगी एक बारको लागि हो । बार बार आउँदैन । त्यसैले रमाइलो गर ।”
सुरजलाई केही भन्नू थियो तर सकेनन् । त्यही क्रममा, हामीले अर्डर गरेको मःम आयो । वातावरणमा मौनता छाएको थियो । मःम खाइसकेपछि पैसा मैले तिरे र हामी निस्कियौ र हामी आफ्नो बाटो लाग्यौ ।
८
तीन महिनापछि कक्षा १२ को नतिजा आयो । सुरक्षाको ७९.५% आएको थियो, सुरजको ८०% र मेरो चाँहि ७६.७% आएको थियो । यो तीन महिनामा सुरक्षासँग मेरो कुरा भएको थिएन र भेट गाट बन्द भएको थियो । सुरक्षा धेरै न गम्भीर हुन थालेकी थिइन् ।
नतिजा आएपछि सुरज र म कलेज खोज्न थाल्यौ । धेरै ठाउँहरुमा प्रवेश परिक्षा दियौ र धेरै कलेजहरुमा नाम पनि निस्कियो । हामी दुवै जनालाई कलेज छान्न निकै गाह्रो भएको थियो । प्रायः सबै कलेजमा नाम निस्किसकेपछि म र सुरज कुन कलेज पढ्ने भनेर छलफल गरौ र अन्तिमा आएर गोल्डन गेटमा भर्ना भयौ । सुरजलाई पूरै छात्रवृति पाएका थिए भने मैले आधा ।
भदौको महिनामा हाम्रो कक्षा सुरु भयो र कक्षा बिहानको ६ः३० बजे सुरु हुन्थ्यो । सुरुको दिन थियो । म घरबाट ६ः१५ मा निस्किए । म टाइममै पुगेको थिए र सुरजले मलाई गेट मै मलाई कुरेर बसेका थिए । अनि हामीसँगै भित्र छियौ । पहिलो दिन परिचयबाट सुरु भयो । पहिलो दिन विद्यार्थीहरु सबै जना आइसकेका थिएनन् । एक हप्तापछि सबै विद्यार्थीहरु आउन थाले र पहिलो सेमेन्टर राम्रोसँग एक अर्कोसँग बोल्न मौका पाइएन । कोही साथीहहरुसँग नजिक हुन पाइएन ।
हेर्दा हेर्दै प्रथम सेमेन्टरको अन्तिम परिक्षा सुरु भयो । केन्द्र नयाँ बानेश्वरमै थियो । परिक्षाको समय दिउँसो थियो । सुरुको दिन अङ्ग्रेजी थियो । राम्रो भएको थियो । हेर्दा हेर्दै परिक्षा पनि सकियो । परिक्षाको अन्तिम दिन । परिक्षाको सकिएपछि नजिकैको क्याफेमा गयौ र सबै जनाले पिकनिको योजना गरे र प्राय ः सबै जना जाने निर्णय गरेका थिए । शनिबार बिहानको ८ः०० बजे कलेजमा भेट्ने कुरा थियो । सबैले घरबाट लिएर जानु पर्ने र मेरो भागमा कुखुराको मासु परेको थियो र सुरजको भागमा चाँहि खसीको मासु परेको थियो । म निकै खुशी भएको थिए ।
...................................................................................................................................................................
शनिबारको दिन । बिहानको ६ः०० बजै उठेको थिए । पे्रन्स भए र अनि किचेनमा गए । आमाले मासु पकाइदिनु भइसकेको रहेछ र रेडि गरिदिनु भएको रहेछ । अनि म घरबाट ७ः४५ बजे निस्किए र म पुग्दा केही साथीहरु मात्र आएका थिए । सुरजलाई देखे र उनले पनि मलाई देखे । अनि म सुरज भएको ठाउँमा गएर बसे र हामी दुवै जना गफ गर्न थाल्यौ । त्यही क्रममा, मेरो छेऊमा एक जना आएर बसिन् । केही क्षणपछि अरु साथीहरु आउने क्रम बढ्दै गयो र एक जना केटी मेरो छेऊमा आएर हाई सोफि भनिन् । अनि मेरो नजिक सोफितिर गयो । मैले आजसम्म उनीलाई मैले याद नै गरेको रहेन छु । कालो जीन्स र सेतो टिसर्ट लगाएकी थिइन् र कपाल छोडेकी थिइन् । म एकछिन हेरेको हेरै भए । राम्ररी भने त्यस्तो त होइन तर केही न केही थियो ।
अनि केही समयपछि उनीले मलाई देखिन् र हाई भनिन् र मैले पनि हाई भने । हामी दुवै जनाले एक अर्कोलाइ देखेर मुस्कुरायौ पनि । ९ः१५ बजे सबै जना आए र त्यही क्रममा, सूर्यले भने,“हामीसँग १४ वटा मोटरसाइकल छन् । हामी सबै जना पुग्छौ । सबै जना मोटरकाइकलमा चढ्यौ र एक अर्कोलाई फलो गरौ । बीच बीचमा भोक लाग्न सक्छ । खाने ठाउँमा रोक्यौ ला । अब जाऊ । ढिलो भइसक्यो ।”
अनि हामी सबै जना मोटरसाइकलतिर गयौ । सबै केटाहरु मोटरसाइकलमा बसिसकेका थिए तर मेरा लागि पुगेन । त्यही क्रममा, आभासले भने,“राजीव, तिमी सोफिको स्कूटरमा जाऊ । उनीको स्कूटर खाली छ ।”
सोफि र मैले एक अर्कोलाई हे¥यौ । मलाई भन्दा सोफिलाई अप्ठ्यारो लागे जस्तो लाग्यो । आभासले याद गरेका रहेछन् र भने,“सोफि, तिमीलाई अप्ठ्यारो लागेको हो ?”
“हैन ।” अनि मलाई हेर्दै बस्ने ईशारा गरिन् र म उनीको पछाडि बसे । अनि हामी कलेजबाट निस्कियौ । नयाँ बानेश्वरबाट हामी कोटेश्वर निस्कियौ र कोटेश्वरको एक खाजा घरमा छि¥यौ र हामीले खाजाको लागि अर्डर गरौ । त्यही क्रममा, मैले थाहा पाए कि सोफि साकारी रहेछिन् । हामीले अण्डा, आलु, चना र चिया अर्डर गरौ ।
त्यही क्रममा, रुमाले भनिन,“तिमी अण्डा खाँदैनौ र ?”
“अहँ । म बच्चैदेखि साकारी हूँ ।”
“तिमी मात्र कि परिवार नै ?”
“म मात्र ।”
अनि हामी सबै जना खान थाल्यौ । सबै जना गफ गर्दै थिए भने म सोफिलाई लुकेर हेर्दै थिए । उनीको मुहार कति शान्त छ । सोफिका आँखाहरुले केही भनिरहेका थिए । मुस्कुराउदा गालामा डिम्पल पर्ने त्यो पनि दुई वटा गालामा । कति सुहाएको ।
सबै जनाले खाइसकेपछि हामी खाजा घरबाट निस्कियौ । कोटेश्वरबाट पनौति पुग्न धेरै समय लाग्यो । शनिबार भनेर के गर्नु ? अरु दिन जति कै ट्राफिक गाम थियो । धेरै भीड भाड थियो । दुई घण्टापछि हामी पनौति पुग्यौ । सुरुमा त पनौतिमा भएको मन्दिरमा पुग्यौ र केही तस्बिरहरु खिच्यौ ।
आभासले हामीलाई त्यस मन्दिर बारे विवरण दिन थाले । आभासलाई संस्कृति बारे धेरै रुचि थियो । धुमिसकेपछि निरजले भने,“फोटोहरु फेसबुकमा राख्ने है ।”
त्यस समय फेसबुक नेपालमा नयाँ थियो र भर्खर मानिसहरुले चलाउन थालेका थिए । मेरो फेसबुक थिएन न त सुरजको नै थियो । सोचे घर फर्किए पछि फेसबुकको अककाउण्ट बनाउने छु । त्यस मन्दिरपछि हामी एक् जङ्गल भएतिर गयौ र त्यही बसेर हामी गफ गर्दै खान थाल्यौ । मेरो नजर हर पल सोफितिर थियो । हामी एक अर्कोसँग बोलेका थिएनौ । सिर्फ नजर मात्र मिलेका थिए । यो पिकनिकको कारणले हामी साथीहरुले एक अर्कोलाई चिन्ने मौका पाएका थियौ ।
हामी त्यहाँ गफ गर्दै घरबाट ल्याएको खाने कुराहरु खान थाल्यौ । हामी पनौतिबाट पाँच बजे निस्कियौ । हामी बाटोमा आउँदा आउँदै पानी पर्न थाल्यो । म सोफिकै स्कूटरमै थिए । उनीको कपाल सररर उड्दा अर्के भावना आउथ्यो । मेरो धड्कन धड्किन थालेको थियो । मेरो धड्केको धड्कन उनीले महशुस गरिन् कि गरिनन् । मलाई बेग्लै महशुस भइरहेको थियो । केही समयपछि उनीले भनिन्,“तपाई कता बस्नु हुन्छ ?”
“चाबहिल चोक अगाडि ।”
“चाबहिल चोक रोक्दा हुन्छ ?”
“हुन्छ ।”
उनीले भित्रको बाटो लगेकी थिइन् जुन मलाई नै थाहा थिएन । केही समयमै हामी चाबहिल चोक आइपुग्यौ । यो पल कहिले नरोकियोस् जस्तो लागेको थियो । चाबहिल चोक आइपुगेपछि उनीले भनिन्,“चाबहिल चोक आइपुग्यो त ?”
“हो ?” अनि म उनीको स्कूटरबाट निस्किए र निस्किएपछि मैले उनीलाई धन्यवाद भने र उनी मुस्कुराइन् । म चाँहि उनी गएको हेरे ।
...................................................................................................................................................................
बेलुकाको समय थियो । म खाटमा थिए र लापटप हेर्दै थिए । त्यही क्रममा, मैले फेसबुक अकाउण्ड खोले । फेसबुक अकाउण्ड खोलेपछि मैले सोफि लामा खोजे । धेरै जनाको आएको थियो र मैले सोफिलाई खोज्न थाले । हरेक फोटोहरु हेर्न थाले र उनीको फेसबुक फोपाइल अन्तिममा रहेछ । उनीको फोपाइल हेर्न थाले । राम्रा फोटोहरु थिए । फोटोहरु हेर्दा लाग्थ्यो नि उनीलाई धुम्न मन पर्छ । उनीको फोटोहरु हेरिसकेपछि मैले आफ्नो फोटो राखे, त्यो पनि पूरानो तस्बिर राखेको थिए । खासमा मलाई तस्बिरहरु खिच्न मन पर्दैन थियो । आफ्नो फोटो राखिसकेछि मैले सोफिलाई साथीको लागि अनुरोध पठाए । मैले उनकै प्रतिक्षामा थिए । निकै बेर कुरेर बसेको थिए । दुई घण्टापछि सोफिले मेरो अनुरोध स्वीकारिन् । मेरो मनमा लडू फू¥यो । अनि मैले उनीलाई म्यासेज पठाए ।
“हाई ।”
“हाई ।” उनीले छिट्टै म्यासेज पठाइन् ।
“तिमी के गर्दै ?”
उनीले म्यासेज हेरिन् तर जवाफ केही आएन । म उनको जवाफ कुरेर बसेको थिए तर उनीको जवाफ आएन । जवाफ नआएपछि मैले सरी भनि म्यासेज पठाए तर उनीको केही जवाफ आएन । त्यस पछि मैले अरु साथीहरुलाई अनुरोध पठाए र म सुते ।
भोलिपल्टको कुरा हो । मलाई सोफिको म्यासेज पढ्न हतार भइसकेको थियो । हतारिदै ल्यापटप खोले र म्यासेज बक्समा हेरे तर म्यासेज आएको थिएन । मनमा चिसो प¥यो । अब म के गर्नु ? कुर्नु बाहेक मसँग अरु केही उपाय छैन । अनि ल्यापटप बन्द गरे र आफ्नो काम गर्न थाले ।
९
बेलुकाको ८ः३० बजेको थियो । म फेसबुक चलाउदै थिए र त्यही क्रममा म्यासेज आयो । मैले कसेको म्यासेज रहेछ भनेर हेरे । सोफिको रहेछ । म खुशी हुँदै पढ्न थाले ।
“केको लागि सरी ?”
“मैले केही नराम्रो भने कि भनेर ।”
“त्यस्तो केही होइन ।”
“तपाई दसैमा गाउँ नजानु भएको ?”
“म काठमाडौमा नै हुन्छु ।” त्यति भनेर उनी अपलाइन भइन् ।
मलाई सोफिसँग कुरा गर्न मन थियो र उनीको बारेमा जान्न मन थियो । फेसबुकमा उनीका बारेमा केही जानकारी थिएन । यो छुट्टी भरि मैले उनीलाई म्यासेज पठाए तर उनीको जवाफ त्यति आउँदैन थियो तर पनि मेरो आश मरेको थिएन । मैले निकै चोटि मोबाइल नम्बर मागे तर उनीसँग मोबाइल नै रहेन रहन्छ । कलेजमा कमै जानाको मोबाइल थियो । मेरो चाँहि थियो । मैले बुवा र आमासँग जिद्दी गरेर मोबाइल भनेको थिए र मलाई किनिदिनु भएको थियो र मैले सिम लिएको थिए । म बाहेक केही साथीहरुको मोबाइल थियो । सुरज र सोफिको चाँहि थिएन ।
हेर्दा हेर्दै दसै र तिहारको छुट्टी सक्कियो र म चाँहि निकै खुशी भएको थिए ।कलेज लागेपछि मेरो नजर सिर्फ सोफितिर थियो । जब सोफि मलाई हेथिन् म अगाडि फर्केथे । हाम्रो कक्षा १०ः३० बजे सक्किन्थो । म, सुरज, केदार र रामेश्वर क्यान्टीन सधै जान्थ्यौ । हाम्रो बस्ने ठाउँ कुनामा हुन्थ्यो । हामीले सधै दूधको चिया र समोसा अर्डर गथ्यौ । रामेश्वरलाई समोसा मन पर्ने । पायो भने दिनमै १० वटै खान्छ । रामेश्वरलाई निकै मन पथ्यो । हाम्रो दिनचर्या यसरी नै जान्थ्यो र त्यही क्रममा एक दिनको कुरा हो । हामी आफ्नै सूरमा गफ गर्दै थियौ । त्यही क्रममा, सोफि आफ्ना साथीहरुसँग आइन् र बिचमा रहेको टेबुलमा बसे । मैले सोफिलाई हेरिरहे । रामेश्वरले मलाई याद गरिरहेका थिए र मलाई हेर्दै भने,“ओइ, साथी तँ कता हराएको ?”
“छा, यो रामे के भन्छ हो ?”
“एकोरो हेरेको हेरै भइछस् त ?”
“तँ चुप लाग । समोसा खा ।”
अनि हामीले अर्डर गरेको समोसा र चिया आयो । मेरो ध्यान सोफितिर नै थियो । सोफि आफ्नै साथीहरुसँग गफ गर्दै थिइन् । उनीको मुस्कुराउदै थिइन् । उनीको मुस्कान धेरै धायल हुने थियो । यो क्रम धेरै हप्ताहरु चलिरह्यो तर एक दिनको कुरा हो । हामी खाजा खाएर निस्किने क्रममा थियौ । त्यही क्रममा, पछाडिबाट सोफिले बोलाइन् ।
“हेलो ।” उनीले भनिन् । अनि म पछाडि फर्किए ।
“तपाईले मलाई भन्नु भएको हो ?”
“हो ।”
“तपाईसँग एकछिन कुरा गर्नु छ ।”
“हुन्छ ।” अनि मैले आफ्ना साथीहरुलाई जाँदै गर भने र सोफिलाई हेर्दै भने,“भन्नुहोस् ।”
“तपाई मलाई किन हेरिरहनु हुन्छ ? तपाई यहाँ पढ्न आउनुभएको हो कि मलाई हेर्न ?” उनीले रिसाउँदै भनिन् ।
केही पलको लागि म के भनू भयो । उनीलाई एक टकले हेरिरहेको थिए र उनीले अप्ठ्यारो मान्दै भनिन्,“के भयो तपाईलाई ? किन मलाई हेरिरहेको ?” उनी फेरि रिसाउँदै भनिन् ।
“आई एम सरी ।” मैले भने र निस्के । भन्न त मलाई अरु नै थियो तर भनिन । रिसाएको बेला के भन्नू भनेर चुप लागे ।
१०
सोफिले मलाई वेवास्ता गरेकी थिइन् । म सोफिसँग बोल्न खोज्थे तर उनी त्यति बोल्न खोजिन थिइन् । मसँग दूर भाग्न खोज्थिन् । मेरो ईगो लागि हर्ट भएको थियो ।
एक दिनको कुरा हो । कक्षा सकिएपछिको कुरा हो । सोफि कक्षाबाट निस्किन् र म पनि पछि लागे । सोफिले थाहा पाइन् कि म उनको पछि आएको छु भनेर र सोफि पछाडि फर्किइन् । मेरो नजिक आइन् र भनिन्,“तपाईको यो के पारा हो ?” उनीले रिसाउँदै भनिन् ।
“केही होइन । म त सिर्फ तिम्रो साथी हुन खोजेको मात्र हो ।”
“मलाई हुनु नै छैन ।”
“मलाई त हुनु छ ।”
“अबदेखि मेरो पिछा गर्नु भयो भने म डिर्भामेन्टमा गएर कंप्लेटं गरिदिन्छु ।” यति भनेर उनी आफ्नो बाटो लागिन् । म कहाँ चुप लागेर बस्ने मान्छे होइन । उनले भनेको कहाँ मान्थे र ! उनको पिछा कहिले छोडिन । अति भएपछि सोफिले डिर्भामेन्टमा गरेर गएर कंप्लेटं गरिन् ।
कक्षा सकिएपछि मलाई प्रिसिपल सरले बोलाउनुभयो । म सरको रुममा गए । सरले मलाई हेर्दै हुनुहुन्थ्यो । त्यही क्रममा, सोफि आइन् र सरले भन्नुभयो,“तिम्रो कंप्लेटं आएको छ । सोफिलाई त्यसरी किन पिछा गरेको ? तिमीलाई धेरै अनुरोध गर्दा पनि तिमीले मानेनौ रे । तिमी यहाँ पढ्न आएका हौ । तिम्रो पढाइ राम्रो छ । त्यसैले तिमीलाई सम्झाएको छु । अर्को पालि यस्तै गरौ भने म तिमीलाई कलेजबाट निकालि दिन्छु । सोफिलाई सरी भन ।”
मैले सोफिलाई रिसाउँदै हेरे । सरी भन्न मन थिएन । सरले मलाई हेर्दै भन्नु भयो,“सोफिलाई सरी भन ।”
“आई एम सरी ।” मैले सोफिलाई नहेरिकन भने ।
“अब तिमीहरु दुई जना जाऊ । राम्रोसँग पढ्नु । मेरो कुरालाई याद गर राजीव ।”
“हुन्छ ।” मैले भने र हामी दुवै जना अफिसबाट निस्कियौ । सुरजले मलाई बाहिर कुरेर बसेका थिए र मेरो झोला सुरजसँगै थियो । म उनको नजिक गए र मलाई देखेर भने,“ए । सरले तँलाई किन बोलाउनु भएको ?”
“त्यसै ।”
अनि म आफ्नो झोला बोकेर अगाडि गए र सुरज मेरो पछि लागे । मैले केही नभने पनि उनले मेरो कुरा बुझिसकेका थिए ।
११
सोफि र मेरो बोलचाल त्यति भएको थिएन । नबोलिकन हाम्रो प्रथम सेमेन्टको जाँच पनि सक्कियो र जाँच राम्रो भएको थियो । परिक्षा त सकियो तर मेरो मन शान्त थिएन । प्रथम सेमेन्टर सक्कियो र दुई हप्ता छुट्टी भएको थियो र साथीहरुले धुम्न जाने योजना बनाएका थिए । अनि हामी पाटन दरबार भेट्ने कुरा भयो । सबै जना खुशी हुँदै हुन्छ भने । अनि हामी सबै जना बिहान १०ः३० तिर पाटनमा भेट्ने कुरा भयो । सबै साथीहरु रमाइलो गर्न पाइने भयो भनेर दंग थिए ।
भोलिपल्ट म बिहान सात बजे नै उठे । अनि प्रेस भएर निस्किए र किचेनमा गए । आमा किचेनमा हुनु हुन्थ्यो र आमाले मलाई हेर्दै भन्नु भयो,“आज मेरो छोरोलाई के भयो ? छुट्टीको दिन पनि छिट्टै उठेछौ त ?”
मैले आमालाई पाटनको योजना बताए । आमाले ए मात्र भन्नुभयो । केही क्षणपछि म खाना खाएर म तयार भए । तयार भइसकेपछि मैले घडी हेरे । ७ः४५ बजिसकेपछि म र सुरज घरबाट निस्किए । सुरज मेरो घर आएका थिए र हामी सँगै निस्किएका थियौ । रत्नपार्कको गाडी चढ्यौ । २२ मिनेटपछि हामी रत्नपार्कमा पुग्यौ र पाटनको गाडी चढ्यौ । ३५ मिनेटमा हामी पाटनको मंगलबजा पुग्यौ । यता र उता हेरे कोही देखिन । केही क्षण कुरेर बस्यौे । समय हेरे ११ः०० नागिसकेको थियो । केही क्षणपछि साथीहरु आउन थाले । केही बेर अरु साथीहरुलाई कु¥यौ । केटी साथीहरु चाँहि फोटो खिच्न थाले । आधा घण्टापछि प्रायः सबै आइसकेका थिए । सोफि पनि आएकी थिइन् । मलाई सोफिसँग गफ गर्न मन थियो तर उनी आफ्ना साथीहरुसँग व्यस्त थिइन् । मौकाको खोजीमा थिए ।
हामी सबै जना धुम्न र फोटोहरु खिच्ने क्रममा थियौ । डेढ घण्टा धुम्नेपछि हामी सबै जना नजिककैको खाजा घरमा गयौ । त्यही क्रममा, सूर्यले भने,“मलाई त निकै भोक लागेको छ । छिट्टै अर्डर गरौ न ।”
“यो सूर्यलाई कति भोक लाग्दो रहेछ । यसको नाम भोके हुनु पर्ने ।” आभासले हाँस्दै भने । आभासको कुरा सुनेर हामी सबै जना हाँस्यौ । अनि मःम, फ्रेन्च फ्राइज, चाउमिन, चिनेक चिल्ली, बफ चिल्ली अर्डर गरौ । अर्डर गरिसकेपछि सबै जना गफ गर्न थाल्यौ । मेरो ध्यान चाँहि सोफितिर थियौ । उनी एक्लै भएको मौका चाहिएको थियो । केही समयपछि हामीले अर्डर गरेको चिया आयो र त्यसको साथ साथै हामीले अर्डर गरेको खाने कुराहरु पाल्लै पिलो आयो । रामेश्वर र सूर्यको चाँहि ध्यान दिँदै थिए । अरु साथीहरु चाँहि अबको दुई हप्ताको छुट्टीमा के गर्ने भनि छलफल गर्दै थिए । धुम्ने र फिल्म हेर्ने कुरा भयो र सबैको सहमत भएको थियो । अनि खाइसकेपछि बिल सबै जनाले मिलेर ति¥यौ र फेरि नजिकै धुम्यौ । त्यहि क्रममा, सोफि एक्लै थिइन् र फोटो खिच्दै थिइन् । त्यही मौका पारेर म उनीको नजिक गए ।
“सोफि ।”
अनि सोफि पछाडि फर्किन् । मलाई देखेपछि सोफि नबोलिकन जान खोज्दै थिइन् । मैले उनीलाई रोके र भने,“आई एम सरी । मैले जे गरे त्यो सही थिएन । सुरुमा त तिमीले प्रिसिपललाई कंप्लेटं गरिदिदा मलाई नराम्रो लागेको थियो र रिस पनि उठेको थियो तर पछि थाह भयो कि त्यो गल्ती मेरो नै थियो । आज म तिमीलाई मनदेखि नै सरी भन्छु ।”
अनि म आफ्नो साथीहरु भए ठाउँमा गए । सोफि मलाई हेर्दै थिइन् । उनको मनमा के थियो मलाई नै थाहा छैन । सोफि म गएको हेरिरहेकी थिइन् । धुम्दा धुम्दै ५ बजिसकेको थियो । अनि सबै जना घर फर्किने क्रममा थिए । सबैले एक अर्कोलाई बाई गयौ र सुरज र म सँगै निस्कियौ ।
दुई हप्तामा त हामीहरुले कहिले फिल्म हेरेर बितायौ त कहिले धुमेर । यी दुई हप्ताहरुमा सोफि र मेरो त्यति कुरा भएन । मैले धेरै चोटि सरी भनेको थिए । बोल्न खोज्थे तर उनी नै मसँग बर भाग्थिन् । यी दुई हप्ता रमाइलो भएको थियो । कलेज जान नपरे नि हुन्थ्यो जस्तो लागेको थियो । रमाइलो भएको थियो तर नयाँ ठाउँहरु धुम्ने मौका पाएको थिए ।
१२
दोस्रो सेमेन्टर सुरु भयो र दोस्रो सेमेन्टर सुरु भएको एक महिनापछि प्रथम सेमेन्टरको नतिजा आयो । सुरज र सोफिले कलेजका टपर भएका थिए । दुवै जनाको ३.९० जिपी आएको थियो भने मेरो चाँहि ३ं.३४ आएको थियो ।
म बेग्लै भएको थिए । मेरो आधा दिन लाइब्रेरीमै बित्ने गथ्यो । कक्षा सकिने बित्तिकै म लाइबे्ररीमै हुन्थे । ममा आएको देखेर सुरज अचम्म परेका थिए र एक दिन मलाई सुरजले भने,“तँलाई आजकाल के भएको छ ?तँ ठीक छस् ? तँ पढ्ने मान्छे त होस् तर लाइब्रेरीमा आएर त होइन । तँ प्राय ः लाइब्रेरी आइस् भने अर्के कारणले हो ।”
“तँलाई जित्नु छ ।” मैले उनलाई नहेरिकन भने ।
“ए त्यसो पो । यस्तो बुद्दि पहिला चाँहि किन आएन ।” उनले मलाई जिस्काउदै भने ।
म चाँहि मौन नै थिए । मेरो ध्यान किताबमै थियो । मैले केही नभने पनि उनले मेरो कुरा बुझिसकेका थिए र उनी पनि मौन नै थिए । त्यसको साथ साथै, दोस्रो सेमेन्टरमा म त्यति बोल्दिन थिए । सोफि र मेरो चाँहि हाई मात्र सीमित हुन्थ्यो । मलाई सोफिसँग धेरै कुरा गर्न मन थियो तर सकिन । नराम्रो सोच्छिन् कि भन्ने डर थियो ।
हेर्दा हेर्दै दोस्रो सेमेन्टरको अन्तिम परिक्षा सुरु भयो । हाम्रो परिक्षाकोकेन्द्र हिमालय व्हाइटहायस इन्टरनेशनल कलेजमा परेको थियो । सुरुको दिन फाइनान्सको थियो । दिउँसोको १ः०० बजे सुरु हुन्थ्यो । म १२ः०० बजे नै पुगेको थिए । साथीहरु पहिले नै आएका थिए र पढ्दै थिए र म पनि पढ्न थाले । १२ः४५ बजे घण्टी बज्यो र सै जना भित्र छिरे । सबै जना आफ्नो सिटमा बसे । अनि सरले पेपर बाड्नु भयो र मैले आफ्नो नम्बर लेखे । हेर्दा हेर्दै एक बज्यो । प्रश्न पेपर बाड्नु भयो र मैले प्रश्नहरु हेर्न थाले । अनि उत्तरहरु लेख्न थाले ।
हेर्दा हेर्दै परिक्षाको अन्तिम दिन थियो । अन्तिम परिक्षा सक्किएपछि हामी सबै जना नजिकैको खाजा घरमा गयौ । सबै जना परिक्षा कस्तो भयो र छुट्टीको दिन के गर्ने भन्ने विषयमा छलफल भयो । सबै जनाले आफू के गर्ने भन्ने भइरहेको थियो । म चाँहि मौन थिए र मेरो नजर सिर्फ सोफितिर थियो । दुई घण्टापछि हामी त्यस ठाउँबाट निस्कियौ ।
......................................................................................................................................................................
शनिबारको दिन थियो र दिउँसो १ः३६ बजेको थियो । सुरज र सोफि एक रेष्टूरेण्डमा थिए । दुवै जनाले एक अर्कोलाई हेर्दै थिए । त्यही क्रममा, सुरजले सोफिलाई हेर्दै भने,“तिमीले मलाई किन बोलाएको ?”
“खासमा तिमीलाई केही कुराहरु भन्नु थियो ।” सोफिले भनिन् ।
“के कुरा ?”
“म.......म ।”
“म पछि के ?”
“म तिमीलाई मन पराउछु ।”
“के ? यो तिमी के भन्दै छौ ?” सुरजले अचम्म पाराले भने ।
सोफिले सुरजलाई हेर्दै भनिन्,“हो, यो कुरा सत्य हो ।”
“तर म तिमीलाई साथीको नजरले मात्र हेर्छु । तिमीलाई त राजीवले मन पराउछन् ।”
“म राजीवलाई मन पराउदिन । म तिमीलाई मन पराउछु ।” वातावरणमा मौनता छाएको थियो । सुरज मौन नै थिए । सुरज मौन भएको देखेर सोफिले भनिन्,“हतार छैन । पछि निर्णय गर्दा पनि फरक पर्दैन ।” यति भन्दै सुरक्षा रेष्टूरेण्डबाट निस्किन् । सुरजले सोफि गएको हेरिरहेका थिए । सुरजलाई के भन्ने भयो ।
छुट्टीको समय सोफिले सुरजलाई म्यासेज पठाउथिन् । त्यसको साथ साथै, सबै साथीहरु धुम्न जान्थे । एक दिन हामी सबै साथीहरु कपन भनि धुम्न गएका थियौ । सबै जना हिड्दै गफ गर्दै थियौ र त्यही क्रममा, सुरज र सोफि पछाडि थिए । त्यही क्रममा, सुरजले सोफिलाई भने,“तिमी राजीवसँग बोलेकी छैनौ हो ?”
“हो । किन सोधेको ?”
“राजीवलाई माफ गरिदेऊ र राजीव नराम्रो मान्छे होइन । समय आएपछि उनले आफै कुरा बुझ्ने छन् ।”
“हुन्छ । यति तिमी भन्छौ भने, म माफ गरिदिन्छु ।” सोफिले सुरजलाई हेर्दै मुस्कुराइन् ।
“तिमीलाई कस्तो जिस्किनु पर्छ ।”
“हो किनकि तिमी गम्भीर छौ । हाम्रो जोडी कस्तो राम्रो देख्छ नि ।” उनी मुस्कुराउदै अगाडि गइन् र पछाडि फर्किन् ।
मैले दुवै जनालाई निहालेर हेर्दै थिए । मलाई जलन भइसकेको थियो । दुवै जनाको चक्कर त छैन ? यो के हुँदै छ ?
१३
दिउँसोको समय थियो । म फिल्म हेर्दै थिए र फेसबुक मैले लगआउट गरेको थिइन । त्यही क्रममा, नोटिफिकेसनको आवाज आयो । अनि हेरे । म्यासेज पो रहेछ । म अचम्म परे र म्यासेज के रहेछ भनि हेरे ।
“हाई ।” उनीको म्यासेज थियो । कति बेला पठाएको रहेछ भनि हेरे । एक मिनेट अगाडि पठाएकी रहेछिन् । म उत्साहित हुँदै म्यासेज पठाए ।
“हाई । सँच्चै ? आज कसरी मलाई म्यासेज पठायौ ?”
उनी अपलाइन भइसकेकी रहेछिन् । म चाँहि उनको म्यासेजको प्रतिक्षामा थिए । मैले म्यासेज पठाएको एक घण्टा पछि उनको म्यासेज आयो ।
“आई एम सरी ।”
“के को लागि ?”
“तिमीलाई मैले नराम्रो सोचेको थिए । अनि मैले सरलाई कंप्लेटं गरे । तिमीले धेरै चोटि गाली पनि खा¥यौ ।”
“बिर्सिदेऊ । मैले त बिर्सिसके । अरु के छ त्यो सुनाउन ।”
“मेरो त केही छैन । बरु तिम्रो सुनाउन ।”
“मेरो पनि खासै केही छैन ।” मैले भने ।
अनि हामी केही बेर कुरा गरेर अपलाइन भयौ । सोफिले आज म्यासेज पठाएर बोल्ने वातावरण खोलिदिइन् । त्यस पश्चात हाम्रो कुरा हुन थालेको थियो तर त्यति धेरै होइन ।
हेर्दा हेर्दै तेस्रो सेमेन्टर सुरु भयो र तेस्रो सेमेन्टर सुरु भए सँग सँगै सुरज र सोफिको अफेयर सुरु भयो । सुरजले सोफिको प्रेम प्रस्तावलाई स्वीकारेका थिए । दुवै जना निकै खुशी थिए तर म खुशी हुन सकेको थिइन । दुवै जनालाईसँगै देख्न सकको थिइन तर मैले बाहिर देखाएको थिइन ।
तेस्रो सेमेन्टर सुरु भएको एक महिनापछि दोस्रो सेमेन्टरको नतिजा आयो । म कलेजको टपर भएको थिए भने सुरज दोस्रो भएका थिए । मेरो ३.९८ जिपी आएको थियो भने सुरजको ३.९४ । अलिकतिले पुगेको थिएन । सुरज गम्भीर नै देखिन्थे । सुरज सधै प्रथम भइरहजे व्यक्ति थिए तर जिन्दगीको पहिलो पटक दोस्रो भएका थिए । मलाई थाहा थियो कि सुरज निराश छन् भनेर र एक्लै भएको बेला कुरा गर्ने निर्णय गरे ।
केही समयपछि उनी एक्लै थिए त्यो पनि लाइब्रेरीमा थिए । एक कुनाको टेबुलमा बसेका थिए । अनि म सुरज भएको ठाउँमा गए र सुरजलाई हेर्दै भने,“तँलाई के भयो ? तँ निराश छस् ।”
“केही भएको छैन ।” सुरजले मलाई नहेरिकन भने । म चाँहि उनलाई हेरिरहेको थिए र त्यही क्रममा, मैले भने,“तँलाई केही त भएको छ । परिक्षामा दोस्रो भएर गम्भीर भएको हो ?”
“होइन ।”
“त्यसो भए के भयो त ?”
सुरज मौन नै थिए र मेरो प्रश्नको जवाफ दिएका थिएनन् । मैले धेरै चोटि सोध्दा पनि मौन नै थिए र अन्त्यमा आएर उनले रिसाउँदै भने,“तँ मलाई वाक्क नलगा । तँलाई सबै कुरा व्यक्त गर्न जरुरी सोन्दिन । मलाई एक्लै छाडिदिए ।”
यस्तो वर्षसम्म मैले सुरजलाई रिसाएको देखेको थिइन । आज पहिलो पटक रिसाएको देखे । म अचम्म परेको थिए । र म लाइब्रेरीबाट निस्किए । मलाई अचम्म लागेको थियो कि उनलाई के कुरालाई सत्ताएको थियो । केही न केही थियो । म रातभर यस बारे सोचे । के चाँहि भए छ सुरजलाई ?
१४
सुरज र म कुरा नभएको एक हप्ता भइसकेको थियो । न त सुरज कुरा गर्थे न त मोटरसाइकलमा नै चढेका थिए । म बोल्न खोज्थे तर सुरज बोल्न चाहदैन थिए ।
केही हप्तापछिको कुरा हो । कक्षा सक्किएपििछको कुरा हो । सुरजले मलाई पछाडिबाट बोलाए र म सिडीमै अभिए । सुरज मेरो नजिक आए र भावुक हुँदै भने,“आई एम सरी । म तँसँग रिसाउनु हुँदैन थियो । त्यस बेला मेरो मुड खराब भएको थियो । तेरो कारणले म रिसाएको होइन न त तेरो कारणले नै मेरो मुड खराब भएको हो । मलाई एकान्त चाहिएको थियो । समय आएपछि तँलाई सब कुरा बताउछु तर म तँसँग बिना कारण रिसाए, त्यसको कारण तेरो मन अशान्त भयो । त्यसको लागि आई एम सरी ।”
म उनको कुरा सुनिरहेको थिए । हामीले एक अर्कोलाई हेरिरहेका थियौ । त्यही क्रममा, मैले उनलाई हेर्दै भने,“सबै कुरा बिर्सिदे । तैले सरी भन्नु पर्दैन ।” अनि हामीले एक अर्कोलाई हहग गरौ र हामी खाजा खान गयौ ।
समय बित्दै गयौ र फेब्रअरी महिना पनि सुरु भयो । म निकै खुशी भएको थिए । खासमा मैले सही समय कुरेर बसेको थिए । मैले सोफिलाई मन पराउन थालेको थिए र सोफिलाई प्रेम प्रस्ताव राख्ने कि नराख्ने भएको थियो । सोफिको के जवाफ आउँछ त्यो मलाई थाहा भएन तर मलाई डर थियो । एक मनले भन्थ्यो कि सोफिले मेरो प्रेम अस्वीकार गर्छिन् र साथीको नजरले मात्र हेर्छिन् जस्तो लाग्छ र अर्को मनले प्रेम प्रस्ताव गर ।
कक्षा सक्किएपछि म पसल गए । कार्डहरु हेर्न थाले र हेर्ने क्रममा मेरो नजर एउटा कार्डमा पुग्यो । कार्डको रङ्ग रातो र निलो थियो । त्यसको साथ साथै बाहिरको तस्बिर केटाले केटीलाई फूल दिँदै गरेको थियो । मलाई निकै मन परेको र मैले त्यो कार्ड किने । त्यसको साथ साथै म गिफ्ट पसलमा गए तर मेरो नजर केहीमा पुगेन । अनि म किताब पसलमा गए । मलाई थाहा थियो कि उनीलाई किताब पढ्न मन पर्छ । म एकता बुक्समा गए र बुक्सहरु हेर्न थाले । नथिङ लस्टस एभरेभरमा मेरो आँखा गयो र बुकको पछािडका कभर पढ्न थाले । पढ्दा राम्रो लाग्यो र किने । मन एक प्रकारले खुशी नै थियो । फूल चाँहि १३ फेब्रअरीमा किन्ने योजना बनाए ।
१५
आज म बिहान नै उठे र तयार पनि भए । आज म छिट्टै कलेज गए । मनमा प्रश्नहरु थिए । त्यसको साथ साथै, म नर्भस भएको थिए । मैले आफ्नो झोला कक्षामा राखिसकेको थिए । कोही साथीहरु आइसकेका थिएनन् । कति बेला सोेफि आउँछिन् जस्तो भएको थियो । मलाई हतार भइसकेको थियो । मलाई एक मिनेट पनि एक घण्टा लागिरहेको थियो । हेर्दा हेर्दै ६ः३० बज्यो र सबै साथीहरु आइसकेका थिए र सोफि पनि । मेरो नजर सोफितिर नै थियो । कसरी दिने जस्तो भएको थियो । पहिलो कक्षा सकियो र दोस्रो पनि सकियो । अनि ब्रेक भयो र सबै जना कक्षाबाट निस्किए । सोफि पनि निस्किन् । म खुशी भए र उनी बसेको बेन्चमा गए र झोलामा किताब, कार्ड, फूल र चिठ्ठी राखे । अनि म पनि क्यान्टिनमा गए । मेरा तीन जना साथीहरु बीचको बेन्चमा बसेका थिए र खाजा अर्डर गरिसकेका थिए । त्यही क्रममा, अज्जलीले मलाई हेर्दै भनिन्,“के हो साथी ? आज त क्यान्टिनमा ढिलो आयौ त ? गर्लप्रेण्डलाई भेटेर आएको हो ?” उनीले मलाई जिस्काउदै भनिन् । म मौन नै भए । के जवाफ दिनु जस्तो भयो ।
“हो, मैले गर्लप्रेण्डलाई नै भेटेर आएको हो ? तिमीलाई ईष्या भएको हो ?” मैले पनि अज्जलीलाई जिस्काउदै भने ।
अनि अज्जली मज्जाले हाँसिन् । सोफिले अज्जलीलाई अजिब तरिकाले हेरिन् । कहिले काँही अज्जली अजिब तरिकाले हाँस्थिन् । ठूलो हँसाई थियो । त्यही क्रममा, सुरज र सोफि एक अर्कोलाई हेर्दै थिए । त्यही क्रममा, हामीले अर्डर गरेको खाजा र चिया आयो । खाने क्रममा अज्जलीले भनिन्,“आज प्रेम दिवस । साथीहरुको के छ योजना छ ?”
“तिम्रो चाँहि के छ ?” मैले अज्जलीलाई जिस्काउदै भने ।
“मेरो त के के छ नि योजना । हेर्दा त निकै सोझि देखिन्छु तर त्यस्तो पनि छैन म ।” अज्जलीले मलाई जिस्काउदै भनिन् ।
“मैले त तिमीलाई लास्टै बाँग्गो सोचेको थिए । यो संसारकै लास्टै बाँग्गो मान्छे को भनि सोध्दा तिम्रो नाम आउँछ ।” मैले पनि जिस्काउदै भने । अनि उनी मुस्कुराइन् ।
त्यही क्रममा, सुरजले हामीलाई हेर्दै भने,“कक्षा सुरु हुने बेला भइसक्यो । छिट्टो खायौ ।”
”सुरजलाई कति पढ्नु पर्ने । कहिले काँही त ढिलो जाँदा पनि केही हुँदैन हो साथी ।” अज्जलीले भनिन् ।
“चुप लाग तिमी । पछि नोट चाहियो भने म नै चाहिन्छ होला । जाँच भएको बेला मलाई नै सम्झिने होला नि ।” सुरजले व्यंग्य गर्दै भने ।
“तिमी नभए के भयो त ? राजीव र सोफि छँदै छन् ।” अज्जलीले सुरजलाई हेर्दै भनिन् ।
“यो केटीलाई कति गफ आएको हो । छिट्टो खाएर कक्षामा जाऊ ।” सोफिले भनिन् ।
अनि हामी हतारिदै खान थाल्यौ र त्यही क्रममा, बे्रक सक्किएको सङ्केत आयो । अनि हामी खाँदै गरेको समोसा त्यति छोडिदिऊ र पैसा तिरेर कक्ष्ाँमा गयौ ।
म नर्भस भएको थिए । कक्षामा छिरेपछि म निकै नर्भस भएको थिए । के प्रतिक्रिया आउने हो र मेरो सम्बन्धमा के हुने हो थाहा छैन । हाम्रो दोस्ती त तोड्ने त होइन ?
हामी आ–आफ्नो बेन्चमा बसेका थियौ । मेरो नजर सोफितिर थियो । उनीले झोला खोलिन् । खोलिसकेपछि उनी अचम्म परेकी थिइन् । उनीले यता र उता हेरिन् । आफ्नो कपी निकालिन् । उनको ध्यान सरले पढाएतिर थिएन । उनीको नजर हरपल झोलामा थियो भने मेरो नजर सोफितिर नै थियो ।
हेर्दा हेर्दै कक्षाहरु सकियो र सोफि नबोलिकन निस्किन् । उनी नबोलिकन निस्केको देखेर म झन् नर्भस भए । डरले डेरा जमाउन थाल्यो । घर पुगेपछि म छटपटीन थाले । मसँग रिसाइन् भने ? उनीले अरुलाई नै मन पराउछिन् भने । यस्तै यस्तै प्रश्नहरु दिमागमा आइरहेको थियो ।
१६
म नर्भस र डराउदै कक्षामा छिरे । आज म ढिलै नै कलेज पुगेको थिए । कक्षा छिर्दा मेरो नजर सोफितिर गयो । उनीले मलाई हेरिन् र उनीको भाव अर्को थियो । गम्भीर भएकी थिइन् । उनी गम्भीर भएको देखेर म आत्तिन थालेको थिए र मेरो ध्यान सोफितिर गयो ।सोफिसँग कुरा गर्न पाए हुन्थ्यो जस्तो भएको थियो । हेर्दा हेर्दै ब्रेकको सङ्केत आयो । सबै जना निस्किए । म कक्षामा थिए र सोफि पनि । वातावरणमा केही क्षणको लागि मौनता छा¥यो । अनि सोफि बेन्चबाट उठिन् र म बसेको ठाउँमा आइन् । हामीले एक अर्कोलाई हेरौ र उनीले मलाई भनिन्,“हेर, राजीव म तिमीलाई मन पराउदिन र म तिमीलाई साथीको नजरले मात्र हेर्छु । म तिम्रो उपहारहरु लिन सक्दिन ।” अनि सोफिले मलाई मैले दिएको उपहारहरु फिर्ता गरिन् ।
अनि मैले उनलाई हेर्दै भने,“तिमी अरु कसैलाई मन पराउछौ ?”
सोफिले मलाई हेरिरहिन् । मौनता छाएको थियो । मेरो मन अशान्त भएको थियो र मैले उनलाई हेर्दै भने,“तिमीले कसैलाई मन पराउछौ ?”
उनले हो भनिन् र मलाई हेर्दै भनिन्,“तिमीले उनलाई चिन्छौ ।”
“को हो ?”
उनी मौन भइन् र केही नभनिकन कक्षाबाट निस्किन् । मेरो दिमाग धुम्न थाल्यौ र को हो तयो ? दिमागमा सिर्फ सुरजकोक नाम आयो । उनको नाम दिमागमा आउने बित्तिकै मलाई रिस उठ्यो । सुरजले मलाई किन भनेनन् ? मलाई यत्रो धोका ? मलाई निकै रिस उठेको थियो । हामी यत्रो दिनसम्म सँगै बस्दा किन सुरजले मलाई केही भनेनन् । म खाजा खान पनि गइन । उनले फिर्ता गरेको उपहारहरु एकछिन हेरे र झोलामा राखे । आज मेरो मन निकै उदास भएको थियो ।
केही क्षणपछि खाजा खाने समय सकेको सङ्केत आयो । सबै जना कक्षामा आउने क्रममा थिए र मेरो समूहका पनि आए । सोफिले मलाई हेरिनन् । सुरजले मलाई हेर्दै थिए र मलाई एउटा सानो नोटमा लेखे र मलाई दिए । मैले खोलेर हेरे र लेखिएको थियो कि“तँलाई के भयोे ? किन निराश भएको ?”
म मौन नै थिए र केही भन्न मन भएन । हेर्दा हेर्दै कक्ष्ाँ सकियो । त्यस दिन हामी बीच कुरा नै भएन । सुरज सधै मसँग जान्थे तर म आज एक्लै गएको थिए । सुरज अचम्म परेका थिए । केही क्षणपछि म घर पुगे र प्रेस भएर खाना खाए । अनि खाना खाएपछि म खाटमा पल्टिए । मनमा रिस थियो । मलाई बदला लिनु थियो । त्यसको साथ साथै, म सुर्धेको नाटक गरेको थिए तर केही काम लागेको थिएन । दिमागमा सोफि र सुरजको बारेमा सोचिरहे । के चल्दै छ दुई जना बीच ? सुरजलाई सोध्न मन थियो ।
१७
म कलेज नभएको दुई दिन भइसकेको थियो । मलाई फेसबुकमा सुरजले निकै म्यासजे पठाएका थिए तर मैले वास्ता गरेको थिइन । जरुरी सोचिन । त्यसको साथ साथै मेरो बुवा र आमाले पनि मलाई किन नगएको भनि सोध्नुभएको थियो र मैले सँच्चो नभएको जानकारी गराए । उहाँहरुले मेरो कुरा पत्ताउनु भयो वा भएन त्यो मलाई थाहा भएर । उहाँहरुले केही प्रतिक्रिया दिनु भएको थिए ।
कलेज नगएको चार दिनपछिको कुरा हो । दिउँसोको २ः०० बजेको थियो होला । ढोकाको घण्टी बज्यो र ममीले ढोका खोल्नुभयो । सुरज आएका रहेछन् । म खाटमा थिए र ल्यापटप चलाउदै थिए र सुरज मेरो कोठामा आए र मलाई देखेर मुस्कुराए । अनि मेरो नजिक आए र मलाई निहालि रहेका थिए । अनि मलाई हेर्दै भने,“तँलाई के भयो ? किन कलेज नआएको ? मेरो म्यासेजको जवाफ नपठाएको ?”
हामीले एक अर्कोलाई हेरौ । वातावरणमा मौनता छाएको थियो । अनि मैले ल्यापटप बन्द गरे र उनलाई हेर्दै भने,“तेरो र सोफिको चक्कर चलिरहेको छ हो ?” म रिसाउदै भने ।
उनले मलाई हेरिरहे । उनी नर्भस भएका थिए र उनलाई के भनू भएको थियो । सुरज नबोलेको देखेर मलाई झन् रिस उठेको थियो र वातावरण्को मौनता तोड्दै मैले भने,“तँ किन मौन छस् ? किन मेरो प्रश्नको जवाफ दिदैनस् ?” मैले उनलाई रुखो स्वरले सोधे ।
“हो, हामी दुई बीच सम्बन्ध छ र तँलाई भन्न मन लागेन । तँ रिसाउछस् भनेर मैले केही नभनेको ।”
“यो कहिलेदेखि ?”
“६ महिनाभन्दा धेर भइसकेको छ ।”
“मलाई भन्न जरुरी सोचिनस् ?” मैले रिसाउदै भने ।
सुरज मौन नै थिए । मलाई हेर्न सकेका थिएनन् । म चाँहि उनलाई हेर्दै थिए । सुरज यता र उता गर्दै थिए । उनले खुलेर कुरा गरेका थिएनन् । सोफिसँग सम्बन्धमा बसेदेखि नै सुरजको व्यवहारमा परिवर्तन आएको थियो । मसँग त्यति बोल्दैन थिए । त्यति नबोल्ने व्यक्ति झन् नबोल्ने भएका थिए । पहिला त अर्को सोचेको थिए तर आज आएर थाहा पाए कि के भएर परिवर्तन भए भनेर । मलाई उनको अनुहार नै हेर्न मन नै थिएन ।
उनलाइ हेर्दै भने,“तँ मसँग नबोल । मलाई तँसँग संगत गर्नु नै छैन । तँ एक धोकेबाज साथी होस् । मैले सोफिलाई मन पराउछु भन्ने थाहा पाएर पनि तँ उनीसँग नै छस् । तेरो त्यत्रो हिम्मत । मलाई पहिले नै किन नभनेको । तँ देखेर मलाई रिस उठेको छ । तँ यहाँबाट निस्कि ।”
अनि सुरज केही नभनिकन निस्किए । अनि म आफ्नो ल्यापटप हेर्न थाले । मलाई दुवै जनादेखि निकै रिस उठेको थियो । खास गरी सुरज देखेर रिस उठेको थियो ।
१८
म एक हप्तापछि मात्र कलेज गएको थिए । साथीहरुले के भयो भनि सोधेका थिए र मैले बिरामी भएको थिए भने । पहिला सुरज र म एउटै बेचमा बस्थ्यौ तर अहिलेको समयमा बेग्लै बस्न थालेका थियौ । न त म अज्जली, सोफिसँग बोल्थे न त सुरजसँग नै । समय बित्दै गयो र म तीनै जनासँग बोल्न छोडेको थिए ।
समय बित्दै गयो हाम्रो बोर्डको परिक्षा सकियो र एक हप्ताको लागि छुट्टी भयो । यो एक हप्ताले हामी तीन जनाको जिन्दगीमा परिवर्तन अआउने बाला थियो । परिक्षा सक्किएको भोलिपल्टको कुरा हो । बिहानको १०ः०० बजिसकेको थियो र म हतारिदै खाना खाँदै थिए । मैले हतार गरेको देखेर आमाले भन्नुभयो,“आज यसलाई किन यस्तो हतार ?”
“एकछिन बाहिर निस्किनु छ ।”
“छुट्टीको दिन पनि यो केटो घरमा कहिले नबस्ने भयो ।” आमा रिसाउँदै भन्नुभयो तर मेरो ध्यान अर्कोतिर थियो । त्यसैले आमाको कुरामा ध्यान दिइन । अनि खाना खाइसके र लुगा लगाएर निस्के । म सोफिको घर पुगे । ढोकाको घण्टी बजाए । चार घण्टी बजाएपछि मात्र उनीले ढोका खोलिन् । मलाई देखेर उनको अनुहारको रङ्ग बेग्लै भएर आयो । मलाई हेर्दै उनीले भनिन्,“किन मेरो घर आएको ?” अनि म भित्र छिरे र सोफि मेरो पछि लागिन् ।
त्यही क्रममा, हामी बैठक कोठामा पुग्यौ र म पछाडि फर्किए । उनलाई हेरेर मुस्कुराए र मेरो मुस्कान देखेर उनी नर्भस् भइन् । अलिक पर गइन् र म उनीको नजिक गए । हाम्रो आँखा जुध्यो । सोफिको आँखामा डर थियो । मेरो चाँहि मन कहि न कहि खुशी थियो । मलाई सोफि तड्फोके देख्न मन थियो । म जति जति उनीको नजिक जान्थे । उनी नर्भस् हुन्थिन् र दूर जान्थिन् । त्यही क्रममा, उनी सोकेश भए ठाउँमा पुगिन् र सोकेशबाट भेसल पुट्यो । सोफि झकिइन् र भुँइमा हेरिन् । उनीले भुँइममा हेरिरहदा म उनको नजिक गए र सोफिलाई छुन थाले । उनी झन् अचम्म परिन् र भनिन्,“यो तिमी के गर्दै छौ ?”
“तिमीले मलाई माया गरेनौ । त्यसैले मैले तिमीलाई माया गर्दै छु ।” म मुस्कुराउदै भने र सोफिलाई फेरि छुने प्रयास गर्दै थिए । त्यही क्रममा, सोफिले एक थप्पड हानिन् । मलाई रिस उठ्यो र म झन् सोफिको नजिक गए । नजिक गएर झन् जर्बरजस्ती गर्न खोज्दै थिए र त्यही क्रममा, उनीले फेरि एक थप्पड हानिन् र पछाडि ढकालिन् । मलाई हेर्दै भनिन्,“तिमी यहाँबाट गइहाल । नभए म पुलिस बोलाउछु ।” म रिसाउदै त्यहाँबाट निस्किछु र निस्किने बेलाममा उनलाई हेरे ।
यस घटना पश्चात सोफि कलेज नै आएकी थिइनन् । सोफिले सुरजलाई फोन गर्न धेरै प्रयास गरिन् तर सकिनन् । सुरजले पनि धेरै प्रयास गरे तर सोफिले फोन उठाइनन् । बुवा र आमाले पनि सोफिको बानीमा आएको परिवर्तन देखेर धेरै चोटि सोधिरहनु भयो तर केही मौन नै बस्थिन् ।
एक दिन सुरजले फोन गरे र सोफिले फोन उठाइन् र निकै बेर रोइन् । सोफि रोएको सुनेर सुरजले भने,“सोफि, तिमीलाई के भयो ? किन रोएको हो ?” सुरज आत्तिए ।
सोफिले सुरुमा त केही भइनन् र फोन काटिन् र फोन अफ गरिन् । निकै दिनसम्म रोइरहिन् । हररोज सुरजले फोन गरिरहे । मन आत्तिएको थियो । घर जान कोसिस नगरेका होइन तर अरुले नराम्रो सोध्छन् कि भनेर गएनन् ।
केही दिनपछिको कुरा हो । कक्षा सक्किएछि सुरज मेरो नजिक आए र भने,“राजीव ।”
म पछाडि फर्किए र भने,“के भयो सुरज ?”
“तिम्रो र सोफिको कुरा भएको छ ?” सुरज भावुक हुँदै भने ।
“छैन त । के भयो सुरज ? सोफिको बारे किन सोधेको ?”
“त्यसै । कलेज नआएको धेरै त्यसैले सोधेको ।”
“ए । आऊ घर छोडिदिन्छु ।”
“हुन्छ ।” अनि हामी सँगै घर फर्कियौ । मेरो मन एक प्रकारले आनन्द भएको थियो ।
......................................................................................................................................................................
सोफि कलेज नआएको दुई हप्ता भइसकेको थियो । म सरले भनिरहेको कुरा नोट गर्दै थिए र त्यही क्रममा, मलाई सुरजको भाव हेर्नु थियो र म पछाडि फर्किए । सुरज निराश भएका थिए र उनको ध्यान पढाइमा थिएन । सिर्फ सोफितिर थियो । उनी सोफि बसेको बेन्च हेरिरहन्थे । हेर्दा हेर्दै कक्षा सक्कियो । सुरजले धेरैचोटि सोफिलाई फोन गरे । सायद फोन उठेन र उनी निराश हुँदै घरतिर गए । आज मसँग जाने सुर गरेनन् । अनि म लागे सोफिको घरतिर । मैले बाईक पर पाकिङ्ग गरे र उनीको घरतिर लागे । घण्टी बजाए । कसैले ढोका खोलेनन् । बाहिर ढोका हेरे । भित्रबाट बन्द थियो । फेरि बजाए । निकै बेर बजाएपछि मात्र सोफिले खोलिन् । मलाई देखेर ढोका बन्द गर्न कोसिस गर्दै थिइन् तर म जर्बरजस्ती गरेर भित्र छिरे । उनी पछाडि जाँदै थिइन् तर त्यही क्रममा, हामी उनीको कोठामा पुग्यौ । अनि सोफि नर्भस हुँदै भनिन्,“प्लिज, मेरो नजिक नआऊ ।”
उनीको आँखामा आँसुले भरिएका थिए । म उनकै नजिक गए र मैले उनीलाई उनकै खाटमा राखे । मैले आफूले लगाएको लुगा पुकाले र उनीको पनि पुकाले । अनि म उनीको शरीरसँग खेल्न थाले र उनीको हरेक अंगसँग खेल्न थाले । उनीको स्तनमा चुम्बाको मज्जा अर्के थियो । उनले नथाहा पाउने गरी भिडियो बनाएको थिए । यो दिन मलाई मनदेखि खुशी थिए । यो हररोज हुन्थ्यो ।
१९
दुई हप्तापछिको कुरा हो । साँझको समय थियो र समय भएको थियो ७ः०६ । बुवा र आमाले ढोकाको घण्टी बजाउनु भयो । निकै बेर घण्टी बजाउदा पनि सोफिले ढोका खोलिनन् । बुवा र आमा आत्तिन थाल्नु भयो । सोफिलाई फोन गर्नु भयो तर फोन उठेन । फोन नउठेपछि झन् आत्तिनु भयो । अनि बुवाले आफ्नो झोलामा भएको साँच्चो निकाउनु भयो । बुवा र आमासँग घरको एउटा साँच्चो हुन्थ्यो । साँच्चो निकालेर ढोका खोल्नु भयो र भित्र छिर्नु भयो । अनि आ–आफ्नो झोला छेऊमा राख्नुभयो ।
“सोफि ।” आमाले भन्नुभयो । सोफिको आवाज आएन । धेरै चोटि बोलाउनु भयो र सोफि बोलिनन् । अनि सोफिको कोठामा जानुभयो । ढोका खुल्लै थियो । बुवा र आमाको नजर खाटमा गयो र आमाले सोफि भनि कराउनु भयो । बुवा र आमाले सोफिलाई सुमसुमाउदै हुनु हुन्थ्यो । त्यही क्रममा, बुवाको नजर सोफिको छेऊमा भएको कागजमा गयो । अनि त्यो कागज पढ्न थाल्नु भयो ।
प्रिय बुवा र आमा,
बुवा आमा मलाई माफ गरिदिनु । मेरो आत्महत्या गर्नुको कारण म आफै हुँ । मैले तपाईहरुलाई आफ्नो मनको कुरा सेयर गर्न कोसिस गरे तर सकिन । मसँग पढ्ने साथी सुरज हररोज घरमा आउथे र मलाई जर्बरजस्ती गर्थे । कसैलाई भने, भिडियो खिचेर सार्वजनिक गर्ने धस्की दिएका थिए । म निकै डराएको थिए । तपाईहरु घरमा नभएको फाइदा उनले लिएका थिए । म हररोज आजित भएको थिए । तपाईहरुलाई भन्ने धेरै कोसिस गरे तर सकिन । आफ्ना नजिकका साथीहरुलाई पनि भन्न सकिन । तपाईहरुको इज्जत बारे पनि सोचे । अति भएपछि मैले आत्महत्या निर्णय गरे । मलाई माफ गरिदिनुहोला ।
तपाईको छोरी
सोफि
बुवा र आमाको आँखामा आँसुले भरिएको थियो । त्यहि क्रममा, आमाले भन्नुभयो,“हामीलाई एक चोटि भनेको भए, हामीले सोफिलाई बचाउथ्यौ । यो तिमीले के ग¥यो छोरी ? के गरौ ?” आमा रुँदै भन्नुभयो । बुवा निशब्द हुनु भएको थियो । उहाँले सिर्फ सोफिलाई मात्र हेरिरहनु भएको थियो ।
एक घण्टापछिको कुरा हो । वातावरणको मौनता तोड्दै बुवाले भन्नुभयो,“सोफिको ममी ?”
“हँ ?” उहाँको नजर सोफितिर नै थियो ।
“हामी पुलिस स्टेशन जाऊ ।”
“यति राति ?”
“हो । हाम्रो छोरीले न्याय पाउनु पर्छ । सुरजले सजाय पाउनु पर्छ । मलाई अरुहरुको चिन्ता छैन । सिर्फ आफ्नो छोरीको मात्र छ ।”
अनि दुवै जना पुलिस स्टेशन जानु भयो । पुलिस स्टेशन छिरिसकेपछि यता र उता हेर्नु भयो । छेऊमा भएको एक जनालाई सोध्नु भयो,“इन्स्पेक्टरलाई भेट्नु थियो ।”
“भोलि आउनुहोस् । अहिले उहाँको काम सक्किएको छ ।”
“मेरो काम जरुरी छ ।”
“भोलि आएर भन्नुहोस् ।”
“मलाई आजै भन्नु छ ।” बुवा धेरै भावुक हुनुको साथ साथै रिसाउनु भएको थियो । कन्स्टब्लले बुवालाई हेरिरहेका थिए । अनि उनी आफू बसेको ठाउँबाट उठे र बुवालाई हेर्दै भने,“भोलि आउनु भन्दै छु ।”
कन्स्टब्लले कुरा सुने पनि नसुने पनि बुवाले आफ्नो कुरा व्यक्त गर्न थाल्नु भयो । बुवाको कुरा सुनिसकेपछि कन्स्टब्लले एफआईआर लेख्ने र भोलि आउन अनुरोध गर्नुभयो र भोलि नै काम सुरु गर्ने कुरा गरे । अनि बुवा र आमा घर फर्केनु भयो । यस रात दुवै जना सुत्न सक्नु भएन । आमाले सिर्फ सोफिलाई हेर्नु भयो । अब त आँखामा आँसु न बाँकी थिएन । हेर्दा हेर्दै बिहान भयो । खाना नखाइकन पुलिस स्टेशन जानुभयो । समय भएको थियो ९ः४० । कन्स्टब्लले इन्स्पेक्टर विवेक १०ः०० बजे आउने व्यक्त गरे र बुवा आमा कुर्नु भएको थियो । २० मिनेट पनि उहाँहरुलाई २० घण्टा लागेको थियो । बुवा छटपटीन थाल्नु भयो । यता र उता हेर्दै हुनु हुन्थ्यो । हरपल उहाँको नजर घडीमा हुन्थ्यो । हेर्दा हेर्दै १०ः१५ भयो र इन्स्पेक्टर विवेकको प्रवेश भयो र उहाँ आफ्नो कक्षमा जानुभयो । त्यही क्रममा, सोफिको बुवा र आमा उहाँको पछि लाग्नुभयो ।
सोफिको बुवा र आमालाई इन्स्पेक्टर विवेकले हेर्दै भन्नुभयो,“तपाईहरु केही क्षणपछि आउनुहोस् न । मेरो कथा केश हेर्नु छ ।”
”हाम्रो कुरा सुन्नुहोस् न पहिला ।” अनि बुवाले सबै कुराहरु व्यक्त गर्नु भयो । कुरा सुनिसकेपछि इन्स्पेक्टर विवेक र उनको समूह लिएर सोफिको घर पुग्छन् । सोफिको बडिलाई फोरेन्सिक लाप लगियो । सुनाईट नोट इन्स्पेक्टर विवेकले पढे र पढिसकेपछि बुवालाई हेर्दै भने,“तपाईले सुरजलाई चिन्नु हुन्छ ?”
“हामीलाई उनको साथीहरुको बारे केही थाहा छैन । सोफिले आफ्नो कलेज र साथीहरुको बारे केही भन्दिन थिइन् ।” आमाले भावुक हुँदै भन्नुभयो ।
“गोल्डेन गेट ।” बुवाले भन्नुभयो ।
अनि इन्स्पेक्टर विवेक आफ्नो टिम लिएर गोल्डेन गेट गए । दिउँसोको समय थियो । इन्स्पेक्टर प्रिन्सिपलको रुममा थिए र प्रिन्सिपलले पुलिसलाई देख्ने बित्तिकै आत्तिनु भयो र भन्नुभयो,“तपाईहरु यहाँ ? त्यस्तो के भयो र ?”
इन्स्पेक्टर विवेकले सोफिको बारेमा सबै कुरा व्यक्त गरे र सुरजको बारेमा सोध्नु भयो । प्रिन्सिपल अचम्म पर्नु भयो र केही भन्न सक्नु भएन । इन्स्पेक्टर विवेकले प्रिन्सिपल सरलाई निहालेर हेर्दै थिए र त्यही क्रममा, भने,“सोफि नआएको कति दिन भइसकेको थियो ।”
“निकै दिन भइसकेको थियो । मलाई भन्दा धेरै कुराहरु उप प्रिन्सिपललाई थाहा हुन्छ । म उहाँलाई बोलाउछु ।” प्रिन्सिपल नर्भस हुँदै भन्नु भयो ।
प्रिन्सिपलले फोन गर्नु भयो र भन्नुभयो,“सर, तपाई मेरो कक्षमा तुरुन्त आउनुहोस् । तपाईसँग जरुरी काम छ ।” यति भनेर प्रिन्सिपल सरले फोन राखिदिनु भयो । केही क्षणमै उप प्रधानाध्यापक कक्षमा आउनुभयो र कुर्सीमा बस्नुभयो । प्रिन्सिपललाई हेर्दै भन्नुभयो,“सरले मलाई किन बोलाउनु भएको हो ?”
“उहाँ इन्स्पेक्टर विवेक । सुरजको बारेमा सोध्न आउनु भएको हो ।”
उप प्रधानाध्यापकले इन्स्पेक्टरलाई हेर्नु भयो र नर्भस् हुनुभयो । इन्स्पेक्टरले उप प्रिन्सिपललाई हेर्दै भन्नुभयो,“सुरजको बारेमा भन्नुहोस् ।”
“सुरज यो कलेजको राम्रँे राम्रो विद्यार्थी हुन् । कलेज सधै आउँछन् । राजीव उनीको मिल्ने साथी हुन् ।”
“तपाईले सुरजको बानीमा केही परिवर्तन बारे ख्याल गर्नु भएको थियो ?”
“मैले त्यस्ते कहिले ख्याल गरिन । उनको साथीहरु र सरहरुलाई सोध्नुपर्छ ।”
“मलाई सुरज र राजीवको ठेगाना र सम्पर्क नम्बर दिनु ।”
अनि उप प्रधानाध्यापक सरले दुवै जनाको नम्बर दिनुभयो । त्यही क्रममा, इन्स्पेक्टरले प्रिन्सिपल सरलाई हेर्दै भन्नुभयो,“तपाईहरुले सुरजलाई फोेन गरेर बोलाउन मिल्छ ?”
उप प्रधानाध्यापक सर र प्रिन्सिपल सरले एक अर्कोलाई हेर्नु भयो । अनि प्रिन्सिपलले हुन्छ भन्नु भयो र सुरजलाई फोन गरेर बोलाउनु भयो ।
एक घण्टापछि सुरजल कलेज आइपुगे र प्रिन्सिपल सरको रुममा आए । इन्स्पेक्टरलाई देखेपछि उनी नर्भस भए र सरलाई हेर्दै भने,“के भयो सर ?”
सुसाइट नोट देखाउनु भयो । जब पढे सुरज एक प्रकारले अचम्म परे र थाहा पाए होला मेरो कारणले यस्तो भएको हो । पढिसकेपछि सुरज मौन नै रहे । इन्स्पेक्टरले उनलाई निहालि रहेका थिए र केही क्षणपछि इन्स्पेक्टरले भने,“तपाई किन मौन हुनु हुन्छ ?”
“हो, मेरै कारणले मरेकी हुन् । म उनीलाई प्रयोग मात्र गरेको थिए । उनीसँग म शारीररिक सम्बन्ध राख्न खोजेको थिए तर मानेकी थिइनन् । त्यसैले म हररोज जस्तो उनीलाई जर्बरजस्ती गर्थे । त्यसको साथ साथै म उनीलाई छोड्न चाहन्थे तर उनी मानेकी थिइनन् । मैले उनीलाई ब्ल्याकमेल गरिरहन्थे कि मेरो कुरा मानिनन् भने म भिडियो बनाएर सार्वजनिक गरिदिन्छु । डरले मान्थिन् ।”
सरहरु अचम्म पर्नु भएको थियो र सुरजलाई हेर्दै भन्नुभयो,“यो तिमी के भन्दै छौ ?”
“यो सर । यो साँच्चो हो ।”
“तपाई हामीसँग आउनुहोस् ।” इन्स्पेक्टर विवेकले भने र सुरजलाई पुलिस स्टेशन लगि¥यो ।
२०
सुरज गिरफ्तार भएको हल्ला कलेजमा आगो फलिए जस्तो फैलिदियो । सुरजको बुवा आमा र सोफिको बुवा आमा पुलिस स्टेशनमा हुनु हुन्थ्यो । त्यहि क्रममा, सुरजको आमाले भन्नु भयो,“सुरजले त्यस्तो गर्न सक्दैनन् । यो कुरा झुट हो ।”
“सुरजले आफ्ने गुना मानिसकेका छन् ।”
“यो हुन सक्दैन । हामी सुरजसँग कुरा गर्न चाहन्छौ ।”
अनि सुरजलाई बोलाइयो र सुरज बुवा आमाको नजिक बसे । सोफिको बुवा र आमा रिस उठेको थियो तर भन्न मन गर्नु भएन । सुरजले बुवा आमा हेर्न सकेका थिएनन् भने आमाले चाँहि हेरिरहनु भएको थियो । वातावरणको मौनता तोड्दै आमाले भन्नुभयो,“सुरज, यो हामी के सुन्दै छौ ?”
“तपाईहरुले जे सुन्नु भयो त्यो सत्य हो । मेरै कारणले सोफिले आत्महत्या गरिन् ।”
सोफिको आमा उठ्नु भयो र सुरजलाई एक थप्पड हान्नु भयो र भन्नुभयो,“तेरो कारणले मेरो छोरीले आत्महत्या गरिन् । तँलाई फासि दिनु पर्ने ।” आमा निकै रुनु भयो । बुवाले छुट्टाउनु भयो । सुरजलाई भित्र लग्यिो । सुरजलाई भित्र लगेपछि इन्स्पेक्टर विवेकले भने,“सोफिको बडि लिएर जान सक्नु हुन्छ । जर्बरजस्ती गरेको रिपोर्ट आयो तर हामीले डिएनए गरेनौ किनकि सुरजले आफ्नो गुना मानिसकेका छन्।”
अनि बुवा र आमा पुलिस स्टेशनबाट निस्किनु भयो र त्यस रात दुवै जनाको परिवार राम्रोसँग सुत्न सक्नु भएको थिएन । त्यसको साथ साथै, सुरज र सोफिको अफेयर बारे कलेज भरि फलियो । सुरजको बारे नराम्रो कुरा हुन थाल्यो । सुरजको परिवारलाई बाहिर निस्किन निकै गाह्रो भएको थियो ।
२१
बिबिएको अन्तिम सेमेन्टरको परिक्षा पनि सकियो । नतिजा कुरेर बसेको थिए । त्यही क्रममा, मैले बुवालाई भनेर भिडियो क्यामेरा किन्न लगाए । अनि म विभिन्न ठाउँहरुमा गएर भिडियोहरु बनाउन थाले । घरमै बसेर सम्पादन गरे । जति बनाउदै गए, त्यति नै मलाई रमाइलो लाग्दै गएको थियो । त्यसको साथ साथै, सुरज जेल गएर पछि मैले उनलाई भेट्न जरुरी सोचिन । म आफ्नै संसारमै रमाइरहेको थिए । त्यही क्रममा, दुई महिनापछि बिबिएको परिक्षाको नतिजा आयो । मैले कलेज नै टपेको थिए । मेरो ४ जिपीमा ४ जिपी नै आएको थियो । म निकै खुशी भएको थिए र बुवा र आमा पनि खुशी हुनुभएको थियो । अनि मैले अन्तराष्ट्रिय अङ्ग्रेजी भाषा परिक्षण प्रणाली को परिक्षा दिए र केही दिनमै नतिजा आयो । ८.५ आएको थियो । अनि मैले अमेरिकाको युनिभरसिटी हेर्न थाले । धेरै युनिभरसिटीमा अपलाइ गरे तर न्यू योर्क युर्निभरसिटीमा मैले छात्रवृति पाए । सबै काम सकेपछि भिसाको लागि अपलाइ गरे । एक महिनापछि अन्तर्वार्ताको लागि डेट आयो । तयारी गर्न थाले र एक महिनापछि मेरो अन्तर्वार्ता भयो र एक हप्तापछि मेरो भिसा पनि आयो । म निकै खुशी थिए । बुवा र आमा खुशीको साथ साथै, दुःखी हुनुहुन्थ्यो । न्यू योर्कमा बुवाको साथी छोरा बस्थे र कुरा मिलाइदिनु भयो । भिसा आइसकेपछि बुवाले टिकट काँटि दिनुभयो । एक हप्तापछिको फाइन्ट थियो ।
एक हप्तापटिको कुरा हो । आइतबारको दिन थियो । साँझको समय थियो र समय भएको ७ः०६ । बुवा र आमाले मलाई टिका लगाइदिनु भयो । मलाई राम्रोसँग पढ्न र राम्रो हुने आर्शिवाद दिनु भयो । अनि हामी सँगै एयरपोर्टको लागि निस्कियौ । मेरो प्लाइन्ट बेलुकाको १०ः०० बजेको थियो । हामी २० मिनेटमै एयरपोर्ट पुगेका थियाौ । ट्याक्सीबाट हामी तिनै जना निस्कियौ । केही क्षण कुरा गरेर म भित्र छिरे । एक पल्ट पछाडि फर्किए । बुवा र आमा दुवै जनालाइ मैले बाई गरे र उहाँहरु घर फर्किनु भयो । अनि मेरो काम सकेर बोडिङ्ग लागि कुरेर बसे । मलाई कुर्नुको जति अल्छी ककेही लाग्दैन । म यता र उता हेर्दै थिए । कोही किताब पढ्दै थिए त कोही गीत सुन्दै थिए त कोही गफ गर्दै थिए । मैले आफ्नो क्यामेरा निकाले र फोटोहरु र भिडियोहरु लिए । हेर्दा हेर्दै बोङ्गिकको समय भयो र म लाइनमा बसे । लाइन निकै लामो थियो । केही क्षणपछि म प्लेनमा चढे र झ्यालबाट बाहिर हेरे र केही समयपछि प्लेन टेक अफ भयो । मन अर्को भएर आयो । नेपालमा हुँदा आनन्दले बसेको मान्छे र अब अमेरिकामा अर्को संसार हुने छ । अनि तीन घण्टापछि आबु दोबईमा ल्याड भयो । दुई घण्टा ट्रान्जिट थियो र म हतारिदै थिए । अनि बोङ्गिकको लागि बोलाइयो र म हतारिदै प्लेनमा चढे । अब १२ घण्टाको सपर थियो । म प्लेनमा सुत्न सकेको थिइन । सुत्दै र उठ्दै थिए र अन्त्यमा अमेरिकाको एयरपोर्टमा ल्याड भयो । न्यू योर्कमा ल्याड भएको थियो । एयरपोर्टको काम सकेर म बाहिर निस्किए । म विशाललाई कुरेर बसेको थिए । विशाल भण्डारी बुवाको साथीको छोरा थिए । उनी धरानमा हुर्केका मान्छे । अमेरिका आएको चार÷पाँच वर्ष भइसकेको थियो । उनले एमबिए सकेका थिए र रेष्टूरेण्डमा काम गर्थे । म एयरपोर्ट पुगेको १५ मिनेटपछि मैले मेरो नाम लेखेको नेम प्लेट भएको व्यक्ति भए निर गए र मैले भने,“म नै हूँ, राजीव शर्मा ।”
“हाई म चाँहि विशाल भण्डारी ।” अनि हामीले हात मिलायौ । अनि हामी सँगै एयरपोर्टबाट उनको अपार्टमेन्ट पुग्न ४५ मिनेट जस्तो लाग्ने रहेछ । विशालले डाइमिङ्ग गर्दै थिए र मलाई भने,“तपाई यहाँ कुन विषय पढ्न आउनु भएको हो ?”
“कुन युनिभरसिटी ?”
“न्यू योर्क युनिभरसिटी । अनि तपाई के गर्नु हुन्छ ?”
“मैले एमबिए सके र म रेष्टूरेण्डमा काम गर्छु ।”
“ए । तपाई यहाँ आएको कति वर्ष भयो ?”
“पाँच वर्ष ।” अनि हामी सामान्य गफ गर्न थाल्यौ र गफ गर्दै गर्दा उनको अपार्टमेन्ट आयो । अपार्टमेन्ट अगाडि गाडी पाकिङ्ग गरे । अनि मैले आफ्नो सुटकेश गाडीबट निकाले । उनले पनि निकालि दिए र उनले कोठा खोले । अनि सुटकेशहरु भित्र राख्यौ । अपार्टमेन्ट सानो थियो । एउटा बैठक कोठा, किचेन र दुईवटा कोठा थियो । उनले मेरो कोठा देखाइदिए । एउटा खाट र टेबुल थियो । त्यसको साथ साथै, लुगा राख्ने अलमारी थियो । आफ्नो सामान कोठामा राखिसकेपछि म फ्रेस भएर कोठामा गए । विशाल बैठक कोठामा बसेर टि.भी हेर्दै थिए । मलाई देखेपछि मुस्कुराए र भने,“खाना पाकिसक्यो र म तपाईलाई नै कुरेर बसेको थिए ।”
अनि हामी खाना खान थाल्यौ र त्यही क्रममा, विशालले मलाई भने,“आज साँझतिर न्यू योर्क धुम्न जाने हो ?”
“हुन्छ ।”
खाना खाइसकेपछि म केही क्षण आराम गरे र ४ बजेतिर मात्र उठे । अनि बैठक कोठामा गए । विशाल चिया पिउदै थिए र मलाई देखेर विशालले भने,“चिया पिउनु हुन्छ ?”
“हुन्छ ।”
अनि उनले चिया बनाउन गए र केही क्षणपछि चिया ल्याइदिए । विशालले मलाई हेर्दै भने,“चिया पिइसकेपछि न्यू योर्क धुम्न जाऊ ।”
मैले हुन्छ भने र चिया पिइसकेपछि हामी निस्कियौ । हामी न्यू योर्क धुम्यौ र बाहिर नै खायौ । अपार्टमेन्ट आइपुग्दा बेलुकाको ९ः०० बजिसकेको थियो र हामी सुत्यौ ।
२२
म उठ्दा बिहानको ८ः३० बजिसकेको थियो र म सिधै तल गए । विशाललाई देखिन । अब म दिनभर घरमै हुने भए । म अनि पे्रस भएर निस्के र म किचेनमा छिरे । म दूध र कन फ्लेक्स खान थाले । दिनभर म एक्लै थिए । भित्ता हेर्नु बाहेक अरु केही काम थिएन र मैले विशाललाई कुर्नु सिवाए अरु केही उपाय थिएन । त्यसको साथ साथै, मैले छात्रवृति पाए पनि त्यति पैसाले पुग्दैन थियो । अनि मैले यस बारे विशाललाई भन्ने निर्णय गरे । हेर्दा हेर्दै दिन गयो र ५ः३० बज्यो । ढोकाको घण्टी बज्यो र मैले ढोका खोले । विशाल थिए । हामीले एक अर्कोलाई देखेर मुस्कुरायौ । अनि उनी आफ्नो कोठामा गए र केही क्षणपछि फ्रेस भएर आए । म उनी आएपछि किचेनमा आए । उनलाई हेर्दै मैले भने,“तपाई थाकेर आउनु भएको छ । म खाना पकाउछु नि ।”
“म पनि गर्छु । यो हररोजको काम हो । अब त बानी भइसक्यो ।”
अनि दुवै जना मिलेर काम गर्न थाल्यौ र गफ गर्न थाल्यौ । आधा घण्टापछि खाना पाक्यो र केही क्षणपछि खान पनि थाल्यौ । खाने क्रममा, मैले भने,“विशालजी, म त अमेरिकामा नयाँ र मलाई यहाँको बारेमा केही थाहा छैन । त्यसको साथ साथै, मसँग त जागिर पनि छैन । केही आईथा पनि छैन ।”
“सुरुमा सबैलाई यस्तै हुन्छ । मलाई पनि त्यस्तै गाह्रो भएको थियो । चिनेको कोही थिएन । त्यसको साथ साथै, जागिर पाउन निकै गाह«ो हुन्छ । हुन त नेपालमा पनि जागिर पाउन गाह्रो छ तर नेपाल बाँच्न केही हदसम्म सजिलो छ तर यहाँ काम नगरिकन बाँच्न सकिदैन । सानो काम पनि गर्न जरुरी छ । तपाई रेष्टूरेण्डमा काम गर्नु हुन्छ त ?”
“हुन्छ ।” मैले हुन्छ त भने तर मलाई सानो तिनो काममा त्यति चासो लाग्दैन । अनि विशाललाई हेर्दै भने,“काम चाँहि के गर्नु पर्ने ?”
“वेटरको काम हो । रेष्टूरेण्डमा वेटरहरु आउने र जाने भइरहन्छ । तपाई गर्नु हुन्छ भने काम गर्ने रेष्टूरेण्डमा आउनु होस् न ।”
“हुन्छ ।” म मुस्कुराए झै गरे । अनि उनले भने,“भोलि नै मसँग आउनुहोस् न ।”
“हुन्छ ।”
“बिहानको ८ः३० बजे हिड्नुपर्छ ।”
अनि मैले हुन्छ भने । अमेरिकाको बारेमा विशालले भने र म सुनिरहे ।
२३
बिहान म छिट्टै उठे । अनि प्रेम भएर म किचेनमा गए । विशाल किचेनमा पहिले नै आइसकेका थिए । खाजा खाने क्रममा थिए । मलाई देखेर मुस्कुराए । अनि म पनि खाजा खान थाले र खाइसकेपछि म रेडि भए । केही क्षणपछि विशाल पनि रेडि भएर मेरो नजिक आए र जाऊ भने र हामी सँगै निस्कियौ । आधा घण्टामै पुग्यौ र भित्र छि¥यौ । विशालले एकछिन मलाई कुर्न भने र कुर्दै थिए । दस मिनेटपछि विशाल र एक व्यक्ति मेरो नजिक आए । मलाई हेर्दै विशालले भने,“उहाँ यो रेष्टूरेण्डको म्यानेजर हुनुहुन्छ । अनि उहाँ चाँहि राजिव । मेरो रुममेट । उहाँलाई वेटरको काम गर्न त्यस्तो गाह्रो लाग्दैन र गर्न मन छ । आजदेखि काम सुरु गर्नु हुन्छ ।”
“हुन्छ । उहाँलाई काम सम्झाउनु है ।” यति भनेर म्यानेजर जानुभयो । म्यानेजर नेपाली नै हुनु हुन्थ्यो । अनि विशालले मेरो काम बारे सम्झाए । मैले काम सुरु गर्न थाले । जब काम गर्न थाले तब कामको बारे थाहा पाउन थाले । वेटरको काम निकै गाह्रो हुँदो रहेछ । अरुको बोलेको टोन बुझ्न गाह्रो हुँदो रहेछ । सुरुमा त मैले नबुझेर धेरै चोटि अर्डरहरु उल्टो पनि दिएको थिए जसको कारण मैले धेरै चोटि गाली खाइसकेको थिए । नेपालमा मैले केही काम नगरेको मान्छे र बुवा आमाले मलाई धेरै माया गर्नु भएको र काम नगरिकन अमेरिका आइपुगेको म । काम गर्न नसक्दा मलाई धेरै चोटि दिक्क पनि भइसकेको थिए र काम पनि छोडिदियौ जस्तो भयो । काम र पढाइ दुवै सँगै लग्न निकै गाह्रो भएको थियो र धेरै तनाव भएको थियो । बिहान युनिभरसिटी जान्थे र युनिभरसिटी सकिने बित्तिकै काममा जान्थे ।
समय बित्दै गयो र प्रथम सेमेन्टर सकियो । अनि दुई महिनाको लागि युनिभरसिटी छुट्टी भयो । एक प्रकारले खुशी नै थिए । बिहान उठ्नु परेन । दुई महिनासम्म मलाई तनाव हुने छैन । त्यही क्रममा, मैले डाईभिङ् पनि सिके । मलाई विशालले नै सिकाउथे । बिहान एक घण्टा र साँझको एक घण्टा । नेपालको जस्तो कहाँ हुँदो रहेछ । धेरै कुराहरुमा फरक हुन्छ । म निकै उत्साहित हुँदै सिक्दै थिए तर मलाई थाहा थियो कि यो उत्साह धेरै समयसम्म रहदैन भनेर ।
२४
साँझको समय थियो । मेरो आज ओभर टाइम थियो । आफ्नो काम सकिएर म एकछिन बसेको थिए । त्यही क्रममा, विशाल मेरो नजिक आए र भने,“टेबुल नम्बर ८ मा ग्राहक आएका छन् । म व्यस्त छु । अर्डर तिमी लिऊ न है ।”
“हुन्छ ।” म निकै गलेको थिए । मलाई अर्डर लिन मन त थिएन तर करले भए पनि लिए । अनि म टेबुल नम्बर ८ मा गए र जब म टेबुल नम्बर ८ मा पुगे, म हेरेको हेरै भए । टेबुल नम्बर ८ मा तीन जना केटीहरु केटीहरु थिए र ती मध्ये बीचमा बस्नेमा मेरो नजर गएको थियो । उनी निकै राम्ररी थिइन् । कपाल ठीकको छोटो, आँखा हरियो, गोहो अनुहार र ठीकको हाइट । उनी मुस्कुराएकी थिइन् । उनका दाँत निकै मिलेका थिए । उनको मुस्कानमा मान्छेहरु नै फिदा हुने । म त हेरेको हेरै भए र म निकै नै हराए छु । केही क्षणपछि विशाल मेरो नजिक आए र मलाई नराम्रोसँग पिटे । अनि म होशमा आए र मलाई हेर्दै भने,“तिमी कता हराएको साथी । अर्डर लियौ त ?”
“छैन ।” अनि मैले अर्डर लिए । मेरो ड्युटी नै टेबुल नम्बर ८ मै थियो । हेर्दा हेर्दै मेरो ड्युटी बेलुकाको १०ः०० बजे सक्कियो । मलाई नाम सिधै सोध्न सकेको थिइन तर मैले उनीहरुलाई भने,“तपाईहरुलाई खाना कस्तो लाग्यो ? यो कागजमा प्रतिक्रिया लेखि दिनुहोस् न । आफ्नो नाम र फोन नम्बर पनि लेखिदिनुहोस् न । यो हाम्रो ग्राहकको सेवाको लागि हो ।”
तीन जनाले नै आफ्नो प्रतिक्रिया दिए र फोन नम्बर पनि । म निकै खुशी भएको थिए । त्यस दिन म छटपटीन थालेको थिए । म हररोज उनलाई मिस कल दिन्थे तर उता बाट केही जवाफ आउँदैन थियो । म हररोेज प्रयास गर्थे तर मेरो प्रयास असफल भइरह्यो । त्यही क्रममा, विशालले मेरो बानीमा आएको परिवर्तन ख्याल गरेका थिए र एक दिन बेलुका घर फर्केने क्रममा, उनले मलाई हेर्दै भने,“तिमीलाई आजकाल के भएको छ ?”
“केही भएको छैन । किन र ?”
“तिमीलाई बेग्लै देख्छु ।”
“त्यस्तो केही भएको छैन । तिमीलाई त्यस्तो लागेको मात्र हो ।” मैले झूट बोले र उनले मेरो कुरा पत्त्ताए कि पत्त्ताएनन् त्यो मलाई थाहा भएन ।
२५
युनिभरसिटीको छुट्टी सकेको थियो र दोस्रो सेमेन्टर सुरु भयो । म झन् व्यस्त हुन थाले । म हररोज उनको प्रतिक्षामा हुन्थे तर मैले उनीलाई रेष्टूरेण्डमा देखिन । सायद उनीसँगको भेट मेरो पहिलोे र अन्तिम थियो । मेरो मनान कहि न कहि आश थियो कि उनको र मेरो भेट हुन्छ भनेर । नभन्दै उनको र मेरो भेट भयो । शनिबारको दिन थियो । साँझको समय थियो । उनी टेबुलमा बसिरहेकी थिइन् । म आफ्नो काममा व्यस्त थिए र त्यही क्रममा, उनले मलाई बोलाइन् । अनि म पछाडि फर्किए र उनलाई देखेर म दंग परे । आफ्नो काम छिटो सकेर म उनी भएको ठाउँमा पुगे । अनि उनीको अर्डर लिए । केही समयमै मैले उनीले अर्डर गरेको खाने कुरा टेबुलमा राखिदिए । उनी निराश थिइन् । त्यसको साथ साथै, उनी आज एक्लै देखेर उनीलाई सोधे,“तपाई आज एक्लै ?”
उनीले मलाई हेरिन् मात्र तर बोल्न रुचाइनन् र मैले केही सोध्न रुचाइन । अनि म आफ्नो काममा व्यस्त भए तर मेरो ध्यान उनीतिर नै थियो । उनी दुखी आत्मा जति देखिन्थिन् । सोध्न मन भए तापनि सकिन । त्यसैले मौन नै बसे ।
त्यस पश्चात उनी रेष्टूरेण्डमा आउन थालिन् र हाम्रो भेट हुन थाल्यो । बिस्तारै उनी मदेखि खुल्न थालिन् । उनीको नाम अर्पना अधिकारी । उनी अमेरिका आएको ५ वर्षभन्दा धेरै भइसकेको रहेछ । कक्षा १२ सकेपछि आएकी रहेछिन् । सुरुका दिनहरुमा उनी डिपार्टमेन्ट स्टोरमा काम गर्थिन् तर अहिले बैकमा काम गर्छिन् । उनीले एक जना व्यक्तिलाई निकै माया र्थिन् र पछि छोडि दिए । आफ्नो प्रेमीलाई बिर्सेन निकै गाह्रो भएको थियो । बाहिर हाँसे पनि मन शान्त थिएन । मन भुलाउन सकेकी थिइनन् ।
२६
हामी भेट भएको दुई महिनापछिको कुरा हो । हामी दुई जना उनकै अपार्टमेन्टमा थियौ र हामी दुई जना खाटमा नै थियौ । हामी एक अर्कोको शरीरसँग खेल्दै थियौ । म उनको हरेक अंग चुम्बन व्यस्त थिए । म निकै उत्साहित भएको थिए । केही क्षणपछि मैले उनलाई हेरे र उनले पनि मलाई हेरिन् । उनी मुस्कुराइन् र म पनि । मैले उनीलाई हेर्दै भने,“तिमीलाई केही भएको थियो ?”
“कहिले ?”
“तिमीलाई रेष्टूरेण्डमा आउदा सधै निराश देख्थे । त्यसैले सोधेको ?”
उनी मौन नै थिइन् । उनी मौन भएको देखेर मैले फेरि सोधे,“तिमीलाई के भयो ? किन मौन भएकी ?”
“मलाई मेरो अतित सम्झिन मन छैन ।”
“के भयो र अतितमा ?”
“केटाहरुलाई किन शारीरिक सम्बन्ध मात्र चाहिन्छ ? यो बाहेक अरु पनि हुन्छ । माया पनि हुन्छ । शारीरिक सम्बन्ध मात्र होइन । प्रायलाई सिर्फ शरीरसँग खेल्छन् र पुगेपछि छोडिदिन्छ ।”
उनीको कुरा सुनेपछि म मौन नै रहे । म पनि अर्पनासँग सिर्फ आफ्नो पास मेटाउन मात्र उनीसँग थिए । मलाई सम्बन्धमा बस्नु नै थिएन । म गम्भीर नै थिइन । आफ्नो खुशीको लागि मात्र म सम्बन्धमा बसेको थिए । साँच्चो माया मैले कहिले र कसैलाई पनि गरिन ।
“ओई । तिमी कता हराएको ?”
“कहि होइन ।”
अनि म फेरि उनकै शरीरमा हराउन थाले । यो क्रम धेरै दिन समयसम्म चलिरह्यो ।
२७
शनिबारको दिन थियो र बेलुकाको समय थियो । हामीले आफ्नो काम सकेर छिट्टै अपार्टमेन्ट फर्कियौ । खाना हामी प्रायः होटेलमै खान्थ्यौ । हामी सोफामा बसेर नेटफ्लिक्स हेरिरहेका थियौ । त्यही क्रममा, विशालले मलाई हेर्दै भने,“तिमीलाई आजकाल के भएको छ ?”
“तिमीलाई केही न केही भएको छ । तिमीमा केही न केही परिवर्तन आएको छ ।”
“कस्तो परिवर्तन ?” मैले उनलाई अचम्म पाराले हेरे ।
“तिमी अपार्टमेन्ट ढिलो आउँछौ र कहिले काही अपार्टमेन्ट आउदैनौ । त्यसको साथ साथै, न त काममा ध्यान दिन्छौ न त पढाइमा । तिमी कता हराउछौ ?” उनले गम्भीर हुँदै भने ।
म मौन नै रहे । आफ्नो निजी कुराहरु सेयर गर्न जरुरी सोचिन । उनले मलाई निहालेर हेरिरहेका थिए । त्यही क्रममा, वातावरणको मौनता तोड्दै उनले भने,“तिमी किन मौन छौ ?”
“केही होइन । तिमीलाई त्यस्तो लागेको मात्र ।”
“हेर साथी । साथीको नाताले तिमीलाई सम्झाएको मात्र हो । अमेरिकामा मानिसहरु आफ्नो सपना पूरा गर्न आउँछन् । त्यसैले तिमी नबिग्र ।”
म फेरि मौन नै रहे । मेरो दिमागमा एउटै प्रश्न गुमिरहेको थियो । उनले मेरो बारेमा थाहा त पाएनन् ? मेरो र अर्पनाको बारेमा त थाहा पाएनन् ? उनले मलाई हेरिरहेका थिए तर म आफ्नो संसारमा हराएको थिए ।
समय बित्दै गयो । मैले विशालसँग बस्न छोडेको थिए र म अर्पनासँग बस्न थालेको थिए । विशालले धेरै खोजि निति गर्न थालेका थिए । मेरो आफ्नो लाइफ भएन जस्तो भएको थियो । हरपल कचकच गर्ने र मलाई वाक्क दिक्क लागिसकेको थियो । त्यसैले विशालसँग सम्पर्कमा बस्न छोडे । त्यसको साथ साथै, मैले होटेलको काम छोडेर मैले डिपार्टमेन्टमा गर्न थालेको थिए । वास्तवमा मेरो सम्बन्ध अर्पनासँग मात्र नभएर अरुसँग पनि थियो । म रङ्गिन संसारमा थिए । त्यसको साथ साथै, यहाँको पढाइ र नेपालको पढाइ फरक । नेपालमा टपर भएको मान्छे । यहाँ पनि राम्रो थियो तर टपर हुन सकिन । पढाउने तरिका नै फरक र अनलाइन धेरै पढ्नु पर्ने । नेपालमा सरको भरमा परिक्षा दिइथ्यो ।
२८
हेर्दा हेर्दै मेरो एमबीए पनि सकियो । एमबिए । सकिएको केही क्षणपछि मैले बैकमा काम पाए । सानो पोष्टको भए तापनि म निकै खुशी थिए । मेरो काम चाँहि टेलिको थियो । हेर्दा काम सजिलै देखिन्थ्यो तर सजिलो थिएन । सानो पोष्ट भए तापनि काम चाँहि निकै गर्नु पर्ने । सानो अंक बिग्रदा निकै धाटा हुन्थ्यो । काम गर्दै गए र सबै जना मेरो कामदेखि खुशी नै थिए । यही दौरान मेरो सम्पर्कमा विशाल थिएन र मैले गर्न जरुरी सोचिन । म अर्पनासँगै बसेको थिए । म उनीसँग मजा लिइरहेको थिए र केही समयपछि मैले छोड्ने क्रममा थिए ।
एक हप्तापछिको कुरा हो । शनिबारको दिन थियो र हामी एक अर्कोको शरीरसँग खेल्दै थियौ । त्यही क्रममा, अर्पनाले मलाई हेर्दै भने,“तिमीलाई खुशीको खबर सुनाउनु छ ।”
“के कुरा हो ?” म उनको शरीरसँग खेल्नमै व्यस्त थिए ।
“म तिम्रो बच्चाको आमा बन्दै छु ।”
“के ? यो तिमी के भन्दै छौ ?” म अचम्मित हुँदै भने ।
“हो ।” उनीले मलाई हेर्दै भनिन् ।
“यो हुन सक्दैन ।” अनि म खाटबाट उठे ।
“तिमीले भन्न के खोज्दै छौ ?” उनी पनि खाटबाट उठिन् र मेरो नजिक आइन् ।
“मलाई यो बच्चा चाहिदैन । तिमीले सावधानी अपनाउनु पथ्यो । यो मेरो गल्ती होइन ।”
“तिमीले मलाई प्रयोग मात्र गरेका थियौ ?” उनी भावुक हुँदै भनिन् ।
“हो । मैले तिमीलाई प्रयोग मात्र गरेको हूँ । मलाई तिम्रो शरीरसँग खेल्नु थियो । मैले तिमीलाई छोड्नु वाला नै थिए । मलाई यो बच्चा चाहिएको पनि छैन न त तिमीलाई अपनाउन सक्छु ।”
अर्पना रुन थालिन् र उनी रोएको देखेर मैले भने,“अब यो के नाटक हो ? मैले सोचेको कि तिमी यो सम्बन्धमा गम्भीर छैनौ । टेक ईट ईजी, अर्पना ।”
“के को टेक ईट ईजि ? म तिमीलाई माया गर्छु र म गम्भीर थिए । तिमीहरु केटाहरुलाई शारीरिक सम्बन्ध चाहिन्छ । प्रयोग मात्र गछौ ।”
“यति सानो कुरालाई किन ठूलो बनाएको ?”
“सानो कुरा ?”
यही कुरामा हाम्रो झगडा प¥यो र मलाई रिस उठेको थियो । त्यही रिसको जोकमा एक थाप्पड हाने । अनि म रिसाउँदै अर्पनाको अपार्टमेन्टबाट निस्किए । केही दिनपछि मैले अर्के अपार्टमेन्टबाट निस्किए । अपार्टमेन्ट बैक कै नजिक थियो । त्यसको साथ साथै, मैले आफूले प्रयोग गरेको सिम परिवर्तन गरे । त्यस पश्चात मेरो अर्पनासँग सम्पर्क गरिन ।
......................................................................................................................................................................
अर्पना हरपल उदास हुन थालेकी थिइन् । उनीले मलाई सम्पर्क गर्न निकै कोसिस गरेकी थिइन् तर असफल भएकी थिइन् । हरपल मेरो यादमा डुबेकी हुन्थिन् । बच्चा पाल्न सकेकी थिइनन् र बच्चा जन्माउने निर्णय गरेकी थिइन् र न्यू योर्क छोडेर उनी अर्के ठाउँमा गएकी थिइन् । मैले दिएको धोका पछि उनले अरुलाई भरोसा गर्न सकेकी थिइनन् । अर्के ठाउँमा गए पश्चात उनीले बैकमै काम पाएकी थिइन् ।
समय बित्दै गयो र मेरो अपार्टमेन्टमा एक जना व्यक्ति आए बस्नको लागि । जोन नाम थियो । अमेरिक नै थिए । पहिला बसेको अपार्टमेन्ट महँगो भएका कारण न्यू योर्क आएका रहेछन् । त्यसको साथ साथै, उनले जागिर यही पाएका रहेछन् । मलाई पनि सजिलो भएको थियो । खासमा मैले पनि रुममेन्ट नै खोजिरहेको थिए । एक्लै पैसा र्ति गाह्रो। सेयर गरो भने सजिलो हुने ।
समय बित्दै गयो । बैकमा काम गरेको दुई वर्षपछि मेरो प्रमोसन भयो । मलाई लोन अफिसरमा प्रोमोसन भएको थियो । म खुशी थिए र बुवा र आमा पनि खुशी हुनु भएको थियो ।
२९
समय बित्दै गयो र अमेरिका बसेको पाँच वर्ष भइसकेको थियो । अमेरिका बसेको ५ वर्षसम्ममा मेरो प्रगति केही भएको थिएन । मलाई अमेरिका बस्न वाक्क भइसकेको थिए । अनि म नेपाल फर्किने योजना गरे । बुवा र आमालाई मैले भन्न जरुरी सोचिन । यही फर्केने कुरा गरे भने, उहाँहरुले नआइज भन्नु हुन्छ । मैले टिकट काँटे । शुक्रबारको लिन पारेर मैले टिकट काँटे । मसँग एक हप्ता बाँकी थियो र मैले सपिङ्ग गर्न थाले । बुधबारको दिन मैले आफ्नो सामानहरु मिलाए । बिहिबार आनन्दले बस्ने निर्णय गरेको थिए ।
हेर्दा हेर्दै शुक्रबारको दिन पनि आयो । मेरो जहाजको समय बेलुकाको ११ः०० बजेको थियो । मैले आफ्नो काम सकेको थिए । साँझको ८ः०० बजे म एयरपोर्ट पुगे । तीन घण्टा एयरोर्टमा बस्न अल्छी लाग्दो काम हो जस्तो लाग्छ । यता र उता हेर्दै तीन घण्टा बित्यो र म प्लेन चढे । प्लेन चढेको केही क्षणपछि टेक अप र टेक अफ गर्दा न म दुःखी नै थिए न त खुशी । बस म नेपाल फर्केदै थिए । घर पुग्दा के हुने हो थाहा छैन । १६ घण्टाको यात्रापछि म नेपालको एयरपोर्ट आइपुगे । एयरपोर्टको काम सकेर म ट्याक्सी चढेर चाबहिल पुगे । दिउँसोको समय थियो र बुवा र आमा घरमै प्रायः बस्नु हुन्छ । अनि ढोकाको घण्टी बजाए । केही घण्टीपछि बुवाले ढोका खोल्नुभयो । मलाई देखेर अचम्म पर्नु भयो । मैले बुवालाई ढोक गरे । अनि बुवाले मलाई हेर्दै भन्नुभयो,“तिमीले नभनिकन आयौ त ?”
“तपाईहरुलाई सप्रसाइज दिनलाई ।” अनि म आफ्नो सूटकेस लिएर आफ्नो कोठामा गए र आफ्नो कोठालाई निहालेर हेरे । उतै रहेछ र केही परिवर्तन पनि थिएन । केही क्षण आफ्नो कोठा निहालेर हेरिसकेपछि म प्रेस भए । अनि म बैठक कोठामा गए । आमा र बुवा गफ गर्दै हुनु हुन्थ्यो । आमाले मलाई अचम्म पाराले हेर्नु भयो र भन्नुभयो,“छोरा, तिमी ? कस्तो नभनिकन आएको ?”
“तपाईहरुलाई सप्रपाइज दिएको । अब त नेपालमै बस्छु । अमेरिका बस्न पुग्यो र अब नफर्केने ।”
“ए । अब नेपालमा के गर्ने त ?” आमाले भन्नुभयो ।
“हेर्छु ।”
अनि अमेरिकाको बसाइ बारे सोध्नुभयो र मैले आफ्नो अनुभव बारे सुनाए । केही क्षणपछि म आरा मगर्न कोठामा गए । म सुत्दा ३ बजिसकेको थियो होला र उठ्दा ६ः३० भइसकेको थियो । उठेर म किचेनमा गए । आमा खाना बनाउदै हुनु हुन्थ्यो र बुवा चाँहि टि.भी हेर्दै हुनु हुन्थ्यो । मलाई देखेर आमाले भन्नुभयो,“बाबु, तिमी उठ्यौ ?”
“अँ ।”
“भोक लाग्यो होला । एकैछिन पख ।”
मैले हुन्छ भने र बैठक कोठामा गए । बुवा कान्तिपुर च्यानल हेर्दै हुनु हुन्थ्यो । मलाई सुरजको बारेमा सोध्न मन लाग्यो । मनमा डर थियो । तै पनि मैले बुवालाई हेर्दै भने,“बुवा, तपाईलाई सुरजको बारेमा सोध्नु थियो ।”
सुरजको नाम लिने बित्तिकै बुवाले मलाई गम्भीर तरिकाले हेर्नु भयो । सायद उहाँलाई अब म उनलाई भेट्न जान्छु कि भन्ने डर थियो । वातावरणको मौनता तोड्दै बुवाले भन्नुभयो,“तिमी अमेरिका गएदेखि हामीले सुरजको बारेमा वास्त ागर्न छोडेका छौ र तिमी पनि वास्ता नगर । उनको सङ्गत नगर्नु । तिमीलाई केहीमा फसाइदियो भने ? उनको बारेमा वास्ता वा खोजिनिती नगर्नु । उनलाई भेट्न नजानु ।”
मैले हुन्छ भनेर टाउको हल्लाए । हुन त मलाई भेट्न मन चाँहि थिएन तर जेलबाट निस्के कि निस्केनन् भन्ने कुरा जान्नु थियो । त्यही क्रममा, आमाले हामीलाई खाना खान बोलाउनु भयो । अनि किचेनममा गएर खाना खान थाल्यौ । खाना खाइसकेपछि म आफ्नो कोठामा गए । ल्यापटप खोले र फेसबुक लक इन गरे । सुरजलाई खोजे तर कही भेटिन । इस्टागा्रममा पनि खोजे तर भेटिन । एक पलको लागि कसरी खोज्ने जस्तो भयो । आफ्नो पूराना साथीहरुलाई खोजे । मैले अज्जलीलाई खोजे र उनलाई म्यासेज पठाए ।
“हेलो । के छ साथी खबर ? मलाई चिनौ ?
मलाई सुरजको किन यस्तो चाखो भइरहेको छ । मलाई केही कुराको चाखो थिएन तर पनि म किन उनलाई खोजिरहेको छु ।
३०
समय बित्दै गयो । न त मैले जागिर नै पाएको थिए न त अज्जलीको म्यासेज नै आएको थियो । यदी मैले जागिर पाइन भने, म व्यापार गर्छु भन्ने सोचमा थियो तर मलाई समयले साथ दिएको थिएन । मैले के गर्ने भनि हेर्दै थिए र त्यही क्रममा, लकडाउन सुरु भयो । सुरुमा त के गर्ने र कसो गर्ने भएको थियो । सोचेको थिइन कि लकडाउन त्यति लामो समय हुन्छ भनेर र मैले सोचेको थिइन कि मेरो जिन्दगीमा एक मोड आउने छ भनेर ।
लकडाउनको सुरु भएको केही समयमै मैले पनि टिकटक खोले र केही भिडियोहरु बनाउन थाले तर एक दिनको कुरा हो । मैले टिकटक हेर्ने क्रममा मैले एक जनाको भिडियो हेर्न पुगे । हेर्दा पूर्व राजकुमारी हिमानी जस्ती देखिन्थिन् । नाम हेरे । ईन्दू रहेछ । पूरा नाम थिएन र मैले उनीलाई फलो गरे । टिकटकको साथ साथै इस्टागा्रममा पनि फलो गर्न थाले । त्यस पश्चात मैले उनको हरेक भिडियोहरु र तस्बिरहरुमा लाइक र कमेन्ट गर्न थालेको थिए । त्यसको साथ साथै, मैले उनलाई इस्टागा्रममा म्यासेज पठाउथे तर उनी बाट केही जवाफ आउँदैन थियो । म्यासेज उनीले हेर्थिन् मात्र । मेरो मन खल्लो हुन्थ्यो ।
मैले उनीलाई फलो गरेको तीन हप्तापछि उनी टिकटक लाइभमा आएकी थिइन् । मलाई के चाहियो र ? उनीको लाइभमा धेरै म्यासेज पठाए । सुरुका लाइभहरुमा त उनीले सामान्य रुपमा लिन्थिन् तर पछि उनीले मेरा कमेन्टहरुलाई बेवास्ता गर्न थालिन् । मनमा चिसो प¥यो र मेरो ईगो हर्ट भयो । मलाई लकडाउन कहिले खुल्छ जस्तो भएको थियो । मनले उनीलाई नै चाहिरहेको थियो ।
......................................................................................................................................................................
लकडाउन खुल्यो र मेरो मन पनि खुल्यो । उनीले लाइभमा आफ्नो बस्ने ठाउँको ठेगाना भनेकी थिइन् । उनी माहाराजगजमा बस्छिन् र म हररोज माहाराजगज जान्थे । म गली गली चारेको थिए तर मैले उनीलाई कहिले भेटिन तर पनि मैले हार मानिन ।
एक दिनको कुरा हो । उनी लाइभ आइन् र उनी कपनको एक रेष्टूरेण्डमा थिइन् । अनि म हतारिदै घरबाट निस्किए । गुगल नक्सा हेर्दै रेष्टूरेण्ड पुगे । बाईक पार्क गरेर म रेष्टूरेण्ड भित्र छिरे र यता र उता हेरे । उनी कुनाको टेबुलमा बसेकी थिइन् । उनी आफ्ना साथीहरुसँग थिइन् । म केही बेर परबाट उनीलाई नै हेरिरहे । दस मिनेटपछि म उनीको नजिक गए र नजिक गएर भने,“हाई । तपाई टिकटक बनाउनु हुन्छ हो ?”
“हो ।” उनीले मुस्कुराउदै भनिन् ।
“म तपाईको फ्यान हुँ । अटोगा्रफ दिनु न ।”
मैले उनीलाई आफ्नो पेन र नोटबुक दिए । उनीले अटोगा्रफ दिइन् र फोटो पनि खिचे । फोटो खिचिसकेपछि उनीले मलाइ भनिन्,“तपाईको सुभ नााम ?”
मलाई आफ्नो वास्तविक नाम भन्न मन लागेन र मैले आभास भने । आभास भन्ने बित्तिकै उनीको अनुहारको भाव अर्के भएको थियो । अनि म त्यहाँबाट निस्किए । खासमा मलाई अझै त्यहाँ बस्न मन थियो तर उनीले नराम्रो सोच्छिन् भनेर म निस्किए तर पनि म खुशी थिए । म आफ्नो संसारमा हराउदै बाइक चलाउदै थिए र त्यही क्रममा, मैले सुरजलाई देखे । उनी हिड्दै थिए । अनि मैले उनलाई पछाए र उनकै अगाडि बाइक रोके । उनले अचम्म पाराले हेरे र मैले हेलमेन्ट खोले । मलाई देखेर अचम्म परे । यस्तो वर्षसम्म हाम्रो भेट भएको थिएन । वातावरणमा मौनता छाएको थियो । हामीले एक अर्कोलाई हे¥यौ । अनि मैले मौनता तोड्दै भने,“कहि यहि नजिककै बसेर कुरा गरौ न ।”
उनले मलाई हेरिरहे र मैले भने,“बस मेरो बाइकमा ।” उनलाई अप्ठ्यारो लागिरहेको थियो तर पनि केही नभनिकन मेरो बाइकका बसे र हामी नजिककैको रेष्टूरेण्डमा बस्यौ । मौनता छाएको थियो र हामी यता र उता हेर्दै थियौ । त्यही क्रममा, वेटरले हाम्रो अगाडि मेनु राखिदिए ।
“तिमी केही लिन्छौ ?” मैले भने ।
“मलाई केही लिन मन छैन ।” सुरजले मलाई नहेरिकन भने ।
वेटर केही क्षणपछि हाम्रो नजिक आएर हाम्रो अर्डर लिए । हामीले कफी र मःम अर्डर लि¥यौ । मनमा धेरै प्रश्नहरु थिए । कहाँबाट सुरु गरौ जस्तो भएको थियो र केही क्षण पनि मैले सुरु गरे ।
“अनि तिम्रो के छ खबर ?”
“ठीकै छ ।”
“अनि आजकाल तिमी के गर्दै छौ ?”
“जागिर खोज्दै छु ।”
“ए ।”
त्यही क्रममा, हामीले अर्डर गरेको कफी आयो । कफी पिउदै मैले भने,“तिम्रो नम्बर दिन मिल्छ भने, दि राख न ।”
“हुन्छ ।” उनले आफ्नो नम्बर दिए र मैले पनि आफ्नो दिए । मलाई सोध्न मन थियो कि किन उनले मलाई बचाए । सत्य भन्न सक्थे तर सकिन । पछि सोध्ने निर्णय गरे ।
अनि मैले पैसा तिरे र मैले सुरजलाई घरको नजिक छोडिदिए । त्यस पश्चात हाम्रो भेट हुन थाल्यो । हामी बीच पहिला जस्तो थिएन र दोहोरो संवाद हुँदैन थियो । त्यसको साथ साथै, म हररोज ईन्दूलाई पिछा गर्थे र मैले उनको घर पनि देखे । उनी जता जान्छिन् म उतै पुग्थे र फोटोहरु खिच्थे ।
३१
घरमा बुवा र आमाले अब के गर्ने भनि सोधिरहनु हुन्थ्यो र मेरो जवाफ चाँहि जागिर खोज्दै छु भनि टालिदिन्थे । बुवाले कि काम गर भन्नु हुन्थ्यो कि बिहे गर भनि गाली गर्नु हुन्थ्यो तर म चाँहि बुवाको कुरालाई बेवास्ता गर्थे । म अहिले ईन्दुको चक्करमा थिए र म उनीलाई पाउन चाहन्थे । आफ्नो बनाउन चाहन्थे । सोचिरहन्थे कि उनीलाई कसरी आफ्नो बनाऊ ?
उनलाई जे मनपर्छ मैले त्यही गर्न खोजे । त्यही क्रममा, मैले एउटा सानो क्याफे खोले । मलाई थाहा थियो कि ईन्दुलाई खान मनपर्छ र उनी विभिन्न क्याफे र रेष्टूरेण्डमा जान मनपर्छ । मैले क्याफे खोल्नुको यो पनि कारण थियो । त्यसको साथ साथै, म नेपाल आएको निकै महिना भइसकेको थियो र मैले जागिर पाएको थिइन । त्यसैले मैले क्याफे खोले । क्याफे नयाँ बानेश्वरमा खोलेको थिए र नाम चाँहि टिकटकवाली राखे । क्याफेमा मैले बुक्सहरु पनि राखेको थिए । खाने आइटममा मैले मःम, चाउमिन, बर्गर आदिको साथ साथै बेकरीको आईटमहरु प्नि राखेको थिए । मैले सुरजलाई काममा राखेको थिए । सुरुमा त उनले मानेका थिएनन् र मैले उनलाई निकै सम्झाएको थिए । धेरै चोटि सम्झाएपछि मात्र मानेका थिए । मैले उनलाई हिसाबमा राखेको थिए । सुरुका दिनहरुमा मलाई क्याफे चलाउन निकै गाह्रो भएको थियो ।
मैले क्पाफे खोलेको केही हप्तापछिको कुरा हो । शनिबारको दिन थियो । दिउँसोको समय थियो । ईन्दू मेरो क्याफेमा आइन् । उनीको साथमा अरु पनि थिए । बिचको टेबुलमा बसेका थिए । केही क्षणपछि म उनीहरुको अर्डर लिन गए । उनीको छेऊमा पुग्दा मेरा घड्कन धड्किन थाल्यो । मैले मेनु टेबुलमा राखिदिए र म गए । केही क्षणपछि ईन्दूले मलाई बोलाइन् र मैले अर्डर लिए । त्यस पश्चात उनी मेरो क्याफेमा आउन थालिन् । म उनी आउँदा निकै खुशी हुन्थे ।
उनी मेरो क्पाफे आएको दुई महिनापछिको कुरा हो । मैले उनीको अर्डर लिइसकेपछि भने,“तपाईलाई मैले इस्टाग्राममा फलो गरेको छु । मलाई पनि फलो गर्नु न ।”
“हुन्छ । तपाईको सुभ नाम ?”
मैले आफ्नो नाम भने र उनीले मलाई फलो बाक गरिन् । म निकै खुशी भएको थिए । त्यस पश्चात मेरो जिवनमा परिवर्तन आउन थालेको थियो । इस्टागा्रममा मात्र होइन टिकटकमा पनि फलो बाक गरेकी थिइन् । हाम्रो कुरा हुन थाल्यो । मैले क्याफे राम्रोसँग चलाउन थालेको थिए । त्यसको साथ साथै, मैले अझै भिडियोहरु बनाउन थालेको थिए । ईन्दूले पनि मेरो साथ दिएकी थिइन् । म उनकी साथ पाएर निकै खुशी भएको थिए । त्यसको साथ साथै, मैले उनलाई मन पराउन थालेको थिए । उनीको साथ पाएर मैले थाहा पाए कि साँच्चो माया के हो भनेर । मैले सुरक्षा, सोफि र अर्पनालाई सम्झे । मैले निकै गलत गरेको रहेछु । माफी माग्न मन लाग्यो ।
३२
रोड हाउस क्पाफे
बौद्ध, ३ः३०
म ईन्दूलाई कुरेर बसेको थिए । मैले आफ्नो प्यान्टको गोजिबाट मोबाइल निकाले र समय हेरे । चार बज्न ५ मिनेट बाँकी थियो तर ईन्दु आएकी थिइनन् । म यता र उता हेर्न थाले । त्यही क्रममा, ईन्दु आइन् र उनीसँग एक जना व्यक्ति पनि थिए । मेरो नजिक आएर हाई भनिन् र बसिन् । अनि भनिन्,“आई यम सरी । म ढिलो आए ।”
“ठीकै छ ।” मैले भने ।
“तिमी केही लिन्छौ ?” मैले फेरि भने ।
“हुन्छ ।” अनि वेटरलाई बौलायै र मेनु राखिदिए । त्यही क्रममा। उनीले भनिन्,“ए, साँच्चि । मैले तिमी दुई जनालाई परिचय गराउनै बिर्सेको । उनी मेरो ब्याइप्रेन्ड, जेडी ।”
म आकाशबाट टुटे झै भएको थिए । मसँग बोल्ने शब्द नै थिएन । म हेरेको हेरै भए । उनी हेर्दा राम्रा थिएनन् । हेर्द दुवै जनाको जोडि नसुहाउने । ईन्दुले के देखेर मन पराइन् ? मन नै खिन्न भयो । त्यही क्रममा,ईन्दुले मलाई हेर्दै थिइन्,“राजीव, तिमी कता हराएको ?”
“कही हराएको हैन । म त सप्रसाइज भए ।”
उनी मुस्कुराइन् र केही अर्डर गरौ । केही क्षण सामान्य गफ गरौ । म चाँहि केही बेर कसेर निस्किए । काम छ भनि निस्किए र क्याफेमा गए । म एक कुनामा बसे । सुरजले मलाई निहालेर हेरिरहेका थिए । सुरज व्यस्त थिए । पछि काम सकेर मेरो छेऊमा आए र मलाई हेरिरहेका थिए । वातावरणमा मौनता छाएको थियो । केही क्षणपछि मैले उनलाई हग गरे र रुन थाले । उनले के भयो भनि सोधे तर मैले केही भनिन । आज थाहा पाए कि आफूले मन पराएको मान्छेले दिल तोडे भने कस्तो हुन्छ भनेर । मैले पनि दिल तोडेको थिए । उनीहरुलाई सम्झिए ।
३३
ईन्दु र जेडी मेरो क्याफे आइरहन्थे । हुन त मलाई ईष्या हुन्थ्यो तर पनि म खुशी नै थिए किनकि उनी साथीको रुपमा त थिइन् । समय बित्दै गयो हामी चार जना रमाएका थियौ तर अचानक उनी मेरो क्याफेमा आउन छाडिन् । सुरुमा त सोचे कि उनी व्यस्त भइन् होलान् । हेर्दा हेर्दै उनी नआएको दुई महिना भइसकेको थियो र मलाई टेन्सन हुन थाल्यो । अनि मैले उनीलाई फोन गरे तर फोन उठेन । फेरि गरे र फेरि उठेन । नउठेपछि मलाई टेन्सन भयो । मेरो मन आत्तिन थाल्यो । घर देख्न त देखेको थिए तर जानु कसरी ? बुवा र आमाल के सोच्छन् भन्ने भयो तर मनले मानेको थिएन । अन्यमा मैले उनको घर जाने निर्णय गरे । क्याफेको काम सकेर म उनको घर गए । घण्टी बजाए । निकै बेर बजाए । कसैले खोलेनन् । ढोका बन्द रहेछ । पछि मात्र ख्याल गरे । यो क्रम धेरै दिनसम्म चलिरह्यो । मसँग उनको बाहेक अरु कसैको नम्बर थिएन । सम्पर्क कसलाई गर्नु ? फेसबुक हेरे तर केही अपडेट थिएन । म्यासेजहरु निकै पठाए तर केही जवाफ आएन । मन छटपटीन थाल्यो । के भयो नै थाहा भएन ।
......................................................................................................................................................................
दुई हप्तापछिको कुरा हो । म ईन्दुको घर पुगे । साँझको समय थियो । मैले घण्टी बजाए । केही क्षणपछि ईन्दुको आमाले ढोका खोल्नुभयो । मैले उहाँलाई देखेर नमस्ते गरे र उहाँले नमस्ते फकाउनु भयो । उहाँको अनुहार उदास थियो । उहाँलाई हेर्दै मैले भने,“म ईन्दुको साथी । म ईन्दुलााई भेट्न सक्छु ?”
ईन्दुको नाम लिने बित्तिकै उहाँ भावुक हुनुभयो र मलाई भित्र बोलाउनुभयो । ईन्दुको कोठामा लिएर जानु भयो । ईन्दुलाई कोठामा बन्द गरिरहेको थियो । म अचम्म परेको थिए र उहाँ भित्र छिर्नु भयो । म पनि भित्र छिरे । ईन्दु सुतिरहेकी थिइन् । उनी निकै दुब्लाएकी थिइन् । अनुहार बेग्लै देखिएको थियो । अनि आमालई हेर्दै भने,“ईन्दुलाई के भएको छ ?”
“अल्जाइमर भएको छ ।”
“के ?”
“हो, बाबु । उनीलाई अल्जाइमर छ ।”
“कसरी ?”
“यो उमेरको व्यक्तिलाई कम हुन्छ । सुरु त एक वर्ष अगाडि नै भएको थियो । कहिले काँही बिर्सिन्थन् । आफूले गरेको काम, आफ्नो नाम पनि बिर्सिन्थिन् र हामीलाई पनि । सुरुमा त सोच्छौ कि उनले मज्जाक गरेकी होलिन् । त्यसको साथ साथै, बाटो बिसिन्थिन् र कहिले काँही घर आउन बिर्सिन्थिन् । यो क्रम पछि बढ्दै गयो । एक जना पछि लाग्नु पथ्यो । यी दुई महिना त हामीलाई निकै गाह«ो भयो र हामीले भारत लग्यौ । अब निको हु्ँदैन रे ।”
“मसँग भेट्दा त ठीकै थिएन् त ।”
“औषधीले केही हदसम्म ठीक गएको हो । उनीसँग कोही हुन्थ्यो । त्यस समय निकै सुधार भएको थियो तर यी साढे दुई महिनाहरु ईन्दुलार्ई निकै गाह«ो भएको छ । कोही मान्छेहरु चिन्दिनन् । यदी उनीलाई एक्लै छोढिदियो भने कहँ हिड्छिन् र कहाँ पुग्छिन् र कहाँ पुग्छिन् थाहा हुँदैन । हाम्रो छोरीलाई के भयो भयो ?” उहाँ निकै भावुक हुँदै भन्नुभयो ।
त्यही क्रममा, ईन्दु उठिन् र यता र उता हेरिन् । हामीलाई देखेपछि उनीले भनिन्,“तपाईहरु को र म यहाँ कसरी ?”
म अचम्म परे । उनीले सबै बिर्सिएकी थिइन् । म उनीको नजिक गए र उनीलाई हेर्दै भने,“म तिम्रो साथी ।”
म मुस्कुराए तर मेरो मन रोएको थियो ।
“को साथी ? म त तपाईलाई चिन्दिन नि ।”
“म तिम्रो नयाँ साथी ।”
ईन्दुले मलाई हेरिरहेकी थिइन् । त्यही क्रममा, मैले उनलाई हेर्दै भने, “”
“तिमी तयार हौ । हामी बाहिर धुम्न जाने ।” ईन्दुको आमाले मलाई हेर्नु भयो र मैल थाहा पाए उहा के सोच्दै हुनु हुन्छ भनेर । म उहाँको नजिक गए र भने,“आत्तिनु पर्दैन । बाँचुजेल उनी रमाओस् । म बाहिर लिएर जान्छु । प्रेन्स हुन्छिन् ।” उहाँले ईन्दुलाई हेर्नु भयो ।
“प्लिज । मेरो भरोसा गर्नुहोस् ।”
अनि ईन्दुलाई तयार पाइदिनु भयो र मैले उनीलाई बार्ईकमा राखे । उनलाई बौद्धतिर लगे । मैले बाइक पार्क गरे र उनीलाई भित्र लगे । भित्र गएपछि ईन्दुले भनिन्,“हामी कहाँ छौ र कहाँ किन आएका हौ ?”
“यो ठाउँको नाम बौद्ध हो ।”
उनीले मलाई हेरिन् मात्र । अनि धुम्यौ र फोटोहरु खिच्यौ । उनी पहिला जस्तो बोल्ने र मुस्कुराउने गरेकी थिइनन् । मौन नै बसिरहिन् । पहिला जस्तो खुशी थिइनन् । पहिला जस्तो धुम्न भने पछि उनी धेर खुशी हुन्थिन् । यस पश्चात म हररोज उनीलाई धुमाउन लग्थे । धुम्न लग्दा उनीमा केही परिवर्तन आएको थिएन । झन् बढ्दै गएको थियो । बोल्न छोडेकी थिइन् । पछि धुम्न जाने क्रममा, धेरै चोेटि हराएकी थिइन् ।
पछि म घरमै भेट्न थाले । सुताउने औषधी खुवाउनु पथ्यो । घरमा नर्स राख्नु परेको थियो । खान खुवाउनु पथ्यो । ट्वाईलेट पनि लग्नुपथ्यो । थाहा पाउदिन थिइन् । त्यसको साथ साथ, सूर बेसूरका कुरा गर्थिन् ।
कहिले काँही उनीको साथी भेट्न आउन्थे र उनीको साथीहरु बाट थाहा पाए कि ईन्दुका प्रेमीले उनीलाई छोडिदिएका रहेछन् यो हालतमा । मलाई रिस उठ्थ्यो । माया गर्ने मान्छेले दुःखमा कहिले छोड्दैन ।
३४
म ईन्दुको घरमा थिए र म उनीलाई कथा सुनाउदै थिए र उनी सुनिरहेकी थिइन् । म आफ्नै सूरले उपन्यास पढ्दै थिए र केही क्षणपछि उनी निदाइसकेकी थिइन् । अनि मैले किताब बन्द गरेर टेबुलमा राखे । म अनि फेरि उनकै छेऊमा गए र उनीलाई सुभसुभाउन थाले । अर्के फिल भएर आयो र मैले ईन्दु भनि बोलाए । कोही जवाफ आएन । मेरा मन हराउन थाल्यो र आत्तिन थाल्यो । सास चेक गरे । अनि उनीको आमा र बुवालाई बोलाए । हामी निकै रो¥यौ । उनीको दिदीहरुलाई बोलायौ । एक घण्टामा आइपुग्नु भयो । मैले ईन्दुलाई हेरिरहे । उनकै कारणले म बदलिएको थिए । उनकै साथले मैले माया र दोस्तीको अर्थ बुझेको थिए । केही क्षणपछि हामी सबै जना पशुपति पुग्यौ । उनको लास माथि मुडाहरु राखियो र केही क्षणपछि आगो लगाइयो । म निकै रोए । आफूलाई सम्हाल्न सकेको थिइन । म यस रात पशुपतिमै बसिरहे ।
दुई दिनपछि मात्र म घर गएको थिए । साँझको ६ः०० तिरबाट म घर गएको थिए । आमाको ढोका खोल्नु भयो । मलाई हेर्दै भन्नुभयो,“तिमी दुई दिनसम्म कहाँ गएका थियौ ? हामीले तिमीलाई धेरै चोटि फोन गरौ तर तिम्रो फोन अफ थियो ।”
“म साथीकोमा थिए । ब्याट्री सकिएको थियो । चार्ज गर्न बिर्से छु ।” अनि म आफ्नो कोठामा गए । खाटमा पल्टिए र केही क्षणमै म निदाए छु । सपनामा ईन्दुलाई देख्न पुगे छु । सपनामा हामी निकै खुशी थियौ । विभिन्न ठाउँहरुमा धुम्न गयौ । त्यसको साथ साथै, उनीलाई मैले सपिङ्गको लागि लगेको थिए । उनी निकै खुशी देखिन्थिन् । उनीको मुस्कान नै राम्रो थियो । केही क्षणपछि म आफै सपनाबाट बिउझे । मेरा आँखाहरुमा आँसुले भरिएका थिए । अनि मैले घडी हेरे । आठ बजिसकेको थियो र म किचेनमा गए । आमा र बुवाले खाना खाइसक्नु भएको रहेछ । मलाई राखिदिनुभएको थियोे र मैले खाए । खाइसकेपछि म आफ्नै कोठामा गए । मेरो मन निकै रोएको थियो । सुत्न खोज्छु तर सकेको थिइन । ईन्दुकै मात्र यादले सताएको थियो । यो निकै दिनसम्म चलिरहेको थियो । मेरो हालत आमाले याद गरिहनु भएको थियो ।
एक दिनको कुरा हो । दिउँसोको समय थियो । म खाटमा पल्टिरहेको थिए र त्यही क्रममा, आमा मेरो नजिक आउनुभयो । मलाई हेर्दै भन्नुभयो,“बाबु ।”
“हँ ?” मैले आँखा खोले ।
“तिमीलाई के भएकाके छ ? राम्ररी बोल्दैनौ न त राम्ररी खान्छौ । तिमी काममा पन िगएका छैनौ । तिमीलाई भएको छ ?”
“केही भएको छैन ।” मैले आमालाई नहेरिकन भने । म के भन्नु जस्तो भएको थियो । म मौन नै रहे । आमाले मलाई निहालेर हेर्नु भएको थियो तर केही भन्नु भएन । आमाको मनमा त धेरै प्रश्नहरु थिए होलान् । सोध्न मन त थियो होला तर सोध्नु भएन ।
३५
तीन हप्तापछि म क्पाफे गएको थिए । म यी तीन हप्तामा दुब्लाको थिए र त्यसको साथ साथै, मैले दाह्री पालेको थिए । म बेग्लै भएको थिए । म क्याफेमा ११ः०० बजे पुगेको थिए । सुरज आफ्नै काममा व्यस्त थिए । उनले हिसाब किताबको कामको साथ साथै, उनले बेटरको काम पनि गर्थे र म नहुँदा उनले नै क्याफे हेर्थे । मैले भन्दा उनले राम्ररी चलाएका थिए । म सधै बस्ने सोफामा बसे । मैले सुरजलाई कुरिरहेको थिए ।
५ः३० बजिसकेको थियो । सुरज काउण्डमा थिए र म सुरज भएको ठाउँमा गए । त्यही क्रममा, मैले सुरजलाई हेर्दै भने,“सुरज, म तिमीसँग कुरा गर्न मन छ ।”
“भन न ।” उनले मलाई नहेरिकन भने र उनी काममै व्यस्त थिए ।
“यहाँ भन्न मिल्दैन ।”
उनले मलाई हेरे । केही क्षणपछि उनले मलाई भने,“आधा घण्टापछि मेरो काम सक्किछ र कुरा गरौ न ।”
“हुन्छ ।” मैले भने र मैले उनलाई कुरे । आधा घण्टापछि सुरज म भएको ठाउँमा आए र भने,“केही भन्नु छ भन्दै थियौ ।”
“यहाँ होइन ।”
“कता ?”
“बौद्ध ।”
“हुन्छ ।”
अनि हामी बौद्ध गयौ र एक क्याफेमा गयौ । एक कुनामा बस्यौ । वातावरणमा मौनता छाएको थियो । हामी एक अर्कोलाई हेरौ । त्यही क्रममा, वेटरले हाम्रो टेबुलमा मेनु राखिदिएर गए । वातावरणको मौनता तोड्दै मैले भने,“आई यम सरी, सुरज ।”
“किन ?”
“मैले तिमीलाई धेरै दुःख दिए । त्यसको साथ साथै, मेरो कारणले तिमी जेल गयौ । तिमीले मलाई बचाएका थियौ । मैले ठूलाो गल्ती गरेको छु । मेरै काराण्ले सोफिले आत्महत्या गरेकी हुन् ।
जब मैले ईन्दुलाई भेटे तब मैले मायाको भाव बुझ्न थाले । दोस्तीको अर्थ बुझ्न थाले । त्यसको साथ साथै, जिन्दगीको अर्थ बुझ्न थालेको थिए । उनीको प्रेमी छ भन्ने थाहा हुँदा हुुँदै मैले उनीलाई माया गर्न कहिले छोडिन । प्रेम प्रस्ताव राखिन । दोस्तीमा बाधा आउँछ भन्ने भयो । उनको साथ कहिले छोड्न मन भएन र छोडिन पनि । उनको अन्तिम घडीसम्म म उनकै साथ दिए । अल्जाइमरको कारण उनकै साथ दिए । अल्जाइमरको कारण उनको मृत्यु भएको हो । उनीको मृत्यु भएपछि म उनकै संसारमा हराएको छु ।
तिमीले मेरो साथ कहिले छोडेनौ । तिमीले मेरो हरेक दुःखमा साथ दियौ । अरु कोही भएको भए आजसम्म साथ दिँदैन थिए । मैले तिमीलाई त्यस्तो दुःख दिँदा पनि तिमीले मेरो साथ दियौ । तिमीले मलाई किन यति सहयोग गरिरहेका छौ ? तिमीलाई मदेखि कहिले रिस उठेन ?” मेले भावुक हुँदै भने ।
“मलाई थाहा थियो कि तिमी अवश्य सुर्धिने छौ भनेर । मैले तिमीलाई बचाउनु कारण यही थियो । मैले सोफिलाई माया गर्थे । उनीले मलाई मन पराउर्थिन् र उनीले नै मलाई प्रेम प्रस्ताव राखेकी थिइन् । पछि मात्र उनीलाई मन पराउन थालेको थिइन् । उनीले मलाई माया गर्न फोस गरेकी थिइनन् । समयसँगै उनीलाई मन पराउन थालेको थिए । तिमीलाई यस बेला सम्झाएर सम्झिने वाला थिएन । मलाई थाहा थियो कि तिमी उनीको पछी लागेका छौ । सोफिले भनेकी थिइन् । त्यसको साथ साथै, तिमी जेलमै गएको भए पनि तिम्रो पागलपन र जिद्धीपनमा कम आउने वाला थिएन । यो कुरा मैले बुझिसकेको थिए । त्यसैले मैले गल्ती स्वीकारेको थिए । समाजले यी कुराहरु बिस्तारै बिर्सेने छन् । म आफ्नो जिन्दगी यसै बिताउने छु तर तिमी सुर्धिनुपर्छ र आजको समयमा तिमी राम्रो भएका छौ । अब राम्रो काम गर । म तिम्रो साथ दिने छु ।”
मैले उनलाई हग गरे र निकै रोए । म निकै भाग्यमागनी रहेछु किनकि मैले सुरज जस्तो साथी पाए । मैले सुरक्षालाई भेट्ने कुरा गरे । मलाई माफी माग्नु थियो । सुरजले भने कि सुरक्षाले विवाह गरिसकिन् र विदेशमा छिन् तर कता छिन् थाह छैन् । सम्पर्कमा छैनन् । केही समय हामी बौद्ध बसेर हामी घर फर्कियौ । घर फर्किएपछि फेसबुकमा अर्पनालाई खोजे तर उनको फेसबुक रहेन रछ । निकै खोजी गरे तर सम्पर्क हुन सकेन । उनीसँग कुरा गर्न मन थियो ।
......................................................................................................................................................................
समय बित्दै गयो । क्याफे राम्रो हुँदै गयो । त्यसको साथ साथै, मैले भिडियोहरु बनाउदै गएको थिए र युटयुबमा राख्ने गर्थे । राम्रो भइरहेको थियो । त्यही क्रममा, मैले उपन्यास लेखिसकेको थिए र सुरजलाई देखाए । सुरज मलाई हेर्दै भने,“यो लेख्न जरुरी थियो ?”
“थियो । म पछुताउदै छु । मैले गरेको गल्ती अरुले नगँरु भन्ने छ । मैले त गल्ती गरे र अब म राम्रो हुने छु । त्यसको साथ साथै, म जस्तो राम्रो भाग्य अरुको हुँदैन र तिम्रो जस्तो साथी सबैको भाग्यमा हुँदैन ।” मेरो कुरा सुनेर उनी मौन नै थिए । उपन्यास मेरै कथाममा आधारित थियो । प्रकाशित भयो र निकै सफल हुन पुग्यो । यही मेरो जिन्दगीमा ईन्दुको प्रवेश नभएको भए, मैले आफ्नो जिन्दगीको अर्थ बुझ्ने थिइन । म उनकै यादमा डुबेको थिए । मेरो जिन्दगी उनकै नाम गरेको थिए । सिर्फ ईन्दुको ।
Comments
Post a Comment