अँध्यारो संसार

 प्राय ः आजकाल म अर्के संसारमा हराउने गर्छु । त्यो संसारमा सिर्फ अँध्यारो छ । उज्जालो छैन । म धेरै कुराहरु सोच्न थाल्छु । सोचहरुले डेरा जमाएको छ । सोचहरुको कारणले म यौ रातहरु सुत्न सकेको छैन । 

हजारौ मानिसहरुको भीडमा मैले तिमीलाई मन पराएको थिए । तिम्रो साथले म निकै रमाएको थिए र खुशी पनि भएको थिए । म तिमीलाई निकै माया गर्थे र आफूलाई भन्दा धेरै गर्थे । तिमीलाई विश्वास गर्थे तर तिमीले मेरो मन तोडिदियौ । त्यसको साथ साथै, मेरो भरोसा पनि तोडिदियौ । यो संसारमा विश्वास जस्तो अमूल्य चिज केही छैन जुन तिमीले तोडिदियौ । त्यसको साथ साथै, तिमीले मलाई छोड्नुको कारण नै व्यक्त गरेनौ । म यो हररोज सोचिरहन्छु कि तिमीले मलाई किन छोड्यौ भनेर । सोच्ने गर्छु कि ममा त्यस्तो के नराम्रो देख्यौ र मलाई छोडिदियौ । सोच्ने गर्छु कि ममा त्यस्तो के खराबी छ । हर रात म यही सोच्ने गर्छु । अनि म छटपटाउछु र निद्रा आँखामा पर्दैन । आफूलाई नै कमजोर सोच्छु

Comments

Popular Posts