अन्धकारको उज्यालो

मे २३ मा मैले लेखेको कथा अडियो नोबेलमा आएको थियो । कथाको नाम रहेको छ अन्धकारको उज्यालो । यो कथा जवाफको खोजीको अर्को पाटो रहेको छ र आरतीको नजरबाट रहेको छ । यो कथा मैले केही वर्ष अगाडि लेखेको थिए । बिनशिाजीले वाचन गरेपछि मलाई केही मिस गरेको छु जस्तो लागेको छ । केही कुराहरु मिलाएर लेखेको भए हुन्थ्यो जस्तो लागेर आयो । सुरुमै मिलाएर लेखेको भए हुन्थ्यो । आरतीको बारेमा लेखेको भए हुन्थ्यो र उनको अतितको बारे लेखेको भए हुन्थ्यो । त्यसको साथ साथै, मैले बिचमा पनि केही थपेको भए हुन्थ्यो जस्तो लाग्यो । बिचमा विबरण नै छैन । बिचमा पनि हतार गरेर लेखेको जस्तो देखिन्छ । अमेरिकाको बसाइ र वातावरण बारे केही थपेको भए हुन्थ्यो । त्यही क्रममा, जवाफको खोजीसँग त्यति मिलाउन सकेको थिइन । केही क्षणहरु जोड्न सकेको थिइन । कनेसन नै भएन । कथा सुनिसकेपछि मिलेको रहेन रहेछ जस्तो भयो  र हतारमा लेखेको जस्तो भएको छ । मलाई फेरि राम्रो लेख्न पाए हुन्थ्यो जस्तो भयो । केटीको नजरबाट लेखेको थिए र उनको दुःख बारे लेख्न खोजेको थिए तर त्यस्तो नै भएन । अन्तिममा पनि मिलाएको भए हुन्थ्यो । आफ्नो मन नै छोएन । अब फुर्सद भयो भने सम्पादन गरेर राम्रो लेख्छु । 



Comments

Popular Posts