सेलिब्रिटीले विज्ञापन खेल्न जरुरी छ ?

बच्चामा हुँदा मलाई विज्ञापन हेर्न मन पथ्यो । विज्ञापनमा आफूलाई मन पर्ने कलाकार भएपछि झन् हेर्न मन पथ्यो । मलाई आमिर खान निकै मन पर्ने कलाकार हुन र उनले खेलेको विज्ञापन कोका कोला विज्ञापन निकै मन पथ्यो । त्यसको साथ साथै, मलाई पेप्सीको विज्ञापन मन पथ्यो । बच्चा हुँदा कोका कोला पिउँदा म आफूलाई आमिर खान नै सोच्थे । अहिले त्यो सम्झदा हाँस उठ्छ । त्यसको साथ साथै, अहिले म कोका कोला पिउन छोडेको छु र जंक फूड प्राय छोडेको छु । 



वास्तवमा भन्ने हो भने, विज्ञापनमा सेलिब्रिटी हुँदा उत्पादनमा फाइदा हुन्छ तर त्यसको प्रभाव केही न केही समाजमा हुन्छ । आफूलाई मन पर्ने कलाकारले विज्ञापन खेलि दिदा प्रंशसकलाई प्रभाव पर्छ । जस्तै ः राजेश हमालले धेरै विज्ञापन खेल्नु भएको छ र त्यसको प्रभाव प्रंशसकमा केही न केही प्रभाव हुन्छ । त्यसको साथ साथै, माउन्टेन डयुको विज्ञापन हेर्दा मािनसहरुलाई अर्के हुन्छ । माउन्टेन डयु पिएपछि बन्जी जम्पिङ सजिलै गर्न सकिन्छ भन्ने भम्र हुन्छ सक्छ । 



नेपालमा भन्दा भारतमा धेरै प्रभाव पर्छ । माधुरी दीक्षितको खेलेको विज्ञापन चाउचाउलाई ब्याक फायर धेरै भएको थियो । त्यसको साथ साथै, शाहरुख खानले खेलेको विज्ञापन फेयर एण्ड ह्यान्डसम फेयरनेस क्रिममा पनि ब्याक फायर भएको थियो । अजय देवनले खेलेको विज्ञापन पान मसलाको पनि ब्याक फायर भएको थियो । धेरै व्यक्तिहरुले कलाकार नखेल्न अनुरोध गरेका थिए । फेयर क्रिमले व्यक्तिहरुलाई नराम्रो प्रभाव पार्छ । सबै व्यक्तिहरु आफ्नो ठाउँमा राम्रो हुन्छन् । 






हुन त नेपाली सेलिब्रेटी होस् वा बाहिरको प्रंशसकलाई प्रभाव पार्छ । सेलिब्रेटीको कारणले उत्पादन किनेका हुन्छन् तर उत्पादनले आफूलाई प्रभाव पार्छ त्यो थाहा हुँदैन । हुन त सेलिबे्रटीले विज्ञापन खेलेपछि पैसा पाउँछन् तर आफूले गरेको विज्ञापनले अरुलाई के प्रभाव पार्छ त्यो सोच्नु जरुरी छ । 







Comments

Popular Posts