जिन्दगी

मानिसहरुलाई आफ्नो जिन्दगी राम्रो बनाउन ठूलो कुराहरु चाहिदैन । मानिसहरुलाई सानो कुराहरु चाहिदैन । मानिसहरुलाई सानो कुराहरुले पनि राम्रो बनाइदिन्छ । त्यसको साथ साथै, खुशी हुनको लागि सानो कुराले पनि महत्वपूर्ण  खेल्छ । त्यही क्रममा, जिन्दगी राम्रो बनाउन ठूलो सपना देख्नु जरुरी छैन । जिन्दगी राम्रो बनउन राम्रोसँग र सानो काम गरे पुग्छ । केही व्यक्तिहरुले थोरै कमाइमा रमाइलो र राम्रो भनाइरहेका हुन्छन् र कोही व्यक्तिहरु धेरै कमाइ गरे तापनि मनदेखि खुशी हुँदैन । 

मानिसहरु अरुबाट धेरै आश गरियो भने आफ्नो मन अशान्त हुन्छ र दुःखी हुन्छ । आश गर्न बन्द गर्नु जरुरी छ किनकि आफू खुशी हुन्छौ । त्यसको साथ साथै, हररोज गुनासो गरिरह्यो र चिन्त बुझाउन सकेन भने जिन्दगीमा कहिले राम्रो र खुशी हुन सक्दैनौ । जिन्दगी एक बारको लागि हो र गुनासोको सट्टा जिन्दगीले के ल्याउछ त्यसैलाई स्वीकार्नु पर्छ । त्यसको साथ साथै, नकारात्मक सोचे उति नै मानिसहरुलाई तनाव हुन्छ । मानसिक रुपमा मानिसहरुलाई निकै तनाव हुन्छ । सकरात्मक सोच राख्नु जरुरी हुन्छ ।

जिन्दगीमा मानिसहरुले चुनौतीहरु पनि लिनु पर्छ । चुनौतिबाट धेरै कुराहरु सिक्दै जान्छ । त्यही क्रममा, जिन्दगी के रहेछ भन्ने थाहा हुन्छ । जो व्यक्तिहरुले चुनौतीबट भाग्छ उनीहरुले जिन्दगीमा केही सिक्दैनन् न त बनाएका हुन्छन् । 

जिन्दगी बार बार आउँदैन र जिन्दगीमा आफूलाई साचेको सपना पनि पूरा गर्न सक्नु पर्छ । नभए  आफूलाई तनाव हुन्छ र पछिसम्म पछुताइन्छ । त्यसैले जिन्दगी राम्रो र खुशी बनाउनको लागि तनाव लिनु जरुरी छैन । खुशी हुन सिक्नु पर्छ । जिन्दगी एक यात्रा हो त्यसको साथ साथै, दुःख हुँदा आत्तिने होइन र खुशीमा आत्तिने होइन । 

Comments

Popular Posts