शनिबार

शनिबार भन्ने बित्तिकै मन अर्के भएर आउँछ । बच्चामा हुँदा अर्के हुन्थ्यो । शुक्रबार स्कूल दिउँसोको १ः०० बजे छुट्टी हुन्थ्यो र घर खुशी हुँदै पुग्थे । प्रेस भएर टेलिभिजन हेर्दै खाजा खान्थे । केही क्षणपछि गृहकार्य गर्थे । शुक्रबारको दिन रातभर बसेर पढ्थे र शनिबार ढिलो उठ्थे । बिहान सबै काम सकेर दिउँसो फिल्म हेर्न बस्थे । दिउँसोको २ बजे फिल्म हेर्ने चलन पहिलेदेखि थिया र अहिले पनि फिल्म हेर्ने चलन छ । 

समय बित्दै गयो र शनिबार केही गर्नु पर्छ भन्ने सोच आउँदै गयो । पछि लाइब्रेरी जान थाले र लाइब्रेरीमै बसेर पढ्न थाले । यो बानी निकै वर्ष।म्म चलिरह्यो । लाइब्रेरी जान मन पर्न थालेको थियो । पछि मास्टस् डिग्री सकेपछि म लाइब्रेरी जान छोडे । पछि तालिमहरु र चलचित्र उत्सवहरुमा जान थाले । धेरै व्यक्तिहरुसँग कुरा हुन थाल्यो । धेरै कुराहरु सिक्ने मौका पाए । जागिर गर्न थालेपछि शनिबारको दिन कि त म साथीहरुसँग हुन्थे कि तालिमहरुमा । फिल्महरु त हेर्ने अहिले पनि गर्छु । चलचित्र हलमा त्यति फिल्महरु हेर्न मन लाग्दैन । शनिबार भन्ने बित्तिकै मेरो दिमागमा चलचित्र र धुम्ने पर्छ तर पनि शनिबारको दिन केही काम वा तालिममा भाग लिन पाए हुन्थ्यो जस्तो लाग्छ जसको कारणले म आफ्नो सिप राम्रो बनाउथे । 


Comments

Popular Posts