निर्णय

मानिसरुको जिन्दगीमा कहिले काँही यस्तो मोड आउँछ कि कुनै निर्णय आफूले लिन सकिदैन वा दोधार हुन्छौ । अनि अरुहरुको सल्लाह लिन्छौ । कति सुझावहरु गल्त हुन्छन् त कति सही । गल्त सुझावहरुको कारणले सम्बन्ध बिग्रन सक्छ । अरुको कुरा नसुनेको भए हुन्थ्यो जस्तो हुन्छ । मैले पनि कहिले काँही अरुको कुरा सुनेर निकै पछुताएको छु । त्यसैले अरुको कुरा सुन्न छोडेको छु र आफ्नो निर्णय आफै लिन थालेको छु । आफ्नो जिन्दगीमा के महत्वपूर्ण छ त्यस विषयमा सोच्छु र आफै निर्णय गर्छु । जब केही क्षणहरु आउँछन् म अरुहरुको सुझावहरु सुन्छु तर निर्णय आफै गर्छु । अरुको सुझावहरु वा कुराहरु लिइरह्यो भने आफ्नो आत्मबल कम हुँदै जाँदो रहेछ । त्यसको साथ साथै, आफूमा भन्दा पनि अरुको भरोसा हुँदै जान्छ । सोच्ने क्षमता आफूमा हुँदैन र अरुले हाम्रो फाइदा लिन सक्छन् किनकि उनीहरुलाई हाम्रो कमजोरी थाहा हुन्छ । त्यसैले अनुभव भएका केही व्यक्तिहरुको सुझाव लिन जरुरी हुन्छ तर सबैको होइन । आफूमा भरोसा गर्नु जरुरी हुन्छ । अन्त्यमा आएर काम गर्ने आफूले नै हो । 

Comments

Popular Posts