तनाव

हेर्दा मलाई केही तनाव देखिदैन तर आफ्नो तनाव कसैलाई देखाउदिन । अरुको नजरमासामान्य देखिन्छ होला तर मेरो नजरमा अर्को हुन्छ । मानिसहरुलाई हेर्दा घरमा बुवा र आमासँग बसेको देख्छन् र एउटा घर छँदै छ भन्ने हुन्छ । के को तनाव ? उनीहरुलाई भनिदियो र सक्कियो । उनीलाई के थाहा मलाई परेको तनाव । बुवा र आमासँग त बसेको छु भन्दैमा मलाई तनाव हुँदैन र ? जिन्दगीमा धेरै तनाव आयो र गयो । अब आउने समयमा तनाव आउन पनि सक्छ । 

पढ्दा पढाईको तनाव पढिसकेपछि जागिरको तनाव । जागिर खोज्दा खोज्दै धेरै तनाव हुन्छ । धेरै ठाउँबाट अस्वीकार हुँदा धेरै तनाव भएको थियो । पछि जागिर पनि पाए । सुरुमा म धेरै खुशी भएको थिए । काम गर्दै जाँदा कामको तनाव हुँदो रहेछ । कति ठाउँमा त काम बिगा्ररेको थिए र काम बिग्रादा कति चोटि आत्तिएको थिए । सानो काम बिग्रादा पनि तनाव लिन्थे । पछि समय बित्दै गयो र म काम गर्दै गए र सिक्दै तर पनि तनावले कहिले छोडेन जस्तो तनाव लाग्छ । जागिरको अभदि सकेपछि म अर्को जागिर खोज्ने क्रममा थिए र अहिले पनि खोज्ने क्रममै छु तर अस्वीकार भइरहेको छु । मनमा एक प्रकारको अशान्त हुँदो रहेछ । भनिन्छ कि खुशीको लागि ठूलो कुरा चाहिन्दैन र तनावको लागि पनि ठूलो कुरा चाहिदैन । जिन्दगी भनेकै यस्तै रहेछ भन्ने र मानिसहरुलाई जे कुरामा पनि सन्तोष हुँदैन । 

Comments

Popular Posts