लकडाउन र मेरो जीवन
सन् २०२० मार्च २४ मा नेपालमा लकडाउन सुरु भएको थियो । सुरुमा त के होला जस्तो भएको थियो । लकडाउन भएपछि अरु त केही होइन खानको तनाव थियो । कसरी बाँच्ने होला भन्ने भएको थियो । केही दिनहरु त ठीकै जान्छ तर पछि के हुन्छ भन्ने भएको थियो । मानिसहरुलाई छुनु हुँदैन थियो किनकि कोभिडको तनाव थियो । मानिसबाट सर्ने रोग थियो । दिन बित्दै गयो । लकडाउन कहिले खुल्ला जस्तो भएको थियो । खानको मात्र होइन सामाजिक नहुँदा पनि गाह्रो हुँदो रहेछ । त्यसको साथ साथै, आफ्नो आम्दानी नहुँदा अर्को तनाव हुँदो रहेछ । घरमा बस्नुको पीडा अर्को हुँदो रहेछ । के गर्ने र कसो गर्ने हुँदो रहेछ । टेलिभिजन र मोबाइलले जिन्दगी बिग्रादेको जस्तो लाग्छ ।
लकडाउनको बेला मेरो केसमा बेग्लै भएको थियो । मेरो हजुरबुवा बिरामी हुनु भएको थियो । उहाँ निकै बिरामी हुनु भएको थियो । उहाँलाई भक्तपुरबाट यम्बुलेन्समा चाबहिल ल्याइयो । उहाँलाई हेल्पिङ्ग ह्याण्ड्म सामुदायिक अस्पतालमा राखिएको थियो । आइसियुमा राख्नु परेको थियो । उहाँले खान नै बन्द गर्नु भएको थियो । एक हप्तासम्म आइसियुमा राख्नु परेको थियो । अनि एक हप्तापछि उहाँलाई हाम्रै घरमा राखेका थियौ । सुरुमा दिनमा उहाँलाई स्याहार्न निकै गाह्रो भएको थियो । खानु माग्नु भएको थिएन । पछि बिस्तारै सुधार भएपछि उहाँ भक्तपुर फर्किनु भयो । पछि असोजमा उहाँको मृत्यु भयो ।
त्यसको साथ साथै, लकडाउनको बेला नै मैले अडियो नोबेल हुने मौका पाएको थिए । सुरुको सुनेको भनेको मैले साईग्रेश पोखरेलको थियो । उहाँको सुनेको ‘मेरो अधुरो प्रेम’ हो । त्यस पश्चात ‘नौलो सुरुवात ।’ उहाँको कथा सुनेर निकै भावुक भएको थिए । मलाई एक प्रकारले आफ्नो अतितमा लिएर गयो । हरेकले आफ्नो प्रेम पाउदैनन् र हामी अगाडि बढ्नुपर्छ । उहाँको साथ साथै, मैले बिनिशा सापकोटाको सुन्न थाले । उहाँको मैले ‘त्यो रात’ सुनेको थिए । कथा र आवाज निकै मन परेको थियो । अनि बिनिशा सापकोटाजीले वाचन गरेका कथाहरु सुन्न थाले । उहाँहरुको मात्र नभएर मैले निलेश मिश्राको सुन्न थाले । उहाँको वाचन गरेको शैली मलाई निकै राम्रो र भिन्न लागेको थियो । बिस्तारै वाचन गर्ने र उहाँको वाचन गर्ने शैलीले कथाको गम्भीरतामा पु¥याउथ्यो र आफ्नै कथा हो जस्तो लाग्थ्यो । अहिले पनि सुनिरहन्छु । अडियो सुन्ने बानी भइसक्यो । त्यसको साथ साथै, मैले वेभ डिजाइन पनि सिक्ने मौका पाएको थिए ।
सन् २०२१ म दोस्रो लकडाउन भएको थियो र यो वर्ष मेरा लागि भागयमाीन साबित भयो । मैले लेखेको ‘जवाफको खोजी’ बिनिशाजीले वाचन गर्नु भयो । म निकै खुशी भएको थिए । त्यही क्रममा, मैले हेलेन केलरमा जागिर पाएको थिए । यस संस्थामा मैले आठ महिनासम्म काम गरे । ती आठ महिनासम्म काम गर्दा म निकै खुशी थिए । खुशी हुनुको साथ साथै, मैले केही सिक्ने मौका पाएको थिए । सरहरु पनि राम्रो हुनु हुन्थ्यो र उहाँहरुबाट सिक्ने मौका पाएको थियो । यही वर्ष मैले अर्को कथा ‘मेरो अधुरो प्रेम’ पठाएको थिए र बिनिशाजीले वाचन गर्नु भएको थियो । म खुशी भएको थिए । अहिले यी पलहरु सम्झदा निकै रमाइलो र खुशी लाग्छ । त्यसको साथ साथै, दुखी लाग्छ किनकि हजुरबुवा हामीसँग हुनु हुन्न ।
Comments
Post a Comment