हिरोइनको कहानी


“सर्वश्रेष्ठ नायिकाको अवार्ड जान्छ मेगा शाक्यलाई । फिल्म डरको लागि मेगा  शाक्यलाई दिइन्छ ।”

मेगा  शाक्य मंञ्चमा जान्छिन् । उपस्थित भएका दर्शकहरुले तालि बजाए । मेगाले रातो साडी लगाएकी थिइन् र साडीसँग सुहाउदो लिपस्टिक लगाएकी थिइन् । अवार्ड तापि सकेपछि मेगाले भनिन्,“धन्यवाद, जुरी । धन्यवाद, मेरा दर्शकहरुलाई मेरा फिल्महरु सफल पारिदिउ भयो । अन्त्यमा म आफ्नो परिवार र साथीहरुलाई जसले मलाई हरपल साथ दिनुभयो ।”

यो अवार्डपछि, मेगालाई धेरै फिल्महरु अफर आउन थाले । उनीले एकपछि अर्को सफल दिदै गरिन् । योभन्दा पनि मेगा र अस्मितको जोडी निकै चर्चित जोडीको रुपमा हेरिन थाल्यो र धेरै निर्देशकशरुले उनीहरुलाई लिन थालेका थिए ।


“हे, मेगा। बधाई छ तिमीलाई । तिम्रो फिल्महरु सफल भएका छन्,” किमले भनिन् । किम पनि एक नायिका हुन् तर उनीको फिल्म त्यति सफल भएका थिएनन् जतिको मेगाको भएको छ ।

‘मनी’ फिल्मका निर्देशकले फिल्म सफल भएको उपलक्ष्यमा पार्टी दिएका थिए । धेरै व्यक्तिहरु उपस्थिति थिए । उपस्थित भएका नायिकाहरुले मेगाकै बारे कुरा गर्न थाले । मेगा देखेर ईष्र्या गर्ने धेरै थिए र कुरा काट्ने पनि उतिकै थिए । तर मेगालाई दुनियाँको परवा थिएन । उनी पार्टीमा त उपस्थित थिइन् तर उनको नजरले अस्मितलाई खोजिरहेको थियो । उनीले अस्मितलाई फोन गर्रिन् तर उनको फोन उठेन । यही क्रममा उनीको सहायक आइन् । मिराले मेगालई निहालेर हेरिरहेकी थिइन् । मिराले मौनता तोड्दै भनिन्,“तिमीले अस्मितलाई फोन गर्दै थियौ ? तिमीलाई थाहा छ कि अस्मित तिमी उपस्थित भएको पार्टीमा आउँदैनन् ।”

“पार्टीमा नआए पनि मेरो फोन त उठाउन सक्थ्यो ।”

“तिमी किन अस्मितको पछि लागेको ? अस्मितले तिमीलाई वास्ता गर्दैन । त्यही पनि तिमी पछि किन लागेको ? तिमी उसको पछि लाग्न छोड । तिमीले अनिसभन्दा राम्रो केटा पाउने छौ । तिमी आफ्नो करिअरमा फोकस गर।”

मेगाले मिरालई खाउला जस्तै गरेर हेरिन् । उनीलाई रिस उठिसकेको थियो तर देखाउन सकिनन् । जवाफ पनि फर्काउन उचित सम्झिनन् । अनि मेगा रक्सी भएतिर गइन् र धेरै पिउन थालिन् । मेगाले यति धेरै पिइन् कि उनीले आफूलाई सम्मालन सकिनन् । मेगालाई अस्मितदेखि रिस उठेको थियो । उनीलाई लागेको थियो कि अस्मितले उनीलाई धोका दिइरहेका छन् ।

अर्कोको दिन, मेगाले अस्मितलाई फोन गरिन् । यसपालि चाँहि अस्मितले फोन उठाए र भने,“हाई ।”

“तिमी मेरो फेन किन उठाएको ?” मेगा रिसाउदै भनिन् ।

“तिमी नरिसाउन । म तिम्रोे घर आउदै छु ।”

केही समयमा अस्मित मेगाको घरमा पुग्छन् । मेगा आफ्नो कोठामा थिइन् । उनी आफ्नो खाटमा बसेकी थिइन्। उनीको रिस मरेको थिएन । अस्मित  मेगाको छेउमा गए ।

“हे, तिमीलाई के भयो ? किन रिसाएको ?”

मेगाले अस्मितलाई हेरिन् । मौन भइन् ।

“के भयो तिमीलाई ?”

“के भयो मलाई ? तिमीले मलाई किन बेवास्ता गछौ ? तिमी मेरो फोन पनि उठाउदैनौ ? मलाई भेट्न पनि आउदैनौ ? म भएको पार्टीमा तिमी किन आउदैनौ ? अनि तिमी आफ्नो श्रीमतीलाई कहिले डिभोर्स कहिले दिँदै छौ ? तिमीले मलाई कसम दिएका थियो कि तिमीले आफ्नो श्रीमतीलाई छोड्यो भनेर । तिमी मप्रति किन कमिटमेट देखाउदैनौ ?”

“म आफ्नो श्रीमतीलाई छोड्दै छु । समय लाग्छ । मैले डिभोर्सको लागि अदालतमा पेश गरिसकेको छु । डिभोर्सपछि म तिमीसँग बिहे गर्छु । मेरो विश्वास गर । अब त मुस्कुराउ ।” अनिसले भने ।

“मलाई डर लाग्छ कि म तिमीलाई गुमाउ छु भनेर । म प्रायः एक्लै हुन्छु  र म चाहन्छु कि तिमी मेरो आसपास हौ । मलाई एक्लै बस्न मन लाग्दैन । मलाई तिम्रो जरुन्त छ तर कहिले काही लाग्छ कि तिमीले  मलाई धोका दिँदै छौ । लाग्छ कि तिमी आफ्नो श्रीमतीलाई छोड्दैनौ ।”

“तिमी किन आतिछौ । मेरो विश्वास गर । मेरो प्रति भरोसा छैन?”

“छ ।” अनि उनी मुस्कुराइन् । दुवै जनाले एक अर्कोलाई हग गरे । अनि केही पल एक अर्कोसँको साथमा बसे ।



“तिमीलाई के भएको छ ?” मिराले भनिन् ।

मिराले मेगालाई हेरिरहिन् । मिरा र मेगा सोफामा बसेका थिए ।मेगा चुरोट तान्नै थिइन् । चुरोटको साथ साथै रक्सी पनि पिउदै थिइन् । वातावरण मौनतामा छाएको थियो । मौनता तोड्दै मिराले भनिन्,“तिमी धेरै परिवर्तन भइसकेकी छौ । तिमी किन हरपल किन रिसाउछौ ? तिम्रो रिसको कारण तिमीलाई कसैले पनि फिल्मको प्रस्ताव राख्दैनन् । तिमी सानो विज्ञापनके सिमित मात्र रहेकी छौ । तिमी पहिले कति खुशी थियौ । अहिले पनि खुशी हुन सक्छौ । कोसिस गर । आफ्नो रिसलाई काबुमा राख ।”

मिराले यतिभन्दा पनि मेगा  मौन नै थिइन् । चुरोट मात्र तानिरहिन् । मिराले यसपछि केही नभइकन मेगाको घरबाट निस्किन् । युजिना मिरा गएको वास्तै गरिनन् । मेगा आफ्नै दुनियाँमा हराएकी थिइन् ।

एक महिनाभन्दा पनि धेर भएको थियो मेगा  घरबाट बाहिर ननिस्केको । आजकाल उनीको बानी व्यवहारमा धेरै परिवर्तन आइसकेको थियो । उनीको मुड कतिबेला राम्रो हुन्थ्यो र कति बेला खराब उनीलाई नै थाहा हुँदैन थियो। उनीले आफ्नो जिवन कठिनाई बनाउदै गएकी थिइन् । सुटिङ्गको बेला निर्देशकशरु र मेगाको प्राय झगडा भइरह्थ्यो जुन कारणले उनीसँग फिल्म खेल्न मन पराउदैन थिए । किन झगडा गरेकाी हुन् उनीलाई थाहा हुँदैन थियो ।

अर्को दिन मिरा मेगाको घरमा थिइन् । मेगा आफ्नै दुनिँयामा थिइन् । मिराले भनिन्,“तिमी आफ्नो जिन्दगीलाई अघाडि बढाउ । भोलि पार्टी छ । तिमीलाई पनि बोलाइएको छ । तिमी जाऊ । सोसलाइस् होऊ । सबै कुरा ठीक हुन्छ ।”

उनी पार्टीमा समाभेस् भइन् । पार्टीमा उपस्थित भएका व्यक्तिहरु मेगालाई देखेर छक्क परे । अरुभन्दा अस्मित छक्क परेका थिए । मेगालाई  देखेर उनीको नजिक गए । नजिक गएर भने,“मैले तिमीलाई कति चोटि भनेको छु कि तिमी पार्टी नआऊ भनेर । तिमी यो पार्टीमा के गर्न आएको ।”

“म किन पार्टीमा आएको ? तिमी को हौ मलाई रोक्ने ?”

“तिमी यो पार्टी छोडेर जाऊ । तिमी प्रायः नौटकी गछौ त्यसैले यो पार्टी छोडेर जाऊ ।”

उनी पार्टी छोडेर जान लागेकी थिइन् र यही क्रममा एक पत्रकारले उनीको बाटो रोकिन् र भनिन्,“तिमी पार्टी छोडेर जान लागेको ? पहिला वाइन् सक । तिमीले आफ्नो वाइन् सिदाएको छैनौ ।”

 मेगाले आफ्नो हातमा भएको बाइन् पत्रकारको मुखमा फालि दिन् र भनिन्,“मैले आफ्नो बाइन् सके ।”

पार्टीमा उपस्थित भएका व्यक्तिको ध्यान  मेगातिर नै थियो । पत्रकारलाई अप्ठ्यारो लागिरहेको थियो र त्यहाँबाट निस्किन् । अर्कोतिर, अस्मित  बाक्क दिक्क भइसकेका थिए । उनले मेगालाई लिएर पार्टीबाट निस्के ।

उनीहरु आधा बाटो पुगेका थिए । अस्मित मौन थिए । उनी गाडी चलाउनेतिर ध्यान थियो । मौनता तोड्दै मेगाले भनिन्,“पत्रकार रिनाले नचाहिने कुरा गर्दै थिइन् । मैले आफूलाई सम्मालन सकिन । उनीलाई कसले हक दियो मेरो बारेमा नचाहिने कुरा गर्नलाई ? त्योभन्दा पनि रिनाले भनिन् कि तिमीले मलाई माया गर्दैनौ किनकि म रिसाह छु ।अस्मित, तिमी केही त भन ।”

“तिमी चुप लाग । म थाकिसकेको छु तिम्रो चरित्र देखेर । कृपया, तिमी गाडीबाट निस्क ।” अनि आफ्नो गाडी रोके । अस्मित रिसाएका थिए । मेगाले अस्मितलाई हेरिन् र भनिन्,“तिमी साँच्चै भन्दै छौ ? तिमी जिस्केको त होइन ?”

“मेगाले, तिमी मेरो गाडीबाट निस्क ।” अस्मितले भित्रबाटै ढोका खोले । जब मेगा गाडीबाट निस्कन मानिनन्, उनीलाई गाडीबाट ढकाले । मेगा भुँइमा खसिन् र अस्मित आफ्नो बाटो लागे ।

यो घटना भएको दुई दिनपछि, मेगा अस्मितको घरमा गइन् । उनीले घडी बजाइन् र अस्मितले ढोका खोले । अस्मित भर्खेरबाट उठेका रहेछन् । मेगालाई देखेर भने,“तिमी यसबेला यहाँ ?”

“तिमीसँग कुरा गर्नु छ ।” उनी घरमा छिरिन् ।

“केको बारेमा ?”

“तिमी आफ्नो श्रीमतीलाई कहिले छोड्छौ ? तिमी मसँग कहिले बिहे गर्दै छौ ?”

अस्मित सोफामा बसे । उनले चुरोट तान्न सुरु गरिन् । उनले मौनतामा बस्न रुचाए । उनले मेगालाई हेर्न रुचाएका थिएनन् । उनले अस्मितलाई ध्यान दिएर हेर्दै थिइन् । अनि मेगा पनि सोफामा बसिन् र भनिन्,“तिमी किन नबोलेको ? तिमी किन हाम्रो सम्बन्धबारे गम्भीर छैनौ ।”

“हो, म गम्भीर छैन ।”

अस्मितले मेगालाई हेरे र भने,“म तिमीलाई माया गर्दिन म तिमी जस्तो केटीसँग बस्नु जो जँडीया हो, जसको झगडा भइरहन्छ र आफ्नो जिन्दगी कहाँ लग्दै छू भन्ने थाहा छैन, अनि म यस्तो व्यक्तिसँग बिहे कसरी गर्नु ? तिमी आफूलाई हेर । तिम्रो जिन्दगी तिमी जस्तै नबुझिने छ ।”

मेगाका आँखाहरु रसाएका थिए र उनीले भनिन्,“मैले तिमीलाई आफूभन्दा धेरै माया गरेको थिए । तिमीले मलाई यस्तो किन गयौ ?”

“तिमी एक सफल नायिका थियौ त्यसैले मैले आफ्नो फाइदाको लागि तिमीसँग सम्बन्धमा बस्न उचित सोचे । मैले सोचे यो सम्बन्ध छिट्टै बन्द हुन्छ तर तिमी मेरो पछि नै ला¥यौ । म तिमीसँग आफ्नो भविष्य देख्दिन । यो सम्बन्धलाई यही छुटाउन चाहन्छु ।”

“तिमीले मेरो जिन्दगी बर्बाद गयौ । म तिम्रो जिन्दगी बर्बाद गर्दै छु ।” मेगा अस्मितको घरबाट निस्किन् ।



“हे,अस्मित । तिमी टि.भी खोल ।”अस्मितको साथीले फोन गरेर भने ।

अस्मित हतारिदै टि.भी खोल्छन् । समाचार अस्मित र मेगाको शारिरीक सम्बन्धको भिडियो देखाइएको थियो । अस्मित अचम्मित भए । यो समाचार भाइरल हुन पुग्यो । पत्रकारहरुले यस विषयमा विभिन्न तरिकाले प्रस्तुत गरेका थिए । यो समाचारपछि, अस्मितसँग अन्तर्वार्ता लिइयो र अस्मितले भने,“हामी को–स्टार मात्र हौ । त्योभन्दा हाम्रो केही सम्बन्ध छैन । मेगा फेक नायिका हुन् । मेगाको साथ साथै भिडियो पनि फेक हो । मेगा साइको हुन् र उनीको भरोसा कहिले गर्नु नहुने नायिकामा पर्छिन् । उनीले के चाहन्छि कसैलाई थाहा हुँदैन । मलाई उनी प्रति चासो छैन ।”

जब उनी अन्तर्वार्ता हेरिन्, आफ्नो अगाडि भएको सबै सामान जारिन् र टि.भी पनि भुँइमा खसेर फुट्यो । घरबाट बाहिर निस्कदा उनीलाई हरेक पल भिडियो बारे सोध्छन् र उनीसँग उतर हुँदैन । उनीले अस्मितलाई बर्बाद गर्न खोजिन् तर आफ्नै गरिन् । यो घटनापछि उनीको सहायक मिराले उनको साथ छोडिन् । मेगाले कसैसँग सामना गर्न सकिनन् । त्यसैले आफ्नो बसेको घरबाट हाम पालेर आत्महप्ता गरिन् । दुई चार दिन उनीको मृत्युको खबर एक हप्तासम्म आएरह्यो तर त्यसपछि कसैले वास्ता गरेनन् । अस्मितआफ्नो जिन्दगीमा मस्त थिए र मेगालाई बिर्से ।

Comments

Popular Posts