केही समयको प्रेम

फाल्गुनको महिना थियो । फाल्गुन महिना भए तापनि चिसो नै थियो । चिसो भएका कारण म सुतेकै थिए । मैले अलार्म लगाएको थिए त्यो पनि बिहानको ५ः३० बजेको । अलार्म बजिरह्यो र मैले अर्लामलाई बेवास्त गरेको थिए तर अलार्म मलाई बेवास्ता गरेको थिएन । अलार्म स्नुज भइरह्यो । अन्त्यमा आएर म अल्छी गर्दै ६ः३० बजे उठे । म हतारिदै लुगा लगाए । अनि हतारिदै नेपाल यातायता चढे । मेरो गन्तव्य पुतलीसडक थियो । ७ः१५ तिर म कान्तिपुर सिटी कलेज पुगे । मास्टर डिग्रीको प्रवेश जाँचको नतिजा  थियो । सबै जना आफ्नो नाम हेर्दै थिए । अवसोज मेरो नाम अन्तिमा थियो । मेरो आँखाहरुले आफ्नो नामभन्दा प्रवेश नतिजा को प्रश्म हुने व्यक्तिमा अडरकियो । उसको नाम अत्सव पौडैल रहेछ । मलाई उत्सुकता भयो कि को रहेछन् उत्सव पौडैल भनेर । नतिजा हेर्ने सबैसँग परिचय गरे तर मेरो परिचय उत्सवसँग हुन सकेन । यस दिन उनको उपस्थिति थिएन ।

दुई दिनपछि अं ःरिएन्टेइश् (अ)न् सुरु भयो । सबै जनाले आफ्नो परिचय दिने क्रम चल्दै थियो तर मेरा आखाँहरुले उत्सवलाई खोजिरहेको थियो । को होला उत्सव, कस्तो होला उत्सव भन्ने थियो तर यस दिन पनि उत्सवको उपस्थिति थिएन ।

यसपछि एक हप्तासम्म हाम्रो भेट भएन । उत्सव कलेज नै आएका थिएनन् । मेरो दिमागमा चाँहि उत्सवको तस्बिर नाचिरह्यो । मेरो दिमागमा उत्सव अग्लो, दुब्लो, अलिकति लामो कपाल भएको र गहुगोरो अनुहार भएको परिकल्पना गरे ।

अन्त्यमा आएर मेरो प्रतिक्षाको घडी समाप्त भएको थियो । कक्षामा सरले सबै विधार्थीहरुको नाम लिएर हाजिर लिनुभयो । म नाम सुनिरहेको थिए । त्यही क्रममा उत्सवको नाम लिइयो र मैले धैर्य गरेर हेरे । जब उत्सवले येस् भने मेरा नयनले उत्सवलाई हेरे । उत्सव मेरो परिकल्पनाभन्दा फरक  थिए । उत्सव अग्ला थिएनन् न त लामो कपाल नै । दुब्लो चाँहि थिए । उत्सव सरल देखिन्थे । उनी हेर्दा ठीकठाक थिए । हेर्दा त्यति आकर्षक थिएनन् तर पनि मेरो मनमा मायाको फूल फूलिसकेको थियो ।

बिस्तारै हाम्रो दोस्ती हुँदै गयो । हाम्रो दोस्ती उपन्यास साटासाट गथ्यौ र कस्तो लाग्थ्यो भनि टिप्पणी गथ्यौ । यसको साथ साथै घर पर्केदा सँगै फर्केथ्यौ । मेरो घर चावहिल थियो भने उत्सवको घर कपनमा थियो । कहिले काँही हिडेर पनि घर जाथ्यौ । उत्सवसँग हुँदा मनमा शान्त हुन्थ्यो । उनीसँगको साथ कहिले नछुटोस् जस्तो लाग्थ्यो । उनीको कुरो सुनिरहू जस्तो लाग्थ्यो ।

६ महिनाको कुरा हो । प्रश्म सेमेन्टरको परीक्षा सकियो र दशै र तिहारको लागि भनेर १ महिना बिदा हुने भयो । असोज ७, २०६७ साल शनिबारको दिन थियो । जाँच सकेपछि वन भोज जाने दिन थियो । मैले प्रेम प्रस्ताव राख्ने योजना बनाए । त्यसैले मैलै प्रम पत्र लेखे जसमा यस्तो लेखेको थिए ः–

प्रिय उत्सव, 
तिमीलाई यो पत्र पढेपछि तिमी आश्चर्य हुन्छौ होला । मैलै यो पत्र लेख्नुको कारण आफ्नो मनको भाव व्यक्त गर्नु हो । 

प्रवेश परीक्षको नतिजा हेर्ने जाँदा मेरा नजरहरुले तिम्रो नाम देख्यो । त्यसपछि नतिजाको दिन तिमी छौ कि भनेर सबै विधार्थीसँग परिचय गरे तर त्यस दिन तिम्रो उपस्थिित थिएन । अंःरिएन्टेइश्(अ)न्मा पनि मेरा आँखाहरुले तिमीलाई नै खोजिरह्यो । सबै विधार्थीले आ–आफ्नो परिचय दिदै थिए तर तिमी यस दिन पनि आएनौ । मेरो आशा मरेको थिएन । 

मेरो मनमा तिम्रो तस्बिर आइरह्यो । तिमी सोच्छौ होला नदेखि कसरी तस्बिर आयो ? मैले मनमनै तस्बिर बनाएको थिए । तिमी अग्लो, दुब्लो, अलिकति लामो कपाल भएको, आकर्षक, गहुगोरो छौ जस्तो लाथ्यो । मनमनै तिम्रो तस्बिर केलाउदै बस्थे । तिम्रो कल्पनामा डुब्थे । नदेख्था त यस्तो माया जागेर आयो, देख्दा कस्तो होला । तिमीलाई भेट्ने रहर धेरै थियो । तिमी कस्तो छौ हेर्ने इच्छा थियो । 

हरेक दिन सरले हाजिरीको लागि नाम लिदा मेरा नजरले तिमीलाई खोज्थ्यो तर एक हप्तासम्म तिमी कलेज आएका थिएनौ । तर एक हप्ता  प्रतिक्षापछि मैले तिमीलाई देख्न पाए । जब सरले तिम्रो नाम लिनुभयाो, मेरा नजरहरुमा तिमीमा अडिएको थियो तर तिमी परिकल्पना भन्दा भिन्न थियौ । न त तिमी अग्लो थियौ न त तिम्रो कपाल लामो नै । मेरो परिकल्पनाको आकर्षकको व्यक्ति परेका थिएनौ । तर मेरो मनमा तिम्रो लागि मायाको फूल फूलेको छ । म तिमीलाई मन पराउछु । तिम्रो नाम जस्तै तिमीले मेरो जिन्दगीमा उत्सव ल्याएका छौ । म तिम्रो जिन्दगीका रङ्गिन मन छ । के तिमी मलाई साथ दिन्छौ ? के तिमी मलाई तिम्रो जिन्दगी बनाउछौ ? म तिम्रो जवाफको प्रतिक्षामा छु । 

                                                                                                     तिम्रो पागल प्रेमी
                                                                                                        सोफी शाक्य 

प्रेम पत्र लेखेपछि फेरि एकपल्ट पढे । मैले धेरै चोटी पढे । एक प्रकारले खुशी थिए र अर्को प्रकारले डर लागेर आयो कि के प्रतिक्रिया आउने हो ? कसरी दिने ? सुरुमा यही कुरामा डुबेको थिए तर अन्त्यमा आएर दिने निर्णय गरे । जे पर्छ, पर्छ । प्रेम पत्र झोलामा हाले र सुते । भोलिको पर्खाइमा म सुते ।

भोलिपल्ट बिहान उठेर, नुहाएर र साथीको स्कूटर गए । मेरो मन एक प्रकारले खुशी थियो र एक प्रकारले मेरो मन आतेको थियो । यस परिस्थितिमा म अस्थिर भएको थिए; के जवाफ आउन्छ भनेर । मेरो मस्तिकमा यस विषयमा नै घुमिरह्यो । घुलिखेल पुगेपछि एकछिन गफ गयौ । म चाँहि मौका खोज्दै थिए । जब खाने बेला भयो, मैले मौका पाए । उत्सव खाजा वितरण गर्दै थिए । मैले उत्सवको झोला भुँइमा देखे र नजिक गए । सबै साथीहरु व्यस्त थिए । मौकामा मैले चौका हाने । मैले उसको झोलामा प्रेम पत्र राखे । अनि म आफ्नो साथीको छेऊमा  गरे ।

यो दिन मेरो लागि खास रह्यो किनकि मैले आफ्नो मनको कुरा त व्यक्त गरे । चाहे त्यो सकरात्मक जवाफ आओस् या नकरात्मक मनमा शान्ति छायो । रमाइलो गर्दै हामी आ–आफ्नो घर फर्कियौ । बेलुका ७ः३० बजे घर पुगे । घर त पुग्न त पुगे तर मेरो ध्यान उत्सवमा थियो । उसले पत्र पढ्यो कि पढेन भन्नेमा मेरो ध्यान थियो तर प्रतिक्षाको फल मीठो हुन्छ भनेर मैले प्रतिक्षा गरे ।

दशैको रमझम पनि हेर्दा हेर्दै आएर गयो तर मेरो जवाफ आएन र मैले एस एम एस पठाए ।
“हेलो ।”
“हाई ।”
“के छ खबर ?”
“ठीक छ । तिम्रो के छ खबर ?”
“मेराृ पनि ठीक छ ।”
“अहिले तिमी कहाँ छौ ?”
“म हिजो मात्र काठमाडौ आएको ।”

एकछिन एसएम एस आउने जाने क्रम बन्द भएको थियो । अनि मैले सोधे, “तिम्रो दशै कस्तो भयो ?”
“राम्रो । तिम्रो कस्तो भयो ।”
“मेरो पनि राम्रो भयो । सुन न मैले तिमीलाई केही सोध्नु छ ।”
“सोध न ।”
“तिमीले मेरो पत्र पढ्यौ ?”
“हँ, पठे ।”
“अनि जवाफ चाँहि तिम्रो के छ ?”
“मलाई तिमी राम्रो लाग्छ तर तिमीलाई लाग्दैन कि हाम्रो सम्बन्ध हाम्रो परिवार स्वीकानु हुन्न ।”
“तिमीलाई किन त्यस्ते लाग्छ ।”
“एउटा त तिमी मभन्दा जेठो छौ । अर्को हाम्रो जात मिल्दैन ।”
“तिमी यो के भन्दै छौ ? अहिलकोे जमाना यस्तो कुरा गर्ने ? तिम्रो अभिभावकले भन्नु हुन्छ त्यो अर्को ठाउ्मा छ तर तिमी चाँहि के भएको ? म मन पर्देन भनेको भए, म स्वीकारथे तर उमेर र जात ?”

केही जवाफ आएन । मलाई रिस उठेको थियो । अहिलेको युवाहरुले यस्तो सोच्दैनन् जस्तो लाग्छ । मैले पनि रिसको मुडमा केही एस एम एस पठाइन ।

हेर्दा हेर्दै दशै र तिहार पनि सकियो । अनि दोस्रो सेमेन्टर सुरु भयो । मंसिरको समय थियो । जाडोको महिना । मेरो मनमा त जाडो पलाइसकेको थियो । उत्सव मौन थिए । खोई उत्सवको मनमा के थियो मैले बुझ्नै सकिन । म पनि मौन नै थिए । मलाई जान्नु थियो कि उत्सव कहिले सम्म मौन बस्दा रहने छन् तर वास्तवमा भन्ने हो भने म मनमनै अशान्ति थिए । मन वैचेन थिए । किन उसले त्यस्तो सोच्यो ? उमेरभन्दा माया जरुरी होइन ? के केटी केटाभन्दा जेठो हुन सक्दैनन् ? केटाले कान्छी बिहे गर्नु हफ्ने तर केटीले कान्छो बिहे गर्नु नहुने ? कस्तो सोचाइ होला ?

यदी सोचाइले म रातभर सुत्न सकिन । आखिर म मनपर्छ भने किन मलाई स्वीकार गेको छैन । अभिभावहरु सुरुमा रिसाए पनि पछि अपनाउने नै थिए । धेरै दिनहरुसम्म मेरा मस्तिकमा यही कुराहरुले सताइरह्यो । त्यसभन्दा पनि उत्सव नबोलेको देखेर म आफै छक्क परे । किन यस्तो भाउ खाएको ? अरु साथीहरुसँग बोले तापनि मसँग चाँहि बोलचाल भएको थियो । मलाई प्रेम प्रस्ताव राखेर गलत त गरिन भन्ने लाग्यो ।

एक हप्ता पछिको कुरा हो । हामी साथीहरु नास्ता खादै थिए । अनि टुरको कुरा गर्दै थियौ । कलेजको टुर लाने कुरा भइरहेको थियो र हामी छलफल गर्दै थियौ कि कुन ठाँउ जाने भनेर र अन्त्यमा आएर ईलाम जाने निर्णय गरौ । हामी नास्ता खादै थियौ, त्यही क्रममा उत्सवले मलाई एकछिनको लागि एकान्तमा बोलाए र म उत्साहमा गए तर मैले त्यो भावना देखाउन जरुरी ठानिन ।

एक कुनामा गएर उभियौ । एकछिन मौनता छायो । मलाई किन उसले बोलायो भन्ने कुरा जान्नु थियो । हामीले एकछिन यताउता हेरेर समय खेर पाल्यौ वा भनौ समय दूरपयोग गरौ । उत्सव केही भन्न खोज्दै थिए । मैले उसको अनुहारको भाव बुझ्दै थिए र मैले मौनता तोड्दै भने, “किन मलाई यहाँ बोलाएको ? केही भन्नु छ भने भन ।”
”खासमा मैले तिमीलाई सरी भन्नु पर्छ । मैले तिमीलाई बुझ्न सकिन ।”
”यो तिमी के भन्दै छौ ? मैले त बुझिन ।”

मैले उत्सवको कुरा बुझेको थिए तर नबुझेजै गरे किनकि मलाई उसकै शब्दबाट सुनन मन थियो ।

“खासमा म तिमीलाई मन पराउछु । तिमीले प्रस्ताव राख्दा हजारौ कुराहरु दिमागमा आए । बुवा आमाले ग्रहण गर्नु हुन्छ कि हुन्न ? हाम्रो उमेरले केही फरक पार्छ कि पार्दैन ? ईत्यादी मेरो दिमागमा गुमिरह्यो । तर हरेक पल, हरेक दिन रात, हरेक सपनीमा तिम्रै तस्बिर आउन्थ्यो । म ध्यान दिन सक्दिन थिए । छतपटी हुन्थ्यो । तिमीसँग बोल्न धेरै कोसिस गरे तर सकेको थिइन । अन्त्यमा आएर आज भन्दै छु । म तिमीलाई माया गर्छु । म तिमीलाई अपमानुन चाहन्छु ।”

मौनता फेरि छायो । म यही समयलाई कुरेर बसेको थिए र अन्त्यमा आएर उत्सवले मेरो मायालाई स्वीकारे । मलाई हग्ग गर्न मन थियो तर वरिपरि मान्छेहरु भएकाले गरिन । उत्सव चाहन्थे कि म केही बोल्यौ र मैले भने,“अनि बुवा आमालाई के भन्छौ ?”
“समयलाई नै छोड्दौ ।”

अनि म खुशी भएको भाव लुकाउन सकिन । म खुशी भएको देखेर उत्सव मुस्कुराए । अनि साथीहरु भएको ठाँउमा गयौ । साथीभाइहरु हामीलाई जिस्काउन थाले तर हामीले वास्ता गरेनौ ।

त्यस पश्चात हामी धेरै गुम्न थालेका थियौ र रमाइलो गर्न थालेका थियौ । यही क्रममा कलेजको टूरकोे  लागि ईलाम गयौ । बिहान कलेजमा ७ः०० प्रायः सबै जना भेला भएका थियौ । अन्य साथीहरुलाई कुरेर बसेका थियौ । मलाई अरुको परवा थिएन । मैले उसलाई खोजिरहे । मेरो मनले र धड्कनले उसलाई खोजिरह्यो । मलाई किन हतार भइरहेको उसलाई भेट्न । मेरा आँखाहरु हरपल गेटमा थियो । साथीहरु गफ गर्दै थिए । साथीहरु मुस्कुराउर्दै थिए तर वरिपरि वातावरणको त्यति परवा थिएन ।

७ः४४ तिर उत्सव आउँदै गरेको देखे । म उसलाई देख्दै खुशी भए । उत्सव मेरो नजिक आए र मैरै छेउमा बसे । म उसलाई देखेर खुशी भएको थिए तर त्यसको साथ साथै म दुःखी थिए । दुःखी हुनुको कारण ऊ ढिलो आउनु हो । उसले ७ः०० बजे आउछु भनेका थिए तर ४५ मिनेट ढिला भएका थिए । उसले मेरो भाव बुझे । अनि सरी भनेर एस एम एस पठाएका थिए । खासमा म धेरै बेर रिसाउन  सक्दिन थिए र मैले ठीकै छ भनी एस एम एस पठाए । करिब ८ बजे सबै जना बेला भयौ अनि गाडीमा चढ्यौ । म आफ्नो मिल्ने साथीसँग बसेका थिए । गाडीमा बस्दा कहिले उसले मलाई हेर्थे त कहिले मैले ।   

यस टूर भरि हामी राम्ररी बोल्न पाएका थिएनौ । सबै साथीहरु भएकाले हामी त्यति रोमाटिक हुन सकैनौ । हामी एक अर्काैको हात समाउन चाहन्थ्यौ तर सकेनौ । साथीभाइहरुलाई हाम्रो सम्बन्ध बारे थाहा थिएन र हामीले थाहा नपाओस् जस्तो लाग्थ्यो । यो पाँच दिनको टूर हामी त्यति बोल्न पाएना थिएनौ । साथीहरुसँग रमाउदै मुस्कुराउदै र गफ गर्दै काठमाडौ फर्कियौ । टूर राम्रो भए तापनि हाम्रो प्रेम कहानीको लागि झूर भएको थियो ।

टूरको यात्रापछि हामी धेरै धुम्न चालेका थियौ । कहिले बसन्तपूर त कहिले स्वयभू जाने गथ्यौ । उत्सव र एक अर्कोको हात समात्दै रमाउथ्यौ । उत्सव मौकाको फाइदा उठ्दाउन धरै प्रयास गर्थे । म केवल हात समान्न र अगान्ल दिन्थे । उत्सवले मलाई किस गर्न खोज्थे तरम दिदैन्थे र उत्सव रिसाउथे ।

एक दिन हामी स्वप्र बगैचामा थियौ । आइतबारको दिन थियो । समय १२ः०८ को सङ्केत गरेको थियो । जाडो महिना भएकाले घाम रमाइलो लागेको थियो । म यता उता हेर्दै थिए । यही क्रममा मैले एक प्रेमी प्रेमीकाले एक अर्कोलाई किस गर्दै थिए । मलाई लाज लागेर आयो । उत्सवले मलाई ध्यान दिएर हेर्दै थिए । उसले मलाई त्यसपछि भने, “त्यस जोडीले कस्तो राम्रोसँग किस गरेको । हामी पनि गयौ न ।”

मलाई रिस उठ्यो, अनि भने,“तिमीलाई हर पल किसको मात्र किन कुरा गछौ ?अरु केही कुरा गर्न आउदैन ?”
“अहँ । मलाई किसको मात्र कुरा गर्न आउँछ । अरु त आउँदैन ।” उत्सव जिस्किदै मलाई छुन थाले । अनि म रिसाउदै उठे । म उठेको देखेर उत्सव पनि उठे ।
“तिमी किन रिसाएको ? किस गर्दैमा के बिग्रिछ ?”
“बिग्रिने र सप्रिने कुरा होइन । माया भनेको मनबाट हुनुपर्छ । शारीरिक सम्बन्ध राख्दैमा र किस गर्दैमा माया हुदैँन । हरेक पल तिमी किस र शारीरिकको कुरा गछौ तर त्यो केही क्षणको लागि मात्र हो । तर मनबाट गरेको माया सदाका लागि हुन्छ । तिमी सधै किन शारीरकि सम्बन्ध खोज्छौ ? मैले तिमीलाई मनदेखि नै माया गर्छु ।”

यति भनेर म रिसाउदै आफ्नो घर गए । मलाई धेरै चोटि उत्सवले शारीरिक सम्बन्धको प्रस्ताव राखेका थिए तर मैले स्वीकारेको थिइन । यसै कुरामा धेरै झगडा पनि हुथ्यो । त्यस पश्चात पनि मैले उत्सवको कुरा वास्ता गरेको थिइन तर यसपालि अलि भएर मैले कुराकानी नै बन्द गरे । उसले पनि वास्ता नै गरेनन् । सरी केही पनि भनेन ।
यसरी नबोलेर हाम्रो दोस्रो सेमे्रन्टर सकियो । दोस्रो सेमे्रन्टरसकिएर हाम्रो दुई हप्ता छुट्टी भयो । हरेक रात, हेक दिन मैले उसलाई नसम्झेको होइन तर उसलाई सम्झाउन जरुरी थियो कि साँच्चो माया मनबाट गरिन्छ  तर म छट्टपट्टीए र उसलाई एस एम एस पठाए ।

“हेलो ।”

उताबाट केही जवाफ आएन । उत्सव रिसाएका रहेछन् जस्तो लाग्यो ।
“के छ खराब ?”

फेरी जवाफ आएन । म छट्टपट्टीए । मेले फेरी उतसवलाई एस एम एस पठाए ।

“अहिलेसम्म रिसाएको ?”

अनि यसपछि यस्तो एस एम एस आउला भन्ने अप्रेक्षा गरेको थिइन ।

“किन म तिमीसँग बोल्ने ? तिमी हरकत देखेर नै रिस उठेको थियो । तिमी सत्ति सावित्री हुनुपर्ने । अहिलेको जमानामा पनि शारिरीक सम्बन्ध नराख्ने तिमी कस्तो ? खूब मलाई अहिलेको जमानामा उमेर र जात हरिदैन  भन्थ्यौ । अहिलेको जमानामा खुला  विचारको हुनुपर्छ भन्थ्यौ तर तिमी त रुढिवादी सोचको रहेछौ । यति सानो कुरामा पनि तिमी रिसाएको ।

खासमा भन्ने हो भने मलाई तिमी प्रति केही रहर छैन । मलाई तिमी मन पर्दैन । तिमी नै मेरौ पछि लागेकी हौ । तिमीले मलाई नै प्रेम प्रस्ताव राखेकी हौ । सुरुमा तिमीले प्रस्ताव राख्दा वास्ता गरेको थिइन तर तिमीले प्राय एस एम एस गरैको गरै गयौ । अनि नाइँ भनिन । मलाई त तिमीसँग खेल्नु थियो तर तिमीसँग शारिरीक  सम्बन्ध राख्न खोजे तर सकिन । मलाई तिमीसँग कुनै सम्बन्ध राख्नु नै छैन । अबदेखि मलाई एस एम एस नपठाउनु । मलाई बिर्सिदेऊ । ”

म छतबाट हामपाले जस्तो भयो । यो एस एम एस पढिसके पछि मलाई विश्वास नै लागेन कि उत्सव यस्तो छ भनेर । म उत्सवलाई धेरै माया गर्थे । आफूभन्दा धेरै माया गर्थे । मलाई एकपलको लागि आत्महत्या गर्न मन लाग्यो । कति रात म सुत्न सकिन । रुदै रात बित्यो । मेरो हालत देखेर बुवा आमा गम्भीर हुनुभएको थियो । मलाई भेरै चोटि सोध्नु भयो तर मैले जवाफ दिन सकेको थिइन । म आफ्नै आँखामा गिरीसकेको थिए । अन्त्यमा आएर मैले आत्महत्या गर्ने निर्णय गरे । मैले औषधी पसलबाट विभिन्न औषधी ल्याए । सबै औषधीहरु ल्याएर आत्महत्या गर्ने योजना बनाए ।

रातिको समय थियो । सबै जना सुतिसकेका थिए । म उठे । राति १२ः३० बजेको रहेछ । मैले कागज र कलम लिए । लेख्न खोजे तर सकिन । मनमा धेरै प्रश्न उठे । औषधीमा ध्यान केन्दि«त भयो । सबै औषधीहरु खोलेर एउटै ठाउँमा राखे । पानी गिलासमा सारे । औषधीहरु खान आँट्दै थिए, बुवाआमाको अनुहार सम्झे । त्यसपछि आफ्नो मिल्ने साथीहरु सम्झे र आफ्ना अतीतका पानाहरु पट्टाएर हेर्न । कति खट्टशी थिए म । बुवा आमाले मलाई जिन्दगी दिनुभएको  छ र म आज आत्महत्या गर्दै छु । म मरे भने उहाँहरुलाई कसले हेर्छ ? म मरे भने उहाँहरुलाई कति दुःख हुन्छ होला । उहाँहरु त मसँग सधैभरि हुनुहुन्छ । म एउटा केटाको लागि आफ्नो ज्यान लिदै छु ? थुक आफ्नो बुद्दि देखेर । उत्सव नहुँदा म बाचेकै थिए त । उत्सव बिना कति खुशी थिए म । म आज यो गर्दै छु ? म ठूलो पाप गर्न आट्दै रहेछु । यो संसारमा उत्सव मात्र छैन । भो म मर्दिन । म बाँच्छु । आफ्नो लागि बाँच्छु । जे हुनु थियो भयो । हरेक गल्तीबाट सिकिन्छ । जो हारेर बाँच्छ, ऊ नै अगाडि बढ्छ । अनि मैले सबै औषधीहरु फालिदिए । मनमा शान्त आयो । अनि म राम्रोसँग सपना देख्न थाले । 



Comments

Popular Posts