एक तर्फी माया

नयाँ बजारमा स्थित फाइम कलेजमा धेरै व्यक्तिहरुको उपस्थिति थियो । शनिबारको दिन थियो । समय भएको बिहानको ११ । आजको दिन चर्चित लेखक सुमित ओझा कलेजममा आउँदै थिए । उनी ११ः३० बजे आउने समय थियो । सुमित ओझा युवा पुस्तामा निकै चर्चित लेखकको रुपमा लिइन्छ । उनले धेरै उपन्यास लेखेका त छैनन् र धेरै चर्चित भएका थिए । उनले लेखेका दुईवटा उपन्यास ‘मेरो भूल’ र ‘उतरको खोजी’ निकै चलेका उपन्यास हुन् । उनले अर्को किताब लेखिसकेका छन् र प्रकाशनको लागि तयार छ । 

सुमित ओझाको शैली भारतीय लेखक चेतन भगतसँग धेरै मिल्छ । उनको प्रायः लेख्ने कथाहरु माया प्रेम कै विषयमा हुन्थ्यो । तर नयाँ उपन्यास चाँहि भिन्न छ भन्ने उनको दाबी छ । 

आजको दिन चाँहि उनले आफ्नो बारेमा भन्न र उनी कसरी सफल भए भन्ने बारे चर्चा गर्नको लागि प्राइम कलेजमा उपस्थित हुँदै थिए । ११ः३० बज्यो । उपस्थित भएका व्यक्तिहरु सुमितलाई कुरेर बसेका थिए । यही क्रममा सुमितको साथमा अरु अतिथि छलमा आगमन भयो । सुमितको साथ साथै अरु अतिथि अगाडिको सिटमा बसे । यही क्रममा ममता अधिकारी स्टेजमा आइन् र भनिन्, “स्वागत छ हजुरहरुलाई । म हुँ ममता अधिकारी । म यो कार्यक्रमको लागि एंकर हुँ । तपाईहरुलाई थाहा नै छ आज यो कार्यक्रम बारे । यो कार्यक्रम खासमा लेखक र पाठक बीच अन्तरक्रिया कार्यक्रम हो । यस कार्यक्रममा लेखकज्यु सुमित ओझाले आफ्नो बारे भन्नुको साथ साथै तपाई दर्शकहरुले उहाँलाई केही प्रश्नहरु ग्र्न सक्नु हुने छ । सुमित ओझाको साथ साथै हामीसँग हुनु छ चर्चित नायिक श्वेता भट्टराई र पत्रकार अमिल हमाल । हामी अब उहाँहरुलाई आम आहसको लागि बोलाउछौ ।”

सुमित, श्वेता र अमिल आफ्नो आहस ग्रहण गरे । आहस ग्रहण गरेपछि ममताले फेरि भनिन्,“अब औपचारिक कार्यक्रम पछि अब पालो भएको छ सुमितजीको कथाको पालो । अब सुमितजी तपाईको माझ आफ्नो भावनाहरु व्यक्त गर्न तयार हुनु छ । जोड दारले स्वागत गर्नु होस् सुमितजीलाई ।”

ताली बज्यो । अनि सुमितलाई माइक दिइयो । अनि सुमितले भने, “धन्यवाद, ममताजीलाई । धन्यवाद, यहाँ उपस्थित हुने दर्शकहरुलाई । आज म मेरो कहानी सुनाउँदै छु । धेरै पाठकहरुले मलाई आफ्नो लेख्नु र सुनाउनु भन्ने आग्रह गर्नु भयो । मैले सही समय आएपछि लेख्छु भन्ने सोचेको थिए । तर धेरै समयदेखि मलाई लाग्यो कि मैले मेरो कहानी भन्नुपर्छ । आज यो समय सही हो जस्तो लाग्छ । प्राय मानिसहरुलाई मेरो कहानी हिन्दी फिल्र्म  ए दिल ए मुस्किल’ जस्तो लाग्छ । हुन पनि मेरो प्रेम एक तरर्फी नै थियो र मैले आफ्नो माया पाउन सकिन ।”

सबै दर्शक ध्यान दिएर सुनिरहेबाा दिए । सबैलाई चासो भइसकेको थियो कि सुमितको प्रेम कहानी सुन्नलाई । 


मेरो र दिपिकाको भेट साथीबाट भएको थियो । हाम्रो भेट सन् २०१६ नोभेम्बरमा भएको थियो । म चाँहि साथी भेट्न भनी पुतलीसडकको सनम खाजामा गएको थिए । त्यही खाजा घरमा दिपिकासँग भएको थियो । अमितले दिपिकासँग परिचय गराएका थिए । हामीले सुरुमा हाइ हेलोमा मात्र सीमित थियो । फेसबुकमा साथी भएका थियौ तर हामी त्यति वास्त गएका थिएनौ ।

खासमा म आफ्नै सम्बन्धमा अन्जेको थिए । मेरो सम्बन्ध नेहासँग थियो । हाम्रो सम्बन्ध ६ वर्ष नागेको थियो तर हाम्रो सम्बन्ध कहिले टुन्ने गरेको थियो ल कहिले मिल्ने गथ्यौ । ६ वर्षमा हाम्रो सम्बन्ध १२ चोटिभन्दा धेरै टुटिसकेको थियो। हाम्रो धेरै कुराहरु मिल्दैन थियो । धेरै जसो झगडा हुन्थ्यो । साना तिना कुराहरुमा झगडा हुने गथ्यो र अन्यमा आएर हाम्रो सम्बन्ध टुटेर नै छाडो ।

सम्बन्ध टुटेपछि म धेरै चुरोट तान्न थालेको थिए । म घरमै बस्न थालेको थिए । हुन त मेरो पहिलो र दोस्रो उपन्यासमा आइसकेको थियो तर तेस्रोको लागि लेख्न जागँर चलेको थिएन । बे्रकअप भएपछि म प्रायः फेसबुकमै हुन्थे र यही क्रममा मैले दिपिकालाई अनलाईन देखे । उनीलाई खनलाईन देखेपछि मैले उनीलाई म्यमसेज पठाए ।

“हेलो ।”

“हाई ।”

उनीले कति छिटो म्यासेज पठाएकी ।
“मलाई चिन्यौ ?” मैले भने ।

“अँ । तपाई अमितको साथी होइन ? हाम्रो भेट पुतलीसडमकमा भएको होइन ?”

“तिमीलाई कस्तो याद रहेछ ।”

त्यसपछि म्यासेज ने आएन र दिपिका अपलाइन भइन् ।

किन अपलाइन भइन् भन्ने सोचमा हराए । मैले त्यस्तो के भनेर उनी अपलाइन भइन् । मलाई छटपट भयो । मलाई दिपिकासँग कुरा गर्न मन लागेर आयो । उनी कति बेला अनलाइन आउछिन् जस्तो भयो । म रातभर अनलाइन नै बसे । खई आज मलाई के भयो ? म किन दिपिकालाई नै कुरेर बसेको ? आफूलाई देखेर छक्क परे । म नेहासँ हुदाँ पनि यति आतुर हुन्न थिए । मलाई नै थाहा थिएन कि मलाई के भएको छ । म यो रात राम्ररी सुत्न सकिन । बिउजदै सुत्दै गरेको थिए ।

अर्को दिन पनि अनलाइन छिन् कि भनेर हेरे तर देखिन । एक हप्तासम्म मैले उनीलाई फोकस गरे तर दिपिकालाई अनलाइन देखिन । मैले दिपिकालाई वास्ता नगर्ने निर्णय गरे । तर म आफ्नो निर्णयमा अडिन सकिन । एक हप्तापछि दिपिकालाई अनलाइन देखे र म खुशी भए । अनलाइन देखेपछि मैले म्यासेज पठाए ।

“हाई ।”

उताबाट केही जवाफ आएन । अनि मैले फेरि म्यासेज पठाए ।

“मसँग रिसाएको हो । आई एम सरी ।”

“म रिसाएको छैन । म व्यस्त थिए ।”

दिपिकाले यति भनेपछि मन शान्त भयो । धन्नले उनी रिसाएकी रहेकी रैहरछिन् । अनि मैले फेरि म्यासेज पठाए ।
“मैले त सोचेको थिए कि तिमी रिसाएकी छौ ।”

“किन ?”

“एक हप्ता अगाडि म्यासेजमा कुरा गर्दा गर्दै तिमी गायब भएकी थियौ । अनि एक हप्तादेखि अफलाइन थियौ । त्यसैले मैले सोचे कि तिमी मसँग रिसाएकी छौ ।”

“म त्यस्तो सानो तिनो कुराहरुमा रिसाउदिन । त्योभन्दा पनि म आफै व्यस्त हुन्थे ।”

“केमा हो त्यस्तो व्यस्त ?”

“पढाईमा  ।”

“के को पढाई ?”
“उत्तरको खोजीको पढाईमा  ।” अनि हाँसेको इमोजी पठाइन् । अनि म पनि उनीसँगै हाँसे ।

हामी प्रायसँगै हुन्थ्यौ र म्यासेजमा पनि कुरा हुने गथ्यो । बिस्तारै बिस्तारै मैले दिपिकालाई मन पराउन थालेको थिए तर आफ्ना भावनाहरु व्यक्त गर्न सकेको थिइन ।


“दिपिका, मैले तिमीलाई के भन्नु छ ।”

“भन तर आई लभ यु चाँहि नभन ।”

“किन त्यो चाँहि नभन्नु हुँदैन ।” म निराश हुँदै भने ।

आई लभ यु चाँहि नभन भन्दा मेरो मनलाई वाण हानेको जस्तो लाग्यो । म यही भन्न आएको थिए तर उनी किन यस्तो भन्दै थिइन् म आफै अचम्म भए ।

“मेरो प्रेमी छ, त्यसैले भनेको ।”

म वाक्क न पाक्क भए । मसँग केही शब्द नै भएन व्यक्त गर्नको लागि । म टोलाइ रहे । म टाोलाएको देखेर दिपिकाले भनिन्,“तिमी किन यसरी टोलाएको ? के भयो तिमीलाई ? तिमी केही भन्छौ भनेको होइन ?”

म के भन्नु ? जे जे भन्नु थियो दिपिकाले भनिहालिन । तर पनि भन्ने आँट गरे । मनमा कुरा राख्न सकिन । अनि मैले भने, “आई एम सरी ।”

“सरी चाँहि किन ?”

“तिमीले जे नभन्नु भन्दै थियौ त्यही भन्न आट्दै छु ।”

“व्याट ?” उनी अचम्मित हुँदै भनिन् ।

“तिमी यो के भन्दै छौ ?”

“हो, दिपिका । म तिमीलाई प्रेम गर्छु । आफूलाई भन्दा पनि धेर गर्छु । तर मलाई थाहा थिएन कि तिम्रो प्रेमी छ भनेर ।”

वातावरण केही क्षणको लागि शान्त भयो । दुवै जना एक अर्काेलाई हेर्दै थियौ । दिपिकाले मौनता तोड्दै भनिन्,“सुमित, मैले तिमीलाई त्यस्तो तरिकाले हेरेको छैन । म तिमी एक असल साथीको रुपमा मात्र हेरेको छु ।”

“तर म तिमीलाई धेरै माया गर्छु । कृपया मलाई अपनाउ । म सिर्फ तिम्रो हुन चाहन्छु । सिर्फ तिम्रो, मात्र तिम्रो ।”

“यो तिमी के भदै छौ ? तिमी पागल त भएनौ ?”

“हो, म पागल भइसकेको छु । तिमीलाई पाउन जे पनि गर्छु ।”

“प्रेम पाउनु मात्र होइन । गुमाउनु पनि प्रेम हो ।”

मलाई नाँइको अप्रेक्षा नै गर्नु थिएन । म उनीलाई धेरै सम्झाउने कोसिस गर्दै थिए र उनीले पनि मलाई सम्झाउदै थिइन् । मैले दिपिकालाई सम्झाउनै सकिन  र मैले हरेस् खाए । उनीलाई बिदाई गरेर म ए–वान क्याफे, चावहिलबाट निस्के ।


“मेरो बिहे बैशाख १५ हुँदै छ । मैले तिमीलाई मेरो बिहेको निम्तोको लागि फोन गरेको । तिमी आऊ है ।”

“म आउन सक्दिन, दिपिका । मेरो नयाँ उपन्यासको लागि म अमेरिका जाँदै छु । आइ यम सरी ।” अनि मैले फोन राखिदिए । म कसरी हेर्न सक्थे कि आफूले मन पराएको व्यक्तिको सिउँदोमा अर्को व्यक्तिले सिदूर हालेको । कसरी हेर्न सक्थे र मैले दिपिका अर्कोको भएको । मैले उनीलाई झूटो बोलेको थिए कि अमेरिका जाँदै छु भनेर तर म अमेरिका नभएर थाइलाण्ड जाँदै थिए ।  टूटेको मन लिएर थाइलाण्ड जाँदै थिए । मलाई नै थाहा छैन कि मेरो माया पागलपन हो या साँच्चो । थाहा छैन भविष्यमा मेरो एक तर्फी मायाले कुन रुप देखाउने हो ।


म एक समुद«को छेउमा ‘द बुक दिभ’ पढ्दै थियो । दिनको १ः०० बजेको थियो । यही क्रममा एक महिला मेरो छेउमा आइन् र भनिन्,“तपाईलाई मैले कहाँ देखेको ? मलाई याद नै भएन ।”
“म लेखक हुँ ।”

“कुन किताब लेख्नु भएको छ ?”

“उतरको खोजी र मेरो भूल ”

“ओ गड । तपाईसँग भेटेर खुशी लाग्यो । तपाईको उपन्यास ‘उतरको खोजी’ पढेको छु । साहै« राम्रो लागेको उपन्यास थियो । अर्को उपन्यास कहिले आउँछ ?”

“थाहा छैन । मैले नयाँ उपन्यासको बारे सोचेकै छैन ।”

“अब लेख्नु भयो भने के विषयमा लेख्नु हुन्छ ?”

मलाई त मेरो दिपिकाको बारे लेख्नु थियो । तर के गर्नु मेरो प्रेम कहानी नै सफल नै भएन । सोच्दा सोन्दै म गम्भीर भए छु । उनीले मलाई हुरेर हेरिन् र भनिन्, “तपाई त कस्तो गम्भीर हुनुभयो । मैले त त्यस्तो  नराम्रो प्रश्न गरेको जस्तो लाग्दैन ।”

“होइन । म आफ्नो दुनियामा हराएको थिए त्यसैले गम्भीर भएको ।”

“मैले सोचे कि तपाई आफ्नो फेमिका सम्झिनु भयो र त्यसैमा हराउनु भयो । ”

म उनीको कुरा सुनेर फेरि दिपिकाको यादमा डुबे । अनि केही बेरपछि मैले भने,“मेरो प्रेमिका छैन । म सिङ्गल छु ।”

“वाह्ट ?”उनी अचम्मित हुँदै भनिन् । अनि फेरि भनिन्, “म विश्वास गर्न सक्दिन कि तपाई सिङ्गल हुनु छ भनेर ।”

म मौन भए । म दिपिकालाई बिर्सेन भनि थाइलाण्ड आएको थिए तर चाहेर पनि बिर्सेन सको थिइन । दिपिकाको यादले नै पिछा नै छोडेन ।

म र उनी धेरै बेर गफ गयौ । गफ गर्दै जाँदा मैले उनीको नाम थाहा पाए । उनीको नाम शिवा ढकाल रहेछ । उनी थाइलाण्डमा व्यवसायी गर्दि रहेछिन् । हामी धेरै बेर गफीएर आफ्नो स्थान लाग्यौ । हामीले एक अर्कोको नम्बर छाटा छाट गयौ ।

नम्बर पाएपछि हामी भेट्न थाल्यौ । म दिपिकालाई बिर्सेनको लागि शिवालाई प्रयोग गरे । हामी दुईबीच धेरै चोटि शारिरीक सम्बन्ध पनि भयो ।  शारिरीक सम्बन्ध हुँदा मैले दिपिकासँग भएको भने कति खुशी हुन्थे ।


“शिवा, म नेपाल जाँदै छु ।”

शिवा मौन भइन् । वास्तवा शिवाले मलाई मनपराउन थालेकाी थिइन् । म नेपाल फर्किने भेन पछि शिवाको आखाँहरु रसाएका थिए । उनीले एकछिनको लागि मलाई हेरिन् । शिवाको मनमा धेरै कुराहरु थिए तर शिवाले भन्न सकिनन् ।

मौनता  तोड्दै उनीले भनिन्,“अनि कहिले जाँदै हुनु छ ? केही काम थियो कि ? अहिले फर्किनु हुन्छ थाइलाण्ड ?”
“म भोलि जाँदै छु । अब कहिले नफर्केने ।”

उनी अचम्मित हुँदै भनिन्,“केही काम थियो ?”

मैले उनीलाई आफ्नो कहानी सबै भने । शिवा मेरा कुरा ध्यान दिएर सुदै थिइन् । मैले शिवाले थाहा नपाउने गरि उनीलाई निहालेर हेरे । उनीको आँखाहरु अहिले पनि रसाएका थिए । अनि मैले उनीलाई भने,“तिमीलाई केही भन्नु छ ?”

“के भन्नु र ? आज तपाई जुन अवस्था हुनु छ, म पनि त्यहि अवस्थामा छु । त्यति फरक हो कि म अविवाहित छु र म तिमीलाई कुरेर बस्ने छु । तपाईको दिपिकाले विवाह गरिन् र तपाई अहिले पनि उनीबाट अप्रक्ष्ोा गर्दै हुनु छ र म पनि तपाईको मयााको अप्रेक्षा गर्दै छु । कसले कसको माया पाउने हो थाहा छैन ।”

म मुस्कुराए मात्र । उनीले पनि मुस्कुराइन् तर झुटो मुस्कुराट मात्र थिए । अनि हामी छुटियौ ।

अर्को दिन नेपाल जाने दिन । समय भएको थियो साँझको ७ः३० । फाइट ९ः३० बजेको थियो । म एयर पोष्र्टमा थिए । शिवा मलाई सिअफ गर्न आएकी थिइन् । हामी एक अर्कोलाई हग गरेर म विदा भए । उनीले मलाई हेरिरहिन् ।  ९ः२० बजे म हवाईजहाज चढे । म जहाजमा पनि दिपिकाको बारे सोचे  उनी विवाहित भए पनि मेरो माया उनी थियो । मेरो मायामा कमी थिएन । जिन्दगीमा जे पनि हुन सक्छ । अलिकति भए पनि आशा छ मेरो मनमा ।

३ः३० घण्टा पछि म आफ्नो नेपाल फर्किए । धेरै राति भइसकेको थियो र मलाई निन्द«ाले सताएको थियो । एयरपोर्टको काम सकेर म टैक्सी चढेर म आफ्नो घर फर्किए । म आफ्नो कोठामा गएर मस्तसँग सुते ।


अर्को दिन म दिपिकाको खोजीमा लागे । म उठ्ने बितिकै मैले ल्याप्टप खोले । अनि फेसबुक खोले । दिपिकाको फोटोहरु हेर्न थाले । बिहेको फोटोहरु नै देखिन । एक प्रकारले खुशी भए कि उनीको बिहे भएको छैन ।

अनुमानको भरमा म खुशी भए तर उनीले फोटो नराखेको हुन सक्छ । अनि मैले उनीलाई म्यासेज पठाए ।
“हाई ।”

उनी अपलाइन थिइन् । मेरो म्यासेज देखेर म्यासेज पठाउटिन् भन्ने आशा थियो र त्यही आशामा म बसे । म्यासेज पठाइसकेपछि म आफ्नो काम गर्न थाले । एक छिनपछि मैले म्यासेज हेरे । उताबाट केही जवाफ आएन । उनी अफलाइन नै थिइनन् । उनीको म्यासेज नआएपछि म छटपटाउन थाले । म्यासेज नआएपछि उनीलाई फोन गरे तर फोन उठेन । धेरै चोटि उनीसँग सम्पर्क हुन खोजे तर सकिन । मैले उनीलाई धेरै खोजे तर भेटिन । जाने ठाउँहरु प्नि गए तर कहि देखिन । उनीको साथीहरुलाई म्यासेज पठाउ कसैलाई चिन्दिन । कसरी भेट्ने ? बिहे गरेर विदेश गइन् कि भन्ने भयो । अनि मैले फेरि फेसबुक खोले अनि उनीको फेसबुक हेरे । केही पनि त्यस्तो भेटिन । मन छटपटाउन थाल्यो । उनीलाई कहाँ खोज्ने र कसरी खोज्ने ? खोज्दा खोज्दै एक वर्ष बित्यो तर मैले दिपिकालाई भेटिन । अहिले पनि उनीलाई खोजिरहेको छु ।
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––

दर्शकहरु सुमितको कथा ध्यान दिएर सुदै थिए । यही क्रममा एक युवतीले प्रश्न गरिन्, “मेरो नाम लारा प्रिया हो । तपाईलाई थाहा हुँदा हुदै पनि दिपिकाको पछि नै लाग्नु भयो । किन ? उनीले तपाईको माया अस्वीकार गरेकी थिइन् । तै पनि उनीलाई खोजी रहनु भयो । त्यसभन्दा पनि शिवाले तपाईलाई माया गर्थिन् । उनीलाई किन अपनाउनु भएन ?”

यो प्रश्नको उतर दिन सुमितलाई गाह«ो भएको थियो । एक पलको मौन भए । मौनता तोड्दै सुमितले भने,“हो, उनीले अस्वीकार गरेकी थिइन् । उनीको बिहे पनि भइसकेको छ तर पनि मन मान्दै मादैन । बिर्सिन पनि खोजे तर सकिन । शिवासँग सम्बन्ध राखे तर उनीलाई अपनाउन सकिन । हर पल दिपिकाको यादले नै सताइरह्यो । तपाई यसलाई पागलपन भन्नुहोस् या अरु नै नाम दिनुहोस् तर उनीलाई नै माया नै गरिरहछु । म खोजिरहे किनकि यो माया हो । यदी तपाईले कसैलाई आफूभन्दा धेरै माया गर्नुहुन्छ भने, मनमा कही न कही मनमा आशा हुन्छ । आशा भएपछि खोज्न मन लाग्छ ।”

अनि सुमित लगायत अरु उपस्थित भएका फाइम कलेजबाट बिदाई लिएर निस्किए ।  

Comments

Popular Posts