मायाको जादु

                                                                                 एक
म बिग्रिएको केटा थिए । मलाई आफ्नो जिन्दगीको बारेमा केही मतलब थिएन । मलाई हरेक दिन पार्टी नगरिकन हुँदैन थियो । मलाई हरेक पल रमाइलो गर्नुपर्थाै । मेरो जिन्दगी देखेर मेरा बुबा आमा दिक्क हुनुभएको थियो र धेरै चोटी सम्झाउनु भएको थियो तर उहाँहरुको कुराको वास्ता गर्दिन थिए र मलाई सम्झाउँदा सम्झाउँदा वाक्क हुनु भएको थियो । यसपछि उहाँहरुले भन्नै छोड्नु भएको थियो ।

एक दिनको कुरा हो । म कारमा थिए । म आफ्नो साथीलाई कुरेर बसेको थिए । यही क्रममा मैले केही युवतीहरुलाई देखे तर मैले एक जनालाई राम्री देखे । म गाडीबाट निस्के र उनीहरुको छेऊमा जाने क्रममा थिए र यसै बीच मेरो एउटा साथीले पछाडिबाट बोलायो र म पछाडि पर्कै । ऊ मेरो नजिकक आयो तर म पछाडि पर्कै तर उनीहरु त्यहाँबाट गइसकेका थिए ।

अर्काै दिन म बोैद्वमा त्यही ठाउँमा गए र लुकी लुकी उसलाई हेरे । मलाई उनी राम्री लाग्यो तर मलाई नै थाहा छैन म उसलाई माया गर्थै या यो मेरो भ्रम । मैले सोचे यो मेरो भ्रम हो किनभने योभन्दा अगाडि मैले धेरै केटीसँग प्रेम  गरेको थिए तर साच्चो माया कसैलाई गरेको थिइन ।

दुई दिनपछि म त्यही ठाउँमा गए र मैले उसलाइ देखे र म उसको नजिक गए । “हाई,” मैले भने । उनीले मलाई हेरि रहिन् । मलाई अचम्म लाग्यो र मैले सोधे, “मलाई किन अचम्म पाराले हेरेको ?”
“तपाईको नाम आयुस क्षेष्ठ होइन ?” उनीले भनिन् ।
“उसलाई कसरी चिनिस् ?” कविताले भनिन् ।
“उहाँको फोटोहरु पत्रिकाहरुमा आईरहन्छ । उहाँ पेलबोई हो । उहाँलाई राम्री केटी  देख्नै हुँदैन प्रेमको नाटक सुरु गर्नैपर्छ र आज मलाई देख्नु भयो ।”

यति भनेर उनी आफ्नो साथीहरुसँग बौद्वबाट गईन् । मलाई भने रिस उठिसकेको थियो । रिस उठे पनि मैले काबू गरे र म आफ्नो घर गए ।

हरेक पल म उसलाई सम्झन्थे ।  थाहै नपाई म परिवर्तन भइसकेको थिए । सायद उसको मायाले होला ममा परिवर्तन आएको । हरेक दिन उसलाई भेट्न जान्थे तर उनी मसँग बोल्न चाहन्नथिन् । मलाई देख्ने बित्तिकै उनी गाडी कुरी रहेको ठाउँबाट जान्थिन् ।

एक दिनको कुरा हो । म फूल र उपहार उनीलाई दिन भनि बौद्वको गाडी कुर्नै ठाउँमा गए । उनीलाई मैले देखे । मलाई देखेर उनी त्यस ठाउँबाट जान खोज्दै थिइन् तर मैले रोके र भने,“मलाई थाहा छ, तपाईलाई मनपराउनु हुन्न तर म तपाईलाई प्रेम गर्छु । जुन तपाई मेरो बारेमा सोच्नु हुन्छ, त्यो सही हो तर जब देखि मैले तपाईलाई देखे तब ममा परिवर्तन आएको छ ।”

“तपाई जस्तो झुट बोल्ने व्यक्ति मैले आजसम्म देखेको थिइन । तपाई धनीको हुनुको साथ साथै बिग्रिएको व्यक्ति हुनु छ । तपाईको आफैले कमाएको खोइ ? तपाईको परिचय खोई ? तपाई जस्तो व्यक्तिको कुरा कसले विश्वास गर्र्नै ?”

यति भनेर उनी गईन् । म निराश भए । मैले फूल र उपहार लिएर घर गए । यी चिजहरु हेरेर म सधै निराश हुन्थे । म आफैलाई सोध्थे कि के मेरो माया साच्चो छ ? मेरो मनले भन्थो कि मेरो माया साच्चो छ र यदी मेरो माया साच्चो छ भने ऊ जरुर फर्कैर आउँछिन् ।


                                                                                       दुई
म आफ्नो बुबाको अफिसमा काम गर्न थालेको थिए । म कम्प्युटर सम्बन्धी काम गर्थै । अफिसमा नयाँ स्फाटको लागि अन्तवार्ता थियो र मैले उनीलाई देखे । भाग्य बस्  अन्तरवार्ताको लागि म लिदै थिए । उनीको पालो आयो र उनीले मलाई देखेर छक्क परिन् र भनिन्,“तिमी आफ्नो परिचय बनाउन सक्दैनौ । आफ्नो बुबाको अफिसमा काम गर्न थाल्यौ । तिमी जहाँ काम गछौ त्यहाँ म काम गर्न सक्दिन ।”
                                                                                     तीन
म काठमाडौ छोडि पोखरा गए । म एउटा किताबको पसलमा काम गर्न थाले । यही किताबको पसलमा काम गर्दा मलाई किताबको र शिक्षाको महत्व थाहा पाएँ । यही क्रममा आफूलाई आनन्द महशुस गर्थै किनकि म उसको लायक बनाउदै थिए ।

वास्तवमा भन्ने हो भने मलाई उनीको नाम बाहेक केही थाहा छैन र मलाई थाहा हुनु जरुरी पनि छैन । म केवल उनीलाई माया गर्थै त्यो पनि साच्चो माया । उनीको माया पाउनुको लागि नै म मेहेनत गर्दै थिए ।
बिस्तारै मैले आफ्नै पुस्तक पसल खोले र पुस्तक पसलको नाम नम्रता पुस्तक हाउस राखे । एक वर्षमै मेरो पसल राम्रो चलन थाल्यो र म आफ्नो पसल काठमाडौमा खोल्न चाहन्थे र म काठमाडौ आए । म काठमाडौमा आएको केही महिनामा नै पसल खोले । म काठमाडौ पसलमा बस्न थाले र पोखरामा नयाँ स्फाटहरु राखे ।
एक दिनको कुरा हो, म पुस्तकहरु मिलाउँदै  थिए । “कोही हुनु छ ?” भन्ने आवाज आयो र म अगाडि गरे । ऊ नम्रता थिइन्् र मलाई देखेर छक्क परिन् र भनिन्,“तिमी यहाँ ?”
“यो मेरो आफ्नो पसल हो । तपाईलाई कुन पुस्तक चाहिएको हो ?”

ऊ केही बोलिनन् र पुस्तकहरु किनेर गईन् । यसपछि उनी साथीसँग प्राय जसो आइरहथिन् । उनी मेरो पसलमा आए तापनि उनी मसँग कम बोल्थिन् र म पनि कम बोल्थे । ममा आएको परिवर्तन देखेर छक्क परिन् या खुशी या दुःखी मलाई नै थाहा छैन ।

म उनीलाई धेरै पटक प्रश्न गर्न खोजे कि अब उसको मन परिवर्तन भयो कि भनेर तर सोध्ने आँट गरिन । म कसरी यो प्रश्न गयौ जस्तो भएको थियो । उनीको मनमा मेरो लागि माया छ वा छैन जान खोजे तर सकिन ।
                                                                                    
                                                                                    चार
एक महिना भएको थियो उनी मेरो पुस्तक पसलमा नआएको र मलाई अनौठो र उत्सुकता भएको थियो किन उनी मेरो पसल किन आईनन् । मलाई छटपटी भइसकेको थियो ।

एक महिनापछि उनी मेरो पसलमा आईन् । म उसलाई देखेर धेरै खुशी भएको थिए । म नजिक गए । मैले भने,“तिमी एक महिनापछि आयौ यहाँ ।”

उनीले झोलाबाट बिहेको निमन्त्रणा निकालेर मलाई दिइन् । मेरा आँखाबाट अाँसु झरे । “तिम्रो बिहे ?” मैले छक्क परेर भने । उनीले मेरा आँखाबाट आँसु झरेको देखेर छक्क परिन् र भनिन्,“आज तिमी मलाई ६ः३० बजे रामेश्वर रेस्टुरेटरमा भेट्न आऊ”।

६ः३० बजे, रामेश्वर रेस्टुरेटरमा
हामी दुवै जना केही क्षण मौन थियौ । उनीले मौनतालाई तौड्दै भनिन्, “तिमी मलाई साच्चिकै माया गर्दा रहेछौ ।”
“आफूलाई भन्दा पनि तिमीलाई गर्छु । तिम्रै कारणले आफै परिचय बनाए । परिचयभन्दा पनि साच्चो माया कस्तो हुन्छ, थाहा पाए । यो सबै तिमीले गरेर भएको हो ।”
“मलाई विश्वास लाग्दैन थियो कि तिमी जस्तो व्यक्तिमा पनि परिवर्तन आउँछ । ”
“मलाई पनि विश्वास लाग्दैज थियो ।” म निरास थिए ।
“नम्रता, मसँग बिहे गर । म तिमीलाई सकेसम्म खुशी राख्छु । म तिमी बाहेक अरुलाई प्रेम गर्न सक्दिन ।” मलाई भन्न मन लागि रहेको थियो तर भन्न सकिन्न ।

“मेरो बिहेमा आउँछौ नि ।”

म केही बोलिन । म नबोले पनि उनी फेरि मलाई सोधिन्,“तिमी मेरो बिहेमा आउँछौ नि ।”
“मलाई थाहा छैन । मैले हेर्नै पर्छ ।” मेरा आँखाबाट आँसु झरे । मैले केही नसोधि रेस्टुरेटबाट गए ।
                                   
                                                                                        पाँच
सबै जना उसको कथा सुन्दै थिए । आयुषको आज उपन्यास “मेरो प्रेम कहानीको” बिमोचन थियो । उनले कथा सक्दै एक पाठकले भने,“तपाई बिहेमा जानुभयो त ?”
उनी मुस्कुराए र भने,“तपाईलाई के लाग्छ, म गए त ?”
“जानुभयो ।” एक व्यक्तिले भने ।
“अहँ, म गईन ।”

सबैजना छक्क परे ।“म नजानुको कारण मेरो माया थियो । मैले सोचे कि म गरे भने म आफ्नो मायाको अपमान गर्दै छु । म आफ्नो खुशीको लागि गईन । अर्काै कारण थियो कि म आफ्नो सामु कसरी उनीको बिहे हेरौ । तर म खुशी छु कि उनी खुशी छिन् ।

मैले सुनेको थिए कि यदी कसैले सच्चा माया गरेको छ भने त्यो माया फर्कैर आउँछ र मेरो मायामा त्यस्तो भएन । मेरो माया फर्कैर आएन । मलाई कहिले काही लाग्थ्यो कि मेरो माया साच्चो छैन र मेरो मनले भन्थ्यो कि मेरो माया साच्चो छ ।

म नम्रताको खुशी चाहन्छु । उनी सधै खुशी गरुन् । उनीको खुशीमा मेरो खुशी छ । उनीले माया गर्न त्यागन सिकाइन् । आफू नराम्रो हुनुको कारण मैले उसलाई पाईन ।”

नम्रता टिभी हेर्नै रुन थालिन् । आयुषको पुस्तककमे विमोचन टिभीमा प्रसारण गरेको थियो । आयुषलाई नम्रताले मनपराउन थालेकी थिइन् । सुरुमा नम्रताले आयुषलाई परिवर्तन नहुने सोचेकी थिइन् । तर जब उनी आयुषको पुस्त्क पसलमा गईन् तब आयुषलाई मनपराउन थालिन् । तर त्यस बेला धेरै ढिलो भइसकेको थियो । नम्रताको बिहेको कुरा घरमा चलिरहेको थियो । यही कारणले नम्रताले आफ्नो मनको कुरा गरिनन् र बिहे अरुसँगै गरिन् ।

तर उनी खुशी थिइन् आयुषको सफलतामा । अर्काै जुनि भए छ भने नम्रता आयुषको हुन चाहछिन् । केबल आयुषको, अरुको हुन चाहनन् ।

Comments

Popular Posts