सम्झना

अँध्यारो भइसकेको थियो । रातिको १०ः३० बजिसकेको थियो तर अर्जुन आफ्नै दुनियाँमा हराएका थिए । तानियाले उसलाई अचम्म पाराले हेरिन् र करणलाई सोधिन्,“मलाई अर्जुन अचम्म लाग्छ । ऊ सधै जसो मौन हुन्छन् र धेरै बोल्दैनन् ।”

“तिमी बुझ्दैनौ, तानिया । कोही व्यक्तिहरुको मनमा धेरै पिडा हुन्छ तर व्यक्त  गर्दैनन् र आफ्नो अतीत बिर्सिर्दैनन् । कहिलेकाही केही कुराहरु नभने पनि, मौनताले धेरै कुराहरु व्यक्त गर्छ र व्यक्तिमा भर हुन्छ त्यसलाई कसरी लिने ।”

यति भनेर दुवै जना अफिसबाट निस्के तर अर्जुन सधै पछुतो मान्दछन् र आफ्नो अतीत सम्झेर “अर्चना” भनि कराउँछन् ।

केही वर्ष अगाडि
अर्जुन गाडी कुरी रहेका थिए । यही क्रममा उसले अचनालाई भेटेका हुन् । दुवै जना गाडी कुरिरहेका थिए । जब गाडी आयो, दुवै जना भित्र छिरे । अर्जुन उभिरहेका थिए । यही क्रममा उसले हाँसेको आवाज सुने र हेरे र अर्चनालाई देखे । अर्चना आफ्नो साथीहरुसँग बोल्दै हाँस्दै थिइन् । उनीको हाँसोले अर्जुनको मन चोरेको थियो ।
दैनिक दुईको भेट हुन्थ्यो र बिस्तारै एक अर्काैसँग बोल्न थालेका थिए । अर्जुनले नै बोल्न सुरु गरेका थिए । बिस्तारै दुई जनाले एक अर्काैलाई मन पराउन थालेका थिए तर आफ्नो मनको कुरा व्यक्त गरेका थिएनन् ।
एक दिन अर्जुनले अर्चना पार्कमा बोलाए । उनी आईन् तर कसैलाई देखिनन् । अर्चनाले वरिपरि हेरिन् तर कसैलाई देखिनन् र उनीको अगाडि फूलहरु थिए र उनी मुस्कुराईन् । फूलहरु हेरेपछि फेरि पछाडि फर्किन् र अर्जुनलाई देखिन् ।

अर्जुन अर्चनाको नजिक आए । दुवै जना एक अर्काैलाई हेर्दै मुस्कुराए र अर्चनाले भनिन्, “धन्यवाद, राम्रा फूलहरुको लागि ।”
 

“केही छैन,” अर्जुनले भने र दुवै जना बसे ।

केही क्षण पछि अर्जुनले भने,“जब मैले तिमीलाई पहिलो पटक गाडीमा देखे, तिम्रो मुस्कानले नै मेरो मन चोरेको थियो । दैनिक जब हाम्रो भेट भयो, मैले तिमीलाई मनपराउन थालेको थिए तर व्यक्त गर्न सकेको थिइन । तर आज म तिमीलाई व्यक्त गर्न चाहन्छु । तिमीलाई आफ्नो बनाउन चाहन्छु ।  के तिमी मेरो जिवनसाथी बन्छौ?के तिमी मेरो हात समारेर मसँग जिवनभर हिड्न मनपराउँछौ?तिमी मसँग बिहे गछौ?”

अर्जुनको प्रस्ताव सुनेपछि उनीले केही बोलिनन् र रिसाईन् । अर्चना केही नबोलिकन पार्कबाट गईन् । अर्जुन निराश भए । आँखाबाट आँसु झरे । उनी पार्कबाट निस्कन तयार भएका थिए तब अर्जुनलाई पछाडिबाट अगाँलो मारिन् र भनिन्,“म पनि तिमीलाई माया गर्छु र तिमीसँग बिहे गर्न चाहन्छु ।”

अनि दुवैजनाले एक अर्काैलाई अँगाले । दुई हप्तापछि दुवै जनाको विवाह सम्पन्न भयो । विवाहपछि हनिमुनको लागि योजना बनिरहेको थियो र कुन ठाउँमा जाने भनि झगडा भइरह्यो तर अन्त्यमा आएर दार्जलिङ्गग जाने सहमति भयो तर अर्जुनलाई आफ्नै कारमा जाने रहर थियो । अर्चना मानिरहेकाी थिइनन् र अर्जुनको जिद्दीले कारमै जाने भए ।

दुवै जना धेरै खुशी भएका थिए । अर्जुन कार चलाउँदै थिए । रात भइसकेको थियो र उनीहरु दार्जलिङ्गको नजिक आइपुगेका थिए । यदी क्रममा ठूलो पानी पर्नै थाल्यो र अर्जुनले केही देखेनन् । ट्रक नजिक आयो । अर्जुनले बाँया लग्न खोज्दा दुर्घटना भयो ।

 अर्काै दिन, अर्जुन हस्पितलमा थिए । उनीले अाँखा खोले र यता उती हेरे । उनीले नर्सैलाई देखे र भने,“म कहाँ कसरी आए? अर्चना कहाँ छिन् ?” अर्जुन उठ्न खोजे तर नर्सैले दिइनन् ।

नर्सैले भनिन्,“तपाई अहिले अस्पतालमा हुनु छ । तपाईकने दुर्घटना भएको थियो । तपाईको दुर्घटना दार्जिलिङ्ग नजिक भएको थियो र त्यहाँका मानिसहरुले तपाईलाई यहाँ ल्याएका हुन् ।”

तर नर्सैले अर्चनाको बारेमा केही भनिनन् । अर्जुनलाई आफ्नो श्रीमतीको बारेमा जान मन थियो । उनी खाटबाट उठे र आफ्नो नाजूक अवस्थामा डाक्टरलाई भेट्न गए ।

“डाक्टर, मेरो श्रीमतीलाई के भएको छ ?नर्सैले केही नभनीकन जानु भयो । अर्चनालाई के भयो, डाक्टर? म उसलाई हेर्नै चाहन्छु ।”

डाक्टरले केही नभनी अर्जुनलाई आई सि युमा लगे । अर्जुन अचम्म पर्दै भित्र छिरे ।“हामीले तपाईको श्रीमतीज्युलाई बचाउन सकेनौ । हामीले धेरै कोसिस गरौ तपाईको श्रीमतीज्युलाई बचाउन सकेनौ । हामीलाई माफ गरिदिनु होस् ।” यति भनेर डाक्टर आई सि युबाट निस्के ।

अर्जुन भने केही बोल्न सकेन । अर्चनाको नजिक बसेर रोइरहे । अर्चनाको कुरा सुनेको भए आज उनी बाच्थिन् ।

आजसम्म पछुतो मानिरहेका छन् । उसले आफूलाई दोषी ठानिरहेका छन् । अर्जुनले अर्चनालाई धेरै माया गर्थै र उनीलाई बिर्सिएका छैनन् । उनीको सम्झना डुबेका छन् ।बाँच्ने रहर नभने पनि बाँचिरहेका छन् ।

Comments

Popular Posts