जिन्दगी

जिन्दगी एक बारको लागि हो । यो एक बारको जिन्दगीमा उत्तार चढाप धेरै नै हुन्छ । कहिले काँही निकै रुन मन लाग्छ र कसैसँग हग गरेर रुन मन लाग्छ । कहिले काँही हाँस्न मन लाग्छ । त्यसको साथ सौ, समय बित्दै जान्छ तर यादहरु रहिरहन्छ । ती यादहरु सम्झेर कहिले काँही रुन लाग्छ र हाँस्न मन लाग्छ । त्यसको साथ साथै, कहिले काँही मैले किन यस्तो गरे भन्ने हुन्छ । फर्केर भए पनि आफ्नो गल्तीलाई सच्चाउन पाए हुन्थ्यो जस्तो लाग्छ तर आफ्नो अतित फर्केर आउँदैन । 

म पनि कहिले काँही आफ्नो अतितमा फर्केने गर्छु । कति यादहरु राम्रा र मिठा थिए त कति नमिठा । कुनै यादहरु सम्झदा मैले निकै गल्ती गरे छु जस्तो लाग्छ र अतितमा गरेर सच्चाउन मन लााग्छ त। म अतितमा जना सक्दिन । पछुताउन बाहेक मसँग अरु केही उपायहरु छैन । 

जिन्दगीमा अरु यस्तो घटनाहरु छन् जसले धेरै समयसम्म प्रभाव पारेको छ । कति ठाँउहरुमा आफू निकै दुःखी भएको थिए र निकै रुन मन थियो तर आफूलाई सम्झालेको थिए । कति ठाउँमा त आफूलाई सम्हाल्न सकेको थिइन । आफ्नो पिडा आफूसँग नै राखिरहे । अरुलाई आफ्नो पीडा सेयर गर्न सकिन । सोचे कि मेरो समस्या अरुले बुझ्दैन । 

Comments

Popular Posts