भाग्य

मानिसको जिन्दगीमा भाग्यले ठूलो भूमिका खेलेको हुन्छ जस्तो लाग्छ । सुरुमा त मैले विश्वास गरेको थिइन । जिन्दगीमा जे हुन्छ, हुन्छ भन्ने थियो । त्यकिो साथ साथै, म के विश्वास गर्थे भने, मानिसहरु जान्ने छ र काम क्षमता छ भने, जागिर सजिलै पाइन्छ तर म गलत रहेछु । यो मेरो आफ्नो अनुभव हो । 

हुन त म त्यस्तो जान्ने व्यक्ति पनि होइन तर म काम गर्न सक्छु भन्ने आत्मविश्वास छ । मास्टस् डिग्री पछि धेरै जागिर खोज्ने क्रममा थिए तर दुई वर्षसम्म जागिर पाईन । सन् २०१६ मा जागिर पाए र  त्यो पनि आफूले चिनेको भएर पाएको थिए । दुई वर्षसम्म जागिर पाइन । तीन वर्षसम्म पाइन । तीन वर्ष‘सम्म पाइनर सन् २०२१ म पाए । आठ महिनासम्म काम गरे तर अहिले बेरोजागर छु । अनुभव भए तापनि पाएको छैन । धेरै ठाउँहरुमा आवेदनहरु हाल्दै छु तर निकै गाह«ो भएको छ जागिर पाउन । अहिले लाग्छ कि मेरो मिहिनत गरे पनि भाग्य नै चाहिदो रहेछ । यहाँ धेरै व्यक्तिहरु छन् जसको प्रतिभा भए पनि भाग्यले साथ दिएको हुँदैन । जति कोसिस गरे पनि र जति मिहिनत गरे पनि सफल नहुने रहेछ । कहिल काँही दिक्क लाग्छ । 

म आफूलाई मात्र होइन म अरु मान्छेहरुलाई पनि सम्झिछु । हिन्दी फिल्मको हिरो अभिषेक बच्चन, अर्शद वार्सी, अक्षय खन्नाहरुलाई सम्झन्छु । अभिनय राम्रो भए तापनि उनीहरु सफल भएका छैन । जति राम्रो फिल्महरु गरे पनि र जति राम्रो अभिनय गरे तापनि असफल भए । तयसैले भाग्य चाहिदो रहेछ । 


Comments

Popular Posts