तिम्रो याद

मौसम र समयले तिम्रो याद दिलाइदियो । हामी छुट्टिएको धेरै वर्ष भइसकेको छ तर पनि तिम्रो याद अहिलेसम्म ताजा छ । बिर्सेन सकेको छैन । आज पनि म तिनै पूराना ठाउँहरुमा जाने गर्छु जहाँ हामीसँगै जाने गथ्यौ । तिमीलाई मःम साह्रै मन पर्ने र मलाई चिया । अनि म तिम्रो प्लेटबाट मःम चोर्थे र तिमी चिया । केही क्षण झगडा गथ्यौ र पछि फेरि मिल्थ्यौ । तिमी रिसाए झै गथ्यौ र म तिमीलाई फकाउने गर्थे । तिमीलाई फकाउन धेरै उपहार दिथे र तिमी निकै खुशी हुन्थ्यौ र तिमी खुशी हुँदा म पनि खुशी हुन्थे तर परिस्थितिले गरेर हामी छुट्टिनु पयो । म तिमीलाई छोडेर पढ्न भनि अमेरिका गए र अमेरिकामै रमाउन थाले । मैले तिमीलाई बिर्सिए । त्यो नै मेरो ठूलो भूल थियो । तिमीले मलाई साँच्चो माया गरौ तर मैले तिमीलाई धोका दिए । म तिम्रो मायाको लायक छैन । तर पनि म तिम्रो लागि खुशी छु । निकै खुशी छु । 

.................................................................................................................................................................

आजकाल  म तिम्रै यादमा डुबेको छु । थाहा छ तिम्रो मनमा मेरो लागि केही भावनाहरु छैन न त माया नै तर पनि तिमीलाई नै माया गर्न मन लाग्छ र तिम्रै बारेमा सोच्न मन लाग्छ । सपना पनि तिम्रै देख्न मन लाग्छ । तिमी अरुभन्दा भिन्न छौ । बाहिर जति सुकै छुच्चि भए पनि तिम्रो मन निकै कमलो र सफा छ । बाहिर माया नदेखाए पनि मनमा छ । तिमीलाई चिन्त नबुझेको कुराहरु सिधै व्यक्त गछौ जुन मलाई मन पर्छ तर मेरो मनका भावनाहरु तिमी प्रति कहिले पुग्न सकेन । सायद कहिले पुग्दैन होला ।

 


Comments

Popular Posts