मेरो कथा

आज मेरो विवाहको दिन । सोमबारको दिन थियो । विवाहको साइत बिहानको १०ः३० थियो । मेरो विवाह सुपरस्टार रक्की शर्मासँग हुँदै थियो । सुपरस्टार भएपछि मिडियामा रक्कीको विवाहको बारेमा धेरै आएको थियो । 

बिहानको ८ः०० बजेको थियो । हामी सबै जना तयार हुँदै थियौ । सबै जनाको ध्यान मतिर थियो । मलाई कस्तो देखिने हो भन्नेमा थियो । म बेलुकीको भेषमा तयारी हुँदै थिए । खासमा मलाई विवाह गर्नु थिएन । मैले स्नातक डिग्री सकेको थिए र मलाई जागिर गर्नु थियो तर बुवा आमाको करले मैले विवाह गर्दै छु । रक्कीको आर्थिक अवस्था राम्रो देखेर बुवा र आमाले माग्नु भएको हो । 

तयार हुँदा हुँदै १०ः२० भइसकेको थियो र हामी चाबहिलबाट निस्कियौ । पूरानो बानेश्वरको अनुपम फुडल्यान्डमा पुग्यौ । टाप्रिम जाम धेरै । आधा घण्टाभन्दा धेरै समय लागेको थियो । हामी पुग्दा ११ः०० नागिसकेको थियो । रक्कीको परिवार आइसक्नु भएको थियो । रक्की र म मण्डपमा बस्यौ । हाम्रो विवाह ६ घण्टा पछि सम्पन्न भएको थियो । मलाई लामो विवाह नै राम्रो लाग्दैन । अरुको विवाहमा जाँदाको अनुभव थियो । मानिसहरुले किन लामो विवाह गर्छन् जस्तो लाग्छ । 

विवाह सम्पन्न भइसकेपछि आमा धेरै रुनु भयो । म पनि रुन थाले । एक अर्कोलाई अँगाल्यौ । केही क्षणपछि म गाडीमा चढे । चढिसकेपछि मैले पछाडि फर्केर हेरे र बाई गरे । आमा रुँदै हुनु हुन्थ्यो । 

..................................................................................................................................................................

रातिको १०ः२० बजेको थियो । रक्की र एलिना खाटमा शारीरिक सम्बन्धमा थिए । केही क्षणपछि एलिनाले भनिन्,“आज तिम्रो विवाहको दिन तिमी मसँग छौ ।” एलिनाले रक्कीलाई हेर्दै भनिन् ।

रक्कीले पनि एलिनालाई हेर्दै भने,“विवाह त सोफियासँग गरे तापनि म त तिमीलाई नै माया गर्छु । सोफियासँग त बुवा र आमाको खुशीको लागि गरेको हूँ । मेरो मनमा तिमी छौ ।”

“सोफियासँग बसेपछि तिमीले मलाई बिर्सि छौ होला ।” एलिनाले आफ्नो मुख बिग्रादै भनिन् ।

“त्यसो नभन त तिमी । बिहे अर्कोसँग भए तापनि म तिमीलाई कहिले बिर्सिने छैन । तिमी सिर्फ मेरी हौ ।”

दुवै जना मुस्कुराए र एक अर्कोको शरीरसँग खेल्न थाल्छन् । 

बिहानको ८ः०० बजिसकेको थियो । म उठे । म उठ्दा रक्कीलाई देखिन । म सिधै किचेनमा गए । आमा किचेनमा चिया बनाउँदै हुनु हुनुथ्यो । म आमाको नजिक गए र उहाँलाई ठोगे । उहाँले भाग्यमानी हुनु भन्नु भयो । 

“आमा, म बनाउछु नि ।” मैले भने ।

“हुन्छ ।” आमाले भन्नुभयो र कुर्सीमा बस्नुभयो । चिया पकाइसकेपछि मैले चिया टेबुलमा राखे । राखिसकेपछि मैले भने,“बुवालाई चिया ?”

“उहाँले चिया पिइसकेर बाहिर निस्किुभयो ।”

“आमा ।”

“हजुर ।”

“रक्कीलाई देख्नुभयो ? मैले उठेदेखि देखेको छैन ।”

“फिल्मको सुटिङ्गको लागि गयो होला । प्रायः नभनिकन हिड्छ ।” अनि चिया पिउनु भयो । 

मैले ए मात्र भने । मैले बेलुकादेखि नै रक्कीलाई देखेको छैन भन्न सकिन । त्यही क्रममा, आमाले भन्नुभयो,“हामी पर्सि नै जाँदै छौ ।”

“हजुर । कता ?” म अचम्मको पाराले भने । 

“गाउँ ।”

“किन ? हजुरहरु यहि बस्न मिल्दैन र ?”

“गाउँमा हाम्रो बानी बसिसकेको छ । छोराको बिहे गरिहाल्यौ । अब हामी जान्छौ ।”

“टिकट भयो त ।”

“भयो । बिहानको ११ बजेको छ ।”

“ए ।”

अनि मैले खाना पकाउन थाले । खाना पकाउनु अगाडि रक्कीलाई फोन गरे तर उनको फोन उठेन । सोचे कि फिल्मको सुटिङ्गमा होलान् । पछि फोन गर्लान् । खाना पकाइ सक्दा पनि उनले फोन गरेनन् । आफूले फोन गर्दा रिसाउछन् कि भन्ने डर भयो । पछि फेरि प्रयास गरे तर फोन उठेन । खाना पाकिसकेपछि आमा र बुवालाई खाना खान बोलाए । मैले रक्कीलाई कुर्ने विचार गरे । बुवा र आमा खाना खाएर बाहिर निस्किनुभयो । मैले धेरै समयसम्म रक्कीलाई कुरे तर उनी आएनन् । विवाह गरेको दिनदेखि उनी घर आएका थिएनन् । फोन धेरै चोटि गरे तर फोन उठेन । बुवा र आमा गाउँ जाने दिनमा पनि रक्कीको फोन उठेको थिएन । बुवाले रक्कीलाई फोन धेरै चोटि गर्नु भयो तर रक्कीले फोन उठाएनन् । फोन नउठेपछि रक्कीलाई नकुरिकन गाउँ जानुभयो । 

“रक्की आइपुगेका छैनन् ।” निर्देशक राकेश क्षेष्ठले भने । 

“छैन आएका ।” सहायक निर्देशक दीपेन्द्रले भने । 

निर्देशक राकेश घडी गरे । दिउँसोको १ः०० बजेको थियो । फिल्र्म अमरको’ सुटिङ्ग थियो । सबै जना नगरकोटमा आइसकेका थिए रक्कीको अत्त्तो पत्त्तो थिएन । सबै जनाले रक्कीलाई कुरेर बसेका थिए । विवाह अगाडि नै सुटिङ्ग सुरु भएको थियो तर रक्की कहिले आउने गर्थे त कहिले सुटिङ्गमा आउँदैन थिए । सबै जना वाक्क दिक्क भएका थिए । रक्कीलाई नराख्दा फिल्म नचल्ने पिर र राख्दा नआइदाको पिर । 

निर्देशक राकेशलाई पिर थियो र चिन्ता पनि । उनलाई रिस उठेको थियो र रिसाउदै दिपेन्द«लाई भन्छन्,“रक्कीलाई फोन गरौ ?”

“धेरै चोटि गरे गरिसके तर उठेको छैन । एक पल्ट तपाई प्रयास गर्नु न सर ।”

राकेशले फोन गरे । घण्टी जान्छ तर रक्कीले फोन उठाएनन् । नउठाएपछि राकेश रिसाउछन् । राकेशको साथ साथै अरुहरु पनि रिसाउछन् । फोन नउठाएपछि, राकेशले भन्छन्,“अब पाक अप । जबसम्म रक्की सम्पर्कमा आउँदैनन् तबसम्म सुटिङ्ग हुँदैन ।” सबै जना नबोलि नगरकोबाट निस्किछन् । 

..................................................................................................................................................................

”होइन, तिम्रो फोन कति बजेको हो ?” एलिना रिसाउँदै थिइन् । 

“सुपरस्टारको फोन नबजेर कसको फोन बज्छ त ?” रक्की मुस्कुराउँदै भन्छन् । 

एलिना खाटबाट ओलिन् र लुगा लगाउदै भनिन्,“रक्की ।” उनी नर्भस भएकी थिइन् । 

“हजुर ।” रक्की खाटमा थिए र मोबाइलमा व्यस्त थिए ।

“म तिम्रो बच्चाको आमा बन्दै छु ।” रक्कीलाई हेर्दै भनिन् र डराएकी थिइन् ।

रक्की अचम्म पर्छन् र भन्छन्,“के ?”

“हो ।”

रक्की लुगा लगाउदै एलिनाको नजिक गएर भन्छन्,“यो हुन सक्दैन ।” उनले रिसाउदै भन्छन् । 

रक्की रिसाएको देखेर एलिना डराउछिन् । दुई जनाले एक अर्कोलाई हेर्छन् । रक्की एलिनाको नजिक जान्छन् र भन्छन्,“यो कहिलेदेखि ?”

एलिनाले डाक्टरको छेउमा भएको टेबुलबाट ल्याएर देखाउछिन् । रक्की छक्क पर्छन् र भन्छन्,“यो बच्चा म अपनाउन सक्क्दिन । यो बच्चालाई तिमीले पाल्नै पर्छ ।”

“म यो बच्चालाई जन्माउन चाहन्छु । म आफ्नो बच्चा पाल्न सक्दिन र ? तिमीले म र यो बच्चालाई अपनाउनु पर्छ ।”

“मेरो इज्जत छ । म सुपरस्टार हूँ । दूनियाले के भन्छ ?”

“तिमीलाई आफ्नो इज्जतको मात्र पिर छ । मेरो इज्जत छैन । दूनियाले मलाई के सोच्छ ?”

“मलाई तिम्रो इज्जतको मतलब छैन । मलाई यो बच्चा चाइदैन ।”

“तिमीले मलाई माया गरेका रहेन छौ ।”

“हो । मैले तिमीलाई सिर्फ प्रयोग गरेको हूँ ।” यति भनेर रक्की एलिनाको घरबाट निस्किछन् । एलिना यस दिन धेरै रोइन् । 

..................................................................................................................................................................

घण्टी बज्छ । साँझको ७ः०० बजेको थियो । म ढोका खोल्न गए र ढोका खोल्दा त रक्की थिए । हामी दुवै जना एक अर्कोलाई देखेर मुस्कुरायौ । रक्की सिधै कोठामा छिरे र म पनि उनको पछि लागे । कोठामा छिरेपछि मैले भने, “तपाईको लागि खाना बनाउ ।”

“हुन्छ ।” अनि म किचेनमा गएर खाना बनाउन थाले । आधा घण्टापछि रक्की किचेनमा आए र हामीसँगै बसेर खाना खान थाल्यौ । खाना खाने क्रममा, मैले उनलाई भने,“तपाई यत्रो दिन कता हुनुहुन्थयो ? बुवा र आमाले भेट्न पाउनु भएन । धेरै चोटि फोन गर्नु भएको थियो ।”

“म सुटिङ्गमा थिए । फोन उठाउन मिल्दैन थियो । कुनै कुनै ठाउँमा त नेटवर्कले समात्दैन थियो । म आउँछु भन्दा भन्दै म आउन सकिन । त्यस्तै प¥यो ।”

म मौन नै थिए । उनले मलाई नहेरिकन भनेका थिए । मैले केही प्रश्न गर्न उचिन सोचिन । 

बिहानको १०ः०० बजेको थियो । हामी दुवै जना खाना खाँदै थियौ । त्यही क्रममा, रक्कीको फोन उठाए र भने,“हेलो ।”

“हेलो ।” निर्देशक राकेशले भने । 

“हजुरले किन फोन गर्नु भएको होला ?”

“आज सुटिङ्गमा आउनु हुन्छ ?”

“हुन्छ । म आउँछु तर सुटिङ्ग कता हो ?”

“नगरकोट ।”

“म १२ बजे आइपुग्छु ।”

“हुन्छ ।”

अनि रक्कीले फोन काट्छन् र हतारिदै खाना खान्छन् । रक्की हतारिदै गरेको देखेर मैले सोधे,“तपाई किन यसरी हतारिनु भएको हो ?”

“मेरो आज नगरकोटमा सुटिङ्ग छ । त्यसैले हतारिएको हो । म आज अतै बस्छु । कति दिनको सुटिङ्ग हो थाहा छैन । म २ वा ३ दिन पछि मात्र घर आउँछु ।”

“२÷३ दिन ?”

“हो ।” यति भनेर रक्की कुर्सीबाट उठे । अनि आफ्नो कोठामा छिरे । म पनि केही समयपछि छिरे र लुगाहरु झोलामा राखे । केही समयपछि उनले केही नभनिकन घरबाट निस्के र म रक्की गएको हेरिरहे । 

निर्देशक राकेशले फिल्मको टिम सबै जनालाई फोन गरेर बोलाए तर उनलाई विश्वास छैन कि रक्की आउँछन् भनेर । सबै जना १२ बजे आइपुग्छन् तर रक्की आएका थिएनन् । फोन गर्दा घण्टी जान्छ तर फोन उठेन । त्यहि क्रममा, नाियका सिम्रिका अर्यालले भनिन्,“आज पनि रक्की आउँदैनन् ।” उनी मुस्कुाइन् भने निर्देशक राकेश रिसाउँछन् ।

एक घण्टापछि रक्की सुटिङ्ग भएको ठाउँमा आउँछन् । सबै जना छक्क पर्छन् । सबैभन्दा खुशी निर्देशक राकेश भएका थिए भने सबैभन्दा दुःखी नायिका सिम्रिका । हरेक पल जिस्कि रहन्छन् । जिस्किए मात्र केही भएन । नराम्रोसँग जिस्किन्थे जुन सिम्रिकलाई मन परेको थिएन । 

रक्की निर्देशकको छेउमा गए तर उनको नजर सिम्रिकाकोमा थियो । उनले नराम्रो तरिकाले हेरिरहेका थिए जुन सिम्रिकालार्ई मन परेको थिएन । त्यही क्रममा, निर्देशक राकेशले भने,“अब सुटिङ्ग सुरु । सिम्रिका तपाई तयार हुनु हुन्छ ?”

“छु ।”

दुवै जना एक अर्कोको अगाडि उभि छन् । उता निर्देशक एक्शन कट भन्छन् । सिम्रिका आफ्नो डाईलग भन्दै थिइन् भने रक्की सिम्रिकालाई एक टकले हेरिरहेका थिए । सिम्रिकाले डाईलग भनि सक्छिन्  तर रक्की आफ्नो डाईलग भन्दैनन् र निर्देशक राकेशले भने,“रक्की, तिम्रो डाईलग भन ।”

धेरै चोटिभन्दा पनि सुनेका थिएनन् । निर्देशक रक्कीको नजिक गएर भन्छन्,“रक्की,रक्की ।”

“हँ ।”

“तपाईको डाईलग भन्नुहोस् ।”

अनि डाईलग भन्छन् । सुटिङ्ग ५ बजे सकियो र नजिकैको होटेलमा बस्ने निर्णय गरे । रक्की चाँहि कसैले नदेख्ने गरि सिम्रिकाको पछि लाग्छन् । सिम्रिकाको रुममा पुग्छन् । सिम्रिका आफ्नो रुमको ढोका लगाउने क्रममा थिइन् । त्यही क्रममा, रक्की भित्र जान्छन् ।  

“तपाई यहाँ ?”

“हो ।” रक्की सिम्रिकाको नजिक जान्छन् र उनीलाई छुने कोसिस गर्छन् र किस पनि । 

“तपाई यो के गर्न खोज्दै हुनु हुन्छ ?”

“तपाईलाई माया गर्न खोजेको ।” सिम्रिकालाई जर्बरजस्ती गर्न खोज्दै थिए । त्यही क्रममा, सिम्रिकाले एक थप्पड हार्छिन् र भन्छिन्,“तपाई यहाँबाट निस्किनु हुन्छ कि अरुलाई बोलाऊ ?”

रक्कीको ईगोलाई हर्ट हुन्छ र त्यहाँबाट निस्किछन् । आजसम्म कसैले रक्कीलाई हिर्कोउने हिम्मत गरेक ाथएनन् तर सिम्रिकाले गरिन् । रक्कीलाई बदला लिन मन थियो । रक्कीलाई हरपल यही थप्पड याद आउथ्यो । 

बिहानको ११ः०० बजेको थियो । म किचेनको काम भर्खेर सकेको थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्छ । म ढोका खोल्न जान्छु । ढोका खोल्दा एक युवती थिइन् । उनीलाई देखेर मैले भने,“तपाई को र कसलाई खोज्नु भएको ।”

“तपाई सोफि होइन ?”

“हो । तपाई को ?”

“भित्र आउन सक्छु ? तपाईलाई मैले रक्कीको बारेमा केही भन्नु छ ।”

“रक्की ?” म अचम्मित भए र हामी भित्र छि¥यौ र बैठक कोठामा बस्यौ । उनीले यता र उता हेरिन् । मैले टेबुलमा भएको पानी गिलासमा सारेर दिए । उनीले पानी पिएपछि उनीले भनिन्,“मेरो नाम एलिना । तपाईसँग विवाह हुनु अगाडि देखि मेरो र रक्कीको अफेयर चलेको थियो । विवाहपछि पनि अफेयर चलिरहेको थियो । अहिले म रक्कीको बच्चाको आमा बन्दै छु ।”

“के ? यो तपाई के भन्दै हुनु हुन्छ ?” म छक्क परे । 

“हो । म साँच्चो कुरा गर्दै छु । जब मैले यो कुरा रक्कीलाई भने, तब उनले पत्त्ताएनन् र मैले रिपोर्ट देखाए तब पनि पत्त्ताएनन् । सोचे अर्केको बच्चा सोचे र पाल्न अनुरोध गरे । म यो बच्चा जन्माउन चाहन्छु ।”

वातावरण मौनता छाएको थियो । हामी एक अर्कोलाई हेर्दै थियौ । म के भनू जस्तो भएको थियो । रक्की र मेरो बिच त्यति संवाद भएको थिएन । 

त्यही क्रममा, एलिनाले मलाई हेर्दै भनिन्,“तपाईलाई लाग्ला कि मैले यी कुराहरु किन भनिरहेको छु । खासमा रक्की जस्तो मान्छे कम मात्र हुन्छन् । उनले राम्ररी केटी देख्नु हुँदैन । प्रयोग गरेर पाल्छन् । धेरैले उनको विरोधमा बोल्न सक्दैनन् । उनले भनेको मानेनन् भने, नराम्रो हालत गर्छन् । उनलाई कसैले राम्रो भन्दैनन् । म आज यो ठाउँ छोडेर दूर जाँदै छु । जानुभन्दा अगाडि रक्कीको बारेमा भन्नु थियो । विवाह त तपाईसँग गरे तर अफेयर अरुसँग छ । त्यसैले प्रायः बाहिर बस्न रुचाउछन् ।”

उनीको कुरा सुनिरहे र मसँग बोल्ने शब्द नै थिएन । उनी गएको हेरिरहे । उनी गइसकेपछि, एलिनाको कुरा दिमागमा चलिरह्यो । म केही सोच्न सकेको थिइन । दिमागमा धेरै प्रश्नहरु थिए र मैले एलिनालाई विश्वास गनु कि नगर्नु । रक्कीलाई के भन्नू । रक्कीको बारेमा मलाई त्यति थाहा पनि छैन । न त उनले मलाई केही भन्थे न त म उनलाई केही प्रश्न गर्थे । 

चार दिनपछि नगरकोटको सुटिङ्ग सकियो । सुटिङ्ग हिजो बेलुकानै सकिएको थियो । त्यसैले बिहान खाना खाएपछि फर्केने कुरा भएको थियो । बिहानको ११ बजेको थियो । सबै जना प्याकि गर्न व्यस्त थिए । त्यही क्रममा, रक्की सिम्रिकाका रुमको ढोका ढकढकाउ छन् ।

“को ?” सिम्रिकाले भनिन् । 

रक्की केही बोल्दैनन् । फेरि ढकढकाउन छन् र सिम्रिकाले फेरि को भनि प्रश्न गर्छिन् । जवाफ आउँदैन । फेरि ढकढकाउ छन् । अनि सिम्रिकाले ढोका खोल्छिन् । रक्कीलाई देख्छिन् र केही भन्न नपाइकन रक्कीले मुख बन्द गरि दिन्छन् र सिम्रिकालाई जर्बरजस्ती गर्छन् । सिम्रिकाले आफूलाई बचाउन खोज्दै थिइन् तर असफल भइन् । जर्बरजस्ती गरिसकेपछि रक्कीले भने,“आज मैले तिम्र्रो थप्पडको बदला लिए । तिमीले यस बारे भन्यौ भने, तिमीलाई म मारि दिन्छु ।” यति भनेर रक्की रुमबाट निस्किए । सिम्रिका निकै रोइन् । 

सबै जनाले सिम्रिकालाई कुरिहरेका थिए तर दुई घण्टापछि मात्र आफ्नो रुमबाट निस्किन् र गाडीमा बसिन् । त्यही क्रममा, सिम्रिकाको साथी नम्रताले भनिन्,“तिमीले किन ढिलो गरेको ?”

“गलेको थिए र एकछिन सुतेको थिए । त्यसैले ढिलो भएको हो ।”

रक्की र सिम्रिकाले एक अर्कोलाई हेर्छन् । रक्की मुस्कुराएका थिए भने सिम्रिका उदास थिए ।

..................................................................................................................................................................

साँझको ७ बजेको थियो । म टि.भी हेर्दै थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । मैले ढोका खोल्न गए र रक्की थिए । मलाई देखेर मुस्कुराए र मैले झुटो मुस्कान दिए । रक्की कोठामा गए भने म किचेनमा । खाना पकाएपछि रक्कीलाई बोलाए । केही क्षणमै आए र हामी खाना खान थाल्यौ । खाना खान क्रममा, मैले रक्कीलाई हेर्दै भने,“एलिना आएकी थिइन् ।”

“को एलिना ?”

“जसको बच्चाको बुवा तपाई बन्दै हुनु हुन्छ ।”

उनको भावमा परिवर्तन आएको थियो र मलाई हेर्दै भने,“अरु के भनिन् ?”

मैले एलिनाले भनेको करुा सबै व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि, रक्कीले भने,“यो कुरा वाइयात हो । मेरो फ्यान थिइन् होला । त्यसैले मलाई भेट्न आएकी होलान् । तिमीलाई गफ दिइन् होला ।”उनले मलाई नहेरिकन भने । मैले निहालेर हेर्दै थिए । केही लुकाएका थिए ।

एलिनाको कुरा भएपछि रक्कीको बानीमा मैले परिवर्तन देखे । रक्सी धेरै पिउथे र आफ्नो कोठामा सुत्थे । केही बोल्दैन थिए । घर पनि झन् कम आउन्थे । रक्की घरमा नहुँदा मैले उनको बारेमा खोज्न थाले । धेरै नराम्रा समाचारहरु आउन्थे । कहिले रक्सीको त कहिले लागू औषधीको त कहिले केटीको मामलामा । मलाई यस बारे किन जानकार भएन । केही जानकार किन गरिएन ? मेरो दिमाग गुमिरह्यो । रक्कीसँग कुरा गर्छु भनि सोचेको थिए तर एक हप्तासम्म घरमा आएका थिएनन् । 

एक हप्तापछिको कुरा हो । बेलुकाको समय थियो । म उपन्यास पढ्दै थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्छ र मैले ढोका खोले । रक्की थिए त्यो पनि एक युवतीसँग । रक्की र ती युवती कोठामा छिर छन् । कोठा बन्द गर्छन् । मेरो मनमा चिसो परेको थियो । आँखामा आँसुले भरिएको थियो । एलिनाले भनेको कुरा सत्य रहेछ भन्ने भयो । मैले ढोका ढकढकाए र धेरै चोटि ढकढकाए । धेरै चोटि ढकढकाएपछि मात्र उनले ढोका खोले, त्यो पनि रिसाउदै खोले । 

म केही नभनिकन भित्र गए । ती युवती खाटमा थिइन् । रक्की र ती युवतीको शारीरिक सम्बन्ध भइरहेको थियो । त्यो देखेपछि मैले भने,“रक्की, तपाई यो के गर्दै हुनुहुन्छ ? यो मेरो घर हो र म हजुरको श्रीमती हूँ । मेरो बाहेक तपाईको जिन्दगीमा कसैको हक छैन ।”

रक्की रिसाउँदै मेरो छेउ आए र मलाई हेर्दै भने,“यो मेरो घर हो । तेरो होइन । मेरो घरमा मेरो हुकुम चल्छ, तेरो होइन ।”

“म तपाईको श्रीमती हूँ । तपाईप्रति मेरा हक लाग्छ । अरुको लाग्दैन ।” म रिसाउँदै भन्छु । 

रक्की रिसाउँदै झन् मेरो नजिक आउँछन् र मलाई जर्बरजस्ती गर्छन् । त्यहि केटीको अगाडि नै जर्बरजस्ती गरे । यो रोज हुन थालेको थियो । रक्कीलाई केही भ¥यो भेन वा केही कामको लागि रोको भने, मलाई जर्बरजस्ती गर्थे । म रोक्ने प्रयास गर्थे तर म असफल भएको थिए । त्यसको साथ साथै हर रोज केटीहरु घरमा ल्याउथे । 

दुई महिना पछिको कुरा हो । दिउँसोको समय थियो र म उपन्यास पढ्दै थिए । त्यही क्रममा, मलाई एक्कासी उल्टी आयो र म हतारिदै बाथरुम छिरे । सुरुमा सोचे कि मलाई ग्यास्ट्रिक भयो तर दिनहूँ उल्टी भए पछि अस्पतालमा गए र थाहा पाए कि म आमा भन्दै छु । तीन महिला भइसकेको रहेछ । म निकै खूशी भएको थिए । सोचे कि अब त रक्की सुर्धि छन् होला । 

यो समाचार थाहा पाए पछि मैले रक्कीलाई फोन गरे तर उनले फोन उठाएनन् । नउठाउपछि मैले उनलाई घरमै कुर्ने निर्णय गरे । रक्की धेरै दिन पछि घर आएका थिए । बेलुकाको समय थियो । उनीले रक्सी पिएर आएका थिए । उनलाई होशमा थिएनन् । त्यसैले बिहान नै कुर गर्ने निर्णय गरे । 

भोलिपल्टको कुरा हो । म किचेनमा खाना पकाउदै थिए । समय ९ः३० बजेको थियो । त्यही क्रममा, रक्की बाथरुम छिरेको थाहा पाए । केही क्षणपछि, फ्रेस भएर किचेनमा छिरे र भने,“खाना पाक्यो ?”

“अँ ।”

अनि हामीसँगै कसेर खान थाल्यौ । खाना खाने क्रममा, मैले रक्कीलाई हेर्दै भने,“तपाईलाई एउटा कुरा भन्नु थियो ।”

“के कुरा हो ?” उनको ध्यान खानामा थियो ।

“तपाई बुवा बन्दै हुनु हुन्छ ।” उहाँलाई हेर्दै भने । 

“के ?” उनले मलाई हेर्दै भने । 

“हो । तीन महिना भयो ।” 

उनी धेरै खुशी हुँदै भने,“छोरी हुनु पर्छ ।”

“होइन । छोरा हुनु पर्छ ।”

“होइन, छोरी हुनु पर्छ । मलाई छोरी नै चाहिन्छ ।” अनि हामी मुस्कुरायौ । यस दिन लाग्यो बच्चा भएपछि साँच्चिकै परिवर्तन हुन्छन् । केही समयपछि, उनले भने,“म बुवा र आमालाई खबर गर्छु । उहाँहरु आउनु हुन्छ ।”

“हुन्छ ।” मैले भने । 

खाना खाइसकेपछि रक्कीले बुवा र आमालाई फोन गर्नु भयो । उहाँहरु धेरै खुशी भएको थियो र केही हप्तापछि आउने कुरा गर्नु भयो । त्यसको साथ साथै मैले मेरो बुवा र आमालाई फोन गरे र उहाँहरु पनि धेरै खुशी हुनु भयो । 

६ महिनापछिको कुरा हो । बिहानको समय थियो । म पाटन अस्पतालमा थिए । बुवा र आमा र रक्की बाहिर कुरेर बस्नु भएको थियो । केही समयपछि बच्चाको आगमन भयो । छोरीको जन्म भएको थियो । आफ्नो हातमा लिँदा मन नै आनन्द भएको थियो । रक्कीले पनि आफ्नो हातमा लिए र उनी पनि धेरै खुशी भएका थिए । खास गरि छोरी भएकोमा खुशी भएका थिए । बुवा र आमा पनि खुशी हुनु भएको थियो । हजुरआमा र हजुरबुवा जो हुनु भएको थियो । 

बच्चा जन्मेको केही महिनासम्म त रक्की घरमै बसेका थिए । छोरीलाई खेलाउने र सामानहरु ल्याउथे । म निकै खुशी थिए । सोचे कि रक्की साँच्चिकै सुर्धिए तर ६ महिनापछिको कुरा हो । उनी फेरि घरमा बस्न छाडेका थिए । नभनिकन जान्थे र नभनिकन आउन्थे । रक्सी फेरि पिउन थालेका थिए । रक्सी किन पिउन थालेको भनि सोध्दा केही नभनिकन सुत्थे । बुवा र आमाले सोध्दा मौन नै रहन्थे ।

केही समयपछिको कुरा हो । म छोरीलाई सुताएर खाटबाट उडिदै थिए । त्यही क्रममा, मेरो नजर खाटको छेउमा भएको टेबुलमा गयो । टेबुलमा पत्रिका थियो र रक्कीको फोटो थियो । पत्रिका पढ्न थाले । पक्रिकामा लेखिएको थियो कि रक्कीको करियर ओरालो लागेको छ । समयमा नआउने, टिमहरुलाई कुराउने, हिरोइनलाई जिस्काउने, अरुसँग झगडा गर्ने, रक्सी पिउने आदि । यो समाचार पढेपछि थाहा पाएकी रक्कीले फेरि किन पिउन थाले भनेर । 

१०

“तापईलाई थाहा छँदै छ नि, म यहाँ किन आएको भनेर ।” रक्कीले भने । 

“मलाई थाहा छ कि तिम्रो करियर ओरालो लागेको छ । तिमीलाई एउटा हिट फिल्मको जरुरत छ । त्यसैले तिमी मसँग हिरोका रोलको लागि भेट्न आएका छौ ।”  निर्देशब पवनले भने । निर्देशक पवनले १५ वटा फिल्महरु बनाई सकेका छन्; जसमा १३ वटा फिल्महरु राम्रोसँग चलेका थिए र दुईवटा ठीक ठीकै चलेका थिए ।  

“हो ।” रक्कीले भने । रक्की निर्देशक पवनको घरमा थिए । 

“म तिमीलाई हिरोको रोल दिन्छु तर तिमीले मेरो एउटा काम गरिदिनु पर्छ ।”

“के काम ?”

“म एक रात तिम्रो श्रीमतीसँग सुत्न चाहन्छु । तिमो श्रीमती साह« राम्ररी छन् ।”

“हुन्छ ।” रक्कीले सजिलै हुन्छ भने ।

“म भोलि तिम्रो घरमा बेलुका ८ ः०० बजे आउँछु ।”

“हुन्छ ।” अनि रक्की निर्देशक पवनको घरबाट निस्किए र केही समयपछि घर पुग्छन् । घर पुगेपछि रक्कीले भने,“भोलि घरमा एक जना पाहुना आउँदै छन् । खाना बनाउनु ।”

“हुन्छ ।” मैले केही प्रश्न नगरिकन हुन्छ भने ।

भोलिपल्टको कुरा हो । म किचेनमा थिए र छोरीलाई आमा र बुवाले हेर्दै हुन्थ्यो । डेढ घण्टामा सबै खाना रेडी भएको थियो र म आफू पनि रेडी भएको थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । रक्की ढोका खोल्न गए । निर्देशक पवन आएका थिए । दुवै जना मुस्कुराए र हात मिलाए । 

“भित्र आउनुहोस् ।” रक्कीले भने र उनले सिधै आफ्नो कोठामा लगे । 

“तपाई एकछिन बस्नुहोस् । म आइहाल्छु ।” रक्कीले पवनलाई कोठामा बसाएर रक्की किचेनमा आए । मलाई हेरेर रक्कीले भने,“तिमी खाने कुराहरु लिएर हाम्रो कोठामा आऊ ।”

“कोठामा ।”

“हो ।” यति भनेर कोठामा गए । रक्ककीले गिलासमा व्हिस्की हाल्न थाले । म चाँहि खाने कुराहरु लिएर कोठामा गए । मलाई निर्देशक पवनले नराम्रो नजरले हेर्दै थिए । मलाई रक्कीले निर्देशक पवनसँग परिचय गराए । अनि म कोठाबाट निस्किए । 

म बाहिर निस्किएपछि, निर्देशक पवनले भने,“तिम्रो श्रीमती  राम्ररी । राजकुमारी जस्ती ।” पवनले व्हिस्की पिउँदै भने । रक्की मुस्कुराए मात्र । केही क्षण गफ गर्दै बस्छन् । एक घण्टापछिको कुरा हो । रक्की किचेनमा आए र भने,“म एकछिन बाहिर निस्किनु छ । तिमी पवन सरसँग कुरा गर्दै गर म आइहाल्छु ।”

“रक्की, तपाई पनि बस्नुहोस् ।” म डराउदै भने ।

“होइन, म आइहाल्छु ।” अनि रक्की निस्किए ।

मलाई अप्ठ्यारो लाग्यो र म यता र यता हेर्दै थिए । निर्देशक पवन चाँहि मलाई हेरिरहेका थिए । त्यही क्रममा, उनी मेरो छेउमा आए । म पछाडि गए र उनी फेरि मेरो नजिक आए । नजिक आएर भने,“तपाई कति राम्ररी । रक्की साह्रै भाग्यमानी ।”

म मुस्कुराए मात्र । पवन मलाई छुन खोज्दै थिए । म पछाडि गए र भने,“यो तपाई के गर्दै हुनु हुन्छ ?”

पवन मेरो नजिक फेरि आए र भने,“राम्ररी हुनुहुन्छ । मैले केही नराम्रो गरे र ?” उनले मुस्कुराउदै भने । म सोफाबाट उठे र ढोका खोल्न खोज तर बाहिरबाट रक्कीले बन्द गरेका रहेछन्  । मेले ढकढकाए । बुवा र आमाले सुन्नु भएन  । उहाँबाट छोरीसँग अर्को कोठामा हुनु हुन्थ्यो । पछाडिबाट पवन आए । मलाई पछाडिबाट समाते र मुख बन्द गरे । खाटमा लगे र आफ्नो मन खुशी पारे । म आफूलाई बचाउन सकिन । म यो दिन धेरै रोएको थिए । रक्कीको कारण म धेरै चोटि आफ्नो इज्जत गुमाइ सकेको थिए । 

११

बिहानको समय थियो । म चिया बनाउदै थिए । त्यही क्रममा, आमा किचेनमा आउनु भयो । आमालाई देखेपछि मैले भने,“छोरी सुतिरहेको हो ?”

“हो ।”

आमा मेरो नजिक आउनु भयो । केही क्षणपछि भन्नुभयो,“तिमीलाई के भयो ? तिम्रो अनुहारमा के भयो ?”

आमाको कुरा सुनेपछि म रुन थाले । म रोएको देखेर आमाले भन्नुभयो,“किन रोएको, बुहारी ? रक्कीले केही ग¥यो तिमीलाई ?”

“यो सब रक्कीको कारणले भएको भयो ।” अनि मैले सबै कुरा व्यक्त गरे । सबै कुरा सुनिसकेपछि, आमा निराश हुँदै कुर्सीमा बस्नुभयो । बसिसकेपछि आमाले भन्नुभयो,“रक्की कहिले नसुर्धिने भयो ।”

म आमाको नजिक गएर भने,“तपाई भन्न खोज्नुभएको हो ? पहिले नै नराम्रो थियो भने, किन मसँग विवाह गराइदिनु भएको ?”

“हाम्रो मायाले रक्की बिग्रिएको हो । सुधार्न धेरै प्रयास गयौ तर सकेनौ । सुधार केन्द्रमा पनि लग्यौ तर केही भएन । सोच्यौ कि विवाह गरेपछि सुर्धि छन् तर सुर्धेनन् ।” उहाँ भावुक हुँदै भन्नुभयो । 

उहाँलाई हेर्दै भने,“तपाईहरुले गलत गर्नुभयो । मानिसहरुले मेरो जिन्दगी राजकुमारी जस्तो सोच्छन् तर मेरो जिन्दगी नर्गभन्दा नराम्रो भएको छ । म रक्कीलाई डिभोस् दिन्छु । म आफ्नो जिन्दगी बिताउछु ।”

आमा कुर्सीबाट उठ्नु भयो  र भन्नुभयो,“बुहारी, त्यस्तो नभन । रक्कीलाई नछोड । समयले सब ठीक गर्छ । रक्की तिम्रा श्रीमान् हुन् र तिमीहरुको छोरी पनि छ । पछि छोरीले बुवा खोज्छिन् । छोरीलाई के जवाफ दिन्छौ ? बुवाको माया चाहिन्छ । रक्कीले त आफ्नो छोरीलाई धेरै माया गर्छन् ।”

हामी बीच धेरै छलफल भयो । हामी एक अर्कोलाई सम्झाउने क्रममा थियौ । अन्त्यमा मैले हार माने र रक्कीसँग बस्ने निर्णय गरे । नारीहरुलाई कस्तो बाध्यता हो यो ? म हार मानिसकेको थिए । न त मर्न नै सक्छु न त आफ्नो पीडा अरुले बुझ्छ । 

समय बित्दै गयो र अर्को बच्चा भयो । त्यो पनि छोरी अतर मैले स्वीकार्न सकिन । हररोज पवनको याद आउथ्यो तर रक्कीले दुवै जनालाई माया गर्थे । आमा र बुवा कहिले काँही आउनुहुन्थ्यो । रक्कीको ठेगान हुँदैन थियो । निर्देशक पवनले उनलाई धोका दिएका थिए । फिल्मको चकरमा  उनले गलत निर्णय गरे । फिल्म नै पाएनन् । पवनले आफ्नो स्वार्थ पूरा गरे । 

१२

एक दिनको कुरा हो । म घरमै थिए । रक्की चाँहि प्रायः घरमा बस्दैन थिए । उनको संसार नै बाहिर भइसकेको थियो । उनको संसारमा म थिइन । छोरी भइसक्दा पनि उनले मलाई वास्ता गरेका थिएनन् मलाई माया नगरे तापनि छोरीलाई गर्थे । आफूभन्दा पनि धेरै गर्थे । 

म आफ्नो संसारमा हराएको थिए र त्यही क्रममा, मेरो मोबाइलको घण्टी बज्यो । मैले नाम नहेरिकन फोन उठाए र भने,“हेलो ।”

“हेलो, सोफिया । के छ तेरो खबर ?”

“को बोलेको ?”

“आफ्नै साथीलाई कस्तो बिर्सेको । म दिक्षिका ।”

“ए । मैले नाम नहेरिकन उठाए । अनि के छ तेरो खबर ?”

“ठीक छ । सुन न । मैले खासमा तँलाई फोन गर्नुको कारण तँसँग एउटा काम थियो ।”

“के हो ?”

“म र मेरा साथीहरु मिलेर एनजियो खोलेका छौ । तेरो त भाषा राम्रो पनि छ । अध्यक्षमा बस ल ।”

म मौन भए । के भन्नू भयो । रक्कीले दिएनन् भने ?

“हेलो । हेलो ।”

“हँ ?”

“तँ कहाँ हराएको ?”

“म तँलाई भोलि खबर गर्छु नि ल ।”

“हुन्छ तर आउन त आइज ल ।”

“म भोलि भन्छु नि ल ।”

“हस् ।” अनि फोन राखे ।

दिक्षिका मेरो स्कूलदेखि मिल्ने साथी हुन् । धेरै समयपछि हाम्रो कुरा भएको । हुन त मलाई काम गर्न मन थियो तर रक्कीको डर थियो । कति बेला खुशी हुन्छन् र कति बेला रिसाउछन् थाहा नै हुँदैन । म दोहारमा थिए । मन र दिमागले गर भनिरहेको थियो भने एक प्रकारले डर । 

१३

भोलिपल्टको कुरा हो । ११ः३० बजेको कुरा हो र मैले दिक्षिकालाई फोन गरे । उनीले एकै घण्टीमा फोन उठाइन् र भनिन्,“के छ त साथीको खबर ?”

“ठीक छ । सुन न म तेरो अफिसमा काम गर्ने भए ।”

“खुशीको खबर । मलाई थाहा थियो कि तँलै गर्छस् भनेर ।”

“कहिलेदेखि आऊ त ?”

“अहिले आउन मिल्छ भने आइज ।”

“हुन्छ ।” अनि फोन राखेर म घरबाट निस्के । बालुवाटरमा थियो अफिस । मेरो घरबाट १ः३० घण्टा लागेको थियो बालुवाटार पुग्न । कति ट्राफिक जाम हुनु परेको काठमाडौममा । दिक्क लाग्ने । बालुवाटार पुग्ने बित्तिकै दिक्षिकालाई फोन गरे र उनले मलाई बालुवाटार चोकमा लिन आइन् । चोकबाट १० मिनेट जति रहेछ अफिस । डाढे दुई तल्लाको भवन थियो । अफिस भाडामा रहेछ । दिक्षिकाले मलाई माथिको कोठामा लगिन् । मिटिङ्ग रुममा एकछिन बस्न अनुरोध गरिन् । पन्ध्र मिनेटपछि सबै स्टाफहरु आए ।

सबै जना आइसकेपछि, दिक्षिकाले सबै जनालाई स्वागत् गरिन् र मेरो बारेमा परिचय गराइन् । रक्कीको श्रीमतीभन्दा सबै जना छक्क परेका थिए । म प्रायः मिडियामा आउदिन र मेरो तस्बिरहरु पनि त्यति उपलब्ध छैनन् । दिक्षिकाले मलाई बोल्न अनुेध गरिन् । 

म नर्भस् हुन्दै भन्न थाले,“धन्यवाद, सबै जनालाई । आशा छ मैले राम्रो काम गर्ने छु । धन्यवाद ।”

सबै जनाले तालि बजाए । मिटिङ्ग सकेपछि दिक्षिकाले मलाई मेरो क्याबिन देखाइन् र भनिन्,“अबदेखि यो क्याबिन तेरो, म्याडम ।” अनि उनी मुस्कुराइन् र आफ्नो क्याबिनमा गइन् । म चाँहि अफिसको बारेमा हेर्न थाले । मानव अधिकार सम्बन्धि रहेछ । 

१४

अफिस कहिले काँही मात्र जान्थे । काम धेरै भएको बेला मात्र जान्थे तर मेरो जिन्दगीमा बिस्तारै परिवर्तन आउँदै थियो । शुक्रबारको दिन थियो र हरेक महिना मिटिङ्ग हुन्थ्यो । म १५ मिनेट ढिलो पुगेको थिए । सबै स्टाफहरु आइसकेका थिए । त्यहि क्रममा, मेरो नजर एक स्टाफमा पुग्यो । उनी नयााँ स्टाफ थिइन् । उनीले मलाई निहालेर हेर्दै थिइन् । मलाई देखेर अचम्म परेकी थिइन् । 

समय बित्दै गयो । कामको चाप बढ्दै गएको थियो । त्यसको साथ साथै, कामको चापको कारणले म अफिस जान थालेको थिए । कामको कारणले एक दिन म अनुको क्याबिनमा गए र भने,“अनुजी, तपाई एकछिन मेरो क्याबिनमा आउन सक्नु हुन्छ ?”

“हुन्छ ।” अनि उनी मेरो क्याबिनमा आइन् ।

“मे आई कम्नि माडम ?” अनुले भनिन् ।

“आउनुहोस् ।” मैले भने । 

अनु उभिएकी थिइन् र मैले भने,“तपाई किन उभिनु भएको ? बस्नुहोस् न ।”

अनि अनु कुर्सीमा बसिन् । मैले उनलाई हेर्दै भने,“तपाईलाई मैले बोलाउनुको कारण के हो भने, हाम्रो काम अर्को हप्तासम्म सक्नु पर्ने छ । तपाईको कामको बारेमा भन्नुहोस् । कहाँसम्म पुग्यो ?”

अनु अनुगमन तथा मूल्याङ्कन विभागमा काम गर्थिन् । अनुले मलाई हेर्दै भनिन्,“सबै विभागको रिपोर्ट आइसकेको छ र म रिपोर्ट आइसकेको छ र म रिपोर्ट बनाउदै छु । दुई दिनमा सकिन्छ ।” 

उनीले आफ्नो कामको बारे व्यक्त गरिन् र उनीको कुरा सुनिसकेपछि मैले भने,“धेरै राम्रो । आशा छ कि तपाईले अझै राम्रो गर्नु हुने छ ।”

उनले धन्यवाद भन्दै मेरो क्याबिनबाट निस्किन् । यस पश्चात् हाम्रो भेट हुन थाल्यो । आधा जति समय म अनुसँगै हुन्थे । एक दिनको कुरा हो । साँझको ६ः०० बजिसकेको थियो । अनु मेरो क्याबिनमै बसेर कामम गर्दै थिइन् । त्यही क्रममा, मैले अनुलाई हेर्दै भने, “तपाईलाई म केही प्रश्न सोध्न सक्छु ?”

“सोध्नुहोस् न ।” अनु आफ्नो काममा व्यस्त थिइन् र मलाई नहेरिकन जवाफ थिइन् । 

“तपाई मान्छे राम्रो हुनु हुन्छ । तपाईको प्रेमी छैन ?” मैले मुस्कुराउदै भने । 

“मेरो त्यति राम्रो भाग्य कहाँ छ र ? कोसँग माया गरे, उनीहरुले छोडिदिए ।”

“हँ ?” म अचम्मित हुँदै भने । 

“हो ।” 

वातावरणमा मौनता छा¥यो । आफ्नो काममा ध्यान दिन थाल्यौ । २० मिनेटपछिको कुरा हो । मौनता तोड्दै अनुले भनिन्,“तपाईलाई म केही सोध्न सक्छु ?” उनी नर्भस् भएकी थिइन् । 

“सोध्नुहोस् न ।”

“तपाईको श्रीमान्को बारेमा छापिने कुराहरु सबै सत्य हुन् ?”

म मौन भए र उनीले मलाई हेर्दै थिइन् र मैले पनि । म गम्भीर भएको देखेर उनीले भनिन्,“आई एम सरी ।”

म केही नबोलिकन अफिसबाट निस्किए । मलाई थाहा थियो कि यो प्रश्न आउने थियो तर म के जवाफ दिनु । मेरो पिडा कसले बुझ्ने ? कसैले बुझ्दैन जस्तो लाग्छ । आफ्नो घर परिवारलाई त आफ्नो परिवारलाई भन्न सकेको थिइन, अनुलाई कसरी भन्नू ?

१५

म एक हप्ता जस्तो अफिस गइन । मलाई डर थियो कि अरु स्टार्फहरुले पनि मेरो श्रीमान्को बारे सोध्छन् कि तर पनि मलाई अफिस जानु नै थियो । एक हप्तापछि म अफिस गरे तर अनु र मेरो बीच त्यति संवाद भएको थिएन । हामी दुई एउटै क्याबिनमा काम गर्दै थियौ तर हामी बिच कुरा भएको थिएन । 

एक दिन हामी दिन दुई जना काम गर्दै थियौ । मौनता तोड्दै अनुले भनिन्,“आई एम सरी, माइम ।” 

“ठीकै छ ।” मैले अनुलाई नहेरिकन भने । उनीले मलाई हेरिरहेकी थिइन् । उनीलाई सायद केही भन्नु थियो तर सकेकी थिइनन् । अनि हामी काम सकेर आफ्नो घर फर्कियौ । 

केही दिनपछिको कुरा हो । म आफ्नो क्याबिनमा थिए र मेरो नजर एउटा पेपरममा प¥यो र हेरे । एउटा म्यासेज थियो र पढ्न थालेः 

प्रिय माडम, 

 मलाई नै थाहा छैन कि म कहाँबाट सुरु गँरु । जहाँबाट सुरु गरे पनि मैले तपाईसँग केही कुरा सेयर गर्ने पर्छ । 

 खासमा मैले तपाईको व्यक्तिगक्त जिवनबारे सोध्ने केही अधिकार छैन । जब मैले तपाईको व्यक्तिगक्त बारे सोधे र तपाई नबोलि जानुभयो, मलाई नराम्रो लाग्यो । बेकारमा सोधे छु जस्तो लाग्यो । तपाईलाई फोन गर्न धेरै प्रयास गरे र सकिन । त्यसको साथ साथै जब तपाई अफिस आउनु भएन, मन छटपट्टिन थाल्यो र म पछुताउन थाले । रातभर निद्रा परेन । तपाईको बारे सोचे । कहिले तपाई अफिस आउनु हुन्छ जस्तो भयो ।

 तपाईको श्रीमान्को बारेमा नराम्रो आइरहन्छ । सुरुमा त वास्ता गरिन तर तपाईसँग भट भएपछि सोध्न मन लाग्यो । तपाई कति हसिलो हुनु हुन्छ । तपाईलाई हेर्दा लाग्छ, तपाईको श्रीमान् धेरै भाग्यमानी जसले तपाई जस्तो श्रीमती पाए । तपाई धेरै सहशील हुनु हुन्छ । तपाईको आँखामा गइराई छ । त्यसैले सोधेको मात्र । मलाई माफ गरिदिनु हुन्छ भन्ने आशामा छु । 

                                                                                                                                                 अनु शाक्य 

यो चिठ्ठी पढिसकेपछि एक प्रकारले खुशी थिए किनकि कसैलाई मेरो चिन्ता थियो । चिठ्ठी पढेपछि म उनीको क्याबिनमा गए र उनीका नजिक गएर भने,“शनिबार दिउँसोकाृ २ः०० बजे आउन सक्नु हुन्छ ?”

“केही काम मथियो कि ?” अनुले मलाई अचम्म पाराले हेर्दै भनिन् । 

“घर आएपछि थाहा हुन्छ ।”

“मैले त तपाईको घर नै देखेको छैन ।”

“कीत्र्तिपुर चोक आएपछि मलाई फोन गर्नुहोस् । म तपाईलाई लिन आउँछु ।”

“हुन्छ तर मसँग त तपाईको फोन नम्बर छैन ।”

अनि मैले आफ्नो नम्बर दिए । फोन नम्बर दिइसकेपछि म आफ्नो क्याबिनमा गए । 

१६

शनिबारको दिन । मैले नास्ता बनाएर राखे । बनाइसकेपछि मैले समय हेरे र समय भएको थियो २ः१५ भइसकेको थियो । अनि म आफ्नो कोठामा गए र मोबाइल लिए र फोन डायल गर्ने क्रममा थिए । त्यही क्रममा, अनुको फोन आयो र मैले उठाए र भने, “हेलो । तिमी कहाँ आइपुग्यौ ?”

“हेलो । म कीत्र्तिपुर चोाक आइपुगे ।”

“तिमी चोकमा बस्नु । म लिन आउँछु ।” अनि म निस्किए । दस मिनेटपछि म चोकमा पुगे । चोकमा पुग्ने बित्तिकै मैले देखे र बोलाए । अनि उनीलाई घर लिएर गए र बैकठ कोठामा बस्न आग्रह गरे र म चाँहि किचेनमा कफी बनाउन थाले । पाँच मिनेटपछि कफी लिएर बैठक कोठामा गए । मौनता छाएको थियो । हामी एक अर्कोलाई हेर्दै मुस्कुराएका थियौ । कफी पिउजेल वातावरणमा मौनता छाएको थियो । कफी पिइसकेपछि मैले अनुलाई आफ्नो कोठाममा लगे । 

अनुलाई अप्ठ्यारो लागिरहेको थियो । म खाटमा बसे र उनी उभिरहे । मैले उनीलाई खाटमा बस्न अनुरोध गरे तर मानिनन् । धेरै चोटि आग्रह गरेपछि मात्र मानिन् ।

खाटमा बसिसकेपछि मैले भने,“म आफ्नो जिन्दगीमा कहिले खुशी हुन सकिन । जबदेखि रक्कीसँग विवाह भयो तबदेखि म कहिले खुशी हुन सकिन । हाम्रो मागी विवाह भएको हो । सुरुमा लाथ्ग्यो कि उनी राम्रा होलान् तर सोचेको जस्तो कहाँ हुँदो रहेछ । वास्तविता अर्को थियो । बाहिर अर्को भित्र अर्को थिए । उनी हररोज रक्सी पिउथे । लागू औषधी पनि लिन्थे । हररोज मलाई जर्बरजस्ती थर्गे । नमाने मलाई पिड्थे । धेरै केटीहरुसँग सम्बन्धमा थिए र अहिले पनि छ ।

उनको बानी र व्यवहारको कारणले उनको फिल्मि दूनियाँ ओरालो लागेको हो । हरपल झगडा गर्ने, टाइममा नजाने र हिरोइनहरुलाई जिस्काउने गर्थे । त्यसको साथ साथै समय अनुसार चल्न सकेका थिएनन् । जब फिल्म करियर ओरालो लाग्यो, तब उनले धेरै निर्देशकहरुसँग कुरा गरे । एक दिन घरमै निर्देशक ल्याए र आफ्नो स्वार्थको लागि मलाई प्रयोग गरे । मलाई जर्बरजस्ती गरे र पछि निर्देशकको बच्चा जन्मियो । बच्चाको के दोष भनि पाए तर जब छोरीको अनुहार देख्छु तब आफू प्रति घिन लागेर आउँछ । हेर्ने सकेको थिइन तर रक्कीले चाँहि माया गर्छन् दुवै जना छोरीहरुलाई ।

तिमीलाई लाग्ला कि रक्कीलाई छोडेको भए हुन्थ्यो । मैले डिभोस्को लागि धेरै चोटि कुरा गरे तर रक्कीले डिभोस्को कुरा गर्ने बित्तिकै मलाई पिड्थे । मलाई शारीरिको साथ साथै मानसिक यातना दिइरहन्थे । धेरै चोटि भाग्ज प्रयास गरे तर असफल भए । 

छोरीहरु रक्कीसँग बस्छन् । कहिले काँही यहाँ आउँछन् । अहिले रक्की पोखरामा बस्छन् । कहिले काँही आउँछन् । अहिले त नआएको तीन महिनाभन्दा धेर भइसकेको छ ।

तिमीले जुन समाचारहरु पढ्थ्यौ र सुनेका थियौ त्यो सबै सत्य हो । रक्की जस्तो श्रीमान् कसैको नहोस् ।” उहाँ भावुक हुँदै भन्नुभयो । त्यसको साथ साथै उहाँको आँखा रसाएका थिए । उहाँ भावुक भएको देखेर म उहाँको नजिक गए र भने, “आई एम सरी ।”

हामी एक अर्कोलाई हे¥यौ र हाम्रो आँखा जुध्यो । हामी दुवै जना यति धेरै नजिक भयौ कि एक अर्कोको सास पनि अनुभव गथ्यौ । त्यही क्रममा, मेरो ओठ उनको नजिक पुग्यो । अनुले केहि प्रतिभाद गरिनन् । त्यसपछि हामीले एक अर्कोको ओठ चुम्बन थाल्यौ । ओठ चुम्बनको साथ साथै हाम्रो शारीररिक सम्बन्ध पनि भएको थियो । त्यस दिन मेरो मन धेरै खुशी भएको थियो । त्यस दिन मेरो मन धेरै खुशी भएको थियो । सायद सबै मेरो मरजिले भएको थियो । यो प्रायः हुन थालेको थियो । अनुको बास मेरो घरमै हुन थालेको थियो ।

१७

एक दिनको कुरा हो । हामी दुवै जना खाटमा थियौ । हामी एक अर्कोलाई हेर्दै थियौ । त्यहि क्रममा, मैले अनुलाई भने,“तिमी मान्छे राम्ररी छौ । तिम्रो प्रेम कहानी सुनाउन ।”

“मेरो प्रेम कहानाी राम्रो छैन ।”

“मलाई सुन्न मन छ ।”

म मुस्कुराए र मेरो प्रेम कहानी सुनाउन थाले । 

..................................................................................................................................................................

आज कलेजको पहिलो दिन थियो । बिहानको ६ः३० बजे कक्षा सुरु हुन्थ्यो । म ६ः२० बजे पुगे । गेटमा पुगेपछि, मैले गार्ड दाईलाई सोधे,“दाई, कक्षा ११ आर्टस्को कक्षा कता हो ?”

उनले मलाई कक्षा देखाइ दिए । म कक्षामा नै बसे । ६ः३० बजे विद्यार्थीहरु आइसकेका थिए । म पहिलो मेञ्चमा बसेको थिए । त्यही क्रममा, दुई जना बसेको ठाउँमा आएर बसे र हामीले एक अर्कोलाई हेरेर मुस्कुरायौ मात्र । केही क्षणपछि एउटा सर आउनु भयो । हामीले सरलाई अभिवादन गयौ र सरले पनि गर्नु भयो । उहाँको नाम मोहन शर्मा थियो र उहो पत्रकारिता पढाउनु हुने रहेछ । उहाँ पछि हाम्रो परिचय थियो । हामी सबै जना जनाको परिचय भयो । मसँग बसेका साथीहरु नाम जेनिपर र अनमोल थियो । दोस्रो विषय मेजर अङ्ग्रेजी थियो र सरको नाम सौरभ सिंह ठकुरी थियो । तेस्रो विषय अनिवार्य अङ्ग्रेजी थियो जुन पुष्पा सुनुवान माडमले पढाउनु हुन्थ्यो । त्यस पछि समाजशास्त्री विषय थियो जुन संगीता क्षेष्ठ माडमले पढाउनु हुन्थ्यो र अन्तिम विषय नेपाली थियो जुन ईश्वर भट्टराई सरले पढाउनु हुन्थ्यो । बिहानको ६ः३० बजे कक्षा सुरु हुन्थ्यो र ११ः ३० बजे सकिन्थ्यो । 

एक हप्तासम्म म त्यति कोहीसँग बोलेको थिइन तर बिस्तारै म, अमिता, जेनिपरर अनमोल मिल्ने साथी भएका थियौ । त्यही क्रममा, म अमरसँग पनि मिल्न थालेको थिए । सुरुमा त अमर राई मलाई त्यति मन पर्दैन थियो । मलाई मात्र होइन साथीहरुलाई पनि त्यति मन पर्दैन थियो । सर र माडमहरुले पढाएको बेला अजिब प्रश् नगर्थे । जस्तै ः अमर कसरी प्राप्त गर्ने, बोर्डमा सेकुवा कर्नर किन लेखेको जब कि सेकुवा कर्नरमा पकाइदैन आदि । तर बिस्तरै अमरसँग बोल्दै गएपछि हामी दुव जना मिल्ने भएका थियौ । उनको घर र मेरो घर संयोग बस नजिकै थियो । १० मिनेटको दूरी थियो । हामी गफ गर्दै घर जान्थ्यौ । कहिले काँही धुम्न पनि जान्थ्यौ । फिल्म हेर्न पनि जान्थ्यौ । मैले उनलाई मन पराउन थालि सकेको थिए । धेरै चोटि प्रेम प्रस्ताव राख्ने योजना बनाएको थिए तर आँटेको थिइन । सोचे कि उनले मलाई सिर्फ साथीको नजरले हेरेका छन् कि ?

दुई हप्तापछिको कुरा हो । कक्षा सकिएपछि अमर मेरो नजिक आएर भने,“म केही समय तिमीसँग कुरा गर्न सक्छु ?”

“हुन्छ ।”

अनि हामी बाहिर निस्कियौ । निस्किसकेपछि उनले भने,“भोलि कक्षा सकिएपछि हामी सधै जाने क्याफेमा भेट्न सक्छौ ?”

“हुन्छ तर किन ?”

“भोलि नै थाहा हुन्छ ।” अनि उनी यति भनेर गए । अमर गएपछि, मेरा साथीहरुले मलाई जिस्काउन थाले र मैले त्यस्तो केही होइन भने तर मेरा साथीहरुले पत्ताएनन् । म खुशी भएको थिए । सायद उनले मलाई प्रेम प्रस्ताव राख्न भनि भेट्न बोलाएका हुन् । भोलि समझेर म धेरै हत्तास् भइसकेको थियो । भोलि कहिले आउँछ जस्तो भएको थियो । 

भोलिपल्टको कुरा हो । हतारिदै म क्याफेमा पुगे । अमरले मलाई कुरेर बसेका थिए । अमर कुनाको टेबुलमा बसेका थिए । उनको नजिक गए र भने, “सरी, म ढिला भए ।”

“ठीकै छ । तिमी के लिन्छौ ?”

“मःम र कफी ।” अनि उनले दुई प्लेट मःम र कफी अर्डर गरे । 

वातावरणमा मौनता छाएको थियो । म यता र उता हेर्दै थिए भने उनले मलाई हेरिरहेका थिए । वातावरणको मौनता तोड्दै अमरले भने,“खासमा, मैले तिमीलाई आफ्नो मनको कुरा व्यक्त गर्न हो ।”

मेरो अनुमान सही रहेछ भन्ने भयो । म मनमनै खुशी हुँदै थिए तर बाहिर देखाउन जरुरी सोचिन । त्यही क्रममा, उनले फेरि भने,“खासमा, मैले तिमीलाई मन पराउन थाले । मलाई नै थाहा छैन कि तिमीले कहिले आएर मेरो मन र दिमागमा बस्यौ ? तिमीले के जादू गरौ ? सुरुमा सोचे कि यो मेरो भ्रम होला तर जति तिम्रो नजिक हुन्छु, त्यति नै नजिक हुन मन लाग्छ । तिम्रो बोलि सुनिरहू जस्तो लाग्छ । तिमीलाई हेरिरहू जस्तो लाग्छ । मलाई तिम्रो हुन मन छ । सिर्फ तिम्रो ।”

म मौन नै थिए । उनले मेरो जवाफ कुरिरहेका थिए । म मौन भएको भएको देखेर उनले भने,“जवाफ अहिले दिनुपर्छ भन्ने छैन तर केही त बोल ।”

“मलाई सोच्ने समय दिन्नु ल ।”

“हुन्छ । तिमीले मेरो माया स्वीकारे पनि अस्वीकारे पनि मिल्ने साथी त हुन्छौ नि ।”

मैले मुस्कुराउदै हुन्छ भने । मलाई उनको माया स्वीकार्नु थियो तर मैले भाउ खोजिरहको थिए । अनि हामीले अर्डर गरेको मःम र कफी खाँदै गफ गरौ । केही क्षणपछि हामी त्यस क्याफेबाट निस्कियौ । म धेरै खुशी भए । 

दुई दिनपछिको कुरा हो । कक्षा सकेपछि मैले अमरलाई गेड बाहिर कुरे । अमर साथीहरुसँग गफ गर्दै थिए र २० मिनेटपछि उनी म भए ठाउँमा आए र भने,“तिमीले मलाई कुरेर बसेको हो ?”

“हो । मलाई जरुरी कुरा गर्नु थियो । त्यसैले कुरेर बसेको हो ।”

“के कुरा हो ?” उनले थाहा नपाए जस्तो गरेर सोधे । 

“लाई लभ यू टू ।” अनि म लजाउदै कलेजबाट निस्किए भने अमर मुस्कुराएका थिए ।

१८

हामी सम्बन्धमा बसेको ६ महिनापछिको कुरा हो । भोलि छुट्टी थियो । कक्षा सकिएपछिको कुरा हो । उनले भने,“भोलि मेरो जन्मदिन हो । कक्षाको सबैलाई बोलाउँदै छु । तिमीलाई सुरुमा निम्ता दिएको । साँझको ६ बजे आउ ल ।”

“हुन्छ ।” मैले भने । मैले हुन्छ त भने तर मनदेखि जान म थिएन । मलाई किन किन नराम्रो आभास आयो । सोचे कि मेरो भ्रम मात्र हो । आफ्ना साथीहरुलाई सोध्ने निर्णय गरे तर सोचे अमर भन्न बाँकी छ । पछि सोध्छु । 

त्यही क्रममा, मेरो नजिक अमिता, जेनिपर र अनमोल मेरो नजिक आए जेनियरले भनिन्,“तिमी र अमरको चक्कर चलिरहेको छ हो ?” उनी मुस्कुराइन् । 

म गम्भीर भएको थिए र अमिताले भनिन्,“तँलाई के भयो ?”

मैले सबै कुरा व्यक्त गरे । तीनै जना अचम्म परेका थिए । मेरो कुरा सुनेपछि अनमोलले भनिन्,“हामीलाई त निम्तो आएको छैन । हामी खबर गछौ नि तिमीलाई ।”

“यदी तिम्रो साथ जानु प¥यो भने, म आउँछु नि ।” जेनिपर गम्भीर हुँदै भन्छिन् ।

“हुन्छ ।” यस विषयमा मैले अमरलाई केही भनिन । मैले जरुरी सोचिन ।

भोलिपल्टको कुरा हो । अमिता, जेनिपर र अनमोल मेरो घर आइपुगेका थिए । उनीहरु ६ः२० मा आउपुगेका थिए । म रेडी भएको थिए । त्यही क्रममा, अनमोलले भनिन्,“जाऊ, सबै जना ।”

सबै जना सहमत भए । अनि हामी मेरो घरबाट निस्कियौ । मैले ढोकाको घण्टी बजाए । उनले तुरुन्तै ढोका खोले । हामी चारै जनालाई देखेर अचम्म परेका गिए । उनले अनुहार रातो न पिरोे भएको थियो । उनलाई के भनू भएको थियो । त्यही क्रममा, जेनिपरले भनिन्,“हामीलाई भित्र बोलाउदैनौ ?”

“आऊ न ।” अनि हामी सबै जना भित्र छिरौ तर हामीले कसैलाई देखेनौ । नदेखेपछि मैले भने,“तिम्रो जन्मदिनमा तिमीले साथीहरुलाई बोलाउने भनेका थियौ । खै त साथीहरु ? हामी बाहेक कसैलाई देख्दिन नि ?”

अमर नर्भस भए र मौन थिए । जेनिपरले अमरलाई निहालेर हेर्दै थिइन् र भनिन्,“यो घर बर्ड थे जस्तो देखिदैन त । अनि तिमी किन नर्भस् भएको ?”

“होइन । त्यस्तो केही होइन ।” अमर नर्भस् हुन्दै भने । उनले हामीलाई नहेरिकन जवाफ दिन्छन् । त्यही क्रममा, जेनिपरले भनिन्,“तिमीले अनुको जवाफ दिएनौ । अरु साथीहरु खै ? अरुलाई बोलाएको भनेको होइन ?”

अमर मौन भए । म उनको नजिक गए र भने,“मेरो प्रश्नको जवाफ दिँदैनौ ?”

उनी नबोलेको देखेर हामी अचम्म प¥यौ र धेरै चोटि सोध्दा पनि उनले केही जवाफ दिएनन् । अनि हामी मेरो घरमा गयौ । म धेरै भावुक भएको थिए । त्यही क्रममा, जेनिपरले भनिन्,“तिमी भावुक नहोऊ । तिमीलाई एक दिन जरुर जवाफ दिने छन् ।”

“कहि उनले मलाई धोका दिएका छैनन् । मलाई एक्लै बोलाएर केही गलत त गर्ने योजना थिएनन् ।”

“त्यस्तो नहुन पनि सक्छ । उनले तिमीसँग केही समय बिताउन चाहन्थे होला । त्यसैले तिमीलाई बोलाएका होलान् ।” अनमोलले भनिन् । 

म अलमलमा थिए । मलाई हेरेर जेनिपरले भनिन्,“आफ्नो मनदेखि सोच र समय देऊ ।” यति भनेर तीनै जना मेरो घरबाट निस्किए । म दोदारमा थिए । किन उनी मौन थिए ? किन मसँग झूट बोले ? के चाहिएको थियो उनलाई ? दिमाग र मनमा धेरै प्रश्नहरु थिए । मनमा कुरा खेलाउँदा खेलाउँदै म कति बेला निदाए छु थाहा नै भएन । 

१९

म र अमर नबोलेको धेरै दिन भइसकेको थियो । म अमरसँग बोल्न खोज्थे तर सक्दिन थिए । अमरले मलाई वास्ता गर्न छाडेका थिए र मेरो मनमा शङ्का हुन थालेको थिए । मैले उनीसँग कुरा गर्ने निर्णय गरे । अमर आफ्नो साथीहरुसँग खाजा खाँदै थिए र म पछाडि थिए । कसैले देखेनन् । अमर आफ्ना साथीहरुसँग गफ गर्दै थिए । त्यही क्रममा, राकेशले भने,“अमरले आफूले भनेका कुरा कहिले पूरा गर्दैन रहेछन् । परनितालाई फसाएर शारिरीक सम्बन्ध राख्छु र भिडियो बनाउँछु भन्थ्यो तर सकेनन् । बाजी हारे ।” सबै जना हाँस्छन् ।

“म त्यति सजिलै हार मान्दिन ।” अमरले भने । मैले सबै कुरा सुन्दै थिए र म उनको नजिक गए । उनले मलाई मलाई देखेर नर्भस् भए र भने,“तिमी यहाँ ?” मैले उनलाई एक थप्पड हाने र भने,“मैले त तिमीलाई माया गर्थे । मैले सोचे कि मेरै कारणले तिमी रिसाएका हौ । त्यसैले म तिमीसँग कुरा गर्न आएको थिए । गल्ती त तिम्रो रहेछ । तिमीले आफ्नो जिन्दगीमा माया पाउने छैनौ ।”

अनि म रुँदै त्यहाँबाट निस्के भने अमर नर्भस् हुनुको साथ साथै आत्तिएका थिए । अनि क्याटिनबाट निस्के । यस घटनापछि म कलेज कम जान थालेको थिए र पढाइमा पनि ध्यान कम भएको थियो । ममा आएको परिवर्तन देखेर बुवा र आमाले मलाई धेरै चोटि सोध्नुभयो तर मैले केहि भन्न सकिन । आफ्ना साथीहरुलाई पनि भनेको थिइन तर जेनिपरले कसरी सबै कुराहरु थाहा पाइन र मलाई भेट्न आइन् । मेरो हालत देखेर उनले भनिन्,“हेर, यसरी हुँदैन । आफ्नो हालत हेर । के बनाएको ?”

मैले उनलाई हग गरे र रुन थाले । उनले मलाई सम्हालिन् । मेरा साथीहरुको कारण म बिस्तारै सम्हालिन थाले । म अमरसँग बोल्न छाडेको थिए र आफ्नो पढाइतिर ध्यान दिन थाले । म मुस्कुराउन त मुस्कुराउथे तर पहिला जस्तो मन खुलेर मुस्कुराएको थिइन ।

हेर्दा हेर्दै कक्षा ११ पनि सकियो र कक्षा १२ सुरु भयो । कक्षा १२मा अमर र मेरो बोल चाल नै बन्द भएको थियो । केही महिनापछि रिजन्ट आयो । म पास त भए त राम्रो अंङ्क आएको थिएन र कक्षा १२राम्ररी पढ्न थाले । हेर्दा हेर्दै कक्षा १२ पनि सकियो र केही महिना रिजन्ट पनि आयो । कक्षा १२ राम्रो आएको थियो अर्थात् ७४% आयो र म खुशी भएको थिए । जति जति समय बित्दै गयो अमरको यादले छोडेन मैले त उनलाई साँच्चो माया गर्थे तर उनले मलाई प्रयोग मात्र गरेका रहेछन् तर मैले उनलाई बिर्सेन पर्छ र अगाडि बढ्नु पर्छ ।

२०

मैले स्नातक डिग्री बिबिए विषय पढे । कलेज नयाँ बानेश्वरमा थियो । कान्तिपूर टेलिभिजनको नजिकै कलेज थियो । बिहानको ७ः०० बजे कक्षा सुरु हुन्थ्यो । म ६ः५० मा पुगे । कक्षामा थोरै मात्र विधार्थी थिए । मेरो आँखा एक कुनाको बेचमा बसेको केटामा पुग्यो । उनी दुब्ला र अग्ला थिए । उनको हातमा एउटा किताब थियो त्यो पनि अङ्ग्रेजी किताब थियो । ध्यान दिएर पढ्दै थिए । सुरुमा सोचे उनी सर होलान् र विद्यार्थीहरुलाई कुरेर बसेका होलान् तर जब सर कक्षामा छिर्नुभयो तब थाहा पाए कि उनी विद्यार्थी रहेछन् । कक्षा ७ मा सुरु हुन्थ्यो र एघार बजे सक्दिन्थ्यो । सुरुका दिनहरुमा म कोहीसँग बोल्दिन थिए । मेरो ध्यान किताबमा हुथ्यो तर समय अनुसार म रमाउन थालेको थिए । बिस्तारै हाम्रो ५ जनाको समूह भयो जसमा म, सिम्रिका, ज्ञानु, लिली, अनुज, रिसि थियौ । अग्ला र दुब्ला केटाका नाम अनुज गौतम थियो । मान्छे धेरै प्रतिभा भएको । एक पटक भनेको कुरा सम्झिन्थे र गीत पनि राम्रो गाउने । अनुहार हेर्दा हिन्दी फिल्म राकेश वशिष्ठ जस्ता देखिन्थे । हामीले राकेश अभिनिर्त तुम बिन’को गीत गाइदिन्थ्यौ र उनी मुस्कुराउथे मात्र । 

हेर्दा हेर्दै पहिलो सेमेन्ट सकियो । कति छिटो सकेको जस्तो लाग्ने । दोस्रो सेमेन्टर सुरु भएको केही महिनापछिको कुरा हो । कक्षामा हामी ६ जना मात्र थियो र त्यही क्रममा, अनुज रुन थाले र भन,“मेरो त ब्रेकअप भयो । आरतीले मलाई छोडेर गइन् । मैले त उनीलाई आफूभन्दा धेरै माया थिए तर उनीले मलाई छोडेर गइन् । म मन पर्न छोडेको थियो ।” अनुजले भने । अनुज हाम्रो अगाडि रुन थाले । सबै जनालई के गर्ने भएको थियो । त्यही क्रममा, म उनको नजिक गए र भने,“हेर अनुज यसरी रोएर हुँदैन । आफूलाई सम्हाल । आरतीले तिमीलाई छोडेर गइन, त्यो तिम्रो कारणले होइन । आफ्नै कारणले गएकी हुन् । तिम्रो मायालाई उनीले बुझिनन् त्यो उनीको कमजोरी हो । भन्न त सजिलो छ तर तिमीले उनीलाई बिर्सिनु पर्छ । आफ्नो जिन्दगी अगाडि बढाऊ ।”

अनुजले मलाई रुँदै अँगाले । मलाई अप्ठ्यारो लाग्यो । सबै साथीहरुको अगाडि अँगालेका थिए । सबै जना मौन थिए र हामीलाई हेरिरहेका थिए । अरुको भन्दा पनि अनुजलाई मेरो जरुरत थियो । मैले उनलाई सम्झाए र केही समयपछि अनुज बाथरुम छिरे र मुख धुएर आए । त्यसपछिका दिनहरुमा अनुज धेरै गम्भीर हुन थालेका थिए । दाह«ी पाल्न थालेका थिए । दुब्लो मान्छे झन् दुब्लाएका थिए । आफ्नो हाल्त देवदास जस्तो भएका थिए । धेरै चोटि सम्झाउदा मात्र मानेका थिए र बिस्तारै मुस्कुराउन थालेका थिए । 

बिस्तारै समय बित्दै गयो । त्यसको साथ साथै अनुजले आफ्नो अतित बिर्सेने क्रममा थिए । उनले बिर्सेने क्रममा थिए भने, मैले उनलाई मन पराउने क्रममा थिए । धेरै चोटि उनलाई मनको कुरा व्यक्त गर्न खोजे तर सकिन । सोचे कि पहिला नै सम्बन्धमा धोका पाइसकेका छन् । फेरि मायामा विश्वास नगर्लान् भन्ने भयो । त्यसैले सही समयलाई कुर्ने निर्णय गरे । 

हाम्रो गुपलाई धेरै रमाइलो गर्नु पर्ने । सबैभन्दा धेरै रमाइलो सिम्रिका र ज्ञानुलाई गर्नु पर्ने । उनीहरुकै कारणले गर्दा हामी धेरै ठाउँ धुम्थ्यौ पनि । मलाई चाँहि धेरै पढ्नु पर्ने तर पढ्ने भनेर २४ घण्टा चाँहि पढिन थिएन । दुई जनाको सगत्तले गर्दा म पनि धुम्ने भएको थिए । हामी कक्षाहरु सकिएपछि कहिले रेष्टूरेण्ड जान्थ्यौ त कहिले फिल्म । फिल्म हेर्न जाँदा म अनुजलाई परिकल्पना गर्थे । परिकल्पना गर्दा पनि कति मजा आउने । म उनकै परिकल्पना रमाउन थालेको थिए ।

............................................................................................................................ .................. 

हेर्दा हेर्दै चार वर्ष पनि बित्यो । आज कलेजको अन्तिम दिन । सोचे कि म आज अनुजलाई आफ्नो मनको कुरा भन्ने छु । जाँच ४ः०० बजे सकियो र सबै साथीहरु नजिकैको क्याफेमा बस्यौ । हामी सबै जना भावुक भएका थियौ । सबै जनाले चिया पिउँदै गफ गर्न थाल्यौ । कोही साथीहरु अमेरिका जाने कुरा गरे त कोही कता । त्यही क्रममा, अनुजले भने,“मैले अमेरिका जान सबै कुराहरु तयार गरिसके । अब रिजन्ट आएपछि म अमेरिका जान्छु ।”

उनले अमेरिका जान्छु भन्दा मेरो मनमा चिसो प¥यो । एक प्रकारले अहिले नै उनी जान्छन् जस्तो भयो । त्यही क्रममा, लिलीले भनिन्,“एक्लै जान्छौ कि गर्लप्रेण्डलाई लिएर जान्छौ ?” लिलीले जिस्काउदै भनिन् । 

“मलाई मायामा पर्नु छैन न त सम्बन्धमा पर्नु छ । एक पटकको  सम्बन्ध धेरै गाह्रो र नबिर्सेने बनाएको छ । अब सम्बन्धमा परे भने, मैले फेरि धोका पाउछु भन्ने डर छ र मलाई मायामा विश्वास लाग्न छोडेका छ । त्यसैले माया र सम्बन्धको कुरा नगरेकै जाति ।”

जब उनले माया र सम्बन्धको कुरा नगयौ र माया र सम्बन्धमा पर्नु छैन भने,मेरो मनमा चिसो प¥यो । आफ्नो मनको कुरा व्यक्त गर्न जरुरी देखिन र मनको कुरा मनमै राखे । बाहिर मुस्कुराए पनि मन रुन थालेको थियो । सबै जना गफ गर्दै थिए भने, म चाँहि निराश । अनुजले मेरो मनको कुरा कहिले थाहा पाउने छैनन् । 

..................................................................................................................................................................

एक महिनापछि हाम्रो नतिजा आयो । अनुज कलेजको टपर भए भने मेरो राम्रो ग्रेड आएको थियो । त्यही क्रममा, अनुजले अमेरिकाको भिसाको लागि अपलाई गर्ने कुरा गरे र अर्को हप्ता अन्तर्वार्ता छ भने ।मैले बधाई दिए । उनले मुस्कुराए । वास्तमा मेरो मन दुःखी भयो ।

नभन्दै एक हप्तापछि उनको भिसा लाग्यो र दुई हप्तापछि जाने भएका थिए । उनको भिसा लागेपछि,मैले पनि अमेरिका जाने तयारी गरे तर अपसोस् मेरो भिसा रिजेन्ट भयो । तीन चोटिभन्दा धेरै प्रयास गरे तर रिजेन्ट भयो । पछि अष्ट्रेलिया जान पनि गरे । त्यो पनि भएन र मैले नेपालमा नै पढ्ने निर्णय गरे । 

अनुज अमेरिका पुगे र म पुतलीसडकमा पढ्न थाले । उनलाई कहिले काँही फेसबुकमा म्यासेज पठाउथे । यसरी नै समय बित्दै गयो । मेरो मास्टस् डिग्री पनि सकियो । सकिएपछि मैले फेरि अमेरिका जान प्रयास गरे तर मेरो भाग्यमा बाहिर जाने लेखेका रहेन छ । फेरि मेरो भिसा रिजेन्ट भयो । 

“अनि म जागिर खोज्ने क्रममा तपाईको अफिसमा आए । मेरो भाग्यमा माया नै लेखिएको छैन ।” अनु बोल्दै थिइन् र म उनीको नजिक गए र हाम्रो आँखा जुध्यो । त्यसको साथ साथै हाम्रो ओठ नजिक आयो र हामी एक अर्कोलाई चुम्बन थाल्यौ । मन कति रमाएको थियो आफैलाई नै थाहा थिएन । 

२१

चार महिनापछिको कुरा हो । दिउँसोको समय थियो । हामी कोठामा थियौ र हामी एक अर्कोको शरीरसँग खेल्दै थियौ । त्यही क्रममा, ढोकाको आवाज आयो र हेर्दा त रक्की भित्र थिए । हामीलाई देखेर अचम्म पर्नुको साथ साथै रिसाएका थिए । हामी दुवै जनालाई यो अवस्थामा के गर्ने भएको थियो । अनु हत्तारिदै लुगा लगाएर बाहिर निस्किन् । उनी त निस्किन् तर रक्कीलाई रिस उठिरहेको थियो र रिसाउँदै भने,“के हो तेरो ताल ? यो म के देख्दे छु ? तँ महिला भएर अर्को महिलासँग सम्बन्ध राख्ने ? म हुँदा हुँदै अर्को महिलासँग सम्बन्ध राख्ने ? यो कहिलेदेखि चलिरहेको छ ?”

रक्कीले आफ्नो वेल्ट निकाल्छन् र मलाई हिर्काउन थाल्छन् । त्यही क्रममा, अनु भित्र छिरिन् र मलाई बचाउन थालिन् । रक्कीलाई हेर्दै भनिन्,“प्लिज, उहाँलाई केही नगर्नु । गल्ती मेरै हो । उहाँलाई छाडिदिनुहोस् । उहाँको केही गल्ती छैन ।” अनुले मलाई बचाउने क्रममा थिइन् । रक्कीले अनुलाई हिर्काउन प्रयास गदैै थिए तर म उनीको अगाडि गए र भने,“कृपया, तिमी यहाँबाट जाऊ ।” अनु मानेकी थिइनन् । मैले धेरै आग्रह गरेपछि मात्र त्यहाँबाट निस्किन् । मनले नमानि नमानि उनी निस्किन् । यस दिन मलाई नराम्रोसँग पिटेका थिए । भोलिपल्ट उठ्न पनि सकेको थिइन । 

म निकै दिन अफिस गइन । उठ्न अवस्था नै थिएन । निकै गाह्रो भएको थियो । अनुलनई फोन गरे बोलाउन मन थियो तर आँट गरिन । जसको कारणले म धेरै खुशी भएको थिए,ममेरै कारणले दुःख पाइन् । रक्कीको बास घरमा थिएन । कता हिड्छन् केही भन्दैन थिए । मलाई उनको बारेमा केही थाहा हुँदैन थियो । मिडियाहरुबाट थाहा हुन्थ्यो । 

...................................................................................................................................................................

केही दिनपछिको कुरा हो । मलाई केही हद्दसम्म निको भएको थियो तर म अफिस गएको थिइन । सुरक्षाले धेरै चोटि फोन गरेकी थिइन् तर मैले फोन उठाको थिइन । पछि म्यासेज पठाए कि म बिरामी छु । एक हप्तापछि आऊ छु । उनीले हुन्छ भनिन् । 

बिहानको समय थियो । म किचेनमा थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । म ढोका खोल्न गए र ढोका खोल्दा अनु थिइन् । म अचम्म पर्दै भने,“तिमी यहाँ ?”

अनु केही नभनिकन भित्र छिरिन् । म उनीको पछि पछि लागे । हामी बैठक कोठामा थियौ । मेरो अनुहारमा घाउ थियो र मेरो घाउ देखेर अनुले भनिन्“यो घाउ ? रक्कीको कारणले ?”

“तिमी अबदेखि मलाई भेटन् नआऊ ?” मैले उनलाई हेरिकन भने । 

“तर किन ? मेरो प्रश्नको जवाफ यो त होइन ?”

“तिमीलाई थाहा छ त किन भनेर ।”

“तपाई यहाँबाट दूर जानुहोस् । तपाईको साथमाम म छु ।” अनु मेरो नजिक आएर भनिन् । 

“म रक्कीलाई छोड्न सक्दिन ।”

“तपाई यस्तो जिन्दगी किन बाँच्नु हुन्छ ? तपाईको बाँच्ने अधिकार छैन र ?”

“हामी बीच जे भयो, त्यो सबै बिर्सिदेऊ । हामी बीच केही छैन ।”

“हाम्रो सम्बन्धबारे बिर्सिदेऊ ला तर यस्तो नर्गको जिन्दगी कसरी बाँच्नु हुन्छ ?”

“यदी तिमीले मलाई आफ्नै सोच्छौ भने, मलाई बिर्सिदेऊ । मलाई भेट्न बस्ट नगर । हामी बीच जे भयो, त्यो अज्जानमा भयो । बिर्सिदेऊ । म आफ्नो संसारमा खुशी छु ।”

अनु केही भन्न खोज्दै थिइन् तर मैले बोल्न दिइन र उनी केही नभनिकन निस्किन् । उनी रिसाएकी थिइन् । उनीसँगको अन्तिम भेट थियो । म अनु गएको हेरिरहेको थिए । हामी दुवै जनाको आँखाहरु आँसुले भरिएको थियो । हामी दुवै जना समलिङ्गी त थिएनौ तर हामीलाई एक अर्कोको जरुरत थियो । भावनात्मकको सम्बन्धको जरुरत थियो । म एक प्रकारले खुशी थिए किनकि अनुको कारणले म केही समय खुशी भएको थिए । दुःखी यस प्रकारले कि मैले असल मित्रलाई गुमाएको थिए । 

अर्को दिन, उनीले राजीनाम दिइन् र केही दिनपछि अफिस छोडिन् । मेरो मन धेरै रोएको थियो र भारि पनि । त्यस भेटपछि हाम्रो भेट कहिले भएन । अनुको याद आउँदा हामी दुवै भएको फोटो हेर्न गरेको छु । म उनीलाई सम्झिरहे छु । सधै भरिको लागि ।


Comments

Popular Posts