टिकटकवाली

 १

कोरोना नेपालमा बढेको बढै थियो । त्यसैले नेपाल सरकारले फेरि लकडाउनको घोषणा गरेको थियो । घरमा बस्दा बस्दै वाक्क दिक्क भएको थिए । जागिर नपाएर मैले आईएलटीएसको तयारी गरेको थिए सन् २०२० मा कोरोना र लकडाउनको कारणले मैले जाँच दिन पाइन । कोरोना कम भएपछि मैले जागिर खोज्न थाले तर पाएको थिइन । 

अहिले पनि खोज्दै छु । म खाटमा बसेको थिए र मोबाइल चलाउदै थिए । त्यही क्रममा, मैले टिकटिक खोले । आफूले त टिकटक बनाएको थिइन । अरुको मात्र हेर्थे । त्यही क्रममा, मेरो नजर एउटा भिडियोमा प¥यो । ‘हर घडी नजरमे हे चेहरा तेरा’ भन्ने गीतमा अभिनय गरेकी थिइन् एक जनाले । म हेरेको हेरै भएको थिए । अनुहारको अभिनय धेरै राम्रो लागेको थियो । धेरै चोटि हेरे त्यो भिडियो र त्यो भिडियो सेभ पनि गरे । उनीको अनुहार पूर्व राजकुमारी हिमानी शाह जस्तो । सुरुमा त सोचे कि पूर्व राजकुमारी हिमानी शाह होला तर पछि नाम हेरे पछि पूर्व राजकुमारी हिमानी शाह होइन रहेछिन् । मैले नाम हेरे र नाम रहेछ सोफि–१३ थियो । मैले त्यही नाम फेसबुकमा खोजे । भेट्न त भेटे तर साथी बनाउन नमिल्ने रहेछ । केही फोटोहरु हेर्न मिल्ने रहेछ र मैले फोटोहरु हेर्न थाले । फोटोहरु हेर्दै लभ परेको थियो । मलाई उनीसँग भेट्न मन लाग्यो तर कसरी ? यस रात म सुत्न सकिन । उनको तस्बिर मेरै अगाडि नाचि रहेको थियो ।

म टिकटक हेर्न क्रममा थिए । त्यही क्रममा, सोफि टिकटक लाइभमा आइन् । मलाई लाइभ हेर्न हतार भयो । लाइभमा गए । जब लाइभमा गए र बोलि सुने, म सुनेको सुनै भए । मैले हाई भनि टाइप गरे र उनीले मेरो म्यासेज पढिन् र हाई भनिन् । म निकै खुशी भएको थिए । आएको १० मिनेटमै उनीको लाइभ बन्द भयो । म निराश भए । निराश भए तापनि अर्को दिन लाइभ आउँछिन् भन्ने आश थियो । अर्को दिन टिकटक खोले तर उनी लाइभ आइनन् । हर दिन उनी लाइभ आओस् जस्तो लाग्ने । 

 एक हप्ता भएको थियो उनी लाइभ नआएको । मेरो मन छटपटीन थाल्यो । अनि म उनको टिकटक खोले र हेरे । नयाँ भिडियोहरु थिएन । पूराना हेर्दै बसे । मैले पूराना भिडियोहरु हेर्दा मैले थाहा पाए कि उनी बौद्ध जादि रहेछिन् । मन एक प्रकारले खुशी भयो किनकि म पनि प्राय  बौद्ध जाने गर्छु । बौद्ध मेरो मन पर्ने ठाउँ हो । 

बिस्तारै लकडाउन खुकुल्लो हुँदै गएको थियो । मानिसहरुको भीड भाड बढ्दै थियो र कोरोना पनि । म चाँहि साउथ ईडियन फिल्म हेर्दै थिए र त्यही क्रममा, मेरो मोबाइलमा नोडिपिकेसनको आवाज आयो । टिकटकको नोडिपिकेसन थियो र सोफि लाइभ आएकी थिइन् । उनी प्राय त्यही लाइभ आउँदिन रहेछिन् । उनीले आफैले भनेकी थिइन् । सोफि लाइभ आउन त आइन् तर पाँच मिनेटपछि अप भइन् । म निराश भए र त्यसको साथ साथै खुशी थिए । उनी जाने ठाउँ त पत्ता लगाएको थिए । 

म हर रोज बोद्ध कोरामा जान थाले । उनी आउने आशामा थिए तर दुई हप्तासम्म आइनन् । मलाई निकै रिस उठेको थियो । मलाई के गर्ने भएको थियो । को माथि रिस पोख्ने जस्तो भयो । रातभर उनी किन आइनन् भन्ने प्रश्न आइरह्यो । कहाँ गइन् ? टिकटक पनि कम बनाउन थालेकी थिइन् । म छटपटीन थाले । म दिन प्रति दिन उनको लागि पागल भएको थिए । जति म उनीको फोटोहरु र भिडियोहरु हेर्थे उति नै म उनी प्रति आकर्षित हुँदै थिए । एक दिन अति नै भयो भनेर मैले सोसल मिडिया नै बन्द गरे तर के गर्नु उनीको तस्बिरले मेरो पिछा नै छोडेन । सपनामा उनै हुन्थ्यो र विपनामा पनि उनी नै हुन्थिन् । कहिले काही लाग्थ्यो बेकारमा टिकटक चलाए छु जस्तो लाग्ने । नचलाएको भए हुन्थ्यो । उनी प्रति म पागल हुने थिइन । यो पागलपन हो, आकर्षत हो वा माया थियो मैले थाहा पाएको थिइन । 

दुई हप्तापछिको कुरा हो । म बौद्ध कोरामा थिए । दिउँसोको ३ः४५ बजेको थियो । म कफी पिउँदै मोबाइल चलाउँदै थिए । त्यही क्रममा, मेरो आँखा कोठातिर गयो । सोफि भित्र छिँदै गरेको देखे । उनी आफ्नो साथीहरुसँग आएकी थिइन् । जीन्स पाइन्टको साथ साथै सेतो टि–सर्ट लगाएकी थिइन् । कपाल निकै लामो र बाक्लो थियो । तस्बिर र भिडियोहरुभन्दा पनि साँच्चिकैमा राम्ररी थिइन् । उनी आफ्नो साथीहरुसँग हाँस्दै क्याफेमा छिरिन् । उनीको मुस्कान कति राम्रो हो । मानिस नै घायल हुने । म त फिदा नै भए । 

सोफि र उनीको साथीहरु म बसेको टेबुलको पछाडि बसेका थिए । मज्जाले गफ गर्दै हाँस्दै थिए । केही समयपछि मः म, चाउमिन र कफी अर्डर गरे । उनीलाई म जस्तै कफी मन पदो रहेछ । म उनीको नजिक गएर बोल्न चाहन्थे तर सकिन । आँट आएन । म उनीहरुको गफ सुदै थिए । राम्रोसँग सुनेको थिइन तर पनि सुन्ने प्रयास गरिरहेको थिए । उनी हाँसको कस्तो सुहाएको । म पछाडि फर्किदै उनीलाई हेर्थे । उनी हाँसेको हेरिरहन मन लाग्ने । म उनीको अगाडि गरेर बोल्न चाहन्थे तर सकिन । ममा आँट नै आएन । म टेबुलबाट उठ्न सकेको थिइन । केही समयपछि उनीहरु क्याफेबाट निस्के र म पनि निस्के । मैले उनीहरुलाई पिछा गरे । पिछा गर्दा गर्दै म सोफिको घरसम्म पुगेको थिए । उनीको घर पाटनमा थियो । म निकै खुशी भएको थिए । मैले उनीको घर जो पत्ता लगाएको थिए ।

घर पत्ता लगाएपछि म हररोज उनको घरको आसपास हुन थाले । उनको घरको नजिक चिया पसल थियो र म त्यही चिया पसलमा आफ्नो दिन चर्या लगाएको थिए तर एक दिनको कुरा हो । म चिया पिउँदै थिए । त्यही क्रममा, उनी छातमा आइन् । उनी कपाल टावलले पुस्दै थिइन् । म उनीलाई हेरेको हेरै भए र त्यही क्रममा, उनीले मलाई देखिन् र म पछाडि फर्किए । यो क्रम धेरै दिनसम्म चलिरह्यो । 

दुई हप्तापछिको कुरा हो । म चिया पिउँदै थिए । त्यही क्रममा, सोफि मेरो नजिक आइन् र भनिन्,“तपाई कस्तो खाले मान्छे ? अबदेखि मेरो पिछा गर्ने होइन ?” उनी रिसाउदै गइन् । म चाँहि खुशी भए । उनी मसँग बोल्न त आइन् । यस दिन मलाई निद्रा लागेन । म उनीलाई सम्झेर मुस्कुराएको थिए । उनीलाई सम्झन्दै म कति बेला निदाए छुमलाई नै पत्ता भएन । 

अर्को दिन पनि म त्यही चिया पसल गए । म उनीको प्रतिक्षामा थिए तर मैले उनीलाई देखिन । धेरै दिनसम्म उनीलाई मैले नदेखेको । उनीलाई नदेख्दा मेरो मन छटपटिन थाल्यो । त्यसको साथ साथै उनीर्ला टिकटकको लाइभमा नदेखेको धेरै दिन भइसकेको थियो । आफूलाई सम्हाल्न सकेको थिइन । 

उनीलाई मैले घरमा नदेखेपछि म उनी जाने ठाउँमा गए । एक हप्तासम्म आइनन् । के गर्ने कसो गर्ने भयो । पछि मैले उनीको फेसबुक हेर्न थाले । उनी कुन कुन ठाउँमा जान्छिन्, ती ठाउँहरुको नाम टिपे र ती ठाउँहरुमा जान थाले । हुन त लकडाउन खुकुल्लो भए तापनि कोरोनाको कारण उनी नआएको हुन सक्छ । सोफिलाई नभेटे पनि मेरो आश मरेको थिएन । मलाई आशा थियो कि उनीसँग मेरो जरुर भेट हुने छ । नभन्दै उनीसँग मेरो भेट महाराजगंजको एक क्याफेमा भयो । मलाई थाहा पाइसकेको थिए कि उनी यस क्याफेमा आइरहछिन् भनेर । उनी आफ्नो साथीहरुसँग कफी पिउँदै थिइन् । त्यही क्रममा, म उनीको नजिक गए र भने,“हाई ।”

मलाई अचम्म पाराले हेर्दै भनिन्,“तपाई त्यही व्यक्ति होइन जो मलाई पिछा गरेर मेरो घरमा आउनु भएको ?”

“हो, तपाईले मलाई कस्तो चिन्नु भएको ।” म मुस्कुराउदै कुर्सीमा बसे । 

म बसेको देखेर सोफिले भनिन्, “तपाई किन कुर्सीमा बस्नु भएको ? मैले बस्नु भनेको थिए र ? हामी एक अर्कोलाई चिन्छौ र ?” उनी रिसाउदै भनिन् । 

“तपाई नरिसाउनुहोस् न । हुन त तपाईलाई रिसाएको पनि राम्रो देखिदो रहेछ ।”

“तपाई पागल हुनुदो रहेछ ।”

“हो । तपाईलाई देखेपछि म पागल भएको हूँ ।”

उनी रिसाउदै आफ्नो साथीसँग क्याफेबाट निस्किइन् । म चाँहि उनको पिछा गरे । म उनीलाई हरपल पिछा गर्थे । म उनलाइृ पाउन चाहन्थे । मलाई उनीले देखेर वाक्क दिक्क भएकी थिइन् । एक दिन त म उनको अफिस पुगे र उनी मलाई देखेर अचम्म परिन् र भनिन्,“तपाई हुँदा हुँदै मेरो अफिससम्म आइपुग्नु भयो ।”

“म तपाईलाई भेट्न आएको ।” मैले मेरो हातमा भएको रातो गुलाफ सोफिलाई दिए । 

उनीले रिसाउदै गुलाफ भुँइमा पालिन् र मलाई हेर्दै भनिन्,“तपाई के चाहन्नु हुन्छ ?”

“म तपाईलाई चाहन्छु ।”

“के ?” उनी छक्क परिन् ।

“हो । म तपाईलाई चाहन्छु ।”

“हामी एक अर्कोलाई राम्ररी चिन्दैनौ ।” उनी अझै रिसाएकी थिइन् । 

“मेरो नाम अमित दाहाल हो । म चाबहिलमा बस्छु । मैले आईटी पढिसके र जागिरको खोजीमा छु । बाँकी त पछि भेट्दै गएपछि थाहा भइहाल्छ नि ।”

“तपाई यहाँबाट निस्किनुहोस् । मलाई तपाईसँग दोस्ती गर्नु छैन । अबदेखि मेरो पिछा नगर्नुहोस् । यदी पिछा गर्नुभयो भने, म पुलिसलाई खबर गर्छु ।” उनीले रिसाउदै भनिन् । म केही भन्न खोज्दै थिए तर उनी क्यामिनमा गइन् । म उनी गएको हेरिरहे । अब म के गर्नु ? म उनलाई धेरै माया गर्छु, त्यो पनि आफूभन्दा धेरै । उनीलाई मैले देखिन भए, म पागल झै हुन्छु । सोफिले पिछा नगर्नु भनिन् तर पिछा नगरि कसरी उनीको बारे थाहा पाउने । 

मैले उनीलाई पिछा नगरेको डेढ हप्ता भएको थियो । सायद मैले पिछा नगर्दा उनी खुशी भएकी छिन् होला तर म चाँहि दुखि भएको थिए । म जति उनीबाट दूर जान खोजे तर मैले सकिन । झन् उनको नजिक गए जस्तो भएको थिए । डेढ हप्तासम्म उनकै यादमा डुबेको थिए । डेढ हप्त नदेख्दा मेरो हालत के भएको थियो आफूलाई नै थाहा छैन । पानी बिनाको माछा जस्तो भएको थिए । म उनीलाई नभेटिकन बस्न सकिन । त्यसैले म त्यही चिया पसलमा गए । म उनको प्रतिक्षामा थिए । एक घण्टापछिको कुरा हो । म तेस्रो चोटि चिया पिउँदै थिए । त्यही क्रममा, मैले उनीलाई एक केटा मान्छेसँग देखे । मलाई रिस उठेको थियो । रिसभन्दा ईष्र्या भएको थियो । मेरो हातमा भएको चियाको ग्लास भुँइमा खसो । मेरो हातमा कति बेला चोट लाग्यो थाहा पाइन । पछि मात्र थाहा पाए । दुवै जना कता गए मैले थाहा पाइन । म बाहिर निस्किए । चिया पसलको दाई मलाई कराउदै हुनु हुन्थ्यो तर मैले त्यो दाईको कुरा नसुनिकन म पसलबाट निस्किए । 

म हररोज दुवै जनाको पिछा गर्थे । दुवै जनालाई सँगै हेर्न सकेको थिइन । आफूलाई सम्हाल्न सकिन । ईष्र्याले म डुबिसकेको थिए र आगो भइसकेको थिए । उनीलाई मैले नपाउने जस्तो भयो । मलाई के भएको थियो । 

दुई हप्तापछिको कुरा हो । मैले दुई जनाको पिछा गर्ने क्रममा बौद्ध पुगेको थिए । दुवै जना एउटा क्याफे छिरे र म पनि छिरे । उनीहरुले नदेख्ने गरि मैले दुवै जनालाई हेरिरहे । दुवै जना मुस्कुराएका थिए । मलाई दुवै जना मुस्कुराएको मन परेको थिएन । सहन सकिन र दुवै जना भएको ठाउँमा गए । सोफिले मलाई देखेर छक्क परिन् र अचम्म पनि । अनि भनिन्,“तपाई यहाँ ?”

“हो । म यहाँ ।” म रिसाउदै भने । 

“तपाई हुँदात्श हुँदै यहाँ ?” उनी कुर्सीबाट उठिन् । उनीसँग भएको व्यक्ति पनि उठे र भने,“तिमीहरु एक अर्कोलाई चिन्छौ ?”

त्यही क्रममा, सोफिले सबै कुरा व्यक्त गरिन् । मैले ती व्यक्तिको नाम थाह पाए । राहूल रहेछ । सबै कुरा सुनिसकेपछि राहूलले भने,“हेर्नुहोस्, तपाई उनीको पिछा नगर्नुहोस् । सोफि र म एक अर्कोलाई मन पराउछौ । हामी छिटै बिहे गर्दै छौ । त्यसैले सोफिलाई पिछा गर्न छोडिदिनुहोस् ।”

”यो हुन सक्दैन ।” मैले ग्लास पुटाइदिए । सोफिलाई के गरुँ भयो । यता र उता हेरिन् । सबै जनाले हामीलाई हेर्दै थिए । मैले अरुको वास्ता गरेको थिइन । 

“तिमीलाई थाहा छैन कि म तिमीलाई कति माया गर्छु भनेर ।” 

“मलाई त्यो जान्नु जरुरी छैन । राहूल यहाँबाट जाऊ ।” अनि दुवै जना त्यस क्याफेबाट निस्किए । म पागल भइसकेको थिए । राहूललाई मार्दिन मन लाग्यो । रिस पनि उठिरहेको थियो । 

भोलिपल्टको कुरा हो । म उनीको घरको नजिकको पसलमा थिए । म सोफिलाई कुरेर बसेको थिए । एक घण्टापछि मैले उनीलाई देखे र म उनीको नजिक गए । उनीले मलाई देखिन् र मलाई रिसाएर हेरिरहिन् । रिसाउदै मलाई भनिन्,“तपाईले मलाई कति वाक्क दिक्क लगाएको ? कति पिछा गरेको ? म हैरान भइसकेकको छु । अब त पुलिसमा तपाईको सिकाएत गर्छु ।”

“खासमा, म तपाईसँग माफी माग्न आएको हूँ । मैले जे गर्नु हुँदैन थियो, त्यो मैले गरे । खासमा हिजोको लागि म माफी माग्न चाहन्छु । मलाई थाहा छ कि तपाईले मलाई माफ गर्नु हुदैन । तै पनि म माफी माग्न चाहन्छु । अबदेखि म तपाईको पिछा गर्ने छैन ।” यति भनेर म निस्किए ।

उनीको अनुहारको भाव अर्के भएको थियो । यस पश्चात् मैले उनको पिछा छोडेको थिए । मनमा अशान्त छाएको थियो । मलाई उनीको कुराले छोएको थियो । उनीलाई पाउन मैले जागिर खोज्न थाले । जागिर खोज्ने क्रमको दुई हप्तापछिको कुरा हो । मैले एउटा आईटी कम्पनीम काम पाए । कार्यक्रम सहायकको पोसिसन थियो । पोसिसन सानो भए पनि काम चाँहि धेरै गर्नु पर्ने । धेरै व्यस्त भएको थिए । आफ्नो लागि समय नै पाएको थिइन । जागिर पाएकोमाम धेरै खुशी भएको थिए । 

धेरै दिन भइसकेको थियो म बाहिर ननिस्केको । त्यसैले शुक्रबार आफ्नो काम सकेर बारमा गए । बेलुकाको ७ः३० बजेको थियो । म नजिकैको बारमा गए । बार निकै भीड थियो । त्यही भीडमा मेरो नजर सोफि र राहूलमा पुग्यो । दुवै जना कुनाको टेबुलमा बसेका थिए र दुवै जना मुस्कुाएका थिए । म नजिक जान सकेको थिइन र त्यही क्रममा, मैले कति रक्सी पिए आफूलाई नै थाहा छैन । आफूलाई सम्हाल्न सकेको थिइन । केही समयपछि मैले सोफि र राहूललार्ई बारबाट निस्केको देखे र म पनि पछि लागे । दुवै जना बाईकमा थिए । मैले बाईक कसरी चलाए आफूलाई नै थाहा छैन । मैले चलाए तर मेरो कारणले गर्दा हामी तीनै जनाको दूर्घटना भएको थियो । 

हामी तीनै अस्पतालमा थियौ । जब मैले आँखा खोले, म बेडमा थिए । म उठ्न खोजेको थिए तर सकिन । केही क्षणपछि नर्स मेरो नजिक आइन् र नर्सलाई देखेर मैले भने,“म यहाँ ?”

“तपाईको बाईक दूर्घटना भएको हो र अरु दुई जनाको बाईक दूर्घटना भएको छ ।”

“कसको ?” म आत्तिदै भने ।

“राहूल र सोफि ।”

“दुवै जनालाई कस्तो छ ?”

“सोफिको मृत्यु भइसकेको छ ।”

“के ?” म उठ्न खोज्छु तर सक्दिन । म उठ्न खोजेको देखेर नर्सले भनिन्,“अरे, तपाईले यो के गर्दै हुनु हुन्छ ?”

“म एक पटक सोफिलाइ भेट्न चाहन्छु ।”

“तपाईका हालत राम्रो छैन । तपाई उठ्न पनि सक्नु हुन्न । तपाईलाई आराम चाहिएको छ ।”

मैले अन्तिम समयमा सोफिलाई हेर्ने पाइन । त्यसको साथ साथै मेरो कारणले सोफिको मृत्यु भएको हो । त्यस दिन मैले धेरै रिस र ईष्र्या नगरेको भए हुन्थ्यो । मैले रिस र ईष्र्या नगरेको भए हुन्थ्यो र आफ्नो पागलपन नदेखाएको भए हुन्थ्यो । मेरै गल्तीको कारण उनीको मृत्यु भयो । 

बिस्तारै हामी दुवै जना निको भयौ । राहूलले मेरो कारणले दूर्घटना भएको भनेनन् । सायद मेरो सजाय यो थियो कि म हररोज उनकै यादमा डुब्ने छु र आफ्नो गल्तीको महशुस गरुँ । मेरो र राहूलको भेटघाट कहिले भएन । मेरो कारणले उनले मेरो माया पाएनन् न त मैले सोफिको दोस्ती नै । 

Comments

Popular Posts