दस वर्षपछिको याद
१
बिहानको ७ः०० बजेको थियो । म शंख पार्कमा जगिंग गर्दै थिए । म जगिंग गर्ने क्रममा, एक मिठो वास्ना आयो । त्यो मिठो वास्नाले मलाई दस वर्ष अगाडिको याद दिलायो । अनि म वास्नाको पछि लागे तर कोही भेटिन । यो वास्ना मेरी पूर्ण प्रेमिका सोफियाको थियो । मैले नै उपहार दिएको थिए । हामी दुवै जनालाई राम्रो लाग्थ्यो यो वास्ना । सुरुमा सोचे कि यो मेरो भ्रम हो । म उनको याद यति धेरै समय डुबेको थिए कि हरेक वास्ना र अनुहारमा उनीलाई देख्थे ।
यो वास्ना धेरै दिनसम्म आइरह्यो । म चाँहि पिछा गरिरहन्थे तर कोही भेटिन थिए । सोफिया त अमेरिकामा छिन् । कसरी नेपालमा आउन सक्छिन् । धेरै दिनहरुसम्म मेरो मनमा धेरै कुराहरु खेलाउन थाले । सायद सोफिया अमेरिकाबाट फर्केकी हुनुपर्छ या मेरो भ्रम ।
उनीलाई भेट्न मन लागेर आयो । म छटपटाउन थाले । भोलि कतिबेला हुन्छ र सोफियाको घर जान मन लाग्यो तर सोफियाको आमाले भेट्न दिनु हुन्छ कि दिन्नु हुन्न भन्ने भयो । हिम्मत जुटाएर भोलि भेट्ने योजना गरे ।
भोलिपल्टको कुरा हो । म शंख पार्कमा जगिंग सकेर सिधै सोफियाको घर गए । सोफियाको घर शंख पार्क नजिक थियो । दस मिनेटमा पुगिथ्यो । मन डराइरहेको थियो । म ढोकाको घण्टी बजाए । केही समयपछि सोफियाको आमाले ढोका खोल्नु भयो । मलाई देखेर अचम्म हुनुको साथ साथै नर्भस हुनु भएको थियो । हामी दुवै जनाको एक अर्कोलाई हे¥यौ मात्र । केही क्षण मौन थियौ । वातावरणको मौनता तोड्दै मैले भने,“नमस्ते ।”
“नमस्ते ।” अप्ठ्यारो मान्दै हुनु हुन्थ्यो ।
“आटी । सोफिया अमेरिकाबाट फर्केको हो ?”
“होइन, अमित । उनी अमेरिकामै छ । तीन वर्षपछि आउँछु भन्दै थिइन् ।”
“ए ।” मैले यति भनेर निस्के । निस्कन त निस्के तर मलाई किन किन सोफियाको आमाले झूट बोल्दै हुनु हुन्छ । उहाँ नर्भस् हुनु भएको थियो । केही लुकाउनु भएको थियो । सायद सोफिया आएकी थिइन् होला तर मलाई नभन्नु भएको होला । सायद दस वर्ष अगाडिको कुरा अहिलेसम्म बिर्सेकी छैनन् होला । त्यसैले मसँग बोल्न र भेट्न नखोजेको ।
२
म हर रोज उनीको घरको आस पास हुन्थे । कहि सोफियालाई भेट्छु कि आश थियो मैले उनीलाई देखिन । केही दिन नदेखेपछि मैले सोचे कि मेरो भ्रम होला । मैले सोफियालाई देखेको होइन होला तर एक दिनको कुरा हो । म शंख पार्कमै थिए । त्यही क्रममा, मैले सोफियालाई शंख पार्कबाट निस्केको देखे र म उनीको पिछा गरे । उनी आफ्नो घरतिर गइन् । म अचम्म परे । सोफियाको आमाले किन झूट बोल्नु भएको हो ?
मैले धेरै दिनसम्म सोफियाको पिछा गरे तर बोल्ने आँट गरिन । सोचे कि समय आएपछि म उनीसँग बोल्ने छु । मैले उनीलाई एक हप्तासम्म पिछा गरे । आँट बटुल्दै थिए र एक दिन म आँट गरेर बोल्ने निर्णय गरे ।
शनिबारको दिन थियो । दिउँसोको २ः०० बजेको थियो सायद । म सोफियाको घर अगाडि भएको चिया पसलमा थिए । दस मिनेटपछि उनी घरबाट निस्किन् । म उनको पिछा गरे । उनी नयाँ बानेश्वरको क्याफेमा छिरिन् । म पनि छिरे । उनी दायाँको कुनामा बसिन् । म चाँहि बाँयातिर, उनी आफ्नै सूरमा थिइन् र मलाई देखिनन् । म उनीलाई हेर्दा लाग्छ कि उनी कसैलाई कुरिरहेकी छिन् । त्यही क्रममा, एक व्यक्ति उनी भए ठाउँमा आए र गफ गर्न थाले । दुवै जना खुशी देखिन्थे । दुवै जनालाई देखेर मलाई ईष्र्या भयो । म अहिलेसम्म सोफियालाई नै माया गर्छु । उनी प्रतिम मेरो भावना कहिले कमी भएको थिएन र अहिले पनि छैन । दुवै जनालाई हेरिरहे र जति हेन्थे, मनमा शङ्का हुन थाल्यो । बस्न सकिन र दुवै जनाले थाहा नपाउने गरि क्याफेबाट निस्के ।
दुवै जना प्राय ः भेटिरहेका हुन्छन् । दुवै जना खुशी नै थिए । दुवै जनालाई देख्दा आफ्नो अतितमा पुगे । सोफिया र म निकै खुशी थियौ । कति रमाइलो गथ्यौ तर एउटा सानो कुराले हामी छुटियौ । सोफियाले मेरो कुरा सुन्दै सुनिनन् । सुनेको भए, आज हामी छुटिने थिएनौ ।
३
अतितको कुरा हो । म ल पढिसकेको थिए र जागिर खोज्ने क्रममा थिए । नभन्दै मैले एउटा अफिसमा काम पाए । ल सम्बन्धि नै थियो । मैले काम गरेको दुई महिनापछिको कुरा हो । सोफिया अफिस काम गर्न थालिन् । उनी पनि ल विभागमा थिइन् । हामी एउटै विभागमा काम गथ्यौ । हामी प्रायसँगै हुन्थ्यौ । बिस्तारै हामीले एक अर्कोलाई मन पराउन थालेका थियौ । हामीसँगै धेरै ठाउँहरु धुमेका थियौ र फिल्महरु हेथ्यौ । यसरी नै हाम्रो सम्बन्ध एक वर्षसम्म राम्रोसँग चलिरहेको थियो ।
त्यसपछिका दिनहरु झगडा गरेर नै बित्यो । एक वर्षपछिको कुरा हो । अफिसमा एउटा नयाँ स्टाफ आएकी थिइन् । उनीको नाम निक्की थियो । उनी अर्को विभागमा काम गर्थिन् । सुरुका दिनहरुमा त्यस्तो केही भएको थिएन । सामान्य नै चलिरहेको थियो तर दुई महिनापछिको कुरा हो । निक्की मेरो नजिक आउन खोज्थिन् तर म त्यति वास्ता गर्दिन थिए । मैले वास्ता नगर्दा नगर्दै उनी मेरो पछि लागेकी थिइन् । मैले धेरै चोटि उनीलाई सम्झाउथे तर पनि मेरो पछि लागिन् ।
एक दिनको कुरा हो । निक्की मेरो क्यामिनमा आइन् । क्यामिनमा निक्की र म बाहेक अरु कोही थिएन । उनीले ढोका बन्द गरिन् र मेरो नजिक आइन् । जब उनी मेरो नजिक आइन्, मैले भने, “यो तपाई के गर्दै हुनु हुन्छ ?”
“माया ।” उनीले मुस्कुराउदै भनिन् ।
“यो हुन सक्दैन ।” म नर्भस् हुँदै भने ।
“किन ?” उनी झन् नजिक आउँदै भनिन् ।
“म अरुलाई नै माया गर्छु । यो गलत भइरहेको छ । म आफ्नो प्रेमीकालाई ढोका दिन्न सक्दिन ।”
“मलाई पनि माया गर्र्नुहोस् ।”
“यो हुन्न सक्दैन ।”
निक्की मसँग खेल्न खोज्दै थिइन् । त्यही क्रममा,सोफिया आइन् र हामीलाई देखेर छक्क परिन् । म झन् नर्भस् भए । सोफिया रिसाउदै त्यहाँबाट निस्किन् । म उनीको पछि पछि लागे ।
“सोफिया, मेरो कुरा त सुन ।”
“के सुन्नु ?” सोफियाले रिसाउदै भनिन् ।
“आँखाले देखेको सबै कुरा सत्य हुँदैनन् । तिमीले देखेको सत्य होइन ।” मैले सबै कुरा व्यक्त गरे तर सोफियाले विश्वास गरिनन् ।
“यो कहिलेदेखि चलिरहेको थियो ?”
“म सिर्फ तिमीलाई माया गर्छु । निक्की मेरो पछि लागेकी हुन् । म होइन ।”
सोफिया रिसाउदै अगाडि गइन् । मैले सोफियालाई सम्झाउन धेरै कोसिस गरे तर सकिन । यही कारणले हाम्रो सम्बन्धमा ब्रेक लागेको ।
४
म आफ्नो अतित सम्झेर भावुक भएको थिए । मैले सिर्फ सोफियालाई माया गर्थे र अहिले पनि गर्छु । म उनी बाहेक अरुलाई माया गर्न सकिन । समय बित्दै गयो तर उनी प्रति मेरो माया कहिले कम भएन ।
एक हप्तापछिको कुरा हो । म उनी जाने क्याफेमा गए र उनीलाई कुरेर बसे । केही समयपछि उनी आइन् । उनी कुनामा बसिन् र म उनी भए ठाउँमा गए । उनी मोबाइलमा व्यस्त थिइन् । मैले उनीलाई हेर्दै भने,“के म यहाँ बस्न सक्छु ?”
उनीले मलाई अचम्म पाराले हेरिन् र भनिन्,“तिमी यहाँ ?”
“हो, म यहाँ । म यहाँ बस्न सक्छु ?”
“हुन्छ ।”
म कुर्सीमा बसे । वातावरणमा मौनता छाएको थियो । हामीले एक अर्कोलाई हेर्न सकेका थिएनौ । खासमा गरि उनीले । वातावरणको मौनता तोड्दै मैले भने,“तिम्रो खबर के छ ?”
“ठीक छ ।”
“तिमी अमेरिकाबाट कहिले नेपाल फर्कियौ ?”
“दुई महिना भयो ।”
“ए ।”
त्यही क्रममा, एक व्यक्ति हाम्रो नजिक आए र सोफियालाई हाई भने । अनि मलाई हेरे र सोफियालाई भने,“उहाँ को हो ?”
“मेरो पूरानो साथी ।”
“हाई ।” मैले भने ।
“हाई । म सोफियाको श्रीमान् ।” उनले मुस्कुराउदै भने ।
म आकाशबाट झरे जस्तो भयो । मैले केही भन्नु अगाडि नै कथा समाप्त भयो । म केही नभनिकन त्यहाँबाट निस्के । उनीले मनको कुरा कहिले थाहा नपाउने भइन् । एउटा समस्याले गर्दा हामी छुट्टियौ । अब हामी कहिले एक नहुने भयौ ।
Comments
Post a Comment