पछुतो

म आज धेरै सफल भएको छु तर मेरो मन चाँहि खुशी छैन । मेरो पहिलो उपन्यास“मायाको भाव” सफल भएको थियो तर मनमा शान्त थिएन । सायद मैले आफूले गरेको पापले गरेर होला मन शान्त नभएको । मैले आफ्नो उपन्यासको लागि अनुलाई प्रयोग गरेको थिए । त्यक्ति बेला मायाको  नाटक गरे । त्यक्ति बेला मेरो आफ्नै प्रेमीकासँग थिए र अनुले गरेको मायालाई मैले बुझ्नि । जब मेरी प्रेमीका सोनियाले अर्कोको लागि भनि मलाई छोडिन् र मैले आफ्नो गल्ती बुझे । हर रोज अनुको मायाले सताउन थाल्यो । मैले बिस्तारै अनुको मायालाई महशुस गर्न थाले । जब महशुस गरे धेरै ढिला भइसकेको थियो । म अनुलाई भेट्न भनि उनी बसेको फ्लाटमा गए । उनी फ्लाटमा थिइनन् । पछि सोध खोज गरेपछि थाहा पाए कि उनले फ्लाट छोडेको धेरै महिना भइसकेको रहेछ । मनमा चिसो पसेको थियो । मैले अनुलाई धेरै ठाउँमा खोजे तर भेटिन । खोज्दा खोज्दै जिऊ थाकेको थियो तर मन थाकेको थिएन । म उसलाई भेटेर माफी माग्न चाहन्छु र त्यसको साथ साथै उनलाई अपनाउन चाहन्छु ।

उनको बारेमा मलाई थाहा थियो त्यसैले म अनुको बुबा आमालाई भेट्न भनि कंलकी गए । शनिबारको दिन पारेर म कंलकी गए । दिउँसोको १ः३० बजेको हुनुपर्छ । उनको घर खोज्दै जाँदा भेटे । अरु मान्छेहरुलाई खोज्दै गर्दा मैले घर पत्ता लगाए र मन गाह«ो हुँदै  म घरमा पुगे । मैले घण्टी बजाए । धेरै चोटि घण्टी बजाएपछि मात्र कोठामा एक जना आउनु भयो । सायद अनुको आमा हुनुपर्छ । मैले बाहिरबाटै नमस्ते गरे । उहाँले नमस्ते फरकाउदै भन्नुभयो,“तपाईलाई त मैले चिनिन न ।”

“म अनुको पूरानो साथी हूँ ।”

अनुको आमा भावुक हुनुभयो र मलाई भित्र छिर्न आग्रह गर्नुभयो । हामी बैठक कोठामा थियौ । केही क्षण मौन थियौ । मौनता तोड्दै मैले भने,“मैले अनुसँग सम्पर्क गर्न धेरै कोसिस गरे तर भएको छैन । हाम्रो साथीभाइहरुको भेट गर्न कोसिस गर्दै छौ । अनु अहिले कहाँ छिन् ?”

अनुको आमाका आँखाहरु रसाए । उहाँका आँखाहरु देखेर म आत्तिन थाले र भने,“मे भयो आमा ?किन रुन थाल्नु भयो ?”

“के चाँहि भएन बाबु ?अनु त धेरै बदलिन् । धेरै भएको थियो अनु र हाम्रो भेट नभएको । त्यसैले हामी उनको फ्लाटमा गयौ । उनी कही जाने तयारी गर्दै थिइन् । त्यतिल लमा उनीमा धेरै परिवर्तन आइसकेको थियो । उनी बिच बिचमा नचाहिने कुरा गर्थिन् । त्यति मात्र होइन बिच बिचमा उनी विराटको नाम लिन्थिन् । विराट को भनि सोध्दा केही जवाफ दिन जरुरी साचिनन् । पोखरा जान्छु भनि हिडेकी थिइन् । धेरै दिनसम्म नफर्केपछि हामी पनि पोखरा गयौ । हामीले अनुलाई कहाँ कहाँ खोजेनौ । अन्त्यमा हामीले अनुलाई गाडीको सोरुमको अगाडि विराट विराट भनेको सु¥यौ । उनको हालत देखेर हामी छकक प¥यौ । उनी त विराटको मायामा बौलाएकी  रहेछिन् । हामी नजिक जाँदा उनीमा केही प्रभाव परेन । हामी उनीलाई घर लेर जान चाहन्थ्यौ तर उनी मानेकी थिइनन् । विराट विराट भन्दे थिइन् । हामीलाई देखेर भागिन् र उनीलाई नियन्त्रण गर्न खोज्दै थियौ । त्यही क्रममा उनको गाडी दूर्घटना भयो र हामीले अनुलाई गुमाउनु प¥यो ।”

आमाको आँखा रसाए र मेरा पनि रसाए । मेरो कारणले अनुको मृत्यु भयो र अनुको परिवारले धेरै सहनु प¥यो । म आफ्नो फ्लाटमा गए । फ्लाटमा त गए तर मन खालि थियो । मैले लेखेको किताब हेरे । यो किताब हैर्दै रुन थाले । माफी नमाफी उनी यो संसारलाई छोडेर गइन् । मेरो आत्माले शान्ति कहिले पाउने छैन । म हरेक रोज उपन्यास हैर्दै उनलाई सम्झिने गर्छु । मलाई पछुतो छ कि मेरै कारणले मृत्यु भयो । म आफूलाई कहिले माफ गर्ने छैन । म उसकै यादमा डुबेको छु । 


Comments

Popular Posts