एक बेग्लै कथा


जूलाई ६, २०१८
शुक्रबार
१ः३० बजे 
भृकुटी मण्डप प्रदर्शनी
आज अमित श्रेष्ठको लागि विशेष दिन थियो । उनको आज तेस्रो उपन्यासको बुक लन्च् थियो । अमितले यसभन्दा अगाडि दुईवटा उपन्यास लेखेका थिए जुन असफल भएका थिए । “नँट् माई लभ” र “यूार नँट् माइन्” त्यक्ति सफल भएका थिएनन् । “अ डिफन्ट् लभ स्टोरी” अमितको तेस्रो उपन्यास हो ।

१ः३० बजिसकेको थियो । दर्शकहरुको सहभागिता धेरै कम थियो । सायद उनी त्यक्ति सफल नभएर होला दर्शकहरु उपस्थिति कम भएको ।

समयको सुइराले २ः०० बजे देखायो । त्यही क्रममा एक अग्लो केटा जसले अनौपचारिक लुगा लगाएका थिए । उनको कपाल लामो थियो । रे बनको चश्मा लकाएका थिए । उनी फिल्मको हिरो जस्तो देखिन्थे । उनी अगाडि बस्छन् ।

यही क्रममा एक युवतीले उनलाई हेरिरहेकी थिइन् । हुन त उनी धेरै किताबहरु पढ्छिन् तर उनले अमितको नाम कहिले सुनेकस् थिइनन् । उनीलाई अमित पहिलो नजरमा नै मन प¥यो ।

समिरा अधिकारीले कार्यक्रम संचालनको जिम्मा पाएकी थिइन् । उनीले उपस्थिति भएको लागि स्वागत गरिन् । यही क्रममा समिराले भनिन्,“अमितजी, तपाईलाई स्वागत छ । तपाईले यो उपन्यासभन्दा अगाडि दुई वटा उपन्यास लेखिसक्नु भएको छ । दुवै उपन्यास प्रेम विषयमा थियो । तेस्रो उपन्यास कस्तो विषयमा हो ?”

अमितले दर्शकहरुलाई स्वागत गर्दै भने,“मेरो दुई वटा उपन्यासहरु प्रेम कहानी नै थियो जुन असफल भए । सुरुमा मेरा उपन्यासहरु असफल हुँदा म धेरै दिनहरुसम्म डिप्रेस भएको थिए । पछि मैले फरक कथा लेख्नुपर्छ भन्ने सोच गरे । यो मेरो तेस्रो शीर्षक हेर्दा रोमाटिक उपन्यास जस्तो लाग्छ तर यो सस्पेन्स् कथा हो ।”

समिराले अमितलाई सोध्दै थिइन् भने पछाडि बसेकी युवतीले अमितको कुराहरु ध्यान दिएर सुनिरहेकी थिइन् । अमितकोे आवाजले उनलाई मोहित बनाएको थियो । अमितको आवाज आकर्षक थियो ।

समिर र अमितको अन्त्वार्तापछि समिराले भनिन्,“अब पालो भएको छ दर्शक र अमितजी बीच वार्तालाभ गराउदै छौ । त्यसैले हामीले थोरै मात्र प्रश्नहरु मात्र लिन्छौ किनकि हामीसँग समय कम छ । यो कार्यक्रमको अन्त्यमा लेखकको हस्ताक्षर कितबमा गर्नसक्नु हुन्छ ।”

पछाडि बसेकी युवतीले भनिन्,“नमस्ते । मेरो नाम शर्मा हो । मेरो प्रश्न चाँहि तपाईलाई के कुराले सस्पेन्स् लेख्ने सोच आयो ?”

“मलाई सिड्नी सेड्न मा पर्ने लेखक मध्ये एक हो । उनीको मात्र प्रभाव पनि छ । रोमाटिक उपन्यास प्राय सबै जनाले लेख्छन् । मैले पनि लेखे अब केही फरक लेख्ने योजना गरे ।”

केही प्रश्नहरु लिएपछि, बुक लन्च् कार्यक्रम समापन हुन्छ । अमित बाहिर बसेका थिए । उनले किताबमा हस्ताक्षर गर्दै थिए । त्यही क्रममा प्रिया नजिक आउछिन् । अमितले हस्ताक्षर गर्छन् ।

हस्ताक्षर पाएपछि प्रियाले भनिन्,“मैले तपाईको ईमेल ठेगाना पाउन सक्छु ?”

“हुन्छ ।” अमित खुशी हुँदै आफ्नो ईमेल ठेगाना दिन्छन् ।

एक हप्तापछिको कुरा हो । अमित आफ्नो लापटपमा ईमेल हेर्दै थिए । उनले प्रिया शर्माको ईमेल देख्छन् । उनले ईमेल खोल्छन् र पढ्न थाल्छन्ः–
प्रिय अमितजी,
             नमस्ते । म प्रिया शर्मा । म तपाईको बुक लन्च्मा उपस्थित थिए । मैले तपाईको किताबहरु पढेको थिइन । वास्तवमा भन्ने हो भने मैले तपाईको नाम नै सुनेको थिइन । मैले पढ्ने विधा ने वैग्लै भएर पनि होला तपाईको नाम नसुनेको । 

तपाईको तेस्रो उपन्यास“अ डिफ्रेन्ट लभ स्टोरी” पढे र पढिसकेपछि पछुताए । पछुताउनुको कारण तपाईको किताब पहिले नै किन पढिन । तपाईको उपन्यास साह«ै राम्रो लाग्यो । तपाईको लेख्ने शैली साह«ै राम्रो लाग्यो र सुरुदेखि अन्त्यसम्म पढूँ लाग्ने । म तपाईको प्रशंसक भएको छु । 

आशा छ, तपाईले योभन्दा पनि राम्रो उपन्यासहरु लेख्नु हुनेछ । तपाईको उपन्यास चलोस् । शुभकामना । 
                                                                                                                                  तपाईको पाठक 
                                                                                                                                     प्रिया शर्मा 

यो ईमेल पढिसकेपछि अमितको मुहारमा मुस्कान छाएको थियो । लेखक भएपछि यस प्रकारका ईमेल कम आएका थिए । यो ईमेल उनको लागि विशेष थियो, त्यसैले उनले प्रियालाई जवाफ फर्कोउने निर्णय गरे ।
प्रिय पाठक प्रियाजी, 
                  तपाईको ईमेलको लागि धन्यवाद । मलाई खुशी लाग्यो कि तपाईलाई मेरो किताब मन पराउनु भयो । तपाईको प्रतिक्रिया र सुभावको लागि पनि धन्यवाद । आशा छ आउँदो दिनहरुमा तपाईले मेरा किताबहरु पढ्नु हुने छ । 

फेरि पनि तपाईलाई मुरी मुरी धन्यवाद । 
                                                                                                                                   तपाईकै लेखक    
                                                                                                                                      अमित श्रेष्ठ
भाग्य बस्छ, अमितको तेस्रो उपन्यासको सफलता पाउछ र बेस्टसेलरको सूचीमा पर्छ । उनको उपन्यासले सफलता पाएपछि उनी यो संसारमा छैनन् जस्तो अनुभव गरे । उनी जता जतै छाएका थिए । उनको उपन्यास सफल भएपछि धेरैले फेसबुकमा फ्रेन्ड् रिक्वेस्ट् पठाउन थालेका थिए । यो सफलताले उनलाई अझै लेख्न प्रोत्साहित गयो ।


अमित लापटपमा लागि भनि केही खोज्दै थिए । यही क्रममा उनको फोनको घण्टी बज्छ । अमितले फोन नहेरि उठाउछन् ।

“हेलो ।” अमितले भन्छन् ।

“हेलो ।” एक युवतीले भन्छिन् ।


“तपाई को बोल्दै हुनु छ ?”

“तिमी पनि मज्जाक नगरन । आफ्नै मान्छेको आवाज पनि चिन्न छोड्यौ ?”

“को हो ?” अमित लापटपमै केन्दि«त थिए ।

“अहिलेसम्म पनि चिनेनौ ? कस्तो अचम्म ? आवाजले पनि चिनैनौ ?”

“को हो ? यो मज्जाक गर्ने समय हो ? कसलाई फोन गरेको हो ?” अमित आफ्नो कुर्सीबाट उठ्छन् ।

“तिमी सोच्दै गर । म भोलि फेरि तिमीलाई फोन गर्छु ।”

उनले सोच्छन् कि कोही उनीसँग मज्जाक गर्दै छन् । त्यति वास्ता गरेनन् ।

अर्को दिन । साँझको बेला थियो । अमित आफ्नो लापटपमा लेख्दै थिए । यही क्रममा उनको फोनको घण्टी बज्छ । फेरि उनले आफ्नो फोन नहेरि उठाउछन् ।

“हेलो ।” अमितले भन्छन् ।

“हेलो ।” एक युवतीले भन्छिन् ।

“तपाई को बोल्दै हुनु छ ?”

“आज पनि मेरो आवाज चिनेनौ ? मलाई तिमीले कस्तो बिर्सिको ?”

अमितलाई रिस उठिसकेको थियो । उनलाई प्रायः मज्जाक गरेको मन पर्दैन थियो ।

“तपाईको नाम के हो भनु होस् न । केको लागि फोन गर्नुभएको थियो त्यो पनि भन्नु होस् र नभए फोन राख्नुहोस् ।”

“रिसाउने बानी अहिले पनि गएको रहेन रछ ।”

“तपाईलाई कसरी थाहा पाउनु भयो ?” अमितले अचम्मित हुँदै भने ।

“तिमी त मेरो आफ्नो मान्छे ।”

“को हो तपाई ?”

“जब सब तिमीले मलाई चिन्दैनौ, म तिमीलाई फोन गरिरहछु ।”

अमित एकछिनकने लागि पागल भए । उनले आवाजबाट मात्र पनि चिन्न सकेका थिएनन् । आफ्नो फोन हेर्छन् । नम्बर त सेभ छैन । को हो यो केटी ? के खोजिरहेकी छिन् ? अमित अलमल पर्छन् ।

हरेक रोज ती युवती फोन गर्छिन् । हरेक रोज उनले आवाज चिन्दैनन् । आफ्नो अतित पढाउछन् तर उनले ती युवतीको आवाज चिन्दैनन् । उनी ती युवती सम्झेर के गर्ने गर्ने भएको थियो । सोचे पुलिसमा उजुरी गर्ने तर पछि आफै फोन गर्ने छोडिन् भन्ने विश्वास थियो ।


काशि क्याफे, कीर्तिपुर
दिउँसोको ३ः३०
शनिबार

प्रिया र अमित कफी पिउँदै थिए । प्रिया र अमित भेट्न थालेको धेरै भइसकेको थियो । बाहिर हेर्दै थिए भने प्रियाले अमितलाई निहालेर हेर्दै थिइन् । एक सुर्फि कफी पिएपछि, प्रियाले भनिन्,“के भयो तिमीलाई ? कुन संसारमा हराएका छौ ?”

अमितले ती युवतीको बारेमा भन्छन् र प्रिया ध्यान दिएर सुन्छिन् । उनी अचम्मित हुन्छिन् । कुरा सुनेपछि प्रियाले भनिन्,“तिमीले नेपाल टेलिकममा फोन गरेर किन सोध्दैनो ?”

“मेरो दिमागमा यो आईथा किन पहिला आएन ?”

कफी र खाजा खाइसकेपछि आफ्नो फोन हेर्छन् र नम्बर टिप्छन् र नेपाल टेलिकममा फोन गर्छन् । नम्बर निशाको नाममा हुन्छ तर उनले निशालाई चिन्दैनन् । आफ्नो दिमागलाई जोड दिन्छन् । जोड दिए तापनि उनले निशालाई सम्झन सक्दैनन् । उनले यो नम्बरमा डायल गर्छन् तर नम्बर स्टिस् अफ थियो । अमितले सोचे कोही उनीसँग मज्जाक गर्दै छिन् ।

अर्को दिन, सोमबारको दिन थियो । उनले केही लेख्दै थिए । यही क्रममा उनको ईमेलको नोटिफिकेसन आउछ । उनले आफ्नो ईमेल हेर्छन् । न त ईमेलको ठेगाना थियो न त नाम नै । अमित अचम्मै परे ।  तैपनि ईमेल पढ्छन्–

प्रिय अमित,
          शनिबारको दिन तिमीलाई साह«ै राम्रो देखिएको थियो । निलो रङ्गको लुगा तिमीलाई सधै राम्रो देखिन्छ । त्यसभन्दा पनि तिमीले चुरोट छोड्छु भनेका थियौ तर पनि अहिलेसम्म छोडेका रहेन छौ । कफी पनि धेरै पिउन थाले छौ । तिमी आफ्नो कसम पनि निभाउन सकेका रहेन छौ ।
            तिमीले त मेरो नम्बर पत्ता लगाउन खोज्यौ तर तिमी मलाई भेट्न त्यति सजिलो छैन ।
                                                                                                                                         उही तिम्रो माया

अमित अचम्मित भएका थिए । उनीलाई अमितको बारेमा ककसरी थाहा भयो । अमितलाई उत्सुक भयो कि को हो यो केटी ? निलो लुगा, चुरोट र कफीको बारेमा सिर्फ अज्जलीलाई मात्र थाहा थियो । यो ईमेल अज्जलीको त होइन ।


अक्टोबर २०१५
काठमाडौ
बिहानको ९ः३०

पानी परिरहेको थियो । अज्जली नयाँ बानेश्वरमा गाडी कुरेर बसेकी थिइन् । नाका बद्धी थियो । गाडीहरु सजिलै उपलब्ध थिएनन् । मानिसहरुले एक अर्कोलाई सहयोय गर्दै थिए । यही क्रममा, एउटा बाईक अगाडि आउँछ । आफ्नो हेलमेट निकाल्छन् ।

“हेलो । म तपाईलाई सहयोग गर्न सक्छु ?”

अज्जलीलाई अप्ठ्यारो लाग्यो । उनी यता उती हेर्छिन् । उनीले गाडी देखिनन् । त्यसैले अमितसँग जान तयारी हुन्छिन् ।

“तपाईलाई कहाँ छोडिदिऊ ?”

“ललितपूर ।”

वातावरणमा मौनता छायो । केही समयपछि ललितपूर पुग्छन् । अमितले अज्जलीलाई मिट लाइफ बीममा छोड्छन् ।

अर्को दिन, बिहानको ९ः३० बजे, नयाँ बानेश्वरमा अमित आउँछन् । यो धेरै दिनसम्म भइरहन्छ । अज्जलीलाई पनि अमितको बानी लागेको थियो । खासमा दुवै जनालाई एक अर्कोको बानी परिसकेको थियो ।

नोभेम्बरको महिना थियो । छुट्टिको दिन थियो । दिउँसो ३ः३० बजेको थियो । अमित र अज्जली दुवै जना नयाँ बानेश्वर क्याफेमा थिए । एक महिना भइसकेको थियो दुवै जनाको भेट भएको तर दुवै जनाले एक अर्कोलाई चिन्ने मौका पाएका थिएनन् । दुवै जनाको पहिलो डेट थियो । दुवै जना लजाएका थिए । दुवै जनाले एक अर्कोलाई हेर्दै थिए र मुस्कुराउ छन् ।

मौनता तोड्दै अमितले भने,“आज तिमीलाई राम्रो देखेको छ ।”

“धन्यवाद । तिमीलाई पनि राम्रो देखेको छ ।”

फेरि वातावरण शान्त भयो । यही क्रममा वेटर उनीहरु नजिक आउँछन् र अर्डर लिन्छन् । दुई कप कफी र दुई प्लेट चिकेन मःम अर्डर गर्छन् ।

दुवै जना सुरुमा सामान्य गफ गर्छन् र सहज हुँदै जान्छन् । दुवै जनाले एक अर्कोलाई बुझ्दै जान्छन् । अमित चाँहि बैकमा काम गर्थे र लेखक बन्न चाहन्थे । अज्जली अमितको सपना पूरा होस् भन्ने चाहन्थिन् ।


डिसेम्बरको महिना थियो । अमित र अज्जली एक होटलमा रात बिताउदै थिए । अनि अज्जली अमितलाई भन्निछन्,“कति दिनसम्म हामी यसरी लुकेर भेट्ने ? हामी बिहे गरौन ।”

अमितले चुरोट तादै थिए र अज्जली अमितलाई हेर्दै थिइन् । अमितको चुरोट तान्छिन् । अमित अज्जलीलाई हेर्छन् र भन्छन्,“यो के गरेको ?”

“तिमी मेरो कुरा किन सिरियस्लि लिदैनौ ?” अज्जली उठिन् । उनी रिसाउछिन् । अमितको मुहार हेर्दा  पनि हेरिनन् ।

“तिमी हर रोज किन बिहेको कुरा मात्र गछौ ? हामीले एक अर्कोलाई चिनेको एक केही महिना त हुँदै छ । बिहे गर्न किन हतार ? दुई तीन महिना पख न । मेरो जागिर राम्रै चल्दै छ । मेरो दुई महिनापछि प्रमोसन हुन्छ । त्यसपछि हामी बिहे गरौ ।”

अज्जली खुशी हुँदै भन्छिन्,“साँच्ची हो ? अनि तिमी चुरोट तान्न कहिले छोड्छौ ?”

“तिमीलाई छोडेपछि मात्र छोड्छु ।” अमित मुस्कुराउछन् भने अज्जलीले मुख बिगा्रछिन् ।



दुई महिनापछिको कुरा हो । अज्जलीले अमितलाई फोन गर्छिन् । उनको फोन बन्द रहेछ । उनी आत्तिन थालिन् । अमितसँग सम्पर्क हुन उनीले धेरै चोटि प्रयास गरिन् तर सकेकी थिइनन् । घर जान पनि सकेकी थिइनन् किनकि उनले घर नै देखेकी थिइनन् ।

केही उपाय नभएपछि अज्जली अमित काम गर्ने बैकमा गइन् । दिउँसोको १ः३० बजेको थियो । उनी बैककममा त पुगिन् तर मनमा डर थियो । यदी अमितले उनलाई देखेर करा एभने । डराउदै भए पनि उनी बैक गइन् । उनीले रिसप्शनिस्टलाई भनिन्,“हेलो ।”

“नमस्ते । हजुरलाई के सेवा गर्न सक्छु ?”

“मेरो नाम अज्जली हो । म अमित श्रेष्ठको साथी हूँ । मैले उनलाई सम्पर्क गर्न खोज्दै छु । म उहाँलाई भेट्न सक्छु ?”

रिसप्शनिस्ट्ले अज्जलीलाई हेरिन् र भनिन,“तपाईले जसलाई खोज्नुभएको हो उहाँ यहाँ काम गर्नु हुन्न ।”

अज्जली अचम्मित भइन् भनिन्,“मलाई त अमितले यहीको ठेगाना दिनुभएको थियो । एक पटक चेक गर्नु होस् न त ।”

रिसप्शनिस्ट्ले चेक गरिन् तर अमितको नाम देखिनन् । सरी भनिन् । अज्जली अचम्मित हुँदै आफ्नो बाटो लागिन् । उनको आँखा  रसाए । उनको मनमा चिसो पयो ।

घर गएर धेरै बेर रोइन् । आफूलाई ह्यान्डल गर्न सकिनन् । अमितलाई कहाँ खोज्ने ? खासमा अमितसँग विशेष कुरा गर्नु थियो । उनी गर्भवती थिइन् विवाह नगरि यो समाजले अज्जली के सोच्छन् ? अज्जलीलाई आफू देखेर धिन लागेर आएको थियो । आफ्नो अवस्था देखेर अज्जलीलाई आफ्नो मुहार परिवारको सामु कसरी देखाउने ।
अज्जली घरबाट ननिस्केको एक महिना भइसकेको थियो । घरमा उनीको परिवार चिन्तित थिए । अज्जलीले आफ्नो मनमा भएको पीडा देखाउन सक्दिनन् । धेरै चोटि प्रश्न गर्दा पनि भनन सक्दिनन् । परिवार चिन्तित थिए चने अज्जलीको पेट झन् बढ’दै गएको थियो । धेरै तनाव सहन सकिनन् । अन्त्यमा आएर उनिले आत्माहत्या गरिन् । आफ्नो हात नै चक्कुले काटिन् । रातिको समय भएकाले कसैले थाहा पाएनन् । बिहान चिया पुराउन जाँदा आमाले थाहा पाउनु भयो ।


अहिलेको समय...........
अमित अनुसन्धान गरेर घर पर्केछन् । उनी आफ्नो खाटमा पल्ट छन् । केही बेरपछि उनी उठ्छन् । उनले आफ्नो खाटमा एउटा कागजको टुक्रा देख्छन् । उनले आफ्नो हातमा लिन्छन् अनि पढ्छन् ः–

प्रिय अमित,
           कति आफ्नो कथाको लागि अनुसन्धान गछौ ? तिम्रो जिन्दगी नै रोचक छ । आफ्नै जिन्दगी रमाइलो छ । तिमी आफ्नै जिन्दगीको बारेमा किन लेख्दैनौ । माया, प्रेम, धोका, हत्या छ । तिम्रो जस्तो  कहानी कसको छ र । तिमीलाइ राम्ररी थाहा छ आफ्नो कहानी । तिम्रो कहानी बजारमा आयो भने, निकै नै चल्छ । तिमी छौ त्यस्तै आफ्नो कहानी राम्रो बनाउने ।
           तिमी सोच्दै होला कि म को हुँ, तिमीले मलाई चिन्छौ  तर मैले तिमीलाई राम्ररी चिन्द छु । कहिले तिमीलाई फोन आउछ त कहिले सानो नोट । तिमी धैर्य गर । म छिट्टै तिम्रो सामु आउँछु ।
                                                                                                                                             तिम्रो साथी

अमित हैरान भइसकेका थिए । को होला, किन यसरी सताएको, किन अगाडि आउदिनन् । फोन गँरु नम्बर छैन । ठेगाना पनि छैन । कसरी भेट्ने ? न त आवाजबाट चिने न त अक्षरबाट । आफ्नो अतित सम्झिन छन् तर आवाज उनको दिमागमा आउदैन । आफ्नो समस्या कसलाई पोक्ने भनेको थियो । प्रियालाई भन्ने सोच गरेका थिए । तर पनि नबने निर्णय गरे ।

अर्को दिन, अमित घर फर्किए । प्रेस भएर आफ्नो कोठामा छिर छन् र आफ्नो टेबुल भएको ठाउँमा जान्छन् । उनी कुर्सीमा बस्छन् र लापटप खोल्छन् । लापटपको छेऊमा नोट देख्छन् । नोट पढ्छन्ः–
आज तिमीलाई कालो लुगामा कति राम्रो देखिएको । लभ यू ।

अमित अचम्म परे । उनको कोठामा कसरी को छि¥यो ? साँचो उनीसँग हुछ । झ्याल भएको ठाउँमा जान्छन् । झ्याल बन्द छ । को छियो त ? कालो लुगाको बारे सिर्फ ममतालाई थाहा थियो । अमित अचम्मित व्यक्तलाई उनको बारेमा कसरी थाहा भयो । माया, प्रेम, धोका, हत्याको बारे के सङ्केत थियो र अमितको अतितको बारे कसरी  अपरिचित व्यक्तलाई थाहा भयो ।


सन् २०१६ को कुरा हो । अमित एबिसी बैकमा काम गर्थे । उनको अफिस ठमेलमा थियो । बिहानको ११ बजेको थियो । अमित आफ्नै कामिन्मा थिए । उनी एच आर विभागमा काम गर्थे । अमित आफ्नै सूरमा काम गर्दै थिए । यही क्रममा आनन्द सर आइपुग्छन् । आनन्द सरसँगै एक जना युवती थिइन् ।

आनन्द सरले अमितको ढोका ढक्ढककाउछन् र भित्र र्छिछन् । अमितले कुर्सीमा बस्न आग्रह गर्छन् र आनन्द सर बस्छन् ।

“अमित, एच आर विभागमा एक जना कर्मचारी चाहिएको कुरा थाहा नै छ ।” 

“हो, सर ।”

“आजदेखि उनी तपाईकै विभागमा काम गर्ने छिन् ।” छेउमा भएकी युवतीलाई देखाउनु भयो, आनन्द सरले ।
“उनीको नाम ममता अधिकारी हो । आजदेखि उहाँ तपाईलाई सहगाउनु हुन्छ ।”

हामीले एक अर्कोसँग परिचय गरौ । ममताले यो बैकभन्दा अगाडि दुईवटा बैकमा काम गरिसकेकी रहेछिन् । हुन त मेरो अमितको आग्रहले नै आनन्द सरले अर्को कर्मचारी खोज्नुभएको हो । अमितलाई कामको चाप थियो त्यसैले उनलाई सहायक चाहिएको थियो ।


ममताभएपछि अमितलाई धेरै सहयोग भएको थियो । ममताले काम गर्न थालेको दुई महिना भइसकेको थियो । अमित खुही थिए । अमितभन्दा ममता खुशी थिइन् । ममताले अमितलाई मन पराउन थालेकी थिइन् तर आफ्नो मनको कुरा व्यक्त गर्न सकेकी थिइनन् ।

एक दिनको कुरा हो । ममता काम गर्दै थिइन् । साझँको ६ बजिसकेको थियो । उनीले घडी हेरिन् र लापटप बन्द गरिन् । हतार हतार गरिन् । कुर्सीबाट उठिन् र निस्कन तयार भइन् । ढोकामा पुगिन् । ढोकामा पुगेपछि उनी फर्किन् र टेबुलमा भएको नोट लिइन् ।

घर पुगेपछि नोट पढ्नि । ममताको मन खुशी भयो । नोट अमितको रहेछ । नोटमा यस्तो लेखिएको थियो ः–
प्रिय ममता,
          मलाई थाहा छेन कि म कहाँबाट सुरु गरौ । म आज यो नोटमा आफ्नो मनको कुरा व्यक्त गर्दै छु ।
          मैले तिमीलाई पहिलो नजरमै मन पराएको थिए । जति तिमी मेरो नजिक आउथ्यौ तब मेरो मुटु  ढुकढुक हुन्थ्यो । अहिले पनि तिमीलाई देखे भने मेरो मुटु धड्कन थाल्छ । 
         ममता, आई लभ यु ।
                                                                                                                                         तिम्रो मायालु
                                                                                                                                         अमित

ममता ढङ्ग परिन् । केही पल नाचिन् । रातभर उनी सुत्न सकिनन् । नोट उनीले धेरै चोटि पढिन् । उनीको खुशीको सिमाना नै थिएन ।

दुवै जनाको दिनहूँ भेट हुन थाल्यो । अमितलाई कालो लुगा लगाएको सुहाउथ्यो र ममताले अमितलाई कालो लुगा लगाउन आग्रह गर्थिन् ।

एक महिनापछिको कुरा हो । ममता र अमित होटलमा थिए । दुवै शारिरीक सम्बन्धमा थिए । केही पलपछि ममताको भनिन्,“अमित, हामी कहिले बिहे गछौ ? कति दिन यसरी लुकेर भेट्ने ?”

“हामीले एक अर्कोलाई चिनेको दुई , तीन महिना मात्र भएको छ । तिमी पनि एबिसी बैकमा काम गरेको धेर भएको छैन । दुई , तीन महिनापछि म तिम्रै घरमा तिमीलाई माग्न आउने छु ।”

ममता खुशी भइन् । दुई, तीन महिना दुवै जना लुकी छिपी होटलमा भेटिरहेका थिए र ममताको जिवनमा परिवर्तन हुँदै थियो ।

ममता अफिसमै थिइन् तर उनीले अमितलाई देखिनन् र धेरै आतिन थालिन् । उनीले अमितलाई धेरै चोटि फोन गरिन् तर अमितको फोन बन्द थियो । अफिसमा सोध्दा कसैलाई पनि अमितको बारेमा थाहा थिएन । अमितले अफिसमा सूचना दिएका थिएनन् । बिना जानकार कता गएका थिए कसैलाई थाहा थिएन । अमित बेपत्ता भएको तीन दिन भएको थियो ।

ममतालाई अमितको बारेमा केही थाहा छैन । अमितले आफ्नो बारेमा केही भनेका थिएनन् । न त अमितको साथीलाई चिर्थिन् न त परिवारको बारेमा थाहा छैन । कसरी अमितलाई खोज्ने ?

खासमा भन्ने हो भने ममता गर्भवती थिइन् । आफ्नो परिवारलाई कसरी अनुहार देखाउने र समाजले के सोच्ने छन् ? उनी घरबाट निस्किन छोडिन् । बैकबाट राजिनाममा दिइन् । बुबा आमा अचम्मित भएका थिए । धेरै चोटि ममतालाई के भयो भनि सोध्दा केही जवाफ दिइनन् । केही हप्तापछि ममताले सहन नसकेर आत्माहत्या गरिन् ।

१०
अहिलेको समय..........

अमितले आफ्नो लापटप खोल्छन् । ईमेल खोल्छन् । अज्जलीको ईमेल देख्छन् । उनको मनमा चिसो पस्छ । अनि ईमेल खोल्छन् । ईमेले देखेर अमित छक्क पर्छन् । ईमेलमा उनको र अज्जलीको नग्न्न भिडियो थियो । यो भिडियो त अमितले आफैले खिचेका थिए । यो भिडियो अरुसँग कसरी आयो ? अज्जलीले यो ईमेल कसरी पठाइन् ? अचम्म परे । रातभर यसै बारेमा सोचे । को उसको पछि लागेको छ ?

अर्को दिन ममताकोे भिडियो पाउछन् । हेक रोज तस्बिरहरु पाउँछन् । अमितलाई के गरौ गरै भयो । अमितले ईमेललाई ट्रयाक गर्न लगाउछन् । ट्रयाक गर्दा थाहा पाउँछन् कि ईमेल ममता र अज्जली कै ईमेल ठेगाना हुन्छ र उनीहरुकै घरबाट पठाइएको थियो ।

अमित आतिन थाल्छन् । दुवै जनाले त आत्माहत्या गरेका थिए तर कसरी बाँचे । उनी दुवै जनाको घर जान्छन् र साँच्चो कुरा थाहा पाउछन् । यसको पछाडि को रहेछ भन्ने थाहा पाउछन् । केही क्षणको लागि पत्ताउन सकेका थिएनन् ।

११
अमित प्रियाको घर पुग्छन् । घण्टी बजाउछन् र प्रियाले ढोका खोल्छिन् । अमितलाई देखेर मुस्कुराउछिन् र भित्र छिर्न आग्रह गर्छिन् । अमित भित्र छिर्छन् र सोफामा बस्छन् । यता प्रिया कफी बनाएर ल्याउछिन् ।

प्रिया पनि सोफामा बसिन् । अनि एक सिप लिएर अमितले प्रियालाई हेर्छन् । प्रियाले पनि हेर्छन् ।

“आज अचानक तिमी मेरो घरमा ? केही काम थियो कि ?”

“खासमा तिमीसँग काम थियो । आज तिमी मेरो घरमा आउन सक्छौ ?”

प्रियाको मनमा सङ्का र चिसो प¥यो तर पनि उनलाई सत्य जान्नु थियो । त्यसैले हुन्छ भनिन् ।

“आउन त आउछु तर कति बजे ?”

“साँझको ७ बजेतिर ।”

“हुन्छ ।”

कफी सकेर अमित निस्कछन् । आज उनलाई बेग्लै देखिएको थियो । प्रियालाई सङ्केत भयो कि पक्कै अमितलाई प्रियाको बारेमा केही थाहा पाए । नभए अमित अचानक यसरी घरमा बिना फोन गरि घर किन घर आउथे ? दुवै जनालाई एक अर्कोको अतितको बारे जान्नु जरुरी थियो । 


१२
साँझको ७ः०० बज्यो । प्रिया नयाँ बानेश्वर अर्थात अमितको घर पुग्छिन् । अमितले आफ्नो घरको ठेगाना प्रियालाई अघिल्लो दिन नै दिएका थिए । प्रिया सजिलै पुगिन् र घर चाँहि ठूलो थियो । राज परिवार बस्ने जस्तो देखिन्थ्यो ।

उनी भित्र छिर्छिन् । कोठा खुल्लै थियो । चारैतिर अमितको बाहेक अरु कसैको फोटोहरु थिएन । सोफाहरु पनि ठ्रला थिए । यता उता हेर्दै थिइन् र अमित तल आउँछन् ।

”स्वागत छ तिमीलाई मेरो घरमा ।” अमितको घरमा पज्जा थियो । प्रियाको मनमा डरले डेरा जमायो ।

अमित तल झदै थिए । प्रियाको नजिक गए ।

“तिमीलाई स्प्रेशल छ ।”

“के ?”

“आऊ ।”

उनले एक अँध्यारो कोठामा लिएर गए । दुई वोटा कुर्सीशरु थिए । प्रियालाई बस्न आग्रह गरे । उनलाई अप्ठ्यारो अनुभव गरिन् ।

“बस न । किन अप्ठ्यारो मानेको ?”

उनी बसिन् । यही क्रममा प्रियालाई पछाडिबाट डोरिले बादे । प्रियाले आफूलाई बचाउन धेरै प्रयास गरिन् तर असफल भइन् ।

“तिमी यो के गर्दै छौ ?”

अमित हाँसे र कुर्र्सीमा बसे । दुवै जनाले एक अर्कोलाई हेर्छन् । प्रियाको आँखामाम डर  थियो । अज्जली र ममताको जस्तै हुने हो कि भन्ने पीर थियो ।

“तिमीलाई के लाग्छ कि मैले तिमीलाई यहाँ किन बोलाएको होला ?”

प्रिया मौन थिइन् । उनीलाई थाहा थियो कि उनलाई किन बोलाइयो भनेर तर प्रिया अमितबाट सुन्न चाहथिन् ।

“तिमी नै होइनौ, मलाई नोटहरु पठाउने र फोन गर्ने ? तिमीले यस्तो किन गरौ ? हुन त मलाई थाहा छ तर तिम्रै मुखबाट सुरनन चाहन्छु ।”

“हो, मैले नै तिमीलाई फोन गरे र नोट पठाएको । म जानि जानि तिम्रै बुक लन्च्मा आएको थिए । बिस्तारै हामी साथी भयौ । खासमा मैले तिमीसँग बदला लिनु थियो । ममता मेरो मिल्ने साथी थिइन् । ममता मेरो बाल्यकालदेखि नै साथी हुन् । उनीले हरेक कुरा सयर गर्थिन् । तिम्रो बारेमा सबै भनेकी थिइन् । तिम्रो तस्बिर पनि देखाएकी थिइन् । तिम्रो तस्बिर देखेर म छक्क परेको थिए किनकि अज्जली पनि तिम्रो तस्बिर देखाएकी थिइन् ।”

अमित प्रियाको कुरा ध्यान दिएर सुदै थिए । अनि उनले भन्छन्,“अनि अज्जलीलाई कसरी चिनौ ?”

“अज्जली मेरी आफ्नै बहिनी हुन ।”

“व्हाट् ? तर म अज्जलीको घर जाँदा तिम्रो तस्बिर देखिन त ?”

“मलाई थाहा थियो कि कुनै न कुनै दिन तिमी हाम्रो घरमा आउछौ भनेर त्यसैले आफ्नो तस्बिर लुकाएर राखेको थिए ।”

वातावरण केही क्षणको लागि मौन भयो । प्रियाको आँखा रसाएका थिए ।

मौनता तोड्दै प्रियाले भनिन्,“अज्जली र ममता धेरै खुशी थिए । तिमीलाई धेरै माया गर्थे तर उनीहरुको हत्या तिमीले ग¥यौ । उनीहरु मायाको हत्या गयौ । तिमी यसो किन गयौ ? अरु कति जनालाई मारौ होला ।”

अमित मुस्कुराए र भन्छन्,“हो, मैले नै दुवै जनालाई मारेको हो । ममता र अज्जली बाहेक अरुलाई पनि मारेको छु । म आफ्नो किताब लेख्दै थिए । दङवै वटा चलेन । तेस्रो चल्यो । म आफ्नो किताबको लािग परीक्षण गर्दै थिए र मेरो चौथो किताबको लागि ममता र अज्जलीको बारेमा लेख्दै छु र हत्या कसले गयो थाहा हुँदैन । अब म तिमीलाई मार्छु  किनकि तिमीलाई मेरो बारेमा सबै थाहा पाइसक्यौ ।”

“मार्र्नु अघि मेरोे प्रश्नको जवाफ देऊ ।”

“हुन्छ । तिम्रो अन्तिम इच्छा पूरा गर्छु ।”

“तिमी साँच्चिकै बैकमा काम गथ्यौ ? अनि तिमी कहाँ भाग्थ्यौ ? अनि भिडियो किन खिचेका थियौ ?”

“राम्रो प्रश्न । म बैकमै काम त गर्थे तर मैले अज्जलीलाई उल्टो ठेगाना दिएको थिए । मेरो सधै यो घरमा आउने गरेको थिए । मेरो यो घरको ठेगाना कसैलाई थाहा छैन । भिडियो खिचेर उाीहरुलाई ब्ल्याकमेल गर्थे ।

भिडियोको कारणले नै धेरै जनाले आत्माहत्या गरेका थिए । ममता र र अज्जलीले कंडोम प्रयोग गरेका थिएनन् र उनीहरु दुवै जना गर्भवती भएका थिए ।

तिमी अचम्मित भयौ होला कि मलाई उनीहरु कसरी गर्भवती भए भनेर । म आफ्नो कथाको लागि भनि उनीहरुलाई पीछा गरे । प्रेमीले छोडेपछि कस्तो अवस्था हुन्छ भन्ने जान्नु जरुरी थियो । मैले ममता र अज्जलीलाई पीछा गरे । उनीहरु अस्पताल गए । म अचम्मित भए र डाक्टरलाई सोधपछि थाहा पाए कि दुवै जना गर्भवती रहेछन् । अनि मैले आफ्नो नम्बर परिवर्तन गरे र काम गर्ने ठाउँ छोडे ।”

“तिमीले यसको सजाय पाउने छौ ।”

अमित मुस्कुराए र भने, “मेरो बारेमा कसले भन्छ ?”

“म भन्छु ।”

“मलाई थाहा छ कि तिमीले हाम्रो संवाद रेकर्ड गरेकी छौ तर तिमीलाई थाहा छैन कि तिमी केही मिनेटपछि बेहोस् हुनेछौ ।”

प्रिया अचम्मित भइन् र अमित प्रियालाई हेर्दै थिए । अनि अमितल भने,“तिमी अचम्मित भयौ हैन ? तिमीलाई थाहा छ नि तिमीले एक गिलास पानी मागेकी थियौ र मैले त्यसमा बेहोसीको औषधी हालेको थिए । अब केही मिनेटपछि तिमी बेहोस् हुने छौ र म तिमीलाई मार्ने छु ।”

नभन्दै उनी बेहोस् हुन्छिन् । प्रियाको नजिक जान्छन् । प्रियालाई हेर्छन् र उनीलाई बादेको डोरी पुकाउछन् । अनि आफ्नो कोठामा लाग्छन् । आफ्नो लुगा पुकाल्छन् र प्रियाको पनि पुकाल्छन् । प्रियाको शरिरसँग खेल्छन् र केही समयपछि लुगा लगाउछन् । प्रियालाई अघिको कोठामा लग्छन् र ठूलो हतियारले टुक्रा टुक्रा पार्छन् । झोलामा लाग्छन् र मोटरसाइकलमा पोका लिएर पाल्छन् । अनि आफ्नो घर फर्केछन् र मस्त सुत्छन् । सपनामा हराउछन् ।

उपन्यास बजारमा आउँछ । उपन्यासको नाम प्रिया राखिएको थियो । यो उपन्यास ममता र अज्जmीको बारेमा त थियो र त्यसको साथ साथै प्रियाको बारेमा त थियो । यो उपन्यास रहस्यमही बनाएका थिए । यता उपन्यास प्रिया सफल भयो भने पुलिसहरुले प्रियाको पत्ता लगाउन सकेका थिएनन् । धेरै खोजि गर्दा पत्ता लागेन र केस बन्द भयो । प्रियाका बुबा आमाको जिन्दगी प्रिया आउने प्रतिक्षामा थियो । पहिला अज्जलीले आत्माहत्या गरेर गुमाउनु परेको थियो र प्रियाको अत्तो पत्तो थिएन । बुबा आमालाई थाहा छैन कि उनको हत्या भएको छ भनेर ।

यता हेर्ने हो भने अमित  राता रात सफल भएका थिए । आफ्नो सफलतामा खुशी भएका थिए । उनी चारैतिर थिए । उनी छाएका थिए । उनी युवा पुस्तमा छाएका थिए तर उनको अतितको बारेमा कसैलाई थाहा छैन र उनको आँखामा पछुतो थिएन ।



Comments

Popular Posts