पल्लो फ्लाट

आज शनिबारको दिन अर्थात् छुट्टीको दिन । बिहान सधै अल्छी गरिने दिन । आज पनि अल्छी गर्दै ८ः०० तिर उठे । उठेपछि पर्दा खोल्ने गर्छु । यो बानी पहिले देखि कै हो । पर्दा खोलेर म झ्यालबाटै यता उता हेर्छु । केही बेर हेरेर म प्रेस भएर चिया पिउँदै पत्रिका पढ्छु, त्यो पनि बाहिर बसेर । म पत्रिका पढ्दै थिए र यता उति हेर्दै थिए । त्यही क्रममा मैले एक युवक मलाई हैर्दै थिए । उनी पनि चिया पिउन्दै थिए । मलाई देखेर मुस्कुराए । मैले नक्कली मुस्कान दिए । अनि म पत्रिका पढ्न थाले ।

साँझको बेला थियो । म फेरि चिया पिउँदै बाहिर हेर्न थाले । बच्चाहरु खेल्दै थिए । म उनीहरु खेल्दै गरेको हेर्दा रमाएको थिए । उनीहरुलाई हेर्दा आफ्नै बच्चाको याद आयो जो  मैले गुमाए । बच्चालाई सम्झिदा मेरा आँखाहरु रसाए । म आफ्नै दूनियाँमा हराए । मेरो बालकनीमा बल आउँदा पो म होशमा आए । होशमा आउँदा बिहान मुस्कुराएको युवक पल्लो फ्लैटबाट मलाई हेरिरहेका थिए र मलाई देखेपछि मुस्कुराए ।

मलाई देखेर किन मुस्कुराए ? म त उसलाई चिन्दिन त । चिनेको मान्छेले मलाई देखेर मुस्कुराए ? के यो युवकलाई पिछा त गरेको छैन मेरो ? अनि म भित्र पसे । 

भोलिपल्ट अर्थात् आइतबारको दिन थियो । आइतबारको दिन मेरो छुट्टी नै हुन्थ्यो । म यो दिन पनि ढिलै उठ्थे । पर्दा खोले र झ्यालबाट हेरे । बाहिर हेरिसकेपछि म प्रेस भएर बिहानको खाजा खाएर बाहिर बालकोनीमा निस्के र पत्रिकम पढ्न थाले । यही क्रममा मैले हिजो देखेको युवकलाई देखे । उनले मलाई देखेर हाई गरे र मुस्कुराए पनि । मैले वास्ता गरिन र जरुरी पनि सोचिन ।

यो क्रम धेरै दिनसम्म चल्यो र मेरो मनमा धेरै कुराहरुले पौडी खेल्न थाल्यो । त्यो केटाले मलाई किन हेरि रहन्छ र मुस्कुराउ छन् ? को हो त्यो केटा रु किन मलाई नै हेरि रहन्छ ?

एक दिनको कुरा हो । म नजिकको पसलमा तरकारी किन्दै थिए । त्यही क्रममा मैले ती केटालाई देखे । म उनीबट भाग्न खोज्दै थिए तर उनले मलाई देखे र भने,“हेलो ।”

म वास्त नगरि हतार गर्दै हिडे । म हिड्दै थिए, उनी मेरो पछि लागि रहे । उनले मलाई बोलाए । मैले नसुनेको नसुनेकै गरे तर उनी मेरो अगाडि उभिए । मलाई देखेर मुस्कुराए र भने,“हेलो । मैले तपाईलाई धेरै चोटि बोलाए तर तपाईले सुत्नु नै भएन ।”

“तपाईको कुरा मैले किन सुन्नु ? मैले तपाईलाई चिन्दिन । तपाईले मलाई किन पिछा गर्र्नु भएको ?” मैले रिसाउदै भने ।

“तपाई राम्री लागेर म तपाईलाई पिछा गरेको ।”

“अबदेखि मलाई पिछा नगर्नु होस् । मलाई मनपरको छैन ।”

“एक दिन मलाई मन पराउनु हुन्छ । सुरुमा सबै कुराहरु मन पर्दैन ।”

म केही नबोलिकन आफ्नो बाटो लागे । यो क्रम धेरै दिनसम्म चलिरह्यो । म अचम्म परेको थिए । ती युवक मभन्दा केही वर्षले कान्छा देखिन्थे । न त म राम्री नै थिए न त  त जवान नै थिए । तर पनि ऊ किन मेरो पछी लागेको छ । उनले मभन्दा राम्री केटीहरु पाइहाल्थे नि । मेरै पिछा गर्नु पथ्यो र । आफै छक्क परे कि उनी हेर्दा राम्रा थिए तर मेरै पछी किन ?

एक हप्तापछिको कुरा हो । म तरकारी पसलमा तरकारी किन्दै थिए । तरकारी किनिसकेपछि, म मासु किन्न गरेको छु । म मासु किनेर पसलबाट निस्केको थिए, पल्लो फ्लाटको केटा मेरो सामु आए र मलाई देखेर मुस्कुराए । म उसलाई वास्ता गरिन । म आफ्नै सूरमा हिडिरहेको थिए । यही क्रममा उनले मलाई बोलाए । मैले नसुनेको नसुनै गरे तर पनि उनी मेरो पिछा गरिरहे । उनी मेरो फ्लाटमा आए । 
 

“तिमी मेरो पछि किन लागिरहेका छौ ? आखिर तिमी मसँग के चाहन्छु ?” म रिसाउँदै भने ।
“म तपाईलाई मन पराउछु । म तपाईसँग बिहे गर्न चाहन्छु ।”

“व्हाट ? यो तिमी के भन्दै छौ ? मसँग किन ? म त तिमीभन्दा जेठी छु । तिमीले मभन्दा राम्री पाइहाल्यौ नि । मै किन ? तिमीलाई त मेरो बारेमा केही थाहा छैन । मेरो नाम सुध्द थाहा छैन ।”

“मायाले उमेर हेर्दैन । मैले सिर्फ तपाईलाई माया गर्छु । मलाई तपाईको अतितको बारेमा जान्नु छैन । तपाईलाई म धेरै माया गर्छु र म तपाईलाई राम्रो संसार दिन चाहन्छु । म चाहन्छु कि तपाई मेरो मायामा मायामा रमाउनुहोस् ।”

“तर न त म तिम्रो बारेमा थाहा छ न त मेरै बारेमा । यसरी तिमीलाई माया गर्नु ?”

“माया नगरे पनि साथी हुन त सक्छौ नि ?”

“हुन्छ ।” मैले केही बेरपछि जवाफ दिए । मैले किन हुन्छ भने, मै अचम्मित भए । के म उसलाई मन पराउन थालेको थिए ? दिमागले होइन भन्छ तर दिलले हो भयो ।

हाम्रो दोस्ती भएपछि उनी मेरो फ्लाटमा आउन थालेका थिए । उनको नाम र उनको बारेमा जान्ने मौका पाए । उनको नाम विराट ढकाल रहेछ । विराट गाडीको वकसपमा काम गर्दा रहेछन् । उनीसँग मेरो राम्रो सम्बन्ध हुँदै गएको थियो । म उसलाई मन पराउन थालेको थिए र उनले पनि मलाई मन पराउथे । मायाले गर्दा होला उमेरको ख्याल हुँदैन रहेछ । उनको मायाले मैले आफ्नो अतित बिर्सेन थालेको थिए । उनको मायाले म रङ्गीन हुन थालेको थियो । 

छुट्टीको दिन थियो । विराट मेरैमा आएर खाना आएका थिए । हामीले खाना खाई सकेपछि हामी बैठक कोठामा थियौ । विराटले केही समयपछि भने, “अनु ।”


“हजुर ।” म पत्रिका पढ्दै थिए ।
“खासमा मैले तिमीलाई एउटा प्रश्न खोज्नु थियो । सोध्नु कि नसोध्नु भएको छ ।”

“कस्तो प्रश्न ?”

“तिम्रो व्यक्तिगत सम्बन्धको बारेमा हो ।”

मैले आफूले पढ्दै गरेको पत्रिका टेबुलमा राखे । राखिसकेपछि मैले भने, “सोध ।”

“खासमा, तिमी मान्छे राम्रो छौ । अहिलेसम्म बिहे नगर्नुको कारण ?”

म मौन भए । मलाई थाहा थियो कि मेरो अतितको बारेमा कुनै न कुनै दिन विराटलाई भन्नु नै पर्छ र आज सही समय हो । मैले विराटलाई आफ्नो अतितको बारे भन्नु नै पर्छ । विराटले मलाई निहालेर हेर्दै थिए र मौनता तोड्दै भने,“आई यम सरी । तिम्रो मन दुखाउने ईरादा थिएन । आफ्नो अतितको बारेमा भन्न मन छैन भने, नभने नि हुन्छ ।”

“होइन । त्यस्तो होइन । मैले तिमीलाई आफ्नो अतितको बारेमा भन्नै पर्छ ।”

विराटले मलाई हेर्दै थिए । अनि मैले आफ्नो कथा सुनाउन थाले ।

“मेरो घरमा बुबा आमा हुनु छ । मेरो एक जना भाइ छ । अहिले मेरो भाइ अस्ट्रेलियामा छ आफ्नो परिवारसँग । म आफ्नो बुबा आमासँग बस्थे र खुशी थिए ।

म एमए समाजशास्त्रमा गएको हूँ । एमए गरेको दुई वर्षपछि मैले एजियोमा काम पाए । त्यही क्रममा अभिषेक शर्मासँग मेरो भेट भयो । अभिषेक मेरो स्कुलको साथी थिए । धेरै वर्षपछि हाम्रो भेट भएको थियो । अफिसमा भेट भएपछि, हामी दैनिक जस्तो सँगै हुन्थ्यौ । हामीले एक अर्कोलाई मन पराउन थालेका थियौ । अन्त्यमा हाम्रो विवाह सम्पन्न भयो । हामी खुशी थियौ ।

विवाह गरेको दुई वर्षपछिको कुरा हो । म गर्भपती भएको थिए । हामी दुवै जना खुशी भएका थियौ तर हाम्रो जिन्दगीमा परिवर्तन आयो । दुई महिनापछिको कुरा हो । मेरो बच्चा खेर गयो । यही कुरामा झगडा हुन थालेको थियो । बच्चा खेर गएकोमा मलाई दोष दिन थालेको थियो । हाम्रो झगडा धेरै बढेको थियो र हामी छुटियौ । बुबा आमालाई मैले कहिले सुख दिइन त्यसैले एक्लै बस्ने निर्णय गरे । कहिले काँही बुबा आमालाई भेट्न जान्छु । अभिषेकले मलाई छोडेपछि मैले प्रेम र विवाहप्रति विश्वास गर्न छोडेको थिए तर तिमीलाई भेटेपछि प्रेममा विश्वास गर्न थालेको छु र म धेरै खुशी छु । तिमीले गरेर मैले अतितको कुराहरु सम्झन मन गरिन ।”

वातावरणमा मौनता छा¥यो । विराटले मलाई निहालेर हेरे । मेरो कुरा ध्यान दिएर सुनिरहेका थिए । म चाँहि भावुक भएको थिए । यही क्रममा विराटले भने,“जे हुनु थियो त्यो अब राम्रो बनाउ आफ्नो जिन्दगी । म तिमीसँग हरपल हुन्छु । तिम्रो साथ दिने छु ।”

अनि म मुस्कुराए र विराटले मलाई हग गरे । म धेरै खुशी भए । विराटले गदा म धेरै खुशी भएको थिए तर मेरो खुशी धेरै समयसम्म टिक्क सकेन । 

हाम्रो भेट नभएको धेरै दिन भइसकेको थियो । नदेखेको पनि धेरै दिन भइसकेको थियो । फोन पनि उठाएका थिएनन् । मन आतिन थाल्यो । मनमा धेरै प्रश्नहरुले पौडी खेल्न थाले । कही विराटले मलाई धोका त दिएनन् । मलाई के गरौ गरौ भयो । अन्त्यमा आएर म उनको फ्लाटमा जाने निर्णय गरे ।

शुक्रबारको दिन थियो । प्रायः विराट र म बेलुकाको खाना सँगै बसेर खाथ्यौ । सोचेकी अफिसबाट सिधै उसको फ्लाटमा जाने । म गए पनि तर बाहिरबाट साँच्चो लगाइएको थियो । म अचम्म र छक्क परे । कहाँ गए त विराट ? मैले फोन गरे तर मोबाइल बन्द थियो । म कहाँ खोज्न जानु उसलाई ? मेरो जिन्दगीमा के हुँदै छ ? म आफ्नो फ्लाटमा गए र रुन थाले । विराटसँग बिताएका सम्झिन थाले ।

अर्को दिन, म उनको फ्लाटमा गए । उनको छिमेकीलाई उनको बारेमा सोधे तर कसैलाई पनि उनको बारेमा कसैलाई थाहा थिएन । म उसलाई फोन गरिरहे तर फोन कहिले उठेन । अन्त्यमा म विराट काम गर्ने अफिसमा गरे र सोधी निदी गरे । उनीले त नम्बर परिवर्तन गरेका रहे छन् र पोखरामा उनको सरुवा भएको रहेछ ।

विराटले मलाई किन भनेनन् । मेरा आखाँहरु रसाए । अनि मैले पोखराको ठेगाना लिएर म पोखरा पुगे । मैले पोखरा पुगेपछिसम्म विराटलाई फोन गरेको थिइन । जसरी उसले मलाई सपसाईस् दिएको थियो, म पनि उसलाई सपराईस् दिन चाहन्थे । मैले उसलाई हर रोज पिछा गर्थे ।  मैले उसलाई एक हप्तासम्म पिछा गरिरहेकी थिए तर शङ्का गर्ने हरकत केही थिएन तर पछि मैले जे देखे, त्यो मैले पताउन सकिन । मेरा आँखाहरु र मनको पत्ताउन सकेनन् ।

शुक्रबारको दिन थियो । साँझको समय थियो । म विराट बसेको फ्लाटमा पुगे । ढोका भित्रबाट बन्द थियो । दुई जना कुरा गरेको सुने । विराटको आवाज र अर्को आवाज महिलाको थियो । र्मैले आधा मात्रै कुरा सुदै थिए । के कुरा गर्दै थिए त्यो त मैले थाहा पाइन् तर जति कुराहरु बुझे, मेरो मन गाह«ो भएर आयो । मैले बुझेकी विराटले मलाई प्रयोग गरेका रहेछन् । मायाको नाटक  गरेका रहेछन् । मैले फेरि धोका पाए । म भावुक हुँदै त्यहाँबाट निस्के । पोखराबाट काठमाडौ आइपुगे ।

म आफ्नै संसारमा हराउन थाले । काममा कम ध्यान दिन थालेको थिए । ममा धेरै परिवर्तन आएको थियो । ममा आएको देखेर मोर साथीहरुले मालई सोधिरहथे र मैले उनीहरुलाई केही भएको छैन भनि टालि दिन्थे । उनीहरुलाई म कसरी भनू आफ्नो व्यस्ता  । मेरो पिडा मेरो मनमा नै रहिरह्यो ।

विराटलाई यस विषयमाम सोध्न मन थियो तर मनको शङ्काले सोध्न सकिन । यदी साँच्चिकै मलाई धोका दिएका रहेछन् भने । अर्को मनले सोच्यो कि यदी मैले सुनेको कुराहरु झुटा हुन् भने । दोधारमा थिए म तर मेरो दोधारको जवाफ केही दिनमै थाहा पाए ।

म बिहान पत्रिका पढ्दै थिए । यही क्रममा मेरो आँखा एउटा पानामा अँकियो । विराटको किताबको बारेमा रहेछ । म छक्क परे । उनले उपन्यास पनि लेखेका रहेछन् । उपन्यासको केही भाग पत्रिकामा छापिएको रहेछ । म पढ्न थाले । पढ्दै गर्दा म आकाशबाट खसे जस्तै भयो । विराटले मेरो र उनको प्रेम कथाको बारेमा लेखेका रहेछन् । मलाई प्रयोग गरेर उपन्यास लेखेका रहेछन् ।

अर्को पत्रिकामा उनको अन्तर्वार्ता थियो जसमा उनले भनेका रहेछन् कि “मायाले त उमेर हेर्दैन रहेछ । मैले अनुसन्धान गर्दा थाहा पाए कि जति उमेर हुँदै जान्छ, त्यति नै मायाको अप्रेक्षा हँुदो रहेछ । म आफै पात्र भनेर यो कथा लेखेको हूँ र सुरुमा त पात्रलाई सम्झाउन  गाह«ोभएको थियो ।”

पत्रिकामा उल्लेख गरिएको थियो कि दुई महिनापछि उनको प्रेम विवाह हुँदै छ । मलाई मर्न मन लाग्यो । आफूलाई ह्याडल गर्न गाह«ो भएको थियो । सुरुमा धेरै चोटि आत्महत्या गर्ने कोसिस गरे तर असफल भए र काठमाडौ छोडि कही दूर गए जहाँ कसैले मलाई नचिनोस् । तर पनि मेरो अतितले मलाई पिछा छोडेन ।

विराटको सम्झनाले मलाई सताइरह्यो । बिर्सिन धेरै कोसिस गरे तर सकिन । काठमाडौबाट दूर त आए विराटको यादले म दूर हुन सकिन । दिन प्रति दिन बौलाहा जस्तै नै भइसकेको थिए । बारबार म उसकै नाम जपेर बस्र्थे । म विराटको सम्झनामा बौलाहा भए र पागल प्रेमी भए ।

Comments

Popular Posts