चिठ्ठी प्रेम

“स्वागत छ तपाईलाई नविन के भट्ठराईको गीतको पछि । तपाई हिट्स एफ एम सुदै हुनु छ । म तपाईको साथी तथा सञ्चालिका रमा गुरुङ । यो कार्यक्रमको नाम हो साथी बनाऔ र यो कार्यक्रमको प्रायोजक हो रारा चाउचाउ । अब अर्कौ साथीको पत्र पढौ ।
नमस्ते दिदी,
            मेरो नाम अनमोल शर्मा हो र म मैतिदेवीमा बस्छु । म एमए पहिलो प्रथम वर्षमा अध्ययन गर्दैैै छु । मलाई यो कार्यक्रम नियमित सुन्छु । आज म पत्रको मार्फत साथी बनाउन चाहन्छु । मलाई असल साथीको खोजीमा छु । मिलनसार, मायालु र मनको सफा भएको लागि नै असल साथी हो र मलाई यस्तै असल साथी चाहिएको छ । यो भन्दा महत्व मेरो साथी अनुहारभन्दा मन राम्रो होस् । यी गुण भएकाले मलाई पत्र पठाउन सक्नुहुन्छ र मेरो ठेगाना होः अनमोल शर्मा, मैतिदेवी, काठमाडौ, नेपाल, पोस्ट बक्स नम्बर ः २००४ हो । यो ठेगानामा मलाई पत्रचार गर्न सक्नुहुनेछ ।”

“अनमोल शर्माज्यूले पत्र साहै« राम्रो पत्र लेख्नु भएको थियो र उहाँको कुरा राम्रो लाग्यो । वास्तवमै भन्ने हो भने असल साथी उही हो जसले मनको कुरा बुझ्छ र अनुहारभन्दा मन राम्रो हुनुपर्छ । जो व्यतिmलाई अनमोल शर्माज्यूलाई पत्र पठाउन चाहना छ भने अनमोल शर्मा, मैतिदेवी, काठमाडौ, नेपाल, पोस्ट बक्स नम्बर ः २००४ मा पठाउन सक्नुहुन्छ ।

अब अर्काै गीतको पालो र यो गीत छ नाराण गोपालको गीत सुन्नुहोस् र गीतको बोल छ “केही मिठा बात गर ।”

यो गीत बज्दै थियो र सिम्रिकाको ध्यान अनमोलको शब्दमा थियो । उनीलाई  अनमोलका शब्दले छोएको थियो र ठेगाना टिपेकी थिइन ।

एक महिनापछि
                                                                                                                               २÷१५÷२०५४
                                                                                                                               बुधबार
 प्रिय अनमोल,
              मेरो नाम सिम्रिका दाहाल हो र म डिल्लीबजारमा बस्छु । म बीए तेस्रो वर्षमा अध्ययन गर्छु । मेरो विषय अङ्गे्रजी साहित्य हो र त्रिभुवन विश्यविघालयमा अध्ययन गर्छु ।
              मैले तपाईको चिठ्ठी हिट्स एफ एमको कार्यक्रम साथी बनाऔमा सुनेको थिए । म पनि खासमा असल साथीको खोजीमा थिए । जब मैले तपाईको चिठ्ठी सुने तब मलाई चिठ्ठी पठाउन मन लाग्यो र तपाईसँग साथी हुन मन लाग्यो । यदी तपाई मेरो साथी भएमा म खुशी हुन्थे । आशा गर्छु तपाईले मलाई चिठ्ठी पठाउनु हुन्छ ।
                                                                                                                      तपाईको नयाँ साथी
                                                                                                                       सिम्रिका दाहाल  
                                                                                                                      डिल्लीबजार, काठमाडौ

यो चिठ्ठी पश्चात दुई बिचमा चिठ्ठीहरुको साटासाट गर्न थाले र दुईबिच बिस्तारै प्रेम हुन थाल्यो र एक दिन अनमोले भेटे कुरा व्यक्त गरे र उनीहरु प्रेम दिवसमा भेट्ने योजना गरे। उनीहरु एक अर्काैलाई चिन्नलाई अनमोले एरोप्लेन र सिम्रिकाले गुडिया ल्याउने भए । दुई जना गोपी कृष्णमा भेट्ने योजना गरे ।

१४ फेब्रअरी, १९९८
अनमोल गोपी कृष्णमा कुरी बसिरयो तर सिम्रिका आइनन् । सिम्रिका नआए पछि उसको मनमा धेरै प्रश्कहरु थिए र उसलाई चिठ्ठी पठायो ।
प्रिय सिम्रिका,
             म तिमीलाई दुई घण्टासम्म पर्खि बसे तर तिमी आएनौ । तिमीलाई केही त भएको छैन । कृपया मेरो चिठ्ठी पठाउ । मलाई तिम्रो मायामा विश्वास र भरोसा छ त्यसैले म तिमीलाई दोष दिन चाहन्न तर तिमी नआउनुको कारण भनि देऊ । 
                                                                                                                           तिम्रो प्यारो
                                                                                                                           अनमोल शर्मा
तर सिम्रिकाबाट केहि जवाफ दुई महिनासम्म आएन । अनमोल उसको चिठ्ठी कहिले आउँछ भनि कुरी रह्यो र दुई महिना अर्थात बैशाख ३, २०५५ मा सिम्रिकाको चिठ्ठी आयो .

१२÷१÷२०५४                                                    
शनिबार                                                                                                                                         
प्रिय अनमोल,
            मलाई थाहा छैन म कहाँबाट सुरु गरौ । तर मैले तिमीलाई भन्नै पर्छ । तिमीले जुन दिन मेरो चिठ्ठी पाउँछौ म यो संसार छोडेर टाढा जाँदै छु । मलाई अन्तिम चरणको क्यान्सर भएको छ । म तिमीलाई छोडेर जाँदै छु । म कमसेकम एक महिना मात्र बाँच्छु ।
            तिमीलाई मैले धेरै कुराहरु भन्नु छ । अनमोल, म तिमीलाई धेरै माया गर्छु । म आफूलाई भन्दा तिमीलाई गर्छु । हामीले एक अर्र्काैलाई नदेखेका भए पनि मनमा धेरै माया छ ।
           मलाई थाहा छ कि तिमी मसँग रिसाएका छौ । म पे्रम दिवसमा तिमीलाई भेट्न आइन । म नआएकाले तिम्रो मनमा धेरै प्रश्नहरु छन् होला । म तिमीलाई भेट्न नआएकाले मलाई नराम्रो नसोच्नु होला । म प्रेम दिवसमा नआउनुको कारण मेरो स्वास्थ्य थियो । मलाई फागुन १ गते नै अस्पतालमा भर्ना गरिएको हो । तिमीले सोचौ होला मैले तिमीलाई धोका थिए तर त्यो होइन । त्यस समयमा तिमीले त्यस्तो सोच्नु ठीकै होला तर मायामा शङ्का होइन, विश्वास हुनुपर्छ ।
         सधै तिम्रो चिठ्ठी आउथो तर यसपालि मैले तिम्रो चिठ्ठी आएन र मैले सोचे तिमी मसँग रिसायौ होला । त्यसैले मैले यो चिठ्ठी लेख्दै छु ।
          अन्तमा तिमी सधै खुशी रहनु र आफ्नो ख्याल राख्नु । म मरेपछि तिम्रो याद मर्दैन । जिन्दगीमा एउटा कुराको पछुतो हुनेछ । हामीले एक अर्काैलाई देख्न पाएनौ तर पनि म खुशी छु कि मसँग तिम्रो चिठ्ठीको शब्दहरु छन् र ती शब्दहरु लिएर जाँदै छु ।
                                                                                                                       तिम्रो माया
                                                                                                                       सिम्रिका दाहाल  
                                                                                                                       डिल्लीबजार, काठमाडौ   

यो चिठ्ठी पढेपछि अनमोलका आँखाबाट आँसु झरे । “मैले तिमीलाई नराम्रो सोचेको थिइन तर तिमी फेम दिवसमा नआउँदा म चिन्तित थिए कि तिमीलाई केही त भएन र मैलै तिमीलाई मैले चिठ्ठी पनि पठाए तर तिम्रो चिठ्ठी आएन । वास्तवमा त्यो चिठ्ठी तिमीले पाएन छौ । तिम्रो चिठ्ठी पहिले पाएको भए........”

उसले सिम्रिकाको चिठ्ठी हेर्दै रुर्दै थियो र सिम्रिकाको अन्तिम चरणमा आफू साथ नभएकोमा उसलाई पश्चातप भइरहने छ । सिम्रिकाको चिठ्ठीले उनीको याद दिलाई रहन्छ ।

Comments

Popular Posts