मेरो एउटा साथी

जिन्दगीमा केही पाउनुको साथ साथै केही गुमाउनु पर्दो रहेछ । आज आफूले गुमाउदा थाहा पाए । आज आएर आफूले अमूल्य चिज गुमाउदा नमिठो लाग्दो रहेछ । मैले आफ्नो मिल्ने साथीलाई गुमाउनु पर्दा नरमाईलो लागेको थियो । सँच्चा साथी जिवनमा एक चोटीमा पाइदो रहेछ । उनी जतिको मिल्ने साथी र सँच्चा साथी मैले जिवनमा कहिले पाएको थिइन ।

सन् २०१२ फेव्रअरी महिमाको कुरा हो । म एक संस्थामा स्वयंसेवीको काम गर्थै । यस संस्थाले हरेक वर्ष तीन दिन अङ्ग्रेजी सम्बन्धी सम्मेलन गर्दै आएको छ । त्यसै सम्मेलनमा म फोटो खिच्दै थिए र यसै सम्मेलनमा मैले उसलाई भेटे । उसले दिएको प्रस्तुती एकदम राम्रो र उपयुक्त थियो । म भने उसको उसको तस्बिर खिच्दै थिए ।

एक घण्टाको प्रस्तुती पछि ऊ मेरो नजिक आइन र भनिन्, “हाई ।”

“हाई ।”

“मैले तपाईलाई फोटो खिच्दै गरेको देखे । मलाई मेरा फोटाहरु ईमेल गरेर पठाइदिनु हुन्छ कि ?” उसले अङ्ग्रेजीमा भनिन् ।

“हुन्छ । मलाई तपाईको ईमेल ठेगाना दिनुहोस्,म पठाइदिन्छु । ”

उनीले भिजिटिङ कार्ड दिइन र धन्यवाद भनिन् र गइन् । उसको नाम  एन्जेलिना थियो । उनी बेलायतीकी नागरिक थिइन् र नेपालमा शिक्षक तालिमको काम गर्थिन् ।

सोहि दिन मैले बेलुकी उनीको फोटोहरु पठाइ दिए । उनीको फोटो धेरै राम्रो आउँदो रहेछ ।

एक वर्ष पछि
एक वर्ष पछि, म फेसबुक चलाउँदै थिए र यसै क्रममा मैले एन्जेलिनालाई सम्झे र उसलाई फेसबुकमा खोजे । उसलाई साथी बनाए । त्यसपछि हाम्रो दैनिक जस्तो कुरा हुन थाल्यो । हामी छिटो समयमा मिल्ने साथी भयौ । हाम्रो भेट पनि हुन थालिसकेको थियो । हामी फिल्म हेर्नै त कहिले घुम्न त कहिले किनमेल गर्नै जान्थौ । हामी आफै संसारमा रमाउथ्यौ ।

उनी हरेक कुरा पुर्ण थिइन् तर उसको एउटा नराम्रो बानी थियो र त्यो थियो रक्सी र चुरोट । चुरोट धेरै तान्नु पर्नै र नमात्तिञ्जेल पिउने पर्नै । म उसलाई धेरै चोटि प्रश्न गर्थै कि उनी किन धेरै पिउर्थिन् र चुरोट तान्छिन् तर कहिले जवाफ दिइनन् ।

उसको प्रेमी पनि थियो । एन्जेलिना उसलाई माया गर्थिन् तर उसको प्रेमिले उसलाई माया गरेको लाग्दैन थियो । हरेक समय गालि गरि रहन्थो र यो नगर त्यो नगर भनी कच्कच्च्। गरिरहन्थो । अन्तमा आएर यो सम्बन्ध टुटो । यो सम्बन्ध टुटे पछि ऊ धेरैभन्दा धेरै पिउन थालिन् । म रोक्न खोज्थे तर मैले सकिन । मलाई उसको यो अवस्था देखेर नरमाइलो लाग्थो । कसरी म उसको यो अवस्था हेर्न सक्थे र रोक्न धेरै कोसिस गरे तर मैले हार खाइसकेको थिए ।
मार्च १०, २०१३ कुरा हो । म काम गर्दै थिए । यो दिन पानी पर्नुको साथ साथै बिजुली चम्किरहेको थियो । मलाई एक अन्जान नम्बरबाट धेरै चोटी फोन आयो तर मैले उठाइन । तर यो नम्बर बार बार आइरह्यो र मैले अन्तमा आएर उठाए ।

यसपछि म हस्पिटल पुगे । एन्जेलिनालाई आई सि युमा राखिएको रहेछ र म उसलाई भेट्न पुगे । ऊ निद्रामा थिइन । म उसको नजिक पुगे । नजिक पुग्ना साथ उनले आँखा खोलिन् ।

उनी मुस्कुराईन् र भनिन् , “मेरो नजिक आउन ।”

म उसको छेउमा पुगे । मेरा आँखाहरुमा आँसुले भरिएका थिए । “नरोउन । म कस्तो नराम्रो साथी रहेछु । हरेक क्षण तिमीलाई रुवाए । हरेक पल तिमीलाई सधै दुःख दिए । यदी मैले तिम्रो कुरा सुनेको भए मलाई क्यान्सर हुने थिएन । मलाई माफ गरिदेऊ । म असल साथी हुन सकिन । तर तिमीले हरेक पल मलाई साथ दियौ चाहे त्यो दुःख होस् या सुख ।”

म उसको कुरा सुनेर रुन थाले र रोएको देखेर उनी पनि रुन थालिन् । उनी रुर्दै भनिन्, “जिया, कृपया नरोऊ। तिमी सधै हाँसिराख्नु । मेरो खुशीको लागि भए पनि हाँसिराख्नु । ”

म रुर्दै भने,“तिमीलाई क्यान्सर भइसकेको रहेछ । मलाई किन नभनेको । अब म तिमी बिना कसरी बाच्नु ?मेरो यो जिन्दगीमा तिमी त छौ । तिमी बाहेक मेरो कोही साथी छैन । यदी भगवानले केही दिएमा म तिमीलाई माग्थे सबैको लागि ।

तिमी असल साथी हौ । आफूलाई नराम्रो नसोच । यदी तिमी नराम्रो भएको भने, म तिम्रो साथी हुने थिइन । म एक्लै बाँच्न सक्दिन । हरेक दिन तिम्रै यादले मलाई सताउने र रुवाउने छ । जिवन असल साथी कमै व्यक्तिलाई पाउने गर्छन् र मैले यतिमीलाई पाए । ”

हामी रुन थाल्यौ र उनीले भनिन्,“तिमीलाई थाहा छ?तिमी जस्तो साथी हरेकले पाउदैन् । म धेरै भाग्यमानी छु, तिमीलाई पाएर ।”

डाक्टर अनुसार उसलाई क्यान्सरको अन्तिम चरणमा थिइन् र केही दिनको लागि पाहुना थिइन् । हस्पिटल राखेको एक हप्ता पछि उसलाई हस्पिटलबाट डिस्चार्ज गरियो ।

हामी धेरै ठाँउ घुम्न थाल्यौ । उनी घुम्न, किनमेल र सिनेमा हेर्न धेरै खुशी हुन्थिन् । त्यसैले उनीलाई खुशी पार्न घुमाउन,सिनेमा हेर्न लाग्थे ।

दुई महिना पछि
माघ महिना थियो । हामी पोखरामा थियौ । साँझ ६ः३० बजेको थियो । हामी तालको छेउमा बसेका थियौ । हामी सूर्य डुबेको हेरिरहेका थियौ । राम्रो दृश्य हेर्दै गफ गर्दै थियौ । यसै क्रममा एन्जेलिना मेरो काखमा पल्टिन् । म उनीलाई कुराहरु सुनाउदै दिए तर धेरै बेरसम्म उनीले केही प्रतिक्रिया आएन । अनि मैले उसलाई बोलाए तर उनी बोलिनन् । नबोले पछि उनीको नाडी छामे । उनीको मृत्यु मेरो काखमा भइसकेको रहेछ । म यस दिन धेरै रोएको थिए ।

एक वर्ष पछि
उनी बितेको एक वर्ष भइसकेको भए पनि उनी मेरो सम्झनामा छिन् । यो एक वर्षमा मैले उसलाई नसम्झेको दिन छैन । उनीको यादमा म हरेक दिन डुबेको हुन्छु । उनीको तस्बिर मेरो पर्समा हुने गरेको छ र याद आएमा त्यही तस्बिर हेरि चित बुझाउछु ।

म हरेक महिना पोखरा जाने गरेको छु र त्यही ठाउँ गरेर रुने गरेको छु । हुन त उनीले मलाई नरुनु भने थिइन तर आफूलाई समाल्न सक्दिन ।

एन्जेलिना तिमी जहाँ भए पनि म तिमीलाई धेरै सम्झन्छु । म तिमीलाईल धेरै माया गर्छु । हरेक जन्ममा तिमी मेरो साथी भएर जन्म । मलाई थाहा छैन कि म असल साथी थिए वा थिइन तर तिमी अवश्य थियौ । कही जानु भएमा तिम्रो तस्बिर हेरि जाने गर्छु । तिम्रो धेरै सम्झना र माया ।

Comments

Popular Posts