मेरो प्रेम कथा

समय कति छिटो बित्दो रहेछ । मैले ११ र १२ सकेको सात वर्ष भइसके छ । आज शनिबार जेठ ९,२०७२ सालको दिन ११ र १२ साथीहरुसँग भेट भयो । हामीहरु नभेटेको सात वर्ष भइसकेको रहेछ । यी सात वर्षमा हामी साथीहरुसँग कम सम्पर्क थियो । तर आज मूनलाइट् क्याफे, धुम्बराहीमा ३ः०० भेट्योै । धेरै समयपछि भेट भएकाले सबै जना खुशी थियौ । हामी १० जना आएका थियौ र सबै जना आफ्नो तत्कालीन समयको स्थितिको कुरा गर्दै थिए । म चाँहि सुनिरहेको थिए ।

केही समय पछि मेरी मिल्ने साथी रियाले मलाई सोधिन् ,“ अनु, तँ किन चुप छस् । तँ त धेरै बोल्ने मान्छे । आज के भयो ?”

म केही बोल्न खोज्दै थिए, यसै क्रममा एक साथी राजिवले भने,“यो अनुको नाटक होला ?उसको सधै नाटक गर्नै बानी थियो । अहिले पनि नाटककै गरेका होला ।”

“होला पनि । फेरी उसको धोका दिने बानी छ । आजसम्म धेरै जनालाई धोका दिइसक्नि । अनुको धेरैसँग सम्बन्ध जोडिएको थियो । अहिले पनि छ होला ? होइन त अनु ।”कविताले भनिन् ।

“तिमीलाई त प्लेइगल भनिथ्यो ।” उसले हाँस्दै भनिन् ।

तर म भने चाँहि केही क्षण नबोलि बसे । सबै साथीहरुले केही बोल्न आग्रह गरे र उनीहरुकै आग्रहमा मैले बोल्न सुरु गरे ।

“मेरो जिन्दगीमा आज आएर बदलेको छ । यो सात वर्ष मेरो जिन्दगीमा धेरै घटनाहरु आउने क्रम जारी रह्यो र ती घटनाहरु मध्ये साच्चो माया हो । आज आएर मेरो जिन्दगी बल्लेको छु र कारण हो साच्चो माया । म आफै बदलेको थाहा पाइन ।”

“अनु, तिमीलाई साच्चो माया ? नहसाउँन । तिम्रो हसाउँने बानी अहिलेसम्म गएको छैन । धेरै गफ नलगाउन ।” सिर्जनाले भनिन् ।

“मलाई थाहा थियो तिमीहरुले मेरो कुरा पत्याउँदैनौ । तर मलाई थाहा छ, म पहिले जस्तो छैन । ममा धेरै परिवर्तन आइसकेको छ । समय अनुसार मान्छेहरुमा परिवर्तन आउदो रहेछ । ममा पनि समय र मायाको कारणले परिवर्तन आयो ।”
“तँ कसरी परिवर्तन भइस् ?आज त्यसो भने तेरोे कहानी सुनौन त ।” रियाले भनिन् ।

“मैले उसलाई स्नातक पढैदेखि चिन्दथे । ऊ सुरुमा देख्दा विधार्थीभन्दा शिक्षक जस्तो देखिन्थो । उसको अर्काै प्रभाव ऊ धेरै बोल्दै थियो र लजालु सम्भावको थियो । “बिस्तारै हामी मिल्ने साथी भयौ । यस बेला उसको प्रेमिका थिइन् र मेरो प्रेमि ।”

“लौ, कस्तो अचम्म । अनि कसरी प्रेम भयो त, तिमीहरु बिच ।” कविताले भनिन् ।

“स्नातक पहिलो वर्षमा उसको प्रेमिकासँग सम्बन्ध छुटो र मेरो पनि । यस बेला म उसको साथमा थिए किनकि ऊ धेरै गम्भिर भइसकेकको थियो । एउटा असल साथी भनेकाले मैले उसलाई साथ दिने । यस समयसम्म हाम्रो प्रेम भैसकेको थिएन। हामी मिल्ने साथी मात्र थियौ ।

हाम्रो समूह थियो । हामी सात जना थियौ । पाँच जना केटी र दुई जना केटाहरु थियौ । हामी घुम्न जाथौ र रमाइलो गथौ । यसरी नै हाम्रो तीन वर्षको स्नातक समाप्त भयो तर त्यति समयसम्म पनि हामी मिल्ने साथी मात्र थियौ ।”

“कति बेला प्रेम सुरु भयो ? यो अनुको गफ मात्र होला । हामीलाई गफ लगाको होला ?”कविताले भनिन् ।
तर मैले आफ्नो कहानी सुनाउने त्रम जारी थियो ।

“म पुतलीसडकको कलेजमा स्नातक डिग्रीको लागि भर्ना भए । ऊ बाहिर पढ्नको लागि प्रयास गरिरहेको थियो तर रिजर्ट ढिलो भएका कारण ऊ म पढेको कलेजमै पढ्न आयो ।

स्नातक दोस्रो सेमेटरमा हाम्रो कलेजले काठमाडौ बाहिर शिक्षण भ्रषणका लागि ईलामको व्यवस्ता गरेका थियो । यो भ्रमणमा हामी दुई जनालाई राम्रो जोडी भनि जिस्काउँथे र हामी मुस्काउँथौ ।

धेरै साथीहरुले ऊसँग बिहे गर भनी जिस्काउँथे र म पनि के कम, कुरा मिलाइदिने भए बिहे गर्छु भन्थे र सबैले मैले साच्चि मनपराएको भ्रम थियो । मेरा मित्रहरु उसलाई मनको कुरा व्यक्त गर्न अनुरोध गर्थै। पछि मैले ढिलो थाहा पाए । सुरुमा म भ्रममा थिए कि म साच्चिकै उसलाई माया गर्छु कि गर्दिन तर कलेज सकिए पछि थाहा पाए म उसलाई माया गर्छु भनेर ।

सबै साथीहरुले मलाई भन्थे “तिमी आफ्नो मनको कुरा उसलाई किन भन्दैनौ । तिमीहरुले एक अर्काैलाई राम्ररी चिन्छौ । तिमीहरुको जोडी राम्रो र सुघाउँछ । गएर आफ्नो मनको कुरा व्यक्त गर नत्र ढिलो होला र समयले कुर्दैन ।

हाँस्दै, रमाउर्दै गर्दा गर्दै हाम्रो स्नातकोतर डिग्री समाप्त भयो तब मलाई थाहा भयो म उसलाई मन पराउँछु भनेर । उसँग कुरा गर्दा मलाई आनन्द लाग्थ्यो । जब उसँग बोल्न पाउदिनथे तब छटपटी हुन्थो। उसलाई देख्न नपाउदा तब मलाई के हुन्थो मलाई नै थाहा हुन्दैन थियो ।

मैले सन् २०१३ मा दि काठमाडौ पोष्टमा प्रशिक्षार्थी रुपमा गर्नै थाले । प्रशिक्षार्थी गरेको एक महिनामा ऊ यस पत्रिमा काम गर्नै थाल्यो । ऊ भएकै कारण मैले तीन महिना प्रशिक्षार्थी रुपमा काम गरे । मलाई के लाग्थ्यो भने हाम्रो जोडी भगवानले बनाएको हो । म यही कुरामा खुशी हुन्थे । यही क्रममा मैले उसलाई आफ्नो मनको कुरा व्यक्त गर्न धेरै कोसिस गर्नै गाह्रो हुँदो रहेछ । यसमा पनि नभन्दा धेरै गाह्रो हुँदो रहेछ ।

मलाई धेरै डर थियो कि यदी मैले उसलाई मनको कुरा व्यक्त गरे भने मैले मिल्ने साथी गुमाउने त होइन ! कहिले कहिले मलाई अनुभव गर्थै कि मैले गएर भन्नै पर्छ तर डर लाग्थो कि यदी उसले नाई भयो भने ।”

सबै जना मेरा कुरा ध्यान दिएर सुर्दै थिए ।

“नबोल्दा नबोल्दै माघ महिना आयो । मैले भर्खर दि काठमाडौ पोष्ट छोडेको थिए र थेसिस् गर्न थाले । माघ १६,२०७० सालको कुरा हो । म र मेरा साथीहरु घुम्न भनि साली नदी गएका थियौ । सबै साथीहरु ग्फ र रमाइलो गर्दै बसिरहेका थियौ । यसै क्रममा एक जना साथीले उसको बारेमा सोधे र अर्काै साथीले उनको बिहे हुन अाँटेको कुरा गरे । मेरो मनमा चिसो पयो । मेरा आँखाबाट आँसुहरु आउन थालेका थिए । मैले केही भन्न सकिन । एक छिनको लागि मैले सोचे मेरो साथी जिस्केको होला तर मेरो साथी जिस्केको होइन जस्तो लायो ।
घर फर्कै पछि धेरै समयसम्म रोए । मनको कुरा मनमै रह्यो । भोलिपल्ट मैले उसलाई सन्देश पठाए । उसले केही सरकारी कामको लागि गाउँ गएको भनि सन्देश पठायो र मन खुशी भयो । मैले सोचे नयाँ वर्ष सुरु हुने बित्तिकै म उसलाई मनको कुरा व्यक्त गर्नै छु । तर.........”

मेरा आँखाबाट आँसु झर्न थाले । मेरा आँखा रसाइसकेका थिए । आँखाको डिलबाट आँसु गुडुल्कियो। मेरो यो अवस्था देखेर मेरा मित्रहरु छक्क परे। उनीहरुले मलाई सधै हाँसि खुशीको रुपमा देखेका थिए तर यो अवस्था कहिले देखेका थिएनन् ।

“यस पछि के भयो ?आफ्नो मनको कुरा भनिस्त तैले ?” रियाले भनिन् ।

“यो मौकाको अवसर कहिले व्यक्त गर्नै पाइन । समय कुर्दा कुर्दै उसको बिहे भयो । असार ६,२०७१ साल उसको बिहे भयो तर मेरो मनको कुरा मनै मनमा रह्यो । धेरै कोसिस गरे तर सकिन । उसको बिहे गाउँबाट भएको थियो । उसले आफ्नो बिहेको फोटोहरु फेसबुकमा राखेको थियो । ती फोटोहरुले मेरो मन कति दुख्उो, मलाई मात्र थाहा छ । म धेरै दिन रोएको थिए । म दुई महिनासम्म म उसको यादमा डुबेको थिए । म रुवाउने गीत सुन्दै रात काट्थे । हरेक रात रुदै मेरो दिन रात बित्यो ।

उसले बिहे गरेको झण्डै १ वर्ष भइसकेको छ तर पनि मैले उसलाई बिर्सिको छैन । जति उसको फोटो हेन्थे, उति रुन मन लाग्थो । मलाई आज आएर पछुतो लाग्छ कि मैले किन उसलाई आफ्नो मनको कुरा उसलाई किन व्यक्त किन गर्नै सकिन । सायद मैले उसलाई आफ्नो मनको कुरा व्यक्त गरेको भए केही हुन्थो र मनको कुरा मनमा रहदैन्थो । मैले चाहिनेभन्दा धेरै समय लिए जस्तो लाग्छ । यदी मैले धेरै समय नलिई आफ्नो मनको कुरा व्यक्त गरेको भए, धेरै कुरा स्पष्ट हुन्थो ।

जिन्दगीमा धेरै चोटि माया गरिन्छ र माया धेरैलाई गरिन्छ तर साच्चो माया केबल एक व्यक्तिलाई जसले आफ्नो परिवर्तन गरिदिन्छ । आज म जस्तो छु, यो साच्चो मायाले गर्दा हो । जुन सात वर्ष अगाडि म थिए, आज म त्यो होइन । म आफै अचम्म पर्छु कि मायाले मलाई परिवर्तन गयो । तर म खुशी छु किनकि ऊ खुशी छ । उसको खुशीमा मेरो खुशी हो । यसैमा चित्त बुझाएको छु ।”

मेरा साथीहरु छक्क र अचम्म परेका थिए । कोही कोहीका आँखा रसाएको थियो । आफ्नो कथा सुनाएर म यस ठाँउबाट निस्के र घर फर्कै ।

Comments

Popular Posts