धोका

मैले सायद धोका पाएछु
झुटो मायाको विष पिएछु
खोक्र्रो मायाको भूमरिमा फसेछ
यो कस्तो पल म बिताइरहेछु ।

सुन्दर गुलाफ दिए थियौ
त्यही गुलाफमा माया खोजे
तर त्यहाँ त काडाँपो पाएँ
फूल त ओइलाइ झरेछ ।

वगरमा नाम लेखेका थियौ
त्यही वगरमा माया खोजे
तर त्यहाँ त बालुवा पाँए
मायाको चिनो त वगाइलगेछ ।

Comments

Popular Posts