पर्खि बसे

पर्खि बसे तिमी आँउछयौ कि भनेर
आँखा बिछयाए तिमी आउने गोरेटोमा
हुरिवतास आयो, तर तिमी आइनौ
वर्षातमा हेरिरहे तर तिमी आइनौ

कतै आउन बिर्सयौ कि काममा फुस्यौ कि
मलाई बिर्सयौ कि या तडुपाउन खोजेको
या बाटो बिसिएर अर्कै बाटो लाग्यौ कि
या आँउदा आँउदै अरुमै नजर अडियो कि


कालो रात छाउन थाल्यो मेरो वरिपरि
तर नजर अडिनैरहे तिमी आउने गोरेटोमा
कतै यहि अध्ँयारोमा तिमी हरायौ कि
या साहराको लागि हात थाम्यौ कि कसैको......

Comments