लत

मानिसहरुलाई केही न केही कुराको लत हुन्छ । कसैलाई चुरोटको लत, कसैलई रक्सीको, कसैलाई चकलेटको । एक चेटी लागेको लत छुटाउन निकै गाह्रो हुन्छ र सजिलै छुट्दैन । मेरो पनि केही लत छन् जुन अहिले कम हुँदै छ तर छुटाउन सकेको छैन । म पहिला निकै उपन्यासहरु पढ्थे र अहिले पनि पढ्छु । पहिला जस्तो होइन । उपन्यासको छट्टा अरु किताबहरु पढ्छु भन्छु तर सकेको छैन । उपन्यासले मलाई छोडेको छैन । कहिले काँही उपन्यास धेरै पढ्दा अरु विषयहरुमा पछाडि परेको छु जस्तो लाग्छ । त्यसको साथ साथै, सन् २०१० मा ब्लग लेख्ने लत लाग्यो । निकै वर्ष छोटो कथाहरु लेख्न थालेको थिए । अहिले चाँहि लामो कथाहरु लेख्छु तर लेख्न कम गरेको छु । अब लेख्न छोड्नु र लेख्न पुग्यो भनि लेख्न छोडेको थिए तर सकिन । त्यही क्रममा, पहिलाको लेखाइ हेर्दा कस्तो नराम्रो लेखेको रहेछु जस्तो लाग्छ । अहिले हतार गरेर लेख्दिन । समय लगाउछु । यो पनि एक लत हो । त्यसको साथ साथै, मैले चकलेट खान छोड्छु भन्छु तर सकेको छैन । त्यसको मलाई लत लागिसकेको छ । एक चोटि पूरै एक वर्ष छोडेको थिए तर पछि फेरि खान थालेको छु । कोसिस गर्दै छु तर सकेको छैन । छोड्न निकै गाह्रो भएको छ ।

Comments

Popular Posts