दुर्घटना

म कक्षा ६ पढ्दाको कुरा हो । त्यस बेला म मैतिदेवीको नजिकको स्कूलमा पढ्थे र नजिकैको डेरामा बस्थ्यौ । चार बजे स्कूल छुट्टी हुन्थ्यो । सधै झै चार बज्यो र छुट्टी भयो । सबै जना हतारिदै घर फर्किने क्रममा थिए । त्यही क्रममा, मेरो एक जना साथीले आफ्नो डायरी कक्षामा बिर्सेर गइन् । उनको घर स्कूलकै नजिकै थियो । मैले पु¥याइदिने निर्णय गरे । म स्कूलबाट निस्किए । बाटो काट्नु थियो । परबाट सेतो टेम्पो आउँदै थियो । पर भएर मैले बाटो काट्दै थिए र सेतो टेम्पो निकै छिटो आयो र मेरो दुर्घटना भयो । म भुँइमा लडे र मेरो दाइने खुट्टामा घाउ भयो । घाउ भए तापनि म साथीको घर गए र डायरी दिए । त्यही क्रममा, साथीको आमाले मेरो घाउ देख्नु भयो र सफा गरिदिनुभयो । त्यस पश्चात, उहाँले मलाइ विवरण सोध्नुभयो र मैले सबै कुरा व्यक्त गरे । अनि उहाँले मलाई सुई लगाउन अनुरोध गर्नु भये । म नजिकैको क्लिनिकमा गए र सुई लगाए । निकै दुखेको थियो । मैले यस बारे घरमा भनिन । म डराएको थिए । म एक हप्तासम्म क्लिनिक गए र ड्रेसिङ गर्थे । घाउ निको हुन एक हप्ता भन्दा धेर लागेको थियो । निको हुने क्रममा मात्र परिवारले थाहा पाउनु भएको थियो । 

Comments

Popular Posts