BOOK REVIEW: PUTALI KO GHAR

पुस्तकःपुतलीको घर 
लेखकः पुष्पा बस्नेत 
विधिः आत्मकथा 
प्रकाशकः अल्केमी 
प्रकाशन मितिः २०७५
putali ko ghar bookको लागि तस्बिर परिणाम

पुष्पा बस्नेतद्धारा लेखित पुतलीको घर पुष्पा बस्नेतको जीवनको साथ साथै उनीको संस्थाबारे छ । उनीको आफ्नो संघर्षको बारेमा छ । 

पुष्पा बस्नेत  राम्रै परिवारमा हुर्किनुभयो तर पढाईमा भने मन नलाग्ने । एस एल सीमा उनी मात्र असफल भएकी थिइन् तर पछि फेरि परिक्षा दिइन् र पास पनि भइन् । केही महिना खालि भइन् । खालि समयको सदुपयोग गर्न उनी बाल मन्दिरमा काम गर्न जान्छिन् । त्यहाँको वातावरणले उनीलाई बच्चाहरुलाई केही गर्न प्रेरित गर्छ ।

एस एल सीपछि उनी सेन्ट जेभियर्समा भर्ना हुन्छिन् तर पुष्पा बस्नेतको पढाईको कारण उनीलाई एक वर्षको लागि कलेजबाट निकालिन्छ । सेन्ट जेििभयर्समा पढ्दा विधार्थीहरुलाई विभिन्न श्रेत्रमा काम  गर्नु पथ्यो र उनीले जेलमा गरिन् जुन उनीको जीवनमा परिवर्तन आउछ ।

कलेजबाट निष्कासन गरेपछि यो दोडान उनीले पनि बच्चाहरुको लागि काम गरिन् अर्थात् उनी फेरि जेलमा गरेर  एक् बच्चालाई भेट छिन् जसको कारण उनले संस्था खोल्ने प्रेरणा मिल्छ । 

त्यसपछि सुरु हुन्छ उनीको संघर्ष । उनीले पाएको दुःख । संस्था खोल्दाको संघर्ष, खोलि सकेपछिको संघर्ष आदि जुन कुराहरुले मेरो मन छु¥यो ।

बिस्तारै उनको कामको चर्चा हुन थाल्यो र धेरैले सहयोग पनि गरे । तर पनि उनको पीडा कम भएको थिएन जस्तै ः डेरा सर्नुको पीडा, जग्गामा फस्नुको पीडा तर पनि आफ्नो काममाम नीरता दिए रहिन् ।  त्यसैले उनी सीएनएन हिरो र सीएनएन सुपर हिरो भइन् । उनीको यो अनुभव पनि उल्लेख गरेकी छिन् ।

एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उस्कन उनको हृदयले तय गरेको बाटोको कथा हो । अनि कथा हो, अँध्यारेबाट उज्यालोतिरको यात्राको, प्रेमको र करुणाको । सीएनएन हिरो र पछि  सीएनएन सुपर हिरो समेत भएर संसारमाझ आफ्नो करुणाले चिनिएकी पुष्पा बस्नेत को हुन् ? चिनिनु अघिको उनको जीवन कस्तो थियो ? कसरी उनी कुनै गल्ती नहुँदा पनि जेलमा पुगेका लागि स्वतन्त्रताकी देवी बनेर अवतरित हुन पुगिन् रु कसरी अरुको दुःख हटाउन खोज्दा उनको आफ्नै दुःख हट्यो र उनले बुझिन् जीवनको अर्थ ?

किताबको पाना पल्टाउँदै जाँदा जीवनप्रतिको आशा र भरोसा ज्यादा मुखर हुँदै जान्छ । परिणामतः पाठकको हृदयमा उत्साहको सञ्चार स्वतः भएर आउँछ । निराशले चारेतिरबाट घेर्दै लगेको यो आत्मकेन्दि«त आधुनिक समयमा परार्थ हितको बाटोमा हिँड्दा हुने मोक्षदायी लाभको स्वाद पुस्तकले हरेक पठकलाई गराउँट । यही नै यस पुस्तकको शक्ति हो ।

Comments

Popular Posts