रामचन्द्रको कथा

 रोहित शर्मा आज २५ वर्ष लागेका थिए । आज उनी आतुर थिए । अनी आफ्नो हजुरबाको डायरी पढ्न हतार भएका थिए । रोहित शर्मा रामचन्द्रका जेठी  छोरीको जेठा छोरा हुन् । सबै जना अमेरिका बस्छन् तर रोहित छुट्टिमा नेपाल आएका थिए । 

रामचन्द्रले रोहितको २५ औ जन्मदिनमा डायरी पढ्न दिन आग्रह गरेका थिए । रोहित शर्मा आफ्नो कोठामा जान्छन् र डायरी पढ्न थाल्छन् । 


म तेह्रथुमको पौठाकमा जन्मेको हुँ । म त जेठो छोरा हुँ । म आफ्नै गाउँमा पढेको हुँ । तेह्रथुम विधालयमा कक्षा १० सम्म पढे । म साहै« चकचके थिए । मलाई पढ्नभन्दा अरु चिजमा रहर थियो । म धेरै चकचके भए भनेर आमा धेरै कराउनु हुन्थ्यो । तर म कहिले आमाले भनेको नटेरि बस्थे । कहिले रुखमा चडेर फलफूलहरु चोरेर खान्थे । त्यसैले आमाले कराउनु हुन्थ्यो ।

विधालय पुग्न एक घण्टा लाग्थ्यो । जान र आउन दुई घण्टा लाग्थ्यो । साह«ै गलेर घर पुगिथ्यो । खाजा अहिलेको जस्तो हुँदैन थियो । कहिले रोटी त कहिले चिउरा । आफूाई मीठो खानु पर्ने । रोटीर चिउरा खादा खादै वाक्क दिक्क हुन्थे । अनि अरुको घर गएर मीठो के पाकेको छ त्यहि खायो ।

पढाइमा भने म त्यतिm राम्रो पनि होइन् । गणितमा त नराम्रो विधार्थी नै थिए । पढेको कुा नै बुझ्दिन थिए । गणितको सूत्र नै बुझ्दिन थिए । बरु अङ्ग्रेजी र नेपाली मेरो मन पर्ने विषय थियो । मलाई कथाहरु पढ्न खूब मन पर्थो ।

एक दिनको कुरा हो । जाँचको बेला थियो । धेरै अङ्ग्रेजी निबन्धहरु पढ्नु पर्थो । त्यो पनि गोकेर पढ्नु पर्थो । धेरै निबन्धहरु थियो पढ्नु पर्ने तर मैले चाँहि गाईको बारेमा गोकेर गरेको थिए । नभदै परिक्षामा गाईको निबन्धकै बारेमा आयो ।


मैले कक्षा १० १५ वर्षको उमेरमा दिएको थिए । अनि मैले तेह«थमको नजिकैको स्कूलमा पढाउन थाले । त्यही क्रममा मेरो बिहेको कुरा चलिरह्यो । मेरो बुवा निकै कडा स्वभावको हुनुहुन्थ्यो । उहाँले भनेपछि सबै हुनुपर्ने र म चाँहि छोरा छोरी मध्ये नटेक्र्नेमा पर्थे । जेठा छोरा भनेपछि धेरै दायित्व र जिम्मेवारी आउन्थो नै । मैले बिहे गर्दिन भन्दा भन्दै बुवा मान्नु भएन ।

बिहेको दिन दुलहाको लुगा नै पालिदिए । मलाई त्यो दिन छेर लागेको थियो । त्यसबाहेक म आतिएको थिए । वैशाख २०, २०३८ सालको दिन मेरो बिहे भएको थियो । खासमा मलाई पढेर मात्र बिहे गर्ने योजना थियो तर बुवाको करले मैले बिहे गरे ।

बिहे त गरे तर म प्रायः धरमा बस्दिनथे । मलाई पढ्नु थियो । त्यसैले मैले घर छोडेर काठमाडौ आए । मैले धेरै संङ्घर्ष गरे । काठमाडौ म एक्लै आएको थिए । तर वास्तवमा म काठमाडौमा बस्न सकिन । धेरै महँगो ठाँउ लागेर आयो । हुन त काठमाडौ अहिले महँगो हो । सम्झदा त अहिले १०० रुपैयामा धेरै थोक आउथ्यो तर पनि महँगो लाग्थ्यो । त्यसैले म धरान गएर पढ्न ।

म धरान त गए तर कहाँ बस्ने र कहाँ पढ्ने टुगो थिएन । मैले योजना नबनाइकन गएको थिए । मैले आफ्नो घरमा नभइकन आएको थिए । त्यसैले मेरो श्रीमतीले गाली खान्थिन् । बाले श्रीमतीलाई धेरै मेरो बारेमा धेरै खोजिनिति गर्नुहुन्थ्यो । विचरा मैले मेरो श्रीमतीलाई पनि केही भनेको थिइन । हरेक दिन जस्तो सोधिरहनु हुन्थ्यो रहेछ । यो कुरापछि मात्र थाहा पाए । मेरो बुवा धेरै नै जिद्धी हुनुथ्यो । जिद्धीको साथ साथ अप्ठारो हुनुथ्यो । खाना खुवाउनु धेरै अप्ठारो हुनुथ्यो तर पनि मेरो श्रीमतीले धैर्य गरिन् । कहिले पनि गुनासो गरिनन् ।

म धरान जान त गए तर बस्ने ठाउँ दिएन । एक महिनासम्म मैले आफ्नोलाई ठाउँ भेटेको थिइन । म एउटा सानो होटलमा बसेको थिए । पछि मात्र कोठा भेटे । अनि धरानको कलेजमा पढ्न थाले । बीच बीचमा घर पनि जान्थे । सुरुमा जाँदा बुवाले कराउनु भएको थियो । म घरमा केही नभइकन गएको थिए । त्यसैले कराउनु भएको थियो ।
म घर त जान्थे तर काम चाँहि त्यति गर्दिन थिइन । म दिनभरि सुत्थे । मेरो श्रीमती बिहान नै उठथिन् र घरको काम गर्थिन् । धेरै काम हुन्थ्यो । सबै काम सक्दा बेलुका ९ बजेको हुथ्यो । धेरै काम गरेकाले धेरै धकितन् हुन्थिन् र फेरि बिहान उठेर धेरै कामहरु गर्नुपथ्यो । घाँस काट्ने, बाख्रा चराउने, गाई वस्तु हेर्नेदेखि घरको सबै काम गर्थिन् ।

म धरानमा नै थिए । दुःख सुख गरेर मैले बीए पढिसके । म धरानमै स्कुलमा पढाइरहेको थिए । यही क्रममा मेरो जेठी छोरी जन्मेको खबर आयो । त्यस समय अहिलेको जस्तो फोन थिइन । चिठ्ठी पठाउने चलन थियो र चिठ्ठी धेरै समयपछि मात्र आउने गथ्यो । हाम्रो जेठी जन्मेको दुई महिनापछि मात्र थाहा पाए । म दसैको बेलामा मात्र घर गए ।


जेठी जन्मेको दुई वर्षपछि छोरा जन्मियो । तर अवसोज जन्मेको छ महिनापछि उसको निधन भयो । धेरै समयसम्म ज्वरो आएको थियो । गाउँमा अस्पताल थिएन । सुरुमा सामान्य ज्वरो होला भनेर वास्ता गरिएन तर ज्वरो निको हुने काम नै लिएन । ज्वरो कै कारण छोराको मृत्यु भयो । त्यसपछि घरमा नै झगडा भयो । श्रीमती माइतमा थिइन् । यस घटनापछि मेरा बुवआमा आफ्नो समदीहरुसँग र बुहारी सँग धेरै महिनासम्म बोल्नु भएन र घरमा बोलाउनु भएन । मैले धेरै चोटि बुवा आमालाई सम्झाए कि बुहारीलाई बोलाउनु भनेर तर मान्नु भएन ।

सबै दाजु भाइ भएन सम्झाएपछि मात्र बुहारीलाई बोलाउनु भयो । तर पनि मेरी श्रीमतीले केही बोलिनन् र बोल्न जरुरी सम्झिनन् । उनीको ठाउँम अरु भएको भए घर छोडेर जान्थे । मेरा बाले त मेरी श्रीमतीलाई धेरै गाली गर्नु भएको थियो र छोरालाई राम्रो हेरचाह नगरेको आरोप लगाउनु भयो । वातावरण नै त्यस तै नै थियो कि छोराको उपचार भएन । यसका कसैको दोष थिएन । यो कुरा बुझाउन गाह«ो भएको थियो बुवालई । तर समय नै सबै घाउ भर दिन्छ भन्ने विश्वास थियो ।


जिन्दगी सामान्य चल्दै थियो । म पढ्दै र पढाउदै थिए । मास्टर डिग्री सकेर थीसिस गर्दै गर्दा छोरा जन्मियो । सबै जना खुशी नै थिए । म काठमाडौ आएको थिए मास्टर पढ्नको लागि । म टयुशन  पढाउदै थिए । दुःख नै थियो । मैले आफ्नो छोराको अनुहार एक वर्षपछि मात्र हेर्न पाएको थिए । काठमाडौमा गुजारा गर्न गाह«ो भएको थियो । त्यसैले म गाउँ जान प्राय भाउदिन थिए । एक वर्षपछि गर्दा बुवाआमाले धेरै कराउनुभयो । छोरा जन्मेको थाहा पाएर नआएको गुनासो गर्नुभयो । तर पनि म खुशी नै थिए किनकि मेरो श्रीमतीले मेरो घरपपरिवार राम्रोसँग हेरेकी थिइन् ।


दुई वर्षपछिको अन्तरमा दुईवटा बच्चाहरु भए । दुई वटा बच्चाहरु भए । दुई वटा नै छोरीहरु जन्मिए । मैले त कान्छी छोरीको अनुहार १७ महिनापछि मात्र देखेको हुँ । त्योभन्दा म धेरै अचम्मको व्यक्ति थिए । काठमाडौमा काम गर्दै गरेको मान्छे धनकुटा जाने योजना बनाए । के गर्ने, कहाँ बस्ने योजना नबनाइकन धनकुटा जाने कुरामा अडिए । हुन त मेरी श्रीम्तीलाई रिस उठेको थियो तर भन्न सकेकी थिइनन् । उनीलाई लागेको थियो कि के गरेर बाँच्ने ? तर केही नभनिकन मसँगै धनकुटा आइन् । सुरुमा त डेरामा बसेका थियौ । धेरै ठाउँमा आवेदन हालेको थिए र अन्त्यमा एउटा स्कुलमा प्रध्यापकको रुपमा काम गर्ने मौका पाए । बिटीस्को प्रोजेक्ट थियो । त्यस ठाउँमा काम गर्ने कर्मचारीहरुलाई बस्ने ठाउँ पनि दिइएको थियो ।

धनकुटा आउँदा मैले माइली र कान्छी छोरीलाई मात्र ल्याएको थिए । जेठो छोरी र छोरालाई काठमाडौको स्कुलमा भर्ना गरेको थिए । आफ्नै साथीले पैसा मिलाइदिएका थिए । मँहगो  थियो तर पनि मेरो साथीले मेरो समस्या बुझेका थिए । त्यसैले केही गुनासो गरेका थिएनन् ।

दुई वर्षसम्म धनकुटामा नै पढाए । यो स्कुलमा हरेक शुक्रबारको दिन हाफ् छुट्टी हुन्थ्यो । हरेक शुक्रबार पढाइको सट्टा अरु गतिविधिहरु गराउथ्यो । शुक्रबारको दिन विधाथीहरु रमाउथे । यो विधालयमा अनुशासन चै  हुन्थ्यो । बिहान सबै विधार्थीको नङ्ग, जुत्तला, कपाल, लुगा आदि सबै हेरिथ्यो । कडा अनुशासन भए पनि विधार्थीहरुलाई पिट्न पाइदैन थियो । यो मैले बनाएको थिए ।

यो विधायलयमा काम गर्दा मैले धेरै अनुभव लिएको थिए । काम गर्ने वातावरण पनि राम्रो थियो ।   यहाँ काम गर्ने साथीहरुसँग अहिले पनि राम्रो सम्बन्ध छ । हामी साथी भाइको भेट भइरहन्छ । भरोसाको साथ साथै सहयोगको भावना पनि छ ।

यो विधालयमा गर्दा मैले धेरै कुराहरु सिके । जस्तैः– काम कसरी गर्ने, विधार्थीहरुलाई कसरी पढाउने, वातावरण कस्तो हुनुपर्छ, के गर्दा राम्रो हुन्छ आदि । यस विधालयमा काम गर्दा भेरै व्यक्तिको मन जित्न सफल भएकाृ थिए । कसैकौ नराम्रो गुनासो सुत्नु परेको थिएन ।


धनकुटामा काम गरेको दुई वर्षपछि मेरो काठमाडौ जाने सूर गरे । त्यो पनि बिना योजना र बिना तयारी । मेरी श्रीमती रिसाइन् । धनकुटा बसूँजेल राम्रै थियो तर काठमाडौमा क गर्ने थाहा थिएन । तै पनि हामी चार जना काठमाडौ गएका थियौ । काठमाडौकाके मैतिदेवी भन्ने ठाउँमा बाहालमा मेरो कान्छो बस्र्थे । अनि हामी कान्छो भाइसँगै बस्थ्यौ । मेरा दुई वटा छोरा छोरी होस्टेलमा बस्थे र उनीहरुलाई निकाले । काम खोज्न थाले । भाग्यले मलाई साथ दियो र मैले एउटा कलेजमा राम्रो विभागमा काम गर्न पाए । त्यसपछि धेरै ठाउँमा पनि मलाई बोलायो र म धेरै ठाउँमा काम गर्ने थाले ।

एक दिनको कुरा हो । मेरो साथीले युकेको लाथि फारर्म भर्न अनुरोध गरे । मलाई रहर त थिएन । राम्रै कमाउदै थिए तर पनि फारर्म भर्दैमा के जान्छ भनेर मैले भरे । नभन्दै मेरो र मेरो साथीलाई लटरी प¥यो ।

युके गएपछि के गर्नेमा पीर प¥यो । मेरो बुवा लगाएत अरु आफन्तहरुले जान आग्रह गरे । यस्तो मौका फेरि आउदैन भनि सम्झाउनु भयो । अनि जाने निर्णय गरे । जानु अघि मेरा नजिकका नातेदारहरु र साथीहरुलाई खाना खान बोलाए । सबै जना खुशी ने थिए घरमा तर मेरी श्रीमती चिन्तित  थिइन् किनकि म गएपछि घरमा के हुन्छ भन्ने कुरामा चिन्तित थिइन् । चिन्तित हुनु सोभाविक हो तर पनि मैले हौसला थिए कि म छिटै पर्खि छु भनेर ।

म बेलायतको रेडिङ्गमा बस्थे । केही महिना गाह«ो भएको थियो । पकाउनेदेखि लुगा धुने काम आफ्नै गर्नुपथ्यो । काम सानो र ठूलो हुँदैन थियो । काम भनेको काम नै हो भन्ने यहाँ आएपछि थाहा पाए ।

मलाई एक्लै बस्न गाह«ो भएको थियो । आफ्नो परिवारलाई छोडेर परदेशमा बस्नु गाह«ो हुँदो रहेछ । त्यसैले आफ्नो श्रीमतीलाई बोलाने निर्णय गरे । कागजपत्रको जिम्मा आफ्नो भाईलाई दिए । कान्छो भाईलाई कागजहरु पठाएको थिए र उनले सबै तयार गरिदियो । अन्तमा मेरी श्रीमतीको भिसा भयो ।

उनीको भिसा लागेपछि हाम्री कान्छी छोरीलाई आफ्नी आमा जान जान लाग्नुभो भनेर धेरै रोइन् । घरका सदस्यहरुले धरै सम्झाए नरुनु भनेर तर उनी मानिनन् । बेलायत आईसक्दासम्म पनि हाम्री कान्छी छोरी धेरै महिनासम्म रुथिन् तर पछि बानी प¥यो ।

उनी बेलायत आइन् । काम गर्न सजिलो थिएन । म डिर्पामेन्ट स्टोरमा काम गर्थे भने मेरी श्रीमती पनि डिर्पामेन्ट स्टोरमा गर्थिन् तर छुटा छुटै थियो । उनीले काम गर्ने ठाउँमा भारतीयले चलाएका थिए र परिवार राम्रा थिए । धेै सहयोगी थिए । हाम्रो काम सानो थियो तर हामीलाई सजिलो थियो ।

मेरी श्रीमतीको साथीहरु छुट्टीको दिन पनि काम गर्थे त्यो पनि अस्पतालमा । मेरी श्रीमतीलाई पनि अस्पतालमा काम गर्ने आग्रह गर्थे तर मेरी श्रीमतीलाई अस्पतालमा काम गर्ने इन्छा थिएन । मेरी श्रीमतीलाई डिर्पामेन्ट स्टोरमै खुशी थिइन् ।


यदी नेपालमा भएको भए, पढे लेखेको मान्छे भएर डिर्पामेन्टमा काम गर्ने भन्र्थे होला । त्यसैले बेलायतमा त्यस्तो कु काट्ने थिएनन् । सायद मान्छेहरु व्यस्त भएर होला मान्छेहरु अरुको कुरा गर्न पाउदैन थिए ।

बेलायतको पढाई पनि बेग्लै थिए । नेपालभन्दा फरक थियो । नेपालमा चाँहि परिक्षा हुँदा नहेरी दिनु पर्छ भने बेलायतमा त्यस्ते थिएन । प्राय  कम्प्युटरबाटै गृहकार्य बुझाउनु पथ्यो । एउटा सजिलो त्यही थियो तर कहिलेकाँही  गाह«ो लाग्थ्यो बेलायती जीवनशैली । खानादेखि लिएर अरु कुराहरु नै लाग्थ्यो । खाना नै पकाएर खान्थ्यौ । यहाँका खानाहरु त्यति मीठो लाग्दैन थियो ।

यहाँका मानिसहरु हेर्दा रोबट जस्तो लाग्थ्यो । मेसिन जस्तो लाग्ने । २४ घण्टा काम मात्र गर्ने त्यो पनि कति छिटो । हिड्दा पनि छिटो हिड्ने । हामी नेपालीहरु ढिला सुस्तरी गछौ । हामी उनीहरुका अगाडि ढिला छौ जस्तो लाग्ने ।
बेलायतमा बसूँजेल त्यति बिरामी भइएन । सायद वातावरण राम्रो भएकाले होला । बेलायत ठाँउ चाँहि धेरै चिसो । घाम त्यति लाग्दैन थियो । आकल जुकल मात्र घाम देख्न पाउथ्यौ ।

बेलायतमा हामी दुई वर्ष बस्यौ । मेरो पढाइसकेपछि हामी नेपाल फर्केने निर्णय गरौ । हाम्रा साथीहरुले हामीलाई नजान आग्रह गरे तर हाम्रो मनले मानेको थिएन त्यहाँ बस्न । उनीहरु हामीलाई सम्झाउथे । बेलायतमा धेरै अवसरहरु छन् भनि सम्झाउथे तर हाम्रो मनले मानेन । जति कमाउनु थियो कमायौ भन्ने थियो । छोराछोरीहरुको लागि भए पनि जानु थियो । अन्तः हामी दुई वर्षपछि आफ्नो घर फर्कियौ । घर फर्कनुको आनन्द अर्के हँदो रहेछ ।

हामी त्रिभुवन एयरपोर्टमा साँझ ८ः०० बजे आइसकेका थियौ । हामी आफ्नो परिवारलाई कुरेर बसेका थियौ । यही क्रममा मैले आफ्नो कान्छो भाई र आफ्नो कान्छी बहिनी र ज्वाइँलाई देखे । उहाँहरुसँग एक जना केटा मान्छे थिए । उहाँहरुको नजिक गए । अनि मैले भने, “अनि हाम्रो छोरा चाँहि आएनन् ?”
सबै जना हाँसे । म अचम्म परे ।

“अनि तपाईको यही त हो नि त । कस्तो नचिनु भएको ?” ज्वाँइले भन्नुभयो ।

हामीले छोडेर जाँदा सानै थियो । सानो भन्नाले हाईट बडेको थिएन । हामी फर्कदा अग्लो भइसकेको थियो । हामी अचम्म प¥यौ र समय कति छिटो बित्दो रहेछ ।

हामी घर फकियौ । मैतिदेवीमै बसेका थियौ । हामी पुग्दा सबै जना खुशी भए । खासमा कान्छी छोरी  देखिथिन् । हामीलाई देखेर खुशी हुँदै हाम्रो छेउमा आइन् । सबै जना ठूला भइसकेका रहेछन् । 


हामीले कमाएको पैसा घर बनाउने निर्णय गयौ । मेरो बुवाले पैसा खर्च हुन्छ भनेर जग्गा र घर हेर्न थाल्नुभयो । कहिले आफूलाई जग्गा मन पर्दैन थियो त कहिले घर । अन्तमा बुवाले चावहिलमा जग्गा देख्नुभयो र हामीलाई देखाउन लेर जानुभयो । हामीलाई देख्ने बितिकै मन प¥यो । मन परेपछि किनिहाल्यौ । जग्गाकै कारण छेउमा डेरा लिएर बस्यौ ।

घर बनाउने क्रममा हाम्रो जिन्दगीमा नै परिवर्तन भयो । हामीले बैशाखमा घर बनाउन सुरु गरेका थियौ । जेठको महिना थियो । मेरी श्रीमतीलाई सुरुमा ज्वरो आयो । अस्पताल लग्यौ । औषधी खाइसकेपछि निको भयो । पछि फेरि ज्वरो आयो । यस पालि चाँहि निको हुने क्रम नै देखाएन । धेरै बोल्न र नचाहिने कुरा बोल्न थालेकी थिइन् । मान्छे कहिले चिन्ने र कहिले नचिन्ने भएकी थिइन् । धेरै डाक्टरलाई देखायौ तर कसैले रोग पत्ता लगाएनन् । अन्तमा मेडिकयर अस्पताल गयौ । त्यहाँ गएपछि डाक्टर भगवान् भए ।

अस्पतालमा राख्दा पनि मेरी श्रीमतको ठेगान हँुदैन थियो । सुतेर बिउजिदा बाहिर निस्कने । कति बेला होस् हुन्थ्यो त कहिले हँुदैन थियो । पछि डाक्टर डिप्रसनको सङ्केत थिए । अनि औषधी दिए । बिस्तारै बिस्तारै औषधीले काम गयो र निको पनि भयो ।

सुरुमा आतिएका थियौ । लाग्थ्यो कि उनी कहिले निको हुँदिनन् । म मनमनै रोएको थिए । म बेलायलबाट आएपछि धेरै कलेजहरुमा पढाउथे । मैले धेरै छुट्टी लिन्थे र मेरा केही मित्रहरुले नकरात्मक कुराहरु गर्न थाले र भन्थे कि म काम चोर हूँ । सुरुमा त नराम्रो लगेको थियो तर पछि बानी पर्दै गयो । आफ्नो हालत अर्को थियो त, अर्को तर घर बनाउदै थियौ । आफ्नो हालत आफूलाई नै थाहा थियो त्यसैले भन्न जरुरी थियो । 

१०
बिस्तारै दिनहरु बित्दै गयो र दिनहरु वर्षहरुमा परिवर्तित भयो । मेरा छोरा छोरीहरुले पढाइमा राम्रै गर्दै थिए । अनि मेरा तीनजना छोरा छोरीहरु स्नातक तह सकेर बाहिर पढ्न गए । कान्छी छोरी चाँहि  मास्टर डिग्री सकेपछि अमेरिका गइन् ।

दुःख सुख गरेर छोरा छोरीलाई पढाइयो । अरु साथीहरु जग्गा जमिन थिए भने मेरो चाँहि एउटा घर बाहेक केही थिएन तर पनि म खुशी थिए । छोरा छोरी प्रगति गरेका थिए । बिहे पनि गरे ।

म आफ्नो क्षेत्रमा सफल हुनुको कारण मेरी श्रीमतीलाई दिन्छु । म धेरै व्यस्त हुन्थे । उनीले नै घर संसार चलाइन् । आफ्नो राम्रो संस्कार दिइन् । मैले आफ्नो परिवारलाई समय नदिँदा केही गुनासो गरिनन् । कहिले काही आफ्नो श्रीमान्सँग धुम्न मन लाग्थ्यो होला तर भनिनन् । उनीको साथ मसँग रहिरह्यो । उनले मलाई राम्ररी बुझेकी थिइन् । उनी नभएको भए मेरो अस्तिव रहदैन थियो । उनले गर्दा मेरो घर उज्यालो रह्यो । 

————————————————————————————————————————
रोहितका आखाँहरु रसाए । उनले अन्तिम पाना पढ्न थाल्छन् जुन चिठ्ठी थियो ।  
प्रिय नाति, 
        जिवन धेरै सङ्घर्ष गर्नुपर्छ । त्यसको लागि आफ्नो साथी चाहिन्छ किनकि आफ्नो सङ्घर्ष आफ्नो जिवन साथीले देख्ने छिन् र आफ्ना सन्तानले पनि देख्ने छन् जसले गर्दा छोरा छोरीले प्रेरणा मिलोस् । मेरा छोरा छोरीले मेरो सङ्घर्ष देख्न पाए र प्रेरणा लिए । अहिले उनीहरु खुशी छन् । मैले त तिम्रो बिहे हेर्ने रहर थियो तर पूरा भएन तर तिमीले पूरा गछौ होला । 
                                                                                                                     तिम्रो हजुरबा 
                                                                                                                        रामचन्द्र









Comments

Popular Posts