माया र दोस्ती
१
“सोनम, तिमी हाम्रो कुरा किन सुन्दैनौ ? तिमी बिहेको लागि किन तयार छैनौ ? राहुल राम्रा केटा हुन् र उनका परिवार पनि राम्रा छन् । राहुलले तिमीलाई खुशी राख्ने छन् र तिमी राहुलसँग खुशी हुने छौ । यस्तो राम्रो केटालाई किन अस्वीकार छौ ?”“तपाईले मलाई नसोधिकन किन बिहेको कुरा गर्नुभयो ?”
“कहिले बिहे गछौ ?”
सोनम मौन रहिन् । सोनम आफ्ना बुबा आमालाई हेरिन् । सोनम र बुवा आमा सोफामा बसेका थिए । बुवा आमा सोनमको बिहेको कुरा गर्दै हुनुन्थ्यो । सोनमलाई बेचेन भइरहेको थियो । सोनमलाई पैसाको परवा थिएन । उनीलाई माया गर्ने श्रीमान् चाहिएको थियो ।
“केही त भन, सोनम ।” सोनमको बुाले केही भन्न आग्रह गर्नु भयो ।
“म कसैलाई मन पराउछु ।”
“हँ ?” सोनमको आमा अचम्मित हुँदै भन्नुभयो ।
“हो ।”
“त्यसो भए को हो त्यो केटा जसलाई तिमी मनपराउछौ ?”
“बिकु श्रेष्ठ ।”
“के ? बिकु श्रेष्ठ जो तिम्रो बुवाको अफिसमा क्लर्कको काम गर्छन् । ”
“हो, म उसलाई माया गर्छु ।”
“बिकु श्रेष्ठसँग तिम्रे भविष्य छैन ।”
“तर म उसलाई माया गर्छु ।”
“तिमी प्राटिकल हौ ।”
वातावरण केही समयको लागि मौन भयो । आमा र सोनमले एक अर्कोलाई हेरे । मौनता तोड्दै सोनमको आमाले भन्नुभयो,“तिमी प्राटिकल हौ । मायाले मात्र संसार चल्दैन । त्यसको लागि पैसाको आवश्यक पर्छ पछि । पछि तिम्रो बच्चा भएपछि तिमीलाई गाह्रो हुन्छ । पैसाको सहारा बेगर तिमीले आफ्नो पविारलाई कसरी सम्मालौ ? यसको बारेमा सोच ।”
“मलाई थाहा छ कि पैसा जरुरत पर्छ तर यदी मेरो श्रीमान्ले मलाई माया गरेनन् भने र समय पनि दिएन भने म त खुशी हुदिन । तर यदी मेरो श्रीमानसँग पैसा छैन तर मलाई माया गर्छ भने र समय पनि दिन्छ भने म त खुशी हुन्छु।”
“सोनम, तिमी जिद्धीपन नगर ।”
“मैले जिद्धीपन गरेको छैन ।”
“तिम्रो पागलपन नदेखाऊ ।”
“म पागल छु तर बिकुको मायामा ।”
आमा बुवाले सोनमलाई सम्झाउन प्रयास गर्नुभयो तर सम्झाउन असफल हुनुभयो ।
अर्को दिन, शुक्रबारको दिन थियो । सोनमले बिकुलाई फोन गरेर रेड मड कफी, जमलमो बोलाइन् । सोनम बिकुो प्रतिक्षामा थिइन् । साँझ को ७ः०० बजेको थियो र बिकुको आगमन भयो । अनि सोनम भएको ठाउँमा बसे।
“हाई ।” सोनमले भनिन् ।
“हाई ।”
“तिमी केही लिन्छौ ।”
“कफी ।”
सोनमले दुई कफ अर्डर गरिन् । अर्डर गरेपछि सोनमले भनिन्, “तिमीसँग केही भन्नु छ ।”
“भन न ।”
“आमाले मेरो बिहेको कुरा गर्दै हुनु छ ।”
“बिहे गर न त ।”
बिकुले कति सहजिलै भइदियो ।
“म तिमीलाई माया गर्छु, बिकु ।”
बिकु अचम्मित भए र उनीलाई के भनु भनु भयो । केही बेरपछि बिकुले भने,“तिमी यो के भन्दै छौ?” बिकु अचम्मित हुँदै भने ।
“तिमीसँग म बिहे गर्न चाहन्छु । म तिमीसँग गर्न सक्दिन । म सिर्फ तिम्रो बुवाको अफिसमा काम गर्ने क्लर्क हुँ । तिमीले राम्रो श्रीमान् पाउछौ ।”
“तर म तिमीलाई चाहन्छु ।”
“तिमी जिद्धी नगरे ।”
“हो, म जिद्धी छुतर मेरो मायालाई किन स्वीकार गर्दैनौ ?”
उनी रिसाउदै भने,“फ्लिज, यस्तो वकवास कुरा नगर । म तिम्रो लायक छैन । हाम्रो सम्बन्ध लामो समयसम्म जादैन ।” अनि उनले रेड मड कफीबाट निस्के ।
२
सोनम अस्पतालमा थिइन् । पाइपलाइन दिएको थियो । उनी होस्मा थिइनन् । दुई दिनदेखि नखाइकन बसेकी थिइन् । बिकुसँग भेटेपछि सोनमले खान छोडेकी थिइन् । त्यसैले उनीलाई अस्पतालमा भर्ना गइएको थियो । सोनम अस्पतालमा छिन् भन्ने थाहा पाएपछि, बिकु हतारिदै ऊँ अस्पतालको रुम नं २५६मा पुग्छन् । सोनमको छेऊमा बस्छन् । सोनम सुतिरहेकी थिइन् । बिकुले सोनमलाई निहालेर हेर्दै थिए । सोनमको यो स्थिति देखेर बिकुका आँखाहरु रसाए । अनि सोनमलाई हेरेर भने, “म पनि तिमीलाई माया गर्छु । सोच्थे कि हाम्रो हैसियत मिल्दैन । यही सोचेर म आफ्नो भावना व्यक्त गरेको थिइन । त्यसभन्दा पनि हाम्रो परिवारले स्वीकारदैन भन्ने थियो तर सोनम तिम्रो मायाले जित्यो र म हारे । म तिमीसँग बिहे गर्न चाहन्छु ।” उनको आखाँहरुबाट आँसु झर्छन्।
बिस्तारै सोनम आफ्ना आखाँहरु खोल्छिन् । अनि मुस्कुराउछिन् । अनि बिकुलाई हेर्दै भनिन्, “बिहे कहिले गछौ त ?” अनि बिकु पनि मुस्कुराए ।
एक हप्तापछि सोनम र बिकुले विवाह गरे । दुवै जना खुशी देखिन्थे । विवाहपछि सोनम दिनभर घरमा हुन्थिन् हुन त सोनमलाई काम गर्ने इन्छा थियो तर बिकुको खुशीको लागि घरमा बस्न मन पराइन् । एक वर्ष हाँसी खुशी नै बित्यो सोनम र बिकुको जिन्दगी ।
मे ५, २०१६ को कुरा हो । सोनम यो दिन खुशी देखिथिन् । सोनम बिकुलाई नै पर्खि बसेकी थिइन् उनको नजर घडीमा थियो । कति बेला ७ः०० बज्छ जस्तो भएको थियो । उनीलाई हतार भइसकेके थियो । अन्यत उनको पर्खाइको समय समाप्त भएको थियो । ७ः०० बज्यो र बिकु पनि घर आइपुगे । अनि बिकु घर पन्ने बित्तिकै, बिकुले भने,“कति मिठो बास्ना, के पकायौ ?”
“तिम्रो मनपर्ने खाना ।”
“तर के को उपलक्ष्यमा ?”
“दुई वटा उपलक्ष्यमा । ”
“जन्मदिन शुभकामना, प्रिय ।”
“धन्यवाद ।”
अनि बिकु सोफामा बस्छन् । अनि फेरि भन्छन्, “अनि दोस्रो चाँहि के हो ?”
सोनम पनि सोफामा बसिन् । अनि बिकुको दाँयिने हाता आफ्नो पेटमा राखिन् र मुस्कुराइन् । बिकु पनि मुस्कुराए र एक अर्कोलाई अँगाले ।
हरेक पल बिकुले बच्चाको लागि भनि धेरै सामान किनेर ल्याउथे । हरेक दिन बच्चाको सामान देखेर सोनम छक्क पर्थिन् र भनिन्,“बिकु, तिमीले यो के गरेको ? बच्चा यो दुँनियामा आउनु अघाडि नै यस्तो ? तिमीले भविष्यको लागि पैसा सेभ गर्नु पर्छ ।”
“म मेरो बच्चालाई धेरै खुशी दिन चाहन्छु त्यसैले मैले यी खेलौना र सामानहरु ल्याएको । पैसाको चिन्त तिमी नगर।”
तर सोनम र बिकुको जिवनमा परिवर्तन हुने वाला थियो । सोनम घरमै थिइन् । सुरुमा उनले आउँदा सामान्य सोचिन् तर धेरै दिनसम्म रगत आउँदा अस्पताल लगियो । रगतको साथ साथै उनीलाई ज्वरो पनि आएको थियो । जटिलताको कारण उनीको गर्भवात भएको थियो ।
यसपछि दुवैजनाको जिन्दगीमा परिवर्तन आयो । बिकु हरपल सोनमलाई दोष दिइरहन्थे । यहि विषयमा झगडा भइरहथ्यो । धेरै दिन झगडा भएपछि सोनमले भनिन् “यो विषयमा अब फ्लिज झगडा नगर । यो मेरो गल्तीले भएको होइन । गर्भपातको लागि मलाई दोष नदेऊ ।”
“यदी तिमीले आफ्नो हेरचाह गरेको भए, बच्चा मर्ने थिएन ।”
“फ्लिज यो कुरा नगर । तिमीले हरेक कुराहरुलाई मलाई किन दोष दिन्छौ ? अब तिम्रो जागिर छैन, यसको लागि पनि तिमीले मलाई दोष दिन्छौ होइन ।”
केही मौनता छाएपछि, बिकुले भने, “झगडा बन्द गर । तिमी मेरो घरबाट निस्क ।”
तिमी मेरो घरबाट निस्क भन्ने शब्द सुन्ने बितिकै सोनमको आँखाबाट आँसु झरे । उनले एक पल्ट बिकुलाई हेरिन्। बिकु अर्को दिशातर्फ फर्केका थिए । सोनमले केही नभनिकन घरबाट निस्किन् । घरबाट त निस्किन् तर हिड्दा हिड्दै ठूलो पानी प¥यो । पानी ठूलो परे तापनि उनी आफ्नो बुवा आमाको घर पुगिन् । राति भइसकेको थियो र उनी मुख्य गेटमा थिइन् । उनीले गेटमा कुरिरहिन् र यही क्रममा एउटा गाडी उनको नजिक आयो । भ्याल खोलियो र सोनमले आफ्नी आमालाई देखिन् ।
“आमा ।”
उनकी आमा गाडीबाट निस्किन् र सोनमलाई हग गरिन् । धेरै वर्षपछि भेट भएकाले दुवै जनाका आखाँहरु रसाएका थिए । घरभित्र छिरेपछि सोनमले आफ्नी आमालाई सबै कुराहरु व्यक्त गरिन् ।
“मैले तिमीलाई पहिले भनेको थिए कि बिकु तिम्रो लायक छैन तर जे हुनु थियो राम्रै भयो । बिर्सि देऊ यी कुराहरु र अघाडि बढ । सबै कुरा ठीक हुन्छ ।”
३
सोनम आफ्नो बुवाको कम्पनीमा काम गर्न थालेकी थिइन् । कम्पनी लुगाहरुको थियो । कम्पनीमा काम गर्न थाले पनि बिकुलाई आफ्नो मनदेखि नै माया गर्थिन् । सोनमले बिकुलाई माफी दिन चाहछिन् र आफ्नो अतीत बिर्सेन चाहछिन् । बिकुसँग भेट्न चाहछिन् तर आफूलाई दोष दिएको कसरी बिर्सेन सक्छिन् । उनी बिकुलाई सम्झदै थिइन् । यही क्रममा सोनमको कोठामा दस्तक दिइयो र आफ्नो दुनियाबाट बाहिर निस्किन् । सोनमले अनि भनिन्,“आउनु होस् ।”
मिरा भित्र आइन् र भनिन्,“माडम, भोलि मिट्ङ्गि छ ।”
“कति बजे ?”
“दुई बजे ।”
अनि मिट्ङ्गिको लागि छलफल भयो; के गर्ने, को बोल्ने र के विषयमा कुरा गर्ने बारे छलफल भयो ।
अर्को दिन । समय भएको थियो २ः०० । सोनम कम्पनी तयार दिए मिट्ङ्गिको लागि । सोनम कम्पनी सफल कम्पनी थियो तर उनीलाई पार्टनरको जरुरी लागेको थियो । त्यसैले कम्पनी आउँदै थिए मिट्ङ्गिको लागि ।
२ः३० बजिसकेको थियो । सिमि कम्पनीका स्टिाफहरु सोनम कम्पनीमा प्रवेश भयो । सोनमले स्वागत् गरिन् । सोनम सिमी कम्पनीलाई स्वागत् गर्दै थिइन्, यही क्रममा आदित्यले भने,“आइ यम सरी फर् बिन लेट ।”
“ठीक छ ।”
अनि दुवै कम्पनी आफ्नो बारे भन्दै थिए । सिमि कम्पनी सोनम कम्पनीभन्दा धेरै सफल कम्पनी थियो । सिमि कम्पनी पनि लुगाकै काम गर्थे र नयाँ लुगाहरु धेरै बिक्री हुन्थ्यो । सोनमको कम्पनी सफल भए तापनि एक सल्लाह र सुझावको जरुरत थियो । यस मिट्ङ्गिमा पनि दुवै कम्पनीहरु क्सरी अघाडि बढ्ने र कसरी एक अर्कोको सहकार्य हुन सक्छ भन्ने विषयमा थियो । मिट्ङ्गि तीन घण्टापछि सकियो र दुवै कम्पनी कामसँगै गर्ने भए।
यस मिट्ङ्गिपछि प्रायः सोनम र आदित्यको भेट हुन थाल्यो । सोनमको कम्पनी झन् राम्रो हुन थालेको थियो । यो सबै आदित्यको प्रवेशपछि भएको थियो ।
पानी जोडले पर्दै थियो । सोनम भ्यालबाट पानी परेको हेदै थिइन् । यही क्रममा आदित्यले कोठा ढक्ढकाउ छन् र भन्छन्, “म भित्र आउन सक्छु ?”
“हुन्छ ।”
अनि उनी आफ्नो कुर्सीमा बसिन् । आदित्यलाई पनि बस्न आग्रह गरिन् ।
“खासमा म तिमीलाई केही भन्न चाहन्छु ।”
“भन न ।”
“हामी बाहिर गएर कुरा गर्न सक्छौ ?”
“हुन्छ ।”
दुवै जना अफिस नजिकको कफी सफमा गएर दुवै जनले कफी अर्डर गरे ।
“म तिमीलाई केही भन्न सक्छु ?”
“आदित्य, तिमी फर्मल नहोऊ ।”
आदित्य मुरुकृराए र भने, “तिमी प्रायः गम्भीर देखिन्छौ र आफ्नो दुनियामा हराउछौ । तिमीलाई केही समस्या छ ?”
केही बेर मौनता छायो । आदित्यले सोनमलाई निहालेर हेर्दै थिए र मौनताा तोड्दै भने, “सरी, मैले गलत प्रश्न गरे । मलाइृ तिम्रो चिन्त दुखाउने इरादा थिएन ।”
“ठीक छ ।”
अनि सोनमले आफ्नो अतीतको कुरा व्यक्त गरिन् र आदित्य ध्यान दिएर सुदै थिए । आदित्य छक्क परेकनकि यस्तो राम्रो मान्छेलाई किन बिकुले किन इज्जत नगरेको ? सोनमले बिकुलाई कति माया गर्दि रहेछिन् ।
यही क्रममा कफी उनीहरुको टेबुलमा आयो । अनि एक सिप पिएपछि, आदित्यले भने,“अनि आफ्नो जिन्दगीबारे केही सोचेकी छौ ?”
“म आफ्नो करियरमा फोकस हुन चाहन्छु । मैले बिकुलाई बिर्सेन सकेको छैन । म उसलाई बिर्सेन चाहन्छु । मैले उसलाई बिर्सेन सकेको छैन ।”
अनि सोनमले आफ्नो कफी पिउन थालिन् । आदित्यले भने, “त्यसपछि तिम्रो र बिकुको भेट भयो कि भएन ?”
“भेट भएको छैन । भेट्न खोजे तर सकिन । ममा हिम्मत नै भएन ।”
फेरि मौनता छायो । आदित्यले खासमा आफ्नो मनको व्यक्त गर्न चाहन्थे तर सकेनन् । अतीतमा जे भए पनि उनीलाई अपनाउन चाहन्थे । आदित्यले सोनमलाई मनपराउन थालेका थिए तर भन्न सकेका थिएनन् ।
५
“सोनम ।”
“हजुर, आमा ।”
“तिमी आदित्यको बारेमा के सोच्छौ ?”
“आदित्य राम्रो आचरण भएका व्यक्ति हुन् ।”
“त्यसो भए किन आदित्यसँग बिहे गर्दैनौ ?”
“आमा, फ्लिज । आदित्य मेरो मिल्ने साथी मात्र हुन् ।”
“बिहे गर्नलाई कोहीसँग प्रेम गर्नु पर्छ भन्ने छैन । कहिले काही राम्रो साथी मात्र श्रीमान् हुन सक्छन् । सोनम, तिमी आफ्नो भविष्यको किन सोच्दैनौ ?”
सोनम मौन रहिन् । सोनमले आफ्नी आमाको कुराहरुलाई गम्भीरताको रुपमा लिन थालिन् । बिकुलाई उनीले धेरै माया गर्थिन् भने आदित्यले उनीलाई राम्रो साथीको रुपमा साथ दिएका थिए । अन्ततः उनले बिकुलाई डिभोस् दिने निर्णय गरिन् ।
सोनमले बिकुलाई डिभोस् पेइपर पठाइन् । बिकुले जब डिभोस्को पेइपर देखे, उनका आँखा रसाए । बिकु माफी माग्न चाहन्थे । एक मौका दिन चाहन्थे । मौका दिनु अघाडि नै समाप्त भए जस्तो लाग्यो बिकुलाई । भेट्ने धेरै कोसिस गरे तर सकेका थिएनन् । आफ्नै नजरबाट झुकेका थिए । आफ्नो गल्तीप्रति पछुताएका थिए ।
एक हप्तापछिको कुरा हो । सोनम र आदित्य अफिसबाट निस्कने क्रममा थिए । दुवै जना मुस्कुराएका थिए । यही क्रममा सोनमले बिकुलाई आफ्नो सामु देखिन् र उनलाई देख्दा अचम्मित भएकी थिइन् । केही वर्ष भएको थियो दुवै जना सम्पर्क विहीन भएका । एक अर्को देखेपछि मौन भएका थिए । एक अर्काैलाई हेरिरहे ।
मौनता तोड्दै बिकुले भने,“हाई । म तिमीसँग केही कुरा गर्न चाहन्छु ।”
सोनमले आदित्यलाई हेरिन् । आदित्य सहमति जनाए र सोनम बिकुसँग गइन् । नजिकै क्याफेमा बसे । मौनता छाएको थियो । सोनमले असहज अनुभव गरिन् । बिकुले सोनमलाई हेरिरहे । मौनता तोड्दै भने,“सोनम, आई एम सरी । मैले जे गरे त्यो माफीको लायक छैन तर म हरपल पछुताएको छु । जब तिमीले छोडेर गयौ, मैले तिम्रो महत्व बुझे । तिम्रो अनुपस्थितिले तिम्रो मयााको महत्व बुझायो । जब तिम्रो मायाको महत्व बुझे, म तिमसिँग भेट्ने कोसिस गरे तर हिम्मत गर्न सकिन । तर आज हिम्मतको साथ तिमीलाई म लिन आएको । म तिमीसँग छुटिन सक्दिन । म तिमीलाइ डिभोस् कसरी दिन सक्छु । अहिले मसँग राम्रो जागिर छ । विगतलाई बिर्सिदेऊ ।”
सोनम मौन नै रहिन् । उनीलाई बोल्न ममन लागेको थिएन । फेरि बिकुले भन्न थाले, “आई लभ यु, सोनम । मेरो जिवनमा फर्केर आऊ । म हाम्रो जिन्दगीलाई एक मौका दिन चाहन्छु ।”
“सरी, यो हुन सक्दैन ।”
“कोसिस गर ।”
“सरी, म तिम्रो जिवनमा आउन सक्दिन । कृपया गरेर डिभोस् पेइपरमा साईन गर पठाइदेउ । ” यति भनेर उनी क्याफेबाट निस्किन् । बिकुले सोेचेको जस्तो भएन । तर पनि हरेक पल कोसिस गरे सम्झाउन तर अन्ततः हरेस् भए र डिभोस् पेइपरमा साइन गरे ।
डिभोस् गरेको केही महिनापछि आदित्य र सोनमले बिहे गरे । अर्कोतिर बिकुले आफूलाई सम्मान सकेनन् । उनले साँच्चिकै अपनाउन चाहन्थे र मौका दिन चाहन्थे तर सकेनन् । उनी सोनमको यादमा हर दिन, हर रात छटपटीने गरेका छन् र अर्को विवाह नगर्ने निर्णय गरे । उनले सोनमको यादमा बाँच्ने र मर्ने कसम लिए ।
Comments
Post a Comment