सम्बन्ध



“जन्मदिनको धेरै धेरै शुभकामना, जिम्मि,” सोफियाले भनिन् ।

“धन्यवाद,” जिम्मिले भने ।

उनीहरु खुशी हुँदै वाइन पिउन थाल्छन् । जन्म दिन बनाउन जिम्मि र सोफिया मात्र थिए । उनीहरु रोड हाउस क्याफे, बौद्धमा थिए । घडीको सुइराले ९ः३० बजेको सङ्केत देखाएको थियो । उनीहरु माथिको ठाउँमा बसेका थिए । चिसो हावासँगै रसाएका थिए ।

अनि जिम्मिले भने,“सोफिया, तिमीबट म एउटा गिफ्ट चाहन्छु ।”

“भन न,” सोफियाले भनिन् ।

“म हाम्रो परिवार बढाउन चाहन्छु ।”

उनी हाँसिन् र हुन्छको सङ्केत दिइन्  ।


जिम्मि आफ्नो अफिसबाट घर फर्केने क्रममा थिए, त्यही क्रममा थिए, त्यही क्रममा रि’सेप्शसनस्ट्ले भनिन् “सर, माडमको लागि चिठ्ठी छ ।”

“मेरो श्रीमतीको लागि चिठ्ठी ? जिम्मि अचम्मित भए ।” उनले रि’सेप्शसनस्ट्लाई धन्यवाद भनेर घर फर्किए ।
जब जिम्मि घर फर्किए, सोफयालाई चिठ्ठी दिए । चिठ्ठी सम्राटको थियो । सोफिया हिक्किदाउदै चिठ्ठी पढ्न थालिन् ।

प्रिय सोफिया, 
मलाई थाहा छ कि तिमी मसँग रिसाएकी छौ । मैले तिमी धोका दिएको थिए । त्यसको लागि तिमीले मलाई कहिले पनि माफ गर्ने छैनौ । हो, म धोकेबाज श्रीमान् थिए । तिमीले मलाई धेरै माया गरेकी थियौ तर म तिम्रो मायामा खडा हुन सकिन । तिमीसँग माफि माग्ने बाहेक मसँ हरु केही उपाय छैन ।

मैले तिमीलाई धोखा थिए त्यसैले भगवान्ले मलाई सजाय दिएका छन् । म क्यासरको अन्तिम चरणमा छु र म केही दिनको लागि मात्र पाहुना हुने छु । म तिमीलाई नहेरि मर्ने सक्दिन । म तिमीलाई भेट्न चाहन्छु । आशा छ तिमी मलाई भेट्न आउने छौ । 
                                                                                                                                       तिम्रो धोकेबाज
                                                                                                                                            सम्राट

सोफियाको आँखामा आँसु थिए । जिम्मिले भने,“सोफिया, के भयो ? तिमी किन रोएकी ? कसको चिठ्ठी हो यो ?”
उनीले आफ्नो हातमा भएको चिठ्ठी जिम्मिलाई दिइन् र जिम्मिले चिठ्ठी पढ्न थाले । जिम्मिले चिठ्ठी पढिसके पछि, एक पलको लागि वातावरण मौन भयो । जिम्मिले सोफियालाई निहालेर हेरिरहेका थिए । अनि सोफियाको नजिक गए ।

“सोफिया, तिमी सम्राटालई भेट्न जाऊ । यो समयमा उसलाई तिम्रो जरुरत छ । तिमी जाऊ । नभने, जिन्दगी भर पछुताउने छौ ।”

सोफिया खाटबाट उठिन् र भनिन्,“म उसलाई भेट्न चाहन्न । सम्राट भूmटा व्यक्ति हुन् । जब म उनीको साथ थिए, उनले मलाई धेरै चोटि झूट बोलिसके । म उसलाई भरोसा गर्न सक्दिन । म उसलाई कसरी भरोसा गरुँ ।”

“तिमीले भरोसा गर्नुपर्छ। सोफिया । उसलाई तिम्रो जरुरत छ । तिमीले उसलाई सहायता गर्नु पर्छ । यदी सम्राट क्यासरको पीडित नभएको भए, म तिमी जाऊ भन्ने थिइन तर यो अवस्थामा, म तिमीलाई रोक्दिन ।”

“साँच्चै म जाँऊ ?”

“सोफि, तिमी जाँऊ । मलाई थाहा छ, तिम्रो मनमा उनको लागि अहिले पनि कहिन कहि ठाँउ छ । तिमीले उसलाई धेरै माया गथ्यौ ।”

“जिम्मि, मलाई कृपया रोक । सम्राटलाई जलन भएको छ र उनी चाहन्छन् कि म उनीसँग बसू ।”
अन्तिममा आएर जिम्मिले सोफियालई सम्झाएर सम्राट भएको ठाँउमा पठाए ।


सम्राट आफ्नो घरको बालकनीबाट सूर्य उदाएको हेर्दै थिए । “म हरेक दिन सूर्यलाई हेर्नै गर्छु । सूर्य हरेक दिन उदाए तापनि, मेरो जिन्दगी अब कहिले पनि उदाउने छैन । सूर्यले हरेक नयाँ दिन देखाउ छ तर मेरो जिन्दगीमा केही लक्ष्य छैन ।”

अनि सम्राट आफ्नो कोठामा जान्छन् र एउटा बाकस खोल्छन् । बाकस आफ्नो सामानको साथ साथै सोफियाका सामानहरु पनि थिए । सामानहरु मध्ये उनले औठीलाई हेर्छेन्। यो औठी उनले सोफियालाई दिएका थिए ।

त्यसपछि, उनले सोफियाको फोटो हेर्छेन् र आखाँहरुबाट आँसु झर्छेन् । सामानहरु हेरेपछि, उनले कफी बनाउन जान्छन् ।

हरेक लिन उनले दुई कप कफी बनाउछन् ः एक कप आफूलाई र अर्को सोफियालाई । “म हरेक दिन दु कप कफी बनाउने गर्छु; एक कप केरो लागि र एक कफ तिम्रो लागि । तिमीलाई मैले बनाएको कफी खूब मनपथ्यो र तिम्रो लागि कफी बनाउन मनपथ्यो ।

तिमीलाई धोका दिएर मलाई धेरै पछुतो लागेको छ । त्यसैले मलाई भगवान्ले सजाय दिएको छ । म मरे भने मलाई पछुतो हुने छैन तर तिमीलाई नहेरि र नेभेटि भने पछुतेमा मर्ने छु । तिमीलाई केही नभनि मरे भने मलाई राहतको अनुभव हुने छैन ।”


सम्राटले दुई कप कफी बनाउँदै थिए र उनले फरक अनुभव गरे । अनि ढोका खोले । उनले सोफियालाई देखे । सोफिया चाँहि यता उता हेर्दै थिइन् । धेरै दिनपछि उनी सम्राटको घरमा आएकी थिइन् । सोफियालाई सम्राटको घरमा आउन मन थिएन र अतितलाई बिर्सेन चाहथिइन् तर जिम्मिको कारणले उनी सम्राटको घरमा आइन् ।

उनी आफ्नो पाइला चाल्दै थिइन्, यही क्रममा उनीले सम्राटलाई देखिन् । अर्को तर्फ सम्राट सोफियालाई ध्यान दिएर हेर्दै थिए । जब सोफियाले सम्राटलाई देखिन्, उनीलाई के भन्ने र के नभन्ने भयो । यसै बीच सम्राटले भने,“सोफिया, भित्र आउन ।”

उनले सोफियालाई स्वागत गर्छन् । जब उनी भित्र छिरिन्, उनीले भिताहरुमा आफ्नो फोटोहरुको साथ साथै सम्राटका पनि फोटोहरु देख्छिन् । अनि फोटाहरु हेरे पछि, सम्राटलाई भन्छिन्,“मेरो फोटोहरु अहिलेसम्म किन राखेका हौ?”

“किनकि म तिमीलाई अहिलेसम्म माया गर्छु ।”

उनी मुस्कुराइन् र भनिन्,“म तिमीलाई कसरी विश्वास गर्न सक्छु ? तिमी त झुटा र धोकेबास मान्छे हौ । म तिमीलाई भरोसा गर्न सक्दिन ।”

“तिमीलाई मेरो भरोसा लाग्दैन भने, किन मलाई भेट्न आएकी ?”

“मेरो श्रीमान्को कारण ।”

“श्रीमान्को कारणले तिमी यहाँ आएकी होइनौ । मेरो मायाको कारणले आएकी हौ । तिमी मलाई अहिलेसम्म माया गछौ ।”

उनीहरु मौन भए । केही नभनि सम्राटले सोफियालाई कोठा देखाए ।

साँझको समय थियो । दुवै जना सूर्य डुबेको हेर्दै थिए । सम्राटले सोफियालाई हेरे र भने,“जब म सूर्य डुबेको देख्छु, म आफै डुबेको जस्तो लाग्छ । मलाई आजकाल सूर्य डुबेको हेर्न मन लाग्दैन तर पनि म हेर्छु । आफू जस्तै लाग्छ ।

डर लाग्थ्यो कि तमीलाई नभेटि मर्छु भनेर । लाग्थ्यो कि तिमी आउदिनौ । अब मेरो मृत्यु राम्रोसँग हुनेछ । म तिम्रो काखमा मर्न चाहन्छु । अब मलाई बाँच्न मन छैन ।”

“त्यस्तो नभन सम्राट । तिमी बाँच्नुपर्छ । तिमी अरुहरुको लागि उदाहरण हुनुपर्छ । तिमी एक सफल लेखक, निर्देशक र मोडल थियौ । तिमी अझै गर्नुपर्छ । म तिमीलाई केही हुन दिन्न ।”

“तिमी मलाई अझै माया गछौ ?”

सोफिया मौन भइन् । उनीलाई नै थाहा छैन कि उनीले सम्राटलाई अहिलेसम्म माया गर्छिन् कि गर्दिन् भनेर तर उनको परवा छ । अनि दुवै जनाले सूर्य डुबेको हेर्दै आफ्नो अतितमा जान्छन् ।


केही वर्ष अगाडि............
“म आफ्नो चलचित्रको लागि चरित्र खोज्दा खोज्दै थकित भएको छु । तिमीले लेखेको चरित्रलाई कसैले बुझेको छैन । मलाई यस्तो व्यक्ति चाहियो जसले चरित्रलाई बुझ्न सक्छ ।”

“मैले त्यस्तो गाह«ो चलचित्रको कथा लेखेको रैछु ।”

“होइन, सोफि । तिमीले आजसम्म लेखेमध्ये यो कथा साह«ै राम्रो हो । यो कथाको चरित्रहरु कल्पनाभन्दा माथि छ ।”

“यदी तिमीलाई यो कथा गाह«ो लाग्यो भने म यसलाई परिवर्तन गरिदिन्छु ।”

“कथाको चरित्र परिवर्तन गर्ने होइन । त्यस कथा र चरित्रलाई मानिसहरुले नै बुझेका छैनन् । मलाई जहाँसम्म लाग्छ कि मैले नयाँ व्यक्तिहरुलाई मौका दिनुपर्छ ।”

“नयाँ अनुहार ?”

“हो ।”

“तिमीलाई लाग्दैन कि नयाँलेभन्दा अनुभव भएकाले राम्रो गर्छैन् ।”

“होइन सोफि । यसपालि म नयाँ अनुहारलाई राख्न मन छ ।”

“ठीक छ ।”

“दुई दिनपछि ठाउँको चरणको लागि म बाहिर जाँदै छु ।”

“दुई दिनपछि कुन ठाउँमा ?”

“स्विट्जरल्याण्ड ।”

“कति दिनको लागि ?”

“सायद एक हप्ता ।”


दुई दिनपछि, सम्राट स्विट्जरल्याण्ड पुग्छन् । दस घण्टाको जहाजको यात्राबाट उनी स्विट्जरल्याण्ड पुग्छन् र होटल विल्ला विडामा बस्छन् ।

सेम्टेम्बर २६, २००९, शुक्रबारको दिन थियो । सम्राट साँझको सूर्य डुबेको हेर्दै थिए । उनलाई सूर्य डुबेको हेर्दै रमाउदै थिए । त्यसमाथि शितल हावा लागेको थियो । यता उती हेर्दै थिए र तस्बिर खिच्दै थिए । उनी स्विट्जरल्याण्ड पार्कमा थिए । तस्बिरहरु खिच्ने क्रममा उनले एउटी युवतीलाई योगा गरिरहेकी देख्छन् । सम्राट ती युवतीको नजिक जान्छन् र उनीको तस्बिरहरु खिच्छन् ।

अर्को दिन सम्राट रेष्टुरेन्डमा थिए । यही क्रममा उनले त्यही युवतीलाई देख्छन् र उनीको नजिक जान्छन् । 

“हाई,” सम्राटले भन्छन् ।

“हाई,”उनीले पनि भन्छिन् ।

“म तपाई बसिरहेको टेबुलमा बस्यौ ?”

“हुन्छ ।”

दुई बीच चिना जानी भयो । उनीको नाम करिश्मा रहेछ । उनी एभरेष्ट बैकमा काम गर्छिन् र कामको सिलसिलामा स्विट्जरल्याण्ड आएकी रहेछिन् । अनि उनले भने,“खासमा भन्ने ओ भने, मैले हिजो तपाईलाई पार्कमा योगा गरेको देखेको थिए । खासमा म निर्देशक हुँ र म हिरोइनको खोजिमा छु । त्यसैले, म मेरो फिल्ममा तपाईलाई हिरोइन बनाउन चाहन्छु । तपाई मेरो फिल्मको हिरोइन बन्न सक्नुहुन्छ ?”

करिश्मा केही समयको लागि मौन थिइन् । सम्राटको प्रस्ताव सुनेछि, उनी मूर्ति भइन् । उनी आफ्नै अल्मल्लमा परेकी थिइन् कि यो प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने । सम्राटले करिश्मालाई ध्यान दिएर हेर्दै थिए र यही क्रममा सम्राटले भने,“तपाई कहाँ हराउनु भएको ? तपाईको दिमागमा के चलिरहेको छ ?”

“म पहिला कथा पढ्छु र त्यसपछि मात्र जवाफ दिन्छु ।”

सम्राटले मान्छन् र आफू बसेको होटेलको ठेगाना दिए र आफू बसेको होटेलमा फर्किए । होटेल फर्किने बिर्तिकै सम्राटले सोफियालाई फोन गर्छन् र सबै कुराहरु बताउछन् । दुवै जना खुशी हुन्छन् । सोफिया सम्राटभन्दा धेरै खुशी हुन्छिन् ।

अर्को दिन, सम्राट आफ्नो रुममा हुन्छन् । उनी फिल्म हेर्दै थिए । दिउँसोको १ः०० बजेको थियो । यही क्रममा उनको ढोठाको घंटी बज्छ । जब उनले ढोका खोल्छन्, उनले करिश्मालाई देख्छन् र भने,“हेलो, म कस्तो अचम्म परे । भित्र आउनुहोस् ।”

करिश्मा भित्र छिरछिन् र दुवै जना सोफामा बसे ।

“खासमा मलाई तपाईको फिल्मको कथा पढ्न मन लाग्यो त्यसैले म तपाईलाई भेट्न आएकी हुँ ।”

सम्राट आफ्नो कोठामा गए र कथा लिएर आए र करिश्मालाई पढ्न थिए । करिश्मा पढ्न थालिन् । ४५ मिनेटपछि, करिश्माले सम्राटलाई भनिन्,“कस्तो राम्रो कथा । मलाई कथा साह«ै राम्रो लाग्यो । म तपाईसँग काम गर्न चाहन्छु ।”

दुवै जना मुस्कुराए । सम्राट धेरे खुशी थिए । “स्थान पक्का गरिसकेपछि, हामी नेपाल फर्क छौ र काम सुरु गछौ ।”


“आज रेहेर्सलको पहिलो दिन । करिश्मा, रेहेर्सल हिरो बेगर गराउन चाहन्छु किनकि तपाईले कथाको भाव बुझ्नु जरुरी छ । तपाईले कथाको भाव बुझिसकेपछि, तपाईले हिरोसँग गर्नु हुने छ । मलाई आशा छ कि तपाईले फिल्मको स्क्रिष्ट पूरै पढ्नु भयो होला ।” सम्राटले भने ।

“मैले स्क्रिष्ट पढे ।” करिश्माले अतालिदै भनिन् ।

सम्राटले सिन सम्झाए । सिन चाँहि रोमाटिक थियो । सिन सम्झाएपछि, करिश्माले सम्झाए अनुसार सिनमा अभिनय गरिन् । करिश्मा आतिएर अभिनय गर्न सकिनन् । सम्राटले करिश्मालाई सहज गर्दै सम्झाए ।

धेरै दिनसम्म करिश्माले रेहेर्सल गर्ने सकिनन् । सम्राटलाई रिस उठिसकेको थियो तर आफ्नो रिस नियन्त्रण गरेका थिए र भने,“हेर करिश्मा, धेरै दिन भइसकेको छ एउटै सिनमा रेहेर्सल गरेको । तिमीलाई ठीक छ ? यदी तिमीलाई ठीक छैन भने भोलि रेहेर्सल गरौला । ठीक छ ।”

उनीले सहमति जनाइन् । अनि सम्राट आफ्नो स्टूडियोबाट निस्किछन् । जब सम्राट घर पुगे, जिम्मिलाई देख्छन् र भन्छन्, “हे ।”

“हाई ।” जिम्मिले भने ।

“तिमी सँच्चै छौ ?” जिम्मिले फेरि भने ।

“सँच्चै छु । तिम्रो ?”

“तिम्रो फिल्म के हुँदै छ ?”

“चल्दै छ ।”

यही क्रममा , सोफि तीन कप कफी लिए। आइन् । अनि सम्राट सोफामा बसिन् ।

“तिम्रो फिल्म कस्तो हुँदै छ ?”

सम्राटले सबै कुरा व्यक्त गरे । सम्राट करिश्मालाई सिन सम्झाउलै दिक्क भएका थिए ।

”म करिश्मालाई सम्झाउदा दिक्क भइसकेको छु । उनीले न त सिन बुझेकि छिन् न त क्यारेक्टरलाई नै ।”

“तिमी नआतियौ । करिश्मालाई समय देऊ । उनी नयाँ कलाकार भनेका लागि बुझ्न समय लाग्छ । त्यसभन्दा उनीमा अभिनयको अनुभव छैन ।”

सम्राटले सोफिको कुरालाई सहमति देखाए र सोफिले बनाएको कफी पिए ।


अर्को दिन, सम्राट र करिश्मा स्टूडियोमा उपस्थिति थियो । संवादको सट्टा सम्राटले नृत्य  दिए । नृत्य निर्देशकले नृत्य सिकाउदै थिए । यही क्रममा सम्राटले भने, “तिमीले नृत्य मात्र गर्ने होइन । तिमीले नृत्यको साथ साथै तिमीले भाव पनि ल्याउनु पर्छ । तिमीले गीतको लय बुझ्नुपर्छ । तिमीलाई म देखाउछु ।”

सम्राटले नृत्य सिकाउदै थिए तर सम्राट असहज भए र स्टूडियोबाट निस्के । सुरु सुरुमा असहज भएका थिए । पछि मात्र सहज भएका थिए ।

रेहेर्सल गरेको एक महिना भइसकेको थियो तर पनि करिश्माले गर्न सकेकी थिइनन् । यसैले सम्राटले हिरोलाई बोलाए । अनिल र कश्मिाको परिचय भयो ।

सम्राटले सिन सम्झाए । सिन रोमन्सको थियो । जब करिश्माले रेहेर्सल गर्दै थिइन्, सम्राटले भने,“एक महिना भइसकेको छ रेहेर्सल गरेको तर तिमीले अहिलेसम्म अभिनय गर्न सकेकी छैनौ । जुन तरिकाले तिमीले गरिरहेकी छौ, त्यो भएन । तिमीले आफ्नो क्यारेक्टरलाई बुझेकी छैनौ जस्तो लाग्छ । तिमीलाई के भएको छ ?”

करिश्मा केही नभनिकन स्टूडियोबाट निस्किइन् । एकातिर हेर्ने हो भने सम्राट दिक्क भएका थिए सिन सम्झाउदा । अर्को तिर हेर्ने हो भने, अनिल करिश्माको पछि लागे । करिश्मा रुन थालिन् र अनिलले करिश्मालाई सम्झाउन थाले ।

अर्को दिन, नृत्यको रेर्हर्सल थियो । जब दुवै जना नाच्दै थिए, सम्राटले भने,“भाव लेर आउ ।” तर अनिल र करिश्माले सम्राटको कुरालाई वास्ता गरेनन् ।अनिलले करिश्माको कानमा केही भनिरहेका थिए र करिश्मा हाँस्न थालिन् । सम्राटले अनिललाई निहालेर हेरिरहेका थिए ।

रेहेर्सल सकिएपछि, सम्राट घर गए तर अनिल र करिश्मा रेहेर्सल गर्दै थिए । अनिलले करिश्मालाई सिन सम्झाउदै थिए । रेहेर्सल गर्दै गर्दा अनिलले भने, “तिमीले राम्रो गरिरहेकी छौ ।”

”मेरो रेहेर्सल देखेर तिमी खुशी हुन सक्छौ तर सम्राट सर कहिले खुशी हुँदैनन् । सम्राट सर सधै रिसाउनु हुन्छ । जब सरले कराउनु हुन्छ, म सिन गर्ने सक्दिन ।”

“तिमी नआत । आफ्नो काममा पोकस गर ।”


सम्राट अफिसमा थिए । सधै रेहेर्सल सकेर घर जान्थे तर आज घर गएनन् । अनिल सम्राटको कोठामा  छिरे र भने,“हे । के भयो तिमीलाई ? आजकाल तिमी धेरै रिसाउन थालेका छौ । के भइरहेको छ तिमीलाई ?”

”हेर अनिल, तिम्रो चरित्र नराम्रो छ । तिमी करिश्मासँग जिस्किन छाड । करिश्मा राम्रो सोभावको केटी हो त्यसैले उसँग तिमी काम बाहेक जिस्किने काम नगर । मलाई यस्तो व्यवहार मन पर्दैन ।”

अनिल केही नबोलि निस्के । सम्राटको व्यवहारमा परिवर्तन आएको थियो । उनी आफ्नो कर्मचारीसँग रुखो तरिकाले बोल्थे । उनको रिस नियन्त्रण गर्न गाह«ो भइसकेको थियो । उनलाई थाहा थिएन कि उनमा कसरी यस्तो परिवर्तन आयो ।

अफिसको साथ साथै घरमा पनि झगडा गर्थे । घरमा सोफि र सम्राटको चक्का चर्कि हुन्थ्यो । हरपल सम्राट करिश्माको कुरा वा तारिफ गरिरहन्थे जसको कारणले सोफिलाई रिस उठ्थ्यो ।

एक दिनको कुरा हो । सम्राट करिश्माको फोटो हेर्दै थिए । यही क्रममा सोफिले देख्छिन् र कोठाबाट निस्किन् । सम्राट सोफिलाई पछाउदै बालकनीमा जान्छन् । सम्राट सोफियाको नजिक पुग्छन् ।

“तिमीलाई के भएको छ ? तिमी किन करिश्मासँग जल्छौ ?”

“म करिश्मासँग ईष्र्या गरेको होइन । मलाई लाग्छ तिमीले करिश्मालाई मन पराउछौ । तिमी प्राय करिश्माको कुरा गछौ र उनकै तस्बिर हेछौ । तिमी करिश्माको लागि पागल भइसक्यौ ।”

“यो विषयमा हरेक रोज तर्क गर्न जरुरी छ ? म कति छोटी भन्नु कि म करिश्मालाई माया गर्दिन । तिमी भ्रममा छौ । म निर्देशक हुँ र करिश्मा मेरो फिल्मको हिरोइन हो । त्यो बाहेक अरु केही सम्बन्ध छैन ।”

“तिमीसँग तर्र्क गर्दा गर्दै म थाकिसकेको छु ।” अनि सोफि आफ्नो कोठामा जान्छिन् । सम्राट पनि सोफिसँग तर्क गर्दा गर्दै दिक्क भइसकेका थिए ।

सम्राटसँगको तर्कपछि सोफिले जिम्मिलाई फोन गर्छिन् ।

“हेलो, जिम्मि ।”

“सोफि । तिमीलाई के भयो ? तिम्रो आवाज फरक छ ।”

“मेरो मनमा अशान्ति छ, जिम्मि ।”

“तर के भयो ?”

“सम्राटले करिश्मालाई मन पराउन थालेका छन् ।”

“यो तिमी के भन्दै छौ ? तिमीलाई किन त्यस्तो लाग्छ ?”

“प्राय सम्राट करिश्माको तारिफ गर्छन् र उनकै फोटो हेर्छन् ।”

“यसको मतलब यो होइन कि उसले करिश्मालाई मन पराउछन् ।”

“उसलाई समय देऊ । सबै ठीक हुन्छ ।”

सोफिले सहमति जनाउदै फोन राखिन् ।

१०
करिश्मा र अनिल रेष्टुरेन्डमा थिए । बेलुका ७ बजेको थियो । हावा लागिरहेको थियो । करिश्मालाई हावा लागेको मन परिरहेको थियो । करिश्मा गलेता पनि अनिलको साथले थकान बिर्सिइन् । 

“धेरै समयपछि, मलाई रमाइलो लागेको छ ।”

“साँच्चै ?”

“हो, अनिल । म थकित भए तापनि यो मौसमले धन्यवादको पात्र हुँ ।”

दुवै जना मुस्कुराए । खासमा करिश्मा चाँहि धेरै खुशी थिइन् र अनिलको ध्यान करिश्मातिर थियो ।

“खासमा म तिमीलाई केही भन्न चाहन्छु ।”

“भन न ।”

“आई लभ यु ।”

करिश्मा मूर्ति जस्तै भइन् । उनीलाई के भनौ भनौ भयो ।

“तिमी मूर्ति जस्तै भयौ त । मैले केही नराम्रो भने । यदी मैले नराम्रो भएको भने, आई याम सरी ।”

“त्योभन्दा पनि मैले सुनेको तिमी केसैनोभा हौ ।”

“तिमीलाई कसले भन्यो ?”

“मैले सुनेको ।”

अनिलले करिश्मालाई हेरे र भने,“तिमीले जे सुन्यौ त्यो ठीक सु¥यौ तर तिमीलाई भेटेपछि, म तिमी प्रति गम्भीर छु । म तिमीसँग बिहे गर्न चाहन्छु । मैले अरु केटीहरुलाई  बिहेको लागि प्रस्तव राखेको छैन । तिमीलाई मात्र । म तिमीलाई धोखा दिन्न ।”

“आई लभ यु टु तर तिमीलाई तक्कालीको समयमा बिहे गर्न चाहन्न ।”

“तर किन ?”

“मैले आफ्नो करियर भर्खेरबाट सुरु गरेको छु । त्यसैले यो समय बिहेको लागि होइन ।”

“म मेरो करियरको उचाइमा छु । तिम्रो करियरको सवालको मात्र होइन मेरो करियरको पनि हो ।”

अन्तयमा आएर अनिलले करिश्मालाई सम्झाए र करिश्माले भनिन्,“कसम खाउ कि तिमी अरु केटीहरुसँग जिस्किने छैनौ र मप्रति गम्भीर हुने छौ ।”

“तिम्रो कसम ।” अनि दुवै जनाले एक अर्कोलाई हग गरे ।

११
रेहेर्सल समाप्त भइसकेको थियो र समूह स्व्टिजरल्याण्ड तर्फ जाने योजना गरे सुट्ङ्गिको लागि । सम्राट आफ्नो लुगाहरु प्याक गरे । सोफिले सम्राटलाई हेरिरहिन् । सधैसँगै जाने प्रस्ताव राख्थे सोफिलाई तर सोफि कहिले पनि जान मन पराउने थिइनन् । तर यसपालि सम्राटले सँगै जाने प्रस्ताव राखेनन् । उनीको मनमा चिसो प¥यो । अनि सम्राटलाई पुलुक्क हेरिन् र त्यहाँबाट निस्किन् र आफ्नो मिल्ने साथी जिम्मिलाई फोन गरिन् ।

“हेलो ।”

“सोफि ।”

“सम्राट स्विट्जरल्याण्ड जादै छन् ।”

“सो ?”

“सम्राट करिश्मासँग हुनेछन् । स्विट्जरल्याण्डमा दुवै जनाले केही गरे भने । म त त्यहाँ हुन्न ।”

“तिमी मुर्ख जस्तो कुरा नगर । तिमी सकारात्मा हुनुपर्छ । तिमी हरपल नकारात्मक किन सोच्छौ ? तिमीलाई के भनिरहेको छ ?”

“मलाई पूरा भरोसा छ कि दुई जनाको चक्कर चलिरहेको छ ।”

“मलाई त त्यस्तो लाग्दैन ।”

“तर मलाई लाग्छ ।”

“तिमी किन सम्राटसँग कुरा गर्दैनौ ?”

“हामीबीच झगडा हुन्छ ।”

“तिमी आफूलाई समाल । तिमीले सोचेको त्यस्तो केही छैन । आफ्नो सम्बन्धमा विश्वास गर ।”

“जिम्मि ।” उनीले सास फेर्दै भनिन् र फोन राखिन् ।

दुई दिनपछि सम्राट र उनको टिम स्विट्जरल्याण्ड पुग्छन् र एउटा होटलमा बस्छन् । होटल पुग्ना साथ सम्राट नजर अनिल र करिश्मामा पुग्छ । सम्राटले उनीहरु साथ देख्न सक्दैन थिए । उनीहरु प्रायसँगै हुन्थे । सम्राटले दुवै जनालाई हेर्दै थिए, त्यही क्रममा उनका सहायक नजिक आए र भने, “सर, रुममा जाने हो कि ?”

आफ्नो रुमा पुग्छन् । फेस भएर भ्यालबाट हेर्छन् । भ्यालबाट उनले अनिल र सोफिलाई देख्छन् । उनीहरु गफ गर्दै थिए । त्यसको साथ साथै हाँस्दै पनि थिए ।

सुट्ङिको दुइ दिनपछिको कुरा हो । साँझको ८ः०० बजेको थियो । शीतल हावाको साथमा सम्राट र करिश्मा हिड्दै थिए । यही क्रममा सम्राटले भने,“मैले धेरै समयदेखि तिमीलाई केही भन्न खोजेको थिए ।”

“भन्नुहोस् ।”

“आई लभ यु ।”

“यो तपाई के भन्दै हुनु छ ?करिश्मा छक्क पर्दै भनिन् ।”

“हो, करिश्मा । म तिमीलाई मन पराउछु । म तिमीसँग बस्न चाहन्छु । म तिमीलाई आफूभन्दा धेरै माया गर्छु । सुरुमा त मलाई नै थाहा भएन कि मलाई के भइरहेको छ भनेर । तर जति तिम्रो नजिक हुन्छु त्यति क्रममा मेरो मनमा अनौठो अनुभव महशुस गर्छु । जब म तिमीसँग हुन्न थिए, तिम्रो अनुहार आइरहथ्यो । म हरेक पल तिमीलाई सोचेको हुन्थे । सुरुमा सोचेकी यो भ्रम हो तर पछि थाहा पाए कि यो भ्रम होइन रहेछ । माया पो रहेछ ।”

करिश्मा सम्राटका कुरा सुनिरछिन् । एक क्षणको लागि अनिल र आफ्नो सम्बन्धबारे भन्न मन थियो तर सम्झिन् यो समय सही समय होइन भनेर । सहि समय आएपछि भन्ने योजना बनाइन् । यही क्रममा करिश्माले सम्राटलाई भनिन्,“तर तपाई त विवाहित हुनु छ ।”

“तर म सोफिसँग बस्न चाहन्न । म तिमीसँग बस्न चाहन्छु । तिम्रो खातिर म आफ्नो श्रीमतीलाई छोड्न सक्छु । मलाई भोलिसम्ममा तिम्रो जवाफ चाहिन्छ ।”

अनि सम्राट आफ्नो बाटो लागे । करिश्मा केही भन्न खोज्दै थिइन् तर बोल्ने मौका पाइनन् । केही समयपछि, अनिल करिश्मा भए ठाउँमा आइपुगे ।

“हे, के भयो ?” करिश्माको मुहार हेर्दै भने ।

“केही भएको छैन ।”

अर्को दिन, सुट्ङ्गि सकेपछि सम्राट करिश्माको नजिक आए र भने,“तिम्रो जवाफ के छ ?”

“मसँग जवाफ नै छैन । म फिल्ममा पोकस छु ।”

“त्यसो भए फिल्म सुट्ङ्गि सकेपछि मलाई मेरो जवाफ चाहिन्छ । मलाइ नकारात्मक उतर सुन्ने इच्छा छैन ।”यति  भनिसकेपछि, सम्राट त्यहाँबाट निस्के ।

साँझ पखको समय थियो । करिश्मा स्विमिंग पूलको छेउमा बसेकी थिइन् । अनिल करिश्मा कुन दुनियाँमा हराएकी थिइन्, उसैलाई थाहा थिएन । करिश्मा यसरी खयालमा हराएको देखेर अनिलले भने,“करिश्मा तिमीलाई के भयो ? तिमी कुन दुनियाँमा हराएकी छौ ?”

करिश्माले अनिललाई सबै कुरा भनिन् । कुरा सुनेपछि, अनिललाई रिस उठ्यो र भने,“सम्राटको यत्रो हिम्मत ? हामी उसलाई हाम्रो सम्बन्ध बारे भन्यौ ।”

यही क्रममा करिश्माले अनिललाई रोकिन् र भनिन्, “सुट्ङ्गि सकिएपछि हाम्रो सम्बन्धबारे भनौला । अहिले वास्तता नगरेकै जाति ।”

१२
फिल्मको शूटिंग समाप्त भयो । दुई महिनापछि पिलल्मको शूटिंग सकिएको थियो । शूटिंग सकिएपछि सबै जना नेपाल फर्किए ।

सम्राट आफ्नो घर पुगे । सम्राटलाई देख्ने बित्तिकै सोफिले भनिन्, “हे । स्वागत् छ तिमीलाई ।”

सोफि खुशी हुँदै भइन् तर सम्राटबाट केही प्रतिक्रिया आएन । अनि सम्राट सिदै आफ्नो कोठामा गए । सोफि दिनहुँ सम्राटको बानी व्यवहार देखेर अचम्मित हुँदै आएकी थिइन् । ढोका बन्द गरिन् र दुई कप कफी बनाउन भान्सा कोठामा गइन् । एक घण्टापछि, सम्राट बैठक कोठामा आए । दुवै जना सोफामा बसेका थिए । कोठामा मौनता छाएको थियो । सोफिले सम्राटलाई निहालेर हैर्दे थिए । सम्राट गम्भीर सोचमा थिए ।

सोफिले मौनता तोड्दै भनिन्, “तिम्रो यात्रा कस्तो भयो ?”

“राम्रो भयो । मैले करिश्मालाई प्रेम प्रस्ताव राखे ।”

सोफिलाई थाहा थियो कि सम्राटले करिश्मलाई मन पराउछन् भनेर ।

”अनि करिश्माले के जवाफ दिइन् ?”

”करिश्माले भोलि जवाफ दिने छिन् । सोफिका आँखाहरु आँसुले भरिए तर सम्राटलाई देखाउन जरुरी देखिनन् ।”

”म करिश्मालाई पागल झै माया गर्छु । उनीको साथ हुदाँ मन रमाउछ । नहुदाँ मन छटपटी छ । उनै मुहार मेरा आँखाहरु नाचि रहछन् । म करिश्माबिना बाँच्न सक्दिन ।”

सोफि सम्राटसँग तर्फ नगरिकन आफ्नो कोठामा जान्छिन् । आफ्नो कोठामा गएर धेरै बेरसम्म रुन्छिन् । सम्राटको फोटो धेरै बेर हेरेर रोइरहिन् ।

अर्को दिन सोफिले आफ्नो सामानहरु प्याक गरिन् । उनीले आफूले लगाएको औठी पुकालेर टेबुलमा राखिन् । अनि घरबाट निस्किन् । अर्कोतिर हेर्ने हो भने, सम्राट करिश्माको घर पुग्छन् ।

ढोका ढकढकाउ छन् र करिश्माले कोठा खोल्छिन् । सम्राट भित्र छिदै भन्छन्, “करिश्मा मैले तिम्रो लागि घर र श्रीमती छोडेर आए । मसँग बिहे गर । मेरो मायालाई स्वीकार ।”

यही क्रममा अनिल करिश्माको छेउमा आइपुग्छन् । अनिलले सम्राटलाई देखेर अचमित हुनुको साथ साथै खुशी भए र भने, “हे, बोस । तिमी यहाँ ?”

सम्राट छक्क परेका थिए अनिललाई करिश्माको घरमा देखेर । सम्राट केही बोल्न खोज्दै थिए तर अनिलले भने,“करिश्मा, तिमीले सम्राटलाई हाम्रो बिहेको बारेमा भनेनौ ?”


“बिहे ?” सम्राट अचमित पाराले भने ।

“हो । हामी फिल्म प्रीमियरपछि बिहे गर्दैछौ फिल्म प्रीमियरमा हामी हाम्रो बिहेको घोषण गर्दै छौ । सम्राट तिमी पहिलो व्यक्ति हौ हाम्रो बिहेबारे थाहा पाउने ।”

“बधाई छ ।” अनि सम्राट करिश्माको घरबाट निस्कछन् र घरमा पुग्दा उनले सोफिलाई देख्दैनन् । उनले औठी हेर्दै रुन थाल्छन् ।

१३ 
“सोफि, म तिमीसँग कुरा गर्न चाहन्छु । मलाई एक मौका देऊ ।” सम्राट हर रोज जिम्मिको घरमा गएर कराउने गर्थे किनकि सोफि जिम्मिको घरमा बस्दै आएकी थिइन् । यस्ते क्रियाकलाप भएको एक हप्ता भइसकेको थियो । सम्राटको आवाज सुनेर जिम्मि ढोका खोल्न गए । ढोका खोलेपछि जिम्मिले भने,“मैले तिमीलाई कति चोटि भनिसकेको छु कि सोफि तिमीसँग बोल्न वा भेट्न मन पराउदिनन् । तिमीलाई सोफिले बेवास्ता गर्दै छिन् । तिमी त्यति पनि बुझ्दैनौ ।”

कुरा सुनिसकेपछि, सोफि जिम्मि र सम्राटसँग कुरा गर्न आइन् । “जिम्मि, आज मलाई नरोक । आज म सम्राटसँग कुरा गर्छु ।”

“आई यम सरी । मैले तिमीलाई धोका दिए । मसँग रिसाउने तिम्रो पूरा हक छ । त्यसको लागि मलाई सजय पनि देऊ तर मलाई माफ गर । मेरो जिन्दगीमा फर्केर आऊ । मलाई तिम्रो जरुरत छ ।”

“तिमीलाई मेरो जरुरत छ ? यदी तिमीलाई मेरो जरुरत थियो भने, मलाई छोडेर जाने थिएनौ । तिमीले जे गयौ, तिमी माफीको लायक छैनौ । म यति तिम्रो ठाउँमा भएको भए तिमीले मलाई माफ गथ्यौ ?”

“मलाई थाहा छ कि मैले पाप गरेको छु । मलाई सजाय देऊ तर मेरो जिन्दगीमा फर्केर आऊ । तिमी एक दिनको लागि एक केटासँग बस र फर्केर आऊ मेरो जिवनमा ।”

“म तिमीलाई छोडेर जादै छु । म तिमीलाई डिभोर्स दिँदै छु । म जिम्मि सँग गर्दै छु । म तिमी जस्तो छैन । तिमी कृपया यहाँबाट निस्क ।” र सोफिले ढोका बन्द गरिन् ।

सोफि स्विमिंग पूलमा गइन् । जिम्मि सोफिको छेउमा जान्छन्  र अनि भने,“तिमीले साँच्चीकै मसँग गछौ ?”

”हो, मैले साँच्चिकै भनेको हो । तिमी नै थियौ जसले मेरो हरेक फमा साथ दियौ । तिमी मेरो असल साथी भएर खडा भयौ ।”

“तिमीलाई थाहा छैन कि मैले तिमम्ीलाई बाल्यकालदेखि नै माया गर्थे तर कहिले व्यक्त गर्न सकिन । तिमी नै मेरो पहिलो माया थियौ र अन्तिम पनि । तिमी बाहेक अरुलाई मैले माया गर्ने सकिन । म खुशी नै हुने छु तिमीसँग जिवन बिताउन ।”

अनि दुवै जनाले बिहे गरे ।

१४
अहिलेको समय.......
सम्राट र सोफियाका आँखाहरु रसाए । सम्राट खाटबाट उठे र भने,“जब तिमीले मलाई छोडयौ, मेरो जिन्दगीमा अध्ँयारो छाएर आयो । उज्यालो नै थिएन । म त मैले करिश्मालाई पाए न त मेले तिमीलाई सधैको गुमाए ।”

“मैले छोडेपछि तिम्रो जिन्दगीमा के भयो ?”

“म आफ्नो जिन्दगी देखेर निराश भएको थिए । मलाई नै थाहा थिएन कि के गर्ने भनेर । अन्ततः मैले बदला दिने निर्णय गरे । करिश्मालाई मैले ब्ल्यामेल गर्थे पक यदी उनी मेरो घरमा आइनन् भने म उनीलाई फिल्म खेलाउदिन भन्थे । सुरुमा त मानिनन् तर मैले हर रोज उनीलाई यातना दिन्थे । एक दिन उनी मेरो कोठामा आइन् । उनी मेरो कोठामा एक रात बसिन् तर उनीलाई छुने प्रयास गरिन ।

अर्को दिन, मैले उनका श्रीमान् अनिललाई फोन गरे र करिश्मा मसँग रात बिताएको कुरा भने । त्यसपछि के भयो मलाई थाहा छैन ।”

सम्राटसँग बसिसकेपछि, करिश्मा घर फर्किन् । घर पुग्दा दुई जनाको झगडा भएको थियो । अनिलले भने,“रातभरि तिमी कहाँ गएकी थियौ ? तिमी त्यो नालायक निर्देशकसँग सुतेर आयौ ? तिमी के प्रमाण गर्न चाहन्छौ कि म केही  गर्न सक्दिन ?”

करिश्मा केही नबोलिकन आफ्नो कोठामा जान खोज्दै थिइन् तर अनिलले उसलाई ताने । अनि करिश्मा सिडबिाट खसिन् र जिन्दगीभरको लागि व्हीलचेयरमा भइन् । पछि अनिल पछुताए करिश्माको कुरा नसुनेर । करिश्ममाले अनिललाई धेरे चोटि आफूलाई मार्न अनुरोध गरेकी थिइन् तर अनिलले सकेका थिएनन् ।

सम्राटले फेरि भने,“त्यस रातपछि मैले न त करिश्मालाई सम्पर्क गरे न लत अनिललाई । उनीहरु जिन्दगीमा के भयो मलाई थाहा छैन । मलाई जान्नु जरुरी देखिन किनकि मलाई लाग्यो कि मेरो बदला पूरा भयो ।

बिहेपछि अनिलको करिअर तल झर्दै थियो भने करिश्माको माथि । बिस्तारै अनिलले काम पाउन छाडे । अनि करिश्माको सफलताको ईष्र्या गर्थे । अनिल चाहन्थे कि करिश्मा फिल्मको दुनियाँ छोड्योस् तर करिश्माले मानिनन् । करिश्माको खातिर म अनिललाई फिल्ममा खेलाउन चाहन्थे तर उनको अहंकारले कहिले दिएन ।

तिमीले छोडेर गएपछि, म कहिले पनि खुशी हुन सकिन । त्यसको कारण थियो तिमीलाई धोका जो दिएको थिए । मलाई थाहा छैन कि म कहिले मर्दै छु तर अब म खुशीले मर्ने छु ।”

केही क्षणको लागि मौनता छायो । सोफियाले सम्राटको कुराहरु ध्यान दिएर सुदै थिइन् । मौनता तोड्दै, सोफियाले भनिन्,“कफी पिउछौ ?”

“पिउन त पिउछु तर म बनाउछु । पछि यस्ते मौका पाउछु कि पाउदिन ।”

कफी पिइसकेपछि, दुईजना गफ गर्न थाले । केही बेरपछि सम्राट सोफियाको काखमा सुत्छन् । सोफियाले आफ्नो हात सम्राटको टाउकोमा राख्छिन् र मुस्कुराउछिन् । उनी पनि सुत्छिन् ।

अर्को दिन, बिहानको ७ः३० बजेको थियो । सोफिया उठ्छिन् र समय हेरछिन् । समयको साथ साथै सम्राटलाई हेर्न पुग्छिन् । सम्राटको टाउको सोफामा राखिन् र कफी बनाउन भनि सोफाबाट उठिन् । भान्सा कोठामा जाने क्रममा उनी पछाडि फर्किछिन् र सम्राट भए ठाउँमा जान्छिन् र “सम्राट, सम्राट” भन्छिन् ।

सम्राट मौन थिए । उनीले पर्लस् जाँचिन् । सम्राटको मृत्यु भयो त्यो पनि सोफियाको काखमा । सम्राटको इच्छा थियो सोफियाको काखमा मर्ने र त्यो सपना पूरा भयो । त्यसपछि जिम्मिलाई फोन गरिन् ।

“जिम्मि, सम्राटको मृत्यु भयो ।” उनी रुँदै भनिन् ।

“म त्यहाँ आउँछु ।”

“हुन्छ ।”

जिम्मि आइपुग्छन् र सोफियाले भनिन्,“उनको आफ्नो मनमा पीडा लुकाएका रहेछन् । हामी छुटिनु भनेको समयको खेल हो । जिम्मि म घर जान चाहन्छु ।”

सम्राटको मृत्यु टि.भीमा प्रसारण गरिएको थियो । अनिल र करिश्माले टि.भी हेर्दै थिए । करिश्माको आँखाहरु रसाए ।



Comments

Popular Posts