मेरो गल्ती

आज शनिबारको दिन । म अल्छी गर्दै ढिलो उठे । हिजो अर्थात् शुक्रबारको दिन रातिसम्म नयाँ उपन्यासको लागि कथा सोच्दै थिए । दिमागमा सोच नै आएको छैन । मेरो प्रकाशकले दिनहँु फोन गरेर उपन्यासको लागि सोधि रहन्छन् । मैले साँचो कुरा गरेको थिए कि अहिले मेरो दिमागमा केही फुरेको छैन भनेर । उताबाट चाँहि तीन महिनामा लेखिसक्नु भन्ने चेतावनी आएको छ । के लेख्ने थाहा छैन । तीन महिनासम्म कसरी लेखिसक्नु जस्तो भएको छ ।

अनि म किचेनमा गए र एक कफ कफि बनाए । यसपछि म बाहिर हेर्न थाले । एकछिन बाहिर हेरेर म खाना पकाउन थाले । अविवाहित हुनुको बेफाइदा यही हो जस्तो लाग्छ । विवाहित भएको भए खाना त श्रीमतीज्युले नै पकाउनु हुन्थ्यो । 

आफ्नो काम सबै सकेर म आफ्नो ईमेल हेर्न थाले । दिउँसोको एक बजेको थियो । यही क्रममा एउटा ईमेल पढ्न थाले । ईमेलमा यस्तो लेखिएको थियो ः–
प्रिय लेखकज्यु, 
             मेरो नाम अदित्य अर्याल हो । म तपाईको प्रंशसक हुँ । तपाईलाई ईमेल लेख्नुको कारण म तपाईसँग भेट्न चाहन्छु । म आफ्नो कथा सुनाउन चाहन्छु । म आफ्नो कथा प्रकाशनको लागि होइन तर आफ्नो मन शान्तको लागि सुनाउन चाहन्छु । 
             म अहिले हनुमान जेलमा छु । मलाई आइतबार बेलुकाको छ बजे भेट्न आउनु होस् । आशा छ तपाई मलाई भेट्न आउनु हुन्छ । 
                                                                                                        तपाईको प्रंशसक
                                                                                                         अदित्य अर्याल 

यस्तो प्रकारको ईमेल मलाई धेरै आइरहन्छ । पहिला पनि एक व्यतिmले मलाई कथा सुनाएका थिए र मलाई कथा मन परेर छापेको पनि थिए । मैले यो ईमेललाई बेवास्ता गरे र भेट्न मन पनि थिएन ।  म आफ्नो कहानीबारे अनुसन्धानतिर लागे । म के लेखू भइरहेको थियो । हुन त म स्वार्थी भएको हुँ किनकि म आफैबारे अहिले सोच्दै थिए । मलाई कथा सुन्न मन नभएको त होइन तर आजकाल धेरै जनाले कथाहरु  पठाउछन् र कसको छाप्नु र कसको नछाप्नु । म आफै दोदारमा हुन्थे । त्यसैले म अरुको कथाहरु पढ्न छाडेको थिए ।

तीन दिनपछि मलाई अदित्यअर्यालको ईमेल खोले । यसपालि ईमेलमा एउटा फाइल पनि थियो । ईमेलमा लेखिएको थियो कि ः– 

प्रिय लेखकज्यु, 
             मलाई आश थियो कि मलाई भेट्न आउनु भनेर तर तपाई आउनु भएन । म निराश भए । तपाई आउने अप्रेक्षा गरेको थिए । मैले तपाईलाई कुरेर बसेको थिए । जब तपाई आउनु भएन मनमा चिसो प¥यो । तर मैले आफ्नो मनलाई सम्माले र म तपाईलाई एउटा फाइल पठाउदै छु । मलाई भेट्न नआए पनि आशा छ कि मैले पठाएको फाइल पठ्नु हुने छ । मलाई भेट्न नआए जस्तै यो फाइललाई बेवास्ता नगर्नु होला भन्ने अप्रेक्षा गरेको छु । 
                                                                                                          तपाईको प्रंशसक 
                                                                                                          अदित्य अर्याल 
मलाई के गरुँ भयो । किन हो मलाई अदित्यको फाइल खोलेर हे¥यौ भयो र खुले पनि अनि पढ्न थाले । 
..............................................................................................................................................
“हेलो ।” किमले भनिन् ।
“हेलो ।”
“तिमी कहाँ छौ, अदित्य ।”
“म घरमा छु ।”
“तिमी अहिलेसम्म सुतिरहेको छौ ?
“भर्खर त बिहान हुँदैछ ।”
“कति बज्यो थाहा छ तिमीलाई ?” किम रिसाउदै भनिन् ।

अनि मैले समय हेरे । बिहानको ९ः०० बजिसकेको रहेछ । त्यसै क्रममा म हतार गर्दै किमलाई भेट्न गए । उनीसँग आज मेरो भेट हुने दिन । हामी बच्चादेखि मिल्ने साथी हौ । दुःख सुख सबै थाहा हुन्थ्यो । तर हामी अहिलेको क्रममा धेरै समयपछि भेट्दे थियौ । हामी करिब चार महिनापछि भेट्दै थियौ । धेरै महिनापछि भेट्दै छु त्यसैले म धेरै खुशी थिए । मैले आफ्ना कुराहरु सुनाउनु थियो ।

म आफ्नो बाइक लिएर लाजिम्पाटमा पुगे । म जेभियर एकेडेमीको छेऊमा आइपुगेको थिए तर मैले किमलाई देखिन । एकछिन म कुरेर बसे । दस मिनेटपछि मैले किमलाई फोन गरे । 

“हेलो, तिमी कता छौ ?”
“पछाडि फर्केर हेर ।”

अनि म पछाडि फर्केर हेरे । किम पछाडि नै थिइन् । अनि म रिसाउदै भने,“तिमी किन ढिला गरेको ? मलाई उठाएर आफू चै किन ढिला ?”
“सरी । मलाई भाषणको सट्टा केही खान जानेकी ?” अनि उनी हाँसिन् ।
“म जिस्किएको हो ।” किमले भनिन् ।
“तिमीलाई खाली जिस्क्नि मात्र आउछ । त्योभन्दा पनि खानको धन्दा छ ।”
“चुप लाग ।”

अनि हामी नजिकैको रेस्टुरेन्डमा गयौ । आज किमले खानुभन्दा पनि अरु कुरामा फोकस थिइन् । उनीलाई आज निकै खुशी देखे । मैले उनी खुशी भएको देखेर भने,“तिमी किन यति खुशी भएकी ?तिम्रो बिहे हुँदै छ कि के हो?” मैले किमलाई जिस्काउदै भए ।

किम फेरि मुस्कुराइन् र कफी अर्डर गइन् । अर्डर गरेपछि  उनीले भनिन्,“हो, मेरो बिहे हुँदै छ । दुई महिनापछि मेरो बिहे हुँदै छ ।”

म अचम्मित भए । म अक्क न पक्क भए । मसँग बोल्ने शब्द नै भएन । मौनता तोड्दै भनिन्,“तिमी किन मूर्ति जस्तो भएको? तिमी अचम्म प¥यो ?थाहा थियो कि तिमी अचम्म पछौ भनेर ।”
“कोसँग हुँदैछ ? तिमीले सबै कुराहरु भन्थ्यौ तर यो कुरा चाँहि किन नभनेको ? त्यसैले म अचम्म भएको हो ।”
“हामी अर्थात् राहुल र मेरो भेट मेरो साथीबाट भएको थियो । हामी दुई वर्ष प्रेममा छौ र हामीले अहिले बिहे गर्ने निर्णय गरेका छौ ।”
“दुई  वर्षसम्म सँगै रहेछौ अनि किन मलाई नभनेको?”
“सही समयलाई कुरेको हुँ र आज सही समय हो जस्तो लाग्छ । के तिमी खुशी छैनौ ?”
“छु तर अचानक तिमीले भ¥यौ के प्रतिक्रिया दिने भयो ?”

अनि हामीले एक अर्कोलाई हग ग¥यौ र छुट्टीने बेलामा किमले भनिन् “मेरो बिहेमा आऊ र मलाई सहयोग गर ल । मलाई तिम्रो साथ चाहिन्छ ।”
“हुन्छ ।”

अनि हामी छुटीयौ ।

हामी हरेक दिन भेट्न थाल्यौ । सुरु सुरुमा त म खुशी नै थिए । राहुलसँग पनि मेरो परिचय पनि भएको थियो । राहुलसँग भेट हुदाँ म खुशी थिए किनकि राहुल मेरो नजरमा राम्रो केटा थिए । भेट्दै आत्मीयता देखाएको थियो । उनको अनुहार नै हँसिलो थियो । किमको बानी व्यवहारभन्दा पनि फरक थियो । किम फ्रेन्लि र बहिर्मुर्खी थिइन् तर राहुल किमले उल्टो थियो । धेरै नबोल्ने र अन्तर्मुखी थिए ।

हामी प्रायसँगै हुन्थ्यौ । सँगै सपिङ्ग जान्थ्यौ । मभन्दा किम धेरै खुशी थिइन् । हुन त आफूले मन परेको व्यक्तिसँग लगन हुँदा खुशी नै हुन्छन् ।

यसरी नै समय बित्दै गएको थियो । उनीले बिहेको समय नजिकिदै थियो । ममा पनि परिवर्तन आइसकेको थियो । ममा अर्को परिवर्तन आइसकेको थियो ।

असार २२, २०६८ दिन उनीको बिहे हुने दिन । घरमा सबै जना व्यस्त थिए । म बिहान ६ः०० बजे नै पुगेको थिए । घर परिवार सबै जना तयारी हुँदै थिए । त्यही क्रममा म किम भएको कोठामा गए । म ढोका ढकढक्याए र म भित्र गए । उनी अइनाको छेउमा थिइन् । उनी आफूलाई शृङ्गार गर्दै थिइन् । उनीको बिहेको साईत १०ः३० बजेको थियो । उनी आफ्नोे शृङ्गारमा व्यस्त थिइन् कि म आएको थाहा नै पाइनन् । म चाँहि उनीलाई हेरेको धेरै भए । केही समयपछि म उनको छेऊमा गए । अनि उनले शृङ्गार गर्दा गर्दै मलाई अइनाबाट देखिन्  र पछाडि फर्किन् ।
“तिमी ? कतिबेला आयौ ? मैले थाहा नै पाइन ।”
“धेर भएको छैन ।”

एक पलको लागि म मौन रहे । किम चाँहि म बोल्ने प्रतिक्षामा थिइन् । अनि म मौनता तोड्दै भने,“मैले तिमीलाई केही भन्नु छ ।”
”भन न ।”

यसपछि हाम्रो जिन्दगी परिवर्तन भएको थियो । यसपछि उनी मसँग बोल्न छोडिन् । मैले त्यस्तै गरेको थिए । मैले जिन्दगीमा नहुने काम गरेको थिए । जिन्दगीमा सधै पछुतो हुने छ ।
..............................................................................................................................................

म यो कथा पढ्दै थिए । मैले सुरुमा अर्को सोचेको थिए । सोचेको थिए कि किम र अदित्यले एक अर्काेलाई मन पराउछन् र अदित्यले प्रस्ताव राख्ने छन् तर किमले त अर्केलाई पो मन पराएकी रहेछिन् । मलाई अदित्य के गरे र कसरी बर्बाद गरे । त्यस्तो के गरे अदित्यले जसको कारणले गर्दा  किम र अदित्य बोल्न छोडे । विशेष गरेर किम किन बोल्न छोडिन् । त्यसभन्दा पनि मलाई जान्न मन थियो कि बिहेको दिन के भयो ; बिहे भयो कि भएन ; बिहे भयो भने पछि के भयो ? अनि म फेरि कथा पढ्न थाले । 
..............................................................................................................................................
”भन न के भन्नु छ तिमीलाई ?”
”खासमा मैले तिमीलाई मन पराउछु ? ”
”के ?” अनि उनी कुर्सीबाट उठिन् ।
“तिमी मलाई मन पराउछौ ? तिमी मसँग मज्जाक नगरन । तिम्रो मज्जाक गर्ने बानी हटेको छैन ।”
मैले मौन भए । मेरो मौनतालाई उनीले बुझिन् कि म मज्जाक गरेको थिइन । उनी पनि मौन भइन् र कुर्सीमा बसिन् ।
“तिमी यो के भदै छौ त्यो पनि आजको दिनमा ।”

म उनीको छेउमा गए । “सुरुमा त मैले त्यस्तो सोचेको थिइन । मैले तिमीलाई राम्रो साथीको रुपमा हेरेका े थिए । म तिम्रो खुशीमा नै खुशी थिए । तर जब तिम्रो बिहेको मिति नजिकिदै गयो, मेरो मनमा भिन्न अनुभव हुदँै आयो । म तिमीलाई मन पराउन थाले । हुन त मैले तिमीलाई यी कुराहरु तिम्रो बिहेमा भन्नु हुन्न थियो तर आफ्नो मनको कुराहरु मनमा राख्न सकिन ।”

“म तिमीलाई राम्रो साथीको रुपमा हेर्छु । मेरो जिवनसाथी राहुल हो । म राहुललाई मन पराउछु ।”
“यदी तिम्रो जिवनमा राहुल नआएको भए, तिम्रो जवाफ के हून्थ्यो ?”
“मलाई नै थाहा छैन मेरो जवाफ के हून्थ्यो । तर म अहिले राहुललाई मन पराउछु । म सिर्फ उनको हुन चाहन्छु । सिर्फ राहुलको ।”

किमको आँखा रसाए । मलाई किन रिस उठेको थियो मलाई नै थाहा थिएन । म उनीलाई आफ्नो बनाउन धेरै कोसिस गरे तर सकेको थिइन । मनमा नकरात्मक सोच पनि आएको थियो । म उनीलाई जर्बरजस्ती गर्न खोजे तर सकिन र म त्यहाँबाट निस्के ।  मलाई नै थाहा छैन कि मैले किमलाई प्रेम प्रस्ताव राखेर सही गरे कि गरिन तर मनको बोज हल्का हुँदो रहेछ । मैले आफ्नो माया पाइन तर ममा धेरै परिवर्तन आइसकेको थियो ।सकरात्मकभन्दा पनि नकरात्मक भावना आइसकेको थियो ।

किमको बिहे भइसकेपछि म छटपटीन थाले । म आफ्नो बितेका पलहरु सम्झिन थाले । उनीसँग बिताएका पलहरु सम्झिन थाले । म हरपल किमको यादमा डुब्द थाले । मलाई किम चाहेको थियो । मेरो दिमानमा किम मात्र चलिरह्यो । तर समयले सबै घाउ भरि दिन्छ भन्ने आशामा थिए तर सकिन ।

किम र राहुलको बिहे भएको तीन महिना भइसकेको थियो । त्यसभन्दा पनि किम र म नबोलेको दिन महिना भइसकेको थियो । तर एक दिनको कुरा हो । शनिबारको दिन थियो । म भर्खेर उठेको थिए । म ओछयान मै फोन चलाउदै थिए । यही क्रममा किमको घरबाट फोन आयो । एक क्षण्को लागि म अचम्म परे र फोन उठाए ।
 
“हेलो ।”
“हेलो । म किमको ममी बोलेको ।” उहाँ रुदै भन्नु भयो ।
“अन्टी, तपाईलाई के भया े? किन रुनु भएको ? किमलाई सँच्चै छ ?”
उहाँ मौन हुनुभयो र रुन थाल्नु भयो । उहाँ रोएको देखेर म आतिन थाले । अनि मैले भने,“अन्टी, किन रुनुभएको ?”
“राहुल, राहुल ।” उहाँले राहुलको नाम मात्र लिइरहनु भयो ।
“के भयो राहुललाई ?”
“उसको कारको दुर्घटना भयो । उनको मृत्यु भयो ।” अनि फेरि रुन थाल्नुभयो ।
“कहिले भएको हो यो ?”
“हिजो राति ।”
“अनि मलाई किन नभन्नु भएको ?”
“भन्ने माहोल नै भएन । म  आफूलाई समालेको छु तर किमलाई समाल्न सकेको छैन । उनीलाई समान्ने कोही भएन । अदित्य, तिमी आइदेउ । उनीलाई तिम्रो जरुरत छ ।”

मैले अन्टी मन राख्न हुन्छ भने तर उहाँलाई थाहा नै छैन किन किम मसँग बोल्न मन पराउन छोडेकी छिन् । म पहिला जस्तो रहिन । मैले उनीको सामना कसरी गर्ने ? सुरुमा त गाह«ो भएको थियो तर अन्तिममा आएर उनीलाई भेट्ने निर्ण य गरे ।

भोलिपल्ट किमलाई भेट्ने भनि म उनीको घर गए । धेरै चोटि घण्टी बजाए तर कसैले ढोका खोलेनन् र मैले घरमा कोही नभएको अनुमान गरे । म फर्केने क्रममा थिए ढोका खुलेको आवाज आयो र पछाडि फर्के । मैले किमलाई देखे । उनीले मलाई हेरिन् । उनी पहिलेभन्दा धेरै दुब्लाएकी थिइन् । आँखातिर हेर्दा कालो गेरा थियो । लाग्थ्यो कि उनी धेरै दिनसम्म सुतेकी थिइनन् । उनले मलाई देखेपछि रुन थालिन् । मलाई देखेपछि उनीले मलाई अगालिन् । नराम्रोसँग रुन थालिन् । 

मलाई लागेको थियो कि उनी मसँग जिन्दगीभर बोल्दिनन् । मैले प्रेम प्रस्ताव राखेपछि उनी मसँग बोल्न छोडेकी थिइन् तर आजको अवस्था हेर्दा फरक थियो । कांधमा आफ्नो टाउको राखेर रुन थालिन् ।
 
म सोफामा उनीसँगैबसे र किमलाई भने,“मैले यो अवस्थामा तिमीलाई नरोऊ भन्न सक्दिन तर तिमी आफूलाई समाल । जाने मान्छे ल गए तर आफ्नो जिन्दगीलाई पनि हेर । तिमीले आफ्नो जिन्दगीलाई ख्याल राख । म त राहुललाई ल्याउन सक्दिन तर तिम्रो दुःखमा साथ दिन सक्छु । तिमी नरोऊ ।”

किम मौन नै थिइन् । उनीलाई हेर्दा लाग्थ्यो कि उनीसँग बोल्नको लागि केही शब्दहरु छैनन् । लाग्थ्यो कि उनी अहिलेसम्म पनि सपनमामै छिन् । उनी सिर्फ राहूलकको यादमा डुबेकी थिइन् । उनीका आँखामा सिफ राहुलको याद र माया मात्र थियो ।

म हरपल उनीको साथ हुन्थे । किमको दुःख सुखमा साथ दिन थालेको थिए । राहुलको मृत्युपछि किम बाहिर निस्केकी थिइनन् । त्यसको साथ साथै मुस्कुराउन बिर्सेकी थिइन् । त्यसैले म हरपल उनीलाई बाहिर धुमाउन लाग्थे । उनीको मन पर्ने खाना अर्डर गर्थे । समय अनुसार उनी घुम्न थालेकाी थिइन् । त्यसभन्दा पनि उनी मुस्कुराउन थालेकी थिइन् ।

तीन महिनापछिको कुरा हो । म किमको घरमा थिए । हामी खाना खादै थियौ । त्यही क्रममा किमको सासूआमाले भन्नु भयो, “अदित्य तिमीसँग केही कुरन गर्नु छ । किम  त मेरो कुरा सुन्दिनन् । त्यसैले म तिमीलाई नै भन्छ ।”

म र किम एक अर्कोलाई हे¥यौ । अनि मैले भने,“के कुरा हो भनूहोस् न ।”
“म चाहन्छु तिमी दुई जना बिहे गर ।”

म र किम दुवै जना छक्क प¥यौ । म पनि चाहन्थे कि मेरो बिहे किमसँग होस् तर किमको मनमा  के छ थाहा छैन । मलाई लाग्छ किमले अहिले पनि राहुललाई बिर्सेन सकेकि छैनन् ।

“ममी, तपाई यो के भन्दै हुनु छ ? म कसरी अदित्यसँग बिहे गरौ ? म र अदित्य मिल्ने साथी मात्र हौ । मेरो नजरमा ऊ प्रति त्यस्तो सोच छैन ।”

म मौन नै थिए । मलाई के भनौ भनौ भयो । म निः शब्द  भए । मलाई थाहा थियो उसको मनमा मेरो लागि केही महशुस गर्दिनन् । मेले धेरै कोसिस गरे उनको मनमा माया पलाउन तर अहिलेसम्म सकिन । 

म केही नबोलि निस्के । मनमा पीडा हुन थाल्यो । पछुतो पनि लागेको थियो । त्यसभन्दा मैले उनीबाट धेरै अप्रेक्षा गरेको थिए । धेरे  अप्रेक्षा गयो भने मनमा पीडा हुन्छ भन्ने सुनेको थिए र आज आएर पो थाहा पाए । किमले किन मेरो माया नबुझेको ।

शनिबारको दिन थियो । किम र म एउटा रेस्टुरेन्टमा थियौ । समयको सुइरोले बेलुकाको ८ः०० बजे देखाएको थियो । केही पलको लागि सन्नाटा छाएको थियो । त्यही क्रममा एक भर्खेरकी वेटे«स हाम्रो टेबुलमा आइन् र हामीले दुई कप कफी अर्डर गयौ । हामी मौन नै थियौ । केही बेरपछि मौनता तोड्दै किमले भनिन्, “ममीले मलाई हर रोज बिहेको कुरा चलाउनु हुन्छ तर मलाई बिहे गर्न मन छैन ।”
“ममीले ठीकै भन्नुभएको हो । तिमीलाई जीवनसाथीको जरुरत पर्छ । तिमी बिहे गर ।”
उनी रिसाउदै भनिन् “तिमी पनि सुरु नगर ।”

अनि हाम्रो कफी आयो । मलाई रिस उठेको थियो तर किमको अगाडि देखाउन कस्ट गरिन । हामी कफी पिएर निस्कयौ ।

तीन हप्ता भइसकेको थियो मैले किमलाई वास्ता नगरेको । मैले जानि जानि वास्ता गरिन किनकि उनीलाई थाहा  होस् कि मैले कि मैले उनीलाई थाहा होस् कि म उनीलाई कति माया गर्छु । उनीलाई थाहा होस् मेरो महत्व । उनीले मलाई बारबार  फोन गर्थिन्  तर म फोन उठाइन । मेरो घर आउर्थिन् तर म घरमा त्यति बास हुँदैन थियो ।
फूरै एक महिनापछिको कुरा हो । हामी एक जना मिल्ने साथीको जन्मदिनको थिए । पार्टीमा थियौ । म चाँहि अगाडि आइसकेको थिए । पार्टीको माहोलमा रक्सी धेरै खाए छु । मैले धेरै रक्सी पिएको देखेर मेरा साथीहरु अचम्म परेका थिए । पार्टी सुरु हुन  अगाडि नै म आतिएकको थिए । बिस्तारै बिस्तारै अरु साथीहरु आउने क्रम जारी रह्यो । यही क्रममा किम पनि आइन् । म उनीलाई हेरेको हेरै भए । किम चाँहि यता उता हेर्दै थिइन् । उनी आफ्ना साथीहरुसँग बोल्न गइन् । मलाई वास्तै गरिनन् । करिब १ घण्टापछि उनी मेरो छेऊमा आइन् । म त्यति वेलमा धेरै नै मातिसकेको थिए । होस्मा थिइन ।       

“हाई ।”

म मौनमै थिए । उनीले मलाई हेरिन् र भनिन्, “तिमीलाई आजकाल के भएको ? मेरो फोन उठाउदैनौ र म्यासेजको जवाफ दिदैनौ । तिमीलाई के भयो ?”

नबोलेको देखेर किमले फेरि भनिन्,“तिमी मसँग किन नबोलेको ? मसँग किन रिसाएको ?”

अनि मैले हातमा भएको गिलास भुँईमा पाले ।

“म तिमीसँग किन नरिसाउने ?” मैले ठूलो स्वरमा भने । पार्टीमा उपस्थित भएका साथीहरुको ध्यान आमीमा भयो । त्यसभन्दा पनि किम आश्चर्य पाराले हेरिन् । मैले फेरि भने,“म तिम्रो  साथ दिन चाहन्छु तर तिमी भने मलाई भाउ नै दिदैनौ ।”

म किमको नजिक गए । “तिमीलाई म धेरै माया गर्छु । तिमी मेरो  मायालाई किन बुझ्दैनौ ? मेरो मायामा के कमी छ ? हरपल तिमी किन राहुल मात्र हुन्छ । राहुल मेरो प्रेमको काँडा भइसकेको थियो । म चाँहि तिम्रो मायामा पागल भइसकेको थिए । म तिमीलाई र राहुललाई सँगै हेर्ने सक्दिन थिए । ममा जलन र ईष्र्या हुन्थ्यो । त्यसैले राहुललाई तिम्रो र मेरो जिन्दगीबाट हटाइदिए । उनको दुर्घटना मैले गरेको हुँ । यो सिर्फ तिमीलाई पाउनको लागि ।”

मैले भन्दै गर्दा किमको आँखामा आँसुले भरिएको थियो । उनी निः शब्द भएकी थिइन् । उनीले सोचेकी थिइनन् कि मैले यस्तो अपराध गर्छु भनेर । मलाई उनीले राम्रो साथीको रुपमा हेर्थिन् । किमको साथ साथै अरुहरुले पनि आश्चर्यको रुपमा मलाई हेरे ।

म अझ उनको नजिक गए । किम झाग्न खोज्दै थिइन् । झाग्नभन्दा पनि केही भन्न खोज्दै थिइन् । मैले उसलाई मौकै दिइन । मैले उसको दुईवटै हातहरु च्याप समाते । उसलाई जर्बजस्ती गर्न खोज्दै थिए । एक पलको लागि सोचिन कि मान्छेहरु छन् भनेर तर पछि सबै जनाले छोडे हामीलाई । म उसको नजिक हुन खोज्दथे तर साथीहरुले समाते र पुलिस बोलाइयो ।

अहिले म जेलमा छु । बलात्कार गर्न खोजेको र हत्याको आरोपमा जेलमा छु । त्यस बेला मलाई केही पछुतो भएको थिएन तर आज पछुताएको छु । आज मैले आफ्नो साथी गुमाएको छु र परिवार पनि जुन अमूल्य थियो ।
..............................................................................................................................................

यो कथा पढेपछि मलाई किमसँग भेट्न लाग्यो । उनी अहिले के गर्दै छिन् र कता छिन् । अदित्यले त आफ्नो सजाय पाए तर किमले जिन्दगीको भरमा नबिर्सेने सजाय पाइन् । त्यस घटनापछि उनीले अर्को विवाह गरिन् कि गरिनन् । त्यसपछि किमको बारे जान्ने धेरै जिज्ञासा भयो । मेरो मन र दिमागमा किमलाई कसरी भेट्ने भयो ।

Comments

Popular Posts