तिम्रो याद

याद, तिम्रो यादले हर पल सताइरहन्छ
याद, तिम्रो यादले हर पल सताइरहन्छ
तिमाी छैनौ मसँग
छोडि गयौ मलाई र मेरो साथलाई
तापनि  तिम्रो याद आईरहन्छ ।

ति तिता मिठा पलहरु
सँगै हामीले साथ बिताएका यादहरु
हर पल सताइरहन्छ र आइरहन्छ
थाहा छैन मलाई किन छोडि ग¥यौ
मेरो माया र मेरो साथलाई किन छोडि ग¥यौ
तापनि तिम्रो याद आईरहन्छ ।

के कमी थियो ममा ?
के कमी थियो मेरो मायामा
जसले गर्दा तिमीले मलाई छाडि गयौ
तर पनि तिम्रो याद आईरहन्छ ।

बिर्सिन खोजे तिमीलाई
तिम्रो मायालाई, तिम्रो साथलाई
तर मैले सकिन
तिम्रो यादलाई मलाई सताइ रहयो
तिम्रो यादले मलाई न सुत्न दिन्छ
न त मलाई जाँगन दिन्छ
न त केही गर्न ।

म तिम्रो यादमा डुबिरहे
म तिम्रो प्रतिक्षामा कुरिरहे
तर पनि तिमी आएनौ
तर पनि तिम्रो साथ खोजे
तर तिमीले दिएनौ
दियौ त सिर्फ नमिठा यादहरु
जुन हर पल सताइरहन्छ ।

Comments

Popular Posts