शान्ति, माया र भरोसा

भौतारिरहे खोजिरहे तर मैले पाइन
भौतारिरहे खोजिरहे तर मैले पाइन
धेरै भइसकेको छ भौतारिरहेको खोजिरहेको
तर अहिलेसम्म पाएको छैन
शान्ति, माया र भरोसा कहिले भेटिन ।

खोज्दै गए शान्तिलाई
तर शान्ति त धेरै वर्ष अगाडि हराइछिन्
यो स्वार्थी संसारमा शान्ति अटाइनन्
शान्तिको साथ साथै माया र भरोसा अटाइनन् ।

जस्ता जस्तै हेर्छु अशान्ति र घृणा देख्छु
यो कस्तो ससार भएछ
जसमा शान्ति, माया र प्रेमको जरुरत नै छैन
यो कस्तो संसार हो जसमा
एक अर्काेको विश्वास छैन
कहाँ गयो भरोसा र विश्वास  ।

धेरै वर्ष भए छ
शान्ति, माया र भरोसा हराएको
कहाँ गयो शान्ति, माया र भरोसा
भौतारिदै, खौज्दै जादाँ म त गलिसके छु
तर मैले शान्ति, माया र भरोसा भेटिएन
कसलाई सोध्ने र कसलाई थाहा छ ?

हरेक व्यक्तिलाई सोध्दै गए
तर कसैले भन्न सकेनन्
शान्ति, माया र भरोसा कहाँ छ भनेर
अब कहाँ खोज्यौ म शान्ति, माया र भरोसालाई ?

Comments

Popular Posts