मलाई माया गर्ने पानी

 


प्रायः बन्द भएर बस्छु

झोलाको अँध्यारो कुनामा कसिलो गरी बेरिएर, वा ढोकाको छेउमा झुन्डिएर, आकाशको सपना देख्न थाले मानिसहरू सोच्छन् कि पानीलाई माया गर्छु किनकि त्यसैको लागि बनेको हुँ तर सत्य यो हो । मलाई उनीसँग बस्न पाउदा मन पर्छ

जब उनी मलाई खोल्छिन्, उनीका हातहरू सधैं चिसो हुन्छन् पहिलो थोपा मेरो छालामा लाजले टिल्पिएर खस्छ त्यसपछि बाँकी थोपाहरूले आफ्ना ध्वनी बजाउँदै पछ्याउँछन् महसुस गर्छु कि उनीका काँधहरू ममुनि झुक्छन्, मैले उनीलाई सुक्खा राख्ने विश्वास गर्छिन् त्यो मेरो सानो मौन बहादुरीको क्षण हो

तर धेरै बेरसम्म बाहिर रहन पाउँदिन आँधी बित्छ, घाम पाहुनाझैँ भित्र पस्छ अँध्यारोमा फेरि धकेलिन्छु, अझै ओभानो छैन, अझै सम्झनामा डुबेको छु

एक पटक उनीले मलाई एउटा क्याफेमा छोडेर गईन् मैले सोचे कि यो मेरे अन्त्य हो मैले मेरा दिनहरू हराएका पन्जाहरूको बिचमा हराएका सामानहरूको डिब्बामा अडेस लागेर बिताउने छु तर भोलिपल्ट उनी दौडिँदै आइन् उनीका कपाल भिजेका थियो  गाला रातो भएको थियो मलाई देखेर उनी फुसफुसाउँदै भनिन्, मलाई माफ गरिदेऊ है।

यदि मसँग मुटु हुन्थ्यो भने, त्यसबेला मेरो भित्र पानी पर्ने थियो 

त्यसैले धैर्यपूर्वक पर्खन्छु मलाई थाहा बादल फेरि आउने जब बादलहरू आउने छन्, उनीलाई मेरो  आवश्यकता पर्ने   फराकिलो भएर खुल्ने छु

Comments

Popular Posts