मलाई माया गर्ने पानी

 


म प्रायः बन्द भएर बस्छु ।

झोलाको अँध्यारो कुनामा कसिलो गरी बेरिएर, वा ढोकाको छेउमा झुन्डिएर, आकाशको सपना देख्न थाले । मानिसहरू सोच्छन् कि म पानीलाई माया गर्छु किनकि म त्यसैको लागि बनेको हुँ तर सत्य यो हो । मलाई उनीसँग बस्न पाउदा मन पर्छ ।

जब उनी मलाई खोल्छिन्, उनीका हातहरू सधैं चिसो हुन्छन् । पहिलो थोपा मेरो छालामा लाजले टिल्पिएर खस्छ र त्यसपछि बाँकी थोपाहरूले आफ्ना ध्वनी बजाउँदै पछ्याउँछन् । म महसुस गर्छु कि उनीका काँधहरू ममुनि झुक्छन्, मैले उनीलाई सुक्खा राख्ने विश्वास गर्छिन् । त्यो मेरो सानो र मौन बहादुरीको क्षण हो ।

तर म धेरै बेरसम्म बाहिर रहन पाउँदिन । आँधी बित्छ, घाम पाहुनाझैँ भित्र पस्छ र म अँध्यारोमा फेरि धकेलिन्छु, अझै ओभानो छैन, अझै सम्झनामा डुबेको छु ।

एक पटक उनीले मलाई एउटा क्याफेमा छोडेर गईन् । मैले सोचे कि यो मेरे अन्त्य हो र मैले मेरा दिनहरू हराएका पन्जाहरूको बिचमा हराएका सामानहरूको डिब्बामा अडेस लागेर बिताउने छु । तर भोलिपल्ट उनी दौडिँदै आइन् । उनीका कपाल भिजेका थियो  र गाला रातो भएको थियो । मलाई देखेर उनी फुसफुसाउँदै भनिन्, “मलाई माफ गरिदेऊ है।”

यदि मसँग मुटु हुन्थ्यो भने, त्यसबेला मेरो भित्र पानी पर्ने थियो  ।

त्यसैले म धैर्यपूर्वक पर्खन्छु । मलाई थाहा छ बादल फेरि आउने छ र जब बादलहरू आउने छन्, उनीलाई मेरो  आवश्यकता पर्ने छ  र म फराकिलो भएर खुल्ने छु ।

Comments

Popular Posts